Websoft University
April 2024


झापा | नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपालमा राजनीतिक स्थायित्व बिना अपेक्षाअनुसारको वैदेशिक लगानी नआउने बताएका छन् ।

झापाको गौरादहमा नेपाली कांग्रेस गौरादह नगर कार्यसमितिको  नवनिर्मित ‘वीपी स्मृति भवन’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देश विकासको बाधक राजनीतिक अस्थिरता भएको ठोकुवा गरे । उनले सरकारले गरेको लगानी सम्मेलनबाट अपेक्षा गरिएअनुसारको लगानी नआउने बताए । 

‘यदि देशमा राजनीतिक स्थायित्व थियो भने लगानी भित्र्याउन कुनै सम्मेलन गर्नुपर्दैनथ्यो,’ प्रतिनिधिसभाका सांसदसमेत रहेका कोइरालाले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण छ, सबै ऐन कानुनहरु लगानीमैत्री छन् । सरकारले लगानीको सुरक्षाको ग्यारेन्टी गर्छ भन्ने लगानीकर्तामा विश्वस्त गराउनु जरुरी छ । 

सरकारपिच्छे नीतिहरु परिवर्तन हुन्छन् । त्यही भएर पनि अहिलेको अवस्थामा लगानीकर्ताले ढुक्कले लगानी गर्ने अवस्था देखिँदैन ।’ उनले विगतमा गरिएको लगानी सम्मेलनले के–कति परिणाम निकाल्यो भन्ने समीक्षा हुनुपर्नेमा जोड दिए । ‘सम्मेलनमा गरिएका प्रतिबद्धता र समझदारीअनुसार कतिको लगानी भित्रियो भनेर समीक्षा गर्नुपर्छ,’ उनले भने ।

कोइरालाले सरकार चलाउनभन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनपर्ने बताए । अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए । 

राजनीतिक स्थायित्वबिना आर्थिक विकास नहुने पनि उनले बताए । यतिबेला आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत बताए । उनले संकटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताए । नेता कोइरालाले आन्तरिक मनमुटावलाई बिर्सिएर पार्टीलाई एकढिक्का बनाउनेतर्फ लाग्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।


विराटनगर  । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थिर सरकार बिना मुलुकको आर्थिक विकासले फड्को नमार्ने बताएका छन् ।

मोरङका बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणालीलाई संशोधन गर्नुपर्नेमा जोड दिए । उनले स्थिर सरकार नभएकै कारण सोचजस्तो मुलुकको विकास हुन नसकेको उनको तर्क थियो । अहिलेको निर्वाचन प्रणाली रहेसम्म स्थिर सरकार बन्न नसक्ने कोइरालाले बताए । 


“अहिलेको निर्वाचन प्रणाली रहेसम्म कुनै पनि दलले बहुमत ल्याउने अवस्था छैन । बहुमत नआउँदा अहिलेकै जस्तो सरकार बनाउने र गिराउने खेल चलिरहन्छ । जसले गर्दा मुलुकको विकासमा अवरोध पुग्दछ,” नेता कोइरालाले भने, “सरकार फेरिएपिच्छे ‘पोलिसी’ पनि फेरिन्छ । सरकारले आफ्नो अनुकूलको पोलिसी बनाउँदा समस्या आउँछ । अन्य देशमा सरकार परिवर्तन भए पनि पोलिसी भने एउटै हुने गरेको छ । जसले गर्दा सरकार फेरिँदा विकासमा खासै असर पर्दैन ।”

स्थिर सरकार बनाएर सुशासन दिन सकिए देशको विकासले गति लिने उनको दाबी थियो । देशको विकासका लागि संविधान संशोधन गर्न कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्नेमा कोइरालाले जोड दिए । कांग्रेस र एमाले एकठाउँमा नभिएसम्म संविधान संशोधन नहुने उनको विचार    थियो । “

अहिलेको संविधान संशोधन गर्न दुई तिहाई आवश्यक पर्छ । त्यो कांग्रेस र एमाले मिल्दा मात्रै सम्भव छ,” उनले थपे, “कांग्रेस र एमाले मिलेकै कारण संविधानसभाबाट संविधान जारी भयो । अब देशलाई केन्द्रबिन्दुमा राखेर दुईटा दल मिल्नुपर्छ । प्रधानमन्त्री को बन्छ भन्ने कुरा ठूलो होइन । देउवाजी, ओलीजी, माधवजी, प्रचण्डजी, झलनाथजी, बाबुरामजीहरू पटक–पटक प्रधानमन्त्री बन्नुभयो, आखिर उहाँहरूले के गर्नुभयो ? प्रधानमन्त्री को बन्ने भन्ने विषय गौण हो । दुई दल मिलेर देशलाई निकास दिनुको विकल्प छैन ।”

मुलुक आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक र सांस्कृतिक रुपमा कमजोर बन्दै गएको भन्दै नेता कोइरालाले चिन्ता व्यक्त गरे । कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले अधिकारसहितको संघीयता नभएकै कारण जनतामा प्रदेशप्रति वितृष्णा बढेर गएको बताए । उनले स्थिर सरकार बाउन निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिए । 

स्थिर सरकार नबनेकै कारण देशभित्र लगानी गर्न कोही पनि उत्सुक नभएको उनको भनाइ थियो । कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, नेकपा एमाले मोरङ क्षेत्र नम्बर ६ का अध्यक्ष मकर बुढाथोकी, बूढीगंगा गाउँपालिकाका पूर्वअध्यक्ष बालचन्द माझीलगायतले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

स्थानीय योगमाया कार्की र सोहार्द कार्कीले निःशुल्क रुपमा उपलब्ध गराएको ८ कठ्ठा २ धुर जग्गामा गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुनेछ । बहुवर्षीय योजनाअन्तर्गत ११ करोड ८६ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन चार तलाको हुने प्रमुख प्रशासकीय अधिकृत संजीव न्यौपानेले जानकारी दिए । भवन निर्माण गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

 


श्याम राई, उदयपुर  गाईघाट, १६ बैशाख | कटारी नगरपालिकाको बजार क्षेत्रमा संचालित दुधडेरी ब्याबसायीले आगामी जेष्ठ १ गतेबाट प्लाष्टिक झोला प्रयोग गर्न नपाउने भएकाछन् ।

३ नम्बर वडा कार्यालयले प्लाष्टिक झोला न्युनिकरण अभियान शुरु गरेपछि पहिलो चरणमा दुधडेरी उद्योगबाट प्लाष्टिक झोला प्रयोगमा रोक लगाईएको हो । कटारी बजार क्षेत्रमा अहिले ५ वटा दुग्ध डेरी उद्योग संचालनमा रहेकाछन् ।

उक्त वडाका अध्यक्ष पुष्कर खड्काले प्लाष्टिक झोलाको प्रयोग सबै भन्दा बढी डेरी ब्याबसायीबाट भैरहेकोले पहिलो चरण उनीहरुबाट शुरु गरिएको बताए ।

अब जेष्ठ १ बाट पूर्ण रुपमा प्लाष्टिक झोला प्रयोगमा रोक लगाईएको उनले बताए । उनले उपभोक्ताहरुलाई समेत प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गरिएको बताए । घरबाटै प्लाष्टिक झोलाको साटो बैकल्पिक झोला लिएर डेरी आउन उनले उपभोक्ताहरुलाई अनुरोध गरेकाछन् । अभियानको प्रचार प्रसारको लागि वडाले शनीबार ५ वटा दुधडेरीलाई ५ सय थान बैकल्पिक झोला वितरण गरेको उनले बताए । उनले यो वर्ष भित्र बजार क्षेत्रबाट प्लाष्टि झोला पूर्ण रुपमा विस्तापित गरिने बताए । प्लाष्टिक झोलाको प्रयोगले मानब स्वास्थयमा समेत असर पर्ने भएको साथै बजारमा यत्रतत्र प्लाष्टिक झोला छरिएका कारण बजारमा फोहोर बढेको कारण आफू प्लाष्टिक झोला हटाउने अभियान शुरु गरेको खडेकाले बताए ।

 

 



विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।


विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ ।

जितको लागि एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले समान १–१ गोल गरे । पेमा युवा क्लबको तर्फबाट सान्तवना गोल मिलन राईले फर्काए ।

यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला साइनो स्पोर्ट्स क्लव रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको थियो ।

 सुरूवाती अग्रता घरेलु टिम पेमा युवा क्लबले लियो । खेल सुरु भएको ११ औं मिनेटमा मिलन लिम्बुले गोल गरी पहिलो हाफमा सुरूवाती अग्रता दिलाए । सुरज सुब्बाले निकालेको क्रस पासलाई मिलनले गोलमा परिणत गरे ।

घरेलु टिम पेमाले गोल गरेको दुई मिनेट बित्न नपाउँदै एपीएफले गोल गरी खेल बराबारीमा फर्काए । खेल सुरु भएको १३ औं मिनेटमा एपीएफका भरत कपालीले गोल गरी खेल बराबरीमा ल्याए । पेमाका गोलकिपर अरुणले टच गरेर रिबाउन्ड भएको बललाई भरतले आकर्षक गोल गरे ।

पहिलो हाफमा १–१ गोलको बराबरी भयो । दोस्रो हाफदेखि आक्रमक खेल्दै एपीएफका दिसन राईले ६० औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए । हरी कार्कीले डिबक्स भित्रबाट दिएसको क्रस पासलाई दिसनले जाली चुमाए । अग्रता दोब्बर बनाएको १४ मिनेट बित्न नपाउँदै धनबहादुर श्रेष्ठले गोल गरि टिमको जित सुनिश्चत गरे । दिसन राईले निकालेको पासलाई धनबहादुरले गोल गरेका थिए ।

पेमा युवा क्बलले बारम्बार पाएको गोल गर्ने अवसर खेर पाल्दा उपबिजेता बन्यो । उपबिजेता बनेको पेमाले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताको प्लेयर अफ द म्याच एपीएफका दिसन राई घोषित भए । हाइस्कोर एपीएफकै हरी कार्की भए । उनले खेलभरीमा तीन गोल गरे । बेस्ट गोलकिपर एपीएफका सुजन बिक र टुनामेन्ट अफ द इयर पेमा युवा क्लबलका कोमल खवास घोषित भए ।

