Websoft University
November 2020

  

विराटनगर  । रातो तारा डट कम, विराटनगर लेडिज सर्कल नेपालले बालबालिकासहित अति विपन्न ३० जनालाई निःशुल्क साइकल  वितरण गरेको छ । 

कोरानाको कहरको बेला दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग साइकल पाएपछि खुसी भएका छन् । विराटनगरका विपन्न बालबालिहरूको साइकल चढ्ने अभिलासा पूरा गर्न र अति विपन्न वर्गका मानिसहरूलाई कामगर्न आवातजावतका लागि साइकल उपलब्ध गराएको सर्कलले जनाएको छ । विराटनगर–१० मा रहेका बालबालिकासहित अति विपन्न वर्गका मानिसहरूको पहिचान गरेर संस्थाले पुरानो साइकल संकलन गरी निःशुल्क साइकल हस्तान्तरण गरेको छ । साइकल नभएका कारण दैनिक ज्याला मजदुरी गर्न जान आउन समस्या रहेको बेला संस्थाले साइकल उपलब्ध गराएपछि अब सहज हुने भन्दै लाभग्राहीहरूले खुसी व्यक्त गरेका छन् । साइकल पाएपछि विराटनगर–१० की अनिता मगरले दंग हुँदै भनिन्, “यसरी सित्तैमा साइकल पाउँछु भन्ने सपनामा पनि सोचेको थिइन् । अब आवतजावतमा सहज हुने भएको छ ।” 

सहयोगस्वरुप साइकल पाएपछि बालबालिकाहरू पनि दंग परेका छन् । उनीहरूले आमाबुबाको साइकल किनिदिने सपनालाई संस्थाले साकार बनाइदिएको बताएका छन् । साइकल किन्ने क्षमता नभएका विपन्न र बालबालिकाहरूका लागि विराटनगर लेडिज सर्कल नेपालले साइकल सहयोग उपलब्ध गराएर निकै नै सराहनीय काम गरेको राउण्ड टेवल–११ का अध्यक्ष हरिवंश राठीले बताए । उनले  आगामी  दिनमा पनि समाजमा यस्तो प्रकारको सामाजिक कामलाई निरन्तरता दिन सर्कललाई आग्रह गरे । “यो अति नै प्रशंसनीय कार्य हो,” उनले थपे, “यस्तो काम आगामी दिनमा पनि संस्थाबाट हुनेछ भन्ने मलाई विश्वास छ ।” अति विपन्न वर्गका मानिसको बिजोग देखेर मनकारी सहयोगीहरूबाट पुरानो साइकल संकलन गरेर मर्मतपश्चात हस्तान्तरण गरिएको विराटनगर लेडिज सर्कल नेपालकी अध्यक्ष सालु टिव्रेवालाले बताइन् । 

बालबालिकाहरूको अनुहारमा खुसी देख्नका लागि र अति विपन्न वर्गका मानिसहरूलाई काम गर्न सहज होस् भन्ने  उद्देश्यले साइकल सहयोग गरेको उनले बताइन् । अगामी दिनमा पनि संस्थाले अति विपन्नहरूको पहिचान गरेर निःशुल्क साइकल वितरण गर्ने र जाडोको न्यानो कपडा वितरण गर्ने टिव्रेवालाको  भनाइ छ । संस्थाले स्थापनाकालदेखि नै विभिन्न सामाजिक काम गर्दै आएको छ । 


 


विराटनगर, १५ मंसिर । रातो तारा डट कम,प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रिङ रोड र रेल्वेको कामले गति लिने बताउनु भएको छ । 


अवरुद्ध भएको रिङ रोड र रेल्वेको कामले छिट्टै गतिलिने बताउनुभयो । मोरङको कटहरी १ मा मुआब्जा विवादका कारण रेल्वेको काम अवरुद्ध भएपनि अव निर्माणले चाडै गतिलिने मन्त्री घिमिरेले बताउनुभयो । मुआव्जाको विवाद समाधान तर्फ गएको उहाँले बताउनुभयो । रिङ रोड र रेल्वे सञ्चालनमा आएपछि कटहरीको सामाजिक र आर्थिक जीवनमा परिर्वतन हुने मन्त्री घिमिरेले बताउनुभयो । 

कटहरी १ को जेएम युवा क्लवको २४ औं बार्षिकोत्सव कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो । उहाँले मोरङको कटहरीले इतिहासमा अहिले सम्म नपाएको बजेट पाईरहेको बताउनु भयो । मन्त्री घिमिरेले भन्नुभयो,‘ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तीन बर्षको अवधिमा कटहरी क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेका   छन् ।’ तीन बर्षको अवधि भित्रमा कटहरीको विकासले गति लिएको मन्त्री घिमिरेले बताउनुभयो । कार्यक्रममा बार्षिकोत्सवको अवसरपारि आयोजित टेवल टेनिस प्रतियोगिताका विजेतालाई मन्त्री घिमिरेले पुरस्कार वितरण गर्नुभएको थियो । उहाँले संसद विकास कोषबाट ५० हजारको खेल सामाग्री पनि क्लव मार्फत खेलाडीहरुलाई वितरण गर्नुभएको थियो । 

कार्यक्रममा कटहरी १ का वडाध्यक्ष कपुरलाल माझी, क्लवका अध्यक्ष सत्यानारायण माझी, देवराज चौधरी लगायतले बोल्नु भएको थियो । 


 बिराटनगर मंसिर  १५ गते । रातो तारा डट कम,राई इज किंङको रुपमा परिचित गायक राजेश पायल राई र सुमधुर आवाजकी धनी गायिका कल्पना राईको आवाजमा रहेको मौलिक लोक गीत ”सम्झना भो गाउँ घरको”को भिडियो सार्वजनिक भएको छ । 

आफु जन्मिएको मातृभुमी गाउँको वर्णन गीतमा निकै आकर्षक  रुपमा गीतकार जानुका राईले गरेकी छन  । खोटाङ जिल्लाको विभिन्न रमण्यि स्थानमा खिचिएको भिडियोमा ग्रामिण परिवेशमा रहेका आम प्रेमील जोडिको भावनालाई गीतमा देखाइएको छ । खोटाङ जिल्लाको विभिन्न पर्यटकिय स्थानलाई पर्यटन प्रर्वद्धन गर्ने अभिप्राय साथै मौलिक लोक सस्कार र सस्कृतिलाई जर्गेना गर्ने कार्यमा ”सम्झना भो गाउँ घरको” गीतले केही भएपनी मद्धत गर्नेमा आफु आशावादी भएको गीतकार जानुकाले बताइन । 

गंगराज राईको संगीत तथा नोरवु शेर्पाको एरेन्ज गीतमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन ,मान बहादुर थापाको सम्पादन तथा नेपाली मौलिक धारका गीतको सफल रुपमा निर्देशन गदैँ आएका परिचित निर्देशन जस बहादुर याएक्खाको निर्देशन भिडियोमा रहेको छ । 

भिडियोमा निर्देशक जस बहादुर याक्खा जसु , समिक्षा याक्खा , कल्पना राई , सुरेन्द्र प्रकाश सुहाङ , पवित्रा राई लिम्बु , संजिव राई , पवन राई , हरिचन्द्र राई , यलम्बर राई , निला राई , सम्पुर्ण राई , विपना परियार , कृतिका राई साथै रुपमिला राईको अभिनय साथै बाल कलाकारको भुमीकामा एडरिना याक्खा , जष्टिन याक्खा साथै लुङमा लिम्वुको जिवन्त अभिनय रहेको छ । 


 


बिर्तामोड । रातो तारा डट कम, अनेरास्ववियू झापाको एकता घोषणासँगै विवाद शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियू झापामा एकता पछिको नयाँ कमिटी घोषणासँगै व्यापाक असन्तुष्टि रहेको छताछुल्ल भएको छ ।

नेकपाको केन्द्रमा देखिएको विवादले झापाको विधार्थी राजनीतिमा समेत प्रभाव पारेको छ । प्रचण्ड –नेपाल समूहले एकलौटी कमिटी घोषणा गरेकोमा जिल्लाभरका विधार्थीहरुले असहमति जनाएका छन् । प्रचण्ड समूहका केहि विधार्थी नेताले समेत कमिटी घोषणामा आपत्ति जनाउन थालेका छन् ।

विधार्थी नेता सन्दीप प्रसाईले चिया पसलमा बसेर गरेको निर्णय मान्य नहुने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले चिया पसलमा गरेको निर्णय मान्य नहुने बताउँदै आफ्नो अनुकुलतामा कमिटी घोषणा गरेको आरोप लगाएका छन् ।

यस्तै, विधार्थी पुजा खुशीले जिल्लाको कमिटी घोषणामा असन्तुष्टी व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमै लेखेकी छन्, – झापा जिल्लाको सबैभन्दा अन्यायपूर्ण निर्णय ।

मेची क्याम्पसका विधार्थी नेता अशोक खतिवडाले चरम गुटबन्दीबाट ग्रस्त समूहले आफु खुशी घोषणा गरेको नयाँ कमिटी अस्वीकार गर्ने बताएका छन् । इजलाससित कुरा गर्दै उनले भने , ‘यो कमिटी मान्य हुदैन । संगठनको केन्द्रले जारी गरेको सर्कुलर बमोजिम कमिटी बन्नुपर्छ ।’

