Websoft University
March 2023


 पोखरा | पोखरा ९ न्युरोडमा बसले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु भएको छ । शुक्रबार दिउसो विपिचोदेखी सभागृहचोक तर्फ आउँदै गर्दा ग १ ज ४५४० नम्बरको सानो माइक्रोले ग ५ प ९४ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक ४५ वर्षिय सुर्य थकालीको उपचारको क्रममा मृत्यु भएको हो ।


बिराटनगर, चैत्र १७ गते । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरुलाई संयुक्तरुपमा भीड नियन्त्रण अभ्यास गराईएको छ । आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको अभ्यास मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा प्रदेश प्रहरी कार्यालय बिराटनगर, प्रदेश प्रहरी तालिम केन्द्र,

प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा सशस्त्र प्रहरी बल नेपाल नं।३ गण हे।क्वा। कंकालिनि मोरङका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई स्थानिय प्रशासन ऐन २०२८ बमोजिम सिलसिलेवार बल प्रयोगको सिद्धान्त अनुसार भीड नियन्त्रण अभ्यास गराईएको हो ।  आन्दोलन तथा बिरोधका क्रममा हुने भीडलाई मानव अधिकारको संरक्षण गर्दै भीड तितर बितर बनाई स्थिति सामान्य बनाउन प्रहरीलाई भीड नियन्त्रण अभ्यास गराईएको हो ।

जिल्लामा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्नको निमित्त दुवै संगठन एकै साथ परिचालन हुने भएको हुँदा भीड नियन्त्रणको लागि संयुक्त अभ्यास गरिएको हो । 


धनगढी । चैत १७ गते । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार प्रि म्याच कार्यक्रममा बोल्दै दुवै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफुले जित्ने दाबी गरे ।


शनिबार धनगढी रंगशालामा उपाधिका लागि उत्रन लागेका थ्री स्टारका कप्तान बिक्रम लामाले सेमिफाईनलमा रातो कार्ड खाएका मिडफिल्डर दिपेश गुरुङकोअनुपस्थितीले क्लबकोप्रर्दशनमा कुनैअसर नपार्ने बताए । उनले आफुहरुसँग सन्तुलित टिम रहेको उल्लेख गर्दै उपाधिमा आफ्नो स्वभाविक दाबी रहने उल्लेख गरे । फाइनल खेलमा आफ्नो भुमिकाबारे बोल्दै उनले भने, ‘भोलि रणनीति अनुसार मेरो भुमिका रहनेछ । प्रशिक्षक मेघराज केसीले जुन भुमिकामा खेलाउँछन् । म तयार रहेको छु ।’

उनले खेलाडीको रिकभरी समय कम भएकाले फिटनेसमा असर पारेको बताए । तर फाइनल खेलका लागि टिम मानसिक रुपमा तयार रहेको उनको भनाई छ । ‘एन्फाले खेल तालिकालाई ब्यवस्थित बनाएको भए मोफसलमा फुटबल कार्यक्रम गरिरहेका आयोजकले गरेको मेहनतले फुटबलमा राम्रो योगदान गर्ने थियो ।’ उनले भने, ‘तेस्रो पटक खप्तड गोल्डकपको फाईनल खेल्दै गर्दा पहिलो पटक उपाधि जित्न चाहन्छौं । मोफसलको गोल्डकपले टिमलाई सेट हुन अवसर दिएको छ ।’

मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपको उपाधि रक्षा गर्न आफुहरु तयार रहेको बताए । टिमको अवस्थाबारे जानकारी दिदै उनले भने, ‘विदेशी फरवार्ड कोफी तिमोती कुवडु भोलि खेल्नेछन् । विदेशी खेलाडीमा डियाग उत्कृष्ट छन् । उनको प्रर्दशनले टिमलाई धेरै सहज भएको छ ।’ गुरुङले थपे, ‘मनाङ जस्तो क्लबलाई नेतृत्व गर्न पाउँदा गर्व महशुश गरेको छु । तेस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्ने पक्का हो ।’