वैशाख ७ देखि १५ गतेसम्म संचालन भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ टिमको सहभागि रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्ष विष्णुं डंगोलले जानकारी दिए ।

प्रतियोगिताको बिजेता हुने टिमलाई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मिल्स गोल्डकप फुटब ट्रष्टका अध्यक्ष विष्णु डंगोल, संयोजक मनोज खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।

 


पोखरा | वैशाख १५ गते । पोखरामा जन्मजात रोग प्रतिरक्षा कमी भएका बिरामीहरूको पहिचान र उपचारसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्यासेन्ट इनिसिएटिभ फर प्राइमरी इम्युडिफिसिएन्सिज एन्ड इनबर्न एरर्स ९ल्भएइएक्ष्क्ष्० नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा नेपालका एक मात्र इम्युनोलोजिस्ट डा। धर्मागत भट्टराईले सहजीकरण गरेका थिए । नेपालमा रोग प्रतिरक्षा शक्तिको कमी भएका बिरामीको पहिचान नै हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै डा। भट्टराईले नेपाल सरकारले यससम्बन्धी चासो बढाउनुपर्नेमा जोड दिए । विश्वका कतिपय मुलुकमा इम्युन कमी भएका बिरामीको निःशुल्क उपचार भइरहेको अवस्थामा नेपालमा भने स्वास्थ्यकर्मीमा समेत यससम्बन्धी जानकारी नहुनु दुःखद भएको उनको भनाइ थियो । 

“घरको कोठमा लागेको ढुसी हटाउँदैमा ढुसीको समस्या समधान हुँदैन, त्यसको कारणसम्म पुगेर निदान गर्नुपर्छ” डा। भट्टराईले भने, “ज्वरो आयो भने एन्टिबायोटिक वा सिटामोल दिएर केही बेर सञ्चो बनाउँदैमा रोग निको भएको मान्नुहुँदैन, कारण पत्ता लगाएर उपचार गर्नुपर्छ ।” एउटै समस्या पटक पटक देखियो भने इम्युनसम्बन्धी समस्या हो कि भनेर शङ्का गर्नुपर्ने उनले बताए । नेपाल सरकारले इम्युनोलोजिस्ट बढाउनेतर्फ ध्यान दिएर कैयौँ जनतालाई अकाल मृत्युबाट जोगाउनुपर्नेमा भट्टराईले जोड दिए । डा। भट्टराई काठमाडौँस्थित इम्युनोकेयर उच्च रोग–प्रतिरक्षा तथा बाथरोग केन्द्रमा कार्यरत छन् ।

संस्थाका अध्यक्ष सन्दिप पौडेलले आफूहरूले इम्युनको कमी भएका बिरामीहरूको अभिभावक मिलेर संस्था स्थापना गरी यस्तो समस्याको पहिचान गरी समाधानतर्फ लाग्नका लागि सचेतना फैलाउने अभियान सञ्चालन गरेको जानकारी दिए । उनले रोगबाट पीडित अरू पनि छन् र उपचार सम्भव छ भन्ने जानकारी आम मानिसमा पु¥याउन संस्थाले कार्यक्रम गर्ने बताए । 

पौडेलका ८ वर्षीय छोरा सुशान्त पौडेल इम्युन कमीसम्बन्धी विश्वकै एक दुर्लभ रोगका कारण हाल भारतको दिल्लीमा उपचाररत छन् । उनी त्यस्तो रोगले पीडित विश्वकै १८ औँ बच्चा हुन् । उपचारका लागि आवश्यक औषधिसमेत नेपालमा वैधानिक रूपमा प्रयोग गर्न नपाइने अवस्था रहेको अनुभव पौडेलले सुनाए । पीडितहरूको सङ्गठित आवाज नेपाल सरकारसम्म पु¥याएर सहज उपचारका लागि व्यवस्था होस् भन्ने पनि संस्थाको उद्देश्य रहेको उनले बताए ।



कठमाण्डेो | चेोधरी ग्रुपको वाइ वाइ चाउचाउ खानेलाइ घातक रोग लाग्न सक्ने ? कठमाण्डेो महानगरपालिकाले ल्याप परिक्षण गर्दा १gm koh/g oil हुनपर्नेमा एसिड भ्यालु १३,९३४mg koh/g oil भेटिएपछी उपभोक्ता यसबेला आतकनै छाएको छ | 

वाइवाइ चाउचाउ खएमा एसिटमात्र धेरै भएले खाने उपभोक्ता लाइ क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने महानगर काठमाडौं ले जानकारी गराएको छ |  


केहिना पहिला धरानमा पनि गनाको सडेको चाचाउ उपभोक्ताले फेलापारेको थियो | तर स्थानिय तहले कारवाही गरेन |



ललितपुर, १५ वैशाख । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिनुभएको छ । मन्त्री नियुक्त भएर आएपछि पहिलो बैठकको अध्यक्षता गर्दै परिषद्का अध्यक्ष समेत रहनुभएका मन्त्री चौधरीले त्यस्तो निर्देशन दिनुभएको हो ।

बाल अधिकारको क्षेत्रमा काम गर्ने सरकारको विशिष्टिकृत निकाय राष्ट्रिय बाल अधिकार परिषद् भएको कारणले यसको शासकीय सुधार, यसले समाजमा प्रभाव पार्ने नीति, योजना र कार्यक्रममा बाल अधिकार केन्द्रित हुने हिसाबले काम गर्न परिषद्लाई मन्त्रीले निर्देशन दिनुभयो ।

बैठकले बालगृह, बाल सुधार गृहका विषयमा जति पनि समस्या देखिएका छन् । त्यो समस्याहरूका बारेमा छानबिन गर्ने, संस्थालाई सबलीकरण बनाउने विषयमा बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले परिषद्को पदाधिकारीको जिम्मेवारीमा केही हेरफेर समेत गरेको छ । जसअनुसार समन्वय लगायतका कामको जिम्मेवारी परिषद्का उपाध्यक्ष र प्रशासनिक तथा आर्थिक कामको जिम्मेवारी सदस्य सचिवले गर्ने गरी निर्णय गरेको हो ।

सदस्य सचिवबारे केही प्रश्नहरू उठेको भन्दै उहाँले नियमावलीमा जे अधिकार दिइएको छ त्यो भन्दा बाहिर गएर काम गर्दा प्रश्न उठेको बताउनुभयो । राज्यका हरेक निकायमा बसेका व्यक्तिहरूले ऐन, कानूनलाई अक्षरशः पालना गर्नुपर्ने उहाँको भनाई थियो ।

मन्त्री चौधरीले सडक बालबालिका मुक्त बनाउने, बाल अधिकारका क्षेत्रमा सरकारको बलियो उपस्थिति रहने गरी योजनाबद्ध रूपमा काम गर्नका लागि अगाडि बढ्न निर्देशन दिँदै सिस्टमेटिक हिसाबले यो संरचनालाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्लाउनुभयो ।

‘अब सडकमा बालबालिका देखिनुहुँदैन । अबका दिनमा सडकमा बालबालिका नभेटिने गरी परिषद्ले काम गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘यो विषयमा हामी काम गरौँ । यदि सडकमा बालबालिका भेटिइहाल्यो भने हामीसँग बालगृह, बाल संगठनहरू छन् । त्यसकारण हाम्रो कमिटमेन्ट पनि नयाँ परिमार्जनको कुरामा हुनुपर्छ । अब सडकमा बालबालिका भेटिनु हुँदैन ।’

देशभरि सन्देश जाने हिसाबले बालबालिकाका लागि के(कस्ता काम गर्ने रु कसरी काम गर्ने रु विषयमा योजना बाहिर ल्याउने निर्णय गरेको छ ।

त्यस क्रममा मन्त्री चौधरीले बालबालिका सम्बन्धी ऐन, कानून, सेवा सुविधा, अदालतका फैसला लगायतका विषय समेटिएको बडापत्र निर्माण गर्न समेत निर्देशन दिनुभएको छ । मन्त्री चौधरीले परिषद् अन्तर्गत रहेको उपसमितिलाई जिम्मा दिएर बडापत्र तयार गरी यस सम्बन्धी निकाय तथा स्थानीय तहसम्म पुग्ने गरी बडापत्र जारी गर्न निर्देशन दिनुभएको हो ।

बैठकमा मन्त्रालयका सचिव दिनेश भट्टराईले ओएनएमका लागि प्राइमरी डकुमेन्ट बनाएर मन्त्रालयले यसको थप कारबाही गर्नुपर्ने बताउनुभयो ।

बालगृह र अस्थायी संरक्षण सेवा केन्द्रका विषयमा जति पनि सवालहरू उठेका छन् । ती उठेका सवालहरूमा मन्त्रालयले आवश्यक नीतिगत निर्णय गर्ने मन्त्रालयका सचिव दिनेश भट्टराईले त्यस क्रममा बताउनुभएको थियो ।

परिषद्का सदस्य सचिव इद्रादेवी ढकालले एनआरएनएसँग भएको सम्झौतामा कमजोरी भएको स्वीकार गर्नुभएको थियो । आफूमाथि उठेका प्रश्नका विषयमा जवाफ दिँदै ढकालले भन्नुभयो, ‘एनआरएनएको सम्झौताको सन्दर्भमा उमा रेग्मी मन्त्री हुँदा सडक बालबालिका उद्धारका लागि डेढ करोड बजेट नपुगेको अवस्थामा एनआरएनएको महिला ग्रुप भिजिटमा आउनुभएको थियो ।

 मन्त्रीकै पहलमा उक्त सम्झौताको प्रक्रिया अगाडि बढेको हो । एक बालबालिका बराबर मासिक ५ हजार रुपैयाँका दरले युसेफमा सिँधै रकम जाने गरी सम्झौता गरिएको छ । यहाँ बजेट नआएर डाइरेक्ट उतै पैसा जाने गरी, डाइरेक्ट कर्मचारीले हेर्ने गरी त्यहाँ ५० जना बच्चाको पैसा त्यहाँ गएको छ । यदि त्यो गलत छ भने, म फिर्ता ल्याउन तयार छु ।’


