Websoft University
Articles by "पूर्वाञ्चल खब"


 विराटनगर, असोज २८ गते  “७१ औँ प्रहरी दिवस २०८३” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा मोरङको विराटनगर महानगरपालिका९९ पञ्चमुखी हनुमान मन्दिर स्थितमा रक्तदान कार्यक्रम हिजो सम्पन्न भएको छ । 

नेपाल प्रहरी अस्पताल इनरुवा सुनसरी र विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा असोज २७ गते संचालन भएको रक्तदान कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी बल कंकालिनी गण मोरङका सशस्त्र प्रहरी उपरीक्षक गहेन्द्र भण्डारी लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानियवासी, संचारकर्मी तथा बिभिन्न कलेजका शिक्षक तथा बिद्यार्थीहरु समेत गरी १३६ जनाले रक्तदान गरेका थिए ।

७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापा, इलाम, धनकुटामा आयोजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियबासी समेत गरी ७० जनाले रक्तदान गरेका थिए ।


उदयपुर, असोज २७ गते । उदयपुरको छुट्टा छुट्टै दुई स्थानबाट १ हजार ९९ किलो ८४० ग्राम गाँजा बोकेको २ वटा पिकअप गाडी सहित ओसार पसारमा संलग्न १ जनालाई पक्राउ  गरिएको छ । 

असोज २६ गते विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका १ चारघरे स्थितमा संकित अवस्थामा सडक छेउमा रोकी राखेको बा। १४ च २२५५ नम्बरको बोलेरो पिकअप गाडीको डालामा २९ वटा बोरामा प्याकगरी राखेको अवस्थामा ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको थियो ।

 त्यसैगरी बेलका नगरपालिका(५ देउराली स्थितमा प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र। १(०२(००२ च ५२९० नम्बरको पिकअप गाडीमा धानको भुसको बोरामा लुकाई छिपाई राखेको १ सय ५९ किलो ४०० ग्राम गाँजा सहित चालक सप्तरी सप्तकोशी नगरपालिका(८ का २८ वर्षिय पशुपति साफीलाई पक्राउ गरेको छ । ओसार पसारमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भईरहेको छ ।


बिराटनगर असेाज २१ गते । मोरङ जिल्ला (ITF) तेक्वान्दो संघको आयोजना र प्रदेश खेलकुद विकास वोर्ड कोशी प्रदेशको संयोजनमा २६ औं राष्ट्रिय (ITF) तेक्वान्दो प्रतियोगिता विराटनगरको कन्चनजंघा ब्याङ्क्वेट्समा मिति २०८३ साल असोज २५ र २६ गते २ दिनसम्म सञ्चालन हुने भएकेा छ ।

 उक्त प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय टिमकोसहभागिताहुनेछ । यस प्रतियोगितामा कुल जम्मा खेलाडी १७० जनाले प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुष तर्फ ९० र महिला तर्फ ८० जना खेलाडीले सहभागिता जनाउनेछन् ।

 यस प्रतियोगितामा ५ विद्या रहनेछन् । जसमा (१) एक्कल स्पाइरिङ्ग तर्फ पुरुष, महिला (२) ग्रुप स्पाइरिङ्ग तर्फ पुरुष, महिला (३) एक्कल प्यार्टन तर्फ पुरुष, महिला (४) ग्रुप प्यार्टन तर्फ पुरुष, महिला (५) सेल्फडिफेन्स तर्फ पुरुष, महिला रहनेछन् । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु नेपालको राष्ट्रिय टोलीमा पर्नेछन् र बन्द प्रशिक्षणमा राखिने छ । 

यही मंसिर ४, ५ र ६ तीन दिनसम्म काठमाण्डौमा सञ्चालन हुने ८ औं दक्षिण एशियाली आई टि एफ तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । २६ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा महासंघ प्रतिनिधि ३ जना, अम्पायर ३५ जना, कोच र व्यवस्थापक गरी ३० जना र स्थानीय अम्पायर ५ जना गरी जम्मा २४३ जनाको उपस्थिति रहनेछ ।

 उद्घाटन सत्र २०८३ असोज २५ गते कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिकमत कुमार कार्कीले गर्नुहुनेछ भने समापन सत्र असोज २६ गते कोशी प्रदेशका माननीय सामाजिक विकास मन्त्री गीता तिम्सिनाज्यूले गर्नुहुनेछ भन्ने जानकारी नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले आज बिराटनगरमा जानकारी गराउनु भएकेा छ ।


विराटनगर असेाज २० गते । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । परियोजना सम्पन्न भएपछि विराटनगरवासीले दशैंअघि नै नयाँ प्रणालीमार्फत दैनिकएक करोड लिटरभन्दा बढी खानेपानी पाउने भएका छन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित परियोजनाको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको नेपाल खानेपानी संस्थान विराटनगरले जनाएको छ । परियोजना हस्तान्तरणका लागि अब करिब २५ दिन मात्र बाँकी रहेको संस्थानले जनाएको छ ।

परियोजनाको निर्माण अवधि सन् २०२६ अक्टोबरसम्म तोकिएको थियो । तर, अधिकांश निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएको हो । अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम पनि तत्काल सम्पन्न गरी दशैंअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार परियोजनाको मुख्य निर्माण कार्य पूरा भइसकेको छ ।

‘तोकिएको समयभन्दा अगावै अधिकांश काम सम्पन्न भएको छ । अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम पनि छिट्टै सक्ने गरी काम भइरहेको छ,’ रौनियारले भने, ‘दशैंअघि नै नयाँ प्रणालीबाट उपभोक्ताको घरघरमा पानी पुर्‍याउने तयारी छ ।’

९० लाखबाट एक करोड लिटरभन्दा बढी

परियोजना सञ्चालनमा आएपछि विराटनगरको खानेपानी उत्पादन तथा वितरण क्षमता उल्लेख्य रूपमा बढ्नेछ । अहिले दैनिक करिब ९० लाख लिटर पानी वितरण हुँदै आएकोमा नयाँ प्रणाली सञ्चालनमा आएपछि दैनिक एक करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिने संस्थानले जनाएको छ ।

परियोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ । पुराना संरचनाको सुधारसँगै नयाँ ओभरहेड ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा विद्युत् आपूर्ति क्षमता वृद्धि गरिएको छ ।

विराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ तथा विराटनगर–५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । कोचाखाल पश्चिममा परियोजनाअन्तर्गत नयाँ ओभरहेड ट्यांकी निर्माण गरिएको छ ।

पाइपलाइन र फिल्टर प्रणालीको क्षमता विस्तारसँगै खानेपानी वितरणमा देखिँदै आएको समस्या कम हुने र उपभोक्ताले नियमित तथा गुणस्तरीय पानी पाउने संस्थानको अपेक्षा छ ।

हाल विराटनगरमा नेपाल खानेपानी संस्थानका करिब १३ हजार २ सय ग्राहक छन् । परियोजना सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन तथा तीव्र रूपमा बढिरहेको जनसंख्याको माग धान्न सहज हुने संस्थानले जनाएको छ ।

मेयर कोइरालाको पहलमा पूर्वाधार व्यवस्थापन

विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने मेयर नागेश कोइरालाको प्रतिबद्धताअनुसार परियोजना अघि बढाइएको हो । कोइरालाले सन् २०२६ सम्म विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । परियोजना सञ्चालनको अन्तिमचरणमा पुगेसँगै उनकोउक्त प्रतिबद्धतापूरा हुने क्रममा रहेको छ ।

