Websoft University

देउवाले कांग्रेस अधिबेशन लम्याउन खोजेको शेखर कोइरालाको आरोप


विराटनगर, फागुन १३ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४ औं महाधिवेशनलाई समयमा हुन नदिन र समय थप गरेर अरु अढाई वर्ष लम्ब्याउन सभापति शेरबहादुर देउवा लागेको
कुरा आज भएको पत्रकार सम्मेलनमा आरोप लगाएका हुन।

विराटनगरस्थित कोइराला निवासमा सोमबार नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने,‘‘हाम्रो कार्यकाल अब एक वर्षमात्र बाँकी छ तर सभापति देउवा भने दुई वर्ष थप्ने दाउमा हुनुहुन्छ ।’’पार्टी संगठनमा भएको जथाभावीको विषय लिएर आफूँ कार्यकर्तामाझ जाने र गईरहने बताउँदै कोइरालाले भने,‘‘काँग्रेस कमजोर भएको छ ।

संगठन शुन्य बराबर छ । हारको जिम्मा कसले लिने भन्दा मलाई अनुशासन र कार्वाहीको कुरा गरे भने मलाई केही भन्नु छैन् ।’’ उनले काँग्रेस पार्टी कोइरालाहरुको मात्र नभएको बरु सबैको योगदान र रगत बगाइबाट पार्टी बनेको बताए ।

देउवाले ‘पार्टी कोइरालाहरुको बपौती नभएको र शेखर कोइराला को हो ?’ भन्दै वीरगञ्जमा गरेको टिप्पणीबारे डा शेखरले, ‘‘म को हुँ भन्ने मलाई हेक्का छ, म मेरो राजनीतिक संस्कार छाड्न सक्तिन् बरु कोइराला परिवारको संस्कारलाई अझ बरकरार राख्छु’’ भन्दै पार्टी सभापति देउवाको राजनीतिक संस्कार रहेछ भन्ने देखिएको टिप्पणी गरे ।

‘‘उहाँले मेरो र परिवारबारे जे बोल्नु भएको छ, त्यो उहाँकै राजनीतिक संस्कार होला,’’ कोइरालाले भने‘‘वीपी कोइरालाले लेखेको विधान टेकेर यहाँसम्म आएको काँग्रेसले गिरिजाप्रसाद कोइरालाले संसद पुर्नस्थापना गराउँदा विश्वले वाहवाही गर्दासमेत पार्टीको विधान संशोधन गरिंदा राजनीतिक प्रस्तावनामा यसलाई नजअन्दाज गरिएको छ ।’’

योगदान विश्वले सम्झिरहेको छ तर यहाँ भने इतिहास मेटाउन खोजिएको बताउँदै  वहुमतले विधान पारित हुनु लोकतान्त्रिक विधि भएपनि आफूँ काठमाडौमा रहेको भए ‘नोट आफ डिसेन्ट’ लेख्ने बताए । तलबाट निर्वाचित भएर आउने प्रावधान नराखेकोमा आफूलाई मान्य नहुने बताउँदै कोइरालाले संरक्षित कोटामा पनि एक पटक मात्र हुनुपर्ने र अर्को पटकदेखि प्रतिस्पर्धाको आधारमा नै आउनु पर्ने व्यवस्थाको पक्षमा आफू रहेको बताए । महासमितिले दिएको ‘म्यान्डेड’ भन्दा अलग प्रस्ताव स्वीकार्य नहुने कोइरालाको जोड छ ।

डा. कोइरालाले सरकार क्रियाकलापहरु जन विरोधी देखिएको टिप्पणी गरे । भ्रष्टचार झन् बढेको, मिडियालाई नियन्त्रण गर्न खोजिएको, वाइडबडी प्रकरणलाई सरकारले नै कमजोर बनाएको र नेपाली सेनालाई बद्नाम गर्न सरकार नै उद्धत रहेको टिप्पणी गरे । भने,‘‘वाइड बडीमा जो जो तानिएपछि कार्वाही हुनुपर्छ । अब अख्तियारले कसरी काम गर्छ भन्ने जनताको पर्खाइ छ ।’’ उनले एनसेल प्रकरणको पनि छानबिन गरी गलत गर्नेलाई कानुनी कठघरामा उभ्याइनु पर्ने बताए ।

पछिल्लो पटक विप्लव माओवादीको गतिविधिले देश पुनः द्वन्द्वकै चरणमा फर्काउने कोसिस सुरु गरिएको बताउँदै भने,‘‘उनीहरुसँग वार्ता पनि गर्नुपर्छ र अपराध गरे कानुनी कठघरामा पनि लैजानु पर्छ । दुबै विधिबाट सरकारले समस्या समाधानको बाटो खोज्नु पर्छ ।’’ कोइरालाले मानिसको ज्यान जाने गरी घटना गराउनु हिंसा भएको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.