Websoft University
July 2024


श्याम राई, उदयपुर  गाईघाट, २ श्रावण | नेकपा एकीकृत समाजबादी उदयपुरले पहिरो पिडित खाँबु तोरीबारीका बिस्तापित २१ घर परिवारलाई मंगलबार राहतसामाग्री बितरणगरेको छ ।

पार्टीको कोशी प्रदेशका अध्यक्ष बलदेब चौधरीले बिस्तापित परिवारलाई आश्रय लिएको बिद्यालय पुगेर एक कार्यक्रमको आयोजनागरि राहत सामाग्री बितरण गरेको हो । पहिरो पिडित परिवारलाई अझै पूनर्बासको ब्यबस्था गरिएको छैन । उनीहरुलाई खाँबुस्थीत एक बिद्यालयमा राखिएको छ । चौधरीले ग्यास, खाद्ययान लगायतको सामाग्रीहरु पिडितहरुलाई उपलब्ध गराएको केन्द्रिय सदस्य राममणि पोखरेलले बताए ।

गत असार २५ गते बिहान ७ बजे माथिबाट झरेको पहिरोको कारण उनीहरु पूर्णरुपमा बिस्तापित बनेका छन् । पहिरोमा घर पुरीदा ८ बर्षिया बालिकाको घट्नास्थलमै मृत्यु भएको थियो । बालिकाको आमा घाईते भएकी थिईन् । गाउँको चारै तर्फ पहिरो गएकोले बस्तिबाट गाउँलेहरुलाई अन्यत्र सारिएको छ ।

 

 

 



श्याम राई, उदयपुर गाईघाट, २ श्रावण | सबैको सामुहिक प्रयास भए कसैको मुख नताकी आफ्नो काम आफै मिलेर गर्न सकिने उदाहरण जोगिदहबासीले देखाईदिएका छन् ।

केही दिन आगाडिको अबिरल बर्षाको कारण स्थानीय कंग खोलामा आएको बाढीले नदी कटान गर्दै गाँउ तर्फ पस्न थालेपछि स्थानीयको प्रयासमा नदी नियन्त्रणको काम केही दिन देखि धमाधम भैरहेको छ । नदीको तटबन्ध निर्माणमा गाउँलेहरु दिनहु जुटिरहेको त्रियुगा नगरपालिका–१ का वडा अध्यक्ष मनोज चौधरीले बताए ।

 भत्किएको बाध बाधन गाउँघरमा सबै जुटेर काम निर्माणको काम भैरहेको उनले बताए । गाउँले आफै मात्र खटेको नभएर तटबन्ध निर्माणमा प्रयोग गरिएको बास समेत आफ्नै घरबाट ल्याएर सहयोग गरिरहेको अध्यक्ष चौधरीले बताए । यस पटक बाढीले ठूलो क्षति गरेर मैले सार्वजनिक रुपमै गाउँलेहरुसँग तटबन्ध निर्माणको लागि सहयोग मागेको थिए । चौधरीले भने ।

कंग खोलाले गाँउमा धेरै जमिन कटान गरेर ठूलो क्षति गरेको उनले बताए । विजुलीको पोल भत्तकाउनुको साथै सडक बाटो समेत कटान गरेको उनले बताए । वडासँग सबै बजेट सकिएको अबस्थामा गाउँलेहरुको साथ पाएर तटबन्धको काम गर्न पाएकोमा आफू निकै खुसी भएको र हाम्रो वडाको सहभागिताले समाजमा राम्रो उदाहरण दिन सकेको उनले बताए ।

 

 

 



बिराटनगर २०८१ साउन २ गते  | उद्योग संगठन मोरङ, महिला उद्यम समितिको आयोजनामा महिलाहरुका लागि फिनाईल वनाउने तथा सरसफाई सम्वन्धी २ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।

तालिमको समापनमा महिला उद्यम समितिको सह–संयोजक जयश्री जाजुले महिला उद्यमशिलता विकासका माध्यमबाट स्वरोजगारलाई प्रर्वद्धन गर्न फिनाईन वनाउने तालिम आयोजना गरिएको वताईन । गृहणी महिलाहरुमा उद्यमशिलताको भावना जागृत गरी स–सानो रुपमा भएपनि व्यवसाय संचालन गर्न सहयोग पुगोस भनि संचालन गरिएको तालिमले महिलाहरुलाई आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

संगठनका अध्यक्ष्ँ राकेश सुरानाले महिलाहरुलाई उद्यमशिलताम लाग्न अभिप्रेरित गर्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै तालिममा सिकेका कुरालाई उद्यमशिलतामा रुपान्तरण गर्न आग्रह गरे ।

तालिमको प्रशिक्षक एवं महिला उद्यमी सोमी चौलागाईले घरको कामकाजमा व्यस्त महिलाहरुले पनि सहजै रुपमा फिनाईल वनाई बजारमा विक्रि वितरण गर्न सक्ने वताईन । उनले तालिम अवधिमा फिनाईलका प्रकार, वनाउदा अपनाउनु पर्ने सर्तकता, समिश्रण गर्दा ध्यान दिनुपर्ने कुरा, प्याकेजिङ र विक्रि प्रवद्र्धनका लागि अपनाउनु पर्ने विधिका साथै सरसफाईको महत्वका वारेमा सहभागिलाई सिकाएको थिईन ।

 ३४ जना महिलाहरु सहभागि रहेको तालिमको समापन कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठी, विन मोरङको अध्यक्ष कृति उपाध्याय, घरेलु तथा साना उद्योग महासंघ मोरङकी महिला समितिको पूर्व सभापति सुनिता छाराहाङ, उद्योग संगठन मोरङ महिला उद्यम समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

 


गाईघाट, २ श्रावण | घाटिमा मासु अड्किएर जिल्ला अस्पतालमा ल्याईएको एक बिरामीको सफल उपचार भएको छ ।

राती ८ः३० बजे एकदमै गम्भिर अबस्थामा उपचारको लागि ल्याईएको त्रियुगा नगरपालिका–१० बोक्सेका ३८ बर्षिय कपुर सेवाको चिकित्सकहरुले ज्यान बचाउन सफल भएकाछन् ।

उपचारमा सङलग्न चिकित्सक डा. निर्मला चौधरीले गम्भिर अबस्थामा रहेको बिरामीको तत्काल उपचार गरेर बचाउन सफल भएको बताईन् । अस्पतालमा बिरामी आईपुग्दा बिरामीको अक्सिजन लेबल २० प्रतिशत भन्दा कम थियो । तत्कालै घाटीबाट मासु निकालि हाल्नु पर्ने अबस्थामा थियो । उनले भनीन् । 

बिरामीको हावा जाने पाईप समेत ब्लक भैसकेको अबस्थामा तत्काल सिनियर चिकित्सकको टिम तयार गरेर एम्बु मार्फत अर्थात बाहिरबाट पाईपको माध्यबाट भित्र अक्सिजन पठाएर बिरामीको घाटीबाट मासुको डल्ला निकाल्न सफल भएको चौधरीले बताईन् । उनले केही समय मात्र ढिला भएको भए सायदै बिरामीलाई बचाउन सकिदैनौ थियौ होला उनले भनिन् । 

अक्सिजन लेबलमा कमी, अड्किएको मासुको डल्ला एकै सर्टमा निकाल्नु पर्ने अबस्था निकै कठिन काम थियो । तर पनि हामी सबै जुटेर असम्भबलाई सम्भब बनाउन सफल भएको उनले बताईन् ।

जिल्लामा कठिन अबस्थामा बिरामीको घाटीबाट मासुको डल्ला निकालिएको यो नै पहिलो हो । बिरामीलाई थप उपचारको लागि राती नै बिराटनगरस्थीत नोबेल अस्पतालमा पठाईएको उनले बताईन् । अहिले बिरामीको अबस्था सामान्य रहेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । ससुरालीमा भोज खाने क्रममा सेवाको घाटीमा मासु अड्किएको पारीवारीक श्रोतले जनाएको छ ।

 



श्याम राई, उदयपुर गाईघाट, १ श्रावण | जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान कटारी नगरपालिका–७ रिस्कुस्थीत खुलालडाँडाबाट तिन वटा बोरामा प्याक गरेर ल्याउँदै गरेको अबस्थामा ४९ केजी गाजा सहित ताप्लि गाँउपालिका–१ का बर्ष ३१ का शम्भु राई, बर्ष २८ का आशिष भुजेल र १५ बर्ष उमेर मुनि भएकोले (नाम परिबर्तित) गाईघाट ४६ लाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।

बिशेष सुचनाको आधारमा जिल्लाबाट गएको प्रहरी टोलिले उनीहरुलाई पक्राऊ गरिएको एसपी रमेह थापाले बताए ।

पक्राऊ परेका उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको उनले बताए ।

 

 



विराटनगर | विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ ।

बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेको थियो । वर्षाको समयमा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारमा सहज हुने मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँका अनुसार इन्जिन जडान नगरिकन पनि बोटलाई सञ्चालनमा ल्याउन सकिन्छ ।

विराटनगरको पूर्वमा सिघिया र पश्चिममा केसलिया नदी भएका कारण स्थानीयले हरेक वर्ष बाढी र डुबानको समस्या झेल्दै आएका छन् । महानगरसित यसअघि रबरबोट मात्रै रहेको थियो । मोटरबोट खरिद गरिएसँगै बाढी र डुबानमा फसेका महानगरवासीलाई तत्कालै उद्धार गर्न सजिलो भएको मेयर कोइराला भनाइ थियो । यसअघि बाढीमा फसेका नागरिकलाई उद्धारका लागि सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकायबाट मोटरबोट मगाउनुपर्ने बाध्यता थियो ।

परीक्षणपछि उपमेयर शिल्पा निराला कार्कीले बाढीको विपदमा परेका नागरिकलाई तत्कालै उद्धार गर्न सहज होस् भनेर मोटरबोट खरिद गरिएको बताउनुभयो । उहाँले महानगरले आवश्यक महसुस गरेर खरिद गरेको उहाँको भनाइ थियो । 

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले काठमाडौंबाट खरिद गरेर ल्याइएको मोटरबोटको परीक्षण सफल भएको प्रतिक्रिया दिनुभयो । नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार खरिद गरेको कम्पनीले नगर प्रहरीलाई सञ्चालनको सम्पूर्ण जानकारी दिनेछ । 

त्यसपछि नगर प्रहरीले मोटरबोट आफैं जडान गर्ने र सञ्चालन गर्ने पौडेलले जानकारी दिनुभयो । नगर प्रहरीका ४ जनाले बाढी र डुबानमा परेका नागरिकको मोटरबोटबाट उद्धार गर्न विशेष तालिमसमेत लिइसकेका छन् ।

 


श्याम राई, उदयपुर गाईघाट, १ श्रावण | खोटाङंमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

साकेला गाउँपालिका–१ बाझे च्यानडाँडास्थीत मध्य पहाडी लोकमार्गमा दिउँसो १२ः१५ बजे सडकदेखि झण्डै ४० मिटर तल खोल्सोमा ट्याक्टर झर्दा बाझे च्यानडाँडाका २१ बर्षिय जिबन राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भोजपुरबाट दिक्तेलतर्फ जादै गरेको प्रदेश २–०१–००१ त २०१५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भै दुर्घट्ना भएको खोटाङंका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए । मृतक राई सोही ट्याक्टरमा चढेर आएको उनले बताए । दुर्घट्नामा परि सह–चालक घाईते भएकोमा उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

गाडीका चालक दुर्घट्नापछि फरार भएकोले प्रहरीले खोजी कार्य जारी राखेको छ । घट्नाको अनुसन्धान भैरहेको खड्काले बताए ।

 

 

 

 



श्याम राई, उदयपुर  गाईघाट, १ श्रावण | त्रियुगा नगरपालिका–४ बगाहस्थीत अरुणा पुष्प बाटिकामा भोलि बुधबार बिहान बृहत् रुपमा तुलसी रोपन कार्यक्रमको आयोजना हुदैछ ।