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा चैत ९ गते सुरु भएको प्रतियोगिताको विजेताले उपाधि सहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा ‘ए’ डिभिजन ६ टीम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लव गरी १० टोलीको सहभागि थिए । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको यस प्रतियोगिताको समापन प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले गर्ने कार्यक्रम रहेको आयोजक टिमका अध्यक्ष सुरेश हमालले बताएका छन् ।

 


विराटनगर चैत  १७ गते | रातो तारा डट कम,विराटनगर महानगरपालिकाले दुईजना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।  

शहीद रंगशालामा आयोजित विशेष समारोहमा महानगरले विराटनगर–१४ निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई सम्मान गरेको हो । हालै सम्पन्न डिभिजन–२ क्रिकेटमा राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप क्रिकेटको छनौट (क्वालिफायर)मा पु¥याउन महत्वपूर्ण योगदान गरेर विराटनगरको प्रतिष्ठालाई उच्च बनाएकाले नगद १ लाख १ हजार रुपैयाँ राशिसहित सम्मानपत्र गरेको हो । 

त्यस्तै कँडेलले पनि हालै युएईमा सम्पन्न युथ–१९ विश्वकप क्रिकेट प्रतियोगिताको छनौट खेलमा युएईविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाललाई ८ वर्षपछि यू–१९ विश्वकपमा पु¥याउन सफल भएका थिए । कँडेलकै कारण नेपाल युथ–१९ विश्वकपमा पुग्न सफल भएको छ । कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राजवंशी र कँडेललाई दोसल्ला ओढाएर जनही १ लाख १ हजार राशिसहित सम्मानपत्र प्रदान गरेका थिए ।

सो अवसरमा मन्त्री राजभण्डारीले खेलकुदले देशको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बताए । त्यस्तै मेयर कोइरालाले खेलकुदमार्फत विराटनगरको प्रतिष्ठालाई माथि उकास्न योगदान गरेका कारण महानगरले नगदसहित राजवंशी र कँडेललाई सम्मान गरेको जानकारी गराए । उनले विश्वका जस्तोसुकै शक्तिशाली मुलुकलाई पनि खेलकुदका माध्यमबाट परास्त गर्न सकिने धारणा राखे । “नेपालभन्दा युएई निकै धनी र शक्तिशाली छ तर नेपालले उसलाई जित्न सफल भएको छ,” मेयर कोइरालाले भने, “उहाँहरुलाई हौसला होस भनेर महानगरले सम्मान गरेको हो ।”

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायतले खेलाडीहरुको उज्वल भविष्यको शुभकामना दिएका थिए । सो अवसरमा विश्वका महान् फुटबल खेलाडी पेलेको अर्धकदको मूर्ति निर्माण गरी विराट गोल्डकप स्थल शहीद रंगशालामा निःशुल्क रुपमा स्थापना गरिदिने अभिशेक तिम्सिनालाई समेत सम्मान गरिएको थियो ।

 


विराटनगर चैत १६ गते। रातो तारा डट कम,  ६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । 

सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो ।

२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो । 

६१ वर्षपछि घरेलु भूमिमा विराटनगरले पाहुना टोलीलाई निराश बनाउँदै सातौं संस्करणको विराट गोल्डकप उपाधि जित्न ६ दशक कुनुप¥यो ।

विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता केरलाले १० लाख  १५ हजारमा चित्त बुझायो ।

जितको लागि विराटनगर सिटीका अफिज ओरवा, बिमल घर्तीमगर,  मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए । 

खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओरवाले गोल गरी टिमको सुरुवती अग्रता दिलाए । बिलम घर्ती मगरले निकालेको लामो पासलाई  अफिज ओलवाले गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए । ७८ औं मिनेटमा बिमल घर्तिमगरले पेनाल्टी एरियाबाट गोल गरी दोब्बर बनाए । सुजिकीले निकालेको क्रस पासलाई बिमलले गोलमा परिणत गरेका थिए । खेलको ८९ औं मिनेटमा  मेसुकेले गोल गरी तेब्बरको अग्रता बनाए । बिमलले निकालेको पासलाई मेसुकेले गोल गरे । इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । 

फाइनलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज बिके घोषित भए । उनले नगद ११ हजार पाए । फाइनलमा विधागत रुपको पुरस्कार पनि  विराटनगर सिटीको बर्चस्व कायम रह्यो । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ । हाइस्कोर विराटनगर सिटीका अभिषेक गुरूङ भए । उनले खेल अवधरी भर दुई गोल गरेका थिए । बेस्ट फरवर्ड भारतको चालीज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, बेस्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । बेस्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ्ग घोषित भए ।  बेस्ट कोचमा विराटनगर सिटीका सन्तोष न्यौपाने भए । विधागत रुपमा एवार्ड पाउनेहरूले जनही २५÷२५ हजार रुपैयाँ पाए । 

फाइनल खेलको २१ औं मिनेटमा विराटनगरका मेसुकेले पेनाल्टी एरियाबाट गरेको प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर फाले । पहिलो हापमा केरला एक गोलले पछि परेपछि दबावमा परेको थियो । पहिलो हाफमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाल्दा केरलाले बराबरीमा ल्याउने अवसर खेर गयो । 

४२ औं मिनेटमा मेसुकेले वान भर्सेस वानको प्रहार गोलन गर्नबाट चुके । उनले गरेको प्रहार पोस्र्टमाथिबाट बल बारियो । 
४३ औ मिनेटमा केरलाका पलकोले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्नबोट चुक्यो । उनले गरेको कडा प्रहार बाहिरिदा गोल गर्ने अवसर खेर गयो । खेलको ७४ औं मिनेटमा विराटनगरले पनाल्टी पाएको थियो । केरलाको टिमको डिबक्स भित्र हेन्ड भएपछि विराटनगरले पेनाल्टी पाएको थियो । 

पेनाल्टी सुटआउटमा स्टेफेनल गरेको प्रहार केरेलाको गोलकिपर सनफिरले उत्कृष्ट बचाए । त्यसलगतै स्टेफेनले डिबक्स भित्रबाट गरेको प्रहार पोस्ट बाहिर गएको थियो । भारतका ७७ औं मिनेटमा पलको वान भर्सेस वानको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । त्यसलगतै पलको डिबक्सभिबाट गरेको प्रहार विराटनगरका  गोलकिपर प्रदिप भण्डारीले  बिफल पारिदिए ।

प्रतियोगितामा बिजेता हुने टिमलाई पुरस्कार कार्यक्रमका प्रमुख अतिथि एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग, विराट गोल्डकपको आयोजक समितिको संयोजक तथा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरला, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाललगायतले पुरस्कार बितरण गरेका थिए । 

 


दमक, चैत १६ गते | काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइराला सहितको चिकित्सकको टोलीले झापाको दमकमा बृहत निशुल्क बाल स्वास्थ्य शिविर गर्ने भएको छ ।

काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले आज दमकमा पत्रकार सम्मेलन गरेर चैत १९,२०र २१ गते दमक ७ स्थित नेपाल रेडक्रस सोसाइटी दमक परिसरमा रहेको किओच दमक बाल अस्पतालमा निशुल्क बाल स्वास्थ्य शिविर गर्ने भएको हो । सो स्वास्थ्य शिविरमा डाक्टर भगवान सहितको वरिष्ठ बाल रोग तथा मुटुरोग विशेषज्ञले विरामीको स्वास्थ्य परिक्षण गर्ने दमक वाल अस्पतालको परियोजना संयोजक डाक्टर नविन ढकालले जानकारी दिनु भयो । स्वास्थ्य शिविरको प्राविधिक सहयोग मनमोहन कार्डियोभास्कुलर,थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरको रहेको छ ।

