Websoft University
Articles by "मुख्य समाचार"


विराटनगर भदैा २६ गते  । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ ।

महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको पारिश्रमिकबाट रकम कटौतीसँगै विपद् व्यवस्थापन कोषबाट रकम व्यवस्थापन गरी बाढीपीडितका लागि उक्त सहयोग जुटाएको हो ।

महानगरका मेयर नागेश कोइरालाले प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई काठमाडौं पठाएर सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड एक हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

महानगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराइएको छ । बाँकी रकम जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको सेवा–सुविधा तथा पारिश्रमिकबाट कटौती गरी संकलन गरिएको हो ।

राहत रकम जुटाउन मेयरले दुई महिनाको सेवा–सुविधा र उपमेयरले एक महिनाको सेवा–सुविधा दिएका छन् । त्यस्तै वडाध्यक्षको सात दिनको सेवासुविधारकम राहत कोषमा जम्मा गरिएको महानगरले जनाएको छ ।

कर्मचारीतर्फ सहसचिव र उपसचिव तहका कर्मचारीको १० दिन, अधिकृत तहका कर्मचारीको सात दिन तथा सहायक तहका कर्मचारीको तीन दिनको पारिश्रमिक कटौती गरिएको छ ।

सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीबाट पनि तह र श्रेणीअनुसार पारिश्रमिक कटौती गरिएको छ । माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको १० दिन, माध्यमिक द्वितीय र तृतीय, निम्न माध्यमिक प्रथम तथा प्राथमिक प्रथम श्रेणीका शिक्षकको सात दिन तथा निम्न माध्यमिक द्वितीय र तृतीय तथा प्राथमिक द्वितीय र तृतीय श्रेणीका शिक्षकको पाँच दिनको पारिश्रमिक राहतका लागि छुट्याइएको छ ।

विद्यालयका कर्मचारी तथा बालविकास सहजकर्ताको दुई दिनको पारिश्रमिकसमेत राहत कोषमा जम्मा गरिएको महानगरपालिकाले जनाएको छ ।

 महानगरले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै प्रभावित परिवारको तत्काल उद्धार, राहत, उपचार र पुनःस्थापनाका लागि स्थानीय तहको तर्फबाट सहयोग गरेको जनाएको छ ।

मेयर कोइरालाले प्राकृतिक विपद्का कारण घर, सम्पत्ति र जीवनयापनको आधार गुमाएका नागरिकको पीडा साझा राष्ट्रिय पीडा भएको बताए ।

‘विपद्को पीडा कुनै भूगोल वा समुदायमा सीमित हुँदैन । यस्तो अवस्थामा राज्यदेखि स्थानीय तह, निजी क्षेत्र, संघसंस्था र आम नागरिकसम्म सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ,’ उनले भने ।

महानगरले विपद्का बेला सहानुभूति व्यक्त गर्नु मात्रै पर्याप्त नहुने निष्कर्षसहित प्रभावित नागरिकलाई प्रत्यक्ष राहत पुग्ने गरी आर्थिक तथा मानवीय सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

महानगरपालिकाका अनुसार उपलब्ध रकम बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा उनीहरूलाई सामान्य जीवनमा फर्काउन सहयोगी हुनेछ ।

भोटेकोशी बाढीपीडितको सहयोगका लागि महानगरले देश तथा विदेशमा रहेका नेपाली, उद्योगी–व्यवसायी, संघसंस्था, सामाजिक अभियन्ता, नागरिक समाज तथा आम नागरिकलाई समेत सहयोगमा जुट्न आह्वान गरेको छ ।

विपद् कहिले र कहाँ आउँछ भन्ने निश्चित नहुने भएकाले त्यसको सामना सामूहिक प्रयासबाट मात्रै सम्भव हुने महानगरको भनाइ छ । संकटमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउँदै पुनःस्थापनाको आधार तयार गर्न सबै पक्ष एकजुट हुनुपर्ने मेयर कोइरालाले बताए ।

 


मेारंङ साउन २९ गते । बिराटनगर आखां अस्पताल ७.५ हेक्टर (लगभग ११ बिघा जग्गामा फैलिएको छ  ।अस्पतालको स्थापना सन् २००६ सेप्टेम्बर (विक्रम संवत २०६३) मा भएको हो। सुरुमा यो लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको एउटा शाखाको रूपमा भाडाको घरबाट सुरु भएको थियो र पछि सन् २०११ नोभेम्बरमा यसको आफ्नै नयाँ र ठुलो भवनको उद्घाटन गरियो।

आफ्नो स्थापनाकालदेखि अहिलेसम्म १ करोड ६६ लाखभन्दा बढीले ओपिडी र २४ लाख ९९ हजारभन्दा बढी आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेकाछन । दैनिक रूपमा मात्रै यहाँ हजारौँ बिरामीहरू उपचारका लागि आउने गर्छन्। 

येा नाफामूलक संस्था होइन। यो नेपाल नेत्रज्योति संघ र नेपाल सामाजिक कल्याण परिषद् र क्रिस्चियन ब्लाइन्ड मिसन (CBM) को सहकार्यमा संचालित 'पूर्वी क्षेत्रीय आँखा उपचार कार्यक्रम' (EREC-P) अन्तर्गतको एक गैर-नाफामूलक सामुदायिक संस्था हो। 

यसको मुख्य उद्देश्य गरिब तथा विपन्न वर्गलाई अत्यन्तै कम र सुलभ मूल्यमा उच्च गुणस्तरको आँखा उपचार सेवा प्रदान गर्नु हो।सुरुमा भाडाको सानो घरबाट न्यून लगानीमा सेवा थालेको यस अस्पतालको व्यवस्थित र ठुलो पूर्वाधार निर्माणका लागि कुल ५३ करोड रुपैयाँ (NPR ५३,००,००,०००) खर्च भएको थियो। उक्त रकम युरोपियन युनियन (EU), CBM जर्मनी, स्टाण्डर्ड चार्टर्ड बैंक र सगरमाथा चौधरी आँखा अस्पताल लहानको आर्थिक सहयोगमा संकलन गरिएकेा रकमबाट संञ्चालन गरिएको थियो।

 


भद्रपुर, २५ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी इन्द्रमाया खातीका लागि तीन कोठे घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत नेकपाले इन्द्रमायाको घर निर्माण गरेको हो । आज आयोजित घर हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले इन्द्रमायालाई घरको चाबी हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्बोले संविधान निर्माणका क्रममा आवासको अधिकारलाई मौलिक हकका रूपमा समावेश गरिएको बताउनुभयो । कम्युनिस्ट सरकार भएका बेला विपन्न तथा सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिए पनि राजनीतिक अस्थिरताका कारण त्यसलाई पूर्ण रूपमा अघि बढाउन नसकिएको उहाँले उल्लेख गर्नुभयो ।


विराटनगर, साउन २४ गते । मोरङ, सुनसरी र झापाबाट लागू औषध सहित १० जना पक्राउ परेका छन् ।

साउन २३ गते जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका(१, गुप्तबराहस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र।१-०२-००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त कारभित्र २२ वटा प्लाष्टिकका पोकामा लुकाई राखेको ४१८ किलो गाँजा फेला पारी कार चालक जिल्ला सुनसरी, धरान उपमहानगरपालिका(१३ का ३४ वर्षीय थमन राई, सोही कारमा सवार जिल्ला ओखलढुङ्गा, मानेभञ्ज्याङ गाउँपालिका-५ का २२ वर्षीया जिवनी राई, मोटरसाइकल चालक जिल्ला मोरङ, कटहरी गाउँपालिका(३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ३८ वर्षीय शंकर चौधरीलाई पक्राउ गरिएको छ भने जिल्ला सुनसरी, धरान उपमहानगरपालिका(११ स्थित रिटिङ टोलमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान-११ का ३२ वर्षीय उमेश कार्की, ३३ वर्षीय रुद्र मगर र धरान(१६ का २४ वर्षीया स्वास्तिका गुरुङलाई ९३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

