Websoft University
May 2024


बिराटनगर २०८१ जेठ १८ गते | नेपालका सबै जसो औद्योगिक कोरिडोरका उद्योगहरुले विगत केहि महिना देखि खेप्नु परिरहेको अघोषित तथा अनियमित विद्यूत कटौतिका वावजूद नेपाल विद्यूत प्राधिकरणले भारतलाई विद्यूत निर्यात गर्न थालेको भन्ने विभिन्न सञ्चार माध्यमहरुबाट प्राप्त समाचार प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

 नेपाल विद्यूत प्राधिकरणले विगत केहि महिना देखि स्वदेशी उद्योगहरुको आवश्यकता अनुरुप विद्यूत आपूर्ति गर्न नसकिरहेको तथा उद्योग संचालन अवरुद्ध हुने गरी अघोषित तवरले दिनहुँ १२ घण्टा सम्मको लोडसेडिङ गरिरहेकोमा गत सोमबार देखि प्राधिकरणले ४०० मेघावाट विद्यूत भारत निर्यात गरिरहेको भन्ने समाचार आश्चर्यजनक छ ।

विद्यूत आपूर्ति अभावमा एकातर्फ स्वदेशी उद्योगहरु पूर्ण रुपमा संचालन हुन नसकिरहेको, स्वदेशी उत्पादकत्वमा ह«ास आएको तथा उत्पादित वस्तुहरुको अभावमा महंगी बढेको अवस्था छ भने अर्को तर्फ सरकार स्वदेशी उद्योगहरुको हकहित, संरक्षण एवं सम्वद्र्धनका निमित्त विभिन्न नीतिहरु र संयन्त्रहरु अपनाउन प्रयत्नशील रहेको छ ।

 तथापी, स्वदेशी उद्योगहरुलाई आवश्यकता अनुरुपको विद्यूत आपूर्ति नगरी तथा अघोषित लोडसेडिङको मारमा राखी नेपाल विद्युत प्राधिकरणले ‘आन्तरिक खपत पश्चात् बचत भएका विद्यूत भारत निर्यात गर्न थालेको’ भन्ने भ्रमपूर्ण जानकारी दिनुबाट प्राधिकरणले स्वदेशी उद्योगहरु प्रति अन्याय गरेको देखिन्छ ।

 अतः मुलुकको उत्पादकत्व एवं आत्मनिर्भरता अभिवृद्धि तथा स्वदेशी उद्योगहरुको संरक्षणार्थ नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण लगायत सम्बन्धित सबै निकायहरु समक्ष विद्यूतको स्वदेशी खपत तथा आवश्यकता परिपूर्तिमा विशेष ध्यान दिएर मात्र बाँकी रहेको विद्यूतको निर्यात गर्न जोडदार अपिल गर्दछौँ ।

 



काठमाडौं | जीवित देवी कुमारीमा आधारित नाटक हो अग्निचक्षु । समाजशास्त्र अध्ययन गर्दै गरेकी बांलाले आफ्नो शोधकार्यको विषय कुमारी छनोट गरेकी छिन् ।

नाटकको सुरुवात पूर्व कुमारी अष्टलक्ष्मी र उनीसँग जोडिएका व्यक्तिहरूसँग अन्तक्र्रिया गर्दै सन्दर्भ सामग्रीहरू जम्मा गरेकी हुन्छिन् । यसै सिलसिलामा उनिएका प्रसङ्ग नाटकका घटना बनेका छन् । व्यक्तिगत स्वार्थ त्याग गरेर राष्ट्र ९नेपालमण्डल० जोगाउन गरेको मय्जुलानीको वीराङ्गनाको कथा आएको छ ।

 परापूर्वकालदेखि नै कुमारीप्रति श्रद्धा गर्दै आएको इतिहास पनि यसको सूक्ष्म विषय हो । मल्ल राजाहरूकी आराधनाकी देवीको रूपमा कुमारीलाई लिँदै आएको इतिहास छ । विशेष गरी कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश तुलजा देवीसँग पासा खेल्ने, राज्यसञ्चालनको मार्गदर्शन लिन्थे भन्ने प्रसङ्ग यहाँ आएको छ । पासा खेल्ने क्रममा एकदिन उनको देवीसँग कुदृष्टि परेकोले देवीले अब उप्रान्त प्रत्यक्ष दर्शन नदिने कुरा भएपछि जयप्रकाश विचलित हुन्छन् । उनले आफ्नो क्रियाकलापप्रति पश्चात्ताप गर्छन् ।

आफ्ना शिष्य जयप्रकाशको त्यो पश्चातापले देवीको मन पग्लिन्छ र नेवार जातिको कोखबाट कुमारीको रूपमा जन्म लिनेछु, उनै जिउँदी कुमारीभित्र मेरो रूप हुनेछ, तिनैलाई मेरो प्रतिमाको रूपमा लिनू भनेपछि जयप्रकाश मल्लले काठमाडौको वसन्तपुरमा कुमारीघर बनाएर राजकीय सम्मानका साथ कुमारी राख्ने चलन चलाउँछन् । यो चलन अहिलेसम्म चलिआएको छ ।

यस नाटककी प्रमुख पात्र अष्टलक्ष्मी सामाजिक खराब परिपाटीबाट विचलित देखिन्छिन् । उनी आफ्नो प्रेमी सुलभको खराब प्रवृत्ति अनि आफ्नो पारिवारिक मायाममताको अभावमा घरै छाडेर हिँड्ने मनस्थितिमा हुन्छिन् । बांला र चिताइदारको उत्प्रेरणाले समाज रुपान्तन्रणमा नारी शक्तिको महत्त्व बोध गराइएपछि अष्टलक्ष्मी समाजबाट हटेर हैन डटेर अगाडि बढ्ने मनस्थितिमा पुग्छिन् । नाटक सकिन्छ ।

नाटककार चन्द्रप्रसाद पाण्डेयद्धारा लिखत यो नाटक ‘अग्निचक्षु’ बुधबारदेखि काठमाडौंको बत्तीसपुतलीस्थीत शिल्पी थिएटरको गोठाले नाटक घरमा मञ्चन सुरु भएको छ ।

साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन भइरहेको  नाटक हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिएका छन ।

संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू समेटेर नाटक तयार भएको लेखक चन्द्रप्रसाद पाण्डेय बताउछन् । उनी भन्छन्९ कला र संस्कृति राष्ट्रको अमूल्य सम्पति हो । यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । राज्य तथा नारी शक्ति पुञ्जको रूपमा कुमारीलाई सबैले मान्दै आएको परम्परा नेपालको धरोहर सम्पदा हो । गौतम बुद्धको जन्मथलो, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश अनि जीवित देवी कुमारी पुज्ने देशको रूपमा नेपाल विश्वमा परिचित छ, त्यसैले पनि संस्कृतिमाथि काम गर्ने क्रममा हामीले यस पटक यो विषयमा नाटक तयार पारेका हौं ।

त्यस्तै नाटकका परिकल्पनाकार तथा निर्देशक झकेन वि सी कुमारीको ऐतिहासिक विषयवस्तुमाथि नाटक बनाउन पाउँदा आफू धेरै खुसी भएको बताउछन् ।

नाटकमा कलाकारहरू मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापा मगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल, एअरिका चौलागाई९बाल कलाकार० रहेका छन् । सङ्गीत परिकल्पना तथा संयोजन अनुप तिमिल्सिनाको रहेको छ भने अनुपसँगै प्रत्यक्ष सङ्गीतमा,पूजा विश्वकर्मा, इन्द्रमान महर्जन, प्रतीक प्रजापति रहेका छन् भने कोरियोग्राफी जे।डी।तमुको रहेको छ ।नाटकको बजार व्यवसथापन चक्र प्रसाद पोखरेलले गरेका छन भने किरण पराजुलीले संचार संयोजन गरिरहेकाछन ।

नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार १ बजे अतिरिक्त सो हुनेछ। नाटकको समयावधि करिब डेढ घण्टा रहेको छ।


विराटनगर, जेष्ठ १८ गते | तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ ।

नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरु प्रशिक्षण दिइने छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले गरे । उनले कार्यक्रमको उद्घाटन गर्दै खेल र खेलाडीको विकासका लागि भइरहेको बजेट अपर्याप्त रहेको बताए ।

खेलाडीहरुको हकअधिकारका लागि ठाउँमा पुगरे ठोस तवरबाट आवाज उठाउने वा बोल्ने काम कम भएको हुँदा सोचे अनुरुपको खेल क्षेत्रले विकास गर्न नसकेको सदस्यसचिव बस्नेतले बताए । सरकारले भर्खरै बजेट ल्याएको छ । खेलकुदलाई बजेट विनिेयोजन उत्साहका साथ गरेको देखिँन्दैन । खेलकुद क्षेत्रमा बजेट विनियोजन गर्नका लागि हरेक सरकारले कन्चुस्याइँ गर्ने गरेको सदस्यसचिव बस्नेतले बताए ।

सरकारसँग सामाजिक विकास मन्त्रालयका लागि छुट्याएको बजेटमध्ये एक तिहाई प्रदेश खेलकुद विकास बोर्डलाई छुट्याउन माग गरेको बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘खेलकुद चलायमान बनाउनका लागि पर्याप्त बजेट जरुरी छ । सरकारलाई खेलकुद क्षेत्रमा पर्याप्त बजेट छुट्याइ दिन पनि आग्रह गर्दछु । खेलाडीहरुले गर्वका साथ खेलेर बाँच्न सक्ने आधार अझै पनि निर्माण भएको छैन । खेलेर आफ्नो जीवनयापन गर्न सक्ने आधार हामीहरु जस्ता खेलकुदमा लागेकाहरुले बनाइ दिनुपर्छ ।’

६ दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षणमा काठमाडौंबाट आएका टार्जन सुब्बा र नर्भु लामाले सहजीकरण गर्ने छन् । प्रदेशका ५० जना प्रशिक्षकहरुको सहभागिता रहेको र प्रशिक्षकहरुको क्षमता अभिवृद्धि गर्दै खेलका नयाँ रणनीति र खेल नियमबारे जानकारी गराई तेक्वान्दो संघ मोरङका अध्यक्ष दीवस नेपालले बताए ।

