Websoft University
August 2021

 


विराटनगर, १५ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५, संखुवासभामा ३, भोजपुर र धनकुटामा २–२, ओखलढुङ्गा, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा २२, विर्तामोडमा २०, बुद्धशान्ति र कनकाईमा ९–९, गौरादहमा ८, मेचीनगरमा ७, भद्रपुर र अर्जुनधारामा ६–६, शिवसताक्षीमा ५,  बा¥हदशी र कमल गाउँपालिकामा २–२, गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ६४, धरानमा १६, रामधुनीमा ५, बराहक्षेत्रमा ४, इनरुवामा २, दुहवी, हरिनगर र कोशी गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ४३, सुन्दहरैचामा १०, केराबारीमा ७,  उर्लाबारीमा ६, लेटाङमा ३, बुढीगंगा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रतुवामाईमा १, इलामको इलाम नगरपालिकामा ३, रोङमा २, संखुवासभाको मकालु, खाँदबारी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिकामा २, ओखलढुङ्गाको सिद्धिचरण, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ ।

प्रदेश १ मा आज ३९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र पुरुष १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



 


विराटनगर, १५ भदौ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईएको छ । 

सवल समाजको अधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस मनाईएको सामाजिक विकास मन्त्रालय उच्च शिक्षा तथा यूवा खेलकुद महाशाखाका प्रमुख फणिन्द्र खत्रीले जानकारी दिनुभयो ।  

अन्र्तक्रिया कार्यक्रममा पुस्तकालयको सञ्जाल निर्माण, पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाईनुपर्ने, पुस्तकालय संवन्धि कानून निर्माण, नमूना पुस्तकालय निर्माण, पुस्तकालयमा जनशक्ति व्यवस्थापन, प्रदेश स्तरिय मन्त्रालयमा पुस्तकालय समन्वय शाखाको आवस्यकता, प्रदेशमा भएका पुस्तकालयहरुको अध्ययन हुनुपर्ने लगायतका विषयमा छलफल भएको महाशाखा प्रमुख खत्रीले बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति महासंघ प्रदेश १ का अध्यक्ष बवि राई, नगरपालिका संघ प्रदेश १ का अध्यक्ष महेश वस्नेत, गाउँपालिका महासंघ प्रदेश १ का अध्यक्ष ताराबहादुर काफ्लेले पालिका स्तरमा पुस्तकालयको विकास र विस्तारका लागि आवस्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । 

संगम पुस्तकालय उदयपुरको समन्वयमा भएको कार्यक्रममा प्रदेश १ का विभिन्न पुस्तकालयका अध्यक्ष तथा प्रतिनिधिहरुसहभागि भएका थिए । 



धरान भदौ १५ गते । रातो तारा डट कम, वीपी प्रतिष्ठान भित्र हुने गरेका  आर्थिक, वौद्धिक भ्रष्टचारलाई  हटाई श’द्धिकरण गर्ने नाममा विगत अडाई महिना देखि चलेको हडताल र तालावन्दीको कार्यक्मले अन्तत प्रतिष्ठान धरासाहि हुने अवस्थामा प’गेको छ । 

प्रतिष्ठान भित्र भ्रष्टचार वढेको,पठन पाठन ठप्प भएको नियुक्ति मा राजनीतिकरण भएकोले त्यसको श’द्धि करण गर्न हालका उपुकुलपति डा ज्ञानेन्द्र गिरी लगायत चार जना पदाधिकारीको राजीनामाको माग गर्दै चिकित्सकहरुको अग’वाईमा विधार्थी कर्मचारीहरुले हडताल गरेको ७५ दिन प’गेको छ । उनीहरुले हरेक  दिन हरेक दिन नारा जुलुस धर्ना आकष्मिक सेवा वाहेब सवे वन्द सम्मका कार्यक्रम गरेका थिए । अहिले भने हरेक साझ उपक’लपतीको कार्यालय अगाडि एक घण्ठा धर्ना र चारै जना पदाधिकारीहरुको कार्यलयमा ताल्चा लगाएर राजिनामाको माग राखि राखेको छन । उनीहरुले पदाधिकारीहरुको कार्यालयमा ताल्चा लगाए पछि पदाधिकारी विहिन हुन पुगेको प्रतिष्ठानमा कर्मचारीले साउनको तलव खान पाएका छैनन भने तलव दिने पैसाको पनि अभाव रहेको लेखा फांटका कर्मचारीहरु बता उछन । यता विधार्थीको पठन पाठन ठप्प भएकोले वार्षिक शैक्षिक तालिकामा व्यापक फेरवदल गर्नु पर्ने अवस्था श्रृजना भएको छ । प्रति महिना १५ करोड रुपैया तलव भतामा मात्र खर्च हुने प्रतिष्ठानमा सधैको वन्दले आन्तरीक आम्दानी हवतै घटेको छ । प्रतिष्ठानलाई राम्रो आम्दानी गराउने सिटि स्क्यान र एम आरपी एक वर्ष अधि देखि विग्रिएकोकोले जनताले महगो दाम तिरेर विराटनगर झापा मा जान’ परेको छ । अव यस्तै अवस्था अरु ५ महिना रहने हो भने तलव खान नपाएर सवै डाक्टरहरुले जागिर छाडने र प्रतिष्ठान वन्द ह’ने निश्चित भएको विज्ञहरु वताउछन ।  

आन्दोलनकारीहरुको नियत नै खराव देखियो । 

प्रतिष्ठानको श’द्धिकरण गर्ने भनि केहि चिकित्सक र राजनीतिक दलहरुले सुरु गरेको आन्दोलनको मागहरु वतृमान सरकारले पुरा गर्दै गए पनि आन्दोलन नरोकिन’ले आन्दोलनकारीहरुको नियत माथि नै शंका उठन थालेको छ ।  आन्दोलनकारीहरुको माग वम्मोजिम सरकारले डा वैक’ण्ठ अर्यालको सयोजकत्वमा एक कार्यदल वनाएर पठाएको थियो । सो कार्यदलले ४७ पृष्ठको प्रतिवेदन पनि वुझाई सकेको छ । यसै वीत अख्तियारले छापामारी ७ दिन सम्म व्यापकरुपमा छानवीन गर्दै कागजपत्रहरु लिएर गएको छ । तर पनि आन्दोलनकारीहरुले आन्दोलन नरोक्दा डा वैक’ण्ठ अर्यालले दिएको प्रतिवेदनकै अवज्ञा गरेको आरोप लाग्न थालेको छ । जवकी सो प्रतिवेदनलाई आन्द ोलन कारीहरुले स्वागत गरी कार्यान्वयनको लागी दवाव दिईरहेका छन । तर सोहि प्रतिवेदनको व’दा न २ः५ः२मा उल्लेखित पदाधिकारीहरुको व्यतिmगत आचरण भन्ने शिर्षकमा अस्पताल जस्तो सम्वेदनशिल क्षैत्र भित्र आन्दोलन ,हडताल गरी सेवा अवरुद्ध गर्ने एवम पदाधिकारीहरुको कार्यकक्षमा सिलवन्दी गरी दैनिक कार्य सन्चालनमा अवरोध प’र्याउने कार्यले प्रतिष्ठानलाई क्षति प’याएको छ । यस प्रति समवन्धीत पक्ष सचेत नदेखिएको उल्लेख  गरेको छ । यसै गरी सोहि प्रतिवेदनको वुदा न २ः५ः३ मा प्रतिष्ठानका शिक्षक कर्मचारीहरुले पनि आफनो आचरण र प्रतिष्ठानको ऐन नियम विपरीत गई राजनीतिक दलहरुको सदस्यता लिएको अन्य राष्टिय अन्तराष्टिय सध सस्थाको सदस्यता लिएर काम गरेकोले प्रतिष्ठान भित्र देखिएको नियमको उलधनको पराकाष्ठ भएको ठहर गरेको छ । यसै गरी उनीहरुले क’नै एक स्थानमा २५ जना भन्दा वढि भेला ह’न नपाईने सक्रमण ऐन २०२०  र अस्पताल जस्तो अत्यावश्यक सेवामा क’नै अवरोध गर्न नपाई सामान्य प्रशासन ऐन पनि उलधन गरेको अभियोग छ ।  चार जना पदाधिकारीको राजिनामा माग्ने आन्दोलनकारीहरु कै कृयाकलाप प्रतिष्ठानको ऐन विपरीत देखिएकोले अविलम्व तालाखोली आन्दोलनकारीहरु माथी पनि कार्वाहिको लागी छानवीन ह’न’ पर्ने माग सहित गत हप्ता राष्टिय प्रजातन्त्र पार्टि धरान नगर समितिले एक प्रेस विज्ञप्ती समेत निकालेको छ । आन्दोलनको नाममा अस्पतालको काममा अवरोध प’र्याइ प्रतिष्ठानलाई धरासाहि वनाउन पाईन्दैन भन्दै राप्रपाले प्रेस विज्ञप्ती मार्फत कडा प्रतिवाद गरेको छ । यसै गरी सोमवार औषधी व्यवसायी सघले पनि एक विज्ञप्ती निकालेर वीपीमा लागेके तालालाई अविलम्व खोल्न आग्रह गरेका छन । अख्तियारले आर्थिक अनियमितता मात्र हेर्ने होईन यसरी सरकारी कर्मचारीहरुले आफर्नै सस्थाको एैन नियम विपरीत काम गरेका छ भने कार्वाही गर्ने पनि अधिकार राख्दछ तर हाल सम्म अख्तियारले यस विषयमा ध्यान दिन नसकेको नागरीक समाजका अग’वाहरु व्ताउछन ।   

आन्दोलनकारी कस्ता कस्ता ?