परियोजना निर्माणका क्रममा आवश्यक जग्गा उपलब्ध गराउन सहजीकरणदेखि सडक र विद्युत् पूर्वाधार व्यवस्थापनसम्मका काममा महानगरपालिकाले सहजीकरण गरेको थियो । परियोजना कार्यान्वयनमा देखिएका स्थानीय तहसँग सम्बन्धित समस्या समाधान तथा आवश्यक पूर्वाधार जुटाउन मेयर कोइरालाले सक्रिय पहल गरेका थिए ।

मेयर कोइरालाकै पहलका कारण विराटनगरमा परियोजना सञ्चालनमा आएका नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख रौनियार बताउँछन् । ‘यदि मेयर साबले प्रभावकारी रुपमा पहल नगरेको भए जग्गा, विद्युत, सिक्सलेन सडक, समाजका विभिन्न क्षेत्रका व्यक्तिलगायतका समस्याले परियोजना फिर्ता पनि जान सक्थ्यो,’ प्रमुख रौनियारले भने, ‘यो परियोजना विराटनगरमा आउनुमा उहाँको ठूलो योगदान छ ।’

मेयर कोइरालाकै पहल र सहजीकरणका कारण परियोजनाका लागि आवश्यक संरचना निर्माण तथा पूर्वाधार व्यवस्थापनमा सहजता भएको उनको भनाइ छ ।

मेयर कोइरालाले पनि परियोजना सफल बनाउन निकै मेहनत गरेको बताए । ‘वडा–वडामा समस्या थियो । आफ्नो घर अगाडिको सडक भत्काउन नदिने अडान स्थानीयवासीसँगै सामाजिकअभियन्ताहरु थियो । तर उहाँहरुलाई कन्मिन्स गराएर सडक खन्ने वातावरण मिलायौं,’ उनले थपे, ‘सडक मात्रै होइन विद्युतको पनि समस्या थियो । सबै क्षेत्रसँग सहजीकरण गरेर परियोजना अगाडि बढाउने वातावरण निर्माण गरिएको थियो । आज परियोजनाको काम सकिँदा धेरै नै खुसी लागेको छ ।’

लामो समयदेखि खानेपानीको पर्याप्तता, नियमितता र गुणस्तरको समस्या झेल्दै आएका विराटनगरवासीका लागि परियोजना सञ्चालनसँगै ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । दशैंअघि परियोजना सञ्चालनमा आएमा विराटनगरवासीले नयाँ प्रणालीबाट थप क्षमताको खानेपानी पाउनेछन् ।

यससँगै ‘शुद्ध खानेपानीसहितको व्यवस्थित विराटनगर’ बनाउने महानगरको योजनाले पनि मूर्त रूप लिने अपेक्षा गरिएको छ । अशुद्ध खानेपानीकैकारण विगतमा विराटनगरमाजन्डिससमेतफैलिएको थियो । जन्डिसका कारण १४ जनाको मृत्यसमेत भएको थियो । 



बिराटनगर असेाज १८ गते । कोशी र मधेश प्रदेश बीचको आर्थिक, औद्योगिक, पूर्वाधार तथा पर्यटकीय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघद्वारा मधेश प्रदेशका माननीय प्रदेश प्रमुख, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा प्रतिष्ठित अर्थशास्त्री प्राध्यापक डाक्टर सुरेन्द्र लाभज्यूसँग एक विशेष अन्तर प्रदेश छलफल तथा भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।

संघका अध्यक्ष अनिल कुमार साहको सभापतित्वमा आयोजित सो कार्यक्रममा उहाँले स्वागत मन्तव्य दिँदै संघले स्थापनाकालदेखि आर्थिक, औद्योगिक, सामाजिक एवं स्थानीय पूर्वाधार निर्माणमा पु¥याएको योगदानबारे माननीय प्रदेश प्रमुखज्यूलाईजानकारी गराउनु भएको थियो । अध्यक्ष साहले विराटनगर–घिनाघाट सडक, कोशी अस्पतालको प्रसूति गृह, क्याम्पस तथा विमानस्थल प्रवेशद्वार निर्माण लगायत मधेश प्रदेशको महोत्तरी बाढी तथा वीरगञ्जको विपद्मा संघले पु¥याएको राहतको स्मरण गर्नु भएको थियो । साथै, हाल बैंकहरुका न्यून ब्याजदरका बावजूद लगानीमैत्री वातावरणको अभावमा निजी क्षेत्र संकुचित रहेको उल्लेख गर्दै दुई प्रदेशबीच स्रोतसाधनको अधिकतम उपयोग, लगानी आकर्षण र व्यापार विस्तारका लागि संस्थागत सहकार्य हुनु पर्नेमा अध्यक्ष साहले जोड दिनु भएको थियो ।

सोही क्रममा संघका निवर्तमान अध्यक्ष अनुपम राठीले दुवै प्रदेश कृषि, उद्योग र पर्यटनका दृष्टिले प्रचुर सम्भावनायुक्त रहेकाले सरकारले उत्पादनमुखी व्यवहार्य नीति ल्याए मुलुककै कायापलट हुन सक्ने बताउनु भएको थियो । उहाँले बैंकहरुमा पर्याप्त पुँजी र उद्योगहरुसँग गुणस्तरीय उत्पादन क्षमता रहेकाले उत्पादन वृद्धिलाई आकर्षित गर्ने नीति ल्याउन, सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी कडाइका साथ नियन्त्रण गर्न र भन्सार दर समायोजनमार्फत स्वदेशी उद्योगको संरक्षण गर्न अनुरोध गर्नु भएको थियो ।

त्यसैगरी, संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले कोशी र मधेश जोड्ने सडक पूर्वाधार कमजोर हुँदा ढुवानी खर्च र समय बढेको बताउँदै १०० किमी प्रतिघण्टाको गतिमा गुड्न सक्ने द्रुतमार्ग निर्माण गरिनु पर्ने माग राख्नु भएको थियो । विराटनगरबाट जनकपुर २ घण्टा र वीरगञ्ज ३ घण्टामा पुग्न सकिने सडक स्तरोन्नति गर्न, विराटनगर रेलवेलाई जनकपुरसम्म जोड्न, अव्यावहारिक मूल्य अभिवृद्धि कर पुनरावलोकन गर्न तथा दुवै प्रदेशका करका दरहरुमा एकरुपता कायम गर्न उहाँले सुझाव दिनु भएको थियो ।

त्यस्तै, कार्यक्रमलाई सञ्चालन गर्नु भएका संघका महासचिव अमित कुमार सारडाले उद्योगी व्यवसायीहरुको उधारो नउठ्ने विकराल समस्या समाधानका लागि ध्यानाकर्षण गराउनु भएको थियो । साथै, कार्यकारिणी सदस्य बन्दना जैनले महिला हितका कानुन सुदृढ गर्नुपर्ने, उद्योगी प्रवीन नारायण चौधरीले नेपाली उत्पादनले भारतका नजिकका बजारमा पहुँच पाउनुपर्ने, सञ्चारकर्मी अनुज सापकोटाले तत्काल राहतजन्य नीति आवश्यक रहेको तथा सञ्चारकर्मी सोनु कुमार दासले विराट राजाको दरबार र जानकी मन्दिर जोडेर विराटनगर–जनकपुर रिलिजियस एण्ड हेरिटेज सर्किट सञ्चालन गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधेश प्रदेशका माननीय प्रदेश प्रमुख प्रा. डा. सुरेन्द्र लाभले विराटनगर आफ्नो दोस्रो घर रहेको स्मरण गर्दै नेपालमा रेमिट्यान्समा आधारित अर्थतन्त्र रहेकाले उत्पादनशील तथा रोजगारमूलक क्षेत्रमा युवा सहभागिता बढाउनु पर्ने आवश्यकता औंल्याउनु भएको थियो । 