पूर्व वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँ, कोशी खेलकुद विकासका प्रशिक्षण प्रमुख शोभितराज प्रसाईं, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष विनायक पन्त, नेपाल तेक्वान्दो संघ विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतले शुभकामना दिएका थिए ।


श्याम राई, उदयपुर गाईघाट, १८ जेष्ठ | बेल्टार बजारका ब्यापारीहरुले शुक्रबार सडकमा फोहोर फ्याकेर बिरोध जनाएकाछन् ।

चौढण्डीगढी नगरपालिकाले फोहोर ब्याबस्थापनमा उदासीन देखाएको भन्दै उनीहरुले बिच बजारमा फोहोर फ्याकेर बिरोध गरेका हुन ।

बजार क्षेत्रको फोहोर उठाउन सफाई कर्मचारी नियमित नआउने, लामो समय सम्म बजारमा फोहोर थुप्रिएर दुर्गन्ध हुँदा समेत नगरपालिकाले बेवास्ता गरेको बिरोधमा आफूहरुले फोहोर सडकमा फ्याकेर बिरोध गरेको उनीहरुको भनाई छ ।

बजारको फोहोर ब्यबस्थापनको लागि सर्बदलिय, सर्बपक्षिय भेलाबाट फोहोर प्रभाबकारी ढंगले उठाउने मेयर कालु लामाले गरेको प्रतिबद्धता पूरा नभएको ब्यापारी केशब खड्काले बताए । उनले प्रतिबद्धता पूरा नगरेको कारण आज फोहोर सडकमा फ्याकेर बिरोध गर्नु परेको उनले बताए ।

मेयर लामाले भने फोहोर ब्यबस्थापनको काम नियमित रुपमा भैरहेको बताए । सफाई कर्मचारीको संख्या कम हुदा कहिले काही बजारको फोहोर उठाउन ढिलो हुन गएको उनले बताए । अब अर्को आर्थिक बर्षमा बजेट ब्यावस्थापन गरेर सफाई कर्मचारी थप गर्ने तयारी भैरहेको उनले बताए ।

 

 



श्याम राई, उदयपुर गाईघाट, १८ जेष्ठ | स्वास्थ्य, सुन्दर र शान्त समाज हाम्रो ज्ञान, दब्र्यसन जोखिम न्युनिकरण प्रेमबादको अभियान भन्ने नाराको साथ शुक्रबार कटारी बजारमा विश्व सुर्तीजन्य पदार्थ बिरुद्धको दिबस मनाईयो ।

हेवन्लि निर्माणपाथ नेपाल कटारी नगरको आयोजनामा दुब्र्यसन विरुद्ध जनचेतना मुलक कार्यक्रमको आयोजनागरि दिबस मनाईएको हो । बिहान कटारी बजारमा ¥याली निकालि नगर परिक्रमा गर्दै कार्यक्रमको बारेमा बक्ताहरुले आ–आफ्नो धारणा समेत राखेकाछन् । 

झण्डै डेड दशक देखि कटारी बजारमा दुब्र्यसन विरुद्ध अभियान संचालन गर्दै आएका अभियन्ता नारायण राईले मुलुकलाई दुब्यर्सन मुक्त बनाउने अभियानको थालनि आ–आफ्नो घर परिवार देखि शुरु गर्नु पर्ने बताए ।



काठमाडौँ
१७ जेठ । महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार कानूनले सम्बोधन गरेपनि त्यसको विषयमा जानकारी नै हुन नसकेको बताएका छन् । 


राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । 'कानूनले सम्पत्तिमाथि छोराछोरी दुवैको समान अधिकारको व्यवस्था गरेको भएपनि धेरैलाई त्यसको विषयमा जानकारी नै हुन सकेको छैन । तल-तल त्यसको विषयमा जानकारी नै छैन', मन्त्री चौधरीले भन्नुभयो, 'आफ्नै दाजुभाइसँग किन झगडा गर्नेकिन सम्बन्ध बिगार्ने भनेर पनि धेरै महिलाहरूले सम्पत्तिमाथि दाबी नै गर्ने गरेका छैनन् । 


जबकि यो हामी सबैको समान अधिकार हो । होइन बेकारमा परिवारमा किन द्वन्द्व सिर्जना गर्ने भनेरमहिलाहरू पछाडि सर्ने गरेको पाइन्छ ।'

यी कुराहरूको एड्भोकेसी गर्न जरुरी भएको बताउँदै उहाँले महिलाको अधिकारका लागि एकजुट हुन आवश्यक रहेको बताउनुभयो । ३८/३९ वटा महिला अधिकारसँग सम्बन्धित ऐनकानून रहेको भन्दै मन्त्री चौधरीले संविधान सँगसँगै फौजदारी संहिता नेपाल संहिता ऐनभित्र पनि धेरै वटा कानूनहरू आएको बताउनुभयो । 


धेरै कानूनहरू कार्यान्वयन भएको अवस्था नरहेको बताउँदै उहाँले महिला अधिकारलाई सुनिश्चितता गराउनका निम्ति अझै मेहनत गर्न आवश्यक रहेको बताउनुभयो । 'सबैको बजेट बढ्दै गयो तर महिला मन्त्रालयकोबजेटको सिंहावलोकनहरू झन् घट्दै गयो । पितृसत्तात्मक सोचलाई चिर्न आवश्यक छ । 


मन्त्रीको रूपमा मैले पनि सकेन र स्वयं राष्ट्रिय योजना आयोगमा रहनुभएका माननीय सङ्गीताज्यूले पनि सक्नुभएन', मन्त्री चौधरीले भन्नुभयो, 'हामीसँग अहिले ७५३ वटै पालिकाहरू छन् । महिला विकास अधिकृतहरू स्थानीय तहमा गाभियो । तर अहिले महिला मन्त्रालयको तल संरचना नहुँदा काम गर्न अप्ठ्यारो परिरहेको छ । त्यो सेवाग्राही स्वयंले पनि महसुस गरिरहनुभएको छ ।'


अहिलेसम्म निर्माण भएका ऐनकानूनको कार्यान्वयनको अवस्थाको समीक्षा गर्दै आगामी योजनासहित अगाडि बढ्नुपर्ने मन्त्री चौधरीले बताउनुभयो । अहिले बालविवाहको अवस्था विकराल बन्दै गएको भन्दै उहाँले यसको न्यूनीकरणका निम्ति पनि अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'अहिले पनि बालविवाहको अवस्था विकराल बन्दै छ । यसलाई नियन्त्रण गर्न आवश्यक छ ।'


अप्ठ्यारोमा परेकाहिंसामा परेका महिलाहरूका निम्ति राज्यले नै उनीहरूको सुरक्षा गर्न सेल्टर हाउसहरू बनाउन आवश्यक रहेको मन्त्री चौधरीले बताउनुभयो । 'यी कुराहरू आवश्यक छ । त्यसका निम्ति बजेट चाहिन्छ । यसपालि केही गर्न सकिन्छ कि भनेर लागे तर निकै न्यून बजेटको व्यवस्था गरियो ।

 

महिला दिवस मनाउनुको औचित्यता रहेको भन्दै उहाँले यी कुरालाई सबैले आत्मसाथ गर्न आवश्यक रहेको बताउनुभयो', मन्त्री चौधरीले भन्नुभयो, 'तीन तहको निर्वाचन हुन्छ । यी सबै प्रतिस्पर्धाहरू हेर्दाखेरि साँच्चिकै महिलाको सबै कुराहरू आयो त ?  विषयहरू आयो त भनेर हेर्दा महिलाको छुट्टै आन्दोलन आवश्यक छ कि भन्ने पनि लाग्छ ।'


विराटनगर | आगामी आर्थिक वर्षको बजेटमा लैंगिक हिंसा रोकथामका कार्यक्रमलाई समेटेर बजेट ल्याउन विराटनगर महानगरपालिकालाई सरोकारवालाहरुले सुझाव दिएका छन् ।

महानगरपालिकामा बुधबार आयोजित छलफलमा गैरसरकारी संस्थाका प्रमुख र प्रतिनिधिहरुले लैंगिक हिंसा रोकथामलाई बल पुग्ने गरी बजेट बनाउन सुझाव दिए । एवीसी नेपाल कोशी प्रदेशकी अध्यक्ष विष्णु शर्माले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, लैंगिक हिंसा पीडित, बालबालिकाको हितमा कार्यक्रम सञ्चालन गर्ने गरी बजेट ल्याउन सुझाव दिइन् । 

कोकनकी प्रमुख मञ्जिता उपाध्यायले विराटनगर कोशी प्रदेशको राजधानी हुनुका साथै प्रदेशको एक मात्रै महानगरपालिका भएकाले पनि यहाँ हुने गतिविधिलेअन्य पालिकालेसमेत प्रेरणाका रुपमा लिने बताइन् । अन्य स्थानीय तहले अनुशरण गर्ने गरी सामाजिक क्षेत्रलाई समेटेर बजेट ल्याउनुपर्नेमा उनले जोड दिइन् । खुल्ला सीमानाका कारण हुने लागूऔषध सेवन र ओसारपसारलाई न्यूनीकरण गर्न विशेष अभियान जरुरी रहेकाले त्यसतर्फ पनि बजेट केन्द्रित हुनुपर्ने सिविनका वासु अधिकारीले सुझाव दिइन् ।