उपक’लपतीको विरुद्धमा फेसव’कमा लेखे पछि उपक’लपीले स्पष्टीकरण माग्दा उल्टै प्रतिष्ठानको शुद्धिकरणको आन्दोलनको सुरुआव गर्ने हडिका डाक्टर विष्ण’ पोख्रेल लगायतका आन्दोलनकारीहरु माथि पनि  व्यतिmगत फाईदाका लागी प्तिष्ठानको ऐन नियम विपरीत आचरण गर्ने गरेको आरोपहरु वाहिर आउन थालेको छन ।  अर्थोपेडिक डाक्टर विष्ण’ पोैडेलले घ’डा द’खेको समस्या हेर्ने मेशीन चलाए वापत स्मीथ एण्ड नेफयु भन्ने कम्पनी वाट एक रोगी वरावर नै रु २० हजार कमिशन लिने गरेकोले आफ’लाई प्रतिष्ठानको तलवको खासै जरुरत नपर्ने भनि वताउदै हिडने गरेको उनका समकक्षीहरु व्ताउछन ।यसै गरी अर्का आन्दोलनकारी  हडिका डाक्टर रोशन शाह कल’वार प्रतिष्ठानको नियम विपरीत प्तिष्ठानकै गेट वाहिर टाटा डाईग्नोसिस सेन्टर खोलेर वर्षौ देखि आफनो धन्धा चलाई रहेका छन । डा अजय अग्रवाल जो धरान ९ स्थित मन्जु श्री र नवनीत मेडिकल हलहरुमा दैनिक जाच गर्ने काम गर्दछन जवकी वीपी प्रतिष्ठानका डाक्टरहरुले वाहिर जाच गर्ने अन’मती छैन । यसै गरी डा सन्दीप शाह र डा लक्ष्मण खनाललाई अर्काको शोधपत्र चोरी गरेको अभियोगमा प्रतिष्ठानले कार्वाहि चलाई रहेको छ । ह’दै नभएको शोधपत्र तयार गरेर उनीहरुले प्रतिष्ठानमा पेश गरी प्रमोशन पाएका थिए । डा विक्रम श्रेष्ठ शिक्षाध्यक्ष भएको वेला उनीहरुलाई  वौद्धिक सम्पती चोरीको अभियोगमा कार्वाहि चलाईएको थियो । तर हाल सम्म क’नै निर्णय गर्न नसकेको क’रा शिक्षाध्यक्षको कार्यालयले वताएको छ ।  यसै गरी हाल नेपाली काग्रेस सम्वद्ध कर्मचारी कल्याण मन्चले हालको तालावन्दीको वैकल्पिक उपाय निकाल्न’ पर्ने भन्दै विज्ञप्ती पनि निकालेको छ भने समस्याको समाधान गर्न मार्ग प्रसस्त गर्न पदाधिकारीहरुले राजीनामा पनि दिन’ पर्ने क’रा घ’माएर राखेको छ । प्रतिष्ठानको श’द्धिकरण गर्ने हो भने यहाका शिक्षक कर्मचारीहरु भित्र देखिएको विकृतिहरुको पनि कडाईका साथ सफाई हुनु पर्ने डा वैक’ण्ठ आचार्यको प्रतिवेदनले वुदागत रुपमा स’झाव दिएको छ ।  

रजिष्टारको राजिनामाले ल्याएको तरड 

ह्नुन त प्रतिष्ठान भित्र भ्रष्टाचार हुन थालेको डा वलवद्र दासको पाला देखि हो जसको  छानवीन अख्तियारले गरेर विशेष अदालतमा मुद्धा समेत चलिरहेको छ ।  तर यस पटकको आन्दोलनले भने वर्तमान चार जना पदाधिकारीहरुको राजिनालाई मुख्य मागको रुपमा अधि सारेको छ । डेढ वर्ष अधि तत्कालिन  स्वाथ्य मन्त्री भान’भतm ढकालको अनुकम्पावाट उपकुलपति भएर आएका डा ज्ञानेन्द्र गिरीले आए देखि नै आर्थिक, नैतिक अनियमितताको सवै रेकर्डहरु तोडर्दै आएका छन । आन्दोलनकारीहरु सगको वार्तामा  वोल्नै नसक्ने गरी मादक पदार्थ खाएर आएर वार्ता भाडिए पछि त झन उनको नैतिक धरातल उदागो नै भएको थियो । यीनै कारण ले पनि आन्दोलनकारीहरुलाई राजिनामा माग्ने वल पुगेको थियो । एउटा जावो प्रतिष्ठानका पदाधिकारीहरु सग राजिनामा माग्ने काम स्वास्थ्यमन्त्री देखि लिएर प्रधानमन्त्री सम्म ले गरेर नया रीकर्ड नै वनाएका थिए । तर कसैले राजिनामा नदिई रहेको अवस्थामा भाद्र ७ गते राजिष्टार प्राडा मोहनचन्द्र रेग्मीले एकाएक प्रधानमन्त्रीलाई नै भेटेर यस्ता परीस्थितिमा काम गर्न असहज भएको भन्दै राजिना दिए पछि अन्य तिन जना पदाधिकारीहरुलाई थप नैतिक सकट उत्पन्न गरी दिएका छन ।  राजिनामाको वारेमा वुझन खोज्दा रजिष्टार रेग्मी सग  फोन सम्पर्क ह’न सकेन । प्रतिष्ठानका स्त्री रोग विभागमा राम्रो काम गरेर नाम कमाएका डा रेग्मीलाई रजिष्टार वनाउने काम भने उपकुलपती डा गिरीले नै गरेका थिए । ९ महिना अधि आएका रजिष्टार रेग्मीले आन्तरीक प्रशासनमा निकै स’धार पनि गर्न खोजेका थिए । 

तर कमाउ धन्धामा आएका उपक’लपतीको सवै अनियमित काममा रजिष्टारले वाधा हाल्न थाले पछि उनीहरु वीच विवाद च’लिन्दै गएको थियो । सोही विवाद सतहमा आउन थाले पछि उनीहरुलाई हटाएर आफ’ पदाधिकारी वन्ने केहि चिकित्सक कर्मचारीहरुले आन्दोलन गर्न थालेको कर्मचारीहरु वताउछन । देशको राजनीतिक माहोल पनि तत्कालिन प्रधानमन्त्री केपी ओेली विरुद्धमा गएको वेला  उनले भर्ति गरेका पदाधिकारीहरुलाई निकालेर आफनो मान्छे राख्न  धरानका सवै राजनितिक दलहरु एक जुट भएर लागेका थिए । 



पदाधिकारी विरुद्ध महाअभियोगको तयारी 

  प्रधानमन्त्री स्वयमले राजिनामा माग्दा पनि राजिनामा नदिए पछि चार जना पदाधिकारी विरुद्ध ६ जना सिनेट सदस्यहरुले गत हप्ता क’लपती तथा प्रधानमन्त्री समक्ष निवेदन दिएका थिए । सो निवेदनको आधारमा प्रधानमन्त्रीले अव एक कार्वाहि समिति वनाउने छ । सो समितिले सिनेटको वेैठक वोलाउन लगाई सोहि वैठकवाट महाअभियोग लगाई उनीहरुलाई निकाल्ने तयारी भईरहेको क’रा प्रधानमन्त्री कार्यालयको स’त्रले जानकारी गराएको छ।  तर नैतिकताको आधारमा रजिष्टारले राजिनामा दिए पनि अन्य पदाधिकारीहरुको राजिनामा नआउन’मा चाहि  करोडौको सिटि स्क्यान र एमआरपी मेशिन खरीद प्रकृया पाईपलाईन मा भएकोले हो भन्ने क’रा आजका पत्रपत्रिकाहरुले विश्लेषण गरेर लेखेका छन ।  


नया पदाधिकारी ल्याृउने काग्रेसको तयारी  


वामपन्थी रुझान भएका यि चार जना पदाधिकारीलाई निकाले पछि आफनो मान्छेहरु फिट गर्न पनि स्थानिय राजनीतिक दलहरुमा चलखेल श’ृरु भएको छ । प्रतिष्ठानका कर्मचारीहरुले दिएको जानकारी अन’सार नेपाली काग्रेसले प्रतिष्ठानकै अथोपेडिक डाक्टर पश’पती चौधरीलाई उपक’लपति र श्याम लम्साललाई रजिष्टार वनाउने कसरतमा लागेका छन । तर एमाले र एक थरी मानिसहरु  प्राडा सन्जीव शर्मालाई उपक’लपति र नागरीक समाजका सयोजक डा राजेन्द्र शर्मालाई रजिष्टार को नाम प्रस्ताव गरेको वताईन्छ ।  


 


श्याम राई÷उदयपुर गाईघाट, १५ भदौ । रातो तारा डट कम, बलात्कारको घटनामा संलग्न उदयपुरको छुट्टा, छुट्टै दुई ठाउँबाट दुई जना पक्राऊ परेकाछन् । ताप्ली गाउँपालिका–२ लेखगाउँका ३२ वर्षिय राकेश राईलाई प्रहरीले १४ वर्षिय किशोरी बलात्कार गरेको अभियोगमा मंगलबार पक्राऊ गरेको हो ।

राईले जबरजस्ती करणी गरेको आरोप ति किशोरीले लगाएपछि पक्राऊ गरिएको ईलाका प्रहरी कार्यालय कटारीलेजनाएको छ ।