उहाँले दुवै प्रदेशमा विगतमा चलेका तर हाल जीर्ण वा बन्द अवस्थामा रहेका उद्योगहरुको पुनः सञ्चालन, औद्योगिक पुनरुत्थान तथा शिक्षा र स्वास्थ्य सेवा विस्तारमा अन्तरप्रदेशीय सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो । भूगोल र जनसांख्यिक अवस्था अनुसार फरक–फरक नीति तर्जुमा हुनुपर्ने, उद्योगको न्यूनतम लागत उठ्ने व्यवस्था हुनुपर्ने तथा कृषिमा प्रशोधन, प्याकेजिङ र ब्रान्डिङमा ध्यान दिई निजी लगानी आकर्षित गर्नुपर्ने उहाँको धारणा रहेको थियो ।

 साथै, दुवै प्रदेशको पर्यटकीय सौन्दर्यको प्रचारप्रसार र विराट राजा दरबारको थप उत्खनन गरिनुपर्ने बताउँदै उहाँले वर्तमान अर्थमन्त्री र गभर्नर निजी क्षेत्रमैत्री रहेकाले सरकार र निजी क्षेत्रको सहकार्यबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गर्नु भई कार्यक्रमबाट प्राप्त सुझावहरु सम्बोधन गराउन आफ्नो प्रतिवद्धता व्यक्त गर्दै संघको ७५ वर्ष पुगेको सुखद अवसरमा हार्दिक बधाई समेत ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला उद्यमीहरु, युवा उद्यमीहरु, सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।


बिराटनगर २०८३ असोज ९ गते । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय राम प्रसाद महतोज्यूले हिजो मोरङ उद्योग व्यापार संघको नवनिर्वाचित ३५औँ कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न मन्त्रालयमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्नु भएको छ ।

कार्यक्रममा माननीय मन्त्रीज्यूले संघको नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै उहाँले कोशी प्रदेशमा उद्योग–व्यवसाय तथा स्वदेशी उत्पादनको प्रवद्र्धन, बजारीकरण तथा संरक्षणका लागि प्रदेश सरकार पूर्ण रुपमा कटिबद्ध रहेको बताउनु भई प्रदेशमा आर्थिक समृद्धि हासिल गर्न मोरङ उद्योग व्यापार संघसँगको सहकार्यमा कृषि र उद्यमशीलता क्षेत्रका साथै निजी क्षेत्रका संघ–संस्थाहरुसँग हातेमालो गर्ने कार्यहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा संघका अध्यक्ष अनिल कुमार साहले प्रदेश सरकार तथा मन्त्रालयले देखाएको सम्मान र शुभेच्छाप्रति आभार प्रकट गर्दै क्षेत्रको उद्योग–व्यवसायको संरक्षण, प्रवद्र्धन र समग्र आर्थिक समृद्धिका लागि संघ निरन्तर सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

उक्त स्वागत तथा शुभकामना कार्यक्रममा संघका अध्यक्ष अनिल कुमार साह सहित संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, आमन्त्रित सदस्यहरु, महिला उद्यम समिति र युवा उद्यम समितिका संयोजकद्वय लगायतको उपस्थिति रहेको थियो ।

 


विराटनगर असेाज ८ गते । विराटनगर–१० स्थित अर्किट प्लस टुले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा युनिसा राई प्रथम भएकी छन् । २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै युनिसाले पहिलो स्थान हासिल गरेकी हुन् ।

प्रतियोगितामा शिवकुमार साह द्वितीय र सतेन्द्र साह तृतीय भएका छन् । विद्यार्थीको वक्तृत्व क्षमता, तर्कशक्ति र विषयवस्तुमाथिको पकड परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगिताका लागि ‘कक्षा कोठादेखि मोबाइलको पर्दासम्मः बदलिँदो विद्यार्थी जीवन’ र ‘जलवायु न्यायः जिम्मेवारी कसको ? असर कसलाई ?’ गरी दुई विषय छनोट गरिएको थियो । सहभागी विद्यार्थीले आफूलाई रुचि लागेको विषय छनोट गरी त्यसमा आफ्ना धारणा र तर्क प्रस्तुत गरेका थिए ।

कवि तथा पत्रकार मीनकुमार नवोदितको प्रमुख निर्णायकत्वमा शिक्षक राजन दत्त र सन्तोष अधिकारी सदस्य रहेको निर्णायक समितिले विजेताको टुंगो लगाएको हो । सम्बोधन, विषयवस्तुको ज्ञान, प्रस्तुति, तर्क, विचारको क्रमबद्धता, भाषिक शुद्धता तथा शब्द चयन, मौलिकता र समय व्यवस्थापनलाई मूल्यांकनको आधार बनाइएको प्रमुख निर्णायक नवोदितले बताए ।

प्रतियोगिताबाट उत्कृष्ट सात विद्यार्थी पनि छनोट भएका छन् । उत्कृष्ट सातमा अनुस दाहाल, दीपक दास, भेनस पोखरेल, त्रिक्षा महासेठ, उदय सोनार, सिर्जना मण्डल र गरिमा दास परेका छन् ।

प्रथम, द्वितीय र तृतीयसहित उत्कृष्ट सातमा छनोट भएका विद्यार्थीबीच अर्को चरणको प्रतियोगिता आयोजना गरिने भएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई कलेजका तर्फबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्लस टुका प्रिन्सिपल मनिष भट्टराईले बताए ।

विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गराउने उद्देश्यले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिइएको भट्टराईले बताए । उनका अनुसार अर्किटले कविता, वक्तृत्वकला, वादविवाद, चित्रकला, हाजिरीजवाफ तथा खेलकुदलगायतका गतिविधिलाई नियमित रूपमा अघि बढाउँदै आएको छ ।



चतरा असेाज १ गते । बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्बर मन्दिर परिसरमा सम्र्पक कार्यालय खोलेको छ ।

कोशी प्रदेशका तीन जिल्ला सुनसरी, उदयपुर र धनकुटाका धार्मिक र पर्यटन क्षेत्रको प्रबद्र्धन, प्रचार प्रसार, आन्तकिर तथा बाहय पर्यटकहरुलाई सहज वाताबरण तिर्थ गर्न र चतरा देखि बराहक्षेत्र मन्दिर परिसर सम्म पुग्ने पुर्बाधार निर्माणमा समेत समितीले कामका सहजीकरण शुरु गरीसकेको बृहत्तर बराहक्षेत्र बिकास समितीका कार्याकारी निर्देशक अबिजाल बिष्ट बताएका छन् । बराह मन्दिर र रामधुनी मन्दिर परिसरमा पनि सम्र्पक कार्यालय खोली भेटीघाटीलाई ब्यबस्थीत र पारदर्शिता बनाउन लागिएको र यसका लागि डिजिटाईजेशन प्रकियामा जाने कार्याकारी निर्देशकले बताए । ​सुनसरी, उदयपुर र धनकुटाका मुख्य धार्मिक तथा पर्यटकीय ठाउँहरूको राम्रो व्यवस्थापन गर्न र दर्शनार्थीहरूलाई सूचना तथा सेवा दिनका लागि खोलिएको कार्यालयहरुले सहजीकरण गर्ने छन् ।

भेडेटार चोकमा रहेको डिस्प्ले मार्फत बृहत्तर बराहक्षेत्र बिकास समितीले गरिएका अनुकरणीय काम र धार्मिक पर्यटकीय क्षेत्रका तस्बिर प्रदेशन हुदै आएको छ । यसै बिराटनगर एयरपोर्टमा रहेको डिस्प्ले मार्फत पनि यस क्षेत्रका पर्यटकीय स्थलहरु रामधुनी, श्रीलंका टापु, कोशी करिडियर क्षेत्र, बेलकाराजा बेलकारानी दरबार, मैनाराजा मैनारानी दरबार, खुवालुङ, कुम्भस्तम्भ, औलियामोठ, छिन्ताङदेखि, पाथिभरा मन्दिर, दन्तकाली, बुढासुब्बा मन्दिर, बिष्णपादुका मन्दिर लगायतका पर्यटक क्षेत्रहरुलाई समेत डिस्प्ले मार्फत बिभिन्न स्थानबाट बिराटनगर एयरपोर्ट हुदै आउने यात्रुहरुले हेर्न ब्यबस्था गरिएको छ ।