 कार्यक्रममा भीएनएफपीएका श्याम थापा, बाल समाजकी सीता पौडेल, नारी विकास संघकी सीता शर्मा, ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेशका अध्यक्ष मणि अज्र्याल, ज्येष्ठ नागरिक संघ विराटनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, सामथ्र्य समाजकी आकृति रानी फुयल, अधिकारकर्मी कोषराज न्यौपानेलगायतले स्थानीय रुपमा सञ्चालित गैरसरकारी संस्थाको क्षमता विकास, ज्येष्ठ नागरिक, युवा, बालबालिका, महिला, अपाङ्गता भएका व्यक्तिको हितमा बजेट आउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कार्यबाहक मेयर मधुबाबु तिवारीले छलफलमा अत्यन्तै राम्रा सुझाव आएको बताए । उनले आएका सुझावलाई आगामी वर्षको बजेटमा समेट्ने प्रतिबद्धता जनाए । वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेतले भौतिक विकाससँगै मानवीय विकासलाई पनि महानगरले प्राथमिकतामा राखेर अगाडि बढिरहेको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महानगरको आन्तरिक आम्दानी कम भएका कारण सबैको अपेक्षा पूरा गर्न नसकिएको प्रस्ट पारे ।

 महानगरले गर्नुपर्ने क्षेत्र धेरै भएकाले अहिलेको आम्दानीले सबै क्षेत्रलाई समेट्न गाह्रो परेको बताए । सो अवसरमा सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतमलगायतले महानगरको राजस्व संकलनको अवस्था, बजेटका प्राथमिकता र लक्ष्यलगायतका विषयमा जानकारी गराएका थिए । गैसस मोरङकी अध्यक्षसमेत रहेकी विष्णु शर्माले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने सुझाव लिखित रुपमै बुझाउनुभएको थियो ।


बिराटनगर २०८१ जेष्ठ १५ गते | मंगलबार, नेपाल सरकार अर्थ मन्त्रालयबाट प्रस्तुत आर्थिक वर्ष २०८१र८२ को बजेट भाषण मोरङ उद्योग व्यापार संघको हलमा अवलोकन गर्नु हुँदै संघका अध्यक्ष श्री अनुपम राठीज्यू, निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू पूर्व अध्यक्ष श्री महेश कुमार जाजुज्यू, श्री उदय प्रसाद ओझाज्यू लगायत कार्यसमिति पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु तथा सञ्चारकर्मीज्यूहरु एवं कार्यक्रम पश्चात् अध्यक्षज्यू एवं पूर्वअध्यक्षज्यू र पदाधिकारीज्यूबाट बजेट सम्बन्धी आफ्नो प्रतिक्रिया दिनु भएको थियो ।


श्याम राई, उदयपुर गाईघाट, १५ जेष्ठ | खोटाङं प्रहरीले खुन डाका मुद्दामाजन्म कैदको सजाय पाएका फरार तिन जनालाई पक्राऊगरेकोछ ।

आईतार पक्राऊ परेका उनीहरुलाई सोमबार फैसला कार्यन्वयनको लागि जेल चलान गरिएको छ । २०६८ चैत्र ४ गते केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका मनराज सुनुवारको हत्यामा सङलग्न सोही गापा–७ सुङदेलका ५७ बर्षिय भिम बहादुर राई, ५८ बर्षिय चमार सिंह राई र ४३ बर्षिय तारा बहादुर राईलाई पक्राऊ गरिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

सङदेलका दान बहादुर राईको घरमा उनीहरुले डाकागरि गरगहना, नगद र पुरातात्विकका सामाग्रीहरु लुटेर भाग्दै गर्दै सोही घरमा सानो कटेरोमा बस्दै आएका सुनुवारले घट्ना थाहापाई होहल्ला गर्दा लुटेरा समूहले सुनुवारको तत्काल हत्या गरेका थिए । हत्यापछि उनको शब ५० मिटर तल फ्याकिएको अबस्थामा भेटिएको थियो ।

२०६८ चैत्र १२ मा पक्राऊ परेका उनीहरुलाई जिल्ला अदालत खोटाङले सर्बस्वसहित जन्मकैदको फैसला गरेपछि उनीहरु जेल चलान भएका थिए । तर २०७३ भदौ २० मा पुनराबेदन अदालत  राजबिराजले उनीहरुलाई डाका गरेको कसुरमा जनही १ लाख ३० हजार ५ सय रुपैया जरिवाना गर्ने फैसला सुनाएपछि उनीहरु जरिवाना तिरेर छुटेका थिए ।

फेरी २०७९ माघ १५ मा सर्बोच्च अदालतले जन्मकैदको फैसला गरेपछि फरार रहेका उनीहरुलाई लुकिछिपी बसेको बेला पक्राऊ गरिएको खड्काले बताए । सर्बोच्चले भिम बहादुरराई १४ बर्ष, चमार सिंहलाई १४ बर्ष र तारा बहादुरराईलाई १३ बर्ष ११ महिना १४ दिन कैद गर्ने फैसला भएको प्रहरीले जनाएको छ ।

गाईघाट, १४ जेष्ठ

चौढण्डिगढी नगरपालिकाले कर्मचारीको निधनमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नगरपालिकामा कार्यरत पशु बिकास अधिकृत दशरथ दासको सोमबार भएको निधनमा कार्यलयले विदा दिन लागेको हो । मुखको क्यान्सरबाट पिडित दासको गत पौष महिना देखि काठमाडौंमा उपचार हुदै आएको थियो । ५४ बर्षिय दासको उपचारको क्रममा निधन भएको मेयर कालुमान तामाङंले बताए ।

कर्मचारीको निधनमा सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए । सप्तरीको राजबिराज घर भएका स्व.दासको श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।



विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स र एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ ।

विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलको पहिलो खेलमा विराटनगरको वाइआरसीसी क्रिकेट क्लबलाई ६ रनले हराउँदै प्यान्थर्स र दोस्रो खेलमा एनबीएससी लायन्सले फुलबारी क्रिकेट क्लबलाई ५० रनले हराउँदै विजयी भएको हो । जितसँगै दुवै टिमले समान २–२ अंक जोडेको छ ।

टस जितेर ब्याटिङ रोजेको प्यान्थर्सले ७ ओभरमा ७ विकेट  गुमाई ८१ रन बनाएको हो । प्यान्थर्सका अलराउन्डर खेलाडी बसिर अहमदले ११ बलमा ३२ रन बनाए । उनले ४ छक्का र १ चौका प्रहार गरे । तुल बहादुर थापाले ८ बलमा १५ रन पारी खेल्दा एमडी अफाकले ६ बलमा ११ रनको योगदान दिए ।

वाइआरसीसीका अभिषेक पाठकले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । हेमन्त धमला र विपिन खत्रीले समान २ –२ विकेट लिए ।

 प्यान्थर्सले दिएको ८२ रनको विजय लक्ष्य पछ्याएको वाइआरसीसीले ७ ओभरमा ८ विकेट गुमाइ ७५ रन मात्रै बनायो । वाइआरसिसीका ओपन देव खनालले ७ बलमा २० रन बनाए ।उनले २ छक्का र २ चौका हिर्काए । अभिषेक पाठकले ८ बलमा २८ रनको योगदान दिए । उनले तीन छक्का र १ चौका प्रहार गरे । विनोद भण्डारीले १२ बलमा १० रन बनाउँदा अन्य वाइआरसीसीका अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

 प्यान्थर्सका अलराउन्डर खेलाडी बसिर अहमदले घातक बलिङ गरे । उनले २ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । उनी खेलको प्लेर अफ म्याच घोषित भए । साहब आलम र आयुष तिम्सिनाले समान १ –१ विकेट लिए ।

 एनबीएससीसँग फुलबारी पराजित

सोही दिन भएको दोस्रो खेलमा एनबीएससी लायन्स क्लबले फुलबारी क्रिकेट क्बललाई ५० रनले हराउँदै विजयी भएको हो ।

एनबीएससी लायन्सले निर्धातिर १० ओभरमा १ विकेट गुमाइ १५७ रन बनाएको हो । जसमा राहुल रोमाल्डले अर्धसतक कटाए । उनले २९ बलमा ८ छक्का र ४ चौका प्रहार गर्दै अविजित ७५ रन बनाए । सन्तोष कार्कीले २७ बलमा ६४ रनको योगदान दिए । उनले ७ छक्का र २ चौका हिर्काए ।

फुलबारीका एमडीले १ विकेट लिए ।

एनबीएससीले दिएको १५८ रनको विजय लक्ष्य पछ्याएको फुलबारीले निर्धारित १० ओभरमा ७ विकेट गुमाइ  १०७ रन मात्रै बनायो । जसमा राजेस सिंहले १४ बलमा ४१ रन बनाए । दिपक राज जोशीले १८ बलमा २३ रन पारी खेल्दा भुवन कार्कीले १४ रन बनाए ।

एनबीएससका बलर फिरदोज अन्सारी, सन्तोष कार्की र दिपेश कन्डेलले समान २–२ विकेट लिए । प्लेर अफ द म्याच एनबीएससीका सन्तोष कार्की घोषित भए ।

 दिवा रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि विराटनगर ६ बरमपुरामा १२ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फलड्लाईटको व्यवस्था गरेको छ ।

विराटनगर ६ का वडाअध्यक्ष अक्षय सहनीका अनुसार विजेता टिमले ५ लाख, उपविजेताले २ लाख, तेस्रोले एकलाख र चौथो हुने टिमले ५० हजार पुरस्कार पाउने छ ।

प्रतियोगिता सञ्चालनकालागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमध्ये वडा कार्यालयले ७ लाख दायित्व बोक्ने र बाँकी रकम प्रायोजकबाट संकलन गर्ने लक्ष्य रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमदबावु कुरेसीले बताए ।

प्रतियोगिताको म्यान अफ द सिरिजलाई २५ हजार, हरेक म्याचको म्यान अफ द म्याचलाई तीन हजार र एक ओभरमा ६ छक्का हान्ने ब्याटरलाई पुरस्कार स्वरुप वासिङ मेसिनको व्यवस्था गरिएको कुरेसीले वताए । उनका अनुसार प्रतियोगितामा विश्वकप खेल्न अमेरिका पुगेका खेलाडी बाहेकका मुलुकका सबै खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा मुलुकका विभिन्न ७ वटा क्लबको सहभागिता रहने र ती हरेक क्लबमा चार जना विदेशी खेलाडीले सहभागिता जनाउने छन् ।


विराटनगर | अत्यधिक गर्मी बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई सिलिङ पंखा उपलब्ध गराएको छ ।

विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ वटा सामुदायिक विद्यालयहरुलाई सिलिङ पंखा उपलब्ध गराएको महानगरले जनाएको   छ । सोमबार महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यबाहक मेयर मधुबाबु तिवारीले विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरुलाई पंखा हस्तान्तरण गर्नुभयो । केही दिनयता विराटनगरमा अत्यधिक गर्मी बढेको छ । जसका कारण पंखा नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु प्रभावित भएका छन् । चालु आर्थिक वर्षको विनियोजित बजेटबाटै पंखा खरिद गरेर विद्यालयलाई वितरण गरिएको कार्यबाहक मेयर तिवारीले जानकारी दिनुभयो ।

मेयर नागेश कोइरालाले गत वर्ष नै सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पंखा जडान गर्ने घोषणा गर्नुभएको थियो । मेयर कोइरालाकोको घोषणापछि चालु आर्थिक वर्षको बजेटमा पंखा खरिदका लागि बजेटसमेत विनियोजनसमेत गरिएको थियो । पहिलो चरणमा महानगरले एकैपटक ५ सय थान पंखा वितरण गरेको छ ।

शैक्षिक प्रशासन महाशाखाका अधिकृत सुशील दाहालका अनुसार प्रति विद्यालय ५ देखि २० थानसम्म सिलिङ पंखा उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा एक हजार पंखाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल ५ सय पंखा वितरण गरिएको दाहालको भनाइ छ । तत्काललाई पाँच सय पंखा उपलब्ध गराएसँगै विद्यालयहरुलाई जडान गर्न भनिएको छ । शैक्षिक प्रशाशन महाशाखाअन्तर्गत आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा विनियोजित २० लाख रकम अनुरुप सामुदायिक तथा धार्मिक विद्यालयले पंखा पाएका छन् ।

कार्यबाहक मेयर तिवारीले पंखा वितरण गर्नुको उद्देश्य विद्यार्थीलाई गर्मीयाममा पठनपाठनमा सहजीकरण गराउने रहेको बताउनुभयो । उहाँले महानगरले सामुदायिक विद्यालयमा अनुगमन गर्दा कक्षाकोठामा पंखा अभाव भएको देखिएकाले विद्यार्थीलाई राहत दिने कार्यक्रम तत्काल कार्यान्वयन गरिएको बताउनुभयो । विगत एक महिनायता ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम विराटनगरमा देखिएको छ । विराटनगर महानगरपालिकामा पंखा आपूर्तिका लागि मोरङ सुन्दरहरैंचाको मनोकामना अटो मोवाइल्सले ठेक्का लिएको थियो ।

पंखा प्राप्त गरेपछि विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले खुसी व्यक्त गरेका छन् । महानगरले अत्यन्तै प्रशंसनीय कार्य गरेको उनीहरुको भनाइ थियो ।

 


विराटनगर, १४ जेठ | युवाहरूमा वैचारिक चेतनाको विकास गर्ने उद्देश्यले विराटनगरमा ‘युवा विचार उत्सव’ आयोजना गरिने भएको छ । राष्ट्रिय गणतन्त्र दिवशको उपलक्ष्यमा जेठ १५ गते विराटनगरस्थित एलिट क्लबमा दिउँसो साढे ११ बजेदेखि सो कार्यक्रमआयोजनाहुन लागेको हो । 

विराट युवा विचारक मञ्चका संयोजक प्रमिल अधिकारीले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिएका हुन् । उनले विचार उत्सवले मुलुकका विभिन्न सामाजिक, आर्थिक र राजनैतिक मुद्दाहरुमा युवाहरुको आलोचनात्मक सोचाई विकास गर्ने बताए ।

‘विराटनगरराजनैतिक तथा वैचारिकक्षेत्रकोउद्गम भुमिको रुपमा चिनिन्छ ।  युवाहरुमा मुद्दाहरु पहिचान, सैद्धान्तिक पक्ष र व्यवहार रुपान्तरणसम्मको आलोचनात्मक चेतनाको विकास गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ,’ अधिकारीले भने ।

कार्यक्रममा राष्ट्रियस्तरका राजनीतिक दलहरुका नेताहरु तथा युवा उद्यमी एवम् बुद्धिजीविहरुको सहभागिता रहनेछ । कार्यक्रममा ‘नेपालको राजनीतिमा युवा नेतृत्व, सम्भावना र चुनौति’ र ‘नेपाली मैलिकतामा नविनता ः उद्यमशीलता र संस्कृति’ विषयमा बहस पनि हुनेछ । करिब २ सय युवाहरुको सहभागिता हुने आयोजकको दाबी छ । कार्यक्रमको समापन पश्चात विराट युवा विचारक मञ्चले नियमित रुपमा युवा केन्द्रित वैचारिक बहस एवम् पैरवी कार्यक्रमहरु सञ्चालन गर्ने घोषणा गरेको छ 


गाईघाट, १४ जेष्ठ | घरमै पार्किङगरि राखिएको मोटरसाईकल चोरी गरेको आरोपमा खोटाङंका एक युवा पक्राऊ परेकाछन् ।

त्रियुगा नगरपालिका–१२ सोनापुरबाट जेष्ठ १० गते राती हराएको प्रदेश–१–०५–००१ प २४६० को मोटरसाईकल चोरी गर्ने खोटाङं दिक्तेल मझवागढी नगरपालिका १७ का २६ बर्षिय अर्जुन प्रधानलाई प्रहरीले सोमबार पक्राऊ गरेको छ । उनले चोरी गरेको पल्सर मोटरसाईकल त्रिनपा ११ ईनार चोकस्थीत एक बर्कशपबाट शनीबार प्रहरीले बरामद गरेको थियो । उनले मोटरसाईकल मर्मतको लागि वर्कशपमा ल्याएको खुलेको प्रहरी नायब उपरीक्षक राजन चापागाईले बताए ।

खोटाङमा समेत चोरी गरेको खुल्न आएको छ । उनले खसी, किराना पसल र ब्यक्तिको नगद समेतको चोरी गरेको जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्दा दायर भएको पाईएको छ । चोरीपछि उनी फरार थिए ।

प्रहरीले जिल्ला अदालत उदयपुरबाट सोमबार ६ दिनको म्याद थपगरि चोरी सम्बन्धि कसुरमा अनुसन्धान शुरु गरेको चापागाईले बताए ।

 



श्याम राई, उदयपुर गाईघाट, १४ जेष्ठ | सदस्यता बिबादलाई लिएर नेपाल पक्रकार महासंघ उदयपुर शाखामा सोमबार बिहान तालाबन्दि गरिएको छ ।

जिल्ला शाखाले सर्बसम्बत निर्णयगरि पठाएको सिफारिस बिपरित केन्द्रले फरक ढंगले सदस्यता नबिकरण र आफू खुशी नयाँ सदस्यता थप गरेर पठाएको भन्दै पत्रकारसँग आबद्ध विभिन्न संघसंगठनहरुले महासंघको मुलगेटमा तालाबन्दि गरेका हुन् ।

महासंघले सबै पिलर संघसंगठनको सहमतिमा सर्बसम्बत रुपमा जिल्लामा आबद्ध पत्रकारको सदस्यता नबिकरण र नयाँ सदस्यता थप गर्ने सहमति गरेर केन्द्रमा सिफारिस गरेको थियो । तर उक्त सिफारीस बिपरित केन्द्रले फरक ढंगले सदस्यता सिफारिस र नयाँ सदस्यता बितरण गरेपछि पत्रकारहरु आन्दोलित भएकाछन् ।

जिल्लाले गरेको सदस्यता नबिकरण तथा नयाँ सदस्यता कायम सम्बन्धि निर्णय तथा सिफारिस तत्काल लागू गर्नु पर्ने भन्दै पत्रकारहरुले बिरोध जनाएका छन् । केन्द्रले उक्त निर्णय नसच्चाए नेपाल पत्रकार महासंघको कुनै पनि घोषित कार्यक्रम हुन नदिने पत्रकारहरुले जनाएकाछन् ।

उदयपुर शाखाको निर्वाचन जेष्ठ २६ गते तोकिएको छ । तालाबन्दि गर्ने संघसंगठनहरुमा पे्रस युनियन उदयपुर, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर उदयपुर, समाजबादी प्रेस संगठन उदयपुर, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ, तामाङं पत्रकार संघ र किरात पत्रकार संघ रहेको प्रेस युनियन उदयपुरका उपाध्यक्ष विश्वराज तामाङंले बताए ।

 

 



मोहन कुमार राई - जेष्ठ १३ गते | संखुवासभाको पर्यटकीय स्थल सभापोखरी स्थित धार्मिक तथा पर्यटकीय स्थल घुम्न आएको बृद्ध बुद्धिबहादुर गुरुङ उद्दारको क्रममा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकोछ ।

जिल्ला कास्की पोखरा महानगरपालिका–२९ घर बताउने बर्ष २७ को सागर गुरुङ र निजको बुबा बर्ष ७० को बुद्धि बहादुर गुरुङ जिल्ला संखुवासभा सभापोखरी गाउँपालिका–५ स्थित रहेको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी घुम्न भनी चैनपुर नगरपालिका–१ गुफापोखरीबाट जेष्ठ ५ गते सभापोखरीतर्फ गएकोमा तर जेष्ठ ८ गते सम्म हिड्दा पनि गन्तव्यमा पुग्न नसके पछी निजको बुबालाई सोही स्थानमा एक्लै छाडी जेष्ठ ९ गते बिहान सो स्थानबाट छोरा सागर गुरुङ नजिकको गाँउबस्ती खोज्दै जाने क्रममा जेष्ठ १० गते सभापोखरी गाउँपालिका–५ फाकुवास्थित स्थानीय मानिसहरूको घर गोठमा पुगी सहयोग मागेको प्रहरी स्रोतले जनाएको छ ।