श्याम राई, उदयपुर  गाईघाट, १४ बैशाख | उदयपुरको रौतामाई गाउँपालिकाको दोर्जेलिङमा बिहीबार दिउँसो विद्युत सर्ट भै आँग लागी हुदा २ वटा घर जलेर नष्ट भएको छ, साथै २० लाख मुल्य बराबरको क्षेति भएको छ ।

रौतामाई–७ स्थित दोर्जेलिङका खड्ग बहादुर कटुवाल र निजका छोरा बिष्णुको २ वटा घर, २ वटा गुवाली र बाख्राको खोर सहित घरमा रहेको खाद्यान्य, धनमाल लत्ताक कपडा आँग लागिबाट जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

दिउँसो घरमा कोही नभएको बेला आँग लागि हुदा उनीहरुले घर भित्रका कुनै सामानहरु निकाल्न नपाएको वडा अध्यक्ष दिपेन्द्र दाहालले बताए । पिडित परिवारलाई वडाले त्रिपाल, चामल, दाल लगायतका खाद्यान्य सामाग्री उपलब्ध गराएको उनले बताए ।

 


 


बिर्तामोड १४ बैशाख । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच प्रविधिको बढ्दो प्रयोग, साइवर अपराध र कानूनी व्यवस्थाबारे छलफल भएको छ ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा बिर्तामोड नगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि शर्माले प्रविधि अभिन्न अंग बनिसकेको अहिलेको युगमा प्रविधिको प्रयोगबाट हुने जोखिमबारे सबैले सचेत रहनुपर्ने बताए । 

पटक पटकको छलफल गर्दा समय अनुसार प्रविधिको प्रयोगबाट हुने अपराध र त्यस बिरुद्ध भएका कानूनी व्यवस्थाबारे सबैले सचेत हुन आवश्यकता ठानेरको उल्लेख गर्दै ध्यानपूर्वक सिक्न र सिकेको कुरा अरुलाई पनि शेयर गर्न सुझाए ।

बिर्तामोड पालिका ४ नं. वडा समितिको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रविधि प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, जानी नजानी हुने कमीकमजोरीका कारण भोग्नुपर्ने समस्या र कानूनमा भएका व्यवस्थाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक नरेश लिम्बूले सहजीकरण गरेका थिए । 
बिर्तामोड नगरपालिका वडा नं.–४ का टोलविकास संस्थाका प्रतिनिधि, तथा झापाका विभिन्न क्षेत्रका किशोर किशोरी, विद्यार्थी, अभिभावक तथा शिक्षकसहित ११० जनाको सहभागीता रहेको आयोजक संस्थाकी सदस्य दिपा पोखरेलले जानकारी दिइन । 

कार्यक्रम संयोजक स्वस्तिका आचार्यको स्वागत तथा जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि शर्मा, मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनाल, नेपाल महिला उद्यमशील संघ नेपालकी अध्यक्ष पार्वता खरेल विमली, टोल विकास संस्थाका तर्फबाट सूर्यप्रसाद मैनाली लगायतले आ–आफ्ना धारणा राखेको कार्यक्रममा नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भीमा शिवाकोटी,  महिला मुक्ति अभियानकी कोषाध्यक्ष भगवती मेचे, यादव ओली लगायतको उपस्थिति रहेको थियो ।

विषय वस्तु महत्वपूर्ण भएको उल्लेख गर्दै सिकाईमा ध्यान दिन आग्रह गरे । त्यस्तै टोल विकास संस्थाका तर्फबाट सूर्यप्रशाद मैनालीले आफूलाई खड्की राखेको विषय बस्तुबारे केही कुरा जान्न पाउँदा खुशी लागेको बताउँदै सबै सचेत हुन आवश्यकता औल्याए ।


विराटनगर, १४ वैशाख | रास्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङ जिल्लाको तेस्रो साधणसभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङ टाउन क्लबको सभाहलमा भएको साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।

यस्तै साधरणसभाले संघको उपाध्यक्षमा दिनेश पौडेल, मुक्ति बाबु रेग्मीलाई चयन गरेको छ । सचिवमा द्वारिका रेग्मी, सहसचिव राजिव गौतम र कोषाध्यक्षमा अस्मिता तामाङ चयन भएका छन् । सदस्यहरुमा अर्जुन भुजेल, शक्तिकुमार झा, बुद्धि तामाङ, नमिरा शेख, गौतमकुमार मण्डल रहेका छन् । 

साधरणसभामा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङ, संघका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक ज्ञानेन्द्रबहादुर विश्वकर्मा, जिल्ला खेलकुद विकास समिति मोरङका सदस्य सरस्वती घिमिरेलगायतको उपस्थिति थिया


बिराटनगर | रातो तारा डट कम, नेपालकै पहिलो आर्थिक दैनिक कारोबारले पत्रिकाले विराटनगरमा देशको अर्थतन्त्रमा कोशी प्रदेशको योगदान, सम्भावना, चुनौती र अवसरका विषयमा प्रदेस रकारका प्रतिनिधि उधोगपति,ब्यवससायी पत्रकार समेत सग बहस कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, मोरङको बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर, कटहरीका अध्यक्ष देवराज चौधरी, कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारी, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा। डिवी क्षेत्री, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, नेपाल–भारत उद्योग वाणिज्य संघ कोशीका अध्यक्ष मुकेशकुमार उपाध्याय, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, पूर्वअध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष नन्दकिशोर राठी, मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा, उपाध्यक्ष अनिल साह, नेपाल चेम्बर अफ कमर्श कोशी प्रदेश अध्यक्ष यादव पोखरेल, विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जरा, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, विकल्प एण्ड अल्टरनेटिभका प्रमुख वसन्त अधिकारी, अर्थशास्त्री डा। भेषप्रसाद धमला, नागरिक समाजका अगुवा तथा लघुवित्त संस्था सञ्चालक मणिकुमार अज्र्यालसहित खुल्लासत्रमा सक्रियतापूर्वक सबैको सहभागिता रहेकोथियो |  कार्यक्रमको अन्तिममा आयोजक  सबैलाई एकमुष्ट हार्दिक आभार व्यक्त गरेको थियो |


विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा युवा क्लब फाइनलमा पुगेको हो ।

जितँसगै पेमा युवा क्लबले  शनिबार हुने फाइनलमा उपाधिको लागि सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरी सँग खेल्नेछ ।

जितको लागि पेमा युवा क्बलको तर्फबाट मिलन राई, समिर राई र कुलदिप कार्कीले गोल गरे । प्रहरीको तर्फबाट सान्तवना गोल उज्जल राईले फर्काए ।

 खेलको २९ औं मिनेटमा प्रहरीका उज्जल राईले गोल गर्दै अग्रता दिलाएका थिए । तर, प्रहरीको अग्रता १४ मिनेट पनि टिक्न सकेन । दोस्रो हाफदेखि पेमा युवा क्बलले आक्रमक खेल्दै ४३ औं मिनेटमा डिबक्स भित्रबाट मिलन राईले हेडमार्फत आकर्षक गोल गर्दै खेल बराबारीमा ल्याए । ६१ औं मिनेटमा पेमाका समिर राईले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफपछि सौरव लिम्बुको ठाउँमा मैदान प्रवेश गरेका समिरले मिलन राईले निकालेको क्रस पासलाई गोलमा परिणत गरे । अग्रता दोब्बर बनाएको चार मिनेट बित्न नपाउँदै पेमाका कुलदिप कार्कीले गोल गर्दै टिमको जित सुनिश्चत गरे ।

प्रतियोगिताको प्लेयर अफ द म्याच पेमा युवा क्लबका मिलन राई घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए ।

 मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय रुपैयाँ र उपबिजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउनेछन् ।


श्याम राई, उदयपुर  गाईघाट, १२ बैशाख | तेश्रो प्रदेश स्तरीय बृहत औधोगिक महोत्सब तथा रैथाने खाना प्रदर्शनी बुधबार गाईघाटमा शुरु भएको छ । ‘‘ मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपाल, उद्यम गरौं, उद्यमि बनौं, स्वदेशी बस्तुको प्रयोग गरौं । ’’ भन्न्े नाराको साथ शुरु भएको सप्ताहब्यापी उक्त कार्यक्रमको कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले उद्घाटन गरेका छन् । मन्त्री खत्रीले कृषिमा आधारीत मझौला उद्योग स्थापनामा बढी जोड् दिनु पर्ने बताएका छन् । अहिले अर्बौ रुपैयाको तरकारी बिदेशबाट आयात भैरहेको परिप्रेक्षयमा हामीले स्वदेश मै तरकारी उत्पादनलाई बढाब दिनु पर्ने उनले बताए । उनले अब बजेट बनाउदा कृषि क्षेत्रलाई बढि प्राथमिकता दिएर बजेट बनाउनु पर्ने बताए ।

कोशी प्रदेश सरकारले कोदो मात्र नभई स्थानीय स्तरमा उत्पादन हुने शुन्तला, आँप, स्याउ जस्ता फलफूलबाट घरेलु मदिरा उत्पादनगरि ब्रान्डिङ गर्ने तयारी गरिरहेको बताए । अबको २ बर्ष भित्र सबै प्रकृया पूरा भएर कार्यान्वयन हुने उनले बताए ।

उनले प्रदेश सरकारले धेरै काम गर्न अग्रसर देखाएको भए पनि संघबाट अधिकार दिन कन्जुस्याई गरेकोले प्रदेश सरकारले चाहे जति काम गर्न नसकेको बताए ।

जिल्ला घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा भएको उक्त प्रदर्शनीमा कोशी प्रदेशका १४ जिल्लाबाट उत्पादित उद्योग, शैक्षिक, वन, कृषि लगायत बस्तुहरु प्रदर्शनीमा राखिएको महासंघका अध्यक्ष मधुकर थापाले बताए ।