त्यसैगरि सोमबार राती त्रियुगा नगरपालिका वडा न. १२ मा १४ वर्षिय बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले ४० वर्षिय आनन्द चौधरीलाई पक्राऊ गरेको छ । बलात्कारपछि फरार भएका चौधरीलाई आफन्तकहा लुकेर बसेको बेला राती नै पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी. वेद प्रसाद गौतमले बताए ।







 


विराटनगर । रातो तारा डट जम, नेपाली साहित्यको महत्वपूर्ण पुरस्कारमध्ये एक मानिएको मोती पुरस्कारबाट विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदित पुरस्कृत हुने भएका छन् । दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको ‘युवा वर्ष मोती पुरस्कार–२०७७’ प्रदान गर्न लागेको हो । पुरस्कारका रुपमा संयुक्त रुपमा ५० हजार राशिसहित स्वर्ण पदक र सम्मानपत्र रहेको छ । 

युवा वर्ष मोती पुरस्कार नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सन् १९८७ लाई युनाइटेड नेसनले युवा वर्ष भनेर घोषणा गरेको वर्षलाई सम्झना गर्दै सुरु गरेको हो । सो पुरस्कार हरेक वर्ष मोती जयन्तीका दिन प्रदान गर्ने गरिन्छ । गत वर्ष कोभिडका कारण स्थगित भएको थियो । विशेषतः कविता विधामा कलम चलाउने नवोदितका ‘फूलबारीभित्रका भमराहरू’ र ‘झरीले रुझेको गाउँ’ गरी दुई कविता संग्रह प्रकाशित छन् । साथै, केही पुस्तकहरूको सम्पादनसमेत गरिसकेका नवोदितका सिर्जनाहरू राष्ट्रियस्तरका दैनिक पत्रिकाहरूमा प्रकाशित छन् । उनको ‘समयको बयान’ कविता संग्रह काठमाडौंको रत्न पुस्तक भण्डारले भदौभित्रै प्रकाशित गर्दैछ । 

कोषले नवोदितका साथमा सो पुरस्कार कवि, आख्यानकार, समालोचक एवं साहित्य अन्वेषक महेश पौड्याललाई समर्पण गर्ने निर्णय गरेको छ । पौड्याललाई पनि २०७७ सालको पुरस्कार दिन लागिएको हो । पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुन् । साहित्यतर्फ उनी बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुन् ।

त्यस्तै २०७८ सालको मोती पुरस्कार जापानमा बसेर संसारभरिका नेपाली साहित्यकारको नेतृत्व गरिरहेका प्रकाश पौडेल ‘माइला’ र काठमाडौं बसेर भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गरिरहेका हेम प्रभासलाई दिइने कोषले जनाएको छ । पौडेल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का अध्यक्ष हुन् । मोतीराम भट्टको सम्झनामा ४० वर्ष ननाघेका युवा साहित्यकारहरूलाई प्रदान गरिने यो पुरस्कार युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्णपुरस्कारमानिन्छ । 


 


बिराटनगर२०७८ भदौ १५ गते । रातो तारा डट कम,

 १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी ६७१ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।


मिति २०७७ साल मंसिर ३ गते देखी संचालित प्रहरी जवान १३८ औ समुहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम पश्चात आज प्रशिक्षार्थीहरूलाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा १ नम्बर प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।

प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी १३३ जना महिला सहित ६७१ जना प्रहरी जवानहरु दिक्षित भएका हुन । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा  ४८० जना१ नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा- ९५ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा संयुक्त रुपमा दिक्षित गरिएको हो ।

 


दिक्षान्त समारोहमा तालिम केन्द्रका सह समादेशक प्रहरी नायव उपरीक्षक बिनोद शर्माले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन र प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराउनु भएको थियो । दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रकी समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले शब्दमा सफत ग्रहण गराउनु भएको थियो ।

 

प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान उतम कुमार मगर लगायत विभिन्न ८ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नु भएको थियो । दिक्षान्त समारोहका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले  कोभिड -१९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक तथा अन्य ईष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख लागेको बताउँदै, अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेशगर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजनमा आभार प्रकट गर्नु भएको छ । साथै वहाँले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वकईमान्दार र बफादारी भई उच्च मनोवलका  साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन समेत दिनु भएको छ ।

 

दिक्षान्त समारोहमा तालिम केन्द्रकी समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले धन्यवाद ज्ञापन गर्नुहुदै समाज गतिशील छ र हाम्रा समस्याहरु पनि गतिशील नै हुन्छन् यसर्थ हाम्रो प्रयाश पनि गतिशील नै हुनुपर्छ । सिकाईको स्तरलाई परिस्कृत गर्दै लैजानु हुनेछ भन्ने बिश्वासका साथ प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न गर्‍यो अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरुकै रहको बताउदै समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्नु हुनेछ भन्ने दिक्षित प्रहरी जवानरहरुबाट बिश्वाश गरिएको साथै वहाँले दिक्षित भई जाने प्रहरी जवानहरुलाइ कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिनु भएको थियो ।

 

नौ महिनाको आधारभूत तालिम अवधी समाप्त गरी दिक्षित भएका ६ सय ७१ जना प्रहरी जवानहरुलाई उनिहरुको आ-आफ्नो कार्य क्षेत्रमा खटाईने छ ।


काठमाण्डौ भदौ १५ गते । रातो तारा डट कम,आजदेखि काठमाडौँ–श्रीलङ्का सीधा उडान हुने भएको छ । श्रीलङ्कन एयरलाइन्सले आजदेखि हप्तामा दुई उडान भर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले एयरलाइन्सलाई हप्तामा दुई दिन उडान अनुमति दिइएको बताउनुभयो । उहाँका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि उडान अनुमति मागेको थियो । कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिने जनाएको छ । 

 


काठमाण्डौ भदौ १५ गते । रातो तारा डट कम,सरकारले बाढी र पहिरोबाट पूर्ण क्षति भएका निजी आवास निर्माणको लागि अनुदान दिने भएको छ । बाढी र पहिरोबाट निजी घर गुमाएका प्रभावितलाई अस्थायी आवास निर्माणका लागि तत्काल ५० हजार रुपैयाँ दिइने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँले मनसुन सकिएपछि निजी आवास निर्माणको लागि हिमाली क्षेत्रमा ५ लाख, पहाडमा ४ लाख र तराईमा तीन लाख रुपैयाँ अनुदान दिने सीआईएनसँग बताउनुभयो । प्राधिकरणका अनुसार पछिल्लो तीन दिनमा ४ हजार ५ सय घर र ९० हजार सर्वसाधारण बाढी र पहिरोबाट प्रभावित भएका छन् । 

 




काठमाण्डौ भाद्र १५ गते  । रातो  तारा डट कम , विश्व हिन्दू परिषदले आफ्नो ५७ औं स्थापना दिवस तथा श्री कृष्ण जन्माष्टमी पूजनोत्सव कार्यक्रम मनाएको छ । विश्व हिन्दू परिषदको स्थापना सन १९६४ श्री कृष्ण जन्माष्टमीको दिन भएको थियो । सोही दिन देखि विश्व हिन्दू परिषद्ले श्री कृष्ण जन्माष्टमीलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आएको छ । 

परिषदले विगतका वर्ष झै यस वर्ष पनि काठमाण्डौ, पोखरा, वीरगंज, जनकपुर, सिरहा, सप्तरी, रुपन्देही, कपिलवस्तु लगायतका विभिन्न स्थानहरुमा शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन संध्या लगायतका कार्यक्रमहरु योजना गरी स्थापना दिवस तथा श्री कृष्ण जन्माष्टमी पूजनोत्सव मनाएको छ । काठमाण्डौ जाउलाखेल स्थित हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको सभाहलमा सोमबार कार्यक्रमको आयोजना गरिएको थियो । 

कार्यक्रमको अध्यक्षता राष्ट्रिय अध्यक्ष श्री टिका बहादुर पहारी, प्रमुख आतिथ्यता काठमाण्डौ जिल्ला अध्यक्ष श्री बल बहादुर कार्की, विशिष्ट आतिथ्यता बरिष्ठ राजनीतिक विश्लेषक श्री देवेश झाको रहेको थियो । सो कार्यक्रममा परिषदका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमार, राष्ट्रिय उपाध्यक्ष श्री उद्धव कुमार घिमिरे, एकल अभियानका तर्फबाट महासचिव महाविर घिराईया, अभियान प्रमुख श्री अरविन्द साह, विकास प्रमुख श्री विरेन्द्र बुढाथोकी लगायत परिषदका स्थानीय शुभचिन्तक तथा कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा परिषदका राष्ट्रिय सदस्य श्री विरेन्द्र बुढाथोकीले परिषद् स्थापनाको उद्देश्य बारे प्रकाश पार्दै विश्व हिन्दू परिषदको स्थापना विश्व भरी छरिएर रहेका हिन्दूहरुलाई संगठित गर्न संघका द्धितिय सर–संघचालक श्री गुरु जीले संतहरुको मार्ग निर्देशनमा ५७ वर्ष अगाडी गर्नु भएको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष श्री बलबहादुर कार्कीले ईतिहाँसबाट पाठ सिक्दै वर्तमानमा हामी अगाडी बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।

मन्तव्य कै क्रममा बरिष्ठ राजनीतिक विश्लेषक श्री देवेश झाले भगवान श्रीकृष्णको लीलाबारे चर्चा गर्नुहुदै धर्मरक्षार्थ सदैव अग्रिणी भूमिकामा रहन तयार रहनुपर्ने बताउनु भएको थियो । परिषदका राष्ट्रिय अध्यक्ष श्री टिका बहादुर पहारीको समापन मन्तव्य पश्चात कार्यक्रम समाप्त भएको थियो ।