स्थानीय मानिसहरूले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा जानकारी गराए पश्चात हेली एभ्रेष्ट प्रालि संगको समन्वयमा तत्काल हेलिकप्टर समेत प्रयोग गरी प्रहरी तथा स्थानीय मानिसहरु समेत भई खोजतलास गरिएको थियो ।

जेष्ठ ११ गते शुक्रवार बिहान पुनः खोज तथा उद्दार गर्ने क्रममा उक्त हेलिकप्टरको प्रयोग गरी स्थानीय मानिसहरू समेतको परिचालनमा ताप्लेजुङ र संखुवासभाको सीमाना सभापोखरी गाँउपालिका–५ लोरुम्बास्थित निज बुद्धि बहादुर गुरुङ मृत अवस्थामा फेला परेपछि उक्त शव सोही हेलीकप्टरद्वारा जिल्ला अस्पताल खाँदबारी, संखुवासभामा ल्याई कानूनी प्रकृया पुरा गरीएको तथा घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको मिडिया समन्वय अधिकृत प्र.नि रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

 


विराटनगर | नेपाल युवा परिषद् कोशी प्रदेशले पत्रकार एवं कवि मीनकुमार नवोदितसहित ९ जनालाई सम्मान गरेको छ । कोशी प्रदेश सम्मेलनका अवसरमा परिषद्ले नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने ९ जनालाई सम्मान गरेको हो ।

कोशी प्रदेशमा रहेर पत्रकारिता र साहित्यमा सक्रिय योगदान पु¥याएबापत नवोदितलाई सम्मान गरिएको आयोजकले जनाएको छ । पत्रकार नवोदितलाई कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । सो अवसरमा पत्रकारिता र साहित्यसँगै शिक्षा, स्वास्थ्य, समाजसेवी, युवा, सूचना प्रविधि, उद्यमीलगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । 

स्वास्थ्य क्षेत्रबाट विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की, शिक्षा क्षेत्रबाट योगेन्द्रकुमार मण्डल, खेलकुदबाट नेपाली क्रिकेट टिमकी पूर्वकप्तान रुविना क्षेत्री, युवा उद्यमी मोहन गजुरेल, महिला तथा बालबालिका र समाजसेवाका क्षेत्रमा सीता शर्मालाई सम्मान गरिएको थियो । त्यस्तै सूचना प्रविधितर्फ सविन फुयल (सुनसरी), सामाजिक सेवातर्फ रञ्जु शर्मा (झापा), युवातर्फ अरुण खड्का (सुनसरी)लाई सम्मान गरिएको थियो । उनीहरु सबैलाई सभामुख विष्टसहित नेपाल युवा परिषद्का केन्द्रीय अध्यक्ष सरोज बानिया, कोशी प्रदेश संयोजक अभय मगरलगायतले सम्मान गरे । कोशी प्रदेशमा रहेर आ–आफ्नो क्षेत्रमा योगदान दिएबापत उनीहरुलाई सम्मान गरिएको परिषद्का केन्द्रीय अध्यक्ष बानियाले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख विष्टले विकास र समृद्धिका लागि कोशी प्रदेशमा प्रचुर सम्भावना रहेको बताए । उनले युवाहरुको बढ्दो विदेश पलायनप्रति भने चिन्ता व्यक्त गरे । परिषद्का केन्द्रीय अध्यक्ष बानियाले अहिेल नेपालमा ४२.५६ प्रतिशत जनसंख्या युवाको रहेको उल्लेख गर्दै यो समयमा देशको विकासले गति लिनुपर्नेमा जोड दिए । 

युवाको यस्तो संख्या विश्वका अन्य कमै मुलुकमा भएको उनको भनाइ थियो । युवा जनशक्तिलाई परिचालन गरेर देश निर्माणमा जुट्नु जरुरी रहेको उनले औंल्याए । बानियाले ७ वटै प्रदेशमा प्रदेश सम्मेलन गरेर युवा लक्षित नीति निर्माण गर्न र बजेट निर्माण गर्न तीनै तहको सरकारलाई दबाब दिने बताए । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा कोशी प्रदेशका सबै जिल्लाका युवाहरुको सहभागिता रहेको कोशी प्रदेश संयोजक अभय मगरले जानकारी दिए ।


सुनसरी, जेष्ठ १३ गते । ट्राफिक ब्यबस्थापनको सहजताका लागि ईटहरीमा रहेको अटो सिटि बजाज सोरुमका संचालक प्रदिप कुमार सन्थालियाले ट्राफिक प्रहरीलाई ४ थान बिद्युतिय टेम्पो प्रदान गर्नु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी परिसरमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा ब्यबसायी एवं समाजसेवी सन्थालियाले ४ थान बिद्युतिय टेम्पो प्रमुख अतिथि खापुङलाई प्रदान गर्नु भएको हो । सोही कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले उक्त बिद्युतिय टेम्पो  ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई हस्तान्तरण गर्नु भयो । 

कार्यक्रममा प्रमुख अतिथि खापुङले सन्थालियालाई हार्दिक धन्यवाद दिनु हुँदै उक्त बिद्युतिय सवारी साधनले ट्राफिक प्रहरीलाई  ट्राफिक व्यवस्थापन कार्यमा सहजता पुग्नुका साथै उक्त सवारी साधनको प्रयोग गरी सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतनामुलक कार्यक्रमहरु संचालन गरीने बताउनु भयो ।

 कार्यक्रममा समाजसेवी सन्थालियाले सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक प्रहरीको काम कारवाहीमा सहजता तथा सवारी दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु नपरोस भनि प्रभावकारी ट्राफिक व्यवस्थापनको लागि बिद्युतिय टेम्पो आफुले प्रदान गरेको बताउनु भयो । उक्त कार्यक्रममा कोशी प्रदेशका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, सुनसरी जिल्लाका प्रहरी प्रमुख बिपिन रेग्मी लगायत ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


श्याम राई, उदयपुर गाईघाट, १३ जेष्ठ |  २२ औं कृष्ण सेन ईच्छुक स्मृति दिबसको अबसरमा आईतबार प्रेस सेन्टर नेपाल उदयपुर शाखाले जिल्ला अस्पताल उदयपुरमा ४० जना बिरामीहरुलाई फलफूल बितरण गरेको    छ ।

पे्रस सेन्टरमा आबद्ध पत्रकारहरुले बिहान अस्पतालमा पुगेर बिरामीहरुलाई फलफूल वितरण गरेको सेन्टरले जनाएको छ । फलफूल वितरण कार्यक्रममा सेन्टरका केन्द्रिय सदस्यहरु महेश्वर चाम्लिङ, भोटराज राई  र हरी कुमार राईको समेत उपस्थिति रहेको थियो । जिल्ला अस्पतालका प्रमुख मेसु डा. ज्ञानेन्द्र झाले समेत फलफूल वितरण गरेका थिए ।

पे्रस सेन्टरले हरेक वर्ष जेष्ठ १३ मा कृष्ण सेनको स्मृतिमा विभिन्न कार्यक्रमको आयोजनागरि दिबस मनाउने गरेको छ । पक्रकार एवम कबि समेत रहेका ईच्छुकलाई माओवादी द्धन्दका बेला नेपाली सेनाले पक्राऊ गरेर हत्या गरेका थिए । उनै सेनको सम्झनामा हरेक वर्ष पे्रस सेन्टर नेपालले दिबस मनाउदै आएको छ ।


श्याम राई, उदयपुर  गाईघाट, १३ जेष्ठ | बर्षेनी सप्तकोशीले कटान गर्दै आएको बेलका  नगरपालिका–८ स्थित डुमीबोट शिसौली पश्चिम कोशी धारमा बिगबोल्ड ड्यामको निर्माण कार्य शुरु भएको छ ।

शनीबार मेयर अशोक कार्कीले भूमि पुजनगरि निर्माण कार्यको थालनी गरिएको हो । कोशी तथा बक्राह नदी ब्यवस्था आयोजना मार्फत संघिय सरकारले उपलब्ध गराएको ४९ लाख रुपैयाको  लागतमा उपभोक्ता मार्फत कोशी कटान नियन्त्रणको काम शुरु गरिएको मेयर कार्कीले बताए । उनले अब बर्षा शुरु हुन लागेकोले यो महिना भित्र मै ड्याम निर्माणको काम सक्नेगरि काम शुरु गरिएको बताए ।

कोशी कटान नियन्त्रणको काम भारत सरकारको भए पनि उस्ले बजेटको ब्यवस्था नगरी दिदा कोशी कटान नियन्त्रणको काम हुन सकेको थिएन । कोशीले बिगत ३ वर्षदेखि निरन्तर पश्चिमतर्फ कटान गर्दा कोशी गाउँ बस्तिमा पसेर क्षेति पु¥याएको थियो ।

गत बर्ष पनि कांग्रेस नेता डा.नारायण खड्काको पहलमा सरकारले उपलब्ध गराएको रकमले कोशी कटान रोकथामको काम भएको थियो । यो बर्ष पनि डा.खड्काको पहलमा झण्डै ५० लाख सरकारले कोशी नियन्त्रणको लागि उपलब्ध गराएको मेयर कार्कीले बताए ।

उनले सरकारले कोशी कटान नियन्त्रणमा उदासिन देखाएकोले बजेट पर्याप्त पर्न नसकेको बताए । कोशी कटान नियन्त्रणको लागि १ अर्ब जति पर्न सके पश्चिम तर्फमा बर्षेनी भैरहेको कोशी कटान पूर्ण रुपमा नियन्त्रणमा आउने उनले बताए ।

 


बिराटनगर २०८१ जेष्ठ ११ गते | उद्योग संगठन मोरङले औद्योगिक क्ष्ँेत्रममा कार्यरत प्राविधिकहरुको सीप स्तरोन्नती तालिम सम्पन्न गरेको छ । उद्योगमा कार्यरत प्रँविधिकहरुलाई किफायती उर्जा खपतमा सीप तथा दक्ष्ँता अभिवृद्धि गर्ने उद्देश्यले संचालित ईनर्जी ईफिसियन्सी तालिममा २२ जना प्रशिक्ष्ाँर्थीको सहभागिता थियो । ईन्स्योर परियोजनासंगको सहकार्यमा संचलित संगठनको सीप विकास कार्यक्रम अन्तर्गत संचालित तालिम एम एम प्लाष्टिक उद्योगमा कार्यरत प्राविधिकहरु सहभागिता रहेको थियो ।