सर्कुलरमा संगठनका केन्द्रीय सदस्य, साविक पार्टीका दुई प्रतिनिधि र संयोजक , सहसंयोजकको छलफलले सहमतिमा कमिटी टुङ्गो लगाउने व्यवस्था गरेको थियो । सोहि अनुसार पार्टीका प्रतिनिधि शिव ढुङ्गेल, युवराज दाहालसहित विधार्थीका प्रतिनिधि बिच एक चरण छलफल भएको थियो । पहिलो छलफलमै पुनः बैठक बसेर मात्रै कमिटी टुङ्गो लगाउने सहमति भए पनि अर्को बैठक नै नबसी कमिटी घोषणा गरिएको छ ।

अनेरास्ववियू झापाका पूर्व अध्यक्ष एवम् केन्द्रीय मनोज ताम्ली लिम्बुले नेतृत्व गरेका विधार्थीहरुलाई नयाँ कमिटीमा ‘बाइपास’ गरिएको बताइएको छ । 


 विराटनगर, १५ मंसिर ।  रातो तारा डट कम, प्रदेश १ मा आज २२६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरंगको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३–३, सुन्दरहरैचा र कानेपोखरीमा २–२, रंगेली, ग्रामथान र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा १७, इटहरीमा १६, इनरुवा र बराहक्षेत्रमा ४–४, कोशी गाउँपालिकामा २, बर्जु, दुहवी, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा १०, विर्तामोडमा ९, कनकाईमा ७, शिवसताक्षीमा ४, दमक र बुद्धशान्तिमा ३–३,  मेचीनगर, अर्जुनधारा, गौरादह र झापा गाउँपालिकामा २–२, र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  

उता ताप्लेजुङको फुङलिङमा १३, पाथीभरा याङवरकमा ८, उदयपुरको चौदण्डीगढीमा ५, त्रियुगामा २, कटारी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, सुर्योदय, देउमाई र मांसेबुङमा १–१, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २–२, शहिदभूमीमा १, संखुवासभामा १, ते¥हथुमको म्याङलुङमा १, भोजपुरमा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार २६२ पुगेको छ ।

प्रदेश १ मा आज १०२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय र न्युरो अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार २८५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९० महिला र १३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९१ ह्जार ४२६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


 


झापा, मंसिर १५ गते । रातो तारा डट कम,झापाको मेची नगर नगरपालिका-४ का ५० बर्षीय पुर्ण बहादुर प्रधानलाई कुपटीट गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङ पक्राउ परेका छन् । गत असोज १४ गते सामान्य बादबिबादको बिषयलाई लिएर यो तिन जनाको समुहले प्रधानलाई निर्घात कुटपीट गर्दा घाईते भएका प्रधानको उपचारको क्रममा मंसिर १४ गते राती साँढे ९ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका तिनै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यायले जनाएको छ । 

 


बिराटनगर मंसिर १५ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं।१७ स्थित मटेरूवामा भारतको जोगवनीबाट नेपालतर्फ जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १८ झटियाही बस्ने बर्ष ३१ को रन्जित मण्डलले निम्नानुसारका अन्दाजी रू। ४१,२००।  बराबरको लत्ताकपडा ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी निज मण्डललाई पक्राउ गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 

बरामद सामाग्री -

१० कुर्ता सुरूवाल सेट १० पिस 

२० वच्चाको कुर्ता सुरूवाल १८ पिस 

३० लेडिज सुरूवाल ३२ पिस 

४० लेडिज कुर्ती ७६ पिस


बिराटनगर मंसिर १५ गते । रातो तारा डट कम, सम्मानित जिल्ला अदालत मोरङको मिति २०७४।०६।२६ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा रू ५० रूपैया जरिवान तथा १ बर्ष कैद सजाय तोकि हालसम्म फरार रहेका जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।१४, हाल विराटनगर -९ कलेज रोड बस्ने बर्ष ५८ को राजेन्द्र प्रसाद सेडाईलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०८।१४ गते अन्दाजी १५ . ०० बजे विराटनगर-९ कलेज रोड आफ्नै पसलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मोरङमा बुझाउने कार्य भई रहेकोछ । 

त्यसैैैैगरी कुटपिट अंगभङ मुद्दा - सम्मानित जिल्ला अदालत मोरङको मिति २०७१।०३।१५ गतेको फैसलाले कुटपिट अंगभंग मुद्दामा २ बर्ष कैद तोकि हाल सम्म फरार रहेका जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-७, हाल विराटनगर ६ रामपुर झरना चोक बस्ने बर्ष ३१ को अशोक कुमार साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०८।१५ गते अन्दाजी १३स्३० बजे बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मोरङमा बुझाउने कार्य भई रहेकोछ ।

 


 


सुनसरी, मंसिर १५ गते । रातो तारा डट कम, सुनसरीको दुहवी नगरपालिका-२ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । यही मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा आज बिहान ५ बजे दुहवी नगरपालिका- २ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला पारिएको हो । बालक हराएको भनी ईलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका-२ का २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले कर्तव्य गरी मारेको र शवलाई घारीमा फालेको भन्ने बयान दिए संगै घटनास्थलमा पुगेको प्रहरी टोलीले चौधरीलाई मृत फेला पारेको हो । बालकको शव फेला परे संगै थप अनुसन्धान भईरहेको र घटनामा संग्लग्न रहेको आशंकामा अन्य २ जनालाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकोछ । साथै मृतक चौधरीको शव परिक्षणको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको उक्त कार्यालयले जनाएको छ ।

 


झापा, मंसिर १५ गते । रातो तारा डट कम, झापाको शिवसताक्षी नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो २ बजे २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका-४ का २६ बर्षीय श्याम मर्डी र ३५ बर्षीय गंगाराम कायस्थ्य रहेका छन् । मे ५ प ५०३२ नम्बरको मोटरसाईकलमा सवार रहेका दुबैजनालाई रोकेर चेकजाँच गर्दा निजहरुको साथबाट २३ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १ लाख ८४ हजार बरामद भएको थियो । लागुऔषध तथा नगद सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


काठमाडौ मंसिर १५ गते । रातो तारा डट कम,रुपन्देही जिल्ला भित्र बसोबास गर्ने सामाजिक ब्याक्तिहरुको भेलाले रास्ट्रिय मानब अधिकार प्रतिष्ठान रुपन्देही शाखा स्थापना गरि २०७७ मंसिर १३ गते शनिबार भेला बाट निर्बाचित १३ सदस्यिय संचालक समिति र सल्लाकारहरुको पदस्थापन एबम मानब अधिकारका बिषयमा प्रशिक्षण साथै प्रतिष्ठानका २५ जना सदस्यहरुलाई परिचय पत्र बितरण कार्यक्रम जिल्ला अध्यक्ष जितेन्द्र प्रसाद बन्जाडे (राजु बन्जाडे) को अध्यक्षतामा सम्पन्न भयो।  


राष्ट्रिय मानब अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका अधिकृत इन्द्रजित सहनिको प्रमुख आतिथ्यता, सोहि कार्यालयका प्रशासकिय अधिकृत नारायण बस्नेतको बिशिस्ट अतिथ्यता र जिल्ला सचिब कमल नेपालको सन्चालन साथै उपाध्यक्ष उमाकान्ति खत्रीको स्वागत बाट सुरु भएको कार्यक्रममा मेख बहादुर आधिकारि, हेम थापा, नारायण बस्नेत, प्रकाश पौडेलले मानब अधिकारका बिषयमा आफ्ना भनाईहरु राख्नु भयको थियो।

राष्ट्रिय मानव आधिकार आयोगका लुम्बिनी प्रदेश कार्यालय अधिकृत इन्द्रजित सहनीको मानव आधिकारका विषयमा भएको प्रशिक्षण पस्चात अध्यक्ष जितेन्द्र प्रसाद बन्जाडेले आफ्ना प्रतिबद्धता सहित उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन भएको थियो।



काठमाण्डौ मंसिर १५ गते । रातो तारा डट कम,स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालेसहज जित निकालेकोछ । घरेलु मैदानमा गएराति भएको खेलमा ओसासुनालाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो । बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी, एन्टोनियो ग्रिजम्यान, मार्टिन ब्रेथवेट र फिलिपे कौटिन्होले एक एक गोल गर्नुभयो । जितसँगै बार्सिलोना लिगको सातौं स्थानमा समेत उक्लिएको छ । बार्सिलोनाले ९ खेलमा १४ अंक जोडेको छ । ओसासुना ११ अंक जोडेर १५ औं स्थानमा रहेको छ । 


काठमाण्डौ मंसिर १५ गते । रातो तारा डट कम,स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आज एकैसाथ ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरिँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ स्थानीय तहमा पाँचदेखि १५ शय्याको अस्पताल बनाउन थालेको हो । 

आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले इलामका तीन स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरिसकेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज सातवटै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने जानकारी दिनुभयो । सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पु¥याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । 

अहिले संघमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अस्पताल नै छैनन् । तीमध्ये पहिलो चरणमा ३ सय ९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न थालिएकोहो । 




 