त्यसैगरी, जिल्ला मोरङ, विराटनगर महानगरपालिका-१५, मण्ठा पोखरीस्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका(१५ का ३१ वर्षीय मोहमद हुसेनलाई १०० ग्राम ६०० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको छ ।

त्यसैगरी, जिल्ला झापा, मेचीनगर नगरपालिका(८, सरस्वती टोलस्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो, काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ईटाभट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्र।१-०१-००२ ह ३५६९ नम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा चालक जिल्ला मोरङ, पथरी शनिश्चरे नगरपालिका(५ का २५ वर्षीय गणेश चौधरी र जिल्ला झापा, मेचीनगर नगरपालिका(११, धुलाबारीका २३ वर्षीय सोमनाथ राजवंशीलाई ५३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

पक्राउ परेका सबैको सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ ।



झापा साउन १९ गते ।  विद्यालय केवल पढाइ हुने ठाउँ मात्र होइन, भविष्य निर्माण हुने आधारभूमि पनि हो । तर पछिल्ला वर्षहरूमा विद्यालय समयअघि र पछाडि विद्यालय परिसरमा हुने अवाञ्छित गतिविधि, लागूऔषधको बढ्दो प्रभाव र सामाजिक विकृतिले अभिभावक, शिक्षक र स्थानीय समुदायलाई चिन्तित बनाइरहेको छ । यही चिन्तालाई अवसरमा रूपान्तरण गर्ने प्रयासस्वरूप झापाको बाह्रदशी गाउँपालिकामा सामुदायिक विद्यालयलाई सुरक्षित र लागूऔषध दुव्र्यसनमुक्त बनाउने दीर्घकालीन अभियान सुरु गरिएकोछ ।


अभियानको पहिलो पाइला बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीस्थित भगवती आधारभूत विद्यालयबाट चालिएको छ । विद्यालय परिसरमा चारवटा सिसी क्यामेरा जडान गर्दै अभियानको औपचारिक शुभारम्भ गरिएको हो । अभियान अन्तर्गत आगामी दिनमा गाउँपालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयमा क्रमशः सिसी क्यामेरा जडान गरिने योजना बनाइएको छ ।
यो अभियान कुनै सरकारी बजेटबाट होइन, समाजप्रति उत्तरदायित्व बोध गर्ने एक युवा व्यवसायीको सामाजिक अभियन्ताको प्रतिबद्धताबाट सुरु भएको हो ।
  
 बाह्रदशी–२ निवासी तथा एभरेष्ट हाइपर मार्केटका सञ्चालक, विद्यालयका पूर्वविद्यार्थी चान मोहम्मदको सहयोगमा पहिलो चरणको काम सम्पन्न भएको हो । विद्यालयले अभियानको सुरुआत गरिदिएको भन्दै उनलाई सम्मानसमेत गरेको छ । उनको अभियानलाई साथ दिँदै विदालयका पूर्व विद्यार्थी तथा फूलवारी माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल र ओम वुढाथोकीले पनि साथ दिएका छन्  उनीहरुलाई समेत विद्यालय परिवारले सम्मान गरेको छ ।
  
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वशुन्धरा खड्काले अभियानको उद्घाटन गर्दै विद्यालयको सुरक्षा केवल विद्यालयको विषय नभई समाजकै भविष्यसँग जोडिएको प्रश्न भएको बताइन् । उनले विद्यालयमा जडान गरिएका सिसी क्यामेरालाई ‘बिनावर्दीको प्रहरी’को संज्ञा दिँदै प्रविधिको प्रभावकारी प्रयोगले लागूऔषध सेवन, हिंसा, चोरी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । ‘प्रहरी सबै ठाउँमा चौबीसै घण्टा उपस्थित हुन सक्दैन । तर सिसी क्यामेराले निरन्तर निगरानी गर्छ। यसले अपराध हुनुअघि नै रोकथाम गर्न ठूलो भूमिका खेल्छ,’ उनले भनिन् ।

विद्यालय समयपछि बढ्दै गएका अवाञ्छित गतिविधिले जन्मायो अभियान

विद्यालयका प्रधानाध्यापक घनश्याम उप्रेतीका अनुसार विद्यालय सञ्चालन नहुने समयमा केही बालबालिका तथा युवाहरू विद्यालय परिसरमा जम्मा भएर अवाञ्छित गतिविधि गर्ने, विद्यालयको सम्पत्तिमा क्षति पु¥याउने तथा लागूऔषध दुव्र्यसनसँग सम्बन्धित गतिविधि देखिन थालेपछि विद्यालयले सुरक्षाको नयाँ उपाय खोज्न थालेको थियो ।

उनका अनुसार विद्यालयलाई केवल भौतिक रूपमा सुरक्षित बनाउने मात्र होइन, विद्यार्थीमा अनुशासन, अभिभावकमा विश्वास र समुदायमा उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो । ‘विद्यालय सुरक्षित भयो भने विद्यार्थी सुरक्षित हुन्छन्, विद्यार्थी सुरक्षित भए समाज सुरक्षित बन्छ,’ उनले भने ।
प्रहरी, विद्यालय र समुदाय एउटै अभियानमा

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य तथा बाह्रदशी–२ का वडाध्यक्ष भीमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय राजगढका प्रमुख जबरबहादुर बस्नेत विशिष्ट अतिथि थिए । कार्यक्रममा समाजसेवी अमृतबहादुर बुढाथोकी, लुम्बिनी समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रतिनिधि विष्णुप्रसाद भट्टराई, वडा सदस्य इसाक आलम, युवराज ढकाल, पूर्व जनप्रतिनिधि प्रेमबहादुर घिमिरे, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो ।

विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा वरिष्ठ शिक्षक महेश कुमार विष्टले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रधानाध्यापक घनश्याम उप्रेतीले सञ्चालन गरेका थिए ।

पूर्वविद्यार्थीको योगदानले थपियो उत्साह

कार्यक्रमको अर्को प्रेरणादायी पक्ष पूर्वविद्यार्थीहरूको सक्रिय सहभागिता रह्यो । सिसी क्यामेरा उपलब्ध गराएर अभियान सुरु गराएका पूर्वविद्यार्थी चान मोहम्मदले आफूले अध्ययन गरेको विद्यालयको सुरक्षाका लागि सानो योगदान गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले विद्यालयको विकासमा पूर्वविद्यार्थीहरूको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राखे । कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी तथा फूलबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहालले विद्यालयलाई थप एक थान आईपी क्यामेरा उपलब्ध गराउने घोषणा गरे । उनको घोषणाले अभियानलाई थप ऊर्जा दिएको सहभागीहरूले बताएका थिए ।

विद्यालयबाट सुरु भएको सामाजिक अभियान

कार्यक्रममा मोहम्मद, अमृतबहादुर बुढाथोकी, विष्णुप्रसाद भट्टराई, थीरकुमार दाहाल, युवराज ढकाल तथा प्रहरी उपरीक्षक वशुन्धरा खड्कालगायत वक्ताहरूले विद्यालय सुरक्षा, लागूऔषध दुव्र्यसन नियन्त्रण तथा सामुदायिक उत्तरदायित्वका विषयमा विचार राखेका थिए ।
वक्ताहरूले लागूऔषध दुव्र्यसन नियन्त्रण प्रहरीको मात्रै जिम्मेवारी नभई अभिभावक, शिक्षक, स्थानीय सरकार, पूर्वविद्यार्थी र सम्पूर्ण समुदायको साझा दायित्व भएकोमा जोड दिए । उनीहरूको भनाइमा विद्यालयमा प्रविधिको प्रयोगले अपराध नियन्त्रणमा सहयोग पु¥याउने मात्र होइन, विद्यार्थीमा अनुशासन र अभिभावकमा भरोसा पनि बढाउनेछ । अब सबै विद्यालयमा विस्तार
 