 २० दिने तालिमको समापन तथा पुरस्कार वितरण कार्यक्रम आज मिति २०८१ जेष्ठ ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले प्रशिक्ष्ाँर्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै उद्योग प्रतिष्ठानमा कार्यरत जनशक्तिको ज्ञान र सीप अभिवृद्धि भए उद्योगको उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने वताए ।  उनले उद्योग प्रतिष्ठानले भोग्दै आएको दक्ष प्राविधिकको अभावलाई मध्यनजर गरी उद्योगहरुको आवश्यकताका आधारमा संगठनले पाठयक्रम तयार गरी तालिम संचालन गर्दै आएको वताए । उनले पछिल्लो दिनमा यस प्रकारको तालिम संचालनका लागि उद्योगहरुको वढदो अभिरुची प्रति खुशी व्यक्त गर्दै प्रत्येक तालिमलाई कर्मचारीहरुले जिवनपर्यत्न्त सिकाईको प्रकृयाका रुपमा लिई आफनो कार्यसम्पादन क्षमतामा सुधार गर्न अनुरोध गरे ।

 तालिमका प्रशिक्ष्ँक संजय कुमार साहले तालिम अवधिमा प्राविधिकहरुलाई उर्जा खपत न्यूनिकरणका उपायहरु, खेर गईरहेको उर्जा नियन्त्रण तथा मेशिनको प्रयोग र संचालन विधि, प्राप्त उर्जाको समूचित उपयोग एवं व्यवस्थापन, उर्जा दक्ष्ँता पद्धती र महत्वका विषयहरु तालिममा समेटिएको वताए ।

 साथै संगठनको सीप विकास कार्यक्रम अन्तर्गत अरिहन्त मल्टिफाईवर्स लिमिटेडमा जुट व्याचिङ सम्वन्धी तालिम तथा परिवर्तित सन्दर्भमा प्राविधिकहरुलाई ईष्डष्ट्रि अटोमेशन भेरिएवल फ्रिक्वेन्सी ड्राईभ (भि.एफ.डी) सम्वन्धी तालिम संगठन हाताभित्र एकै साथ संचालन रहको संगठनले जनाएको छ ।

 संगठनले यसअघि विभिन्न उद्योग प्रतिष्ठानका प्रँविधिकहरुलाई एकै थलोमा जम्मा गरी तालिम दिदै आएकोमा सिकाईलाई थप प्रभावकारी वनाउनका लागि पछिल्लो समय सम्वन्धीत उद्योगको कार्यस्थल मै राखेर तालिम संचालन गर्ने नया अभ्यास अन्तर्गत यो तालिम संचालन गरिएको हो । संगठनले सम्वन्धीत उद्योगको मागको आधारमा सम्वन्धीत उद्योगका कार्यरत प्राविधिकहरुको दक्ष्ँताको मागका आधारमा पाठयक्रम समेत तयार गरी यस प्रकारको तालिम संचालन गर्ने रणनीति अख्तियार गरेको छ । यस आर्थिक वर्षमा ३ सय मध्ये १ सय जनाको तालिम सम्पन्न भईसकेको संगठनले जनाएको छ ।

तालिमको समापन कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष्ँ सुयष प्याकुरेल, वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठी र सीप विकास कार्यक्रमका संयोजक दिपक कुमार अग्रवाल तथा ईन्स्योर परियोजनाकी रेखा उप्रेतीको सहभागिता रहेको थियो ।

 

 


विराटनगर  | विराटनगर वडा नम्बर ५ स्थित सिद्धकाली आधारभूत विद्यालयले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

विद्यालयको ३५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उहाँहरुलाई सम्मान गर्नुभयो । विद्यालयको सल्लाहकारमा रहेर सहयोग गरेको भन्दै समाजसेवी केदार कार्की, शिक्षासेवी तथा युवानेता रुपेश खतिवडा, समाजसेवी मनमोहन श्रेष्ठ, वडा सदस्य अन्जु दाहाल, युवा नेता उद्धव कोइराला,पुष्प कटवाल, राजेश गिरी,अमित अग्रवाल, विद्यालयका पूर्वप्रधानाध्यापक देवनारायण मण्डललगायतलाई सम्मान गरिएको   थियो ।

मेयर कोइरालासहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादव र प्रधानाध्यापक राजेन्द्रकुमार थापाले सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयहरुकोगुणस्तर वृद्धिमा महानगरपालिकालागिपरेकोबताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचनामा समेत कुनै कमी हुन नदिने गरी महानगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो । मेयर कोइरालाले सामुदायिक विद्यालयका सबै कक्षाकोठामा पंखा जडान गरिने बताउनुभयो । गरिब तथा सीमान्तकृत वर्गका बालबालिका पढ्ने सो विद्यालयमा हाल १५० जना विद्यार्थी अध्ययनरत रहेको प्रअ थापाले जानकारी दिनुभयो ।

 


मोहन कुमार राई - संखुवासभा, देशभर नै आज विविध कार्यक्रमका साथ बुद्धजयन्ती एवं उभौली पर्व मनाइरहको छ । यसै क्रममा जिल्लाको खाँदवारी, चैनपुर र पोखरी बजामार विशेष कार्यक्रमका साथ पर्व मनाएका छन् ।

“सास्कृतिक सम्वद्र्धन, पर्यटीय प्रर्वद्धन र खेलकुद विकास” भन्ने मूल नारका साथ जिल्लाको चैनपुर नगरपालिका स्थित पोखरी बजारमा नवयुग युथ क्लवले चण्डीपूर्णिमा मेलाको नै आयोजना गरेर संस्कार संस्कृतिको विकास एवं पर्यटनको विकास गर्ने प्रयत्न गरिरहेको छ । बौद्धधर्म अनुसार पाठापारयण, रथ यात्रा, किरातजातीहरुको मुधुमी पूजा एवं केलाङ नृत्य सहित विभिन्न जातजाती धर्मवलम्वीहरुको सास्कृतिक झाकी प्रदर्शनी गरेको युथ क्लवकाअध्यक्ष मनोज तामाङले वताउनुभयो ।

विहिबार चैनपुर बाजर स्थित बौद्ध विहार, पोखरी स्थित साङ्गाछ्योलिङ्ग गुम्मा लगायतको स्थानमा छुट्टा छुट्टै भगवान गौतम बुद्धको विधिपूर्वक पूजापाठ एवं रथ याता समेत गरिएको थियो । बौद्ध, किरात, एवं हिन्दु धर्मवलम्बीहरु एउटै आगनमा आ–आफ्नो संस्कृतिको प्रदर्शनी गरेर धार्मिक सहिष्णुता पर्यटकीय आकर्षता थपेको स्थानीयको भनाइ रहेको छ । यसले नेपालीपनको आभाष गराएको छ । लोप हुन लागेको पञ्चेवाजा, बौद्धमार्गी तामाङ, गुरुङ, शेर्पा जातीहरुद्धारा शिरमा त्रिपिटक बोकेर बुद्धभगवानको रथ यात्रा, राई, लिम्बू, याख्खा लगायतको चण्डी एवं साकेला नृत्य सहित व्यानर, ध्वजापतकाले बजार निकै चहलपहल रहेको थियो ।

चैनपुर नगरपालिकाको वडा नं ३,४ र ५ को संगम स्थल ऐतिहासिक सुन्दर नगरी पोरखी बजारमा नवयुग युथ क्लवले चण्डीपूर्णिमा मेलाको आयोजना गरेर अन्तर पालिका स्तरीय भलिवल प्रतियोगित, डबल व्याडमिण्टन प्रतियोगिता, बेलुकी साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको क्लवका सचिव मोहन कुमार खत्रीले जानकारी दिनु  भयो ।

खेलमा भलिबल अन्तरगत प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैया नगदका साथ चाँदीको ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिने, दोस्रो पुरस्कार ६६ हजार ६ सय ६६, तृतीय २२ हजार २ सय २२ नगद  साथै उत्कृष्ठ खलाडीलाई नगद रु ५ हजार प्रदान गरिने खेल संयोजक आकाश बुढाथोकीले जानकारी दिनुभयो ।

यसैगरी व्याडमिन्टन तर्फ प्रथम पुरस्कार नगद रु १५ हजार, द्धितीय पुरस्कार ८ हजार , सेमी फाइनलिस्ट लाई रु ४ हजार सहित विजयी खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक बुढाथोकीले वताउनुभयो ।

झाकी प्रदर्शनी सहितको बजार परिक्रमा गर्दै पूर्व कोशी प्रदेश आर्थिक मामिला मन्त्री तुलसी प्रसाद न्यौपानेले उद्घाटन व्यानर पढेर मेलाको उद्घाटन गर्नुभएको थियो । उक्त उद्घाटन कार्यक्रममा जनप्रतिनिधहरु, सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधरुको उपस्थिति रहेको थियो ।

 


विराटनगर |  नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेशले सञ्चारकर्मीहरुबीच दौड प्रतियोगितासहितका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

महिला र पुरुष दुई समूहमा आयोजित प्रतियोगितामा पुरुष सञ्चारकर्मीतर्फ विराटनगरका लाइभ न्यूजका कपलेश्वर यादव प्रथम भएका छन् । त्यस्तै विएफएमका अनन्तराम चौधरी द्वितीय र इलाम सुरेश भट्टराई तृतीय भए । त्यस्तै महिला सञ्चारकर्मीतर्फ मोरङकी इन्दु साह प्रथम, ताप्लेजुङकी माला पालुङ्गा द्वितीय, तेह्रथुमकी जानुका नेपाल तृतीय भए । विजेता महिला पुरुष दुवैलाई बराबरी क्रमशः १० हजार, ५ हजार र ३ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।