सुनसरी मंसिर १४ गते । रातो तारा डट कम, सुनसरी ईटहरी उ।म।न।पा। वडा नं।११ सिमरवना टोल स्थितमा ऐ।ऐ। बस्ने जाहेरवाला चन्दा देवी चौधरीको श्रीमान बर्ष ३६ को अन्तराम चौधरी घर नजिकै रहेको पसलमा चुरोट किन्न गई पसलबाट चुरोट किनी घरतर्फ फर्कन लाग्दा ऐ। ईटहरी १० बस्ने यस भन्ने अजय चौधरी, बिरे भन्ने निराजन चौधरी, नेता भन्ने सुरज चौधरी समेतले निज अन्तराम चौधरीसँग चुरोट मागेकोमा निजले चुरोट नदिएको निहुँमा एक्कासी गुण्डागर्दी शैलीमा शरिरको संवेदनशिल अंग टाउको निधार तथा शरिरको यत्रतत्र भागमा निर्घात कुटपिट गरी शक्त घाईते बनाई तत्काल फरार रहेको भन्ने सुचनाको आधारमा यस कार्यालयबाट तत्काल खटिईएको प्रहरीले निजहरुको खोज तजास गर्दे जादाँ मिति २०७७।०८।१३ गते दिनको अं। १४.०० बजेको समयमा जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं। १० स्थितबाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात निजहरुलाई ज्यान मार्ने उद्योग मुद्धामा आजै मिति २०७७।०८।१४ गते गतेका दिन सम्मानित सुनसरी जिल्ला अदालतवाट  म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको  ।

  पक्राउ मानिसहरुको विवरण स(

१। जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं। १० बस्ने बर्ष १० को कार्तिकलाल चौधरी छोरा बर्ष २६ को यस भन्ने  अजय चौधरी । 

२। ऐ।ऐ। बस्ने झिरुलाल चौधरीको छोरा बर्ष २० को नेता भन्ने सुरज चौधरी । 

३। ऐ।ऐ। बस्ने तिर्थलाल चौधरीको छोरा बर्ष १९ को बिरे भन्ने निराजन चौधरी 


 


सुनसरी । रातो तारा डट कम, तालुक महानगरीय प्रहरी परिसर ललितपुरको चलानी नं। १८०६ मिति २०७७।०८।०७ गतेको प्राप्त पत्रानुसार तालुक परिसरको एरिया ईलाकामा ठगी गरी यस कार्यालयको एरिया ईलाकामा आई लुकीछिपी बस्दै आएको भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट निजको खोजतलास गर्दै जादाँ मिति २०७७।०८।१२ गते दिनको अं। १५स०० बजेको समयमा जिल्ला सुर्खेत मेहलकुना ६ स्थायी घर वतन भई हाल जिल्ला सुनसरी ईटहरी ४ स्थितमा ओम सप्लायर्स पेट्रोल पम्प नजिकै सिद्धार्थ किराना पसल संचालन गरी लुकी बस्दै आएका बर्ष ४० को निराजन राणालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि तालुक महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको ब्यहोरा जानकारीको लागि अनुरोध । 



                                                                                            






















  


विराटनगर । रातो तारा डट कम, ग्लोबल फेयरनेश इनिसिएटिभको आर्थिक तथा प्राविधिक सहयोगमा एकीकृत हातेमालो समाजले मोरङका इँट उद्योगमा सञ्चालन गरेको बेटर ब्रिक नेपाल परियोजना प्रभावकारी देखिएको छ । परियोजना सञ्चालन भएपछि उद्योगमा बालश्रम निवारण भएको छ । 

परियोजना सञ्चालन गर्नुअघि इँटा उद्योगहरुमाबालश्रम थियो । मोरङको रंगेली–६ धनपालथान र रंगेली–३ स्थित आनन्द इँटा उद्योगमा बेटर ब्रिक परियोजना सञ्चालनमा छ । परियोजनाले बाल श्रम मान्य छैन, बाध्यकारी वा इच्छाविपरीत श्रम मान्य छैन, ज्याला तथा कार्यघण्टा, कार्यस्थल सुरक्षा– स्वास्थ्य र अमानवीय व्यवहार मान्य छैन भन्ने मापदण्डमा आधारित रहेर ती मापदण्डलाई पूरा गराउनका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आएको परियोजनाकी परियोजनाकी फिल्ड कोर्डिनेटर सुनिता ताम्राकारले जानकारी दिइन् । ग्लोवल फेयरनेस इनिसियटिभको प्राविधिक र आर्थिक सहयोगमा सन् २०१६ देखि मोरङको रंगेली–३ र धनपालथान–६ मा अवस्थित दुईवटा इँट्टा उद्योगमा परियोजना सञ्चालित छ । परियोजना सञ्चालन भएपछि इँट्टा उद्योगमा पूर्ण रूपमा बालश्रमको अन्त्य भएको छ । उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई लक्षित गरी उद्योगभित्रै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

ताम्राकारका अनुसार बालश्रम, बाध्यकारी श्रम नपरेको स्वच्छ र सफासहित मानवीय संवेदनाले भरिएको इँट्टा उत्पादनमा परियोजनाले काम गरिरहेको छ । घर, भवन, सडकका नाला, कार्यालय सबै संरचना निर्माणमा इँट्टाको प्रयोग गरिन्छ ।  “खुसी र सुखी श्रमिकले उत्पादन गरेको इँट्टा प्रयोग गर्नुपर्छ भन्ने मुख्य परियोजनाको थिम हो,” ताम्राकारले भनिन्, “त्यसैले बालश्रम, इच्छाविपरीत तथा जबरजस्ती श्रम, अमानवीय व्यवहारलगायत नभएको इँट्टा उत्पादनमा हाम्रो जोड हो ।” 

इँट्टा उद्योगमा श्रम सम्बन्धित चुनौतीहरूको सम्बोधन गर्न २०१३ बाट बेटर ब्रिक नेपाल परियोजना सुरु भएको हो । परियोजनाले सफा इँट्टा उत्पादनमा सहजीकरण र बजारको प्राथमिकता सिर्जना गर्ने काम गर्दछ । उद्योगहरूलाई प्राविधिक सहयोग र बजारमा पहुँच सिर्जना गरी लाभान्वित गरिन्छ । जसबाट सफा इँट्टाका उपभोक्ताहरूलाई सामाजिक तबरले उत्तरदायी र उच्च गुणस्तरयुक्त इँट्टा उत्पादनको प्रत्याभूत गरिन्छ । परियोजनाले ४० वटा इँट्टा उद्योगमा काम गरिरहेको छ । हातेमालोले भने मोरङ, भक्तपुर र काठमाडौंका ५ वटा उद्योगमा काम गरिरहेको समाजका अध्यक्ष डिल्लीराम गिरीले बताए । 

उद्योगी र श्रमिकबीच श्रम सम्झौता गर्न सहयोग, इँट्टा उद्योगमा कार्यरत कामदारका ५ वर्षमुनिका बालबालिकाहरूलाई बाल विकास तथा शिक्षा केन्द्र स्थापना गरी सुरक्षित वातावरणको व्यवस्था गर्ने तथा ६ देखि १४ वर्षका बालबालिकालाई नजिकको विद्यालय भर्ना, इच्छाविपरीत तथा करकापपूर्ण काम र बालश्रम निवारण, उद्योग परिसरमा कामदारहरूको लागि आवश्यक आवास, स्वास्थ्य सरसफाई तथा खानेपानी तथा सुरक्षाको सम्बन्धमा कामदारहरूलाई सचेत गर्दै उचित व्यवस्थापनका लागि पहल, गुनासो सुनुवाई समिति, कामदार समिति गठन गरी कामदारका समस्याहरूलाई समाधानका लागि पहल,  उद्योगका उद्योगी, नाइके तथा कामदारहरूलाई परियोजनाको महत्व सिद्धान्तहरू र बालश्रम निवारणसम्बन्धी तालिमहरू सञ्चालन गर्नु परियोजनाको उद्देश्य रहेको उनको भनाइ छ । 

मोरङका दुवै इँटा उद्योग बालश्रममुक्त हुन सफल भई गत फागुनमा सम्मानित भइसकेको छ । उनका अनुसार त्यस्तै, कामदारहरुलाई प्रदान गरिने सचेतनामूलक तालिमका कारणले कामदारहरु कामदारका हकअधिकारलगायत स्वस्थ जीवनका बारेमा सुसूचित हुन पाएका छन् । उद्योगी स्वयं पनि परियोजनाका सहयोगले उद्योग परिसरमा प्रारम्भिक बाल विकास तथा सिकाई केन्द्र सञ्चालन भएको हुँदा बालबालिकाहरु यत्रतत्र धुलो माटोमा खेल्ने, श्रममा संलग्न हुन सक्ने परिस्थितिबाट मुक्त भएको र अभिभावकहरु ढुक्क भएर इँटा उत्पादनमा ध्यान दिने ताम्राकारको भनाइ छ । 

यसैबीच, कोरोना भाइरसको संक्रमणका कारण भारतबाट आउने मजदुरमा रोक लगाएपछि स्थानीय मजदुरबाटै इँटा उत्पादन गरेको पाइएको छ । पूर्ण क्षमतामा सञ्चालनमा नभए पनि आंशिक रुपमा सञ्चालनमा छन् । कोरोनाले रोजगारी गुमिरहेको बेला स्वदेशी उद्योगमा रोजगारी पाउँदा स्थानीयसमेत हर्षित छन् । “घर नजिकको उद्योगमा रोजगारी पाउँदा अत्यन्तै खुसी लागेको छ,” धनपालथानका जयदेव मण्डलले भने, “इँटा उद्योगबाट आएको पैसाले घरखर्च धानिरहेको छ ।” उद्योगहरुले पूर्ण स्वास्थ्यसावधानी अपनाएर उत्पादन गरिरहेकोपाइएकोछ । स्थानीय कामदार परिचालन गर्दै इँटा उद्योगलाई सञ्चालन गर्न सके स्थानीयले रोजगारीका अवसर पाउनुका साथै सम्बन्धित पालिकाको अर्थतन्त्र तथा विकासकोे अन्य आयाममा समेत टेवा पुग्ने अर्थशास्त्री डा. भेषप्रसाद धमलाको विचार छ ।