कार्यक्रमका अध्यक्ष तथा वडाध्यक्ष भीमबहादुर कार्कीले विद्यालयको रूपान्तरण कुनै एक संस्था वा व्यक्तिबाट सम्भव नहुने उल्लेख गर्दै सबै पक्षले हातेमालो गरे मात्र सामुदायिक विद्यालयलाई गुणस्तरीय र सुरक्षित बनाउन सकिने बताए ।
उनले बाह्रदशी गाउँपालिकाभित्र रहेका १६ वटै सामुदायिक विद्यालयमा चरणबद्ध रूपमा सिसी क्यामेरा जडान गर्ने अभियान सञ्चालनमा सहयोग पु¥याउन आफू तत्पर रहेको बताए । 


नेपालगन्ज साउन १४ गते । मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरण बिषयक अन्तरक्रिया बाँकेको राप्ती सोनारी गाउँपालिकामा सम्पन्न भएको छ ।

विश्व बाघ दिवस २०२६ को अवसरमा बुधवार बास नेपालको आयोजना, डिभिजन बन कार्यालय बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६, ताल परियोजना र इन्रुडेक कोहलपुरको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

अन्तरक्रिया कार्यक्रममा मानब बन्यजन्तु न्यूनीकरणमा बिषयमा स्थानीय र सरोकारवाला बिचमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै राप्ती सब डिभिजन बन कार्यालयका प्रमुख राम गणेश शाहले मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरणका लागि सबैले सकारात्मक भएर काम गर्नुपर्नेमा जोड दिए । यसैगरी कार्यक्रमका अतिथि तथा ताल परियोजना कोहलपुरका भरत प्रसाद भट्टले मानव र बन्यजन्तु द्धन्द्ध न्यूनीकरणका लागि प्राप्त सुझावहरुको आधारमा काम गर्दै जाने बताए । सो क्रममा ताल परियोजनाका प्रतिक शाह, इन्रुडेक कोहलपुरका बिराट लामिछानेले बोलेका थिए । 

अन्तरक्रियाको शुरुवातका बास नेपालका निर्देशक हेमराज भट्टले बिश्व बाघ दिवसको शुरुवात, इतिहास, बाँके राष्टिय निकुन्जको स्थापना र बाघ संरक्षणका लागि भइरहेका प्रयास र अवस्थाका बिषयमा प्रस्तुतीकरण गरेका थिए ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको अन्तरक्रियाको सञ्चालन बास नेपालका जन सम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए भने कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्दीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा विभिन्न सामुदाकिय बनका पदाधिकारीहरु तथा स्थानीय गरी ८२ जनाको सहभागिता रहेको थियो । 

यसैगरी आज नै विश्व बाघ दिवसको अवसरमा बर्दियाको ठाकुरद्धारामा अन्त्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । बर्दिया राष्टिय निकुन्जको कार्यालय ठाकुरद्धारा बर्दियाको आयोजना तथा बास नेपाल लगायत संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 


काठमाण्डैा साउन ९ गते । नेपालगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनको लागि विभिन्न निकाय, संघ संस्था महासंघ, व्यवसायीक संघसंठनहरु विच वृहत छलफल भएको छ । बास नेपालको आयोजनामा विहीबार नेपालगन्जमा सम्पन्न स्थानीय नेतृत्व र नागरिक संलग्नता विषयक कार्यक्रममा उक्त छलफल गरिएको हो । यातायात व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग नेपालगन्ज उपमहानगरपालिका समिति, होटेल व्यवसायी संघ, गैरसकारी संस्था महासंघ लगातएका संघसंस्थाहरुसँग नेपालगन्ज उपमहानगरपालिकाको फोहोरलाई कसरी दिगो रुपमा व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको हो । 

कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अथिती पूर्व प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाले आफु नेपालगन्ज उपमहागरपालिकाको मेयरमा रहँदा फोहोर व्यवस्थापनको कार्य अगाडी बढाउँदै प्लाष्टिक मुक्त कार्यलाई योजनाबद्ध रुपमा अगाडी बढाएको दृष्टान्त राख्दै विविध कारणले उक्त कार्य सफल हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले हाल द कोकाकोला फाउण्डेसनको सहयोग मार्फत नेपालगन्जमा दिगो फोहोर व्यवस्थापनको लागि हाल पुन काम सुरु भएकोमा खुसि व्यक्त गर्दै सबैलाई उक्त कार्यमा सहयोग र साथ दिन आग्रह गरे । 

कार्यक्रममा वातावरण क्षेत्रमा लामो समय देखि काम गरिरहेका वातावरण विज्ञ हरीप्रसाद सुवेदीले फोहोर व्यवस्थापनको प्रस्तुतिकरण राखेका थिए । उलने फोहोरलाई व्यक्तिको व्यवहारबाट नै सफा गर्न बानीको विकास नभए सम्म दिगो समाधान हुन नसक्ने बताउँदै फोहोर व्यवस्थापन सम्बन्धि खेल मार्फत व्यवहारिकअभ्यास मार्फत सहभागीहरुलाई कार्यक्रममा संलग्नगराए ।

कार्यक्रममा यातायात व्यावसायी संघ, होटोल व्यावसायी संघ, गैरसरकारी संस्था महासंघ लगाएतले फोहोरको व्यवस्थापनको लागि आआफ्नो तर्फबाट प्रतिबद्धता व्यक्त गरे । 
बासका परियोजना अधिकृत रबिन्द्र बोहराले संचालन गरेको कार्यक्रममा बासका निर्देशक हेमराज भट्टले उद्धेश्यबारे जानकारी गराएका थिए ।
हरित नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत सम्पन्न कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।


काठमाडौं असार ३० गते ।  नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २०२६ का विजेता शान्भिका बज्राचार्य, नामदेन सुब्बा, प्रान्सी तुलाधर र वेदाश्री एल। राना ले ९ जुलाई २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै भियतनामको राजधानी हानोईमा आयोजित इन्टरनेशनल फेसन विक २०२६  मा सहभागिता जनाएका थिए। 

१३ राष्ट्रका उत्कृष्ट प्रतिस्पर्धीहरूबीच सम्पन्न यस प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाली टोलीले उल्लेखनीय सफलता हासिल गर्दै नेपालको शिर विश्वमञ्चमा उच्च बनाएको छ। उनीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, अनुशासन तथा नेपाली कला–संस्कृतिको प्रभावशाली प्रस्तुतिमार्फत अन्तर्राष्ट्रिय दर्शक र निर्णायकहरूको प्रशंसा बटुल्न सफल भएका छन्। 

आज हानोईमा सम्पन्न भएको यस अन्तर्राष्ट्रिय कार्यक्रमले नेपाली बालप्रतिभाको क्षमता र विश्वस्तरीय प्रतिस्पर्धा गर्ने सामर्थ्यलाई पुनः स्थापित गरेको छ। यो उपलब्धि केवल सहभागीहरूको व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण नेपालको गौरव, सम्मान र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको उपलब्धि बनेको छ। 

विश्वमञ्चमा नेपालको राष्ट्रिय झण्डा गर्वका साथ फहराउँदै देशको प्रतिष्ठा उँचो बनाउने सम्पूर्ण नेपाली टोलीप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ। यस उपलब्धिबारे किड्स एण्ड क्विन नेपालका  नेशनल डाइरेक्टर मोनु शाहले जानकारी दिँदै नेपाली बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उच्च राखेकोमा गर्व व्यक्त गरेका छन्। 