​​सधार्मिक पर्यटकीय सर्किट तयार गरी सुनसरीको रामधुनी हुदै श्रीलंका टापुबाट बेलका राजा बेलकारानी दरबार, महाकाँलथान मन्दिर हुदै कोशी नदीको सुक्लाफाँट हुदै औलिया मोठ सम्मको एक सर्किट, औलियामोठ हुदै बराह मन्दिर, खुलालुङ, कोकासंगम, मैनाराजा मैनारानी र त्रिबेणीधाम छिन्ताङ एक सर्किट लगायतका अन्य धार्मिक पर्यटक सर्किट बनाइसकेको र सरोकारबालाहरुसंग छलफल भैरहेको कार्यकारी निर्देशक अविजाल विष्टले बताउनु भएको छ । धरान र भेडेटार पुग्ने पर्यटकलाई बराहक्षेत्र र रामधुनीसम्म जोड्ने काम गर्नेछन् । ​पूर्वी नेपालको मुख्य धार्मिक क्षेत्र भएकाले यहाँ विकास समितिको उपस्थिति रहँदा स्थानीय स्तरमा धार्मिक पर्यटनको अझ धेरै प्रचारप्रसार हुने देखिन्छ ।



विराटनगर भदैा ३१ गते । बिराट मेडिकल कलेज अन्तर्गतको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्ट (एचपीईडी) ले स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञलाई एकै मञ्चमा ल्याउने उद्देश्यसहित ‘एचपीईडी–कन २०२६’(HPEd-CON 2026) आयोजना गर्ने भएको छ ।

सन् २०१६ मा स्थापना भएको एचपीईडी विभागले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर बुढीगंगा–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल परिसरमा २०८३ असोज १ देखि ३ गतेसम्म सञ्चालन हुने सम्मेलन ‘स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व : नवप्रवर्तन, समावेशिता र प्रभाव’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हो ।

मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बिराट मेडिकल कलेजका एचपीईडी विभागका अध्यक्ष तथा एचपीईडी–कन २०२६ का अध्यक्ष प्रा.डा. हेमसागर रिमालले सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, फिलिपिन्स र बेलायत (यूके) लगायतका देशका ३०० भन्दा बढी स्वास्थ्य शिक्षाविद्, विशेषज्ञ र प्रशिक्षक सहभागी हुने जानकारी दिनुभयो। उहाँको अनुसार सम्मेलनले स्वास्थ्य व्यवसाय शिक्षामा देखिएका चुनौती, सुधारका सम्भावना र विश्वव्यापी अभ्यासबारे गहन छलफल गर्नेछ । कार्यक्रममा अनुसन्धानमूलक प्रस्तुति, अन्तरक्रिया, अनुभव आदानप्रदान तथा परामर्श सत्र सञ्चालन गरिनेछ ।

सम्मेलनमा मेडिकल चिकित्सक, नर्स, एलाइड हेल्थ प्रोफेसनल, फिजियोथेरापिस्ट, पब्लिक हेल्थ विज्ञ, स्वास्थ्य क्षेत्रका शिक्षक तथा विद्यार्थी, नीति निर्माता र अन्तर्राष्ट्रिय प्रशिक्षकको सहभागिता रहने जनाइएको छ । स्वास्थ्य शिक्षा प्रणालीलाई समयानुकूल र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने बनाउने विषय सम्मेलनको प्रमुख केन्द्रमा रहने आयोजकले जनाएको छ । दक्षतामा आधारित चिकित्सा शिक्षा , गुणस्तरीय तथा सुरक्षित स्वास्थ्य सेवा, नयाँ प्रविधिको प्रयोग र पाठ्यक्रम सुधार जस्ता विषयमा विशेष सत्र सञ्चालन गरिनेछ ।

उक्त सम्मेलनमा स्वास्थ्य क्षेत्रमा संलग्न सरोकारवालाले महसुस गरेका चुनौती तथा समस्यालाई सम्बोधन गर्दै गुणस्तरीय तथा सुरक्षित स्वास्थ्य सेवा जनतासम्म पु¥याउन नयाँ प्रविधिको प्रयोग र पाठ्यक्रममा नयाँ अवधारणाका रूपमा रहेको दक्षतामा आधारित चिकित्सा शिक्षा को कार्यान्वयन, चुनौती तथा प्रभाव बारे समेत विस्तृत छलफल हुने बताएको छ ।

सम्मेलनबाट नेपालमा स्वास्थ्य व्यवसाय शिक्षा र स्वास्थ्य सेवा प्रणाली सुधारका लागि व्यवहारिक सुझाव तथा नयाँ सहकार्यका सम्भावना विकसित हुने विश्वास आयोजकले लिएको छ।  


बिराटनगर  २०८३ भदौ ३१ गते । उद्योग तथा व्यवसाय क्षेत्रमा युवाहरूलाई प्रेरित गर्दै स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर पहिचान गर्न सक्षम बनाउने उद्देश्यले उद्योग संगठन मोरङद्वारा सञ्चालित बिजनेस एट स्कुल कार्यक्रमको चौथो श्रृंखला गोग्राहा माध्यमिक विद्यालय, विराटनगरमा सम्पन्न भएको छ ।

इन्स्योर परियोजनाले प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीलाई उद्योग, प्रविधि, सीप, रोजगारी तथा उद्यमशीलतासँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।

कार्यक्रम अन्तर्गत मनमोहन पोलिटेक्निकले ‘इन्टरनेट अफ थिङ्स, ज्ञान अटोमेशनले ‘इन्डस्ट्रियल अटोमेशन’ तथा शीर्षक इन्टरप्राइजेजले ‘सिसिटिभि क्यामेरा सेटअप’ सम्बन्धी विषयमा ‘टेस्ट द ट्रेनिङ’ कार्यक्रम सञ्चालन गरेका थिए । यसका साथै विद्यार्थीका लागि करियर काउन्सेलिङ, सीप तथा उत्पादन प्रदर्शनी, लाइभ तालिम, सफल व्यक्तित्वहरूसँग अनुभव आदान प्रदान लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो ।

यसपटक कार्यक्रमलाई थप प्रविधिमैत्री बनाउँदै विद्यार्थीका लागि भर्चुअल रियालिटी प्रविधि मार्फत भर्चुअल उद्योग भ्रमणको व्यवस्था समेत गरिएको थियो । विद्यार्थीले उद्योग तथा कार्यस्थलको वास्तविक वातावरण बारे प्रविधिको माध्यमबाट अनुभव गर्ने अवसर पाएका थिए । साथै, करियर काउन्सेलिङ पछि विद्यार्थीले आफ्नो नतिजा अनलाइन माध्यमबाट हेर्न सक्ने व्यवस्था समेत गरिएको संगठनले जनाएको छ ।

कार्यक्रममा गोग्राहा माध्यमिक विद्यालयका प्रधानाध्यापक वेदु खतिवडाले विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र भविष्यको करियरबारे बुझ्ने तथा सिक्ने महत्वपूर्ण अवसर कार्यक्रमले प्रदान गरेको बताउनु    भयो ।

उद्योग संगठन मोरङले विद्यार्थीलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी उद्योगको वास्तविक कार्य वातावरण, प्रविधि, सीप, रोजगारी र उद्यमशीलतासँग जोड्दै भविष्यको करियर छनोटमा सहयोग पु¥याउन बिजनेस एट स्कुल कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