 


विराटनगर, १४ मंसिर । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ ज्ना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १८३ पुगेको छ 

प्रदेश १ मा आज १७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३–३, पाँचथर र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५३, सुन्दरहरैचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरेमा २–२, ग्रामथान, रतुवामाई,बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको झापा गाउँपालिकामा १४, दमकमा ९, अर्जुनधारामा ६, विर्तामोडमा भद्रपुर र हल्दिबारीमा २–२, गौरीगञ्ज, कनकाई र गौरादहमा १–१, इलामको इलाम नगरपालिकामा २०, देउमाईमा १, सुनसरीको इटहरीमा १०, इनरुवामा ३, बराहक्षेत्र र देवानगञ्जमा २–२, हरिनगर र दुहवीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आउको छ ।

उता संखुवासभाको खाँदबारीमा ४, चैनपुर, चिचिला, मकालु र पाँचखपनमा १–१,सोलुखुम्वुको थुलुङ दुधकोशीमा ३, उदयपुरको त्रियुगामा २, चौदण्डीगढीमा १, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा २ र र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ८७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७४ महिला र १०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९० हजार ३७३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 



 


मोरङ, मंसिर १४ गते । रतो तार डट कम,मोरङ सुन्दर हरैचा-७ बस्ने ४० बर्षीय बिजेस लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज विहान  ८ बजे सुन्दर हरैचा-८ सलकपुर स्थित राजमार्गमा प्रदेश नं. १-०१-००१ ख ३४१० नम्बरको बसले को २१ प ५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक बिजेस लिम्बु गम्भिर घाईते भएका थिए । 


घाईते लिम्बुको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र चालक झापा कन्काई-१ का २९ बर्षीय बाबुलाल उराव नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको  छ ।

 


बिराटनगर मंसिर १४ गते । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं.१६ स्थित दरैया नजिक सडक किनारमा भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी तथा नेपालबाट भारततर्फ चोरि निकासी गरी खाधान्य सामाग्री तथा सुपाडी,छकडा, मरिच लगायतका सामानहरु अन्दाजी मुल्य रु.६८,१५०/- (अठसट्ठी हजार एक सय पचास मात्र ) लैजान प्रयत्न स्वरुप सडक किनारमा बेवारिसे अवस्थामा जिल्ला प्रहरी कार्यलयको बिशेष प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको । 

बरामद सामाग्रीहरू:

(१) प्लाष्टिकको थाल ४ बन्डल 

(२)जुटको बोरामा २५ केजी प्याज  

(३) प्लाष्टिकको बोरा तथा झोलामा ८० केजी चिनी 

(४) जेन्स (सेहरा) टोपी ४ पिस 

(५) जेन्स टोपी ६ पिस 

(६) बिवाहाको कुरमनको सामान १ प्याकेट 

(७) मरिच ३ बोरा ७५ केजी 

(८) छकडा १ बोरा ५० केजी 

(९) सुपाडी २ बोरा ५० केजी


 


बिराटनगर, मंसिर १४ गते ।  रातो तारा डट कम,मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । शनिवार राती सवा ९ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुरमा को २ त ३१९६ नम्बरको ट्याक्टरले को ३८ प १६६५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएका स्कुटर चालक सुन्दरहरैचा नगरपालिका-५ का ४२ बर्षीय मकेश्वर चौधरीको उपचारको क्रममा राती १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । 
यसैगरी मोरङकै उर्लावारी नगरपालिका- ८ मा मे ४ प ९२८५ नम्बरको मोटरसाईकल शनिवार राती ८ बजे अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ३० बर्षीय उपेन्द्र दनुवार र सोही मोटरसाईकल पछाडी सवार रहेका तेह्रथुम म्याङलुङ-९ का ४५ बर्षीय श्याम तामाङको अरनिको अस्पतालमा उपचार भईरहेकोमा उपचारको क्रममा श्याम तामाङको राती सवा ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । 
यस्तै झापाको अर्जुनधारा नगरपालिका-८ मा को १ क १५८७ नम्बरको जेसीबीले प्रदेश १-०१-०१२- प ७१५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसालक चालक अर्जुनधारा नगरपालिका-५ का ३२ बर्षीय दिपक कुमार बुढाथोकीको उपचारको क्रममा राती साँढे ७ बजे बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । 

 


बिराटनगर, मंसिर १४ गते । रातो तारा डट कम,सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । शनिवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यस्तै सोही टोलीले धरान-३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । 
यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार राती सवा ७ बजे लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका-४ डागीवारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका  भद्रपुर-४ का १९ बर्षीय पुष्कर थापा, भद्रपुर-५ का २६ बर्षीय मदन बि.क., हल्दिवारी गाउँपालिका-१ का लोकेन्द्र गुराँगाई र भद्रपुर नगरपालिका-४ का २१ बर्षीय राजन माझीलाई ७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको  हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 



 


रघुनाथ सापकोटा– काठमाण्डौ मंसिर १४ गते । रातो तारा डट कम,आज दिउँसो फिल्म क्षेत्रका छ वटा विभिन्न संघ संस्थाहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारलाई चलचित्र क्षेत्रलाई चलायमान गराउन दवावसहितको आग्रह गर्ने निर्णय गरेका छन् । नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्वन्द संघ तथा जनजाति चलचित्र महासंघले एउटा प्रेस विज्ञप्ती जारी गर्दै सरकारलाई दवाव दिने कुराको जानकारी गराएका छन् ।

जारी विज्ञप्तिमा ‘कोभिड–१९ कोरोनाको प्रकोप सुरु भएदेखि विगत नौ महिना यता जनजीवन, व्यापार, व्यवसाय, पेशा सबै अस्तव्यस्त भएको र पेशा, व्यापार, व्यवसायलाई गम्भिर असर परेको सर्वविधितै छ । चैत ११ गतेदेखिको लकडाउनले गर्दा नेपाली चलचित्र क्षेत्र समेत बन्द यो लकडाउनले गर्दा चलचित्र क्षेत्रमा आश्रित हजारौं पेशाकर्मी बेरोजगार भएका छन् । रोजगारी नभएको कारणले चलचित्रका हजारौं पेशाकर्मीको जीवनयापन कठिन भैरहेको छ भने चलचित्रका लगानीकर्ताहरुको लगानी स्थिर भएर बसेको छ ।

त्यस्तै, विज्ञप्तीमा फिल्मका प्रदर्शकहरुको अवस्था झन् गम्भिर भएर गएको उल्लेख गर्दै विगतमा फिल्म क्षेत्रका विभिन्न संघ–संस्था र चलचित्र विकास बोर्डले राहत उपलब्ध गराएको भए पनि फिल्म क्षेत्रको उत्थानका लागि दीर्घकालिन समाधान भनेको क्षेत्र चलायमान हुनु नै हो।अन्य क्षेत्रहरु चलायमान भए जस्तै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डको अधिनमा रहि चलचित्र क्षेत्र चलायमान हुनुपर्छ भन्ने हाम्रो माग हो, विज्ञप्तीमा भनिएको छ(‘मापदण्डको पालना गरी चलचित्र छायांकन हुनुपर्छ, चलचित्र प्रदर्शन हुनुपर्छ । यसका लागि चलचित्र क्षेत्रका संघ–संस्थाहरुले कस्तो भूमिका निर्वाह गर्नुपर्छ, त्यसको लागि हामी तयार रहेको प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।’

फिल्मसंग संबन्धित संघसंस्थाले  सञ्चार तथा सूचना मन्त्रीलाई भेटि फिल्म क्षेत्रमा संघ–संस्था सम्मिलित प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराएको थियो। सरकार फिल्म क्षेत्र खुलाउन सकरात्मक देखिएको विगज्ञप्तीमा उल्लेख गरिएको छ । साथै चलचित्र विकास बोर्डबाट पनि सिनेमा हल खोलाउन का लागि अथक प्रयास भैरहेको र येस्तै विषम परिस्थितिको अवस्था लाई बुझेर बिकाश बोर्ड ले ” “चलचित्रकर्मी विपत्त ब्यवस्थापन समिती” गठन गर्न लागेकोमा बिकाश बोर्ड अध्यक्षश्री दयाराम दाहाल ज्यु लगायत बोर्ड परिवार प्रती सम्पूर्ण चलचित्रकर्मी आभार प्रकट गर्दछौ ।

चलचित्र क्षेत्र बन्द हुँदा चलचित्र विकास बोर्डको आम्दानीको स्रोत नै बन्द रहेको र बोर्डले चाहेर पनि फिल्मकर्मीलाई आर्थिक तथा राहत दिन नसक्ने भनिएको छ। सरकारसंग फिल्मकर्मी बचाउन तथा पलायन हुनबाट रोक्नका लागि आवश्यक आर्थिक राहत प्याकेजको व्यवस्था गर्न माग गरिएको छ। साथै ,यथाशिघ्र फिल्म क्षेत्रलाई खुला गरी चलायमान गराउन सरकारसँग ६ संस्थाले माग गरेका छन्।