वाल स्वास्थ्य शिविरमा डाक्टर कोइराला, डा.सुधा बस्नेत,डा.रत्नमणी गजुरेल ,र डा संगिता बस्नेत लगायतले स्वास्थ्य परिक्षण गर्ने दमक बाल अस्पतालले जनाएको छ ।

वाल स्वास्थ्य शिविर सम्पन्न गरे पछिका दिनमा दमक वाल अस्पतालको ओपीडी सेवा शुभारम्भ गर्ने पत्रकारको जिज्ञासाको जवाफ दिदै बताउनु भयो । वाल अस्पताल गैर नाफामुलक स्वास्थ्य संस्था भएकोले सर्वभ सुलभ र गुणस्तर सेवा दिने,अस्पतालमा आएको विरामी पैसाको अभावमा त्यसै घर फर्किन नपरोस भनेर प्रणाली गत उपचार गर्ने डाक्टर ढकालले बताउनु भयो । यो अस्पताल निजी नभएर गैर नाफा मुलक ५० शैथ्याको रहेको भविष्यमा स्वास्थ्य विमा चलाउन पहल गर्ने पनि दमक वाल अस्पतालको मेडिकल सुपरिटेण्डेट डाक्टर जयमणी श्रेष्ठले पत्रकारको प्रश्नमा उत्तर दिदै बताउनु भयो ।

पत्रकार सम्मेलनमा सहभागी नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीले पत्रकारहरुलाई निशुल्क वाल स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न गर्न आफनो ठाउँवाट सहयोग गर्न आग्रह गर्दै केही समयपछि दमक वाल अस्पतालले गुणस्तरीय सेवा दिने संकेत देखा परेको बताउनु भयो । दमकवासीका लागि डाक्टर भगवान कोइराला,वाल अस्पतालले धेरै अवसर प्रदान गर्ने रेडक्रसका सभापति बुढाथोकीको भनाइ छ ।


विराटनगर÷ सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब  र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।

विराट गोल्डकप फुटबलको फाइनलअघि प्रि–म्याच कन्फ्रेन्समा बायाबाट क्रमश ः भारत केरलाको लुका सकर क्लबका प्रशिक्षक नभास नोका, कप्तान अर्साद, विराटनगर सिटीका कप्तान बिसाल श्रेष्ठ र  प्रशिक्षक सन्तोष न्यौपने विराट गोल्डकपको ट्रफी उचाल्दै ।

 सहिद रंगशालामा बिहीबार ६ ः ४५ बजे हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रोे पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा  छ ।

 विराटनगरले पुर्व बिजेता टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले र सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

 यस्तै विराट गोल्डकपको पहिलो पटक भाग लिएको केरलाले क्वाटरफाइनलमा संकटा क्लबलाई सडनडेथमा ८–७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा केरालाले साविक विजेता विभागीय टिम एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

 केरलाको लुका सकर र घरेलु टिम विराटनगरबीच फुटबल मैदानमा पहिलोपल्ट भेट हुँदैछ । साविक बिजेता एपीएफ र लिग खेल्दै आएको ‘ए’ डिभिजन टिम संकटाजस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले लुका सकरका खेलाडीमा मनोबल उच्च देखिन्छ ।

 घरेलु टोलीले तेस्रोपटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्याएको हो ।  विराटनगर ६१ औं वर्षपछि गोल्डकपको फाइनलमा पुगेको छ । यसअघि २०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपबिजेता भएको थियो । त्यसबेलाको पहिलो उपाधि भारतको कलकत्तोले गोल्डकपको उपाधि जितेको थियो । २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । त्यसपछि सातौ संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको हो । गत वर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइलन खेलबाट बिमल घर्तीमगरलाई पनि मैदानमा ओरालेको छ । घरेली टिमलाई फाइनलमा पु¥याउन विमलले महत्वपूर्ण भूमिका खेलका थिए । उनले निकालेको दुवै क्रस पासमा विराटनगरले संकटलाई २–१ गोेलले पराजित गरेको थियो ।