दौड प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले उद्घाटन गर्नुभएको थियो । विराट अस्पताल र रेडक्रसले स्वास्थ्यकर्मीसहित एम्बुलेन्स सेवा उपलब्ध गराएका थिए भने मोरङ जिल्ला एथलेटिक्स संघले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । महेन्द्र चोकबाट सुरु भएको दौड बरगाछी उत्तरमा अवस्थित होटल मनास्लु ईनमा पुगेर समापन भएको थियो ।

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा युनियनले ६ जना अग्रज पत्रकारलाई समेत सम्मान गरेको छ । सो अवसरमा युनियनको प्रदेश समितिले कोशी प्रदेशका ६ जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् संघीय सांसद डा. शेखर कोइराला, महानगरका मेयर नागेश कोइराला, युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले अग्रज पत्रकार खोटाङका कृष्ण आचार्य, झापाका गोविन्दचन्द्र क्षेत्री, सुनसरीका गिरिराज आचार्य र हर्ष सुब्बा, मोरङका भारती उपाध्याय र दुर्गाप्रसाद खतिवडालाई सम्मान गरेका थिए ।

मोरङका दुर्गाप्रसाद खतिवडा सम्मान समारोहमा स्वास्थ्यका कारण उपस्थिति हुन नसकेकाले उनको सम्मान घरमै पु¥याइदिने प्रदेशका अध्यक्ष नवोदितले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुईवटा राहदानी र नागरिकताका विषयमा समेत छानबिन हुनुपर्ने माग गरेका छन् । उनले सहकारी ठगी प्रकरणमात्रै नभएर पासपोर्ट र नागरिकताका विषयमा पनि गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गरेका हुन् । सो अवसरमा नेता कोइरालाले गृहमन्त्री भएको आधारमा लामिछानेलाई कानुनी छुट नहुने बताए । ‘देशको कानुन गृहमन्त्रीलाई लाग्दैन ? गृहमन्त्री भएको नाताले उन्मुक्ति दिन ? यो हुन सक्दैन । त्यसबाट उन्मुक्ति पाउन उहाँले सक्नुहुन्न्,’ कोइरालाले भने ।

गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएको दाबी गर्दै उनले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गरे । उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध तरिकाले भएको भन्दै उनले सिरोहिया पक्राउ परेको अघिल्लो दिन आफूलाई थाहा नभएको बताउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो दिन आफैंले अर्डर दिएको स्वीकारेर दोहोरो कुरा गरेको बताए ।

 ‘यसरी नै देश चल्ने हो भने हामी कहाँ पुग्छौं । पहिलो दिन कैलाशजीलाई समातेको मलाई थाहा छैन भन्नुभयो । हिजो मैले नै अर्डर गरेको भन्नुभयो,’ कोइरालाले भने, ‘सरकार छ कि छैन ? यो देशमा भइरहेको छ चाहिं के ? बूढी म¥यो भन्दा काल पल्कियो । ’ कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्यप्रति कांग्रेसले सदन र सडक दुवैतर्फ दबाब बढाउने उद्घोष गरे ।

कार्यक्रमका पूर्वमन्त्री तथा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले सरकार तानाशाही तरिकाबाट अगाडि बढिरहेको बताए । उनले सरकारले सञ्चार क्षेत्रमाथिसमेत अंकुश लगाउन प्रयास गरिरहेको दाबी गरे । कार्यक्रममा विराटनगरका नागेश मेयर कोइराला, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष दीपेन्द्र वान्तवा, पत्रकार महासंघ कोशीका कार्यबाहक अध्यक्ष लवदेव ढुंगाना, प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 त्यस्तै युनियनले नेपाल पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरी प्रदेश भेलासमेत सम्पन्न गरेको छ । भेलामा १४ वटै जिल्ला शाखाका अध्यक्षहरुले महासंघ निर्वाचनको तयारी, युनियनको अवस्थालगायतका विषयमा जानकारी गराएका थिए । भेलामा युनियनका १४ वटै जिल्लाका अध्यक्ष, युनियनबाट निर्वाचित नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, युनियन र महासंघबाट केन्द्र, प्रदेशमा प्रतिनिधित्व गर्ने पदाधिकारी, सदस्य, सल्लाहकार समिति, परामर्श समितिलगायतको उपस्थिति रहेको महासचिव संजीव वाग्लेले जानकारी दिए । कार्यक्रममा प्रेस युनियन कोशी प्रदेशले स्थापना गरेको पत्रकार सामाजिक सुरक्षा र उपचार कोषको समेत औपचारिक घोषणा गरिएको थियो । सोही अवसरमा ‘प्रदेशको स्थायित्व र विकासमा सञ्चार क्षेत्रको भूमिका’ विषय विचार गोष्ठी पनि आयोजना गरिएको थियो ।


विराटनगर । विराटनगर ९ स्थित ईडेनवर्ग कलेजले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम एकै पटक गरेको छ ।

कलेजले बिबिएस र बिबिएमा अध्ययन पुरा गरेका विद्यार्थीहरुको विदाई तथा सोहि संकायमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेको हो । विराटनगरमा आज एक कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरुको स्वागत तथा विदाई गरिएको हो ।

कार्यक्रमकाबीच यसबर्ष बिबिए र बिबिएसमा भर्ना हुन आएका ४ सय २१ जना विद्यार्थीलाई स्वागत तथा नयाँ व्यवस्थापनबाट सञ्चालन भएको पाँचौ ब्याचका २ सय ५० जना विद्यार्थीलाई विदाई गरिएको ईडेनबर्ग कलेजका प्रिन्सिपल दिपनारायण साहले जानकारी दिए । सो अवसरमा बिबिएस तेश्रो बर्षमा अध्ययरत सृजना कुमारी मेहतालाई स्वर्गिय कृष्ण देवान स्मृति पुरस्कार २०८१ बाट पुरस्कृत गरिएको छ ।

 पुरस्कार अन्र्तगत मेहतालाई एकबर्षमा लाग्ने सम्पुर्ण शुल्क उपलब्ध गराईएको छ । उक्त पुरस्कार कलेजका पुर्व कर्मचारी स्वर्गिय कृष्ण देवानको स्मृतिमा उहाँका छोरा पत्रकार प्रेम देवानले स्थापना गरेका छन् । यसैगरि बिबिएस दोश्रो बर्षमा अध्ययनरत आरिफ अंसारीलाई कलेजको तर्फबाट छात्रबृति प्रदान गरिएको छ । हाल ईडेनबर्ग कलेजमा १ हजार ३ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको कलेजका सञ्चालक भुवन नेपालले जानकारी दिए । सो अवसरमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत प्रर्दशन गरेका थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह–परीक्षा नियन्त्रक डा.डिल्ली प्रसाई र कोबास कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठ लगायतले बोलेका थिए । कलेज ब्यवस्थापन समितिका अध्यक्ष विष्णु दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।  


विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा बिहीबार बुद्ध जयन्तीको अवसर पारेर नृत्य प्रतियोगिता आयोजना गरेको हो ।

नृत्य प्रतियोगिताको प्रथम उर्वी काफ्ले, अलिशा श्रेष्ठ, अनुस्का मण्डल, श्रेया कोइराला, युनिका घिमिरे  र सुभेक्षा घिमिरेको समूह भयो । उनीहरुले नेवारी पहिरन लगाएर सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । प्रथम हुने टिमले नगद पाँच हजार रुपैयाँ पाएको छ । अन्य १० टिमले जनही २ हजार पाएका छन् ।

नृत्य प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशक प्रेम सोनाम रहेका थिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले नृत्य प्रतियोगिता आयोजना गरिएको स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी    दिए ।

कार्यक्रमको प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल रहेका थिए । कार्यक्रममा प्याब्सन मोरङकी सल्लाहकार सावित्री पराजुली, प्याब्सन विराटनगरका सल्लाहकार इन्द्र राई, नन्दलाल मण्डल, युवराज अधिकारी , चुडामणि नेपाल, दीपक प्रसाद घिमिरे गायक सुमित खड्कालगायतको पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

 


बिराटनगर |  नेपालमा जतिखेर इडियान र इडियान लगानिमा कान्तिपुर दर्तागरिदै थियो त्यो बेला नेपालका देशभरिका छापा पत्रकारले व्यापक बिरोध गरेर, भनेका थिए | बिदेसिलाइ नेपालको सन्चार क्षेत्रमा लगानी गर्न दिनु हुदैन भनेर एक वर्ष सम्म बिरोध गरेको कुरा सबै पुराना पत्रकार लाइ थाहाछ तर बोल्दैनन किन ?? त्यास पछि राजधानी दैनिक हुदै नेपालमा इडियान लगानिमा ठुला मिडिया खोले ?? बिरोध भइरहे पनि सरकार निरिए हुदै गयो एउटैलाइ पत्रिका रेडियो टेलिभिजन जस्ता सन्चार माध्यम चलाउन अनुति दिए पछि स्थानिय स्रोत साधान ठुला मिडियामा केन्द्रि भए पछि ०४६ साल देखि चलेका पत्र पत्रिका र स्थानिय पत्रकार पेसा छाडेर पलाएन हुन थाले बिदेसी-इडियान पत्रकार र मिडियाले नेपालमा दवदबा सुरू गरे साना पत्रिका र पत्रकारका सबै स्रोत खोसे .........हुदा हुदा अदालते त कान्तिपुर राजधानीको समचार भन्दै फैसला गर्न थाले पछि जनताको न्यायिक अधिकार खोसियो ?, सरकारले गलत निणय गर्न थाल्यो सरकार बिदेसी लगानीका मिडिया सग डराउन थाल्यो | केन्द्र  बाट मन्त्री स्तरिय निर्णय भन्दै प्रधान कार्यालय,राष्ट बैक बिभागिय सबै तलका कान्तिपुर राजधानी दैनिक किन्नु भनेर सरकारले पत्रचारै गर्यो | ( त्यस पछि स्थानिय पत्रिका किन्न र बिज्ञाप दिन उधोगि व्यापारीले छाडे)  यिनले बेला बेलामा सरकार ब्यापारी उधोपति लगाएतलाइ लाइ धम्कयाउने बागेर्निङ गर्ने सिलसिला जारी राखे | यो कुरा नया पत्रकारलाइ थहा छैन | तर पुराना पत्रकार लाइ सबै थाहाछ तर किन बोल्दैनन ?  कुनै बेला बोल्लान होला ?  समचार बनाउनेको पनि एउटा पत्रिका २०४६ दर्ता गरेर रूगन अबस्था चले पनि ख बर्गमा परेको थियो सुबिदा सुचानाबाट सरकारी हण्डी मात्र आउने अरू  बिज्ञापनआउने नबिक्ने भए पछि हण्डी खान मन परेन र  २०६८ सालमा उधोग प्रेस काउन्सिल सुचना बिभाग        कर,सुचना केन्द्रमा गएर निबेदन दिएर बन्दै गर्न लागे पछि   बन्द नगर्न प्रेसकाउन्सिल धेरै  पट पत्र पठयो तर मगइन यसो गर्ने पनि म पहिलो ब्याक्ती हुला | अहिले नया युटुवर अनलाइ आए पछि समचार मा टुइट आएको हो र युवा पत्रकार अगि बडेर देसका धमिराहरू खोतल्ने काम गरिराका छन | बिदेसी र बिदेसी नागरिक ले लगानी गरेको सन्चार मिडिया हाउस बारे छान बिन हुनु  पर्छ । कैलास सिरोहिया पत्रकार  होइनन, लगानीकर्ता मात्र हुन | |यसलाइ पत्रकार माथिको हमला भनिदैन, भन्न मिल्दैन | नागरिकता काण्डका जो कोही हुन  सबैलाइ कारवाही हुनुपर्छ । सबैको जय होस् ।