जारि गरिएको विज्ञप्तीमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र प्राविधिक संघको अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा राणा, नेपाल चलचित्र नृत्य संघका कार्यवाहक अध्यक्ष जनक कार्की, नेपाल चलचित्र द्वन्द संघका अध्यक्ष सूर्य थोकर तथा जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारको नाम उल्लेख भए पनि दुई वटा संघका अध्यक्षहरु कारणबश उपस्थित हुन नसक्दा निर्देशक समाजका महासचिव श्री जनकदीप पराजुली द्वन्द संघका उपाध्यक्ष श्री हिक्मत थपलियाले पनि आफ्नो तर्फबाट सिनेमा हल खोल्न पर्नेमा जोड दिदै हस्ताक्षर गरेका छन् l


काठमाण्डौ मंसिर १४ गते । रातो तारा डट कम, नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ । प्रतिवेदनले प्रधानमन्त्री ओली स्वयंले भ्रष्टाचारीको संरक्षण गरेको भन्ने काँग्रेसको समीक्षालाई पुष्टि गरेको काँग्रेसले विज्ञप्तिमार्फत् जनाएको छ । प्रतिवेदनमा भ्रष्टाचारीको संरक्षण प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण उल्लेख छ । प्रतिवेदनमा किटानी विवरण रहेको स्थिति देशकै लागि लज्जास्पद समेत भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ । पछिल्लो एक वर्षमा एसियाली मुलुकहरूमा नेपालको स्थिति भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु दुःखद् त छ नै, भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेकोे स्थिति देशकै लागि लज्जास्पद समेत छ प्रवत्ता शर्माले भन्नुभएको छ । एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिनँ भनेर अभिव्यक्ति दिने र अर्कातर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिदिने गर्नु दोहोरो प्रवृति भएको काँग्रेसले टिप्पणी गरेको छ । 



काठमाण्डौ मंसिर १४ गते । रातो तारा डट कम, उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी हुनुभएको छ । महासंघको ५४ औं वार्षिक साधारणसभामा हिजो भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ र प्रधानले ५३ मत ल्याउनुभएको छ । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ । यस्तै वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित हुनुभएको छ । त्यसै गरी ६० जना कार्यकारिणी सदस्य पनि निर्वाचित भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि हिजो मतदान भएकोमा आज सबेरै नतिजा घोषणा गरिएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि ढकालले आफूले सम्पूर्ण व्यवसायीको प्रतिनिधित्व गरेको र आफ्नो जित भनेकै व्यवसायीको जित भएको प्रतिक्रिया दिनुभएको छ । 


 



काठमाण्डौ मंसिर १४ गते । रातो तारा डट कम,चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री वेइ फेङ आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गर्दै चिनियाँ रक्षामन्त्री आज एक दिने भ्रमणका लागि काठमाडौं आउन लाग्नु भएको बताएको हो । गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेपछि चिनियाँ उच्च अधिकारीले गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो । चिनियाँ रक्षामन्त्री वेईलेनेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ । यस्तै उहाँले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने कार्यक्रम रहेकोछ । चीन र भारतबीच लद्दाखमा सीमा विवादलाई लिएर तनाव बढिरहेका बेला दुवै देशका उच्चअधिकारीले एकपछि अर्को गर्दै नेपाल भ्रमण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला २ दिने भ्रमणका लागि नेपाल आउनुभएको थियो । 



 


 


विराटनगर, १३ मंसिर । रातो तारा डट कम, प्रदेश १ मा आज १८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २–२, भोक्राहानरसिंहमा १, झापाको दमकमा २२, विर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बा¥हदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१  र स्थानीय तह नखुलेका १, मोरंगको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४–४, बेलबारीमा ३, कानेपोखरी, पथरीशनिश्चरे र सुनबर्षीमा २–२, केराबारी, रंगेली र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ ।


उता इलामको सुर्योदयमा १४, इलाम नगरपालिका, देउमाई र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा ४, मिक्लाजुङ र स्थानीय तह नखुलेको १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, उदयपुरको त्रियुगा र वेलकामा १–१, ताप्लेजुङको फुङलिङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जनाको रिपोर्ट पोजेटिभ आएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ८५९ पुगेको छ । 

प्रदेश १ मा आज ८४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ ह्जार ७६२ पुगेको छ । 

प्रदेश  १ मा आज ७७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६८ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ८९ हजार ५०२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


 



काठमाडौ मंसिर १३ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको धादिङको बैरेनीमा २०७७ मंसिर १२ र १३ गते बसेको बैठकले निम्न घोषणापत्र जारी गरेको छ ।

१.महासंघ शाखा तथा प्रदेश समितिहरुको अधिवेशन तथा साधारणसभा सम्पन्न गर्नका लागि महासंघ पदाधिकारीहरुको नेतृत्वमा १० वटा प्रदेशमा परिचालन हुने गरी कार्यदल गठन गर्ने निर्णय गरियो । कार्यदलको संयोजकमा निम्न अनुसार रहने निर्णय गरियो ।

प्रदेश नम्बर तथा कार्यदल देहाय बमोमिज रहेको छ ।

क. प्रदेश नं १ – रोशन पुरी, लेखा समिति संयोजक

ख. प्रदेश नं २ – शीतल महतो, सचिव

ग. बागमती प्रदेश – रामप्रसाद दाहाल, सचिव

घ. गण्डकी प्रदेश – रेम बहादुर विश्वकर्मा, सचिव

ङ. लुम्बिनी प्रदेश – उदय जि.एम., सचिव

च. कर्णाली प्रदेश – लक्ष्मी पुन, सचिव

छ. सुदूरपश्चिम प्रदेश – राजेश मिश्र, कोषाध्यक्ष

ज. उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेश – प्रकाश थापा, सचिव

२. श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि महासंघले सञ्चालन गरेको आन्दोलनलाई थप शसक्त बनाउँदै संवाद, दबाब (आन्दोलन) र कानूनी उपचारमार्फत प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै श्रमजिवी पत्रकारहरुबाट प्राप्त हुन आउने उजुरी र गुनासाहरुलाई व्यवस्थित गर्न गरी तत्काल सम्बोधनका लागि महासंघ केन्द्रीय कार्यालयमा श्रम डेस्क स्थापना गर्ने निर्णय गरेको छ । महिला पत्रकारहरुमा पेशागत असुरक्षा बढेको सन्दर्भमा महासंघ गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकार महिलाको श्रम समस्या सम्बोधनमा विशेष पहल गर्ने निर्णय गर्दछ ।

३.. नेपाल पत्रकार महासंघले श्रम समस्या देखिएका तीन वटा सञ्चारगृहहरुमा श्रमजीवी पत्रकारको अधिकार स्थापनाका लागि दबाब दिन पहिलो चरणको आन्दोलन स्वरुप सम्बद्ध सञ्चार गृहमा धर्ना दिँदा समेत माग पुरा नभएकाले तत्काल माग सम्बोधन नभए दश दिनपछि दोस्रो चरणको आन्दोलन स्वरुप सम्बद्ध संचार गृहका संचालकको निवासमा धर्ना दिन महासंघ बाध्य हुने चेतावनी दिन चाहन्छ । अन्य संचार गृहहरुलाई पनि आन्तरिक रुपमै श्रमजीवी पत्रकारका समस्या सम्बोधन गर्न ध्यानाकर्षण गराइन्छ ।

४. कोभिड १९ संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई निशुल्क उपचारको व्यवस्था गर्न, कोभिडको सचेतना जगाउन सञ्चारकर्मीहरुलाई नै केन्द्रित गरी निशुल्क चिकित्सक परामर्श सेवाको व्यवस्था गर्न सम्बद्ध निकायसँग माग गर्दछौं ।

५. कोभिड महामारीका कारण बेरोजगार भएका तथा दबाबपूर्ण बिदामा राखिएका पत्रकारलाई सहयोग गर्न तत्काल लेखनवृत्तिको व्यवस्था गर्न महासंघ नेपाल सरकारसँग माग गर्दछ । 

६. कोरोना बिमा अन्तर्गत बिमितहरुलाई बीमा कम्पनीहरुले बीमा रकम भुक्तानी गर्न ढिलासुस्ती गरेको गुनासो आइरहेकाले बिमित व्यक्तिहरुलाई बीमा रकम तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन माग गर्दछ ।

७. कोरोनाका कारण प्रभावित भएका सञ्चारगृहहरुलाई सहुलियत उपलब्ध गराउन नेपाल सरकारसँग माग गर्दछ । श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयन नगर्ने तथा कोभिडको बहानामा नियमित पारश्रमिक उपलब्ध नगराउने, दबाबपूर्ण बिदामा राख्ने, अनुचित सरुवा गर्ने तथा निष्काशन गर्ने संंचार गृहलाई सहुलियतपूण ऋण तथा अनुदान उपलब्ध नगराउन महासंघ जोडदार माग राख्दछ । 

८. ६० वर्ष नाघेका र २५ वर्षभन्दा बढी समय निरन्तर पत्रकारिता गरिरहेका जेष्ठ सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहत उपलब्ध गराउन माग गर्दछ ।

९. महासंघ नेपाल सरकारले पत्रकारहरुका लागि लागु गरेको दुर्घटना बीमाको प्रकृयालाई सरलीकरण गर्न र यसलाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न गराउन माग गर्दछ ।

