Websoft University

राजनीतिक स्थायित्वबिना वैदेशिक लगानी आउँदैन - कोइराला


झापा | नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपालमा राजनीतिक स्थायित्व बिना अपेक्षाअनुसारको वैदेशिक लगानी नआउने बताएका छन् ।

झापाको गौरादहमा नेपाली कांग्रेस गौरादह नगर कार्यसमितिको  नवनिर्मित ‘वीपी स्मृति भवन’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देश विकासको बाधक राजनीतिक अस्थिरता भएको ठोकुवा गरे । उनले सरकारले गरेको लगानी सम्मेलनबाट अपेक्षा गरिएअनुसारको लगानी नआउने बताए । 

‘यदि देशमा राजनीतिक स्थायित्व थियो भने लगानी भित्र्याउन कुनै सम्मेलन गर्नुपर्दैनथ्यो,’ प्रतिनिधिसभाका सांसदसमेत रहेका कोइरालाले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण छ, सबै ऐन कानुनहरु लगानीमैत्री छन् । सरकारले लगानीको सुरक्षाको ग्यारेन्टी गर्छ भन्ने लगानीकर्तामा विश्वस्त गराउनु जरुरी छ । 

सरकारपिच्छे नीतिहरु परिवर्तन हुन्छन् । त्यही भएर पनि अहिलेको अवस्थामा लगानीकर्ताले ढुक्कले लगानी गर्ने अवस्था देखिँदैन ।’ उनले विगतमा गरिएको लगानी सम्मेलनले के–कति परिणाम निकाल्यो भन्ने समीक्षा हुनुपर्नेमा जोड दिए । ‘सम्मेलनमा गरिएका प्रतिबद्धता र समझदारीअनुसार कतिको लगानी भित्रियो भनेर समीक्षा गर्नुपर्छ,’ उनले भने ।

कोइरालाले सरकार चलाउनभन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनपर्ने बताए । अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए । 

राजनीतिक स्थायित्वबिना आर्थिक विकास नहुने पनि उनले बताए । यतिबेला आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत बताए । उनले संकटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताए । नेता कोइरालाले आन्तरिक मनमुटावलाई बिर्सिएर पार्टीलाई एकढिक्का बनाउनेतर्फ लाग्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.