जिल्ला कार्य समिति, पर्साले अन्तर्राष्ट्रिय स्थापना दिवस एवं श्रीकृष्ण जन्माष्टमीको पावन अवसरपारी जिल्ला स्तरिय कार्यालयको उद्घाटन समेत गरेको छ ।

 


विराटनगर, १४ भदौ । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८१ ज्नाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीगण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०,  धनकुटामा ८, पाँचथरमा ३, संखुवासभा र भोजपुरमा २–२, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा ४८, दमकमा २८, भद्रपुरमा २०, शिवसताक्षीमा १८, अर्जुनधारामा १२, मेचीनगर र कनकाईमा १०–१०, बुद्धशान्ति र कमल गाउँपालिका ९–९, बा¥हदशीमा ४, हल्दिबारीमा २ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ४२, बेलबारीमा २२, सुन्दरहरैचामा १४, उर्लाबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ३, कानेपोखरी र ग्रामथानमा २–२, रतुवामाई र लेटाङमा १–१, सुनसरीको इटहरीमा ६६, धरानमा १९, दुहवी र इनरुवामा ३–३, रामधुनीमा २, बर्जु, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदयमा ३, देउमाई, इलाम नगरपालिका, रोङ र चुलाचुलीमा २–२, स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा ४, चौदण्डीगढीमा ३, त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाँचथरको फिदिम, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा २, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमणदेखिएको मन्त्रालयले जनाएकोछ ।

प्रदेश १ मा आज ३८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९० महिला र १९८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ८ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

 


 


श्याम राई÷उदयपुर  गाईघाट, १४ भदौ । रातो तारा डट कम, सर्वोच्च अदालतले काम रोक्न अन्तरिम आदेशजारी गरे पश्चात निर्माणाधिन सोलु कोरिडर १३२ केभी प्रशारण लाईनको काम रोकिएको छ ।

स्नानीय द्धारा वायर रिटमा अदालतले काम रोक्न अन्तरिम आदेश निर्माण कम्पनीलाई प्राप्त भएपछि शनीबार देखि सबै रोक्न बाध्य भएको आयोजना प्रमुख जनार्दन गौतमले बताए ।

कटारी नगरपालिका–४ मरुवामा करिडोर अन्तर्गत पर्ने जग्गा अधिग्रहण गरे वापतको मुआब्जा रकम थोरै भएको भन्दै स्थानीयहरुले रकम बुझन नमानेपछि विगत २ वर्ष देखि काममा अवरोध हुदै आएको थियो ।

विवादको कारण उदयपुरमा प्रशारणलाईनको ३ वटा टावर निर्माणको काम रोकिएको आयोजना प्रमुख गौतमले बताए । सर्वोच्चले आगामी असोज २२ गते भित्र स्थानीयले मुआब्जा बुझिसक्न र सो पछि नबुझेमा प्रशारण लाईनको काम सुचारु गर्न सकिने समेत आदेशमा उल्लेख भएको गौतमले बताए ।

जग्गाको मुआब्जा बढाउन माग राखेकै कारण भएको विवादले २ वर्षदेखि रोकिएको प्रशारण लाईनको काम स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेर असार देखि शुरु गरेको थियो । तर स्थानीयको आन्दोलनबाट काममा अवरोध भएको थियो । विद्युत प्राधिकरणले सोलु कोरिडरमा निर्माणधिन ३२५ मेगा वाट विद्युत खरिद विक्री संझौता (पिपिई) गरेको छ । गत २०७२ चैतमा भारतीय कम्पनी मोहन ईनर्जीले उक्त कामको ठेक्का लिएको थियो । सिराहाको मिर्चैया  देखि सोलुखुम्बुको तिङगा सम्म ३०२ वटा टावर निर्माण गर्नु पर्नेमा अहिले सम्म २९२ वटा टावर निर्माणको काम सकिएको छ । मरुवा क्षेत्र भित्र बनाउनु पर्ने १० वटा मध्ये ३ वटा टावर विवादको कारण बन्न नसकेको प्रमुख गौतमले बताए ।









 विराटनगर  । रातो तारा डट कम,नेपाली कांग्रेस प्रदेश–१ का सचिवहरूको भेलाले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बनाउनुपर्नेमा जोड दिएको छ ।


धनकुटाको भेडेटारमा दुई दिनसम्म चलेको भेलाले १३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै केन्द्रको गठबन्धनलाई प्रदेशमा समेत निरन्तरता दिँदै १ नम्बर प्रदेशमा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिएको हो । भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, “कांग्रेस नेतृत्वमा निर्मित दलीय गठबन्धनले संघीय सरकारको नेतृत्व गर्दै गर्दाको अवस्थाले सिर्जना भएको राजनीतिक घटनाक्रमबाट प्रादेशिक सरकारसमेत गठबन्धनकै भावनाअनुरूप परिवर्तन हुने अवस्था निर्माण भएको सन्दर्भमा प्रदेश नम्बर १ को सरकार पनि नेपाली कांग्रेसकै नेतृत्वमा बनाउन शीर्ष नेतृत्वसमक्ष यो भेला अनुरोध गर्दछ ।” 

त्यस्तै भेलाले पार्टीको महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ । कांग्रेसको विधान र मुलुकको संविधानको प्रावधानलाई मध्यनजर गर्दै पार्टीलाई संवैधानिक र वैधानिक रूपले बचाउन र नयाँ नेतृत्व चयन गर्दै पार्टीलाई नवीन ऊर्जा प्रदान गर्न क्रियाशील सदस्यमा भएको विवादलाई पार्टीको तल्लो तहबाट सिफारिस भई आएको आधारलाई मानी विवाद समाधान गर्न नेतृत्वलाई भेलाले सुझाव दिएको छ । भेलाले वडा तहदेखि नै सर्वसम्मत नेतृत्व छनौट गर्दै १४ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु भेलाले जोड दिएको भेलामा सहभागी मोरङ सचिव नागेश कोइरालाले जानकारी दिए । पुस्तान्तरणका लागि आगामी महाधिवेशनबाट लागू हुनेगरी ६५ वर्ष उमेर हद कायम गर्न  भेलाले माग गरेको छ । 

१३ औं महाधिवेशनको विधानबमोजिम ४ वर्षे कार्यकाल समाप्त भई डेढ वर्ष व्यतित हुँदासमेत एकपटक पनि जिल्ला सचिवहरूको भेला आयोजना नगरेकोमा नेतृत्वप्रति भेलाले आपत्ति जनाएको छ । त्यस्तै आगामी दिनमा जिल्ला सचिवहरूको नियमित राष्ट्रिय र प्रादेशिक भेला आयोजना गर्नसमेत भेलाले नेतृत्वसमक्ष आग्रह गरेको कोइरालाले जानकारी गराए । सचिव कोइरालाका अनुसार स्वतः अधिवेशन प्रतिनिधि हुने व्यवस्थालाई अन्त्य गरी केन्द्रीय सदस्यसमेतलाई वडा तहदेखि नै प्रतिनिधि हुनुपर्ने प्रावधान राखिनुपर्नेमा भेलाले जोड दिइएको छ ।  

पहाडी जिल्लाहरूमा राज्यको सुगम पहुँच र विकास गर्न भौगोलिक आधारलाई मध्यनजर गरी १ मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरूमा प्रतिनिधिसभा क्षेत्रको संख्या थप गरी वैज्ञानिक र व्यवहारिक बनाउन भेलाले माग गरेको छ । मुलुक कोभिड–१९ बाट ग्रसित भएकोले जनताको स्वास्थ्यप्रति संवेदनशील र जिम्मेवार भई तत्काल प्रत्येक नागरिकले खोप पाउने व्यवस्था गर्न सरकारसँग भेलाले जोडदार माग गरेको छ । 

त्यस्तै भेलाले प्रदेश–१ का विभिन्न पर्यटकीय क्षेत्रहरूको पूर्वाधार विकास, विस्तार र प्रवद्र्धनका लागि ३ वटै तहका सरकारसमक्ष माग गरेको छ । देशमा व्याप्त भ्रष्टाचार र अनियमिततालाई पूर्ण नियन्त्रण गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिई संलग्नलाई कडा कारबाही गरी सुशासन कायम गराउन माग गरिएको कोइरालाले बताए ।  भेलामा झापाका सचिव प्रेम सम्वाहाम्फे, मोरङका नागेश कोइराला, सुनसरीका केदार भण्डारी, सुजेन्द्र तामाङ, भोजपुरका कैलाशकुमार आले, धनकुटाका विजय सन्तोषी राई, तेह्रथुमका सन्तोष सुब्बा, संखुवासभाका डम्बर बस्नेत, निर्मला तामाङ, सुनसरीका सहसचिव नगेशचन्द्र राईलगायत सहभागी थिए । 



काठमाण्डौ भदौ १४ गते । रातो तारा डट कम, अहिले देशभर मौसममा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

लुम्बिनी, बाग्मती,गण्डकी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकोसम्भावनाछ । पहाडी भू–भागमा भू–क्ष्य, पहिरो तथा गेग्रान आउन सक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि र पर्सि पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।