१०. सूचना तथा प्रशारण विभागबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन प्रकाशित गरे बापत पत्रपत्रिकाले एक महिनाभित्र पेश गर्नुपर्ने बिल कोभिडका कारण पेश गर्न ढिला भएका सबै किसिमका पत्रिकाहरुको तत्काल भुक्तानी दिने व्यवस्था गर्न माग गर्दछौं ।

११. नेपाल पत्रकार महासंघले माग गरे बमोजिम समानुपातिक विज्ञापन प्रणाली हालसम्म लागु हुन सकेको छैन । समानुपातिक विज्ञापन लागु नहुन्जेलका लागि स्थानीय र प्रदेश तहबाट उपलब्ध गराईने विज्ञापन समानुपातिक ढंगले वितरण गर्ने वातावरणको लागि माग गर्दछौं । साथै लोककल्याणकारी विज्ञापन वापतको रकम दोब्बर वृद्धि गर्न पनि महासंघ माग गर्दछ ।

१२. जिल्ला हुलाक कार्यालयलाई आवश्यक उपकरण दिएर प्रेस पास जारी र नवीकरण गर्ने कार्य सम्बन्धित जिल्लाबाटै नवीकरण गरी कोभिड संक्रमणको जोखिम न्यूनीकरण गर्ने वातावरण तत्काल मिलाउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउँछौं ।

१३. साना लगानीका सञ्चारमाध्यममा टेण्डर, सूचना प्रकाशित गर्न पाउने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न आग्रह गर्दछ ।

१४. अनलाईन सञ्चारमाध्यमले मुलधारको पत्रकारितामा स्थान बनाउदै गएको सन्दर्भमा अनलाईन मिडियालाई अन्य मिडिया सरह सेवा सुविधा उपलब्ध गराउन माग गर्दछौँ । अनलाईन सञ्चारमाध्यमको दर्ता, नवीकरण र विज्ञापन जस्ता कार्यहरु सरकारका सबै तहबाट हुने व्यवस्था मिलाउन माग गर्दछौँ ।

१५. अनलाईन सञ्चारमाध्यमलाई बजेट वक्तव्यमा उल्लेख गरिएको लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन माग गर्दछौँ ।

१६. महासंघले गर्ने हरेक गतिविधिमा लैगिंक मैत्री र समावेशी नीति अपनाउने गरिएको सन्दर्भमा आवश्यक नीति, कार्यविधि, निर्देशिका र रणनिती निर्माण गरी महिला हिंसामा शून्य सहनशीलताको अपनाउने निर्णय गरियो । लैगिक हिंसा विरुद्धको १६ दिने अभियानमा महासंघ ऐक्यवद्धता जनाउँदछ । 

१७. बैठक स्थल धादिङसँग जोडिने मध्यपहाडी लोकमार्ग र बुढीगण्डकी जलाशय जलविद्युत आयोजना निर्माण कार्य  सञ्चालनमा ल्याउन सरकारसँग माग गर्दछौं ।

१८. धादिङमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि पहल गरिदिन सरोकारवाला निकाय र स्थानीय तहसँग आग्रह गर्दछौ ।

१९. पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङ खण्डमा दुर्घटना न्यूनिकरणका लागि सडकको स्तर उन्नती गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौँ । 



काठमाण्डौ मंसिर १३ गते । रातो तारा डट कम,सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही भोलि एकदिने भ्रमणको लागि नेपाल आउने औपचारिक जानकारी गराएको छ । भ्रमणको क्रममा रक्षामन्त्री फेङहीले  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । प्रधान सेनापति पूर्णचन्द्र थापासँग पनि उहाँले भेट गर्ने कार्यक्रम तय भएको छ । 

 




काठमाण्डौ मंसिर १३ गते । रातो तारा डट कम,विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले निकालेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औं स्थानमा रहेको हो । गत महिना नेपाल १ सय ७० औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेकोछ । भुटान १८९ औं, बंगलादेश १८४ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ ।  फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् ।

 


काठमाण्डौ मंसिर १३ गते । रातो तारा डट कम,प्रदेश सभाका सभामुख र उपसभामुखहरुले संघीयता कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् ।  संघीय संसद सचिवालयले आयोजना गरेको ‘संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया’ कार्यक्रममा  प्रदेश सभाका सभामुख र उपसभामुखले संघ, प्रदेश र स्थानीय तहसँग जोडिएका महत्वपूर्ण कानूनहरु नबन्दा संघीयता कार्यान्वयनमै चुनौती देखिएका बताएका हुन् ।

प्रदेशका सभामुख र उपसभामुखहरुले संविधान निर्माण भएको ५ वर्ष र प्रदेश सभा गठनको ३ वर्ष बितिसक्दा पनि संघीय निजामति सेवा ऐन, संघीय प्रहरी ऐन लगायतका अत्यावश्यक छाता ऐन निर्माण नहुँदा संघीयता कार्यान्वयनमै प्रश्न उठेको बताए । अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेपाल संघीयताको पहिलो अभ्यासमा भएकाले केही कमिकमजोरीहरु भए सुधार गर्दै जाने बताउनुभयो ।

सानासानाप्वालहरुबाट प्रवेश गरेर कानुन आफू अनुकुल बनाउनका लागि चलखेलको कोसिस भइरहेको पनि उहाँले बताउनुभयो । संघीय संसद सचिवालयले आयोजना गरेको प्रदेश तथा संघ पदाधिकारीको आदानप्रदान कार्यक्रम आजसकिनेछ । 

 


सुनसरी मंसिर  १२ गते । रातो तारा डट कम, इटहरीका गाँउ गाँउमा लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियानलाई  विकेन्द्रित गरिएको छ । अभियानका क्रममा इटहरीका सवै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका सवै वडामा गठित किशोरी साथीसमूह,प्रतिरक्षा समूह र महिला संजाल सँग वडा वडामा अन्तरक्रिया गरिदै छ । इटहरीका वडाहरुमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सकृय छन ।

यहिक्रममा आज वडा नम्वर १९ र २० मा अन्तरक्रिया सम्पन्न भयो । वडामा लैगिंक हिंसाको अवस्था,चुनौती,साथी समूह र प्रतिरक्षा समूह गठन भएपछि गरिएका कार्य,समस्या लगायतका बिषयमा अन्तरक्रिया भएको छ । २० वटै वडामा अन्तरक्रिया गरेर त्यसैका आधारमा वार्षिक कार्ययोजना वनाइने उपप्रमुख गौतमले वताउनुभयो । खुल्ला ठाँउमा दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका सवै उपाय अवलम्वन गरेर कार्यक्रम गरिदै छ ।१२ देखि २३ गते सम्म अन्तरक्रिया कार्यक्रम गरिने छ ।

अपांङ्गता भएकाहरु,वालवालिका र जेष्ठ नागरिकका लागि छुटटा छुटटै कार्यक्रमहरु तय गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियानका क्रममा टोल टोलमा पुग्नेगरि४० वढि कार्यक्रम आयोजना गरिने छन । उपप्रमुख गौतमले भन्नुभयो “कोरोना छ भनेर चुप लागेर वस्नुहुदैन,धेरै जना भेला भएर ठूलो कार्यक्रम गर्न भएन,स सना कार्यक्रम वनाएका छौ वडा वडा टोल टोलमा गएर सानो सानो समूहमा कार्यक्रम गरिर अभियानलाई विगत वर्ष भन्दा अझ ब्यापक वनाउदै छौ । 

अभियानका क्रममा  न्यायिक समति संयोजक उपमेयर गौतम,न्यायिक समिति सदस्यहरु,महिला सदस्यहरु,महिला संजाल सहित सवै वडाका टोल टोलमा पुगेर अन्तरक्रिया सुरु गरिएको हो । अभियानका क्रममा न्यायिक समितिले गर्ने कार्यहरु उल्लेख गरेर १५ हजार व्रोसर वितरण गरिदै छ । व्रोसर वाट हिंसामा परेपछि के गर्ने ? कहाँ जाने भन्ने प्रष्ट जानकारी हुने उपमेयर गौतमले वताउनुभयो ।


बेलबारी मोरङ मंसिर १२ गते । रातो तारा डट कम, बेलबारी नगरपालिकाले नगर क्षेत्रभित्र संचालित योजनाहरुको कार्यनयन गर्ने क्रमलाई तीब्रता दिएको छ।नगरपालिकाका सबै वडाहरुमा पुर्वाधार विकासका कामहरु अघि बढिरहेका छन् ।

यसै क्रममा आज नगर उपप्रमुख एवम् नगरस्तरीय अनुगमन समितिकी संयोजक ढाका कुमारी पराजुलीको संयोजकत्वमा विभिन्न वडाहरुमा संचालित विभिन्न योजनाहरुको अनुगमन गरिएको छ।वडा नं ११ मा संचालित विपन्न वर्गका लागि निर्माण गरिएको जनता आवास कार्य,सडक कालोपत्रे र वडा नं ७ मा निर्माण सम्पन्न भएको सडक कालोपत्रे योजनाको अनुगमन गरिएको छ।अनुगमन कार्य उपप्रमुख सहित अनुगमन समिती सदस्यहरु प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह,कार्यपालिका सदस्य बिन्दु गुरुङ,इन्जिनियर बालकृष्ण निरौला!सव इन्जिनियर अजित महतरा लगायतको उपस्तिथिमा भएको थियो।

   


