Websoft University

तेक्वान्दो खेल २५ र २६ बिराटनगरमा हुने


बिराटनगर असेाज २१ गते । मोरङ जिल्ला (ITF) तेक्वान्दो संघको आयोजना र प्रदेश खेलकुद विकास वोर्ड कोशी प्रदेशको संयोजनमा २६ औं राष्ट्रिय (ITF) तेक्वान्दो प्रतियोगिता विराटनगरको कन्चनजंघा ब्याङ्क्वेट्समा मिति २०८३ साल असोज २५ र २६ गते २ दिनसम्म सञ्चालन हुने भएकेा छ ।

 उक्त प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय टिमकोसहभागिताहुनेछ । यस प्रतियोगितामा कुल जम्मा खेलाडी १७० जनाले प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुष तर्फ ९० र महिला तर्फ ८० जना खेलाडीले सहभागिता जनाउनेछन् ।

 यस प्रतियोगितामा ५ विद्या रहनेछन् । जसमा (१) एक्कल स्पाइरिङ्ग तर्फ पुरुष, महिला (२) ग्रुप स्पाइरिङ्ग तर्फ पुरुष, महिला (३) एक्कल प्यार्टन तर्फ पुरुष, महिला (४) ग्रुप प्यार्टन तर्फ पुरुष, महिला (५) सेल्फडिफेन्स तर्फ पुरुष, महिला रहनेछन् । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु नेपालको राष्ट्रिय टोलीमा पर्नेछन् र बन्द प्रशिक्षणमा राखिने छ । 

यही मंसिर ४, ५ र ६ तीन दिनसम्म काठमाण्डौमा सञ्चालन हुने ८ औं दक्षिण एशियाली आई टि एफ तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । २६ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा महासंघ प्रतिनिधि ३ जना, अम्पायर ३५ जना, कोच र व्यवस्थापक गरी ३० जना र स्थानीय अम्पायर ५ जना गरी जम्मा २४३ जनाको उपस्थिति रहनेछ ।

 उद्घाटन सत्र २०८३ असोज २५ गते कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिकमत कुमार कार्कीले गर्नुहुनेछ भने समापन सत्र असोज २६ गते कोशी प्रदेशका माननीय सामाजिक विकास मन्त्री गीता तिम्सिनाज्यूले गर्नुहुनेछ भन्ने जानकारी नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले आज बिराटनगरमा जानकारी गराउनु भएकेा छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.