हरिशयनी एकादशीको अबसर पारेर उक्त कार्य गर्न लागिएको बाटिकाका अध्यक्ष सन्तोष काईरालाले बताए ।

बाटिका परिसरमा ९० जना दाताहरुले निर्माण गरिदिएको ९० वटा तुलसीमोठमा तुलसी रोप्नको लागि दाताहरुलाई निम्तो गरिएको अध्यक्ष कोईरालाले बताए । 

कार्यक्रममा सबै वडा बासिहरुलाई समेत उपस्थितिको लागि अनुरोध गरिएको छ । दाताहरुले तुलसीको बिरुवा आफैले ल्याएर रोप्न भनिएको कोईरालाले बताए । उनले यो कार्यक्र जिल्लामै पहिलो रहेको बताए ।

 



बिराटनगर ३० असार | विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नेपालको वहुभाषिक निति  अनुरुप रेडियो नेपाल तारिणि प्रसाद कोइराला स्मृति संचारग्रामले महानगर एफएम विराटनगरवाट राजवंशी भाषा  समाचार प्रसारण हुनुले भाषा सस्कृतिको विकासमा थप वल पुगेको वताउनु भएको छ ।  

महानगर  एफएम रेडियो विराटनगरवाट  आजदेखी  शुरु भएको राजवंशी भाषा समाचार  प्रसारण शुभारम्भ कार्यक्रमलाई संवोधन गर्नुहुदै उहाले संविधानमा उल्लेख भए अनुसार  वहु सास्कृतिक वहु धार्मिक नितिलाई समावेशीकरण गर्दै राजवंशी भाषा  समाचार प्रसारण शुभारम्भ गरेकोमा रेडियो नेपाललाइ धन्यवाद दिनुभयो ।

स्थानिय भाषा,  सस्कृति  कला, साहित्य गित संगितको  संरक्षण एंव सम्वर्धनगर्ने उदेश्य अनुरुप स्थापना भएको संचारग्रामले अन्य सेवा अतिरिक्त राजवंशी  भाषा समाचार प्रसारणगर्नु खुशिको कुरा भएको उल्लेख गर्नुहुदै उहाले यस्ता खालका भाषा तथा कार्यक्रमलाई आगामी दिनमा अझ विकास एंव विस्तारगर्दै जानुपर्ने वताउनुभयो ।

कार्यक्रमका  प्रमुख  अतिथि समेत रहनु भएका महानगर प्रमुख  कोइरालाले तारिणी प्रसाद कोइरालाको जिवनीमा आधारित  वृतचित्र प्रदर्शनी देखि  स्थानिय भाषको गित  संगित  रेकर्डिङ गर्दै आएकोमा यस्ता कुरालाई जनसमुदाय  समक्ष पु¥याउदै स्थानिय स्तरमा रोजगारी मुलुक  कार्यक्रम  संचालनगर्न संचारग्रामलाई महानगरले  सघाउ पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

 कार्यक्रमलाई संवोधन गर्नुहुदै रेडियो नेपालका कार्यकारी निर्देशक एंव संचारग्राम संचालक समितिका अध्यक्ष वुद्धिवहादुर केसीले आगामी  आर्थिकवर्षमा संचारग्राममा तारिणी प्रसाद कोइरालाको  शालिक स्थापना गर्ने  र संचारग्राम मार्फत मोवायल एप तथा वेभसाइट संचालनमा ल्याउने जानकारी गराउनुभयो ।

उहाले हाल सम्म नेपाल सरकारले  संचारग्राम संचालनका लागि गरेको  सहयोगको सरहना गर्नुहुदै संचारग्रामवाट इ–लाइवे्ररी ,रेडियो म्युजियम  संचालन  साथै गित  संगित प्रशिक्षण तथा संचारकर्मीको क्षमता अभिवृद्धिगर्न र विभिन्न भाषाको गित संगित रेकर्डिङ प्रारम्भ भइसकेको जानकारी  गराउनुभयो । आगामी दिनमा महानगरपालिकाको सहयोगमा उदेश्य अनुरुप  संचारग्रामले थप क्रियाकलाप गर्दै जाने उहाको भनाई थियो ।

मोरङका  प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्राइले ,  संचारग्राम  वाट राजवंशी भाषाको समाचार प्रसारण हुनु सवैका लागि खुशिको कुरा भएको उल्लेख गर्नुहुदै संचारकर्मीले लुकेका प्रतिभालाई उजागरगर्दै समाचार सम्प्रेषण गर्दै जानुपर्नेमा जोड  दिनुभयो ।  

तारिणी प्रसाद कोइराला स्मृति संचारग्रामका निर्देशक पुष्करराज  गौतमले संचारग्रामले प्रदानगर्ने सेवा सुविधाको वारेमा जानकारी गराउदै संचारग्रामलाई  दिर्घकालिन रुपमा  अघि वढाउन थप सेवा विस्तारगर्न लागेको वताउनुभयो ।  

कार्यक्रममा तारिणी प्रसाद कोइराला परिवारका  सदस्य इन्दिरा कोइरालाले तारिणी प्रसाद कोइरालाले  रेडियो प्रसारणमा पु¥याउनु भएको योगदानको चर्चा गर्नुहुदै आफनो परिवारको तर्फवाट संचारग्रामलाई सक्दो सहयोग गर्ने वताउनुभयो । 

नेपाल ट्रेडयुनियन कांग्रेसको पुर्व केन्द्रिय अध्यक्ष लक्ष्मणवहादुर वस्नेतले सवै जातिय समुदायलाई आफनो भाषाको अपनत्व महसुस गराउन सके समग्र मुलुकको विकास हुने धारणा राख्नुभयो । 

कार्यक्रममा संचारग्राम विराटनगरका प्रमुख वलाराम चौधरीले संचारग्राको उदेश्य माथी  प्रकास पार्नु भएको थियो । 

नेकपा एमाले मोरङका अध्यक्ष वावुराम कार्की, राजवंशी  समाज विकास समितिका  विराटनगरका महासचिव चन्द्रप्रसाद राजवंशी तथा  समितिका  केन्द्रिय सल्लाहकार पानीलाल राजवंशीले भाषा साहित्यको विकासमा  रेडियो नेपालको भुमिका  महत्वपुण रहेको चर्चा गर्नुभयो | कार्यक्रमको सहजिकरण संचारग्रामकावरिष्ठ कार्यक्रमसहायक वलराम दाहालले गर्नु भएको थियो ।

सो अवसर महानगरपालिकाका प्रमुख नागेश कोइराला र रेडियो नेपालको कार्यकारी निर्देशक वुद्धिवहादुर केसीले सयुक्त  रुपमा शिलालेख  अनावरण गर्नुहुर्दै राजवंशी भाषा समाचार प्रसारणको शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा राजवंशी, मुडियारी, मधेशी थारु लगायत विभिन्न जातिय समुदाय तथा  संघसंस्था प्रतिनिधिको सहभागिता थियो । आज देखि शुरु भएको राजवंशी भाषाको समाचार हरेक दिन महानगर एफएममा दिउसो १ वजेर  ४५ मिनेटमा प्रसारण हुने छ ।    


विराटनगर | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले लागूऔषध दुव्र्यसनी नियन्त्रणका लागि परिवारको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रानीमा आयोजना गरेको ‘दुव्र्यसनी नियन्त्रणका लागि आमाहरू’ अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले दुव्र्यसनी नियन्त्रणका लागि परिवारसँगै आमाहरूको विशेष भूमिका हुने बताउनुभयो । उहाँले घरपरिवार सचेत भए परिवारका कोही पनि सदस्य दुव्र्यसनी नफस्ने दाबी गर्नुभयो । ‘आफ्नो छोराछोरी कता जाँदैछन्, के गर्दैछन् भनेर चासो राख्ने गरेमा लागूऔषधको दुव्र्यसनी नियन्त्रण गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘बाहिरबाट घर आएपछि छोराछोरीसँग गफ गर्ने, उनीहरूका समस्या सुनिदिने गर्नुपर्दछ । उनीहरूसँग घुलमिल हुनुपर्दछ । जसले गर्दा उनीहरूका समस्या बुझ्न सकिन्छ । विशेष गरी आमाहरूले छोराछोरीको बारेमा चासो राख्नुपर्दछ ।’

मेयर कोइरालाले कुनै पनिव्यक्तिरहरले दुव्र्यसनी नहुनेजिकिर गर्नुभयो । बाध्यता र विवशताका कारणले युवाहरू दुव्र्यसनीमा पर्ने गरेको उहाँको भनाइ थियो । लागूऔषध नियन्त्रणका लागि महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालनगरिरहेको समेत मेयर कोइरालाले जानकारीदिनुभयो । उहाँले सीमावर्ती वडाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु बजेटको समेत व्यवस्था गरेको बताउनुभयो । मेयर कोइरालाले सीमावर्ती भारतीय बजारका औषधि पसललाई लागूऔषध बिक्री गर्न नदिन भारतीय पक्षसित कुराकानी भइरहेको जानकारी दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पछिल्लो समय समाधार सुधारकको बाधकका रुपमा दुव्र्यसनी देखा परेको उल्लेख गर्नुभयो । उहाँले समाजलाई बिरामी र रोगी हुनबाट जोगाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । प्रजिअ भट्टराईले दुव्र्यसनी छाडेर असल नागरिक बन्न सक्ने उहाँको धारणा थियो । ‘लागूऔषधको कुलत छाडेर देशको असल नेता, कर्मचारी, व्यापारी, उद्योगी, बन्न सकिन्छ ।’

प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले पारिवारिक कलह, असफलता, साथीभाइको गलत संगतलगायतले युवाहरू दुव्र्यसनीमा पर्ने गरेको बताउनुभयो । उहाँले आमाहरू जिम्मेवार भएमा दुव्र्यसनीलाई न्यूनीकरण गर्न सकिने प्रस्ट पार्नुभयो । डीआईजी खापुङले हरेक घरपरिवारले आफ्ना परिवारका सदस्यको समस्या बुझेर बेलैमा समाधान गरेमा दुव्र्यसनीमुक्त समाज निर्माण गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हामी समाज बिग्रियो भन्छौं । हामी सबै जिम्मेवार भएर पहिला घरलाई सुधार गर्ने हो भने हरेक घरमा कोही पनि दुव्र्यसनी नहुने हो भने समाज र राष्ट्र नै दुव्र्यसनीमुक्त हुनेछ । पहिला घरबाटै सुरु हुनुपर्दछ । घरपरिवार नै जिम्मेवार हुनुपर्दछ ।’

वडा नम्बर १५ का अध्यक्ष प्रकाश साहले सीमावर्ती क्षेत्रमा हुने लागूऔषधको ओसारपासर, बिक्रीवितरण र सेवनलाई न्यूनीकरण गर्न सरोकारवाला निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रयोगकर्तालाई मात्रै लक्षित गरेर कार्यक्रम सञ्चालन गर्दा अभियानले सार्थकता नपाउने विचार व्यक्त गर्नुभयो । उहाँले प्रयोगकर्तासँगै बिक्रेता, ओसारपसारमा संलग्न व्यक्तिहरूसम्म अभियानलाई पु¥याउन सुझाव दिनुभयो । 

कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी भीम दाहालले लागूऔषधको दुव्र्यसनीले समाजलाई भयावह बनाउँदै लगेको बताउनुभयो । परिवार र समाजलाई दुव्र्यसनीले ध्वस्त बनाउने अवस्थामा पुगेको भन्दै उहाँले सबैले बेलैमा ध्यान दिनु आवश्यक रहेको औंल्याउनुभयो । कोशी प्रदेशमा लागूऔषध सेवन गर्ने ५३ प्रतिशत १६ देखि २५ वर्ष उमेर समूहका व्यक्तिहरू भएको उहाँले जानकारी दिनुभयो । उहाँले कोशी प्रदेशमा ४ हजार ५ सय महिलासहित मात्रै ३४ हजार दुव्र्यसनी रहेको तथ्यांक प्रस्तुत गर्नुभयो । दुव्र्यसनीविरुद्ध आमाहरू अभियानअन्तर्गत १२४ वटा पालिकामा समूह गठन गरिसकेको उहाँले बताउनुभयो ।

