बिराटनगर २०८३ असार ९ गते । उद्योगहरूमा सुरक्षित र दक्ष्ँतापूर्वक बोइलर सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको २० दिने बोइलर सञ्चालन सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ ।
उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा ए.बी.सी. आयल उद्योग, दुहबीमा आयोजित तालिममा विभिन्न उद्योग÷प्रतिष्ठानमा कार्यरत २० जना प्राविधिकहरूको सहभागिता रहेको तालिममा बोइलर सञ्चालनका सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक सीप प्रदान गरिएको थियो ।
तालिमको समापनमा उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले उद्योगहरूको उत्पादकत्व वृद्धि, ऊर्जा बचत तथा कार्यस्थल सुरक्षाका लागि दक्ष प्राविधिक जनशक्ति अपरिहार्य रहेको बताए । उनले उद्योग क्षेत्रमा दक्ष जनशक्तिको अभाव चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै यस्ता तालिमहरूले सीपयुक्त जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । अध्यक्ष राठीले औद्योगिक प्रविधिको विकासका आधारमा आगामी दिनमा पनि क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।
तालिमका प्रशिक्षक किरण मण्डल र उदेश मोदीले बोइलरको आधारभूत सिद्धान्त तथा कार्यप्रणाली, सुरक्षित सञ्चालन प्रक्रिया, ऊर्जा दक्षता अभिवृद्धिका उपायका विषय तालिममा समावेश गरेको जानकारी वताए । साथै नियमित निरीक्षण तथा मर्मतसम्भार, सम्भावित जोखिम व्यवस्थापन र आपतकालीन अवस्थाको सामना गर्ने विधिका सम्वन्धमा सहभागिहरुलाई प्रशिक्षण प्रदान गरेको जानकारी दिए ।
उद्योग संगठन मोरङले उद्योगको आवश्यकता पहिचान गर्दै सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको सोही क्रमलाई निरन्तरता दिदै आगामी दिनमा पनि दक्ष जनशक्ति विकासलाई ध्यानमा राखी अन्य प्राविधिक तालिम सञ्चालन गर्ने जनाएको छ ।

Post a Comment