काठमाण्डौ भदौ १४ गते । रातो तारा डट कम, देशैभरी पानी परिरहेकाले यो झरिका बेला सङ्क्रामक रोगको जोखिम छिटो बढ्ने भएकाले सचेत रहन सबैलाई चिकित्सकहरूले आग्रह गरेका छन् । केही दिनदेखिको लगातारको झरीले देशका कतिपय बस्ती डुबान र पहिरोको चपेटामा परेकाले त्यस्ता क्षेत्रमा सङ्क्रामक रोगको जोखिम हुने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । 

बाढी र पहिरोले विशेषगरी पानीको मुहान नै बगाउने वा पानीको स्रोत नै नाश गर्नेे भएकाले पानीलाई उमालेर वा अन्य उपाय अपनाइ शुद्धिकरण गरेर मात्र पिउन डाक्टर पुनको सुझाव छ । अहिले बाढी प्रभावित क्षेत्रमध्येको पूर्वी नवलपरासीमा डुबानले गर्दा पिउने पानीको समस्या भएको स्थानीय सन्दिप गौणले बताउनुभयो ।

बाढी र पहिरोका कारण कतिपय स्थानमा शौचालयको समस्या आएको छ । यसैबीच बाढी आएको बेलामा सर्पदंशको घटनासमेत बढ्न सक्ने भएकाले सचेत रहनुपर्ने जनस्वास्थ्य विज्ञको सुझाब छ ।   



काठमाण्डौ भदौ १४ गते । रातो तारा डट कम,श्रीकृष्ण जन्माष्टमी कोरोनाको महामारीले गर्दा गत वर्ष र यो वष पनि यो पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना आफना घर घरमैगरी मनाइँने भएको छ । 

देशभरका कृष्ण मन्दिरमा कोरोना कामल भन्दा पहिला भव्यरुपमै पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रतबसी रातभर जाग्राम बस्ने प्रचलन रहेको थियो तर यो वर्ष त्यस्तो भव्य भने हुने छैन । जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको भए पनि कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण यो वर्ष पूजा विधि पु¥याउन मात्र गरिने भएको छ । 

काठमाडौंको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको नवतन धाममा पनि भक्तजनको भीड लाग्ने गरेकोमा यस वर्ष दुवैतिर विधिपूर्वक पूजा आराधना गर्ने तर भीड नगर्ने तयारी भएको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकोमा यस वर्ष पूजा आराधना मात्र गर्ने तयारी छ । आज मुलुकभरमा सार्वजनिक बिदा दिइएको छ । 


 



 काठमाण्डौ भदौ १४ गते । रातो तारा डट कम, पोखरा महानगरपालिका वडा नम्बर १ ६ दीपस्थित ब्रिटिश पेन्शन क्याम्पको गाडी गएराती पुलबाट फिर्के खोलामा खसेको छ।राति करीब अन्दाजी २ बजेको समयमा ब्रिटिश पेन्शन क्याम्पको ६०९०९४६७ नं को गाडी पुलबाट फिर्के खोलामा खसेको हो । अत्यधिक तीब्र गतिमा बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ आउदै गरेको उक्त गाडी अनियन्त्रित भै पुलबाट फिर्के खोलामा खसेको स्थानीय बासिन्दाहरुले बताएका छन्। पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खसेपनि चालक पोखरा महानगरपालिका वडा नम्बर १६ बस्ने २९ वर्षीय विजय घले र गाडीमा सवार उनकी श्रीमती २८ वर्षीय दुर्गा गुरुङ भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीकाप्रबक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।  


(फायल फोटो) श्याम राई -उदयपुर  गाईघाट, १३ भदौ। रातो तारा डट कम, निरन्तरको वर्षाको कारण सप्तकोशीमा आएको बाढीले उदयपुरको बेलका नगरपालिका–८ सिसौली उत्तर लाहुरे खोँच पूर्व को क्षेत्रमा तिब्र कटान गर्न थालेपछि स्थानीय प्रशासनले कटान क्षेत्रमा  सेना र प्रहरी परिचालन गरेको छ ।

कोशीको बाढीले बेलका नगरपालिका वडा न. २, ३, ८ र ९ मा तिब्र रुपमा कटान गर्न थालेपछि जिल्ला विपद् व्यावस्थापन समितिका अध्यक्ष निमित्त प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा आईतबार बसेको आपतकालिन बैठकले नदी जोखिम क्षेत्रमा कुनै पनि बेला बाढी पस्न सक्ने भएकोले कोशी तटिय क्षेत्रका बासिन्दाहरुलाई सचेत र सुरक्षित रहन आग्रह गर्दै सेना र प्रहरी परिचालन गर्ने निर्णय गरेको हो ।

निर्णय लगतै बेलका नगरपालिकाको समन्वयमा कटान क्षेत्र सिसौली क्षेत्रमा उद्धार कार्यको लागि साँझबाट प्रहरी, सेना र स्थानीय गाउँलेहरुलाई तयारी अवस्थामा राखिएको बेलका नगरप्रमुख दुर्गा थापाले बताए ।

कटान तिब्र गतिमा हुदै छ । बाढी कुनै पनि बेला गाउँ बस्तीमा पस्न सक्छ ।’ उनले भने । त्यसको रोकथामको लागि पूर्ण तयारीको साथ काम गरीरहेकाछन् । उनले कटान भैरहेको क्षेत्रमा तत्काल रोकथामको लागि बाध लगाउने काम भैरहेको बताए ।

सम्भावित खतरालाई मध्ये नजर गर्दै विपद् व्यवस्थापन समितिको बैठकले बेलका नगरको सबै श्रोत साधन परिचालन गरेर कोशी कटान रोक्ने प्रयास गरिने निर्णय गरिएको उनले बताए ।

कोशी कटान बारे प्रदेश र संघिय सरकारलाई समेत जानकारी गराई सकेको नगर प्रमुख थापाले बताए । सप्तकोशीमा आईतबार साँझको मापन अनुसार यस वर्षकै उच्च पानीको वहाब २ लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ ।









विराटनगर, १३ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा ६, ते¥हथुममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ३२, विर्तामोडमा १९, शिवसताक्षीमा १०, कनकाईमा ७, कमल गाउँपालिकामा ६, मेचीनगर र अर्जुनधारामा ४–४, गौरादहमा ३, भद्रपुर र बुद्धशान्तिमा २–२, हल्दिबारी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा २३, पथरीशनिश्चरेमा १५, उर्लाबारीमा ५, कटहरीमा २, सुनबर्षी, ग्रामथान, बुढीगंगा, रतुवामाई र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ४१, इनरुवा र बराहक्षेत्रमा ४–४, धरानमा ३, रामधुनीमा २, दुहवीमा १, पाँचथरको फिदिममा १४, फाल्गुनन्दमा २, हिलिहाङ र फालेलुङमा १–१, इलामको चुलाचुली र इलाम नगरपालिकामा २–२, सुर्योदय र माईमा १–१, ते¥हथुमको फेदापमा २, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८९ महिला र १९३ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



 


विराटनगर, १३ भदौ । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको आज अनुगमन गर्नुभएको छ । 


मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत विरामीको अवस्था, आईसीयु, एडियू वेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिनुभएको थियो । उहाँले कोरोना संक्रमितको उपचार प्रभावकारी र कुनै गुनासो नआउने गरि गर्न निर्देशन दिनुभयो । 

कोभिड संयोजक साहले अस्पतालमा अहिले बेडको अभाव नभएको मन्त्री समक्ष जानकारी गराउनुभयो । मन्त्री साम्सोहाङले कोभिड अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्नेगरि व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो,‘ टेन्टबाट भन्दा खाली भवन मर्मत गरेर सञ्चालन गर्नुहोस् ।’ 

प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल आईसीयु, एसडीयू, भेन्टिलेटर सहित गरि ९६ वेडको रहेको छ । कोभिड अस्पतालको सामाजिक विकास मन्त्री साम्सोहाङ, मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई लगायतले अनुगमन गर्नुभएको थियो । 


 


गाईघाट १४ भदौ । रातो तारा डट कम,ज्यान मार्ने उधोगमा अदालत बाट कैद सजाय पाएर १६ वर्ष देखी फरार रहेका दुई प्रतिवादी पका्रउ परेकाछन । जिल्ला अदालत उदयपुरले ज्यान मारेको कसुर ठहर गरी ६ वर्ष कैद सजाय तोकेका उदयपुरको रौतामाइ गाउपालिका ७ का ४४ वर्षिय अलप बहादुर रिखाम मगर र ३७ वर्षिय पुर्ण बहादुर मगर लाई प्रहरीले आइतबार बिहान पक्राउ  गरेको हो । लामो समय देखी फरार प्रतिवादीहरु रौतामाइ गापा ७ को डहरमा लुकीछिपी  बसेको सुचनाको आधारमा प्रहरीको विशेष टोलीले उनीहरु लाई बिहान ६ वजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपि बेद प्रसाद गौतमले बताए । उनीहरु लाई फैसला कार्यान्वयनको लागि दिउसो जिल्ला अदालत मार्फत कारागर पठाईएको प्रहरीले जनाएको छ ।  


 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,रोट्रयाक क्लव अफ सुन्दरहरैंचा र रोट्रयाक क्लव अफ इटहरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैंचास्थित नयाँ वृन्दावन गौशालामा संयुक्तरुपमा दुवै क्लवको पदस्थापन कार्यक्रम गरिएको हो । पदस्थापन कार्यक्रममा रोट्रयाक क्लव अफ इटहरीको वर्ष ०२१÷०२२ का लागि सुमन खड्काले अध्यक्षको सपथ लिनुभयो ।