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले लागूऔषध सेवन गर्नेको संख्या हरेक वर्ष बढ्दै गएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०८०÷८१ मा मोरङमा ३२५ वटा लागूऔषधका मुद्दा दर्ता भएको जानकारी दिनुभयो । त्यसमध्ये २३४ वटा फछ्र्यौट भइसकेको उहाँको भनाइ थियो । त्यस्तै २६ महिलासहित ४३० जना पक्राउ गरिएको एसपी कार्कीले बताउनुभयो । 

कार्कीले ५७८ ग्राम हिरोइन, २ हजार २२५ किलो गाँजा, ३ हजार १८३ एप्पुल, ५ हजार ६८ चक्की, ८१ दशमलव ४९० ग्राम चरेशसमेत बरामद गरेको जानकारी दिनुभयो । उहाँले प्रहरीको एक्लो प्रयासले मात्रै लागूपदार्थ नियन्त्रण गर्न गाह्रो भएकाले सबैको सहकार्य र समन्वयले नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो । सामाजिक अभियन्ता सदिना खातुनङले सीमा नाकामा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो ।


विराटनगर |  विराटनगरस्थित विराट साहित्य संगमको नियमित मासिक साहित्यिक शृंखला सम्पन्न भएको छ ।

राष्ट्र सेवक बहुमुखी सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा संगमले हरेक महिनाको अन्तिम शनिबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । २ सय १६ औं शृंखलामा कवि खेम नेपाली, हरि कट्टेल, भीम कोइराला, मीनकुमार नवोदित, बाबुराम पोखरेल, मीना श्रेष्ठ, शारदा भट्टराई, अच्युतमणि पौडेल, वासुदेव नेपाल, माहनसिंह लिम्बू, कुमार श्रेष्ठ, ऋषि तिवारी, भूपाल अधिकारी, शारदा कार्कीले आ–आफ्ना सिर्जना वाचन गरे ।

साहित्यकार गोपाल निर्भीकको सभापतित्व तथा साहित्यकार शम्भुप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा भरत गुरागाईं बर्बरिक, अच्युत खतिवडा, स्वयम्भूनाथ कार्की, भवानीप्रसाद पोखरेल, चन्द्रकान्त पोखरेल, अम्विका खरेल, लक्ष्मी युग्मी, जमुना पौडेल, सिर्जना प्रसाईं ढुंगाना, पुष्पा सायरा, लक्ष्मी पोखरेल, लक्ष्मी रायमाझी, प्रा.डा. मेदिनीप्रसाद शर्मा, रोहिणी रसिक, हरिप्रसाद बराल, भीमेन्द्रबहादुर कार्की, उमानाथ घिमिरे, तारानाथ पोखरेललगायत तीन दर्जनभन्दा बढी साहित्यकारहरुले कविता, गजल, मुक्तक, लघुकथा प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा पुरस्कृत विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेललाई बधाई ज्ञापन गरिएको थियो ।


विराटनगर |  विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा ‘वर्तमान’ शीर्षकको कविता वाचन गरेर कक्षा–१० की छात्रा रिजु अधिकारी प्रथम भएकी छन् ।

आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ३२ जना प्रतिस्पर्धीलाई पछि पार्दै रिजुले प्रथम पुरस्कार जित्न सफल भएकी हुन् । उनले नगद १० हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

त्यस्तै ‘मेरो देश मलाई गर्व लाग्छ’ शीर्षकको कविता वाचन गर्ने कक्षा–१२ का खिलराज ढकाल द्वितीय, ‘मैले नगरे कसले गर्ने ?’ शीर्षकको कविता वाचन गरेर कक्षा–१२ कै सुजल कोइराला तृतीय र ‘हाम्रा भानु’ शीर्षकको कविता वाचन गरेर कक्षा–५ की छात्रा बेबिका पनेरु सान्त्वना भइन् । 

कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार निर्मला कोइराला रहेको निर्णायक समितिले वाचन गर्ने कविहरूमध्येबाट चारजनाको नाम घोषणा गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ खेम नेपाली र विद्यालयका प्राचार्य टीकाराम पुरीले प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ७, ५ र ३ हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

विद्यालयका सहायक प्राचार्य नारायण कडरियाले सञ्चालन गरेको कार्यक्रममा मकालु साहित्य समाज संखुवासभाका अध्यक्ष ताराबहादुर बुढाथोकीसहित  खम्बसिंह नेपाल, तारा काफ्ले, रिवाज खतिवडा, अस्मिता भट्टराई, जयकुमार थापामगर, रमेश ओझा, तुलसा भट्टराई, अच्युत आचार्य, सरस्वती पराजुलीलगायत एक दर्जन शिक्षक शिक्षिकाहरूले समेत कविता वाचन गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्राज्ञ नेपालीले भाषा, साहित्य र संस्कृतिलाई समाजलाई जोड्ने बताए । उनले भाषा, साहित्य र कलाको विकास बिना मुलुकको समग्र विकास हुन नसक्ने दाबी गरे । उनले भाषा र साहित्य मुलुकको प्राण भएको टिप्पणीसमेत गरे । प्राचार्य पुरीले विद्यार्थीभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले विद्यालयले कविता प्रतियोगिता आयोजना गरेको जानकारी दिए । 

पुरीले विद्यालयले समय–समयमा कविता, वक्तृत्वकला, वादविवाद, चित्रकलालगायतका सिर्जनात्मक अतिरिक्त क्रियाकलापसमेत गर्दै आएको बताए । प्राचार्य पुरीले विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको उल्लेख गरे । प्रतियोगितामा ३२ जना विद्यार्थीले कविता वाचन गरेका थिए ।


विराटनगर,२९ असार | विराटनगर–३ मा स्थापित गरिएको सिद्धेश्वर महादेव मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गरिएको छ । बालसन्त मोहनशरण देवाचार्यले शुक्रबार उक्त मन्दिर तथा सामुदायिक  भवनको उद्घाटन गर्नुभएको हो ।

भारतको नर्मदा नदीबाट प्राकृतिक शिबलिङलाई स्थापित गरिएको छ । तीन दिन सम्म ७ जना पण्डितहरुले होम होमादी गरी प्राणप्रतिष्ठा गरिएको मन्दिर तथा सामुदायीक भवनका अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए ।

वि.स.२०७९ सालमा माघमा बालब्यास पं.कपिलदेव चालिसेद्वारा वाचन गरी भएको श्रीमद्भागवत् महापुराणवाट संकलित रकम बाट मन्दिर तथा सामुदायिक भवन बनेको हो ।

यो मन्दिर विराटनगरका लागि नौलो पनि रहेको छ । मन्दिरको छानो पित्तलबाट बनाइएको छ । नर्मदा नदीबाट प्राकृतिक शिबलिङ ल्याइएको हुदा यसको महत्व पनि उत्तिकै रहेको छ ।

 


विराटनगर असार २९ गते | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतको एकतामा ठूलो योगदान गर्नुभएको बताउनुभएको छ । 

आदिकवि भानुभक्त २११औँ  जन्म जयन्तीका अवसरमा मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै नेपाली भाषाको आदिकविका रूपमा चिनिने उहाँलाई बिर्सिएर नेपाली साहित्य पूर्ण हुन नसक्ने बताउनुभएको हो । 

‘सरलता, धार्मिकता र राष्ट्रियताको अद्भुत एकता झल्काएर लेखिएका उहाँका साहित्य हाम्रा लागि प्रेरणाका स्रोत हुन्,’ शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली भाषाको आदिकविका रूपमा चिनिने उहाँलाई बिर्सिएर नेपाली साहित्य पूर्ण हुन सक्दैन । नेपाली वाङ्मयका नेपाली लेखक कविहरूका आधार स्तम्भ भानुभक्त नै हुनुहुन्छ ।’

मुख्यमन्त्री कार्कीले भानुभक्तले सांस्कृतिक एकीकरण गरेर नेपाली भाषालाई एउटै मालामा गाँसेको बताउनुभएको छ । भानुभक्तले रचना गरेको रामायणदेखि विभिन्न धार्मिक वा ऐतिहासिक छन्दात्मक ग्रन्थहरू आज समाजको सम्पत्तिको रूपमा स्थापित भइरहेको उहाँले बताउनुभयो ।

नेपाली साहित्यमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृ प्रेम, भातृत्व, दाम्पत्य, कर्तव्य, देश प्रेमजस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूतिजस्ता सम्मान पाउनुभएको मुख्यमन्त्री कार्कीले स्मरण गर्नुभएको छ । 

कोशी प्रदेश सरकार विगत देखिनै भाषा, साहित्यको उत्थान र प्रवर्द्धनमा लाग्दै विभिन्न कामहरू गरिरहेको बताउनुहुँदै उहाँले प्रदेशका स्रष्टाहरूलाई सम्मान गरेर यो क्षेत्रमा सरकारले काम गरिरहेको बताउनुभयो ।  

सबै नेपालीबिच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ होस् भन्दै मुख्यमन्त्री कार्कीले भानुभक्तको जन्म जयन्तीका अवसरमा नेपालभित्रका सबै जातजाति, भासाभासी, साहित्य र संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।


विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशप्रतिको घृणा र आक्रोशलाई बदल्नेगरी काम गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ । 

शुक्रबार प्रदेश सरकार अन्तर्गतका मन्त्रालय र निकायका सचिवलाई निर्देशन दिदै उहाँले प्रदेशप्रति असन्तुष्टि बढेको र त्यसलाई कम गर्नेगरी काम गर्नका लागि सचिवहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, 'अहिले प्रदेशमा घृणा, आक्रोश छ । त्यसलाई बदलेर अब प्रदेश सरकार देख्न, सकिने, छाम्न सकिने र हेर्न सकिने गरी काम गर्नुपर्छ । '

 सचिवहरुलाई निर्देशन दिँदै कार्कीले आगामी वर्षको कार्ययोजना साउन १५ भित्र बनाउन र ठूला योजनाहरुलाई पहिलो चौमासिकबाटै सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले असारे विकासका बारेमा आलोचना व्यापकरुपमा आएको र अब आउँदो वर्ष जेठ १५ पछि कुनै पनि तालिम, गोष्ठी लगायतका अन्य कामहरु नगर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, 'सबै कामहरु जेठ १५ भित्र सक्नेगरी अठोट गरेर योजना बनाउने र त्यसैगरी लाग्ने तयारी गरौँ ।'

प्रदेश सरकारले कुनैपनि कानुनहरु सच्याउनुपर्ने, खरिद ऐन सच्याउनुपर्ने अवस्था भए तत्कालै सच्याउन तयार रहेको र सोही अनुरुप मन्त्रालयले काम गर्नुपर्ने उहाँले बताउनुभयो । 

उहाँले शासकीय सुधारमा जोड दिँदै सुशासनमा ध्यान दिन र भ्रष्टचारमा शून्य सहनशीलता अपनाएर काम गर्नसमेत निर्देशन दिनुभयो । आगामी वर्षदेखि योजना बैंक सञ्चालन गरेर अर्को आर्थिक वर्षमा योजना बैंकमा आएका योजना हेरेर बजेट बनाउनेगरी अहिले देखिनै त्यसको तयारी गर्नुपर्ने जानकारी दिनुभयो । 

उहाँले योजना बैंकका बारेमा सबैलाई जानकारी दिने र त्यसको औचित्य र आवश्यकताबारेमा बताउँदै त्यसतर्फ आकर्षित गर्नका लागि सचेतना कार्यक्रम गर्नपनि निर्देशन दिनुभयो ।


