Websoft University

खाेलाले कटान गर्दा फोक्लेन टापु जोड्ने झाेलुङ्गे पुल जाेखिममा!

 

मोरङ । रातो तारा डट कम,  मोरङको सुन्दरहरैंचा ५ स्थित लाटिझोडाबाट फोक्लेन टापु जोड्ने लाटी खोलामा निर्मित झोलुङ्गे पुल कटानका कारण जोखिममा परेको छ । शनिबार विहान वर्षासँगै आएको बाढीले कटान गर्दा झोलुंगे पुल जोखिममा परेको हाे । खोलाको बहाब पूवतर्फ सोझिएर पुलको पिल्लर नजिकै कटान गर्न थालेपछि पुल जोखिममा परेको हो ।

खोलाको बहावले पुलतर्फ कटान गर्न थालेको भनेर स्थानीयबाट सूचना पाएपछि हाललाई रोकथामको काम गरिएको वडाध्यक्ष रामप्रसाद रिजालले जानकारी दिनुभयो ।  यसैबीच पुलमा खोलाले कटान गर्न थालेको खबर पाएसँगै सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरे र सञ्चारकर्मीको टोलीले सो ठाउँकाे   अनुगमन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत डा. घिमिरेले तत्कालका लागि खोलाको बहाव परिवर्तन गर्ने काम गरिएकोमा पुलमा थप क्षति हुन नदिन तराजाली लगाउन आवश्यक रहेको देखिएकाले त्यसतर्फ अघि बढ्ने बताउनुभयो ।  मोरङ क्षेत्र नम्बर ६ का सांसद् तथा पूवमन्त्री लालबाबु पण्डितको पहलमा निर्माण सम्पन्न भइ गतवर्ष फागुनदेखि मात्र सो पुल सञ्चालमा आएको थियो ।

पुल निर्माण भएपछि सुन्दरहरैंचा ५ फोक्लेन टापुका करिव ६० घरपरिवारलाई वडा कार्यालय र नगरपालिका पुग्न सहज भएको छ । यता स्थानीयबासीले समेत तत्काल पुल संरक्षण नगरिए पुल नै बगाउने अवस्था सिर्जना हुने गुनासो गरेका छन् । खाेलामा पानीकाे बहाव बढेसंगै पुल जाेखिममा परेकाे र तत्काल संरक्षणकाे निमित्त सम्बन्धित सराेकारवालाहरूले कुनै चासाे नराखे भाेलीकाे दिन ठुलाे क्षति  हुन सक्ने वडा सदस्य पर्शुराम घिमिरेले बताए ।    पुलमा क्षति पुगेको अवस्थामा एकातर्फ स्थानीयलाई आवत जावतमा समस्य हुन्छ भने अर्कोतर्फ राज्यको करोडौंको सम्पती खेर जाने अवस्था सिर्जना हुने देखिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.