यस्तै भर्खरै स्थापना गरिएको रोट्रयाक क्लव अफ सुन्दरहरैंचाको वर्ष ०२१÷०२२ का लागि शम्भू धमलाले अध्यक्षको सपथ लिनुभयो । कार्यक्रममा दुवै क्लवका अध्यक्षलाई रोटरी क्लव अफ इटहरीका अध्यक्ष सविना कोइरालाले प्रमाणपत्र हस्तान्तर गरि कलर प्रदान गर्नुका साथै सपथ खुवाउनुभयो ।


सुन्दरहरैंचामा पहिलो रोट्रयाक क्लवको रुपमा यसैवर्ष रोट्रयाक क्लव अफ सुन्दरहरैंचा स्थापना गरिएको हो । जसमा शम्भू धमलाको नेतृत्वमा ३० जना युवाहरु आवद्ध छन् । यसैगरि कार्यक्रममा रोटरी क्लव इटहरीमामा आवद्ध भएका नयाँ सदस्यहरुलाई समेत सदस्यता वितरण गरि सपथ गराइएको थियो । नयाँ सदस्यहरुलाई जोन ३३ का एजी अनिता अधिकारीले सपथ खुवाउनुभयो ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नयाँ वृन्दावन गौशालाका गुरु दिनबन्धू शास्त्रीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले रोटरी र रोट्रयाक क्लवहरुले समाज सेवाको क्षेत्रमा उल्लेखनिय काम गरेको भन्दै नगरपालिकाले समेत यस्ता सामाजिक संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

 

मोरङ । रातो तारा डट कम,  मोरङको सुन्दरहरैंचा ५ स्थित लाटिझोडाबाट फोक्लेन टापु जोड्ने लाटी खोलामा निर्मित झोलुङ्गे पुल कटानका कारण जोखिममा परेको छ । शनिबार विहान वर्षासँगै आएको बाढीले कटान गर्दा झोलुंगे पुल जोखिममा परेको हाे । खोलाको बहाब पूवतर्फ सोझिएर पुलको पिल्लर नजिकै कटान गर्न थालेपछि पुल जोखिममा परेको हो ।

खोलाको बहावले पुलतर्फ कटान गर्न थालेको भनेर स्थानीयबाट सूचना पाएपछि हाललाई रोकथामको काम गरिएको वडाध्यक्ष रामप्रसाद रिजालले जानकारी दिनुभयो ।  यसैबीच पुलमा खोलाले कटान गर्न थालेको खबर पाएसँगै सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरे र सञ्चारकर्मीको टोलीले सो ठाउँकाे   अनुगमन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत डा. घिमिरेले तत्कालका लागि खोलाको बहाव परिवर्तन गर्ने काम गरिएकोमा पुलमा थप क्षति हुन नदिन तराजाली लगाउन आवश्यक रहेको देखिएकाले त्यसतर्फ अघि बढ्ने बताउनुभयो ।  मोरङ क्षेत्र नम्बर ६ का सांसद् तथा पूवमन्त्री लालबाबु पण्डितको पहलमा निर्माण सम्पन्न भइ गतवर्ष फागुनदेखि मात्र सो पुल सञ्चालमा आएको थियो ।

पुल निर्माण भएपछि सुन्दरहरैंचा ५ फोक्लेन टापुका करिव ६० घरपरिवारलाई वडा कार्यालय र नगरपालिका पुग्न सहज भएको छ । यता स्थानीयबासीले समेत तत्काल पुल संरक्षण नगरिए पुल नै बगाउने अवस्था सिर्जना हुने गुनासो गरेका छन् । खाेलामा पानीकाे बहाव बढेसंगै पुल जाेखिममा परेकाे र तत्काल संरक्षणकाे निमित्त सम्बन्धित सराेकारवालाहरूले कुनै चासाे नराखे भाेलीकाे दिन ठुलाे क्षति  हुन सक्ने वडा सदस्य पर्शुराम घिमिरेले बताए ।    पुलमा क्षति पुगेको अवस्थामा एकातर्फ स्थानीयलाई आवत जावतमा समस्य हुन्छ भने अर्कोतर्फ राज्यको करोडौंको सम्पती खेर जाने अवस्था सिर्जना हुने देखिन्छ ।

 


मोरङ, भदौ १३ गते । रातो तारा डट कम,मोरङ उर्लाबारी नगरपालिका १ स्थित झारासादी का २० बर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो राती १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी Tramadol - ५७५ ट्याब्लेट र Spaspain - ५७० ट्याब्लेट बरामद गरे पश्चात उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।


काठमाण्डौ भदौ १३ गते । रातो तारा डट कम,मौसम पूर्वानुमान महाशाखाले अझै केहीदिन भारी वर्षा हुने सम्भावना रहेको बताएको छ । आजदेखि मौसम विस्तारै खुल्ने महाशाखाले अनुमान गरेपनि मनसुनी न्यूनचापिय रेखा अझैपनि नेपालको तराई भूभाग नजिकै रहेकाले आगामी केहीदिन थप पानी पर्न सक्ने बताइएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार न्यूनचापीय रेखाको प्रभावले अहिले प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको छ । आज दिउँसो देशको धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ । 

यसैगरी आजराति प्रदेश १, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसमविद मानन्धरले पर्सि बिहान मौसम केही खुलेपनि राति फेरि पानी पर्ने भएकाले बाढी, पहिरोको जोखिम निम्तिन सक्ने बताउनुभयो । उहाँले आगामी केहिदिन थप वर्षाको सम्भावना रहेकाले सतर्क रहन सबैलाई आग्रह समेत गर्नुभएको छ । 


काठमाण्डौ भदौ १३ गते । रातो तारा डट कम, माधव कुमार नेपाल नेतृत्वको नवगठित पाटी एकीकृत समाजवादीको स्थायी कमिटीमा महिला नेता एक जना पनि नपरेको भन्दै अहिले चारैतिरबाट आलोचना सुरु भएको छ । 

ऋ पार्टीले बिहीवार ५ सदस्यीय स्थायी कमिटी अस्ति गठन गरेको थियो । तर, स्थायी कमिटी बैठकमा एक जना पनि महिला नपरेको बन्दै आलोचना भएको हो । 

समाजवादको सिद्धान्त सहित खालेको भनिएको कम्युनिष्ट पार्टीमा महिलाको सहभागिता छैन । दल दर्ताका लागि निर्वाचन आयोगमा पेस गरेको कमिटीमा महिलाको ३३ प्रतिशत भन्दा बढी सहभागीता हुने गरी पेस गरेको थियो । 


 



 


बिराटनगर । रातो तारा डट कम, इन्टरनेट सेवा प्रदायक निजी कम्पनि क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेको समाचार प्रकाशन गरेको विषयलाई लिएर ओबी मिडिया प्रालिको अनलाइन प्रकाशन  धधध।यगचदष्चबतलबनबच।लभत  लाई ‘ब्लक’ गरिएको कार्यप्रति नेपाल पत्रकार महासंघ मोरङको गम्भिर ध्यानाकर्षण भएको छ । 

समाचार प्रकाशनको विषयलाई लिएर इन्टरनेट प्रदायक निजी कम्पनिले सञ्चारमाध्यमलाई नै प्रतिबन्ध लगाउने कार्य नेपालको संविधान विपरित कार्य भएको हाम्रो ठहर छ । 

अनलाईनमा प्रकाशित समाचारबारे चित्त नबुझे कानुनी उपचार खोज्न पाउने अधिकार भएपनि सञ्चारमाध्यमलाई नै ‘ब्लक’ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि हनन भएकाले क्लासिक टेकलाई तत्काल क्षमा माग्दै प्रतिवन्ध हटाउन ध्यानाकर्षण गराउँदछौं । 

अन्यथा नेपाल पत्रकार महासंघ जस्तो सुकै कदम चाल्न बाध्य हुने यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं । 


 


विराटनगर, १२ भदौ । रातो तारा डट कम, नेकपा एमाले मोरङमा माधवकुमार नेपाल समूहले गठन गरेको  समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । शनिबार मोरङको सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रबीर राईको अध्यक्षतामा गठन भएको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो । 


नेकपा एमालेभित्र विवाद चरम उत्कर्षमा पुग्दै गर्दा मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो । अहिले एकीकृत समाजवादीले वडातहसम्म गठन भएका समानान्तर कमिटीलाई पार्टीमा समाहित गर्दै सांगठनिक गतिविधि तिब्र बनाएको छ । 

शनिबार सुन्दरहरैंचामा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला पदाधिकारीहरुको जिम्मेवारीसमेत बाँडफाँड गरेको छ । कमिटीका अधिकांश सदस्य उपस्थित भएको पूर्ण बैठकले दुई उपाध्यक्ष, सचिव, दुई सहसचिव र आर्थिक विभागका प्रमुखसमेतको जिम्मेवारी टुंगो गरेको हो । 

एकीकृत समाजवादी मोरङले डा.उद्धव पोखरेललाई मोर्चा विभाग प्रमुख, राजन केसीलाई संगठन विभाग प्रमुख, चण्डी राईलाई स्कुल विभाग प्रमुख, निलम ढुंगेललाई श्रम तथा रोजगार विभाग प्रमुख र वसिम आलमलाई प्रचार प्रवक्ताको जिम्मेवारी  तोकेको छ । 

पार्टीको बैठकमा आफू निकट रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र वडासदस्यरही जिल्ला कमिटीको जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । 

बैठकले १७ वटै स्थानीय तह र सबै वडाहरुमा पार्टीको भेला आयोजना गरी कमिटीहरुलाई पूर्णता दिने र जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको बताइएको छ । 