आगामी दिनमा पनि नेपाली प्रतिभालाई विश्वस्तरीय अवसर उपलब्ध गराउँदै नेपालको पहिचानलाई अझ सशक्त रूपमा विश्वसामु स्थापित गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।


झापा असार १९ गते (सुरेन्द्र भण्डारी) झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १८ वर्षीय युकेश लिम्बू केही सयमयता देब्रे खुट्टा नचल्ने समस्याले पीडित थिए । मेरुदण्डको नसाच्यापिएपछि दैनिक हिँडडुलमा कठिनाइ बढ्दै गएको थियो । परिवारले दमकमा रहेको एक अस्पतालमा उपचारको प्रयास गरे पनि शल्यक्रियाबारे स्पष्ट विकल्प पाउन सकेका थिएनन् ।
अन्ततः उनले बिर्तासिटी अस्पतालमा डा. रुपेशजंग  वेलवासेलाई भेटे र यो प्रविधिका विषयमा डा. वेलवासेले जानकारी दिए । डा. वेलवासेको सल्लाह अनुसार उनको परिवारले यो प्रविधिबाट उपचार गराउन शुरु ग¥यो । असार १८ गते गरिएको दूरबिन (एन्डोस्कोपिक) प्रविधिको शल्यक्रियापछि लिम्बूको उपचार सफल भएको छ । अस्पतालका अनुसार यो प्रविधिबाट मेरुदण्डको नसा च्यापिएको शल्यक्रिया कोशी प्रदेशमै पहिलो पटक गरिएको हो ।
शल्यक्रियाको नेतृत्व अर्थाे तथा स्पाइन  सर्जन रुपेशजंग  बेलवासेले गरेका थिए । उनी बिर्तासिटी अस्पतालका ट्रमा सर्जरी, जोइन्ट रिप्लेसमेन्ट र स्पोट्र्स इन्जुरी विभागको प्रमुखका रूपमा कार्यरत छन् । उनकै नेतृत्वको टिले लिम्बूको शल्यक्रिया गरेको थियो । 
डा.वेलवासेले चीनको पेकिङ विश्वविद्यालयमा सिकट छात्रवृत्तिमार्फत विशेष तालिम लिएपछि नेपालमा उक्त प्रविधि प्रयोगमा ल्याएका हुन् । उनले यो प्रविधि कोशी मै पहिलो पटक बिर्तासिटी अस्पतालमा भित्र्याएका हुन् । 
परम्परागत खुला शल्यक्रियाको तुलनामा एन्डोस्कोपिक विधिमा शरीरमा ठूलो चिरा लगाउनुपर्दैन । यसमा सानो आकारका दुई वटा प्वाल बनाएर विशेष दूरबिन र उपकरणको सहायताले मेरुदण्डको च्यापिएको नसासम्म पुगेर उपचार गरिन्छ डा वेलवासेले भने –‘यस विधिबाट उपचार गर्दा बिरामीलाई रड वा अतिरिक्त धातुजन्य संरचना राख्नुपर्ने आवश्यकता पर्दैन । शल्यक्रियापछि लामो समय ओछ्यानमा आराम गर्नुपर्ने बाध्यता पनि हट्छ ।
‘सामान्यतया अन्य विधिबाट गरिएको मेरुदण्डको शल्यक्रियापछि कम्तीमा एक महिना आराम गर्नुपर्ने अवस्था आउँछ,’  उनले भने, ‘तर एन्डोस्कोपिक प्रविधिमा बिरामी भोलिपल्टदेखि नै हिँडडुल गर्न सक्छ । घाउ सानो हुने भएकाले संक्रमणको जोखिम कम हुन्छ र निको हुने समय पनि छोटो हुन्छ ।’
उनका अनुसार  न्यून चिरफार (मिनिमली इनभेसिभ) शल्यक्रिया प्रविधिले पछिल्ला वर्षहरूमा विश्वभर लोकप्रियता पाएको छ । कम रक्तस्राव, कम पीडा, छोटो अस्पताल बसाइ र छिटो पुनःस्थापना यसका प्रमुख विशेषता मानिन्छन् ।
नेपालमा भने यस्ता प्रविधि सीमित अस्पताल र चिकित्सकमा केन्द्रित छन् । राजधानी बाहिर, विशेषगरी प्रदेशस्तरमै यस्तो सेवा उपलब्ध हुन थालेपछि बिरामीलाई उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता केही हदसम्म घट्ने अपेक्षा गरिएको डा. वेलवासेको भनाई छ ।
बिर्तासिटी अस्पतालका प्रशासनका अनुसार  एन्डोस्कोपिक स्पाइन सर्जरीमा लाग्ने खर्च पनि तुलनात्मक रूपमा कम पर्न सक्छ ।  शल्यक्रियाका लागि दुई वटा साना प्वाल मात्र बनाउनुपर्ने, सामान्य टाँकाले काम चल्ने र घाउ छिट्टै निको हुने भएकाले बिरामीको आर्थिक तथा सामाजिक भार कम हुने दाबी गरिएको छ ।
उपचारपछि लिम्बूले स्वास्थ्यमा सुधार आएको बताउँदै उपचारमा संलग्न चिकित्सक र अस्पतालप्रति आभार व्यक्त गरेका छन् । ‘अब सामान्य जीवनमा फर्किन सक्ने आशा बढेको छ,’ उनले भने । दुरविन प्रविधिबाट शल्यक्रिया सफल भएपछि उनलाई वाडमा सारिएको छ । सामान्य हिनडुल गर्न सक्ने भएपछि लगत्तै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
को हुन् डा. रुपेशजंग बेलवासे ?
पछिल्ला वर्षहरूमा पूर्वी नेपालमा हाडजोर्नी उपचारमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ । यही परिवर्तनको अग्रपङ्क्तिमा देखिने चिकित्सकमध्ये एक हुन् डा. रुपेशजंग बेलवासे । घुँडा तथा हिप प्रत्यारोपण, आथ्र्रोस्कोपी र न्यून चिरफारमार्फत गरिने शल्यक्रियामा विशेषज्ञता हासिल गरेका बेलवासे अहिले झापाको बिर्तामोडस्थित पी.टी. बिर्तासिटी अस्पताल तथा रिसर्च सेन्टरमा ट्रमा सर्जरी, जोइन्ट रिप्लेसमेन्ट र स्पोट्र्स इन्जुरी विभागको प्रमुखका रूपमा कार्यरत छन् ।
ललितपुरको सैँबु निवासी बेलवासेले सन् २०१२ मा नेपाल मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेका थिए । त्यसपछि भारतको बनारस हिन्दु विश्वविद्यालयबाट सन् २०१५ देखि २०१८ सम्म अर्थोपेडिक्स तथा ट्रमाटोलोजीमा एमएस अध्ययन गरे। अस्पताल व्यवस्थापनलाई पनि समान महत्त्व दिँदै उनले स्वामी विवेकानन्द सुभार्ती विश्वविद्यालयबाट एमबीए इन हस्पिटल एड्मिनिस्ट्रेसनसमेत गरेका छन् ।
उच्च शिक्षापछि उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा आथ्र्रोप्लास्टी र आथ्र्रोस्कोपीसम्बन्धी फेलोसिप गरे । त्यसपछि अष्ट्रियाको मेडिकल युनिभर्सिटी अफ भियनामा प्राध्यापक थोमस मुल्नरको मार्गदर्शनमा घुँडा र हिप प्रत्यारोपण तथा काँध र घुँडाको आथ्र्रोस्कोपीमा थप विशेषज्ञता हासिल गरे। सन् २०२३ मा हंगेरीको सेगेड विश्वविद्यालयमा एओ ट्रमा फेलोसिपसमेत पूरा गरेका थिए ।
बेलवासेको विशेषज्ञता हिप र घुँडाको प्रत्यारोपण, खेलकुदजन्य चोटपटकको उपचार, न्यून चिरफार शल्यक्रिया तथा रोबोटिक सहयोगमा गरिने जोइन्ट रिप्लेसमेन्टसम्म फैलिएको छ ।
उनी चिकित्सक मात्र नभई अनुसन्धानकर्ताका रूपमा पनि सक्रिय छन् । हाडजोर्नी उपचार, फ्र्याक्चर व्यवस्थापन, पोषण र हड्डीको स्वास्थ्यलगायत विषयमा उनका दुई दर्जनभन्दा बढी अनुसन्धान तथा प्रकाशन अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् । सन् २०२४ मा झापाका स्वास्थ्यकर्मीहरूमा अस्पतालजन्य सङ्क्रमणसम्बन्धी ज्ञान, दृष्टिकोण र व्यवहारबारे गरिएको अध्ययन पनि प्रकाशित भएको   थियो । 
अन्तर्राष्ट्रिय स्तरका सम्मेलनमा शोधपत्र र पोस्टर प्रस्तुत गरेका बेलवासेले दक्षिण अफ्रिका, अष्ट्रिया, हंगेरी, भारत , चीन र नेपालका विभिन्न वैज्ञानिक मञ्चहरूमा सहभागिता जनाइसकेका छन् । सोधपत्र प्रस्तुतिका लागि उनी यही वर्ष दक्षिण कोरिया र अमेरिका जाने तयारीमा छन् । डा. वेलवासेले जर्नल अफ क्लिनिकल अर्थोपेडिक्स एन्ड ट्रमा बाट उत्कृष्ट समीक्षकको प्रमाणपत्रसमेत प्राप्त गरेका छन् ।
व्यावसायिक संलग्नताको हिसाबले उनी नेपाल अर्थोपेडिक एसोसिएसन, इन्डियन अर्थोपेडिक एसोसिएसन, एशिया प्यासिफिक अर्थोपेडिक एसोसिएसन, इन्टरनेसनल सोसाइटी अफ आथ्र्रोस्कोपी तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका सदस्य हुन् । हाल उनी नेपाल अर्थोपेडिक एसोसिएसनको मेची च्याप्टरका महासचिवको जिम्मेवारीमा छन् ।
पूर्वी नेपालमा अत्याधुनिक हाडजोर्नी उपचार सेवा विस्तार भइरहेका बेला बेलवासेले न्यून चिरफार, खेलकुदजन्य चोटपटकको उपचार तथा जोइन्ट प्रत्यारोपणलाई सहज र स्थानीय स्तरमै उपलब्ध गराउने प्रयास गरिरहेका छन् । विशेषज्ञता, अनुसन्धान र संस्थागत नेतृत्वलाई एकसाथ अघि बढाइरहेका उनी समकालीन नेपाली अर्थोपेडिक चिकित्सकमध्ये उल्लेखनीय नामका रूपमा स्थापित हुँदै गएका छन् । 