विराटनगर । विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गरेको छ । महानगरले ‘खोज र नष्ट गर’ अभियान १९ वटै वडामा जारी राखेको छ । डेंगु नियन्त्रणको अभियानलाई थप प्रभावकारी बनाउन महानगर प्रहरी र सफाई कर्मचारीहरुलाई तालिम दिएको छ । महानगरको स्वास्थ्य महाशाखाको आयोजनामा शुक्रबार उनीहरुलाई एकदिने अभिमुखीकरण तालिम दिएको हो । 

डेंगुको संक्रमण कसरी हुन्छ, डेंगुलाई कसरी नियन्त्रण गर्न सकिन्छ, डेंगु लागेमा के गर्नेलगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो । स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादव र स्वास्थ्य अधिकृत रमेश कार्कीले डेंगु नियन्त्रणमा महानगर प्रहरी र सफाई कर्मचारीको भूमिकाका विषयका विषयमा अवगत गराउनुभएको थियो । साथै उहाँहरुले डेंगुको संक्रमण रोक्न के–के गर्नुपर्छ भन्ने विषयमा पनि जानकारी गराउनुभयो ।

सफाई शाखाका सुपरभाइजर र महानगर प्रहरी सहभागी अभिमुखीकरणले डेंगु नियन्त्रणमा ठूलो मद्दत पुग्ने स्वास्थ्य महाशाखाका संयोजक यादवले बताउनुभयो । मेयर नागेश कोइरालाको निर्देशनमा डेंगु नियन्त्रणको अभियानलाई व्यापक बनाउँदै लगेको यादवले जानकारी दिनुभयो । मनसुनसँगै देशका विभिन्न स्थानमा डेंगु संक्रमण व्यापक बन्दै गएकाले महानगरले पनि पूर्वतयारी गरेको यादवको भनाइ थियो । सफाई कर्मचारी र महानगर प्रहरी फिल्डमा खटिने भएकाले डेंगु नियन्त्रणमा उहाँहरुको भूमिका महत्वपूर्ण हुनेस्वास्थ्यअधिकृत कार्कीले बताउनुभयो । सचेतनामूलक ब्यानर बनाएर सफाई कर्मचारीमार्फत सबै वडामा वितरण गरिनेछ । फ्रिज, कुलर, वासिङ मेसिन, टायरलगायत जमेको सफा पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गरेको छ ।

एक्कासि उच्च ज्वरो आउनु (१०२ डिग्री), ५ देखि ६ दिनसम्म ज्वरो नघट्नु,  आँखाको जेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरु दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा राता बिमिराहरु देखापर्नेजस्ता डेंगुका लक्षणहरु देखिने चिकित्सकहरुले बताउँदै आएका छन् ।

चिकित्सकका अनुसार एडिस एजिप्टि नाम रहेको लामखुट्टेको महिला प्रजाति डेंगुका प्रमुख भेक्टर हुन् । दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजाति मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्दछन् । भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको शरीरमा फैलिन्छ ।

 रगत खाइसकेपछि यसले ताजा पानी जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ । एउटा पानीको स्रोतमा १०० देखि २०० सम्म अण्डा पार्न सक्छ भने एकपटकमा कैयौं स्रोतमा अण्डा जम्मा गर्छ । यसका अण्डा निर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीव्र गतिमा बढ्ने गरेको छ । संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसि संक्रमण प्रक्रिया बढाउने चिकित्सकहरुको भनाइ छ ।


विराटनगर | विराटनगर केसलिया रोडस्थित पुलमुनि राखिएको ठूलो ह्युमपाइप, साइफन तथा पुल पूर्व र पश्चिमको नालाको जाम खोलिएसँगै त्यस क्षेत्रको डुबान समस्या समाधान भएको छ ।

वर्षौंदेखि जाम भएको नालाका कारण वर्षामा मरिकटोल, जनपथ टोल, पिचरा, बखरीलगायतका क्षेत्र डुबानमा पर्दै आएका थिए । पन्ध्र दिनअघि आएको मुसलधारे वर्षामा नालाको पानी बाहिर आउँदा दक्षिणी क्षेत्रको मरिक टोल, जनपथ टोल, पिचरा, बखरीलगायतका क्षेत्र डुबानमा परेका थिए । त्यसलत्तगै जाम भएको नालाको खोजी गरिएको थियो । केसलिया नहरको पुलमुनि राखिएको ठूलो ह्युमपाइप पूर्ण रुपमा जाम भएको पाइएको थियो । महानगरको सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहाका अनुसार केसलिया रोडको दक्षिणतर्फको नाला र ह्युमपाइप मारुती गाडी गुड्न सक्ने आधारको रहेको छ ।

मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरको सफाई व्यवस्थापन शाखाको नेतृत्वमा सफाई कर्मचारी, नगर प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानीय युवाहरुको सक्रियतामा करिब ८ घण्टापछि जाम खोलिएको थियो । लामो प्रयासपछि पनि पुलमुनिको दुईवटा ठूला ह्युमपाइप र पुल पूर्व र पश्चिमको नालाको जाम नखुलेपछि प्लाष्टिकको डोरीमा टायर बाँधेर क्रेनले तानिएको थियो । नालाभित्र भाँचिएका कुर्सी, बिग्रिएका टेलिभिजन, प्लाष्टिकका बोरा, काठ, इँटालगायत भेटिएको थियो ।

मेयर कोइरालाले महानगरवासीकै कारण नालाहरु जाम हुने गरेको बताउनुभयो । उहाँले महानगरवासीले फोहोर फ्याल्दा अधिकांश नालामा जाम हुने गरेको जानकारी दिनुभयो । धेरैजसो स्थानमा नालाको पानी बाहिर आउँदा डुबान हुने गरेको पाइएको उहाँको भनाइ थियो । पैनी, नहर र नालामा फोहोर नफाल्ने हो भने विराटनगरको ७० प्रतिशत डुबान समस्या समाधान हुने मेयर कोइरालाले दाबी गर्नुभयो । ‘प्लाष्टिकका बोतल, प्लाष्टिक, चाउचाउ, बिस्कुट, गुट्खा, खैनी, फाटेको जुत्ताचप्पललगायत नालामा फ्याल्ने गरेको पाइएको छ,’ उहाँले भन्नुभयो, ‘यतिसम्म कि बिग्रिएका टेलिभिजन, कप्युटरसमेत नालामा फ्यालेको पाइयो ।’

सरसफाई शाखाका प्रमुख दाहालले घर निर्माणपछि नालामै निर्माण सामग्री छाड्ने गरेको बताउनुभयो । उहाँले घर सम्पन्न भइसकेपछि नालामाथि स्ल्याप बनाउँदा स्ल्यापलाई अड्याउँदा लगाएको इँटासमेत नझिकेको पाइएको जानकारी दिनुभयो । जसका कारण नाला भरिएर रोडमा आई जाम हुने गरेको उहाँको भनाइ थियो ।

 धेरै ठाउँमा त्यस्ता स्ल्यापहरु भत्काइएको दाहालले जानकारी दिनुभयो । महानगरले बढी डुबान हुने वडा नम्बर ३, वडा नम्बर १३ र १५ को सिक्स लेन छेउको नाला सफा गरेका कारण तुलनात्मक रुपमा विगतमा जस्तो डुबान नभएको स्थानीयको भनाइ छ । वडा नम्बर १५ का स्थानीय अमृत साहले महानगरले नाला सफा गरेकै कारण यस वर्ष विगतको जस्तो डुबान नभएको बताउनुभयो ।

 


विराटनगर असार २८ गते | विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका ८ जिल्लाका किसानहरूको दूधको रकम लामो समयदेखि भुक्तानी गर्न नसकेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानहरूलाई रकम उपलब्ध गराउनका लागि पहल थाल्नु भएको छ । 

प्रदेशका विभिन्न जिल्लाका किसानहरूले दूधको रकम नपाएको गुनासो मुख्यमन्त्री कार्कीसँग गरेपछि उहाँले रकम उपलब्ध गराउने विषयमा पहल थाल्नुभएको हो । 

शुक्रवार विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र कर्मचारीहरूलाई कार्यालयमा बोलाएर रकम कसरी उपलब्ध गराउन सकिन्छ र प्रदेश सरकारले केके गर्न सक्छ भन्ने विषयमा छलफल गर्नुभयो । 

प्रदेश सरकार तीनै तहको संरचनासँग समन्वय गरेर अगाडि बढ्ने सरकार भएकाले किसानको गुनासोलाई सम्बोधन गर्न सरोकारवालालाई बोलाएर समन्वय र निर्देशन दिइएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । उहाँले आयोजनाको कार्य प्रगति, संस्थाको अवस्था र बजारका विषयमा छलफल गर्नुभएको थियो । 

उहाँले आयोजना सङ्घीय सरकारको संरचना भए पनि किसानहरूको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने र पूर्णरुपमा सञ्चालन र बजारीकरणका लागि सङ्घीय सरकारसँग पनि छलफल गरेर अगाडी बढ्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारसँग पनि किसानको रकम उपलब्ध गराउन तत्कालै कुराकानी गर्ने र चाँडोभन्दा चाँडो रकम दिनका लागि समन्वय गर्ने बताउनुभयो । 

कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मासहितको उपस्थितिमा छलफल भएको थियो । 

विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशको धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथरसाथै मधेस प्रदेशको सप्तरी जिल्लासमेत गरेर किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । 

कार्यालयका प्रमुख परमेश्वर चौधरीका अनुसार बजारमा खुल्लारुपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा पनि समस्या भएकाले अहिलेको अवस्था आएको बताउनुभयो । आयोजनाले प्रतिलिटर ९८ रुपैयाँमा दूध बिक्री गरिरहेको चौधरीले जानकारी दिनुभयो ।


विराटनगर, २८ असार । विदेशीहरुलाई मात्र प्राथमिकता दिँदा  दक्ष जनशक्त्ति पलायन हुन बाध्य भैरहेको भन्दै स्वदेशमै रोजगार दिन विश्वविद्यालयले  उद्योगहरुसँग आग्रह गरेको छ ।

मनमोहन प्राविधिक विश्विद्यालयले रोजगार दाताहरुसँग  छलफल गर्दै उत्पादन भएका दक्ष प्राविधिक जनशक्त्तिहरुभरपर्दो अवसर नपाउँदा बैदेशिक रोजगारमा जान बाध्य हुनुपरिरहेकोले उनीहरुलाई स्वदेशमै रोजागार दिएर पलायन हुनबाट रोक्न उद्योगहरुसँग आग्रह गरेको हो ।


मनमोहन प्राविधिक विश्विद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले आफुहरुले   व्यवहारिक रुपमा स्वदेशका उद्योगहरुका लागि सुहाउँदो जनशक्त्ति उत्पादन गरिरहेकोले उद्योगहरुले रोजगारमा प्राथमिकता दिनु आग्रह गरे । उनले प्राविधिक विश्विद्यालयबाट उत्पादित जनशक्त्ति स्वदेशका लागि मात्र नएर विदेशका लागि पनि दक्ष हुनेगरेकोले   स्वदेशमै रोजगार पाए अझै धेरै गुणस्तरिय जनशक्त्ति उत्पादन गर्न  उत्प्रेरणा हुने बताए । 

उपकुलपति पोखरेलले उद्योगहरुलाई आग्रह गर्दै भने ,  ;हामी दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्न लगानी गर्छौ तर उद्योगहरुले स्वदेशमै रोजगाार दिन आनाकारी गर्नुहुदैन ।’ विश्वविद्यालयका रजिष्ट्रार डा दिलनाथ फुँयालले रोजगारमा प्राथमिकता दिए सुँहाउदो जनशक्त्ति उत्पादन गर्न हौसला बढने बताए । उनले देशका युवाहरुलाई  प्राविधिक शिक्षा तर्फ अग्रसर  बनाउन सके परनिर्भरता अन्त्य हुने र देश विकासको महाअभियान पनि सफल हुने बताए । रजिष्टार फुँयालले भने — ‘दक्ष जनशक्त्तिले स्वदेशमैरोजगार पाएदेशआत्मनिर्भरतातर्फ उन्मुखहुनसक्छ ।’  

कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा मनमोहन प्राविधिक विश्वबिद्यालयका कुलपति हिक्मत कार्कीले सरकारले स्थापना गरेको देशको पहिलो प्राविधिक विश्वविद्यालले हरेक बर्ष अनुसन्धानमा मात्र नभएर व्यावारिक रुपमा पनि दक्ष जनशक्त्ति उत्पादन गर्नेगरेकोले उनीहरुले स्वदेशमै भरपर्दो रोजगार पाए देशको विकासमा सहयोग पुग्ने बताए । उनले दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गराउन विश्वविद्यालय र रोजगार सृजना गर्ने उद्योगहरुलाई प्राथकिता दिएर सहयोग गर्न प्रदेश सरकार तयार छ भने । मुख्यमन्त्री कार्कीले नेपालमा उत्पादन भएका दक्ष जनशक्त्तिलाई बेवास्ता गरेर भारतीयहरु मात्र दक्ष र भरपर्दा हुन्छन भन्ने सोचबाट उद्योगीहरु मुक्त्त हुनुपर्छ भन्दै स्वदेशी जनशक्त्ति रोजगार भएमात्र प्राबिधिक शिक्षाकोे लगानी सार्थक हुने बताए । मुख्यमन्त्री कार्कीले भने ,  प्राविधिक जनशक्त्ति विना देशको विकास अगाडी बढन सक्दैन यसैले रोजगार दिने उद्योग र शिक्षा दिने विश्बविद्यालयलाई सहयोग गर्न प्रदेश सरकार तयार छ ।,

कोशी प्रदेशका समाजिक विकास मन्त्री  तथा मनमोहन प्राविधिक विश्विद्यालयका सहकुलपति पाँचकर्ण राईले उत्पादन भएका दक्ष जनशक्त्तिले स्वदेशमै रोजगार नपाएसम्म देशको बेरोजगारी अन्त गर्न सहयोग नपुग्ने भएकोले उद्योगहरुले आफनै जनशक्त्तिलाई रोजगारमा प्राथकिता दिन आग्रह गरे । मन्त्री राईले प्राविधिक जनशक्त्ति देश विकासका लागि आवश्यक भएकोले उनीहरुले स्वदेशमै रोजगार पाउन सकेमात्र दक्ष शिक्षित युवाहरु पलायन हुनबाट रोक्न सकिन्छन भने ।

पुर्व समाजिक विकास मन्त्री तथा मनमोहन विश्वविद्यालयका संरक्षक जिवन घिमिरेले मनमोहन प्राविधिक विश्वविद्यालय प्रदेश सरकारको गौरवको सम्पत्ती भएकोले लगानी बढाएर दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गराउन चासो दिन प्रदेश सरकारलाई आग्रह । घिमिरेले   सम्झौता अनुसार प्रदेश सरकारले लगानी नगर्दा विश्वविद्यालयको स्तरउन्नतीमा ढिलाई भैरहेको भन्दै प्रदेश सरकारले लगानी बढाउन कन्जुस्याई गर्न हुदैन भने । उनका अनुसार सम्झौता अनुसार गर्नुपर्ने साठी प्रतिशत लगानी प्रदेश सरकारले नगरेको गुनासो गरे ।

विश्विद्यालयको आंगिक क्याम्पस मनमोहन पोलिटेक्निकका प्राचार्य ईन्जिनियर सुदिप ढुंगानाले आफुहरुले हरेक बर्ष ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स र सिभिल ईन्जिनियरिडदेखी आईटी क्षेत्रका पाँचसय बढी दक्ष जनशक्त्ति उत्पादन गरिरहेको जानकारी गराए । तर उनीहरुले स्वेदशमा रोजगार नपाउँदा विदेश जानेगरेको बताए । प्रचार्य ढुंगानाले पोलिटेक्निकले स्वदेशका उद्योगहरुको आवश्यकतालाई अध्यन गरेर विभिन्न क्षेत्रका शीपपयुक्त्त जनशक्त्ति पनि उत्पादन गरिरहेकोले उनीहरुलाई रोजगारमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उद्योग संगठन मोरडका अध्यक्ष राकेश सुरानाले उत्पादन भएका नेपाली जनशक्त्तिहरुलाई आपेक्षा अनुसार पारिश्रमीक दिन उद्योगहरु असर्मथ भैरहेको भन्दै प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । अध्यक्ष सुरानाले उत्पादन भएका जनशक्त्तिहरु स्वदेशमा भन्दा विदेशको रोजगारतर्फ आर्कषित हुनेगरेकोले पनि उद्योगहरु भारतबाट प्राविधिक जनशक्त्ति ल्याउन बाध्य भैरहेको बताए । उनका अनुसार अर्कोतिर उत्पादित जनशक्त्ति सुहाउँदो नहुँदा रोजगार दिन उद्योगहरु असर्मथ हुनेगरेका छन ।अध्यक्ष सुरानाले भने , ’उद्योग सुहाउँदो प्राबिधिक जनशक्त्ति उत्यादन भए भारतीयलाई हैन स्वदेशीलाई नै रोजगार दिन उद्योगहरु तयार छन तर सरकारको सहयोग आवश्यक पर्छ ।’  

दुहवी नगरपालिका प्रमुख बेदनारायण गच्छदारले प्राविधिक जनशक्त्ति उत्पादन गराउन आफुहरुले हरेक बर्ष छात्रबृत्ति दिईरहेको जानकारी गराउदै उद्योगहरुले भरपर्दो रोजगार दिएमा पालिकाले छात्रबृत्तिमा अझै लगानी बढाउने प्रतिबद्धता जनाए । उनले हरेक पालिकाहरुले पनि प्राविधिक जनशक्त्ति उत्पादन गराउन लगानी गर्नुपर्नेमा जोड दिए । पालिका प्रमुखले गच्दारले भने , ‘प्राविधिक जनशक्त्तिको स्नानिय तहमा एकदमै खाँचो छ यसैले पालिकाहरुले पनि लगानी गर्नचासो बढाउनुपर्छ । उनले विश्विद्याललाई पालिकाहरुसँग सहकार्य गर्न पनि आग्रह गरे । ’

अरिहन्त फाईबर्षका व्यावस्थापक नारायणप्रसाद लामिछानेले विश्वविद्यालयले उत्पादन गरेका जनशक्त्तिले पुरा अवधि काम गरेमात्र उद्योगहरु रोजगारमा लगानी गर्न उत्सुक हुने बताए । तर केही महिना रोजगार गरेर शिपमा थप दक्षता हासिल गरेर नेपाली जनशक्त्तिहरु विदेश पलायन हुनेगर्दा उद्योगहरु रोजगार दिन हिचकिचाउनु परेको बताए। प्रिमियर प्रालिका प्रशासन प्रमुख माधव घिमिरेले प्राविधिक जनशक्त्तिलाई रोजगार दिन आफुहरुले प्राथमिकता दिएपनि विचैमा काम छाडिदिँदा उद्योगलाई मर्का पर्नेगरेको बताए ।

रिलायन्स ईण्डिसट्रिजका व्यवस्थापक आषिस काफलेले विश्विद्यालयले उत्पादन गरेका जनशक्त्ति दक्ष भएको र आफुहरुले रोजगारमा प्राथमिकता पनि दिने गरेको भन्दै तर विचैमा काम छाडेर जाने गर्दा उद्योगको लगानी खेर जाने गरेको उद्योगको उत्पादनमा समेत बाधा पुग्ने गरेको बताए । व्यवस्थापक काफलेले ’भने पुरा अवधि काम गर्नसके मात्र स्वदेशका जनशक्त्तिमा भरपर्न सकिन्छ यसमा विश्विद्यालय र सरकारले पनि चासो दिनुपर्छ ।’

;कृष्णग्रिलका सञ्चालक  लवमणी राजभण्डारीले विश्विद्यालयले सैदान्तिक मात्र नभएर प्रयोगात्मक रुपले पनि दक्ष जनशक्त्ति उत्पादन गराउनुपर्छ भन्दै अझै स्वदेशका उद्योगहरुलाई चाहिने जनशक्त्ति उत्पादन हुन नसकिरहेको बताए । सञ्चालक राजभणरीले प्रदेश सरकार र विश्विद्यालयलाई आग्रह गर्दै भने अझै ‘स्वदेशी उद्योगलाई चाहिने दक्ष ओभरसियर र ईन्जिनियहरु उत्पादन भैरहेका छैनन यसमा सरकार र विश्विद्यालयले चासो देओस ।’

कोशी प्रदेशका भौतिक बस्तु उत्पादन गर्ने उद्योगहरुमा मात्र नभएर अस्पताल , होटल र अन्य उद्यमहरुमा अझै दक्ष प्राविधिक जनशक्त्तिको अभाव छ । उद्योगहरु अझै भारतीय प्राविधिकहरुकै भरपर्ने गरेका छन ।

कोशी प्रदेश सरकारले स्थापना गरेको मोरङको बुढीगंगामा रहेको देशको पहिलो मनमोहन  प्राविधिक विश्वविद्यालयले स्नातक र डिप्लोमा तर्फ सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिक बिषयका दक्ष जनशक्त्ति उत्पादन गर्दै आएको छ । यसैगरि स्नातक तर्फ फार्मेसीका दक्ष जनशक्त्ति उत्पादन गर्न लागिपरेको छ । साथै अस्पतालका लागि चाहिने दक्ष जनशक्त्ति उत्पादन गर्न अस्पताल मनेजमेन्ट विषयमा स्नातोकोत्तरको पठनपाठन पनि सुरु गरेको छ । 

मनमोहनले स्वदेशका उद्योगहरुलाई सुहाउँदो प्राविधिक जनशक्त्ति उत्पादन गर्न प्राकृतिक चिकित्सादेखी विषयको पठनपाठन गराउन पाठयक्रम पनि तयार गरिसकेको छ । मनमोहनले भावी दशबर्षे शैक्षिक कार्ययोजना बनाएर  तीन वटा स्कूलहरु स्थापना गरि दशवर्षमा स्नातक, स्नातकोत्तरदेखी पिएचडी सम्मका २८ वटा विभिन्न विषयहरु सञ्चालनगरि हरेक बर्ष २८ सय ३१ ज्ना विभिन्न बिषयका दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्ने लक्ष्य  छ ।  

 


काठमाडौं असार २८ गते । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थी भित्र अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कलेजले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्ने गर्दछ । 



बिहीबार एक कार्यक्रमका विच कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले खेलकुद सप्ताहको उद्घाटन गर्दै पढाईसँगै विद्यार्थीको कला र प्रतिभालाई उजागर कर्न कलेज सदैव सकारात्मक रहेको बताए । ‘खेलको माध्यमबाट विद्यार्थीहरुमा रहेको प्रतिभालाई अगाडी ल्याउन कलेज सदैव प्रतिबद्ध छ यहाँहरुले अनुशासनमा रहेर आफ्ना प्रतिभाहरुलाई उजागर गर्नुहोला ।’ खेलकुदकै माध्यमबाट पनि विद्यार्थीहरु जीवनमा सफल बन्न सक्ने भन्दै उनले भने । 

खेलकुद सप्ताहमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत करिब दुई हजार विद्यार्थी संलग्न रहेको कलेजका मिडिया रिलेसन अफिसर आशिष झाले जानकारी दिए । खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटवल लगायतका दुई दर्जन प्रतियोगिताहरु चल्ने कलेजको विद्यार्थी कल्याण शाखाले जनाएको छ । 

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिताको फाइनल सकिँदै जाँदा विजयी विद्यार्थीहरुलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ । प्रतियोगिता असार ३० गतेसम्म चल्ने जनाइएको छ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरु मध्ये नेक उत्कृष्ट इन्जिनियरिङ कलेज हो ।  


विराटनगर ।  विराटनगर–२ बरगाछी चोकस्थित विराट क्षितिज कलेज र काठमाण्डौंस्थित लीपफ्रग टेक्नोलोजीबीच सम्झौता भएको छ ।

कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि इन्टर्नशिप र प्लेसमेन्टमा सहयोग पुर्याउने उदेश्यका साथ सम्झौता भएको हो । 

सम्झौता पत्रमा विराट क्षितिज कलेज विराटनगरको तर्फबाट  अध्यक्ष ज्ञानेन्द्र कार्की र काठमाण्डौंस्थित लीपफ्रग टेक्नोलोजीको तर्फबाट म्यानेजर किरणकुमार रेग्मीले हस्ताक्षर गरेका छन् ।

नेपालको टप कम्पनी मध्ये एक रहेको लीपफ्रग टेक्नोलोजीमा ५०० जना भन्दाबढी विशेषज्ञ सफ्टवेयर इन्जिनियरहरू कार्यरत रहेका छन्न् ।  यस सम्झौता अनुसार, कलेजका सेमेस्टर १ देखि ७ सम्मका विद्यार्थीहरूलाई विशेष आइटी तालिम प्रदान गरिनेछ ।

नेपाल मात्र नभएर  भारत, जापान, कोरिया र इजरायलका आईटी कम्पनीहरूमा पनि इन्टर्नशिप र प्लेसमेन्टको अवसर प्राप्त गर्ने विराट क्षितिज कलेजले जनाएको छ ।  कलेजको नयाँ आएको व्यवस्थापकीय टिमले अनुभवी र दक्ष शिक्षकहरू राखेर नयाँ शैक्षिक सत्रबाट बीएससी सिएसआइटी र बीसिए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

 शान्त तथा पठनीय वातावरणमा, सुविधा सम्पन्न भवनमा स्थायीत्व दिनेगरी कलेज विराटनगर–२ बरगाछी चोकस्थित नयाँ भवनमा सरेको छ । उक्त कलेजमा बीएससी सिएसआइटीमा ३६ र बी सिएमा ३५ जना विद्यार्थीको कोटा रहेको छ । सीमित विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षासँगै सिपयुक्त दक्ष जनशक्ति प्रदान गर्ने कलेजको दाबी छ । यस सम्झौताले नेपालको शैक्षिक क्षेत्र र आइटी उद्योगबीचको सहकार्यलाई बलियो बनाउने र देशको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।


विराटनगर | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबैको सहकार्य र समन्वयले डेंगु नियन्त्रण गर्न सकिने बताउनुभएको छ ।

बुधबार महानगरले आयोजना गरेको सरोकारवालाहरुसँगको अन्तरक्रियामा मेयर कोइरालाले मनसुनसँगै विभिन्न जिल्लामा डेंगुको संक्रमण बढ्दै गएकाले महानगरले पनि १९ वटै वडामा डेंगु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले ‘खोज र नष्ट गर’ अभियान सबै वटाका टोल–टोलमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेविका, स्थानीयलगायतको उपस्थितिमा सञ्चालन भइरहेको बताउनुभयो ।

 ‘बेलैमा हामी सजग भयौं भने डेंगुको संक्रमण फैलिनबाट रोक्न सक्छौं,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि घरभित्रको फ्रिज, कुलर, बाल्टिङ, गमलालगायतमा पानी जम्न दिनहुँदैन । घर वरिपरि पानी जम्न नदिने हो भने डेंगु फैलिन पाउँदैन । त्यो काम स्वयम् घरधनीले नै गर्न सकिन्छ । महानगरवासी सबैले आफ्नो घर वरिपरि पानी जम्न नदिएमा डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।’

उहाँले महानगरको एक्लो प्रयासले मात्रै डेंगु नियन्त्रण हुन नसक्ने उल्लेख गर्नुभयो ।

अन्तरक्रियामा मोरङ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहताले एक्कासि उच्च ज्वरो आउनु (१०२ डिग्री), ५ देखि ६ दिनसम्म ज्वरो नघट्नु,  आँखाको जेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरु दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा राता बिमिराहरु देखापर्नेजस्ता लक्षणहरु देखिने जानकारी दिनुभयो । मेहताले डेंगुको भाइरस लामखुट्टेबाट व्यक्तिमा सर्ने बताउनुभयो । एडिस लामखुट्टेको माध्यमबाट सर्ने डेंगु भाइरसको नेपालमा विभिन्न प्रजाति रहेको उहाँले जानकारी दिनुभयो । मेहताका आनुसार एडिस एजिप्टि नाम रहेको लामखुट्टेको महिला प्रजाति डेंगुका प्रमुख भेक्टर हुन् । 

‘दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजाति मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्दछन् । भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको शरीरमा फैलिन्छ,’ उहाँले भन्नुभयो, ‘रगत खाइसकेपछि यसले ताजा पानि जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ । एउटा पानीको स्रोतमा १०० देखि २०० सम्म अण्डा पार्न सक्छ भने एकपटकमा कैयौं स्रोतमा अण्डा जम्मा गर्छ । यसका अण्डा निर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीव्र गतिमा बढ्ने गरेको छ ।’ संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसि संक्रमण प्रक्रिया बढाउने उहाँको भनाइ छ । उहाँका अनुसार एकपटक संक्रमण भएपछि मानिसमा त्यस प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटी मिल्छ ।

अन्तरक्रियामा वडाध्यक्षहरु कुमार पोखरेल, वासुबहादुर बस्नेत, मधुबाबु तिवारी, विश्वनाथप्रसाद भगत, अर्जुन गिरी, अफिनका कोशी प्रदेश अध्यक्ष डा. शंकर अधिकारी, जनस्वास्थ्य विज्ञ कैलाश खाकी श्रेष्ठ, आदर्श माविका प्राचार्य सन्तोष पोखरेललगायतले डेंगुको फैलिन नदिन सबै नागरिक सचेत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले घरभित्र र वरिपरि पानी जम्न नदिएमा डेंगु नफैलिने दाबी गर्नुभयो । महानगरले अब शैक्षिक संस्थाहरुमा समेत गएर विद्यार्थीलाई डेंगुका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिनुभयो ।


विराटनगर | विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न सफल भएको छ ।

नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबीचको प्रभावकारी समन्वयका कारण पुँजीगत खर्च बढेको मेयर नागेश कोइराला बताउनुहुन्छ । ‘जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी र उपभोक्ता समितिहरुको सक्रियताले नै पुँजीगत खर्चमा सुधार आएको हो,’ मेयर कोइरालाले भने, ‘आगामी आर्थिक वर्ष यसमा अझै सुधार गर्नेछौं ।’ चालुतर्फ महानगरले ८४ दशमलव ५५ प्रतिशत खर्च गरेको छ । १ अर्ब ६३ करोड विनियोजन गरेकामा १ अर्ब ३८ करोड ३७ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

महानगरले वित्तीय व्यवस्थापनतर्फ ५ करोड विनियोजन गरेकामा ४ करोड ७३ लाख खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्षमा ७५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । गत आर्थिक वर्ष ६४ प्रतिशत खर्च गरेको थियो । 

महानगरले ३ अर्ब ३६ करोड १७ लाख बजेट विनियोजन गरेकोमध्ये २ अर्ब ५२ करोड १ लाख रुपैयाँ खर्च गरेको लेखा शाखाका प्रमुख संजीव भट्टराईले जानकारी दिनुभयो । ६ वटा महानगरमध्ये काठमाडौं महानगरले सबैभन्दा कम पुँजीगत खर्च गरेको छ । काठमाडौंले ५१ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

 


बिराटनगर असार २६ गते | तेह्रथुम-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तिनै तहका संरचनाका कर्मचारीले सहकार्य, सहस्तित्व र समन्वयमा काम गर्नुपर्ने बताउनुभएको छ। 

बुधबार तेह्रथुममा कर्मचारीहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले तिनै तह मिलेर काम गर्दा नागरिकलाई सहज हुने बताउनुभयो। 

सबै कर्मचारी जिम्मेवार नागरिक भएकाले सोही अनुरूप नागरिक सेवामा लाग्न उहाँले कर्मचारीहरूलाई निर्देशन दिनुभयो। 

यस्तै मुख्यमन्त्री कार्कीले पहाडमा बसाईसराईको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै बसाईसराई  रोक्ने गरी काम गर्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, 'पहाडमा सडक र बाटो पुग्न थाले। तर मानिसहरू चाहिँ झोला तुम्बा बोकेर मधेश झर्न थाले। यो चिन्ताको विषय हो। यसलाई रोक्न सबै लाग्नुपर्यो।' नेपाल प्राकृतिक हिसाबले सुन्दर भएकाले कृषि पर्यटन मार्फत रोजगारी सिर्जना गरेर पहाडको बसाईसराई रोक्ने काम गर्नुपर्ने उहाँले बताउनुभयो । 

अर्को प्रसङ्गमा उहाँले असारे विकास प्रवृत्तिलाई रोक्नका लागि आगामी साउनदेखि नै कार्ययोजना बनाएर १ करोड माथिका योजना पहिलो चौमासिकमै कार्यान्वयनमा लैजाने बताउनुभयो । उहाँले त्यसका लागि आवश्यक पर्ने विधि प्रक्रिया टुङ्ग्याएर काम चाँडै थाल्ने बताउनुभयो । 

वित्तीय प्रगतिको हिसाबले कोशी प्रदेश उत्कृष्ट प्रदेश रहेको बताउँदै मुख्यमन्त्री कार्कीले आगामी वर्ष वित्तीय प्रगति बढाउने बताउनुभयो । 

कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले जनताको भावना बुझेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। 

सो कार्यक्रममा तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी मिरा अर्यालले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा तेह्रथुमका प्रदेश सभा सदस्य कमला दर्नाल र किशोर चन्द्र दुलाल लगायतले बोल्नुभएको थियो ।


काठमाडौं असार २६ गते | गणेस लम्साल- अस्तालमा उपचार गराएर नशामुक्त्त भै  पुर्नजिवनपाउन सकिन्छ भन्ने धेरै लागु औषधको कुलतमा परेर सिकिस्त भएका विरामीहरुले अझै थाहापाउन सकेका छैनन । यसैले अझै धेरै कुलतका विरामीहरु उपचार अभावमा  शारिरिक र मानसिक रोगी बनिरहेका छन । 

साथै  अस्पतालको उपचार अभावले अझै धेरै विरामीहरु नशा मुक्त्त हुनसुधार केन्द्रको भरपर्न पनि बाध्य भैरहेका  छन । तर  आजकल लामो समय लागु पर्दाथहरु रक्सी , गाँजा , ब्राउनसुगर र मेडिकल ड्रग्स( ब्याब्लेट र सुई , सिरप) ) प्रायोग गरेर शारिरिक र मानसिक रुपमा असक्त्त भएका विरामीहरुलाई विशेषज्ञ चिकित्सकहरुले अस्पतालमा भर्ना गरेर प्रत्यक्ष निगरामा  सफल उपचार गर्न थालेका छन ।


सुधारकेन्द्र छाडेर अस्पताल आउन थाले विरामी

आजकल सुविधा सम्पन्न अस्पतालहरुमा दक्ष मनोचिकित्सहरु बाट नशा मुक्त्त बनाउने सफल उपचार हुनथालेपछि लागु औषध सेवन गरेर शरिरिक र मानसिक रुपमा असक्त्त भएका विरामीहरु सुधारकेन्द्र जान छाडेर अस्पताल आउनेक्रम बढन थालेको छ । चिकित्सकहरुका अनुसार पहिले अस्पतालहरुमा नशा मुक्त्तहुने उपचार गराउन लागु औषधका विरामीहरु एक दुई जनामात्रआउने गर्दथे ।

 तर ठूला अस्पतालहरुले मानसिकविभाग स्थापना गरेर दक्ष मनो चिकित्सकहरु बाट स्वदेशमै भरपर्दो उपचार गराउन थालेपछि नशामुक्त्त हुन अस्पतालमा आउने विरामीहरु आर्कषित हुनथालेको चिकित्सकहरुको भनाई छ  । हाल मोरङको बुढीगंगा २ मा रहेको  विराट शिक्षण अस्पतालमा मात्र  मानसिक विभागमा दैनिक बीस जनाभन्दा बढी लागु पर्दाथ सेवन गर्ने सिकिस्त विरामीहरुको उपचारका लागि भर्ना हुन थालेका छन ।