काठमाडौं भदैा १८ गते । २ सेप्टेम्बर २०२६। वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपाल ९स्वच्छ सफा नेपाल० को १३औँ वार्षिक साधारणसभा काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, वित्तीय अनुशासन, सामाजिक जवाफदेहिता तथा आगामी कार्यदिशाबारे समीक्षा गर्दै साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा क्लिन अप नेपालका साधारण सदस्य, स्थानीय तहका प्रतिनिधि, सरकारी विद्यालयका प्रतिनिधि, विकास साझेदार तथा सहयोगी निकाय, निजी क्षेत्र, साझेदार संस्था तथा संस्थाका कर्मचारीसहित करिब ४० जनाको सहभागिता रहेको थियो । विभिन्न सरोकारवाला निकायको उपस्थितिले संस्थाका कार्यक्रम तथा गतिविधिमा बहुपक्षीय सहकार्य र जवाफदेहिताको महत्वलाई समेत प्रतिबिम्बित गरेको थियो ।

क्लिन अप नेपालका अध्यक्ष अमोद कर्माचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका उपसचिव सुरेश विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाकी सचिव प्रार्थना न्यौपानेले गर्नुभएको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०८२र८३ मा संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको समग्र समीक्षा गरेको थियो । समीक्षा क्रममा संस्थाको प्रगति, प्रमुख उपलब्धि, वित्तीय अवस्था, कार्यान्वयनका क्रममा देखिएका चुनौती, सिकाइ तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे छलफल गरिएको थियो । यसले संस्थाका गतिविधिलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउँदै लैजान आवश्यक विषय पहिचान गर्ने अवसर प्रदान गरेको संस्थाले जनाएको छ ।

कार्यक्रममा क्लिन अप नेपालकी कोषाध्यक्ष सिमरन शेरचनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, सुजन एस। एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट सुजन सुवेदीले वित्तीय लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले संस्थाको समग्र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि सञ्चालन गरिएका प्रमुख कार्यक्रम, उपलब्धि, संस्थागत विकास, साझेदारी तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी, सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधि, सामाजिक प्रभाव तथा सरोकारवालाप्रतिको जवाफदेहिताका विषयमा जानकारी गराउनुभएको थियो ।

साधारणसभामा प्रतिवेदन प्रस्तुतिका साथै सदस्य तथा सरोकारवालाहरूबीच संस्थाको कार्यसम्पादन, पारदर्शिता, वित्तीय अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा छलफलसमेत भएको थियो । आर्थिक तथा वित्तीय पक्षको लेखापरीक्षण, संस्थागत प्रगति प्रतिवेदन र सामाजिक परीक्षणलाई साधारणसभाको प्रक्रियामा समेटिनुले क्लिन अप नेपालले आफ्नो संस्थागत सुशासन र जवाफदेहितालाई महत्व दिँदै आएको सन्देश दिएको छ ।

कार्यक्रममा शुभेच्छुक तथा साझेदार संस्थाहरूको तर्फबाट गैरसरकारी संस्था महासंघकी महासचिव देवी खड्का, क्ष्ऋक्ष्ःइम् की क्ष्लतभचखभलतष्यल ःबलबनभच भ्चष्अब ग्मबक, ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्य, युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष नारायण गिरी तथा ऋयmmगलष्तथ क्ष्लायचmबतष्यल ल्भतधयचप ९ऋक्ष्ल्० का पत्रकार लिलप्रकाश चन्दले शुभकामना तथा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वक्ताहरूले क्लिन अप नेपालले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले स्थानीय सरकार, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, समुदाय तथा अन्य सरोकारवालाबीचको सहकार्यलाई थप सुदृढ गर्दै वातावरणीय चुनौती समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।

साधारणसभाका अवसरमा क्लिन अप नेपालले संस्थाका कार्यक्रम तथा गतिविधिमा निरन्तर सहयोग, सहकार्य र योगदान पुर्‍याउँदै आएका विशिष्ट अतिथिहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेको.    थियो । उक्त सम्मान संस्थाले आफ्ना साझेदार तथा सरोकारवालासँगको सहकार्यलाई महत्व दिएको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो ।

क्लिन अप नेपालले साधारणसभामार्फत संस्थागत पारदर्शिता, वित्तीय अनुशासन, जवाफदेहिता, जिम्मेवारी तथा उत्तरदायित्वलाई आगामी दिनमा पनि निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाका अनुसार वार्षिक साधारणसभा केवल औपचारिक प्रक्रिया नभई संस्थाको विगतको कार्यसम्पादनको समीक्षा, सरोकारवालाप्रति जवाफदेहिता प्रदर्शन तथा आगामी कार्यदिशा स्पष्ट गर्ने महत्वपूर्ण संस्थागत मञ्च हो ।

संस्थाले वातावरणीय संरक्षण, दिगो फोहोरमैला व्यवस्थापन र उत्थानशील समुदाय निर्माणका लागि स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संस्था, विकास साझेदार, निजी क्षेत्र, समुदाय, स्वयंसेवक तथा नागरिक समाजसँगको सहकार्यलाई अझ विस्तार गर्ने क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले जनाउनुभएको छ ।

साधारणसभाको समापनमा क्लिन अप नेपालले संस्थाप्रति निरन्तर विश्वास, सहयोग र सहकार्य प्रदान गर्ने साधारण सदस्य, सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार तथा सहयोगी संस्था, निजी क्षेत्र, साझेदार संस्था, समुदाय, स्वयंसेवक र कर्मचारीप्रति आभार व्यक्त गरेको छ।

संस्थाले आगामी दिनमा पनि पारदर्शिता, जवाफदेहिता र सहकार्यमा आधारित संस्थागत अभ्यासलाई सुदृढ गर्दै स्वच्छ, स्वस्थ तथा उत्थानशील समुदाय निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको छ । क्लिन अप नेपालले हरित तथा दिगो नेपाल निर्माणका लागि विभिन्न सरोकारवालाबीच थप प्रभावकारी सहकार्यको आवश्यकता रहेकोमा जोड दिएको छ ।


बिराटनगर भदैा १८ गते । साल्ट ट्रेडिङ कर्पोरेसनको बिराटनगरस्थित जग्गाकेाक्षेत्रफलबिराटनगरमा साल्ट ट्रेडिङ लिमिटेड (कर्पोरेसन) को स्वामित्वमा कुल ८५० बिघा जग्गा रहेको छ। सरकारले यस जग्गामध्ये ३०० बिघा भूभाग खरिद गरेर त्यहाँ विशेष आर्थिक क्षेत्र (SEZ) स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।

 आयोडिनयुक्त नुन (Ayo Nun) मानव स्वास्थ्यका लागि फाइदा र बेफाइदासाल्ट ट्रेडिङ कर्पोरेसनले वितरण गर्ने 'आयो नुन' आयोडिनयुक्त नुन हो, जुन स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण मानिन्छ। यसको सेवनका फाइदा र बढी सेवन गर्दा हुने बेफाइदाहरू यस प्रकार छन्:राम्रो पक्ष (फाइदाहरू):थाइराइड र गलगाँड नियन्त्रण: आयोडिनले थाइराइड ग्रन्थिलाई राम्रोसँग काम गर्न मद्दत गर्छ र गलगाँड (Goiter) आउन दिँदैन।