विराटनगर, असार १५ गते । तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागको आयोजनामा १ दिने “कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी अनुशिक्षण” कार्यक्रम सम्पन्न भएको छ । असार १५ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा उक्त अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 

नेपाल प्रहरीको बिभिन्न इकाहरुबाट दैनिक रुपमा सम्पदान हुने कार्यहरुको कार्य सम्पादनमा तदारुकताका साथ पहलकदमी ल्याई समग्र कार्य सम्पादनको वस्तुगत मुल्याङकन र सम्पादन गर्न केन्द्रिय अभिलेख प्रणालीलाई विकास गरी भए गरेको काम कारवाहीको वास्तविक तथ्याङ्क प्राप्त गर्न तथा पारदर्शी र वास्तविक मुल्याङकन गर्दै तथ्याङ्क प्रविष्ट गर्न “कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी अनुशिक्षण” प्रदान गरीएको हो ।

 कार्यक्रममा प्रमुख अतिथि घिमिरेले अनुशिक्षण कार्यक्रमले कोशी प्रदेशका विभिन्न इकाईहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूको दैनिक कार्यसम्पादन अभिलेखीकरण प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी, पारदर्शी तथा परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रहरी कर्मचारीहरुले अनुशिक्षणमा सिकेका ज्ञान र सिपलाई कार्य क्षेत्रमा त्रुटि रहित तवरले सम्पादन गरी कोशी प्रदेशलाई उत्कृष्ट बनाउने कार्यमा लागि पर्न निर्देशन दिनुभयो । 

कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रहरी उपरीक्षक राजन भुजेल, प्रहरी निरीक्षक शैलेन्द्र पाण्डे र राज कुमार लामाले  भए गरेका काम कारवाहीको वास्तविक तथ्याङ्क प्राप्त गर्न, सोही अनुरुप पारदर्शी र वास्तविक मुल्याङ्कन गर्न विकाश गरिएको सफ्टवेयरको प्रयोग विधि सम्वन्धि अनुशिक्षण प्रदान गर्नु भएको थियो । 

उक्त अनुशिक्षण कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, कोशी प्रदेश प्रहरी गण विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश अन्तरगत रहेका १४ वटै जिल्ला प्रहरी कार्यालय तथा “क” स्तर सम्मका प्रहरी कार्यालयहरुका सिनियर प्रहरी अधिकृत सहित प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।


झापा, असार १४ गते। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

मुलुकमा लामो समयपछि स्थायी सरकार बनेको उल्लेख गर्दै उनले स्थायित्वलाई समृद्धिसँग जोड्न सकिए मात्र जनअपेक्षा पूरा हुने धारणा राखे ।  
बिर्तामोड उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वैद्यले व्यवसायीलाई समेटेर अघि बढ्न सके सरकार सफल हुने बताए । आर्थिक गतिविधि विस्तार, लगानी प्रवद्र्धन र निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
उनले सरकारको पहिलो दायित्व आर्थिक समृद्धि हासिल गर्नु, युवालाई  विदेश पलायन रोक्नु र स्वदेशमै रोजगारी सिर्जना गर्नु रहेको उल्लेख   गरे । त्यसका लागि व्यवसायीलाई लगानीमैत्री वातावरण उपलब्ध गराउन आवश्यक रहेको उनको धारणा थियो ।
“व्यवसायी स्वच्छ र पारदर्शी ढंगले काम गर्न चाहन्छन् । त्यसका लागि अनावश्यक झन्झट र अवरोध हटाइनुपर्छ,” उनले भने ।
वैद्यले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन विकास निर्माणमा पूँजीगत खर्च वृद्धि, सुशासनको प्रत्याभूति र निजी क्षेत्रप्रति विश्वासको वातावरण निर्माणमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता तथा वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्षहरू कृष्णप्रसाद शर्मा, दिल सुन्दर श्रेष्ठ, नरेश लाल श्रेष्ठ, प्रवलजंघ पाण्डे, केन्द्रीय सदस्य दिपक नेपाल, अर्जुन कुमार श्रेष्ठ र नवीन रिजाल लगायतको उपस्थिति थियो । 
कार्यक्रममा पूर्वअध्यक्ष तथा संविधान सभा सदस्य सुधीरकुमार सिवाकोटी, संघका पूर्वअध्यक्ष वलराम कार्की तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत मन्तव्य राखेको कार्यक्रममा अध्यक्ष न्यौपानेले उद्योगी–व्यवसायीको हितमा संघ निरन्तर क्रियाशील रहेको बताए । उनको कार्यकालमा सम्पन्न गतिविधिसम्बन्धी श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।
संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा दुई व्यवसायी र दुई पत्रकारलाई सम्मान गरिएको थियो । सम्मानित हुने व्यवसायीमा चान मोहम्मद र उमाकान्त ढुङ्गेल रहेका थिए । मोहम्द लामो समयसम्म वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएर व्यवसाय क्षेत्रमा काम गर्दै आएको र रोजगारीको वातावरण सृजना गरेको भन्दै उनलाई सम्मान गरिएको थियो । 
उनले बिर्तामोडमा एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट सञ्चालन गर्दै आएका छन् । त्यस्तै ढुङ्गेल बिर्तामोडका पुराना व्यवसायी हुन् । उनी माँ दुर्गा ट्रेडसका सञ्चालक   हुन् । 
त्यस्तै, वर्ष उत्कृष्ट सञ्चारकर्मीका रूपमा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी र अच्युत सुवेदीलाई नगदसहित पुरस्कृत गरिएको थियो ।