 विराटनगरमा बधुबार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

 विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले घरेलु मैदानमा विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,’ उनले भने,’ दुई लक्ष्य लिएका आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोलि हुन्छ ।’ विराटनगर सिटीका  कप्तान बिसाल श्रेष्ठले  घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘लुका सकर राम्रो टिम हो । अग्दा कद भएका खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौ,’ उनले भने, ‘केरलाका अग्गा कदभएका खेलाडी भएकोले हामी ग्राउण्डलेभलबाटखेलखेल्नेछौं ।’

 नेपालमा पहिलो गोल्डकप खेल्न आएको केरलाको लुका सकर क्लब  विराट गोल्डकपको फाइनलमा पुगेको हो । केरलाको प्रिमियर लिगको पाँचौ स्थानमा  लुका सकर रहेको छ ।

 केरलाको लुका सकर क्लबका प्रशिक्षक नभास नोकाले फाइनल भन्दा अगाडी जसरी हाम्रो खेलाडी खेल खेलेका थिए, त्यही अनुरुप फाइनल खेल्ने बताए ।  नेपालकै प्रतिष्ठित उपाधि उचाल्न दुबै टोलिले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने । साविक विजेता एपीएफ र लिग खेल्दै आएको ए डिभिजनको टिम संकटालाई  जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क रहेको उनको भनाई छ ।

 केरलाका कप्तान अर्सादले हामीले उत्कृष्ट खेल प्रर्दशन  गरेकोले नेपालको दर्शकको साथ र समर्थनले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे ।  ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशाबादी छौं,’ उनले भने ।

 चैत ९ देखि सुरु भएको रात्रीकालिन गोल्डकपको बिजेताले २० लाख १५ हजार र उपबिजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार रहेको छ । २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूप परिवर्तन भएको थियो ।

 



बिराटनगर चैत १६ गते | रातो तारा डट कम, मोरङ रंगेली नगरपालिका वडा नं - २ चेका खोला स्थित गहुँबारीमा पैदल यात्री देश भारत, अररिया जिल्ला, ठिङ्गापुर पञ्चायत ६ कुवाडी बस्ने वर्ष २९ को दिपक झा र देश भारत, अररिया जिल्ला, हाँसा पञ्चायत बस्ने वर्ष ३० को  सिन्टुक कुमार सिँहले ल्याउदै गरेको अन्दाजी १५० के।जी। अवैध  लागु औषध गाँजा ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिवरियाती मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं-३ रन्जनी बस्ने बिर बहादुर कार्कीको घरमा गाँजा लुकाई छिपाई राखेको खुल्न आएपछि निजको घर खानतलासी गर्ने क्रममा थप ८४ केजी गाँजा फेला परेको । गाँजा ओसरपसारमा संलग्न अन्दाजी बर्ष ४६ को बिर बहादुर कार्की, देश भारत, कुटहरा बस्ने अन्दाजी बर्ष २४ को प्रबिण पासवान र देश भारत, कटापुर बस्ने अन्दाजी बर्ष २४ को बिष्णु कान्त मिश्रलाई समेत पक्राउ गरी कुल २३४ केजी अवैधगाँजा बरामदगरिएको । प्रतिवादीहरूलाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ।


विराटनगर चैत १४ गते | रातो तारा डट कम, बिदेशी टोली लुका सकर क्लब साविक विजेता सशस्त्र प्रहरीलाई हराउँदै विराटनगरमा जारी सातौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार शहिद रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले हराउँदै भारतको लुका सकर क्लब फाइनल प्रवेश गरेको हो ।

उपाधिका लागि अब लुका सकरले घरेलु टिम विराटनगर सिटी एफसीसँग खेल्नुपर्नेछ ।

निर्धारित ९० र अतिरिक्त थप गरिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा सशस्त्रका दिपेश धिमाल, सविन गुरुङले गोल गर्दा विशाल सत्याङ र गोलकिपर राजु नगरकोटी गोल गर्नबाट चुके । विशालले प्रहार गरेको बल लुका सकरका गोलकिपर सानफिरले उत्कृष्ट बचाउ गरेका थिए भने नगरकोटीको प्रहार पोलमा लागेका बाहिरिएको थियो ।