शुक्रबार मात्र नेकपा एकीकृत समाजवादीले विराटनगर महानगर कमिटीको भेला आयोजना गरेर समानान्तर कमिटीलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको थियो । साथै महानगर कमिटीका पदाधिकारीहरुलाई जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । महानगर कमिटीले सबै वडाहरुमा भेला आयोजना गरी कमिटी निर्माणको कामलाई तीब्रता दिने जनाएको छ । 


 


बिराटनगर भदौ  १२ गते । रातो तारा डट कम, मोरङ बेलबारी नगरपालिका वडा नं. ३ स्थित बा.२१ च.१८२९ नम्बको सेतो बोलेरो पिकमा अन्दाजी ३८.५ क्यू.फिट  अवैध सखुवाको काठ लोड गरि ल्याई रहेको अवस्थामा

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चालक जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं.३ बस्ने बर्ष ३८ को दल बहादुर तामाङ र ऐ. केरावारी गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ४० को जित बहादुर तामाङलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सलकपुर मोरङमा बुझाईएको छ  । 


 


उदयपुर । उदयपुरको बेलकानगरपालिका क्षेत्रमा सप्तकोशीनदीअन्तरगत पर्ने नदीउकास जमिनमा कबुलियत वनवनाउने सरकारी निणर्य भू -माफियाहरुले जग्गाकब्जागर्दै आएकाहरुकाकारण अन्यौलमा परेको छ ।  

 सप्तकोशीले धार परिर्वतन गरी पुर्व तर्फबाट बग्नथालेपछिनदीउकास जमिनअन्तरगतनिस्किएको करिब आठ हजार हेक्टर जमिनमध्ये अधिकाशं भूमाफियाको अतिक्रमणको चपेटामा परेको छ । सो जमिनमध्ये नेपालसरकारको मन्त्री परिषद्ले १सय ७६२३ हेक्टर जमिनमाकबुलियतीवनवनाउननिणर्य गरेपनिजग्गाकब्जागर्दै आएकाहरुको दवावकाकारण सरकारी निणर्य अन्यौलमा परेको हो । 

गत जेठ ६ गतेको मन्त्री परिषदको वैठकले सप्तकोशीनदीको उकास जमिनमध्ये मानववसोवास नरहेको जमिनमाकबुलियतीवनवनाउने निणर्य गरेपनिजग्गाकब्जागर्दै आएकामाफियाहरुले सुकुम्वासीहरुलाई हटाउने लागेको भनेर गलतप्रचारबासी गरी स्थानीयहरुलाइउक्साएर गतअसार दोस्रो साता बेलकानगरपालिकातोडफोडनै हुने गरी आन्दोलनसमेत गरेकाथिए । सो आन्दोलनकाक्रममाआन्दोलनकारी र प्रहरी विच झडप हुँदा केहीप्रहरी सहित केहीआन्दोलनकारी समेत घाइते भएकाथिए । 

विगतलामो समयदेखि नै वन क्षेत्र अन्तरगत पर्ने त्यहाँको नदीउकास जमिनअनाधिकृत रुपमा हडपेर किनबेच गरिदै आएको तथा केही सुकुम्वासीहरु समेत वस्दै आएका छन । कोशीको उकास जमिनकरिव आठहजार हेक्टर मध्ये नेपाल सरकारले कबुलियतीवन घोषणा गरेको १सय ७६दशमलव २३ हेक्टर जमिनमाकुनै पनि सुकुम्वासीहरुको बसोबास नरहेको सवडिभिजन वनकार्यालय मैनामैनीउदयपुरकाप्रमुख सहायकवनअधिकृत सन्नीकुमार झाले वताए । कवुलियतीवनको रूपमा दुइवटा कम्पनीलाई ३० वर्षकालागिलिजमादिने निर्णय सरकारले गरेपनिलामो समय देखि सो क्षेत्रको जग्गाअनाधिकृत रुपमाउपयोग गर्दै आएकाहरुले सो निणर्य फिर्ता गराउन राजनैतिकशक्ति केन्द्र धाउनथालेका छन । नेपालीकाग्रेसकाप्रभावशाली नेतातथाउदयपुरबाट निर्वाचित संघीय साँसद डा.नारायण खड्का,उदयपुरकैअ र्का संघीय साँसद सुरेश कुमार राईलगायतलाई भेटेर कबुलियतवनवनाउने सरकारी निणर्य फिर्ता गराउनदवावदिन समेत आग्रहगर्दैआएका छन् । कबुलियतवनवनाउनकालागि बेलकानगरपालिका सहित वडा नम्बर ३ ले समेत सिफारिस दिई सरकारले निर्णय गरेको डिभिजन वनकार्यालय उदयपुरले जनाएको छ ।  

सरकारले जडिवुडी खेती र कृषिपर्यटनमा जोड दिदै कबुलियतीवन बनाउन दिएको भएपनि केही व्यक्तीको स्वार्थको कारणअहिले सरकारको यो निर्णय अन्यौलमा परेको छ ।  केही भू माफियाहरूले बेलकानगरपालिका क्षेत्रकानदीउकास अन्तरगतशुक्रबारे, सिसौली र कामत क्षेत्रमापर्ने धेरै जग्गाहरुआफ्नो कब्जामा राखेका छन् । विगतमा सरकारले सो क्षेत्रको जग्गा संरक्षणमा ध्याननदिइरहेको कारण कब्जाजमाउदै आएका केहीसिमितव्यक्तिहरुले सयौं सयौं हेक्टर जमिन खेतीगर्ने नाममाकब्जागरेर किनबेचसमेत गर्दै आएका छन् । 

केहीवर्षदेखि कब्जागर्दै आएकोजग्गागुम्ने होकीभनेर स्थानीयसर्वसाधारण समेतलाई उकासेर आन्दोलन गराउने कामपनिभूमाफियाहरुले गरेको आरोप छ । कबुलियतवन घोषणा गरिएको क्षेत्रमासुकुम्बासीको एक घर नरहेको तर कोशीको उकास क्षेत्र अन्तरगतअन्यजमिनमा झण्डै एक हजार पाँच सय परिबार सुकुम्बासीकोबसोबास भएको देखिन्छ । सरकारले वन क्षेत्र संरक्षण तथा संवद्र्धन गर्ने अभियानअन्तरगतपर्यापर्यटन, कृषि, जडिबुटी खेतीविस्तार, माछा तथापशुपालनगर्ने योजनाअनुरुप अगाडि सारेको कबुलियतवनको अवधारण सकरात्मक रहेपनिकबुलियतवन क्षेत्रभन्दाबाहिरी जमिनमाबसोबास गर्ने बास्तबिक सुकुम्वासीहरुको पहिचान गरी उनीहरुको व्यवस्थापनगर्न सरकारसमक्षमाँगगरिदै आएको स्थानीयको भनाइ छ । 

तर त्यस नदीउकास क्षेत्रमा सयौ हेक्टर जमिनकब्जागर्दै आएकाहरु त्यहाँको बास्तबिक सुकुम्बासीहरुको समस्या समाधानचाहेको देखिदैन् । सुकुम्बासीहरुको समस्या समाधानगर्दै सरकारले कबुलियतवनको अवधारणालाइ सकरात्मक रुपमाकार्यान्वयन गरेमासिमितमानिसहरुले कब्जा गरेको सयौ हेक्टर जमिनमाचलखेल गर्न नपाउने भयउनीहरुमा रहेकासुकुम्बासीहरुको गुनासो छ । 

नदीउकास जमिन संरक्षणमा सरकारले चासो नदिएकाकारण वास्तविक सुकुम्वासीभन्दा धेरैहुकुम्वासीहरुले ओगटेर राखेकापनि सुकुम्बासीहरुले बताएका छन् । यसरी जग्गाओगट्नेहरुको पहिचानगर्ने हो भने ९० प्रतिशतभन्दावढी गैरसुकुम्वासी भेटिने भन्दै गैरसुकुम्वासीले कब्जा गरेको जमिन सरकार मातहतल्याउनु पर्ने पनिआवाज उठ्न थालेको छ । 

वन क्षेत्रअन्तरगतको सरकारी जग्गाकब्जागर्नेहरुमाकेही स्थानीयनेता ,व्यापारीलगायतपहुँचवालाहरु भएकाकारण सरकारले घोषणा गरेको कबुलियतीवनकार्यान्वयननहुने होकीभन्नेचिन्तापनिगर्न थालेका छन् । स्थानीय सुकुम्बासीहरुले आफ्नो व्यवस्थापन सरकारले गरिदिएर सो क्षेत्रको जमिन संरक्षण गर्दै कबुलियती वन वनाएर जडीवुटि खेती , कृषिपर्यटन , पर्यापर्यटन लगायतका लागि उपयोग गर्ने हो भने त्यस क्षेत्रको पर्यावरण संरक्षणका साथ सामाजिक, आर्थिक , पर्यटकीय क्षेत्रको विकास र विस्तार अभियानले सार्थकतापाउने विश्वास लिएका छन ।

 


विराटनगर, १२ भदौ । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८३ जनामा कोरोना संक्रमण भएको छ । ७७९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र १ हजार १०३ जनाको एन्टिजेन परीक्षण गर्दा २११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १२०, मोरङमा ७५, झापामा ४०,  पाँचथरमा २१, इलाम र उदयपुरमा ४–४, संखुवासभामा २, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । 