 बेलबारी ७ स्थित पुरानो बाहुनी उत्तर ओइलानी टोल सडक कालोपत्रे योजना अन्तर्गत ५०० मिटर लम्बाई रहेको कालोपत्रे योजना  अनुगमन गर्दै उपप्रमुख पराजुलीले यस बर्ष नगरपालिकाले बैशाख महिनाभित्र नै सम्पूर्ण योजना सप्पन्न गरिसक्ने लक्ष्यसहित काम गरिरहेकोले शतप्रतिशत योजनाहरु समयभित्रै सप्पन्न हुने कुरा बताइन्।स्थानीय सरकारले अघि बढाएका निति तथा कार्यक्रम सफल बनाउने दायित्व नागरिकको पनि हो।"हामी काम गुणस्तरीय होस् परिणाममुखी होस् भनेर निरन्तर लागिपरेका छौँ। 

यसमा नागरिकको पनि सहयोग आवश्यक छ।बजेट हिनामिना दुरुपयोग हुनबाट रोक्न नगरपालिका सचेत भएर लागेको छ।योजना कार्यनयनमा ढिलासुस्ती गर्ने आलटाल गर्ने ठेकेदारलाई उपभोक्ता समिति जो हुन् बिधि पद्धति बाहिर गए कार्वाहीको भागिदार बन्नुपर्ने छ।हामी सधैं गुणस्तरीय र परिणाममुखी कामको अभियानमा छौं "-उपप्रमुख पराजुलीले भनिन्।

 


काठमाडौ  मंसिर १२ गते । रातो तारा डट कम, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कर्णजीत बुढाथोकी ‘शुशिल’ले बिद्रोही नेकपाका महासचिब विप्लवलाई दरबारिया भनेर आरोप लगाउने गोपाल किराति आफ्नो उचाई बढाउन विप्लवसंगको पार्टी एकताको हौवा पिटाउन थालेको आरोप लगाएका छन् । विप्लव क्रान्तिकारी भएको तर किराति न्युनतमरुपमा नीति,विधि, सिद्धान्त र नैतिकताको ख्याल नगर्ने भएकोले बारबार उट्पट्याङ् गर्ने गरेकोसमेत बताए ।


हालै सम्पन्न सो पार्टीको केन्द्रीय समितिको बैठक तथा विशेष राष्ट्रिय भेलाको निर्णयहरु सार्वजनिक गर्न शुक्रबार अनामनगरस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष बुढाथोकीले बरु अब देशमा क्रान्तिकारी धुर्बिकरणको टड्कारो आवश्यकता भएकोले आफूरु त्यसतर्फ लागेको बताए ।

अध्यक्ष बुढाथोकीले आफ्नो पार्टी वैज्ञानिक समाजवाद स्थापनार्थ संघर्षको प्रकृयामा अघि बढेको भन्दै त्यसमा जोडिन आम जनसमुदायमा आह्वान गरे । उनले महान जनविद्रोहको वृहद तयारीको दिशामा जुट्न पार्टीका नेता, कार्यकर्ता र आम न्यायपूर्ण जनसमुदायमा आग्रह समेत गरे ।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले शक्तिमा भएको समयमा पार्टीहरु फुट्ने परम्परालाई तपाईहरुले कमजोर हुनेबेला पार्टी फुटाएर तोड्नुभयो, यसको वास्तविकता के हो ? भन्दै सोधेको प्रश्नको जवाफ दिदै उनले भने ‘हामी देशव्यापी संगठन निर्माणको अभियानमा छौं, क्रान्तिकारी शक्तिहरुसँग वैचारिक एकता अनिवार्य सर्त हो । हामी विभाजित टुटफुट विभाजन मात्र होइन एकता र वृहत ध्रुविकरणको संन्देश यो पत्रकार सम्मेलन मार्फत दिन गैरहेका छौ ।’

सरकारले आफ्नो असफलताका कारण विप्लवमाथी प्रतिबन्ध लगाएको भन्दै उनले भने–‘हामी क्रान्तिकारी शक्तिहरुसँग कार्यगत एकता गर्दै पार्टी एकताको बारेमा सोचिरहेका छौं, एकताको लागि विचार सिद्धान्तबारे छलफल र एकरुपता आवश्यक हुन्छ । हतारमा एकताको हल्ला मच्चाउँदा त्यो पुर्न विघटनको दिशातिर गएको हामीले देखेका छौं ।’

गोपाल किरातीमा देखिएको वैचारिक विचलनताका कारण पार्टीले उनमाथी कारबाही गरेको र अघिल्लो पोलिटव्यूरो बैठकले अध्यक्ष पदबाट निश्कासन गरेको उनले बताए । उनले किराती समुहमा देखिएको गम्भिर वैचारिक समस्याका कारण हामी मालेमावादको रक्षा गर्दै, क्रान्तिकारी योजनामा अघि बढेको उनको तर्क छ ।

किरातीले विप्लव नेकपासँग पार्टी एकताको लागि गरेको घोषणाको कुनै आधार नभएको भन्दै उनले भने–‘पार्टी एकता गरेर नेता बन्ने चाहनाले मात्र सबै कुरा पुरा हुन्न । विप्लव नेकपा क्रान्तिकारी योजनामा जुटेको बेला किराती समुह आध्यात्मवादी चङ्गुलमा फसेकोछ, यसले उहाँको घोषणा छटपटाहट र निरासाजनक कोणबाट आएको पुष्टि हुन्छ । पार्टी एकताका सर्तहरु हुन्छन, कसैले एकलौटी रुपमा एकता घोषणा गरेर मात्र एकता सम्भव हुन्न ।’

उनले पत्रकारलाई जवाफ दिदै भने–‘हामी नेपाली वर्गसंघर्षको विरासतलाई बिर्सन सक्दैनौं । हाम्रो पार्टी महान शहीदहरु, अपाङ्ग, घाइते र बेपत्ता योद्धा लगाएतको उच्च त्याग र बिरताको प्रकृयाबाट जन्मेको जनताको न्याय र समानताको लडाईको मोर्चा हो । यस प्रकृयामा हाम्रा पुर्व अध्यक्षहरु र सबै क्रान्तिकारी शक्तिलाई हामी एकताको प्रकृयामा जुट्न आह्वान गर्दछौं । साथै पुर्व अध्यक्ष किरातीले विपश्यना (आध्यात्मवाद) छाडेर सुध्रिएर आएमा हामीबिचको एकता सम्भव छ ।’

उनले आफ्नो पाटीको बैठक तथा भेलाबाट भएका निर्णयहरुको विषयमा जानकारी गराउँदै थप विषयवस्तु सहितको प्रेस वक्तव्य समेत वाचन गरेर पत्रकारहरुलाई सुनाएका थिए । उनले पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय, स्थायी सदस्य ३३, पोलिटव्यूरो १५ सदस्यीय बनेको सार्वजनिक गरे । माओवादी केन्द्रको वरिष्ठ नेता तिलक थापामगर र उपाध्यक्षमा रंगनाथ ढकाल रहेको समेत उनले बताए ।

त्यस्तै स्थायी समिति सदस्यमा नरेश शाही, धन कमारी मगर, लोकराज जैसी, सिंह ब.बिक, बलाराम पुन, धर्मराज बेडुवाल, अरुण घिसिंङ, टिपि गौतम, प्रकाश दाहाल, त्यसैगरी पोलिटब्युरो सदस्यहरुमा कृष्ण खडक, दुर्गा खत्री, कृष्ण बोहोरा, जनक कामी, ब्यासि तिरुवा, रंगमल रोकाया, प्रकाश तिवारी, राम प्रसाद मैनाली, कुमार याख्खा राई, लक्ष्मण खडका, शुसिल नाथ योगी, कपिल सिजापति, पासाङ तामाङ, भागिराम चौधरी विक्रम, धर्म सञ्ज्याल ध्रुब, रतन कुमार बिक, ज्ञानु बम, शोभा आचार्य, भोजराज त्रिपाठी, सूर्य बहादुर खत्री, कलावती चौधरी लगाएत रहेको उनले सार्वजनिक गरे ।

त्यस्तै पार्टीको केन्द्रीय सदस्यहरुमा मिना चन्द, रमेश थापा, योगश राम्झाली, बिरेन्द्र लामा, भिम बिक, हिरा देवकोटा, सुकैलाल बर्मा, कमला धामी, सुवास लामा, जीवन ऐडि, रामकृष्ण बुढा, मनराज कठायत, टेकमल दर्जि लगाएत रहेको उनले बताए । साथैसंगठन सम्बन्धि थप निर्णय स्थायी समिति बैठकमा गर्न भेलाले अधिकार दिएको उनले बताएका छन ।

त्यस्तै पत्रकार सम्मेलनमा सञ्चालकको भूमिकाबाट बोल्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य नरेश शाही रक्तिमले आफ्नो पार्टी नेपालमा जनअधिकारको लागि अर्को क्रान्तिको तयारीमा रहेको उद्घोष गरे । उने भने–‘जनअधिकार प्राप्तीको आन्दोलन अझै जारी छ ।’

उनले भने–‘किरातीले हाम्रो पार्टी कार्यालय कब्जा गरेर बुद्धको ध्यानक्षेत्र बनाउने दुश्हासग गरिरहेका छन । उनले साधना गरेर समाजवाद ल्याउने कुचेष्टा गरिरहेका छन । हामी सबै क्रान्तिकारी शक्तिहरुबिचको कार्यगत एकता र पार्टी एकताको विषयमा निरन्तर छलफलमा जुटेका छौं ।’