लुका सकरका लागि चाक्लेस, मोहोमद रफी, मो। आरसानो र पउल ओपारेले गोल गरे । एपीएफका किपर राजु नगरकोटीले लुका सकरका क्याम्भो हिनले प्रहार गरेको बल बचाए पनि हारबाट जोगाउन सकेनन् ।


विराटनगर, १४ चैत  । रातो तारा डट कम,कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगमी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यकरण हुने योजना तर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन गर्नु भएको छ । मङ्गलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घााटन गर्दै सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावीरुपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्न नहुने बताउनुभयो । अहिलेकै गतिमा सडक, पुल र भवन निर्माणमा बजेट खर्च गर्दै जाने हो भने आगमी तीन वर्षमा तिनको मर्मत सम्भारका लागि बजेटको आकारलाई दोब्बर बनाउनुपर्ने अवस्था रहेको प्रस्ट पार्नुभयो ।

पुँजीगत खर्च गर्दा सङ्घीय र प्रदेश सरकार भन्दा पनि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने तर्फ सचेत गराउँदै जनतामा वितृष्ण बढाउने किसिमका किसिमका योजनामा लगानी नगर्न आग्रह गर्नुभयो । उहाँले गोरुगाडा देखि गुन्द्रुक बिक्री गर्ने सम्मलाई करको दायरामा ल्याएको विगतको अभ्यास रहेको स्मरण गराउँदै लोकप्रियताका नाममा कर छुट दिने र वृद्धि गर्ने भन्दा पनि दायरा बढाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

अहिलेको बजेटबाट धेरै काम गर्न नसकेपनि स्थानीय तहलाई बलियो बनाउने र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने कुरामा प्रदेश सरकार तयार रहेको उहाँको भनाइ छ  । मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘गाउँपालिकाहरुलाई एक भन्दा पनि दुई वा सो भन्दा बढी पालिका सहभागि हुने सामुहिक योजना निर्माणमा ध्यान दिनुहोस, त्यस्ता सामुहिक योजनामा प्रदेश सरकारको प्रथामिकता रहने छ ।’

उहाँले मुलुक सङेघीयतामा गएसँग विकास निर्माणका कामले गति लिएको स्मरण गराउँदै सङ्घीय सरकारले २० वर्षमा गर्न नसकेको विकासको काम प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।


बिराटनगर, २०७९ चैत्र १४ गते । रातो तारा डट कम,निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको छ । आजै वहाले कार्यभार सम्हाले पश्चात कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको हो । निर्देशनको क्रममा वहाले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा चुस्त दुरुस्तरुपमा खटिई बर्तमान चुनौती र समस्याहरुको समाधान गरी समाजमा शान्ति सुरक्षा कायम राख्न निर्देशन दिनु भएको छ । 


बिराटनगर, २०७९ चैत्र १४ गते । 
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बस्तोला कार्यालयमा हाजिर हुनु भई निमित्त कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०७९ चैत्र १३ गतेको पत्रादेश अनुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरबाट यस कार्यालयमा काज खटिनु भएका  प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले आजै कार्यभार सम्हाल्नु  भएको हो । 


विराटनगर ÷ विराटनगर रोडशेषस्थित श्रीकृष्ण गौ सदनले शौचालयको मलमूत्र सिधै नालीमा मिसाएको पाइएको छ ।

महानगरको सरसफाई टोलीले नाला सफा गर्ने क्रममा शौचालयको मलमूत्र नालीमा मिसाइएको भेटिएको हो । सरसफाई शाखा प्रमुख पुनम दाहालले महानगरले ५ सयदेखि ५० हजार रुपैयाँसम्मको कारबाहीको अधिकार आफूलाई दिएको बताए । उनले शौचालयको मलमूत्र नालामा मिसाउने गौ सदनका घरधनीलाई कानुनअनुसार कारबाही गरिने जानकारी दिए ।