स्थानीय उत्पादनको प्रबद्र्धन र समृद्धिको लागि उद्यमशिलता भन्न उदेश्य सहित एक साता सम्म चल्ने महोत्सबमा साना उद्योगबाट उत्पादित बस्तु, कृषि, वन जडिबुटी, पर्यटन, हस्तकला, विज्ञान तथा प्रबिधि, सूचना संचार, साहित्य कला संस्कृती र रैथाने खानाको परिकारको ईस्टल रहेको अध्यक्ष थापाले बताए ।

 

 

 



काठमाडौँ, ११ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिले आज नागार्जुन १ काठमाडौँ स्थित मानव सेवा आश्रममा आयोजना सहयोग हस्तान्तरण तथा खाना खुवाउने कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो ।

कोही नभएकाहरूको अभिभावक बनेर आश्रमले ठुलो मानवीय योगदान दिएको भन्दै उहाँले भन्नुभयो, | मानव सेवा आश्रममा आश्रित रहनुभएका हाम्रा आदरणीय दाजुभाइ दिदीबहिनी आमाबुवा सबैमा कृतज्ञता व्यक्त गर्दछु । आश्रमका संस्थापक रामजी अधिकारीको संकल्पले यति धेरै व्यक्तिलाई सेवा दिने, आश्रय दिने, खुवाउने, संरक्षण दिने काम गर्नुभएको छ भने, तपाईं हामी सबैले सोचौँ । हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँ | 


एक जनाको संकल्पले कति धेरै बेसहारा, पीडित व्यक्तिहरूले सेवा पाइरहेको भन्दै मन्त्री चौधरीले एक दिनको खाना तथा अन्य सामग्री सहयोग गर्ने नेपाल निजामती कर्मचारी संगठनलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो । आज नेपाल निजामती कर्मचारी संगठनका साथीहरू मिलेर यहाँहरूलाई एक दिनको भए पनि केही खाना जुटाइदिऊँ भन्ने धारणाले व्यवस्थापन गर्नुभएको छ । त्यसका लागि निजामती कर्मचारी संगठनको अर्थ विभागका साथीहरूलाई धन्यवाद दिन चाहन्छु, उहाँले भन्नुभयो, मानव सेवा आश्रमका देशभर गरी २३ वटा शाखामा १ हजार ६ सय ६७ जनालाई सेवा प्रदान गरिएको छ । देशभरका विभिन्न ठाउँमा यस्ता शाखा स्थापना गरी तपाईंहरूले गरिरहनुभएको कार्य निकै ठुलो मानव धर्म, मानव उपकारको कार्य हो ।,88

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय सेवाका निम्ति सडक मानव मुक्त अभियानको थालनी गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ुहाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सडक मानव मुक्त गर्नुपर्छ भन्ने कुरा उहाँले ल्याउनुभएको थियो । यो चिजमा पनि यहाँहरूले पनि धेरै सहकार्य गर्ने गरी यो जुन काम गर्नुभएको छ । त्यसका लागि यसका संस्थापक सहित सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

आफू अहिले सरकारको संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदाय हेर्ने मन्त्रालयको जिम्मेवारीको रहेको भन्दै उहाँले त्यस्ता व्यक्तित्वहरूको पीडामा मलहम लगाउँदै उनीहरूको संरक्षण तथा उनीहरूको अधिकार सम्पन्न गराउने कार्यमा लागिरहेको बताउनुभयो ।

मन्त्रालय अन्तर्गत सरकारले विभिन्न ऐन, कानून पनि ल्याएको भन्दै उहाँले विभेदमा परेका अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा यौनिक अल्पसंख्यकहरूलाई अधिकार सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

तर कानूनमा अझै पनि केही कमी रहेको भन्दै उहाँले ती कमीलाई पुरा गर्दै सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ुतपाईँहरूका निम्ति बनाइएका ऐन, कानूनमा भएका व्यवस्थालाई तल तलसम्म कार्यान्वयन तहमा ल्याउनका लागि अझै पनि केही कमी छन् । ती कमीहरूलाई पनि पुरा गर्न अथवा सेवाग्राहीसम्म सरकारको सेवा पुर्‍याउनका लागि यहाँहरू जस्ता व्यक्तिहरूलाई ठाउँ दिएर काम अगाडि बढाइनेछु, मन्त्री चौधरीले भन्नुभयो ।

मुलुक सात प्रदेशको संरचना व्यवस्थामा रहेको भन्दै उहाँले यस्ता सेवाहरूलाई सबै क्षेत्रमा पुर्‍याउन आवश्यक रहेको र त्यसमा राज्य सँगसँगै रहेको बताउनुभयो ।

उहाँले नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्यस अवसरमा मन्त्री चौधरीले आश्रमको अवलोकन समेत गर्नुभएको थियो ।

त्यस अवसरमा नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिको तर्फबाट मानव सेवा आश्रममा रहेका २२६ जना व्यक्तिहरूका लागि एक छाक खाना बराबर लाग्ने २० हजार रुपैयाँ नगद र एक लाख तीन हजार नौ सय १० रुपैयाँ बराबरको चामल, दाल, नुन, तेल, चप्पल, डाइपर लगायतका सामग्री मन्त्री चौधरीले हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा आश्रमका प्रमुख प्रशासकीय अधिकृत उत्तम थापाले आश्रमले स्थापनादेखि हालसम्म १० हजार व्यक्तिको उद्धार गरेर करिब ७ हजारको परिवारमा पुनर्मिलन गराउन सफल भएको बताउनुभयो ।

त्यस अवसरमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, अर्थ विभागीय कार्यसमितिका अध्यक्ष मधुसूदन पौडेलले संगठनका तर्फबाट सकेको सहयोग हस्तान्तरण गरिएको बताउनुभयो ।


विराटनगर |  फिनल्याण्डमा हुने भलिबल प्रतियोगितामा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) सहभागिता जनाउने भएको छ ।

आगामी मे ११ तारिखमा हुने प्रतियोगिताका लागि एनईएससीका तर्फबाट टिमसमेत तयार भएको छ । अष्ट्रियाको इन्स्ब्रुकमा केन्द्रीय कार्यालय रहेको एनईएससीले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

विभिन्न देशका ७ वटा टिम सहभागी हुने प्रतियोगितामा एनईएससीका तर्फबाट अञ्जन अधिकारीको कप्तानीमा ख्याम विक, आङ कामी लामा, गर टेम्बा शेर्पा, राजु विश्वकर्मा, प्रेम विश्वकर्मा, पासाङ निमा शेर्पा (म्याजेजर) सुनिल दियाली, कृष्ण विश्वकर्मा, विवेक बजगाईं, विकास विक, रोहित विश्वकर्मा, नारायण कार्की, अमृत तिवारीले सहभागिता जनाउने निश्चित भएको एनईएससीका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । त्यस्तै सल्लाहकार संयोजकमा रुपमा विकास कार्की र डा. किशोर कमल पनि फिनल्याण्ड जानेछन् ।

सन् २०२० मा स्थापित संघले युरोपमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ स्थापित संघले यसअघि पनि युरोपका विभिन्न स्थानमा भएका प्रतियोगिताहरूमा सहभागिता जनाइसकेको छ । एनईएससीले पनि मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

“फिनल्याण्डबाट निमन्त्रणा आएको छ । त्यसका लागि टिम पनि तयार भइसकेको छ,” एनईएससीका अध्यक्ष घमालले भने, “हार्नु–जित्नु आफ्नो ठाउँमा छ तर प्रतियोगिताले युरोपमा रहेका नेपालीलाई भावनात्मक रुपमा जोड्ने मैले विश्वास लिएको छु । खेलकुदले टुक्रिएका मनहरू पनि जोड्छ । खेलकुदमा कुनै जात, धर्म, सम्प्रदाय केही हुँदैन । 

आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले ठूलो भूमिका खेल्ने गर्दछ ।” प्रतियोगितामा विजयी हुने लक्ष्यका साथ उच्च मनोबल बनाएर खेल्ने गरी तयारी भइरहेको अध्यक्ष घमालको भनाइ   थियो । साढे दुई दशकदेखि अष्ट्रियाको इन्स्ब्रुकमा पर्यटन व्यवसायमा संलग्न समाजसेवीसमेत रहेका घमालकै अग्रसरतामा चार वर्षअघि एनईएससी स्थापना भएको थियो ।


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल ९नेअशिस० बिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको हो ।

बैशाख ७ गते दुवै पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएपछि अब सबैले विमानस्थलमा निर्वाध इडुरोम प्रयोग गर्न पाउने भएका छन् । नेअशिसले नेपालका सबै शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूलाई निःशुल्क इडुरोम सेवा प्रदान गर्दै आएको छ ।

नेअशिसले यो सेवा दिन थालेको धेरै वर्ष भइसक्दा पनि नेपालमा अनुसन्धानलाई दिइएको न्यून प्राथमिकता र अझै सम्म पनि पौराणिक शिक्षण विधि अपनाइएको कारण यो सेवा बारे धेरै संस्थाहरू अनभिज्ञ छन् । देश कोभिड महामारीले आक्रान्त भई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न असम्भव हुँदा नेअशिसले शिक्षण संस्थाहरूलाई जूमको प्रयोग गरी अनलाइन कक्षा लिने सेवा दिन थालेपछि यस सञ्जाल बारे उत्सुकता बढ्न शुरु भएको थियो र सञ्जालको सदस्य सङ्ख्यामा छोटो समयमै उल्लेख्य वृद्धि भएको थियो।

कोभिड महामारीको प्रभाव घटेपछि पनि नेअशिसले आफ्नो सेवा निरन्तर दिइरहेको छ । पछिल्लो समयमा नेअशिसको सदस्य सङ्ख्यामा बिस्तारै वृद्धि भएको छ तर अनभिज्ञताकै कारण देशका अधिकांश शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरू यस सञ्जालबाट पाउन सक्ने सेवाबाट अझै टाढा छन् ।