यसरी गर्छन चिकत्सकहरु कुलतका विरामीको उपचार

अस्पतालमा शारिरिक मानसिक रुपमा सिकिस्त भएर आएकालागू औषधकाविरामीहरुलाई बिशेषज्ञ मनोचिकित्सकहरुले मानसिक विभागमा  विज्ञहरुको  टिम नै परिचालन गरेर उपचार गर्नेगर्दछन । अस्पतालमा आएकाविरामीहरुको चिकित्सहरुले पहिले  विमारको अवस्थाबुझेर ‘बेसिकलाईन चेक’अन्तर्गतपहिले विरामीको सुगर , प्रेसर , मृगौला ,कलेजो , पिसाब, मुटु र रगतआदिचेकजाँच गर्ने गराउने गर्दछन  । त्सपपछि जाँचको रिर्पोटका आधारमा विरामीहरुलाई मानसिक विभाग अन्गर्तत कसैलाई सघन त कसैलाई समान्य कक्षमा राखेर  चिकित्सहरुले प्रत्यक्ष निगरानीमा चौविसै घण्टा उपचार गर्दछन । उपचारका क्रममा कुलतका विरामीहरुको शारिरिक मानसिक अवस्था अनुसार क्रमश फिजिकलसँगै कुलतमुक्त्त गराउने औषधी सेवन गराउने गर्दछन । यसरी अस्पतालमा १० देखी एक महिनासम्म भर्ना भएर विज्ञ चिकित्सकहरुको निगरानीमा प्रत्यक्ष उपचार गरेका विरामीहरु कम्तीमा छ महिनादेखी एक बर्षसम्म नियमित औषधी सेवन गरेर नशामुक्त्त हुनेगरेका छन ।

उपचार हुनथालेपछि कुलतमुक्त्तहुन अस्पताल आउने विरामीहरु बढन थाले

सुविधा सम्पन्न अस्पतालहरुले दक्षविशेषज्ञ चिकित्सहरु नियुक्त्त गरेर मानसिक विभागमा उपचार गर्न थालेपछि पहिले सुधार केन्द्रमाजाने र घरमै रोगी भएर बस्न बाध्य भैरहेका लागू पर्दाथकाविरामीहरु आजकलउपचार गराउन आस्पतालमा आउनेक्रम बढन थालेको मोरङ बुढीगंगा २ स्थित विराट शिक्षण अस्पतालका मानसिक विभाग प्रमुख मनोचिकित्सक प्रोफेसर डाक्टर नवराज कोइराला बताउँछन । विज्ञ मनोचिकत्सक कोइरालाका अनुसार आजलक अस्पतालमा सफलउपचार हुनथालेपछि दैनिक बीस जनासम्म कुलत मुक्त्त हुने उपचार गराउन विरामीहरु विराट अस्पतालमा  आउन थालेका छन ।

कुलत मुक्त्तउपचारमा अझै प्रचारप्रसारको कमी

चिकित्सक कोइरालाका अनुसार अझै दक्ष चिकित्सकहरुबाट सुविधासम्पन्न अस्पतालहरुमा सस्तो खर्चमा भरपर्दो तरिकाले नशामुक्त्त गराउने उपचार हुन्छ भन्ने धेरै विरामी र आफन्तहरुले जानकारी पाइसकेका छैनन । यसैले जानकारी अभावले पनि आउनुपर्ने जति कुलतका विरामीहरु उपचार गराउन अस्पताल आउने गरेका छैनन । 

अस्पतालमा गएर कुलत मुक्त्त भएर पुर्नजिवन पाउन सकिन्छ भन्ने  सबैले जानकारी पाएमा अस्पतालमा उपचार गराएर कुलत मुक्त्त हुनआउने विरामीको संख्या उल्लेख्य रुपले बढने छ । मनोविज्ञ चिकित्सक डा कोइराला भन्छन , ‘कुलतमा परेर शारिरिक र मानसिक विरामी भएकाहरुको अस्पतालमा भरपर्दो र सस्तो उपचार हुन्छ भन्ने अझै प्रचार प्रसार हुन सकेको छैन । यसैले अझै धेरै विरामीहरुको पहुँच अस्पतालसम्म पुग्न सकेको छैन । तर उचित प्रचारप्रसार भएमा धेरै जना विरामीहरु अस्पतालमा आएर उपचार गराएर नशा मुक्त्तभएर पुनर्जिवन पाउने हरुको सख्या उल्लेख्य बढने छ ।’

अस्पतालमा उपचार गराउने  विरामीहरु कुलतमुक्त्त हुन्छन

विज्ञ चिकित्सकहरुका अनुसार लामो समय नशा सेवन गरेर शारिरिक र मानसिकरुपमा विरामीभएका रोगीहरु प्रायले आफुलाई विरामीठान्दैनन । यसैले धेरै विरामीहरुले उपचारका लागि अस्पताल आउन  अटेर गर्ने गरेका छन । विरामी भएका ेमहशुस गर्नेहरु धेरैजनाले पनि अस्पतालमा उपचार गराएर नशामुक्त्तहुन सकिन्छ भन्ने अझै विश्वास गर्नेगरेका छैनन । यसैले उनीहरु अस्पतालमा भर्ना भएर चिकित्सकको निगरामीमा उपचार गराउन अस्पताल जान हिच्कचाउने गरेका छन  । अस्पतालमा सफलउपचार हुन्छ भन्ने जानकारीको अभावमा अझै आफन्त र अभिभावकहरुले कुलतमुक्त्त बनाउने आशामा विरामीलाई महंगो शुल्क तिरेर  सुधार केन्दमा भर्ना गरिदिने गरेका छन  ।

 तर सुधार केन्द्रमा चिकित्सकको निगरानीमा विरामीको चेकजाँच र औषधी उपचार हुदैन । यसैले केहीमहिना  सुधारकेन्द्रमा बसेर नशा सेवनबाट  ‘डिसकनेक्न्ट’ भएकै भरमा विरामीहरु दुब्र्यसनको विमारबाट मुक्त्तसक्दैनन । बरु पटक पटक सुधारकेन्द्रमा बसेपनि उनीहरु निस्केर समाजमा गएपछि नशामुक्त्त भएर पुर्नस्थापना हुनुको साटो पुन लागु औषध सेवन गर्न थालेर विरामी बनिरहन्छन । जसले गर्दा  घर परिवारले मात्र नभएर समाजले समेत हानी नोक्सीनी बेहोरिरहनुपर्दछ ।  

उपचार अभावले नशा मुक्त्त हुन नपाउँदा उनीहरुको जिवन सधैका लागिअन्धकार मात्र बन्दैन मृत्युपनि हुनेगर्दछ । मनोचिकित्सकहरुका अनुसार  अस्पतालमा आएर उपचार गराएमा लागु औषध सेवन गर्ने विरामीहरु केही महिनापछि नै निको भएर पुर्नजिवन पाउन सफल हुन्छन । विराट शिक्षण अस्पतालमा कुलतका विरामीहरुको उपचार गर्दै आएका मनोचिकित्सकहरु भन्छन , ‘अटेर गरेर गतिछाडी औषधी नै खानछाडेर  पुन नशा गर्ने विरामीहरुमात्र हत्तपत्त निको हुदैनन तर अस्पतालमा  उपचार गराएर नियमित औषधी सेवन गरेका विरामीहरु प्राय सबै कुलतमुक्त्त भैरहेका छन । ’


विराटनगर । सेभ द चिल्ड्रेनसँगको सहकार्यमा रानी नाकामा निर्माण गरिएको भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ ।

मंगलबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । सो भवन महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानी निर्माण गरिएको    हो । जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूसँगै संक्रामक रोग पनि भित्रिने जोखिम भएका कारण नवनिर्मित भवनबाट नियमित चेकजाँच गरिनेछ । अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार हरेक प्रमुख नाकामा हेल्थ डेस्कको व्यवस्था गर्नुपर्ने हुन्छ । जसअन्तर्गत नेपाल सरकारको नीतिअनुसार महानगरले रानी नाकामा यसअघिदेखि नै महामारी नियन्त्रणका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । विगतमा भवन नहुँदा टेन्टमार्फत सेवा सञ्चालन हुँदै आएको थियो ।

नेपाल सरकारले राज्यका प्रमुख नाकामा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरी यात्रुहरूको स्वास्थ्य परामर्श, परीक्षण, निदान वा प्रेषण सेवामार्फत संक्रामक रोगको नियन्त्रण र निवारणमा सहयोग पुग्ने विश्वास लिइएको छ । हाल पनि स्वास्थ्य सहायता कक्षमार्फत एचआईभी, एड्स, क्षयरोग, मलेरिया (औलो), कोभिडलगायतका संक्रामक रोगलाई प्राथमिकतामा राखेर चेकजाँच जारी राखिएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित र एकीकृत रुपमा कोभिड–१९, एचआईभी, क्षयरोग तथा औलोको परीक्षण र प्रारम्भिक उपचार हुनेछ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, विराटनगर वडा नम्बर १६ का अध्यक्ष उद्धव भुजेल, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीलगायतको उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा मेयर कोइरालाले नाकामा सुविधासम्पन्न भवन नहुँदा विगतमा स्वास्थ्य चेकजाँचमा समस्या देखिँदै आएको बताउनुभयो । उहाँले अब भवन निर्माण भएसँगै नेपाल प्रवेश गर्ने व्यक्तिहरूको नियमित चेकजाँच गरिने जानकारी दिनुभयो । मेयर कोइरालाले जनशक्तिसहित स्वास्थ्य उपकरण व्यवस्था गरिने बताउनुभयो । भविष्यमा आउन सक्ने महामारी नियन्त्रणमा नवनिर्मित हेल्थ डेस्कमार्फत समयमै संक्रमित व्यक्तिहरूको पहिचान गरी क्वारेन्टाइन तथा अस्पतालहरूमा उपचार गराउन सकिने स्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो । जसबाट अन्य व्यक्तिहरूमा संक्रमण हुनबाट जोगाउने उहाँको भनाइ छ ।

गत वैशाख १८ गते निर्माण सुरु भएको भवन असार २० गते सम्पन्न भएको थियो । महानगरपालिकाको २० लाख रुपैयाँ र सेभ द चिल्ड्रेनको १५ लाख ७६ हजार लागतमा निर्माण गरिएको भवनको चाबी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश सरकारका प्रतिनिधिको उपस्थितिमा सेभ द चिल्ड्रेन ग्लोबल फण्ड कार्यक्रमका प्रमुख दीपक पौडेलले मेयर कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सेभ द चिल्ड्रेन ग्लोबल फण्डले महोत्तरीको जलेश्वर नगरपालिका मलिवारा भिट्टामोडमा समेत हेल्थ डेस्कका लागि भवन निर्माण गरेको पौडेलले जानकारी दिनुभयो ।


 श्याम राई, उदयपुर  गाईघाट, २५ असार | सोमबार रातीदेखि परेको भिषण बर्षाको कारण उदयपुरको जनजीबन प्रभावित बनेको छ ।

बर्षाको कारण नदी तटिय  क्षेत्रका गाउँबस्ति डुबानमा परेका छन् भने गाईघाट–दिक्तेल सडक, कटारी–घुर्मी सडक लगायत जिल्लाको ग्रामीण सडक क्षेतिग्रस्त बनेको छ ।

बर्षाले बाटो क्षतिग्रस्त बनाएपछि मंगलबार ग्रामीण सडकमा यातायात संचालन हुन सकेन । धेरै ग्रामीण सडकमा पहिरो खसेर बाटो नै बगाएको छ । डहर–रौता सडकको धेरै भागमा पहिरो गएर बाटो बगाएको वडा नम्बर–१४ का वडा अध्यक्ष हेम मगरले बताए ।