मानसिक र शारीरिक विकास: बालबालिकाहरूको मानसिक र शारीरिक विकासका लागि यो अत्यन्त आवश्यक हुन्छ। आयोडिनको कमीले मानसिक सुस्तता हुन सक्छ।गर्भावस्थामा सुरक्षा: गर्भवती महिलाहरूले आयोडिनयुक्त नुन खाँदा पेटमा रहेको बच्चाको मस्तिष्कको विकास राम्रो हुन्छ र गर्भपतन हुने जोखिम कम हुन्छ।नराम्रो पक्ष (धेरै खाँदा हुने बेफाइदाहरू):उच्च रक्तचाप (High Blood Pressure): नुनमा सोडियम हुने भएकाले यसको अत्यधिक सेवनले रक्तचाप बढाउँछ, जसले मुटु सम्बन्धी रोग र स्ट्रोकको जोखिम निम्त्याउँछ।मृगौलामा असर: धेरै नुन खाँदा मृगौला (Kidneys) लाई शरीरबाट बढी सोडियम फिल्टर गर्न गाह्रो हुन्छ, जसले मृगौलाको पत्थरी वा खराबी गराउन सक्छ।शरीर सुन्निने (Water Retention): धेरै नुनले शरीरमा पानी जम्मा गराउँछ, जसका कारण हातखुट्टा वा शरीर सुन्निने समस्या हुन सक्छ।कृपया ध्यान दिनुहोस्: विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार एक स्वस्थ वयस्क व्यक्तिले दिनभरमा ५ ग्राम (लगभग एक सानो चम्चा) भन्दा कम मात्र नुन सेवन गर्नु उपयुक्त हुन्छ।

 यदि तपाईंलाई उच्च रक्तचाप वा मृगौलाको समस्या छ भने, नुनको सही मात्रा बारे आफ्नो डाक्टरसँग सल्लाह लिनुहोला।


विराटनगर भदैा १७ गते ।  नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रगती प्रतिवेदन आर्थिक मामिला तथा योजनामा पेश  गरिएको छ । प्रदेश कार्यालयले गरेका प्रमुख कार्यक्रम, गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन कोशी प्रदेश सरकारका माननीय आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेप समक्ष पेश गरेको छ । बीमा प्रधिकरण  कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनले बीमा प्राधिकरणले गरेको प्रगती विवरणको अवस्था समेटिएको बार्षिक विवरण माननीय मन्त्रीसमक्ष पेश गर्नुभएको हो ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा कार्यालयबाट सञ्चालन गरिएका बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम, विभिन्न सरोकारवालासँगको अन्तरक्रिया, बीमाको पहुँच विस्तार तथा बीमा क्षेत्रको विकासका लागि गरिएका विभिन्न पहललगायतका प्रमुख गतिविधिहरू समेटिएका छन्। प्रतिवेदन पेश गर्ने क्रममा कोशी प्रदेशमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमाको पहुँच विस्तार तथा आम नागरिकमा बीमाको महत्व र आवश्यकताबारे थप सचेतना अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

आगामी दिनमा प्रदेश सरकार र नेपाल बीमा प्राधिकरणबीच समन्वय तथा सहकार्य गरी आम नागरिकलाई लक्षित बीमा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने विषयमा समेत छलफल भएको थियो।  प्रदेशका ग्रामीण तथा बीमाको पहुँच न्यून रहेका क्षेत्रसम्म बीमा सम्बन्धी सूचना तथा सेवाको पहुँच विस्तार गर्ने, नागरिकलाई बीमाप्रति थप जागरूक बनाउने तथा बीमा सम्बन्धी समस्या र गुनासोको प्रभावकारी सम्बोधनका लागि सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने विषयमा समेत जोड दिइएको थियो।

सो भेटघाटले कोशी प्रदेशमा बीमाको पहुँच तथा प्रभावकारिता अभिवृद्धि गर्दै आम नागरिकलाई बीमाको दायरामा ल्याउन प्रदेश सरकार र नेपाल बीमा प्राधिकरणबीच आगामी दिनमा थप सहकार्य र समन्वय गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ ।


विराटनगर, भाद्र १५ गते। परोपकार अभियान समूह विराटनगरको आयोजनामा १९ औं राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भ पारेर पुस्तकालय दिवस र परोपकार पुस्तकालयका संस्थापक प्राज्ञ दधिराज सुवेदीको स्मृतिमा एक कार्यक्रम आयोजना भएको छ। उक्त कार्यक्रममा "आजको सन्दर्भमा पुस्तकालयको आवश्यकता र दधिराज सुवेदीको बहुआयामिक व्यक्तित्वमाथि" विभिन्न विद्वानहरूले विचार प्रस्तुत गर्ने, शुभकामना तथा श्रद्धाञ्जली प्रदान गर्दै विषयवस्तु माथि चर्चा गर्ने कार्यक्रम गरिएको छ। 

परोपकार पुस्तकालयको स्थापनाको सन्दर्भमा संस्थापक दधिराज सुवेदीको योगदान बारे चर्चा गरिनुको साथै सुवेदीको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्ने कार्यक्रम सम्पन्न भएको छ । आजको कार्यक्रममा पुस्तकालयको महत्त्वबारे प्रा. डा. भेषप्रसाद धमलाले आफ्नो विचारहरू व्यक्त गरेका छन् भने दधिराज सुवेदीको कृतित्वमाथि चर्चा गर्ने कार्य प्राज्ञ विवश पोखरेलले गरेका छन्। त्यसैगरी दधिराज सुवेदीको व्यक्तित्वमाथि प्रकाश पार्ने कार्य प्राध्यापक कविराज न्यौपानेबाट भएको छ।         

उक्त कार्यक्रममा संस्थाकी सह-कोषाध्यक्ष तथा पुस्तकालय संयोजक इन्दू सुवेदीले पुस्तकालय स्थापनादेखि हालसम्मको अवस्था जानकारी गराउँदै कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्णलाई स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्। यसैगरी सचिव कुलप्रसाद पौडेलले संस्थाको गतिविधि बारे र उपाध्यक्ष किशोर भट्टराईले परोपकार अभियान समूहको स्थापनाकालदेखिको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशकी सभासद माननीय शिला दीक्षित कार्कीले परोपकार अभियान समूह विराटनगरको एउटा विशिष्ट योगदान प्रदान गर्ने संस्था मध्येएक रहेको जानकारी गराइन् । यसैगरी कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार बलराम पोखरेलले परोपकार अभियान समूहको गतिविधि र परोपकार पुस्तकालयका संस्थापक दधिराज सुवेदीको योगदानको समाजले मूल्याङ्कन गर्दै आएको र यसले समाजमा विभिन्न समुदायका मानिसहरूलाई जोड्ने सह्रानीय काम गरेको बताए। संस्थाका अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्षले सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको अन्त्यमा मुलुकमा हालै घटेको विपत्तिमा परेर ज्यान गुमाएका सबैजनाको स्मरण गर्दै सामूहिक श्रद्धाञ्जली अर्पण पनि गरिएको जानकारी संस्थाका उपाध्यक्ष सोमराज कोइरालाले दिएका छन्।


विराटनगर भदैा १४ गते । शनिबारदेखि सुरु भएको विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको इन्ट्रा स्कुल पौडी प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।  

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई नियमित प्रशिक्षण गराई राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन् । उनका अनुसार प्रतियोगिताको पहिलो दिन शनिवार विभिन्न स्पर्धामा खुला प्रतिष्पर्धा गराइएको थियो भने ४४आइतबार विभिन्न समूहबिच प्रतिष्पर्धा गराइएको हो । 

आइतबार भएका विभिन्न २४ वटा इभेन्टबाट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० का धावा तामाङ छात्र तर्फ सर्वाधिक गोल्ड मेडल जित्दै खेलको म्यान अफ द म्याच बन्नुभयो भने छात्रा तर्फ कक्षा ८ की आश्ना कटुवाल उमन अफ द म्याच हुनुभएको इन्चार्ज डंगोलले जानकारी दिइन् ।