के हो इडुरोम

विश्वका शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूको इन्टरनेट जस्तै एउटा छुट्टै सञ्जाललाई इडुरोम भनिन्छ । शिक्षण, अनुसन्धान तथा पेशागत रूपमा बढि प्रयोग हुने यस इडुरोम प्रयोग गर्दा आफ्नो कम्प्युटरमा भाइरस सर्ने सम्भावना रहँदैन । विश्वका सुपर कम्प्युटरहरूको अति शक्तिशाली क्षमतामा निर्बाध पहुँच हुने हुँदा शिक्षण तथा अनुसन्धानको लागि आफैसँग ठूला सर्भरहरू आवश्यक पर्दैन । इडुरोम सेवा आफ्नो मोबाइल वा कम्प्युटरमा छ भने विश्वका कुनै पनि नाम चलेका विमानस्थल, विश्वविद्यालय र अनुसन्धान निकायमा जाने बित्तिकै लग(इन नगरिकनै आफै कनेक्ट हुन्छ ।

के हो नेअशिस,

विश्वका प्रतिष्ठित शिक्षण संस्था तथा अनुसन्धान निकायहरूको एउटा विश्वव्यापी सञ्जाल छ । हरेक देशमा उक्त सञ्जालसँग जोडिन एउटा छुट्टै निकाय स्थापना गरिएको हुन्छ । नेपालमा रहेको उक्त निकाय नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल ९नेअशिस० हो । नेअशिस एउटा विशुद्ध गैरनाफामूलक गैरसरकारी संस्थाको रूपमा दर्ता गरिएको छ ।

अन्य कयौं देशहरूमा यस प्रकारका संस्था सरकार आफैले वा राष्ट्रिय स्तरका विश्वविद्यालयहरूले सञ्चालन गर्ने गरेका छन् । नेअशिसका व्यक्तिगत तथा संस्थागत सदस्यहरूले यस सञ्जालको सबै सुविधाहरू प्रयोग गर्न सक्छन् । नेअशिसमा अहिले सम्ममा नेपालका कयौं सरकारी, अनुसन्धान तथा शिक्षण संस्थाहरू आबद्ध छन् ।

नेअशिसले आफ्ना सदस्यहरूलाई जूम प्रयोग गरी अनलाइन कार्यक्रम चलाउने सुविधा, इडुरोम प्रयोग गरी पेशागत सञ्जाल मार्फत निःशुल्क इन्टरनेट प्रयोग, प्रतिष्ठित पेशागत जर्नलमा प्रकाशित शोध लेखहरूमा पहुँच, अन्तर्राष्ट्रिय शिक्षण तथा अनुसन्धान निकायहरूसँग आवद्द रही ती निकायहरूसँग आर्थिक तथा प्राविधिक सहकार्य गर्ने र उनीहरूका शोध पूर्वाधारहरू प्रयोग गर्ने अवसर र नेपालकै संस्थाहरूले आफ्ना शैक्षिक तथा शोधकार्यको नतिजा अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गर्न साझा डबली प्रदान गर्दछ ।


धरान । पहिला घरदेश अनि परदेश भन्ने नाराका साथ सातैप्रदेशका मुख्य शहरहरुमा सांगीतिक कार्यक्रम गर्ने उद्देश्य अनुरुप पोखरापछि गत बैशाख ८ गते शनिबार धरानमा  ‘रिभाइभ’ भएको सांगीतिक सदस्यहरु सहित लोकप्रिय पोखरेली ब्यान्ड ‘कन्दरा’ ले आफ्नो लोकप्रिय गीतहरु प्रस्तुत गरेका छन्।  

शनिबार राति धरान रंगशालामा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा आयोजित ूकन्दरा लाइभ इन धरान ू कार्यक्रममा धराने दर्शकमाझ सेवारो धरान भन्दै अबेर गरी स्टेज चढेको कन्दराका ब्यान्डका मुख्य सदस्य तथा गायक विवेक श्रेष्ठले ‘तगारोमा रुमालराखी।।।।’ बोलको लोकप्रिय गीतबाट कार्यक्रमको सुरुवात गरेका थिए। ३२ वर्षअघि पोखरामा स्थापित भएको कन्दरा ब्यान्ड नेपाली दर्शक तथा स्रोतामाझ आफूलाई फरक पहिचान बनाउन सफल भएको छ र अहिले पनि कन्दरा ब्याण्डको लोकप्रियतामा कुनै कमी रहेको छैन भन्ने कुरा यस कार्यक्रमले पनि पुस्टी गर्दछ। ६ बर्ष अघि पनि पुर्वको धरान , दमक र बिर्तामोडमा आफ्नो सफल कन्सर्ट गरेको कन्दराले अहिले    पहिला घरदेश अनि परदेश भन्ने नाराका साथ आफ्नै देशमा घुम्नकालागि अर्थात् आन्तरिक पर्यटन प्रवर्धन गर्ने क्याम्पेन सहित कार्यक्रम   गरिरहेको गायक बिबेक श्रेष्ठले बताए।

 बीच–बीचमा पर्यटन प्रवद्र्धनको कुरा गर्दै उनले नयाँ पुरानासहित गीतहरु २ घण्टा सम्म लगातार गाइरहे।  दर्शकहरु उनको गीतमा उनीसंगै गाउँदै , नाच्दै रमाइरहे।  उनले रातै बिझायो ( दिनै बिझायो ,जिन्दगी यो उत्सव हो, बिदेशिएर गईन उनि , सुन्दर बिहानी , डांडापारी , भेडीगोठैमा , फुल्चोकीको डाँडैमा, चन्चले कान्छीको , तिमी पारी त्यो गाउँमा , लेककी हे माया , हंगकंग पोखरा  जस्ता आफ्ना अति नै लोकप्रिय गीतहरु संगै भर्खरै रिलिज भएको गीत बिचरा म संगै  जय जय नेपाल ,बोलको रास्ट्रिय गीत पनि प्रस्तुत गरेका थिए।   उनले धरान तथा भेडेटार क्षेत्रमा पनि गज्जबको घुम्ने स्थानहरू रहेको बताए । ‘पोखरामात यति धेरै घुम्ने ठाउँ छ । धरानमा पनि घुम्ने ठाउँ रै’छ हो । 

धरानका मेयर हर्क साम्पाङ्गको कामको तारिफ गर्दै श्रमसंस्कृति पार्कको तारिफ गर्दै धरानको श्रम पर्यटनको प्रचार गर्ने समेत बताए।  त्यस्तै  नमस्ते झरनाले मन लोभायाएको पनि बताए।  मादलमा सुनिल थापा, पहिलो पटक जिप्सीज्याज म्युजिक भित्र्याएका  हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गीतारवादक देव लामा, बेस गितारमा पङ्कजझा, ड्रमसेटमा सुन्दर महर्जनलगायतब्यान्ड सदस्यहरूको टिमअपमा कन्दरा लाई ‘रिभाइभ’भएको हो । गत पुस २७ गते पोखरामा भव्य कन्सर्ट गर्दै कन्दरा फेरि श्रोता तथा दर्शकमाझ आएको हो ।

धरानको सुन्दर साउण्डको साउण्ड , लाइट , स्टेज व्यवस्थापन अहिले सम्मकै उच्च स्तरीय रहेको थियो।  जसले गर्दा कार्यक्रम हेर्न आउने दर्शकहरुलाई कन्दराका लोकप्रिय गीतहरु सुन्नमा थप मज्जा आएको महशुस हुन्थ्यो।  

कन्दरा ब्याण्ड अब अन्य प्रदेशका मुख्य शहरहरु संगै पुर्वका कुना( कन्दराहरुमा समेत आफ्नो प्रस्तुति लिएर आउने तयारी गरिरहेको गायक बिबेक श्रेष्ठले बताए।  इलाम , खाँदबारी , धनकुटा , भोजपुर , खोटांग , ताप्लेजुंग , पाँचथर , बिर्तामोड , बिराटनगर , दमक , इटहरी संगै बिभिन्न गाउँ(शहरहरुमा क्रमश आफ्नो सांगीतिक कार्यक्रमहरु गर्दै जाने उनले बताए।  


विराटनगर |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर १४ स्थित आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

वडा नम्बर १४ को कार्यालय परिसरमा मंगलबार आयोजित कार्यक्रममा मेयर कोइरालाले भवनको उद्घाटन गर्नुभएको हो । स्थानीय समाजसेवी जगदीशप्रसाद यादवले निःशुल्क उपलब्ध गराएको २ कठ्ठा १० धुर जमिनमा भवन निर्माण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माणले स्वास्थ्य सेवा प्रवाहमा सहज हुने बताउनुभयो ।

 उहाँले स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य उपकरण क्रमैसँगै व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको सुनाउनुभयो । १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर, विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा विराटनगरलाई मोतियाबिन्दुमुक्त बनाउने अभियान सञ्चालन, ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको घरमै पुगेर निःशुल्क स्वास्थ्य चेकजाँच र औषधि वितरण, निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदानलगायतका कार्यलाई महानगरले जारी राखेको मेयर कोइरालाले बताउनुभयो ।

त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले महानगरले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्य अगाडि बढाइरहेको जानकारी दिनुभयो । उहाँले महानगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

वडा नम्बर १४ का अध्यक्ष सूर्यनारायण महतोको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले भौतिक संरचना निर्माण भएर मात्रै नहुने बताउँदै सेवा प्रवाहलाई गुणस्तरीय र सहज बनाउनुपर्नेमा जोड दिनुभयो । नवनिर्मित भवनमा स्वास्थ्य उपचारसँगै स्वास्थ्यसँग सम्बन्धित तालिमलगायतका कार्य गर्नसमेत सहज हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा जग्गादाता जगदीशप्रसाद यादवलाई महानगरपालिकाका तर्फबाट सम्मान गरिएको थियो । यादवलाई मेयर कोइराला र उपमेयर कार्कीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा जसपा मोरङका उपाध्यक्ष मन्तलाल यादव, नेपाली कांग्रेसका युवा नेता रमेश राजवंशी, नेकपा एमालेकी नेतृ सुनिता श्रेष्ठ, माओवादी केन्द्रका मनोज कामत, वडासदस्य दिनानाथ यादव, महानगरको स्वास्थ्य महाशाखा प्रमुख दिलीप यादव, वडा सचिव पृथ्वी बस्नेतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