बिराटनगर २०८३ असार ९ गते । उद्योगहरूमा सुरक्षित र दक्ष्ँतापूर्वक बोइलर सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको २० दिने बोइलर सञ्चालन सम्बन्धी विशेष तालिम  सम्पन्न भएको छ ।

 उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा ए.बी.सी. आयल उद्योग, दुहबीमा आयोजित तालिममा विभिन्न उद्योग÷प्रतिष्ठानमा कार्यरत २० जना प्राविधिकहरूको सहभागिता रहेको तालिममा बोइलर सञ्चालनका सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक सीप प्रदान गरिएको थियो ।

तालिमको समापनमा उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले उद्योगहरूको उत्पादकत्व वृद्धि, ऊर्जा बचत तथा कार्यस्थल सुरक्षाका लागि दक्ष प्राविधिक जनशक्ति अपरिहार्य रहेको बताए । उनले उद्योग क्षेत्रमा दक्ष जनशक्तिको अभाव चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै यस्ता तालिमहरूले सीपयुक्त जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । अध्यक्ष राठीले औद्योगिक प्रविधिको विकासका आधारमा आगामी दिनमा पनि क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

 तालिमका प्रशिक्षक किरण मण्डल र उदेश मोदीले बोइलरको आधारभूत सिद्धान्त तथा कार्यप्रणाली, सुरक्षित सञ्चालन प्रक्रिया, ऊर्जा दक्षता अभिवृद्धिका उपायका विषय तालिममा समावेश गरेको जानकारी वताए । साथै नियमित निरीक्षण तथा मर्मतसम्भार, सम्भावित जोखिम व्यवस्थापन र आपतकालीन अवस्थाको सामना गर्ने विधिका सम्वन्धमा सहभागिहरुलाई प्रशिक्षण प्रदान गरेको जानकारी दिए ।

उद्योग संगठन मोरङले उद्योगको आवश्यकता पहिचान गर्दै सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको सोही क्रमलाई निरन्तरता दिदै आगामी दिनमा पनि दक्ष जनशक्ति विकासलाई ध्यानमा राखी अन्य प्राविधिक तालिम सञ्चालन गर्ने जनाएको छ ।


नेपालगन्ज जेठ २० गते | महिलाहरुको लागि महिनावारी झोला (फ्रीडम कीट व्याग) बनाउने तालिम नेपालगन्जमा आज देखि शुरु भएको छ ।

सामाजिक बिकास डिभिजन बाँकेको सहयोग तथा दिदी बहिनी समाज बाँकेको आयोजनामा सो तालिम शुरु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० का किशोरी तथा महिलाहरुका लागि सो तालिम आयोजना गरिएको हो । सेनेटरी प्याडको बिकल्पको रुपमा कपडाको प्याद बनाउने तालिम आयोजना गरिएको सो संस्थाले जनाएको छ ।

संस्थाकि अध्यक्ष रमादेबी शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगरकार्यपालिका सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० कि सदस्य बिना थापा मगरको प्रमुख आथित्यमा तालिम उद्घाटन गरिएको छ ।

सहसचिव शोभा थापा मगरले कार्यक्रम संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष कमला वलिले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथी थापाले सिपमुलक तालिमबाट सीप बिकास हुने आशा व्यक्त गरिन् ।

गैरसरकारी संस्था महासँघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह लगायतले मन्तव्य व्यक्त गरेको उक्त तालिम ७ दिनसम्म संचालन हुनेछ । तालिममा अनिता न्यौपाने र पार्वती कडायतले प्रशिक्षण दिनेछन् । तालिममा २० जना सहभागी हुनेछन् ।


विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामामेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२०क्रिकेट प्रतियोगिताको उपाधिसिरहा हवले जितेको छ ।   

शनिबार भएको फाइनल खेलमा विराटनगरहवलाई २४ रनले पराजित गर्दै सिरहा हवले उपाधि जिेको हो । टस जितेर ब्याटिङ गरेको सिरहालेनिर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १० रन बनाएको थियो । सिरहाका प्लेयरअफ फाइनल कप्तान आयुस ४७ रन बनाउँदा दुर्गेश मण्डलले २४ रन बनाए । 

विराटनगरकाअभय कामतले ४ विकेट लिँदा मनिष कामतले २ विकेट लिए । १ सय ११ रनको लक्ष्य पाएको विराटनगरले१८ दशमल ३ बलमा सवै विकेट गुमाउँदै ९४ रनमा सिमित भयो  । विराटनगरका मनिष कामतले २५ रन बनाउँदा  क्षितिज करण १६ रनको योगदान गरे । 

सिरहाका आयुषविकले ४ लिँदा अविशेक यादव ३ विकेट लिए ।बैशाख २१ गतेदेखि शुरु भएकोे प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरीर उदयपुर तथा मधेश प्रदेशको सिरहा र राजविराज गर ५ टिम सहभागि रहेका थिए । राउण्डरोविनलिगको आधारमा खेलाएको प्रतयोगितामा उत्कृष्ट दुइ टिम फाइनलमा प्रवेश गरेका थिए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि नेपाल क्रिकेट सँघका सचिव पारसखडका,कोशी क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र फाउण्डेशका अध्यक्ष अविशेकश्रेष्ठले पुरस्कार तथा ट्रफि वितरण गरे ।


विराटनगर २०८३ साल बैशाख १७ गते । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । 

स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको सभामा भाग लिन एभरेष्टका विद्यार्थीहरु जाने भएका हुन् । संयुक्त राष्ट्रसंघको नमुना अभ्यास विद्यालयमा गरेका एभरेष्टका विद्यार्थीहरुले यस अघि भियतनाममा समेत यस्तै सभामा भाग लिएर फर्किएका थिए । त्यस्तै युरोपियन मोडलको नमुना सभामा भाग लिन नेपालका चार विद्यालयले सहभागिता जनाउने भएका हुन् । ति मध्ये संघीय राजधानी काठमाडौंका तीन र कोशी प्रदेशको राजधानी विराटनगरको एभरेष्ट स्कुल रहेका छन् । 

काठमाडौबाट अक्षरा, भ्याली पब्लिक र वेदिक विद्यालयले जहभागिता जनाउने छन् । अमेरिका, युरोप, क्यानडा, टर्की, भारत र नेपालका गरि करिब २० विद्यालयका विद्यार्थीको सहभागिता हुने उक्त नमुना सभामा नेपालबाट करिब ३५ विद्यार्थीले सहभागिता जनाउने ग्लोबल हेल्प फाउण्डेसनका महासचिव कुँवर दिपांकरले बताए । उनका अनुसार ति मध्ये एभरेष्ट स्कुलबाट सात  जना विद्यार्थीले सहभागिता जनाउने भएका हुन् । 

एभरेष्ट स्कुलका भाईस प्रिन्सिपल टी एन भण्डारीका अनुसार कक्षा ९ का सक्षम कर्ण, कक्षा १० का आन्या कोइराला, सुयम काफ्ले, श्वेश्ना कर्ण र कक्षा ११ का आर्जु सिग्देल र आयुस्मा जैसवाल र प्रेम खतिवडासहित गीता ढकाल तथा भाईस प्रिन्सिपलद्वय भण्डारी र कुन्दन पुरीको टोली जान लागेको हो । २८ गते स्पेन पुग्ने टोलीलाई बार्सिलोनको सभापछि फ्रान्स, जर्मन, स्वीट्जरल्याण्डमा २/२ दिन अवलकोन भ्रमण गराईने छ ।

सभाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरि अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरुको पहिचान र समाधानका लागि विकल्पहरु खोज्न सिकाउने विद्यालयको विश्वास छ । यसले विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति नियम बुझ्न र समस्याहरुका विषयमा तार्किक विश्लेषण गर्ने क्षमताको विकास गराउने विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताए।


इटहरी, २०८३ वैशाख १३ गते । 
सुनसरीको इटहरी  उप-महानगरपालिका-११ स्थीतबाट ५१ हजार ९५२ चक्की प्रतिबन्धित औषधी सहित १ जनालाई पक्राउ गरिएको छ ।

वैशाख १२ गते विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-११ स्थीतमा डेरा बस्दै अएका भारत बिहार नरपतगंजका २९ वर्षिय मो. सहनेवाजलाई ट्रामाडोल ५० हजार ५ सय ४० चक्की र डाइसाइक्लोमाइन ९ हजार ५ सय २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सहनेवाजको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ । 


काठमाडौ वैशाख ९ गते | अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीनदिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ । कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप अफ होप फाउन्डेसन भारतसँगको सहकार्यमा आयोजना गरिएको हो । अटिजम एक विकासात्मक अवस्था हो, जसले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार कौशल र व्यवहारमा विविधता ल्याउँछ । 

यसमा मुख्य रूपमा सामाजिक सञ्चारमा कठिनाइ आँखाको सम्पर्क कम हुनु, सामाजिक सङ्केत नबुझ्नु, सम्बन्ध विस्तार गर्न गाह्रो हुनु र दोहोरिने तथा सीमित व्यवहारजस्तै एउटै काम दोहोर्याउने, नियम पालनामा कडाइ, विशेष विषयमा अत्यधिक रुचि, संवेदसम्बन्धी संवेदनशीलतालगायत देखिन्छ ।

अटिजमलाई ‘स्पेक्ट्रम’ भनिन्छ किनभने प्रत्येक व्यक्तिमा लक्षण र आवश्यकता फरक–फरक हुन्छन् । अटिजम भएका कसैलाई धेरै सहयोगको आवश्यकता हुन्छ भने कसैले सामान्य सहयोगबाट पनि स्वतन्त्र रूपमा जीवनयापन गर्न सक्ने तालिमका प्रशिक्षक एवं नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशक उमङ्गजङ्ग पराक्रम शाहले बताउनुभयो । 

अटिजमसहितको अवस्था देखिनुमा कुनै एकमात्र कारण हालसम्म एकिन हुन नसकेको बताउँदै उहाँले वंशाणुगत प्रभाव र मस्तिष्कको विकाससँग सम्बन्धित फरकपन मुख्य कारण मानिएका जानकारी दिनुभयो । “यसका सङ्केतहरू प्रायः बालबालिका ६ देखि १२ महिना हुँदा देखिन सुरु हुन्छन् भने १८ देखि २४ महिनामा अटिजमको विश्वसनीय पहिचान गर्न सकिन्छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक १०० मध्ये एक बालबालिकामा अटिजम हुने अनुमान गरिएको छ भने संयुक्त राज्य अमेरिकामा भने हरेक ३१ बालबालिकामध्ये एक जनामा अटिजम हुने तथ्याङ्क सार्वजनिक गरेको छ”, प्रशिक्षक शाहले भन्नुभयो । अटिजमको पहिचानसहितको जनसङ्ख्या अत्यधिक रूपमा वृद्धि भएको देखिए पनि अनुसन्धानकर्ताका अनुसार यसको मुख्य कारण बढ्दो चेतना, प्रभावकारी स्क्रिनिङ तथा प्रारम्भिक पहिचान प्रणालीमा सुधार हो ।

“अटिजम कुनै निको पार्नुपर्ने रोग होइन बरु यो एक विविध मानवीय अवस्थामध्येको एक अवस्था हो । सामाजिक अवरोधलाई हटाई, स्वीकारोक्ति र समतासहितको समावेशी वातावरणले अटिजमसहितका व्यक्तिलाई सहजताका साथ जीवनयापन गर्न सहयोग गर्छ”, शाहले भन्नुभयो । उहाँका अनुसार व्यवहार थेरापी, बोल्ने ९स्पिच० थेरापी, अकुपेसनल थेरापी, विशेष शिक्षा तथा अन्य शैक्षिक र व्यवहारिक समर्थनले व्यक्तिको जीवनलाई सहज बनाउन सक्छ । 

हाल संसारभरि कसैको दया, माया र दानमा आधारित सहायताभन्दा पनि अधिकारमा आधारित सहायता अटिजमसहितका व्यक्तिले प्राप्त गर्नुपर्दछ भन्ने आवाज तीव्र रूपमा उठिरहेको प्रशिक्षक शाहले बताउनु भयो । शैक्षिक जीवनमा समेत अलग्याएर छुट्टै पढाउनु वा सिकाउनुको साटो अत्यन्तै कम बाधा हुने वातावरणमा पर्याप्त सहायतासहित समावेशी शिक्षा, सिकाइ र सहयोगको पहुँचलाई महत्व दिइएको छ । आजको दिनमा अटिजमलाई समस्याका रूपमा भन्दा पनि न्यूरो–विविधताको रूपमा हेरिनुपर्ने आवाज बुलन्द हुँदै आएको उहाँको भनाइ छ ।

तालिम समापन कार्यक्रममा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, समाजसेवी तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझी, प्राडा प्रेमकुमार खत्री, सह प्राडा अस्वत्थामाभक्त खरेल, प्रा कृष्ण आचार्य, डा राजेन्द्र खत्री, डा बिनिता सिंह, अटिजम स्पेसलिस्ट तथा मनोविद् भगवती भट्टराई, बैंकर हरि आचार्यलगायतले अटिजमका बारेमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रमका मुख्य प्रशिक्षक भारतको मुम्बईबाट आउनुभएका विपिन मौर्य ९विशेष शिक्षक तथा संस्थापक, स्कोप अफ होप फाउन्डेसन० रहनुभएको थियो । कार्यक्रमका प्रशिक्षक नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशक तथा साइकोलोजी, समावेशी÷विशेष शिक्षा र राजनीतिक विज्ञानलगायत बहुविषयगत अनुसन्धानकर्ता शाह रहनुभएको थियो ।


बिराटनगर चैत २९ गते | कार्यक्रमका प्रमुख अतिथि प्राडा बिजुकुमार थपलिया, उपकुलपति पूर्वाञ्चल विश्वविद्यालय ले गमलाको बिरूवामा पानी हालेर उदघाटन गरिएको थियो | 

प्राडा बिजुकुमार थपलिया, र अध्यक्षताः शिक्षादीप एजुकेशन फाउन्डेशन प्रालिका अध्यक्ष, मा. भीम पराजुली जलवायु परिवर्तनका बारेमा आफनो धरणा राख्नु भएको थियो | 


त्यसैगरी शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का (Chief Patron of this conference) आफ्नो धारणा राख्नुभएको थियो |


विशिष्ट अतिथि तथा मुख्य मूल्याङ्कन कर्ताः प्राडा शिवकुमार राई,विशिष्ट अतिथिः कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवः डा. इन्द्रप्रसाद सापकोटा,विशिष्ट अतिथिः मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, विशिष्ट अतिथिः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान् (नाष्ट) का सह प्राज्ञ, सह प्रा.डा. इन्द्रमणि भगत, प्रमुख वक्ता (की स्पीकर): सह प्रा कुलप्रसाद लिम्बू , विशिष्ट अतिथिः राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी विराटनगरका कार्यालय प्रमुख प्रकाशकु‌मार खरेल, विशिष्ट अतिथिः शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख शालिग्राम दाहाल, विशिष्ट अतिथिः मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटुवाल, (वातावरण तथा जलव अधिकृत परिवर्तन महाशका विशिष्ट अतिथिः विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका शाखा कृष्ण भट्टराई,


