Websoft University

रोट्रयाक क्लव अफ सुन्दरहरैंचा र इटहरीको पदस्थापन सम्पन्न

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,रोट्रयाक क्लव अफ सुन्दरहरैंचा र रोट्रयाक क्लव अफ इटहरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैंचास्थित नयाँ वृन्दावन गौशालामा संयुक्तरुपमा दुवै क्लवको पदस्थापन कार्यक्रम गरिएको हो । पदस्थापन कार्यक्रममा रोट्रयाक क्लव अफ इटहरीको वर्ष ०२१÷०२२ का लागि सुमन खड्काले अध्यक्षको सपथ लिनुभयो ।


यस्तै भर्खरै स्थापना गरिएको रोट्रयाक क्लव अफ सुन्दरहरैंचाको वर्ष ०२१÷०२२ का लागि शम्भू धमलाले अध्यक्षको सपथ लिनुभयो । कार्यक्रममा दुवै क्लवका अध्यक्षलाई रोटरी क्लव अफ इटहरीका अध्यक्ष सविना कोइरालाले प्रमाणपत्र हस्तान्तर गरि कलर प्रदान गर्नुका साथै सपथ खुवाउनुभयो ।


सुन्दरहरैंचामा पहिलो रोट्रयाक क्लवको रुपमा यसैवर्ष रोट्रयाक क्लव अफ सुन्दरहरैंचा स्थापना गरिएको हो । जसमा शम्भू धमलाको नेतृत्वमा ३० जना युवाहरु आवद्ध छन् । यसैगरि कार्यक्रममा रोटरी क्लव इटहरीमामा आवद्ध भएका नयाँ सदस्यहरुलाई समेत सदस्यता वितरण गरि सपथ गराइएको थियो । नयाँ सदस्यहरुलाई जोन ३३ का एजी अनिता अधिकारीले सपथ खुवाउनुभयो ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नयाँ वृन्दावन गौशालाका गुरु दिनबन्धू शास्त्रीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले रोटरी र रोट्रयाक क्लवहरुले समाज सेवाको क्षेत्रमा उल्लेखनिय काम गरेको भन्दै नगरपालिकाले समेत यस्ता सामाजिक संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.