जिल्ला सदरमुकाम गाईघा पूर्ब भएर बग्ने बरुवा खोलामा आएको बाढीले बाध कटान गर्न थालेपछि नदी बजार तर्फ पस्त सक्ने खतरा बढेसँगै स्थानीय त्रसित बनेका हुन् ।

अहिले कटान नियन्त्रण गर्न सेना, प्रहरी, स्थानीय बासिन्दहरु त्रियुगा नगरपालिकाको सहयोगमा नदीमा अस्थायी तटबन्ध गर्ने काम खटिरहेका छन् । बर्षाकै कारण त्रियुगा, बरुवा, गिदेरी र द्धवार खोलाको तटीय क्षेत्र आसपासको गाउँबस्ति डुबानमा परेका छन् । निरन्तर रुपमा भैरहेको भारी बर्षाको कारण नदीमा आएको बाढी बस्तीमा पस्दा तपेश्वरी, भागलपुर, बेलका, सुन्दरपुर, जोगिदह, रामपुर, चौदण्ढिगढी र त्रियुगाको अधिकांश भु–भाग डुबानमा परेको प्रहरीले जनाएको छ ।

 

 

 



विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि सुझाव–पत्र बुझाएको छ । सोमबार परिषद् महेन्द्र मोरङ क्याम्पस इकाइ समितिले क्याम्पस प्रमुख डा. रामावतार शरणलाई सुझाव–पत्र बुझाएको हो ।

क्याम्पसको शैक्षिक, प्रशासनिक तथा वातावरणको समग्र सुधारका लागि निम्न माग तथा सुझावहरू क्याम्पस प्रमुखलाई बुझाएको क्याम्पस संयोजक सरोज यादवले जानकारी दिए ।

व्यवस्थापन, शिक्षा, विज्ञान, कला संकायमा आन्तरिक परीक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीले भर्ने अध्ययन शुल्कको सदुपयोग गर्दै एउटा कक्षा कोठामा २ वटा फ्यान, प्रत्येक कक्षाकोठामा गुणस्तरीय प्रोजेक्टरको व्यवस्था, कक्षाकोठा तथा शौचालयको दैनिक रूपमा सरसफाई, पानी ट्याङ्गीको सरसफाई, शुद्ध पिउने पानी तथा क्याम्पस परिसरको नियमित सरसफाइ तथा व्यवस्थापन गर्नुपर्ने इकाइ समितिले माग गरेको छ ।

यसैगरी संकायअनुसारका पुस्तकालय कक्षको निर्माण गर्दै पुस्तकालयमा परिमार्जित पाठ्यक्रमअनुसारका पुस्तकहरूको उपलब्धता साथै थप सहज पहुँचका लागि इ–लाइब्रेरीको परिकल्पनालाई अगाडि बढाउँदै व्यवस्थित गर्नुपर्ने, छात्रवृत्ति वितरणमा भइरहेको दलीय भागवण्डा तथा नातावाद कृपावादको अन्त्य गर्दै स्वच्छ प्रतिस्पर्धाका आधारमा वैज्ञानिक मापदण्ड निर्माण गर्दै छात्रवृत्ति वितरण गर्नुपर्ने उल्लेख गरिएको छ । 

विज्ञान प्रयोगशाला प्रभावकारी बनाउन, विज्ञान प्रदर्शनी तथा आविष्कार केन्द्र जस्ता विषयमा क्याम्पस प्रशासनको ध्यान जानुपर्ने, भर्ना, रजिष्ट्रेसन, प्रमाणपत्र, लब्धाङपत्र आदिको प्राप्तिको लागि अनलाइन पद्धतिको विकास गर्दै छिटो र तुरून्त प्रशासनिक सेवा सुविधा उपलब्ध हुने नीति एवं वातावरण निर्माण गर्नुपर्ने, प्रत्येक वर्ष क्याम्पसको आयव्यय विवरण सरल भाषामा सार्वजनिक गर्नुपर्ने परिषद्को माग छ ।

यस्तै विविएसको कक्षा सञ्चालन हुने भवनमा वर्षाको बेला पानि चुहिने समस्याको समाधान गर्नुपर्ने, विद्यार्थीको क्षमता अभिवृद्धिका लागि आन्तरिक मूल्याङ्कन पद्धतिको विकास गर्न, प्रत्येक वर्ष शैक्षिक भ्रमण एवं संकाय अनुसार अध्ययन एवं अनुसन्धानका लागि अध्ययन भ्रमणको व्यवस्था गर्नुपर्ने क्याम्पस प्रमुखलाई बुझाएको माग एवं सुझाव–पत्रमा उल्लेख गरिएको छ ।

यस्तै प्रत्येक ६–६ महिनामा प्राज्ञिक एवम् खोज तथा अनुसन्धानमूलक जर्नल प्रकाशित गरिनुपर्ने,  क्याम्पसका भौतिक संरचना तोडफोड गर्ने, प्राध्यापक, विद्यार्थी तथा कर्मचारीमाथि दुव्र्यवहार जस्ता अमर्यादित एवं आपराधिक क्रियाकलापको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने, छात्रावासको सञ्चालनको प्रक्रियालाई अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी फरक क्षमता भएका विद्यार्थीको पठनपाठनमा सहजताका लागि सोही अनुसारको भौतिक संरचना निर्माणका लागि पहल गर्न र फरक क्षमता भएका विद्यार्थीको पठनपाठनमा सहायताका लागि सहयता समिति तथा कोष निर्माण गर्नुपर्ने र सेनिटरी प्याडको उचित एवम् प्रभावकारी व्यवस्थापन गर्नुपर्ने परिषद् महेन्द्र मोरङ इकाइ समितिको माग छ ।

परिषद् महेन्द्र मोरङ इकाइले विगत लामो समयदेखि विद्यार्थीको हितका लागि विभिन्न प्रशिक्षण, अभियान तथा रचनात्मक गतिविधिको आयोजना गर्दै आइरहेको क्याम्पस संयोजक यादवले बताए । आफ्ना माग तथा सुझावहरूलाई क्याम्पसले सम्बोधन गर्ने विश्वास लिइएको उनले बताए ।



गणेश लम्साल- बिराटनगर | मोरङको बुढीगंगा २ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना विरामी उपचारका लागि भर्ना हुन्छन । ती विरामीहरुलाई सेवा गर्र्ने त्यहाँ महिला नभएर सबै  पुरुष नर्सहरु छन ।उनीहरु नझर्की, अत्ताईकन धैर्यपुर्व शान्त नम्रबोलीले भर्ना भएका  विरामीको उपचार सेवामा सहयोग गर्ने गर्दछन ।

 उनीहरु दैनिक साँझ विरामन मात्र नभएर आकस्मिक रुपमा अवेर राती पनि विरामीको नियमित जाच गर्ने,  समयमा औषधी खुवाउने , रगत तान्ने , हिस्ट्री लिने , रेकर्ड राख्नुदेखी , ईसिजी गर्ने र शौच गरेको नगरेको विभिन्न जाँचहरु पठाउने र रिर्पोट अभिलेखिकरण गरेर राख्नेदखी डाक्टरहरुलाई विरामीको अवस्था व्रिफिङ गर्नेदेखी  विरामी र उनीहरुका कुरुवालाई काउन्सिलिङग गर्ने काम उनीहरु जिम्मेवारी पुर्वक गर्नेगर्दन  ।यति मात्र नभएर कति सिकिस्त विरामीहरुलाई दिसापिसाब गराउन शौचालय लानेदेखी लुगा फेरिदिने मात्र नभएर औषधी नखाने विरामीहरु कसैलाई फकाएर त कसैलाई चुर्ण बनाएर औषधी खुवाउने  काम पनि गर्नेगर्छन। विरामीको प्रभावकारी सेवा गरेकै कारण्  विराट अस्पतालको मानसिक विभागमा आजकल महिला नर्सहरु छैनन त्यहाँ  सबै काम स्वास्थ्य सहायक पढेका तालिम प्राप्त पुरुष नर्सहरुले नै सेवा दिइरहेका छन । 

उसैपनि नर्स भएर विरामीको सेवा गर्नु सजिलो काम हैन । यसकालागि शिक्षाको डिग्री र मात्र भएर पुग्दैन । नर्स हुनका लागि मृदृभाषी , लगनशिल र जिम्मेवार पनि हुनुपर्छ । अझ मानसिक विरामीहरुको सेवा गर्ने काम कष्टकर र जोखिमपुर्ण हुन्छ । उपचार गर्न भर्नाका भएका विरामीहरु कोही मानसिक रुपले विक्षिप्त भएका हुन्छन भने कोही चिच्याउने कराउने , होल्हल्ला गर्ने कुटपिट गर्ने खालका पनि हुन्छन । प्रायले आफुलाई विरामी मान्दैनन र औषधी र खाना पनि पनि खान चाहदैनन झगडा गर्छन । कतिपय त अस्पतालबाट भागेर पनि जान्छन ।

विरामी जाँचेर औषधी लेख्ने दक्षता हासिल गरेपनि आफुहरु थप अनुभव हासिल गरेर दक्ष स्वाथ्यकर्मी बन्नका लागि जोखिम मोलेर भएपन नर्स भएर विरामीको उपचार गर्न लागिपरेको विराट अस्पतालमा मानसिक विभागमा कार्यरत नर्स निरजकुमार देव बताउँछ । निरज जस्तै तीन बर्षे स्वास्थ्य सहायक (एचए) कोर्ष गरेर तालिम  लिएका विजय राजवंशी , मनोज मेहता , प्रशासन्त ठाकुर नितेशकुमार मेहता र सिकन्दर यादवहरु पुरुष नर्स बनेर मानसिक रोगीहरुको निरन्तर सेवा गरिरहेका छन । 

हामीहरु पुरुष मात्र नभएर असक्त्त महिला बालबालिका र जेष्ठनागरिक सबै असक्त्त विरामीहरुलाई कुनै भेदभाव नगरि   कडा र जटिल खाले सबै  विरामीहरुको झर्को नमानी सेवासुश्रृषा गर्छौ ’, मानसिक विभागमा दुई बर्षदेखी नर्स भएर विरामीको सेवा गर्दैै आएका नर्स मनोज मेहता र उनका साथीहरु बताउँछन । सन्तुष्ट हुनेगरि सेवा गरेकै कारण  आजसम्म कोही पनि विरामी र कुरुवाहरुले असन्तुष्टि नजाएको बरु सबैले प्रशंसानै गरेको पुरुष नर्सहरु बताउँछन ।

कार्यरत नर्स प्रशान्त ठाकुरका अनुसार मानसिक वार्डमा उपचार गराउन आएका कति विरामीहरु होसवास नभएका पनि हुन्छन भने कति चाँही कुटपिट गर्ने र आफुमाथि हिँस्रक व्यवहार गर्नेहरु पनि हुन्छन । कतिपयले मौका खोजेर आफुलाई घात गर्नेदेखी आत्महत्या गर्नेसम्मको प्रयास पनि गर्दछन । यसैले सेवामाखटिएका नर्सहरुले चौबिसै घण्टासर्तक हुनुपर्दछ । आफुहरुको सजगता  र धैयर्ताकै कारण आजसम्म कुनै अप्रिय घटना हुनपाएको र बरु उपचारमा आएका विरामीहरु पनि निको भएर अस्पतालबाट डिस्र्चाज भएको नर्स सिकेन्द्र यादव बताउँछन । 

मानसिक विभागमा भर्ना भएका विरामीको सेवामा स्वास्थ्य सहायक पढेका पुरुषहरुले पनि महिला नर्सहरुले भन्दा प्रभावकारी सेवा दिइरहेकोले उपचार  सेवा प्रभावकारी बनाउन भरपर्दो सहयोग पुगिरेहको मानसिक विभागका  रेसिडेन्सियल ईन्र्चाज  चिकित्सक डाक्टर शिर्षकदिप श्रेष्ठ वताउँछन ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.