सुनसरीको इटहरीमा ९३, धरानमा १९, बराहक्षेत्रमा ३, रामधुनीमा २, दुहवी, बर्जु र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ३८, बेलबारीमा १८, केराबारी र सुन्दरहरैचामा ५–५, लेटाङमा ३, कानेपोखरी र पथरीशनिश्चरेमा २–२, बुढीगंगा र कटहरीमा १–१, झापाको दमक र भद्रपुरमा ९–९, गौरादहमा ७, मेचीनगरमा ४, हल्दिबारी र विर्तामोडमा ३–३, शिवसताक्षी र कमल गाउँपालिकामा २–२, बुद्धशान्तिमा १, पाँचथरको फिदिममा २०, हिलिहाङमा १, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा १–१, उदयपुरको चौदण्डीगढीमा ३, बेलकामा १, संखुवासभाको चैनपुर र खाँदबारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज ४९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४३ महिला र २५४ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



काठमाण्डौ भदौ १२ गते । रातो तारा डट कम, अन्तराष्ट्रिय समचार, काबुल बिमान स्थलमा भएको बंम बिस्पोष्ट पनि स्वास्थ्य कर्मीहरुको अभाव हुन थाले पनि तालिबान सरकारले महिला स्वास्थ्यकर्मीहरुलाई आफ्नो काममा जान आग्रह गरेको छ । 

अफगानिस्तानको काबुलमा बिहीवार भएको आक्रमणमा परि घाइते भएकाहरुको उपचारमा खटिनका लागि महिला स्वास्थ्यकर्मीलाई तालिबानले आग्रह गरेको हो । घाइतेहरुको उपचारमा जनशक्ति अभाव हुन थालेको भन्दै तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले ट्वीट गर्दै इस्लामीक अमीरातका स्वास्थ्य मन्त्रालयले सबै महिला कर्मचारिहरुलाई केन्द्र र प्रान्तमा नियमित रूपले आफ्नो काममा फर्किन आग्रह गर्नुभएको छ । 

उहाँले इस्लामिक अमीरातको तर्फबाट उनीहरुको काममा कुनैपनि अवरोध नपु¥याइने पनि प्रष्ट पार्नुभएको छ । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि महिलाको काम लगायतका विषयमा बहस भइरहेको बेला इस्लामिक अमीरातको यो ट्वीट आएको हो । काबुल आक्रमणमा परि दर्जनौं घाइते भएका छन् र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।



काठमाण्डौ भदौ १२ गते । रातो तारा डट कम, मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका अधिकांश स्थानमा वर्षा हुने बताएको छ । अहिलेपनि देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको माहाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । यस्तै आजराति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रदेश नं. १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भोलि दिउँसोदेखि देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो । 

उहाँले भोलिदेखि मौसममा सुधार आउने भन्दै अझै केहिदिन वर्षाको सम्भावना रहेको पनि जानकारी दिनुभयो । यस्तै आजराति देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सबै प्रदेशका थोरै– थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु पनि उहाँले आग्रह गर्नुभयो । 



 


काठमाण्डौ भदौ १२ गते । रातो तारा डट कम, नारायणी नदीमा पानीको सतह बढेपछि गण्डक बाधका सबै ढोका खोलिएको छ । पानीको सतह ७ दशमलव ३३ मिटरभन्दा माथि गएपछि नवलपरासीको त्रिवेणीमा गण्डक ब्यारेजका सबै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएकोछ ।

त्यसैगरी सप्तकोशी नदीमा पानीको बहाव विस्तारै घट्न थालेको सुचनामा जनाइएका छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत तीन–चार दिनदेखि लागातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढ्दै गएको थियो । तर आज बिहान ६ बजे सप्तकोशीमा पानीको बहाव १ लाख ९६ हजार २५ क्यूसेक मापन गरिएको त्यहाको सुचनापाटीमा उल्लेख गरीएको छ । 

गयरातिसम्म पानीको बहाव १ लाख ९८ हजार २ सय १५ प्रतिसेकेन्ड क्यूसेक मापन गरिएको थियो । आज बिहान ४ बजेबाट पानीको बहाव विस्तारै घट्दै गएको छ ।




 


विराटनगर । नेकपा एमाले माधव समूहले समानान्तर ढंगले निर्माण गरेको
विराटनगर महानगर  कमिटी नेकपा एकीकृत समाजवादीमा समाहितभएकोछ ।
माधव नेपाल पक्षले पारुल क्षेत्रीको अध्यक्षतामा विराटनगर महानगर  कमिटी
गठन गरेको थियो । बुधबार बसेको बैठकले १७५ सदस्यीय सिंगो कमिटी एकीकृत समाजवादीमा रुपान्तरित हुने सर्वसम्मत निर्णय गरेको  क्षेत्रीले बताए ।


उक्त कमिटीको बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य घनेन्द्र

बस्नेतले नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको भासमा
डुब्नबाट बचाएर क्रान्तिकारी धार दिई नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा
र विकास गर्ने उद्देश्यले गरिएको यस विद्रोहबाट नेपाल कम्युनिष्ट पार्टी
(एकीकृत समाजवादी)को निर्माण गरिएको बताए ।

कम्युनिष्ट आन्दोलन एवं पञ्चायती व्यवस्थाको विरोधमा आफू १५ वर्ष जेल
परेको र क्रान्तिको लागि जेल ब्रेक गर्ने कार्य गरेको तर आफूहरू सँगै जेल
परेको केपी ओली दरवारियासँग साँठगाँठ गरेको उनले बताए ।

‘पार्टी र बाम आन्दोलनलाई दक्षिणपन्थी अवसरवादीहरूबाट मात्रै होइन
मध्यपन्थी अवसरवादीबाट समेत गरिएका जालझेल, षडयन्त्र, हमला र अपहरणका प्रयाससमेत सबैलाई परास्त गर्दै विद्रोह सफल भएको छ,’ उनले भने, ‘विद्रोहमा साथ समर्थन दिनुहुन सम्पूर्ण पार्टी नेता, कार्यकर्ता,
समर्थक, शुभचिन्तक र सहयोगीहरू अनुरोध गर्दछु ।’

कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य महेश रेग्मीले जनताले दिएको
अभूतपूर्व दुइ तिहाई मतको सम्मान गर्न नसकेको र कम्युनिष्ट आन्दोलन नै
समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गरेको बताए । उनले नेकपा
एमालेको पुनर्गठन गरी नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरेको
बताए ।

बैठकमा एकीकृत समाजवादीका प्रदेश कमिटीका सदस्यहरु वीरेन्द्र यादव, मणि
दाहाल, जिल्ला कमिटीका अध्यक्ष्य चन्द्रवीर राई, उपाध्यक्ष डा. उद्धव
पोखरेललगायतले आफ्नो धारणा राखेका थिए ।


विराटनगर भदौ  ११ गते । रातो तारा डट कम, लायन्स क्लव विराटनगर हलेंसी, शुभम् मिटसिटी, ग्रिनसिटी र सिटी क्लवको आयोजनामा सुनसरीको गढी गाउँपालिकामा आँखा शिविर गरिएको छ । 


गढी गाउँपालिका वडा नम्बर २ मा भएको निःशुल्क आँखा शिविरमा ३ सय ४९ जना जनाका आँखा परीक्षण भयो भने २४ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । 

रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोग र गढी गाउँपालिकाको सहकार्यमा शिविर गरिएको लायन्स क्लवका जोन चेयरपर्सन घनश्याम पोखरेलले बताए । सो अवसरमा अन्य ६ वटा कार्यक्रम पनि गरिएको उनको भनाइ छ । महिलाको महिनावारी समस्या सम्बन्धी सचेतना, वातावरणीय सचेतना, मास्क वितरण, प्रेसर चेकलगायत कार्यक्रम गरिएको हो । कार्यक्रम लायन्स क्लव ३२५ ए वान अन्तर्गत जोन ३६ बाट ५ वटा क्लवबहरुले संयुक्त रुपमा गरेका हुन् ।



श्याम राई-उदयपुर गाईघाट, ११ भदौ । रातो तारा डट कम,उदयपुरको कटारीमा पहिरोमा परेर शुक्रबार दिउँसो ७ वर्षिय बालकको मृत्यु भएको छ ।

कटारी नगरपालिका–२ मिलन चौक बस्ने पोष्ट वहादुर मगरको ७ वर्षिय छोरा कर्णको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकको आँप खहरे खोलामा खेल्ने क्रममा माथि डाँडाबाट झरेको पहिरोमा परि गम्भिर घाईते भएकोमा बालकको उपचारको लागि कटारी लादै गर्दा दिउँसो बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । पोष्टमार्टमको लागि शब कटारी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।









 विराटनगर भदौ  ११ गते । रातो तारा डट कम, विराटनगर – १४ राधाकृष्ण राईस मिल अगाडी सवारी दुर्घटनामा परि चार जना गम्भिर घाइते भएका छन् ।

विराटनगरदेखि जोगवनीतर्फ जाँदै गरेको म्याजिक भ्यान दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् ।

घाइते हुने म्याजिक चालक इटहरी उपमहानगरपालिका २४ वर्षिय राजु श्रेष्ठ, इटहरी ५ का ३५ अशोक राई, इटहरी ६ खनारका २४ वर्षिय आकाश मिश्र र उर्लाबारी ९ का सुवास तामाङ्ग रहेका छन् । घाइते मध्ये राइ, तामाङ्ग र श्रेष्ठको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घाइतेहरूको उपचार विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । पानी परिरहेकोले रानीतर्फ गइरहेको को १ झ १७४० नम्बरको म्याजिकले रोकिएको ना ५ ख ८१९७ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.