कक्षा ६ र ७ का छात्र तर्फ भएको ५० मिटर फ्रीस्टाईलमा कक्षा ७ का अनुभव दाहाल प्रथम, कक्षा ६ का डेनिश काफ्ले दित्तिय र कक्षा ७ का आरभ आचार्य तृतिय भए। सोहि कक्षा को २५ मिटर फ्रीस्टाईल छात्रमा कक्षा ७ का आदित्य साह प्रथम, कक्षा ६ का आरध्य झा दित्तिय र कक्षा ७ का स्पन्दन चौधरी तृतिय भए। २५ मिटर बटरफ्लाईमा कक्षा ६ का श्रीयांश थापा प्रथम, आरभ चौधरी दित्तिय र प्रनव भट्टराई तृतिय भए । 

त्यस्तै ५० मिटर ब्रेस्टस्ट्रोकमा कक्षा ७ का पुरव तिम्सिना प्रथमक र आरध्य पाण्डे दित्तिय हुँदा कक्षा ६ का आरभ चौधरी तृतिय भए। १०० मिटर फ्रीस्टाईलमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, आरध्य पाण्डे दित्तिय र कक्षा ६ का प्रनव भट्टराई तृतिय भए । सोहि कक्षा समूहको २०० मिटर फ्रीस्टाईलमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, आरध्य पाण्डे दित्तिय र कक्षा ६ का श्रीयांश थापा तृतिय भए । २५ मिटर ब्रेस्टस्ट्रोकमा आरध्य पाण्डे प्रथम, पुरव तिम्सिना दित्तिय र श्रीयांश थापा तृतिय भए ।  २५ मिटर ब्याक स्ट्रोकमा कक्षा ७ का प्रनव भट्टराई प्रथम, अनुभव दाहाल दित्तिय र कक्षा ६ का आरभ चौधरी तृतिय भए। पानी मुनिबाट खेलिने २५ मिटर फिन्स इभेन्टमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, कक्षा ६ का श्रीयांश थापा दित्तिय र कक्षा ७ का आरध्य पाण्डे तृतिय भए ।  

कक्षा ६ र ७ कै समूहबाट छात्रा तर्फ भएको १५ मिटर फ्रीस्टाईलमा कक्षा ७ का आरध्या पोखरेल प्रथम, सदिक्षा ढुङ्गाना दित्तिय र विनिशा लामिछाने तृतिय भइन्। २५ मिटर फ्रीस्टाईलमा कक्षा ७ कि काब्या कार्की प्रथम कक्षा ६ की स्मृति झा दित्तिय र कक्षा ७ की विनिशा लामिछाने तृतिय भइन्।

छात्रा तर्फ नै कक्षा ८–१० को समूहबाट भएको ५० मिटर फ्रीस्टाईलमा आश्ना कटुवाल ९८० प्रथम, सुप्रभा कट्टेल (९) दित्तिय र रश्मी गौतम (८) तृतिय भइन् । २५ मिटर फ्रीस्टाईलमा आश्ना कटुवाल (८) प्रथम, रश्मी गौतम (८) दित्तिय र सुप्रभा कट्टेल (९) तृतिय भइन् । २५ मिटर फ्रीस्टाईल खुलामा आश्ना कटुवाल प्रथम, रश्मी गौतम दित्तिय र सुप्रभा कट्टेल तृतिय भइन् ।

सोहि कक्षा समूहको छात्र तर्फ भएको २०० मिटर फ्रीस्टाइलमा कक्षा १० का धावा तामाङ प्रथम, सुज्ञान कोइराला दित्तिय र हर्षित प्रताप सिंह तृतिय भए। १०० मिटर फ्रीस्टाईलमा सुज्ञान कोइराला(१०) प्रथम, हर्षित प्रताप सिंह (१०) दित्तिय र स्वयम राज घिमिरे (९) तृतिय भए । ५० मिटर फ्रीस्टाइलमा कक्षा १० मनसुन कार्की प्रथम, आरभ थापा दित्तिय र अभय थापा मगर तृतिय भए। २५ मिटर फ्रीस्टाईलमा धर्मेश चौधरी (१०) प्रथम, सुशान्त राउत (१०) दित्तिय र तनिश मण्डल(९) तृतिय भए।

यहि कक्षा समूहको २५ मिटर बटरफ्लाईमा धावा तामाङ (१०) प्रथम, सुज्ञान कोइराला (१०) दित्तिय र रेहान अन्सारी (९) तृतिय हुँदा ५० मिटर ब्रेष्टस्ट्रोकमा कक्षा १० का सुज्ञान कोइराला प्रथम, रेहान अन्सारी(९) दित्तिय र रुद्र शर्मा (१०) तृतिय भए । २५ मिटर ब्याकस्ट्रोकमा कक्षा १० का धावा तामाङ प्रथम, सुज्ञान कोइराला दित्तिय र कक्षा ९ का रेहान अन्सारी तृतिय हुँदा २५ मिटर ब्रेस्टस्ट्रोकमा पनि तामाङ, कोइराला र अन्सारी क्रमश प्रथम दित्तिय र तृतिय भए ।  २५ मिटर फ्रीस्टाईल खुलामा कक्षा ८ का सिद्धान्त यादव प्रथम, मबि शर्मा दित्तिय र भेरी अग्रवाल तृतिय भए।

यस्तै रिले फ्रीस्टाईल खुलामा समूह ए प्रथम भयो भने समूह सी दित्तिय र समूह बी तृतिय भयो । प्रतियोगिताको निर्णायकको भूमिका कोशी प्रदेश पौडिका मुख्य प्रशिक्षक इन्द्रजीत राजभण्डारी निर्वाह गरेका थिए । उनका अनुसार आगामी राष्ट्रिय प्रतियोगितामा भाग लिन कोशी प्रदेशमा विभिन्न स्थानमा प्रशिक्षणलाई तिब्रता दिइएको छ ।

प्रतियोगिताका विजेताहरुलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरी, भाइस प्रिन्सिपल कुन्दन पुरीलगायतले मेडल तथा ट्रफी वितरण गरे। प्रतियोगिता अन्तर्गत कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुबिच १५ मिटरदेखि १५०० मिटरका विभिन्न स्पर्धा गराइएको थियो ।


काठमाण्डैा भदैा १४ गते । भारत र अन्य देशको इसारामा चिनलाई प्रत्यक्ष असर पर्ने खालका गतिविधि गर्न नेपालले थाले पछि पहिलानै चिनले नेपाललाई बाढी  पैरोको चेतावनी दिएको थियो। जब रास्वपाका अध्यक्ष रवि लामिछाने भारत (इन्डिया) गएर नेपाल आए पछि रविले आफ्नो विगतका कुरा जनताको सानु भुति संधै बिर्सेर रविले बालेनलाई वा सरकारलाई जेन्जी भावना विपरीत सुझाव दिन थालेकेा हेा की भन्ने अहिले नेपाली जनताको बुजाइ रहेको पाइन्छ। 

रास्वपा लाई भन्दा पनि जनताले चुनावमा बालेनका नाममा  सबैले भोट हालेको कुरा जनताले बताई रहेका छन्। भारतबाट रवि फर्के पछि उनको जनताले हेर्ने नजर १०० बाट ५० मा उनको हाइट घटेको छ।बालेन लाई पनि रवि कै जस्तै लडु खुवाएर लेन्डुप बनाएर पठाउलाई भारतले बालेनलाई बोलाको बोलाई गर्यो तर चतुर बालेन गएनन् उनको छवि १०० सय प्रतिशत जनतामा उच्चो रहेककोछ भन्छन जनता।नेपालमा दलाई लामा जन्माउनु, गुम्बामा हतियार राख्नु तिब्बती लाई नेपालमा आश्रय दिनु, नागरिकता दिनु, चिन विरोधी गतिविधि, सभा सम्मेलन राख्नु, गर्न थाल्नु, गृहमन्त्री गतिविधि संकास्पद देखिनु तिब्बती महिलाको चिन विरोधी सम्मेलन भदैा १० गते देखी अन्तराष्ट्रिय सम्मेलन गर्नलागेकै दिन चीनका हिम पैरेाले ड्याम फुटेर  नेपालमा बाढी पैरेा आउनु समयेाग हेा साजिस हेा भनेर जनताले सरकारलाइ सेाधिरहेका छन ।