विराटनगर | विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको व्यक्तिगत पहलमा ज्येष्ठ नागरिक आमाहरुलाई निःशुल्क चलचित्र हेर्ने व्यवस्था मिलाएकी   छन् ।

 जेष्ठ नागरिक आमाहरूलाई वहाँहरूको मानसिक स्फूर्ति र मनोरञ्जनका लागि साथै नेपाली चलचित्रको वर्तमान अवस्था र चलचित्रको माध्यमबाट कलासँग जोड्ने एवम् नेपाली चलचित्रको प्रवर्द्धन समेत हुने उद्देश्यले विराटनगर महानगरपालिका वडा नं. ११ का जेष्ठ नागरिक आमाहरूलाई महानगरपालिकाका उप–प्रमुखज्यु ले आफ्नो व्यक्तिगत पहलमा नेपाली चलचित्र “मनसरा“ देखाउनुभएको छ ।


बिराटनगर  २०८१ जेठ ८ गते । रातो तारा डट कम,मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं।(७ स्थितबाट प्रदेश १(०२(०४४ प ७०२९ नम्बरको अपाची मोटरसाईकल र को १८ प ८८६८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल चोरीमा संलग्न भारत विहार राज्य निरगन्ज वडा नं। ६ बस्ने बर्ष २० को साजिद रजा र ऐऐ बस्ने बर्ष २८ को एहसान सेखलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ |


विराटनगर | तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसिसीले उपाधि जितेको हो ।

जितसँगै वाइआरसीसीले १ लाख ५१ हजार र ट्रफि हात पारेको छ । उपबिजेता बनेको होराइजनले ७५ हजार रुपैयाँमा चिक्त बुझायो ।

वाइआरसीसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ २४६ रन बनाएको हो । जितको लागि वाइआरसीसीका देव खनालले आक्रमक ब्याटिङ गर्दै सतक कटाए । उनले ३४ बलमा ११२ रन बनाए । खनालले १२ छक्का र ८ चौका हिर्काए । उनले यसअघि पनि २९ बलमा सतक कटाएका थिए ।

नारायण जोशीले १६ बलमा ४९ रन बनाए । उनले ५ छक्का र ४ चौका हिर्काए । अभिषेक पाठकले १८ बलमा ३३ रन पारी खेल्दा विपिन खत्रीले १४ रन बनाए । वाइआरसीसीका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।

होराइजनका बलर इमरान शेखले ३ विकेट लिए । दिपेश कन्डेल, श्रवर्ण किस्कुले समान २–२ विकेट लिए ।

वाइआरसीसीले दिएको २४७ रनको विशाल लक्ष्य पछ्याएको होराइजनले ७.१ ओभरमा सबै विकेट गुमाइ ४६ रन मात्रै बनाए । सुजन थपलियाले १२ रन, दिपेश कन्डेलले १० रन बनाए । होराइजनका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।

उपाधि हात पार्न वाइआरसीसीका हेमन्त धामीले आक्रमक बलिङ गरे । उनले एक्लै ३.१ ओभरमा १६ रन खर्चेर ७ विकेट लिए । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । त्यसैगरी बिपिन खत्रीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।

प्रतियोगिताको बेस्ट बलर होराइजन क्रिकेटका श्रवर्ण किस्कु घोषित भए । उनले खेलभरीमा ११ विकेट लिए । बेस्ट ब्याटर वाइआरसिसिका देव खनाल र म्यान अफ द श्रीरिज वाइआरसिसिको अभिषेक पाठक घोषित भए । अभिषेकले खेलभरीमा २१६ रन बनाएका थिए । प्लेर अफ द म्याच वाइआरसिसिका हेमन्त धामी भए ।

बिजेता हुने टिमलाई कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सृजना राई, खेलकुद विकास बोर्डका सदस्य सचिब पर्शुराम बस्नेत, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुररी चौधरीले बितरण गरेका थिए ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी र नेपाल खेलकुल महासंघको आयोजनामा वैशाख २८ गतेबाट सुरु भएको प्रतियोगितामा नेपालको १० र भारतको ६ टिम गरी १६ टिमको सहभागि रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।


विराटनगर | विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट ५ हजारभन्दा बढीले सेवा लिएका   छन् ।

महानगरले १९ वटै वडामा सञ्चालन गरेको शिविरमा ५ हजार २२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिनुभयो । शिविरको औपचारिक रुपमा समापनसमेत गरिएको छ । महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेललगायतको उपस्थितिमा शिविरको औपचारिक समापन गरिएको थियो । 

स्वास्थ्य जाँचअन्तर्गत फिजिसियनतर्फ २ हजार ३ सय २१ जनाले सेवा लिँदा हाडजोर्नीतर्फको सेवा ८ सय ६१ जाले लिएका छन् । त्यस्तै स्त्री तथा प्रसूतितर्फ ६ सय ७३ जना, बालरोगतर्फ ६ सय ४६ जना, मुख तथा दाँतको जाँच २ सय ५१ जना र छाला तथा यौनरोगतर्फ ४ सय ३६ जनाले जाँच गरेको संयोजक यादवले बताउनुभयो ।

त्यसैगरी भिडियो एक्स–रे १ हजार ३ सय ७२ जनाले गराउँदा इसीजी ६ सय ५६ जनाले गराएका छन् । पाठेघरको जाँच ५ सय ७० जना, ल्याब सेवा लिनेको संख्या १ हजार २ सय ५२ जना रहेको छ । शिविरमा आएका मध्ये १ सय ९६ जना शंकास्पद क्षयरोगीहरुको खकार संकलन गरी परीक्षण गरिएको छ । जसमध्ये एकजनामा बहुऔषधि प्रतिरोधी क्षयरोगी पहिचान भएको छ ।

स्वास्थ्य शिविरमा सबैभन्दा बढी वडा नम्बर १९ मा ४ सय २२ जनाले सेवा लिएका छन् भने सबैभन्दा कम वडा नम्बर १० मा १ सय १८ जनाले सेवा लिएको स्वास्थ्य शिविरका सम्पर्क व्यक्ति भोलानाथ तिम्सिनाले जानकारी दिनुभयो ।

महानगरपालिकाले स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको मेयर नागेश कोइरालाले बताउँदै आउनुभएको छ । विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको समेत कोइरालाले बताउनुभयो । यसबाहेक १९ वटै वडामा विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर पनि सञ्चालन भइरहेको छ ।

 


सुनसरी
७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवारआगलागीपीडितलाई राहत वितरण गरिएको छ । 

महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराई समेतको उपस्थितीमा एक कार्यक्रमकाबिच आगलागी पीडित परिवारको घरमै पुगेर उक्त राहत रकम हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी इटहरी नगरपालिका वडा नं ७ रामजानकी टोल सिसौना निवासी आगलागि पिडित इन्द्रकुमार खड्काको घरमै गएर राहत सामग्री वितरण गरिएको छ ।

महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमाज कल्याण परिषद्ले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्रदिनेश चौधरी स्मृति प्रतिष्ठान र लेटर डे सेन्ट च्यारिटिजसँगको समन्वयमा उक्त राहत हस्तान्तरण गरिएको हो 

प्रति परिवारका दरले २५ किलो चामल५ किलो दाल३ किलो नुन२ सेट ब्ल्याङ्केट१ सेट स्ट्याण्ड फ्यानस्टेशनरी र पेश १ सेट१ बण्डल जस्ता पाता१ सेट डिग्निटी किट१ सेट झुलकिचनका सामग्री र सडना सेट वितरण गरिएको हो ।

यसैगरी इटहरी नगरपालिका वडा नं ७ रामजानकी टोल सिसौना निवासी आगलागि पिडित इन्द्रकुमार खड्काको घरमै पुगेर मन्त्री चौधरीले राहत सामग्री हस्तान्तरण गर्नुभएको    छ । खड्काको परिवारलाई सहयोग स्वरूप १२ वटा सिमेन्टको पिलर१० बोरा सिमेन्ट३ ट्याक्टर बालुवा/गिट्टी लगायतका सामग्री सहयोग गरिएको हो । इटहरी ७ का वडा सदस्य दिपक घिमिरेले सहयोगब्यावस्थापन गर्नुभएको थियो । 


गत वैशाख २१ गते घरमा कोही नभएको दिउँसोको समयमा विद्युत सर्ट भएर खड्काको घरमा आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षती भएको थियो ।

 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.