भवनमा अपाङ्गता भएका व्यक्तिलाई आवतजावतका लागि ¥याप, शौचालय, ८ कोठा र एउटा हल रहेको छ । २४ सय स्क्वायर फिटको सो भवन निर्माण सम्पन्न गर्न ७५ लाख रुपैयाँ खर्च भएको महानगरको भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । ९६ लाख लागत अनुमान गरिए पनि ७५ लाखमा भवन निर्माण सम्पन्न भएको थापाले बताउनुभयो ।  


विराटनगर | ज्येष्ठ नागरिक जिल्ला संघ मोरङले सप्तरीका लेखक तथा पत्रकार अजयकुमार झालाई सम्मान गरेको छ ।

विराटनगरमा सोमबार आयोजित कार्यक्रममा संघले उदयानन्द–मुक्तिनाथ नारायण दासी अर्याल सम्मानबाट झा सम्मानित हुनु भएको हो । कवि उदयानन्द अज्र्यालको विषयमा खोज अनुसन्धान गरेबापत झालाई नगद २५ हजारसहित सम्मानपत्रले सम्मानित गरिएको संघले जनाएको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष योगेश्वर निरौलालगायतले सम्मान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले उदयानन्द अज्र्यालले भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा पु¥याएको योगदानको कदर नभएको उल्लेख गर्नुभयो । उहाँले उदयानन्दलाई सीमित घेराभित्र राख्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा विराटनगर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, ज्येष्ठ नागरिक संघ कोशी प्रदेश अध्यक्ष मणिकुमार अज्र्याल, विराटनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, साहित्यकार मधु पोखरेल, समाजसेवी जगतप्रसाद अज्र्याल, अर्जुन भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 


विराटनगर | टिभिएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्वा मोटर्सले टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ ।

यस अघि टिभिएसले नेपाली बजारमा टिभिएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युव जस्ता उत्कृष्ट वाइक तथा स्कुटरहरु नेपाली बजारमा उपलब्ध गराएको छ । छिभिएस वाइक र स्कुटरमा एडभान्स फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठुलो प्रभाव पार्न सफ लबनेको छ ।

टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेसमा कम्पनिले विभिन्न फिचरहरु थप गरि नेपाली बजारमा सार्वजनिक गरेको हो । टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको कम्पनिले जनाएको छ । जस्ले सेग्मेंटकै उच्चतम १४ दशमलव ४ पीएस पावर र १३ एनएस टर्क जेनेरेट गर्छ । 

टिभिएस स्मार्टकनेक्ट जसको सहायताले राईडरहरुले सजिलै कल तथा टेक्स नोटिफीकेशन, क्र्यास अलर्ट जस्ता सुविधा प्रदान गर्नुको साथै रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले, आकर्याक एलईडी हेडल्याप र सिग्नेचर एलईडी टेल ल्याम्स सुसज्जित रहेको कम्पनिले जनाएको छ । टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेसको बजार मूल्य ३ लाख ५ हजार ९ सय रहेको छ ।

जगदम्बा मोटर्स प्राली नेपालमा टिभिएसका दुई पाङ्े सवारी साधनको एक मात्र आधिकारकि वितरण हो । देशभर १ सय ४० भन्दा बढी डिलर रहेको छ । गुणस्तरीय उत्पाद नविन टेक्नोलोजीको प्रयोग विक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्त्रताका कारणनै छिभिएस आज नेपालको सर्वाधिक रुचाएको टु–ह्विलर ब्राण्ड रहेको केशरीचन्द भवलाल विराटनगरमा मेनेजर गोविन्द पोखरेलले   बताए ।


काठमाडौँ, ९ वैशाख ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० ले आयोजना गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवस र र सत्यनारायण बहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

चौथो अंगको रूपमा सबैले स्वीकार गरेको पत्रकारिता क्षेत्रको साझा संस्थालाई सबैले अपनत्व गर्ने संस्थाको रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो ।

पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराई सबैले मान्ने राष्ट्रको नेता भएको भन्दै मन्त्री चौधरीले नेता भट्टराईलाई त्यागी नेताका रूपमा बुझ्ने गरिएको बताउनुभयो । ‘पत्रकार महासंघको स्थापनाका सन्दर्भमा महासंघ आफैले संवाद सुरु गरेको छ । यो विषयले पक्कै पनि टुंगो लाग्नेछ भन्ने विश्वास व्यक्ति गर्दछु’, उहाँले भन्नुभयो, ‘मलाई लाग्छ यो विषय सिंगो पत्रकारिता क्षेत्रको गौरवसँग जोडिएको विषय भएकाले यसले पक्कै पनि छिट्टै अगाडि बढ्नेछ । सत्य तथ्यको आधारमा पक्कै पनि यस विषयको समाधान हुनेछ ।’

समुदायबाट उठेर पत्रकारिता क्षेत्रमा आउने क्रम रहेको सन्दर्भमा खुसी व्यक्त गर्दै उहाँले आगामी दिनमा अझ बढी भन्दा बढी जनताका कुराहरू बाहिर ल्याउन सक्नुपर्ने बताउनुभयो ।

‘सत्यनारायण जिले त्यो जमानामा जनताका पक्षमा सूचना सम्प्रेषण गर्दै पत्रकारिता क्षेत्रमा लागेका पत्रकारलाई संगठित गर्ने काम गर्नुभएको हिसाबले उहाँ हामी सबैका लागि सम्मानित व्यक्तित्व हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘त्यसैगरी हाम्रा सन्त नेता सम्मानित व्यक्तित्व नै हुनुहुन्छ । उहाँहरू दुवैप्रति म आदर गर्दछु । त्यस अर्थमा पत्रकार महासंघले यो विषयलाई सकारात्मक रूपमा अवतरण गराउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

आफूले पनि ६ महिना रेडियो नेपालमा पत्रकारिता गर्ने अनुभव बटुलेको स्मरण गर्दै मन्त्री चौधरीले यस क्षेत्रमा देखिएको समस्याको समाधानका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । पेशा व्यवसायसँगै आफ्ना अन्य जिम्मेवारी व्यवस्थापन गर्नुपर्दा केही अप्ठ्यारा हुँदाहुँदै पनि पत्रकारिता क्षेत्र अन्य पेशा भन्दा फरक क्षेत्र रहेकाले यस क्षेत्रमा काम गर्न सकेमा समाजमा स्थापित हुन सकिने उहाँको भनाई थियो ।

फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट फोनिजका पूर्व संघीय उपाध्यक्ष दिपिन राईलाई तथा फोनिज युके पत्रकारिता पुरस्कारबाट इच्क्षा मनकामना एफएम चितवन कुरिनटारमा कार्यरत पत्रकार संगीता चेपाङलाई पुरस्कृत गरिएको थियो ।

फोनिज युकेले हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान तथा पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको फोनिज युकेका निवर्तमान अध्यक्ष गोमा राना मगरले जानकारी दिनुभएको थियो ।

त्यस अवसरमा बोल्दै फोनिजका सल्लाहकार मनोज घर्ती मगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्ती मगर, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, समाजवादी प्रेस संगठनका उपाध्यक्ष अस्मिता गिरी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले अग्रजको सम्मान गर्दै तथ्यका आधारमा पत्रकार महासंघको स्थापना सम्बन्धी विवादलाई टुंगो लगाउनुपर्ने बताउनुभएको थियो ।


काठमाडौं । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा पुर्याइएको हो ।

शुक्रबार कलेजका प्रबन्ध निर्देशक प्रा।डा। जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ वेडहरुको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नयाँ एनआइसियू वेडहरु थप गरिएको बताउनु भयो ।


समय अगाडी जन्मने शिशुहरु, कठिन अवस्थामा जन्म लिएका शिशुहरु तथा जन्मजातै कुनै रोगको शिकार भएका शिशुहरुलाई २४ सैं घण्टा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नका लागि एनआइसियू वेडहरु थप गरिएको प्रबन्ध निर्देशक प्रा।डा। अन्सारीले जिकीर गर्नुभयो । ‘यसअघि १० वेडको एनआइसियू थियो । त्यसलाई अपग्रेट गरी अरु १४ वेड थपिएको छ । 


खासगरी समय अगाडी जन्मिएका, कुनै स्वास्थ्य समस्या भएका नवजात शिशुहरुलाई उच्च निगरानीमा राखि उपचार गर्नका लागि एनआइसियू चाहिन्छ । यसमा नवजात शिशुको उपचारका लागि कस्तो वातावरण आवश्यक पर्दछ त्यस्तै विधि र सिस्टम हुन्छ ।’ एनआइसियूले भर्खरै जन्मिएका शिशुहरुको स्वास्थ्य तथा उपचारमा टेवा पुग्ने भन्दै प्रा।डा। अन्सारीले भन्नुभयो ।

उहाँले कलेजको एनआइसियू सेवा अन्य निजी अस्पतालहरुको दाँजोमा सर्वसुलभ रहेको प्रष्ट्याउँदै आम नागरिकलाई कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रणनीति अपनाइएको जिकीर गर्नुभयो । ‘नयाँ प्रविधि भन्ने वित्तिकै महंगो हुन्छ भन्ने हैन, हामी न्यूनतम शुल्कमा गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा दिन तत्पर छौं ।’ प्रा।डा। अन्सारी भन्नुहुन्छ ।

एनआइसियूमा बालबालिकाको शरिरलाई आवश्यक पर्ने तापक्रम सेट हुन्छ । त्यहाँ भेन्टिलेटर, इन्क्यूवेटर, फोटोथेरापी, पल्स अक्सिमेट्री, फिडिङ ट्युव लगायतका साधन जडित हुन्छन् । शिशुको तापक्रम, मुटुको चाल, स्वासप्रस्वासको गति मापन गर्ने यन्त्रहरु समेत रहेकाले एनआइसियूमा प्रत्येक पल शिशुहरुको निगरानी गरी उपचार गरिन्छ ।