त्यस्तै उक्त कार्यक्रमबिच नेकपा (क्रान्तिकारी माओवादी) का पूर्व केन्द्रीय सदस्य समेत रहेका स्वतन्त्र बामपन्थी अगुवा शिवसुन्दर शाही ‘विकल्प’ को नेतृत्वमा तिन दर्जन बढी नेता, कार्यकर्ताहरुको समुह माओवादी केन्द्रमा ध्रुविकृत भएका छन । ध्रुविकरण समुहको तर्फबाट बामपन्थी अगुवा शाहीलाई माओवादी केन्द्रका अध्यक्ष कर्णजीत लगाएतका नेताहरुले रातो टीका र दोसल्लाले स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै ध्रुविकरणमा आएका नेता शाहीले नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा आएको बेला, सरकारले जनतामाथि अन्याय अत्याचार गरिरहेको अवस्थामा माओवादी केन्द्रले वर्गिय आन्दोलनको प्रष्ट दिशा लिएको र आफु त्यसमा सहमत भएकाले ध्रुविकरणको प्रकयामा जोडिन आएको प्रष्ट पारेका थिए ।

उनले आफुलाई जनताको न्यायपूर्ण आन्दोलनको झण्डा माओवादी केन्द्रले उचाल्ने र वर्गदुश्मन विरुद्ध संगठित प्रतिकारमा उत्रिने पुर्ण विश्वास व्यक्त गरे । साथै सबैतिर छरिएर रहेका क्रान्तिकारी शक्तिहरुलाई अर्को क्रान्तिको लागि माओवादी केन्द्रमा जोडिन आह्वान समेत गरेका थिए ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको बाक्लो सहभागिता रहेको थियो । त्यस्तै माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

उक्त पत्रकार सम्मेलनले माओवादी केन्द्रमा विभाजनले गरेको क्षतिको पुर्ति गरेको सन्देश दिदैं मुलत क्रान्तिकारी शक्तिहरुबिच वैचारिक एकता र धु्रविकरणको प्रकृयाको थालनी गरेको देखिन्छ ।

 


विराटनगर, १२ मंसिर । प्रदेश १ मा आज २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०–१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बा¥हदशी, अर्जुनधारा, झापा गाउँपालिकामा २–२, हल्दिबारी, गौरादह र स्थानीय तह नखुलेका १–१, मोरंगको विराटनगरमा ४४, सुन्दरहरैचामा ८, पथरीशनिश्चरे र बेलबारीमा ५–५, उर्लाबारीमा ४, रतुवामाईमा ३, मिक्लाजुङमा २, कटहरीमा १, सुनसरीको धरानमा १३, इटहरीमा ८, इनरुवा र बराहक्षेत्रमा ६–६, रामधुनी र दुहवीमा १–१ जनामा संक्रमण देखिएको छ ।

संखुवासभाको खाँदबारीमा ८, सभापोखरी र स्थानीयतह नखुलेका १–१, इलामको सुर्योदय र माईजोगमाईमा २–२, चुलाचुली र मांसेबुङमा १–१, खोटाङको हलेसी तुवाचुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको रौतामाईमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ६७९ पुगेको छ । 

प्रदेश १ मा आज १८८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १७८, विराट मेडिकल कलेजबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ६७९ पुगेको छ । 

प्रदेश १ मा आज ९११ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८९ महिला र  १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८८ हजार ७२९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


 


सुनसरी, मंसिर १२ गते । रातो तारा डट कम,अस्थायी प्रहरी चौकी  तालतलैया सुनसरीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र एक बिशेष समारोहका बिच नव निर्मित अस्थायी प्रहरी चौकीको कार्यालय भवनको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । अढाई तले सुबिधा सम्पन्न उक्त भवन संसद बिकास कोष, स्थानीय सरकार, सरस्वती सामुदायिक वन, तालतलैया बिकास कोष र स्थानीय जन सहयोग गरी जम्मा ७० लाखको लागतमा निर्माण सम्पन्न भएको हो । कार्यक्रममा पुर्व सांसद सर्व ध्वज साँवा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर वाबु कार्की, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, ईटहरी उप-महानगरपालिका प्रमुख तथा सुनसरीका प्रहरी प्रमुख लगाएत स्थानीयवासीहरुको उपस्थित रहेको थियो । 

 

फाएल फोटो-

उदयपुर, मंसिर १२ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका-१३ जोगीपोखरीबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नगरपालिका-५ सप्तरीका १९ बर्षीय प्रदिप देउजालाई १९ ट्याब्लेट लागुऔषध नाईटोजेपाम सहित पक्रउ गरेको हो । पक्राउ परेका देउजाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

 

फोटो फाएल-

मोरङ, मंसिर १२ गते । रातो तारा डट कम,मोरङको उर्लावारी नगरपालिका-९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ६ बजे ३ लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका-९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लावारी नगरपालिका-८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लावारी नगरपालिका-३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका-५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेका छन् । पक्राउ परेका सातै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । 


 


काठमाण्डौ मंसिर १२ गते । रातो तारा डट कम, नेपाल सरकारले आज बालवालिकालाई भिटामिन ए र बालविटा खुवाइदैछ । नेपाल सरकारले राष्ट्रिय रूपमा ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क भिटामिन ए र जुकाका औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

वर्षको दुईपटक सामान्यतः कात्तिक र वैशाखको पहिलो हप्ता भिटामिन ए र जुकाका औषधि निःशुल्क वितरण गर्ने गरिन्छ । यसपटक भने कोभिड– १९ महामारी, दसैं, तिहार र छठ पर्वले चालु आर्थिक वर्षको प्रथम चरणका हिजो र आज देशैभर महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीबाट भिटामिन ए र जुकाका औषधि निःशुल्क वितरण गरिरहेका छन । राष्ट्रिय कार्यक्रमअन्तर्गत वितरण गरिने भिटामिन ए ले रोगप्रतिरोधी शक्ति बढाउन र श्वासप्रश्वास रोग रोकथाम गर्न पनि सहयोग गर्छ । 

६ महिनादेखि १२ महिना उमेर समूहका लागि आधा क्याप्सुल र १२ महिनादेखि ५ वर्षसम्मकालाई एक क्याप्सुल  भिटामिन ‘ए’ वितरण गरिन्छ। त्यस्तै १२ महिनादेखि २ वर्षसम्म आधा ट्याब्लेट  र २ वर्षदेखि ५ वर्षसम्म उमेर समूहकालाई एक ट्याब्लेट जुकाविरुद्धका औषधि अल्वेन्डाजोल वितरण गरिन्छ । त्यसैगरी ६ महिनादेखि २ वर्ष उमेर समूहका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्वको मिश्रण बालभिटा पनि वितरण गरिन्छ ।




 

काठमाण्डौ मंसिर १२ गते । रातो तारा डट कम,सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन आजदेखि सुरु हुने भएको छ । सुरुमा जुगल गाउँपलिकाको लिदि, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यन्वयन इकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख इन्जिनियर सन्तोष निरौलाले जानकारी दिनुभयो । 

गत साउन ३० गते ३९ जनाको ज्यान जानेगरी पहिरो गएको जुगल गाउँपालिकाको लिदी, सो स्थानबाट अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्क लगायतका स्थानहरुको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञ सहितको टोलीले भदौ १२ गते शुक्रबारबाट काम सुरु गर्न लागेको उहाँले बताउनुभयो । आज विहानै काठमाण्डौबाट विशेषज्ञ सहितको टोलि सिन्धुपाल्चोक आइपुगेको उहाँको भनाई छ ।

सिन्धुपाल्चोकमा यसबर्ष लगाताको विपत्ति पछि सभामुख अग्निप्रसाद सापकोटाले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरि आवश्यक पहल लिने विषयमा समन्वय गर्नुभएको थियो  । जिल्लाको पहिरोग्रस्त क्षेत्र बाह्रविसेको खागदल, जम्बु र नागपुजे, भोटेकोशी र मेलम्ची क्षेत्रको समेत क्रमश अध्ययन हुने रेडियो मेलम्चीले  समचारमा उल्लेख गरेकोछ ।


 


काठमाण्डौ मंसिर १२ गते । रातो तारा डट कम,नेपाल र भारतबीच रोकिएको राजनीति र कुटीनितक वार्ता सुरु हुने भएको छ । वार्ताको वाताबरण बनाउन नेपाल आउनु भएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगला आज नेपालको सन्देश लिएर फर्किदै हुनुहुन्छ ।  प्रधानमन्त्री केपी शर्माले ओलीले दिनु भएको सन्देश शृंगलाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दिनु हुनेछ । मोदीले नेपालसँगको सम्बन्ध शीघ्र सुमधुर बनाउन चाहेको सन्देश पठाउनु भएको थियो । प्रधानमन्त्री ओलीले हिजोको भेटमा केही समययता चिसिएको सम्बन्ध चाँडोभन्दा चाँडो सुमधुर हुन सकोस र छलफल होस भन्ने चाहेको सन्देश पठाउनु भएको छ । सीमा विवादका कारण झन्डै एक वर्षदेखि रोकिएको संवाद औपचारिक रूपमा खुला भएको छ । परराष्ट्र सचिवस्तरमा भएको बैठकले लामो समयदेखि नेपाल–भारतबीच रहेको आशंका अन्त्य गरेको छ । दुुई मुलुकबीच संवादको ढोकासमेत खोलिदिएको छ । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा सार्वजनिक गरेपछि नेपालले उक्त कदमको विरोध गरेको थियो । विदश सचिव शृंगला आज मध्यान्न फर्किनु हुनेछ ।  


 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.