Websoft University

रिङ रोड र रेल्वेको कामले चाडै गति लिने ः मन्त्री घिमिरे

 


विराटनगर, १५ मंसिर । रातो तारा डट कम,प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रिङ रोड र रेल्वेको कामले गति लिने बताउनु भएको छ । 


अवरुद्ध भएको रिङ रोड र रेल्वेको कामले छिट्टै गतिलिने बताउनुभयो । मोरङको कटहरी १ मा मुआब्जा विवादका कारण रेल्वेको काम अवरुद्ध भएपनि अव निर्माणले चाडै गतिलिने मन्त्री घिमिरेले बताउनुभयो । मुआव्जाको विवाद समाधान तर्फ गएको उहाँले बताउनुभयो । रिङ रोड र रेल्वे सञ्चालनमा आएपछि कटहरीको सामाजिक र आर्थिक जीवनमा परिर्वतन हुने मन्त्री घिमिरेले बताउनुभयो । 

कटहरी १ को जेएम युवा क्लवको २४ औं बार्षिकोत्सव कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो । उहाँले मोरङको कटहरीले इतिहासमा अहिले सम्म नपाएको बजेट पाईरहेको बताउनु भयो । मन्त्री घिमिरेले भन्नुभयो,‘ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तीन बर्षको अवधिमा कटहरी क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेका   छन् ।’ तीन बर्षको अवधि भित्रमा कटहरीको विकासले गति लिएको मन्त्री घिमिरेले बताउनुभयो । कार्यक्रममा बार्षिकोत्सवको अवसरपारि आयोजित टेवल टेनिस प्रतियोगिताका विजेतालाई मन्त्री घिमिरेले पुरस्कार वितरण गर्नुभएको थियो । उहाँले संसद विकास कोषबाट ५० हजारको खेल सामाग्री पनि क्लव मार्फत खेलाडीहरुलाई वितरण गर्नुभएको थियो । 

कार्यक्रममा कटहरी १ का वडाध्यक्ष कपुरलाल माझी, क्लवका अध्यक्ष सत्यानारायण माझी, देवराज चौधरी लगायतले बोल्नु भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.