नेपाल मेडिकल कलेजले पछिल्लो समय स्वास्थ्य सेवातर्फ नविनतम उपचार विधिहरु भित्र्याउँन लागेको प्रबन्ध निर्देशक प्रा।डा। अन्सारीले जानकारी दिनुभयो । कलेजको स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन नयाँ सेवाहरु थालनी गर्न लागिएको भन्दै उहाँले चाडैं नै कलेजको सिटी स्क्यान, एमआरआईहरु अपग्रेट गरिने, कार्डियोलोजी र अंकोलोजी सेवाहरु थप गर्ने बताउनु भयो ।


विराटनगर | सहारा एनिमल केयरसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको छ ।

विराटनगर–५ स्थित सहारा एनिमल केयरमा शनिबारदेखि पोथी कुकुरको बन्ध्याकरण सुरु गरिएको हो । विभिन्न वडाबाट सामुदायिक कुकुरलाई सो स्थानमा ल्याएर बध्याकरण गरिने महानगरका मेयर नागेश कोइरालाले बताउनुभयो । यसरी बन्ध्याकरण गरिएका कुकुरलाई रेविज खोपसमेत लगाइनेछ । मेयर कोइरालाले सामुदायिक कुुकुरको त्रासबाट महानगरवासीलाई मुक्त गर्ने बताउनुभयो । उहाँले सामुदायिक कुकुरका कारण मोर्डिङ वाक, इभिनिङ वाकमा समस्या भएको गुनासो आउने गरेको सुनाउनुभयो । उहाँले सडक तथा सामुदायिक कुकुरको संख्या वृद्धि नहोस् भनेर यसअघि पनि महानगरको अग्रसरतामा बन्ध्याकरण गरिएको उहाँको भनाइ थियो ।

वडा नम्बर ५ मा डा. रश्मी थापाको नेतृत्वमा १० कठ्ठा जमिन लिजमा लिएर कुकुरका लागि अस्पताल सुरु गरिएको छ । सोही स्थानमा आगामी असार पहिलो हप्तासम्म पोथी कुकुरको बन्ध्याकरण गरिनेछ । असारसम्म करिब २ सय कुकुरको बन्ध्याकरण गरी रेविजको खोप लगाउने लक्ष्य राखिएको महानगरको पशुपंशी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । 

कुकुरको बन्ध्याकरणका लागि महानगरले चालु आर्थिक वर्षका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको थियो । नियन्त्रणमा लिएको कुकुरलाई अस्पतालमा एक दिन राखेर मात्रै बन्ध्याकरण गरिनेछ । बन्ध्याकरणपछि पनि पोषिलो खानेकुरा खुवाएर दुई दिन राखिनेछ । सवारी साधनबाट जोगाउन बन्ध्याकरण गरिएका कुकुरको घाँटीमा टल्किने बेल्टसमेत बाँधिने डा. रश्मी थापाले जानकारी दिनुभयो ।

विराटनगरलाई जनावरमैत्री सहर बनाउन आफूले अभियान सञ्चालन गरेको डा. थापाले बताउनुभयो । उद्घाटन समारोहमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादव, सहारा एनिमल केयरकी प्रमुख डा. रश्मी थापालगायतले मन्तव्य  व्यक्त गर्नुभएको थियो ।

 


काठमाडौं । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा। भोला रिजालले स्नातकोत्तर कार्यक्रममा भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत गरेर अध्ययन गर्न सुझाए ।

डा। रिजालले आफुले मेडिकल शिक्षा अध्ययन गर्दाको समयमा स्नातकोत्तर तह अध्ययन गर्न ४० वर्ष पुरा भएको हुनुपर्ने मान्यता अहिले हटेको बताए । ‘आज २८ वर्ष उमेरका विद्यार्थीहरु पोस्ट ग्राजुएट गर्न आएको देख्दा मलाई गर्व लागेको छ । हाम्रो पालामा ४० नकटी पोस्ट ग्राजुएट गर्न हुँदैन भन्ने मान्यता राखिन्थ्यो भने, अहिले आएर एमविविएस पास गरिसकेपछि जसले इन्र्टनशिप पुरा गर्छ त्यसलाई पोस्ट ग्राजुएट गर्न रोक्नुहुँदैन भन्ने लडाईमा हामी छौं ।’ नेपाल मेडिकल एशोसिएसन मातहतमा लडिरहेको लडाईले विद्यार्थीहरुलाई ठूलै उपलब्धी हुने भन्दै डा। रिजालले भने ।


अरु मुलुकहरुमा एमविविएस पास गरे लगत्तै पोस्ट ग्राजुएट गर्न पाइने प्रावधान अब नेपालमा पनि लागू हुनुपर्ने डा। रिजालको तर्क छ । मेडिकल शिक्षा अध्ययनका लागि नेपाल मेडिकल कलेज उत्कृष्ट गन्तव्य रहेको उल्लेख गर्दै अध्यक्ष डा। रिजालले विद्यार्थीको सिकाई र अध्ययनका लागि कलेज प्रशासन सदैव सहयोगी भूमिकामा रहने बताए । मेडिकल शिक्षा अध्ययन गर्नु भनेको धेरै गाह्रो विषय हो भन्दै त्रासमा रहेर अध्ययन नगर्न सुझाए । ‘तपाईहरु आफ्नो कामदेखि रमाउन सक्नुहोस्, धेरै पढिराख्नु पर्दैन । जब बिरामी तपाईहरुको अगाडी आउँछ उसलाई कसरी खुसी पार्ने, निको पारेर घर पठाउने मात्र सोच्नु होस्, दुखःलाई नै सुख ठान्नुहोस् ।’ उनले भने ।


कलेजका प्रबन्ध निर्देशक प्रा।डा। जैनुद्धिन अन्सारीले आफुले एमविविएस गर्दाको समय र अहिलेको पढाईमा धेरै अन्तर आइसकेको बताउँदै मेहनत र लगनशील भएर अध्ययन गर्ने विद्यार्थीहरुले सधैं सफलता प्राप्त गर्ने बताए । ‘मेडिकल शिक्षा विशिष्टीकृत विषय हो । ४० वर्ष मैले पिजी पाउँदा मलाई सर्जन भइसके लागेको थियो । जब पढ्न गएँ बेकार पढ्न आएँ जस्तो लाग्यो । धेरै मेहनत गर्नुपर्दथ्यो । अल इण्डीया इन्ष्टिच्युटबाट परीक्षा लिन आउँथे । प्रोफेसरहरुले ओटीमा केही गल्ती गरे कुटीपनि हाल्थे । राती राम्ररी सुत्न पाइदैनथ्यो । राम्ररी खान पाइँदैनथ्यो ।’ तर, त्यसबेला गरेको मेहनतले सफलता प्राप्त गरेको भन्दै प्रा।डा। अन्सारीले विद्यार्थीहरुलाई मेहनत गर्न सिक्नुपर्ने बताए ।


प्रा।डा। अन्सारीले नेपाल मेडिकल कलेज गुणस्तरीय मेडिकल शिक्षाका लागि सदैव विद्यार्थीको पक्षमा रहेको बताउँदै विगतको जस्तो मेडिकल शिक्षा अध्ययन गर्न बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको जनाए । विद्यार्थीले हासिल गरेको सफलतामा कलेजले गर्व गर्ने भएकाले मेहनतकासाथ लगनशील भएर अध्ययन गर्न प्रा।डा।अन्सारीले जोड    दिए ।

यस्तै, कलेजका प्रिन्सिपल प्रा।डा। प्रमोदकुमार क्षेत्रीले मेडिकल शिक्षाको क्षेत्रमा कलेजले दक्ष जनशक्ति उत्पादन र स्वास्थ्य सेवामा राम्रो काम गरिरहेको बताउँदै पोस्ट ग्राजुएट गर्न आएका विद्यार्थीको सिकाईमा कलेजले कुनै कम्प्रोमाइज नगर्ने बताउँदै विद्यार्थीले पनि कलेजको अनुशासन र नियममा रहेर अध्ययन गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कलेजका अस्पताल निर्देशक प्रा।डा। मोदनाथ मरहठ्ठाले विद्यार्थी र परिवारले देखेको सपना पुरा गर्न कलेज तत्पर रहेको भन्दै अनुशासनमा रहेर अध्ययन गर्न सुझाए । कलेजमा शैक्षिक सत्र २०२४ का लागि चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर कार्यक्रमका लागि ६० वटा सिट निर्धारण गरेको छ ।

अभिमुखीकरण कार्यक्रममा कलेजका हस्पिटल डाइरेक्टर डा। राजेश किशोर श्रेष्ठ, निर्देशक डा। साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायत विभिन्न विभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।


विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले क्क्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ ।

कलेजले विराटनगरको कञ्चनजंगा होटेलमा एक कार्यक्रमको आयोजना गरि ९ औं ब्याचमा अध्ययनरत कक्षा–१२ का विद्यार्थीलाई विदाई गरेको हो । कलेजले शनिबार विज्ञान, व्यवस्थापन र होटेल मेनेजमेन्टका गरि ८ सय ३७ जना विद्यार्थीलाई अविर लगाएर मायाको चिनो दिएर विदाई गरेको छ ।

कक्षाको अध्ययन पुरा गरि वार्षिक परीक्षाको अन्तिम तयारीमा रहेका विद्यार्थीलाई कलेजका अध्यक्ष खुशीराज श्रेष्ठ, प्रिन्सिपल भुवन नेपाल, कलेजका निर्देशक प्राडा. तेजनारायण मण्डल, डा. जनक अधिकारी, सञ्चालक प्रदिप दास, विष्णु दाहाल, संतोष भगत र शंकर काफ्ले तथा विज्ञान संकायका को–अर्डिनेटर हिमाल बरालले उज्वल भविश्यको शुभकामना दिए । सोही अवसरमा कक्षा–११ का विद्यार्थीहरुले विभिन्न नृत्य गरेका थिए । विदाइ कार्यक्रममा विदाई हसने विद्यार्थी उदित्यनारायण पण्डित, पंकज यादव, निश्चल आचार्य र राम खडकाले कलेजमा वितेका २ वर्षको अनुभव साटेका थिए ।