कलेजका चिफ डाइरेक्टर रमेशकुमार मण्डल, कलेजका चिफ डाइरेक्टर सह प्रा. शैलेन्द्र शिवाकोटी, विज्ञान संकायका कोअर्डिनेटरः नवीनकु‌मार राय ,व्यवस्थापन संकायका कोअर्डिनेटरः शङ्कर भट्टराई,

कलेजका प्रिन्सिपल, चिफ डाइरेक्टरहरु, कोअर्डिनेटरहरु पदाधिकारी,र सञ्चालक सदस्यहरुको पनि उपस्थिति रहेको थियो |


विराटनगर  माघ २८ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा  मोरङ क्षेत्र नम्बर ६ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालले घरदैलो तथा मतदाता भेटघाट अभियान चलाएका छन् ।  

उनले बुधबारबाट मतदाता भेटघाट सुरु गरेका हुन् । निर्वाचन क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका ढकाल आफूलाई मत दिएर विजयी गराउन आग्रह गरिरहेका छन् ।

ढकालले मतदातासँगको भेटघाटमा आफू विजयी भए प्रतिनिधिसभामा क्षेत्रका मुद्दा सशक्त रूपमा उठाउने र नीति निर्माण प्रक्रियामा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । उनले विकास निर्माण, सुशासन र जनतासँग प्रत्यक्ष सम्बन्ध कायम राख्ने विषयलाई प्राथमिकतामा राखेको बताएका छन् ।

घरदैलोका क्रममा मतदाताले सडक पूर्वाधार, स्वास्थ्य सेवा र शिक्षाको पहुँच विस्तारलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने माग राखेका छन् । कतिपय मतदाताले आधारभूत सेवामा सहज पहुँच नपुगेको गुनासो गर्दै विकास योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । साथै, बढ्दो भ्रष्टाचार अन्त्य गरी पारदर्शी र उत्तरदायी शासन व्यवस्था कायम गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

ढकालसँगको संवादका क्रममा केही मतदाताले ‘तपाईंलाई किन भोट   दिने ?’ भन्ने प्रत्यक्ष प्रश्न पनि गरेका छन् । त्यसको जवाफमा उनले पूर्वाधार विकास र सुशासन आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन् । उनले यसअघि यही क्षेत्रबाट निर्वाचित एमाले नेता लालबाबु पण्डितले सांसद र मन्त्री हुँदा ल्याएको बजेट र सम्पन्न भएका विकास योजनालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । 

‘एमालेले विगतमा गरेका कामलाई आधार मानेर यसपटक पनि जनताले विश्वास गर्नेछन् भन्ने अपेक्षा लिएको छु,’ ढकालले भने । एमाले स्थायी कमिटी सदस्य तथा मोरङ–६ का चुनावी कमाण्डर पण्डितले पनि निर्वाचन अभियानमा सक्रिय सहभागिता जनाइरहेका छन् । उनले वर्तमान राजनीतिक परिस्थितिमा आफ्नो पार्टी देश निर्माणको एजेन्डासहित चुनावमा होमिएको बताए । 

साथै, उनले केही प्रतिस्पर्धी दलप्रति आलोचनात्मक टिप्पणी गर्दै मतदातालाई भ्रमबाट सचेत रहन आग्रह गरे । पण्डितले मोरङ–६ को समग्र विकासका लागि विनोद ढकाल उपयुक्त उम्मेदवार रहेको दाबी    गरे । एमाले केन्द्रीय सदस्य पर्शुराम बस्नेतले पनि यसपटकको निर्वाचन फरक परिस्थितिमा हुन लागेको उल्लेख गरे । विगतमा विभिन्न दलहरूले एमालेविरुद्ध गठबन्धन बनाएको स्मरण गर्दै उनले अहिले दलहरू आआफ्नै हिसाबले चुनावमा प्रतिस्पर्धा गरिरहेको बताए । 

बस्नेतका अनुसार मोरङ–६ मा एमालेको विगतको योगदानका आधारमा मतदाताले पुनः सूर्य चिन्हमा मतदान गर्ने विश्वास पार्टीले लिएको छ । उनले लालबाबु पण्डित सांसद र मन्त्री हुँदा क्षेत्रमा ठूलो मात्रामा बजेट भित्राएर विकास गरेको बताए । 

चुनावी अभियानका क्रममा स्थानीय मतदाताहरूले ढकालप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेको एमाले पक्षको दाबी छ । स्थानीय रोशन साहले विकास निर्माण, जनसम्पर्क र राष्ट्रिय नीतिमा स्पष्ट दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार ढकाल स्थानीय समस्यामा चासो राख्ने र सहयोग गर्ने नेताका रूपमा परिचित छन् ।

अर्का स्थानीय रामदेव मण्डलले पनि ढकाल लामो समयदेखि सक्रिय राजनीतिमा रहेकाले यसपटक मतदाताले अवसर दिने विश्वास व्यक्त   गरे । उनले विकासप्रेमी नेतृत्वको आवश्यकता औंल्याउँदै दलभन्दा पनि काम गर्ने नेताको खोजीमा मतदाता रहेको धारणा राखे ।

मोरङ–६ मा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ । प्रमुख दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएसँगै मतदाताको घरदैलोमा पुगेर समर्थन जुटाउने प्रयास तीव्र भएको छ । विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय राजनीतिक स्थायित्वजस्ता विषय यस क्षेत्रका मुख्य चुनावी एजेन्डा बनेका छन् ।

यो क्षेत्रमा ढकालसहित नेपाली कांग्रेसबाट डा. शेखर कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुविना आचार्यलगायत १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मोरङ–६ मा कुल १ लाख ३७ हजार ८ सय ३२ मतदाता छन् । 

फागुन २१ गतेको निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो अभियान र मतदाता भेटघाट अझ बढ्ने देखिएको छ । अन्ततः मतदाताले विकासको निरन्तरता, नयाँ प्रतिबद्धता र उम्मेदवारको विश्वसनीयतालाई कस्तो मूल्यांकन गर्छन् भन्ने आधार मोरङ–६ को नतिजाबाट तय हुनेछ ।


विराटनगर माघ  २६ गते । विराटनगरमा भएको ‘मोरङ जिल्ला, नगर स्तरीय आमन्त्रित आइटीएफ तेक्वान्दो’ प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ ।

मोरङ जिल्ला आइटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुल ८ स्वर्ण, ६ रजत र ११ कांस्य पदकका साथ प्रथम भयो । विराटनगर वडा नम्बर १० ७ स्वर्ण, ४ रजत र ३ कांस्य पदक प्राप्त गर्दै द्वितीय र बेलबारी नगरपालिका वडा नम्बर १० डाँगिहाट ६ स्वर्ण, ३ रजत र ३ कांस्य पदकका साथ तृतीय स्थान भए ।

जिल्ला प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु प्रदेश प्रतियोगिता हुँदै वैशाखमा काठमाडौंमा हुने आइटीएफको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । मोरङको विभिन्न डोजाङका १ सयभन्दा बढी खेलाडीहरुले प्याटन र स्पाइरिङका इभेन्ट्स प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।  

खेलाडीहरुलाई विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, नेपाल अन्तर्राष्ट्रि तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, उपाध्यक्ष चतुरलाल चौधरीलगायतले पुरस्कार प्रदान गरे ।  

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.