 ( नेपाल बेलैमा  सचिनु पर्छ) नेपाल सरकारले बेलैमा दुरदर्शी नभए, गृहमन्त्री नहटाए, चिन सग राम्रेा मित्रता नराखे देशले अझै  नोक्सान खेप्नु पर्ने बिषलेकहरूकेा बुजाइ रहेको पाइन्छ । बाढी पैरेनमा ज्यान गुमाउनुने प्रति सबैकेा हार्दिक श्रद्धाञ्जली ।


बिराटनगर भदौ १३ गते । सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज) को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिष बाटै निर्णय गराएर सट्टापट्टाको नाममा जग्गा दलहरूले पानी बगिरहेको खेालेा खेालाकेा बगर किनेर सट्टा पट्टा बिराटनगरकेा जग्गा कठ्ठा कै करेाडैा मुल्यमा बिक्री गरेर तत्कालीन प्रधानमन्त्री मादव नेपालले ठुलेा  भ्रष्ट्रचार गरेकेा खुलेको छ। सो कम्पनीको नाममा सुनसरी र बिराटटनगर बजारमा रहेको - मोरङका बिभिन्न ठाउमा रहेको जग्गा बिक्री गर्न मन्त्रिपरिषद्ले नै सहमति दिएर भ्रष्ट्रचार गरेकेा त्यसै बेला खुलेको थियो। 

यस्तै गरी पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा सट्टा पट्टा प्रकरणमा ठुलेा भ्रष्ट्रचार लाइ ढाकछोप गरि कमजेार प्रमाण  राखि मुद्दा तयार  दायर गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाल टासी कम्पनीको जग्गा बिक्रीमा पनि विस्तृत छानबिन गरिरहेको भनिए पनि आज सम्म उम्काउने बाहेक केही गरेकेा छैन अव  मादव नेपालकेा टिम जग्गा दलाल सबैलाइ कडा कार्यवाही गरेर नेपाल सरकारकेा जग्गा छिटेा फिर्ता गर्न जनताले मागगर्दै    छन ।

इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको र बिराटनगरकेा मेन बजारको खरबैा कठ्ठा पर्ने जग्गा बिक्री गर्न दिएर खेालाकेा बगर खेालेा किनेर ठुलेा भ्रष्ट्रचार गरी दुर्गम स्थानमा जग्गा सट्टापट्टा गर्न ०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले अनुमति दिएको थियो। ५९ बिघा नौ कट्ठा जग्गा त्यसरी सट्टापट्टा गर्न दिइएको थियो। जसमा मन्त्रिपरिषद्को सामाजिक समिति जिम्मेवार देखिएको अख्तियार स्रोत बताउँछ। आयोगले यस प्रकरणमा कम्पनीका सञ्चालक तथा मालपोतका कर्मचारीको बयान लिइसकेको छ। फलफूलसम्बन्धी उद्योग सञ्चालनका लागि भनेर सो कम्पनीले हदबन्दीभन्दा बढी जग्गा राखेकोमा जग्गाको मूल्य बढेपछि बिक्री गरिएको थियो। सो उद्योग भने अहिले पनि इटहरीमा सञ्चालनमै छ । अपराधी दलालहृरूलाइ कानुनी कठगारामा ल्याइ सरकारी जग्गा फिर्ता लिन सरकार सग जनताले मागगरी रहेका छन ।


झापा  भदैा १३ गते ।  (सुरेन्द्र भण्डारी) निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याव्सन   झापाको पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता भदौ १३ गतेदेखि सञ्चालन हुने भएको छ।

प्याव्सन झापामा आबद्ध सबै सदस्य विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई सहभागी गराउँदै प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा पहिचान तथा प्रस्फुटन गर्ने र सिकाइसँग प्रत्यक्ष सरोकार राख्ने अतिरिक्त क्रियाकलापलाई विद्यालय शिक्षाको अभिन्न पक्षका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्याव्सन झापाले जनाएको छ।
प्रतियोगितामा ११ वटा विभिन्न विधा समावेश गरिएको छ। कक्षा ३ सम्मका विद्यार्थीका लागि रंग भर्ने, कक्षा ५ सम्मका लागि चित्रकला, हाजिरीजवाफ, नेपाली तथा अंग्रेजी निबन्ध लेखन, कक्षा ६ देखि ८ सम्म हाजिरीजवाफ, नेपाली तथा अंग्रेजी निबन्ध लेखन, , कविता वाचन, आकस्मिक वक्तृत्वकलालगायतका विधामा प्रतियोगिता सञ्चालन हुनेछ। कक्षा ९ र १० का विद्यार्थीका लागि निबन्ध लेखन तथा आकस्मिक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ। वक्तृत्वकला प्रतियोगिता नेपाली र अंग्रेजी दुवै माध्यममा सञ्चालन हुनेछ।

प्याव्सन झापाका सचिव तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीका अनुसार प्रतियोगितामा जिल्लाका सबै पालिकाबाट विद्यार्थी सहभागी हुनेछन्। पालिकास्तरमा हुने प्रारम्भिक प्रतियोगितामा करिब ६ हजार विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ। प्रत्येक पालिकाबाट उत्कृष्ट विद्यार्थी छनोट गरी जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइनेछ।

कार्यक्रमलाई एकरूपता र निष्पक्ष बनाउन झापाका सबै पालिकामा एउटै प्रश्नपत्र र एउटै समयमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ। प्रश्नपत्र, उत्तरपुस्तिका, निर्णायक तथा व्यवस्थापनलगायत आवश्यक तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।

प्रतियोगिताको व्यवस्थापनका लागि प्याव्सन झापाले अतिरिक्त क्रियाकलाप उपसमिति गठन गरेको छ। उपसमितिको संयोजकमा प्याव्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेती तथा सदस्यमा टेकनाथ तिम्सिना र गोपाल राजवंशी रहेका छन्।

प्रतियोगिताको प्रभावकारी सञ्चालन तथा अनुगमनका लागि पालिकागत रूपमा अनुगमन समिति समेत गठन गरिएको छ। पालिका अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीलाई कार्यक्रममा उपस्थित गराई प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको प्याव्सन झापाले जनाएको छ।

पालिकास्तरमा सम्पन्न हुने प्रतियोगिताबाट छनोट भएका विद्यार्थीबीच भदौ २३ गते जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गरिनेछ। जिल्ला स्तरीय कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच हाजिरीजवाफ तथा कक्षा ९ र १० का विद्यार्थीबीच आकस्मिक वक्तृत्वकला प्रतियोगिता हुने जनाइएको छ।

विद्यार्थीको पाठ्यक्रममा आधारित सिकाइलाई अतिरिक्त क्रियाकलापसँग जोड्दै उनीहरूको बौद्धिक, सिर्जनात्मक, भाषिक तथा प्रस्तुति क्षमता विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको प्याव्सन झापाले जनाएको छ।

प्रतियोगितामा सहभागी हुने सबै विद्यार्थीलाई अग्रिम शुभकामना दिँदै प्याव्सन झापाका सचिव उप्रेतीले अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीमा रहेको प्रतिभा पहिचान र प्रस्फुटनका लागि कार्यक्रम महत्वपूर्ण हुने बताए। उनका अनुसार प्रतियोगितालाई केवल प्रतिस्पर्धाका रूपमा नभई विद्यार्थीको सिकाइ, क्षमता विकास र आत्मविश्वास अभिवृद्धिसँग जोडेर सञ्चालन गरिनेछ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.