कार्यक्रममा कलेजले दिएको आन्तरिक तथा हिसानले दिएको परीक्षामा उत्कृष्ट हसने विद्यार्थीलाई नगदसहित सम्मान गरेको थियो ।

विदाइ कार्यक्रमको अवसरमा कक्षा–१२ का विज्ञान संकायका विद्यार्थीविच पोस्टर प्रतियोगिताको आयोजना गरेको थियो । रसायन र भौतिक शास्त्रमा अध्ययनर गरेका विद्यार्थीलाई पोस्टर प्रतियोगितामा सहभागि गराएको थियो । दुवै संकायका प्रथम हुने विद्यार्थीलई नगर ५ हजार नगदसहित पुरस्कार गरेको कलेजले जनाएको थियो ।


विराटनगर | विराटनगरमा मलामीका लागि निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको बसका लागि महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ ।

विराटनगरका युवा करिम अन्सारीले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको मलामी बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको  हो । विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नम्बर १० ले अन्सारी र ज्येष्ठ नागरिकको सम्मानका लागि राखेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले मलामीका लागि निःशुल्क बस सेवा उपलब्ध गराएर उदाहरणीय कार्य गरेको भन्दै महानगरका तर्फबाट मासिक इन्धन उपलब्ध गराउने घोषणा गर्नुभयो । 

उहाँले भन्नुभयो, “यस्तो पवित्र कार्यमा महानगरपालिका पनि सहभागी हुन चाहन्छ । बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रुपमै उपलब्ध गराउनेछ ।” सो अवसरमा अन्सारीलाई वडाका तर्फबाट सम्मान गरिएको थियो । ब्लाङ्केट, छाता, हर्सिस, फलफूल प्रदान गरेर मेयर कोइरालाले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो ।

 वडाभित्र बसोबास गर्ने १ सयजना सम्मान गरिएको वडाध्यक्ष अर्जुन गिरीले जानकारी दिनुभयो । कार्यक्रममा मेयर कोइरालाले ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई समाजले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई अनुशरण नगरेकै कारण समाज पछाडि परेको जिकिर गर्नुभयो । 

अनुभवसँगै ज्ञान, संस्कारसमेत ज्येष्ठ नागरिकबाट सिक्नु जरुरी रहेको उहाँको भनाइ थियो । मेयर कोइरालाले महानगरपालिकाले ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाउनुभयो । महानगरले हेर्नुपर्ने धेरै क्षेत्र भए पनि १९ वटै वडामा घर–घर पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गर्दै आएको जानकारी दिनुभयो ।

सो अवसरमा मेयर कोइरालाले ज्येष्ठ नागरिकहरुलाई ब्लाङ्केट, छाता, लौरो, हर्सिस, फलफूल प्रदान गरेर सम्मान गर्नुभयो । त्यसैगरी सोही अवसरमा मलामीलाई निःशुल्क बस सेवा प्रदान गर्दै आउनुभएका करिम अन्सारीलाई पनि सम्मान गरिएको थियो । मेयर कोइरालाले अन्सारीलाई माला लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष अर्जुन गिरी, विराट सेवा आश्रमका संस्थापक सदस्य गोपाल पाण्डे, कार्यक्रम संयोजक सुनिता देवकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 


विराटनगर | विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले लागूऔषध नियन्त्रणका लागि महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको छ ।

रिकभरिङ नेपाल कोशी प्रदेश पदाधिकारी र महानगरको न्यायिक समितिसितको छलफलमा उपमेयर कार्कीले लागूऔषध प्रयोग गर्न नदिन युवाहरुलाई सचेतनामूलक कार्यक्रमदेखि रोजगारीसँग जोड्न सीपमूलक तालिमसमेत सञ्चालन गरिरहेको जानकारी दिनुभयो । 

लागूऔषध प्रयोग गर्ने व्यक्तिको स्वास्थ्यमा समस्या आउने र समाजले समेत नकारात्मक नजरले हेर्ने गरेको उहाँको भनाइ थियो । लागूऔषधका कारण अपराधसमेत बढ्ने गरेको उहाँले सुनाउनुभयो । महानगरका तर्फबाट विभिन्न सीपमूलक तालिम सञ्चालन, प्रत्येक वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उपमेयर कार्कीले बताउनुभयो ।

उपमेयर कार्की चालु आर्थिक वर्षमा विभिन्न वडाले लागूऔषधसँग सम्बन्धित कार्यक्रममार्फत २५ लाख रुपैयाँ खर्च गरेको समेत जानकारी दिनुभयो । उहाँले युवालाई रोजगारीसित जोड्न सके लागूऔषधको प्रयोग घटाउन सकिने दाबी गर्नुभयो । कार्यक्रममा रिकभरिङ नेपाल कोशी प्रदेश अध्यक्ष चन्द्र बरालले स्थानीय तहले लागूऔषध नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले पछिल्लो समय लागूऔषध प्रयोगकर्ताहरु बढ्दै गएको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, कानुन शाखा प्रमुख शारदा थपलिया, उपमेयरका स्वकीय सचिव निश्चल मायालु, रिकभरिङका प्रदेश उपाध्यक्ष संजीव चापागाईं, केन्द्रीय सदस्य सुशील रिजाल, फोकल प्रर्सन निष्मा नेपाललगायतले लागूऔषध प्रयोगले पारिवारिक र सामाजिक जीवनमा पार्ने प्रभावका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।


काठमाडौं | 
बिगत ६ वर्षदेखि आयोजना हुँदै आएको ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको फाईनलका लागि २१ जना प्रतियोगीहरु चयन भएका छन् । गत साता सम्पन्न पहिलो अडिसनबाट १३ जना चयन भएका थिए भने बुधबारसम्पन्न दोश्रो अडिसनबाट पुन ८ जना चयन भएका छन् । 

रोज ब्युटी एकेडेमी रविभवनमा नेपाल नेशलन हस्पिटलका अध्यक्ष डा. प्रकाश पौडेलका प्रमुख आतिथ्यतामा दोश्रो अडिसन सम्पन्न भएको हो । दोश्रो अडिसनबाट पाल्पाकी लक्ष्मी पौडेल, काठमाडौंका जेस्मी श्रेष्ठ, सविना शाही, अम्बिका खत्री, हिसिला महर्जन, ललितपुरका सविना महर्जन, चिनु कुँवर बस्नेत, सञ्जु तामाङ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ सिजन ६ को लागिथ चयन भएका हुन् ।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.को सँयुक्त रुपमा आयोजना हुँदै आएको यो प्रतियोगितामा यस अघि १३ जना प्रतियोगीहरु चयन भएका छन् । जसमा सृजना श्रेष्ठ, निशा थापा, रितु राना (रिता), रजनी राई, शर्मिला बुढाथोकी, आरती राई, सनम खड्गी, मञ्जु खत्री, अम्बिका तुलाधर, अस्मिता अधिकारी, सम्झना सुवेदी थापा, रिता भट्टराई र मैना श्रेष्ठरहेका थिए । 

रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजितको अध्यक्षतामा सम्पन्न दोश्रो अडिसनमा बोल्दै डा. प्रकाश पौडेलले ब्युटिसियन आफैंमा सौन्दर्यको चिकित्सक हुने भने । नयाँ प्रतियोगीहरुलाई सफलताको शुभकामना दिँदै उनले यो प्रतियोगिताले ब्युटिसियनहरुलाई सेलिब्रेटीको रुपमा स्थापित गर्दै आएको बताए ।
कार्यक्रममा बोल्दै बरिष्ट ब्युटिसिनय सोनी कारँजितले व्युटिसियनहरुको ब्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि यो प्रतियोगिता आयोजना गर्दै आएको बताईन् । 

छैटौं सिजनको यो दोश्रो अडिसनको निर्णायकहरुमा ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन ३ की बिजेता लिना डँगोल, रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर परिषी कारँजित, लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरी सर्कलकी अध्यक्ष सुनकुमारी श्रेष्ठ, ब्युटिसियन सकुन्तला अवाले रहेका थिए । यो प्रतियोगिताको अफिसियल कोरियोग्राफरमा जयन सुब्बा मानन्धर रहेकी छिन् ।

यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २५ बैशाखमा नाचघरको मेघा हलमा आयोजना हुँदैछ । यो प्रतियोगिताले व्युटिसियनहरुलाई आफ्नो पार्लरबाट बाहिर आएर आफ्नो पेशामा नेतृत्व गर्ने क्षमता बढाउनुका साथै सेलिब्रेटी व्युटिसियनको रुपमा उनीहरुलाई स्थापित गर्दै आएको यसका अर्का आयोजक डब्बु क्षत्रीले बताएका छन् । 

यो प्रतियोगितामा सहभागी हुनेहरुले गाउन र टिसर्ट त पाउँछन नै । उनीहरुले ब्युटिसियन सम्बन्धि दुई साताको विशेष प्रशिक्षण पनि पाउने छन् । सो प्रशिक्षणमा प्रतियोगीहरुलाई सेल्फ मेकअप, ल्यासेस एक्स्टेन्सन, ब्राईडल मेकअप, रशियन जुरो, विभिन्न जुरो, हाईडा फेसियल, हेयर केयर, स्किन केयर, कस्मेटिक केमिकल, वाटर मार्वल नेलआर्ट, पर्मानेन्ट ल्यासेस लिफ्टिङ, बि.बि. ग्लो फेसियल जस्ता विषयमा प्रशिक्षण समेत दिईने भएको छ । 

यस्तै दुई साताको पर्सनालिटी डेभलपमेन्ट, बतृत्वकला, क्याटवाट जस्ता ग्रुमिङ प्रशिक्षणसमेत उनीहरुलाई गराईने भएको छ । यस्तै उनीहरुको विशेष फोटो शेसन र भिडियो सेसन पनि हुने छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.