गौ सदनका घरधनी प्रेमप्रकाश उप्रेतीले आफूबाट गल्ती भएको स्वीकारे । उनले मलमूत्र भएको नाला सरसफाईकर्मीलाई लगाएर सफा गर्ने बताए । उनले अबदेखि यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धतासमेत व्यक्त गरे । “म आज नै मान्छे बोलाएरलाई नाला सफा गर्न लगाउँछु,” उप्रेतीले भने, “गल्ती भयो अबदेखि यस्तो गल्ती हुँदैन ।” शौचालयको मलमूत्र नालामा मिसाउने व्यक्तिलाई ५ सयदेखि १ लाख रुपैयाँसम्म कारबाही हुने कानुनी व्यवस्था छ ।

महानगरपालिकाले वर्षाको समयमा हुने डुबान समस्या समाधानका लागि नाला सफाईलाई तीव्रता दिएको छ । वर्षायाम सुरु भएपछि नाला सफा गर्दा प्रभावकारी नहुने भएकाले हिउँदमै सफा गरिएको दाहालले बताए । उनले वर्षा सुरु हुनु अगाडि नै महानगर क्षेत्रभित्रका सबैजसो नाला सफा गरिसक्ने जानकारी दिए ।


विराटनगर ÷ नेपाली कांग्रेस मोरङको खेलकुद तथा युवा विभागले विभिन्न व्यक्तिलाई सदस्यमा मनोनित गरेको छ ।

विभागका प्रमुख तथा मोरङ कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहालले ५ जनालाई मनोनित गरेका हुन् । दाहालका अनुसार नेपाल टेबुल टेनिस संघका केन्द्रीय सदस्यसमेत रहेका अनुज बानियाँ, इन्द्रराज थापा, राजन न्यौपाने, अनुराग पाठक र बद्री मिश्रलाई सदस्यमा मनोनित गरिएको छ । मनोनित हुनेहरुलाई विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका मोरङ कांग्रेसका उपसभापति नागेश कोइरालाले मनोनितको पत्र हस्तान्तरण गरेका थिए ।

पार्टीको संगठनलाई बलियो बनाउने गरी काम गर्न मनोनित हुने सदस्यहरुलाई कोइरालाले आग्रह गरे । दाहालले मनोनित हुनेहरुको साथ र सहयोग लिएर खेलकुद तथा युवा विभागलाई चुस्तदुरुस्त बनाउने प्रतिबद्धता जनाए ।


काठमाडौं ।  हेल्पिङ्ग हेन्डस युएसए र "सह-सेनानि स्व. डा. रेविता पाठक ओझा ट्रष्टले संयुक्त रुपमा आयोजना गरेको फ्री भिलेज मेडिकल क्याप सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविरमा करिब ११ सय स्थानिय सर्बसाधारणले निशुल्क सेवा लिएका थिए भने स्वास्थ्य जांच गराउन आएका बिरामीहरुलाई निशुल्क औषधि र करिब ४ सय जना आँखा कम देख्ने स्थानियलाई चस्मा समेत निशुल्क प्रदान गरिएको थियो। जस्मा १२ वर्षका केटा केटी देखि ८५ बर्षका वुबा आमाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए।
 

फ्री भिलेज मेडिकल क्याप आयोजना गर्न हेल्पिङ्ग हेन्ड्सका अन्तर्राष्ट्रिय अध्यक्ष बरिष्ठ समाजसेवी खांदबारी निवासी नारायण श्रेष्ठ, नेपाल फिल्म  सोसाइटी युएसए/ग्लोवल नेपाली फिल्म अवार्डका अध्यक्ष कलाकार नवराज श्रेष्ठ तथा स्व.डा. रेविता पाठक ट्रष्टको तर्फबाट समाजसेबी हेडम पाठक, सुनिल पाठक एजेन्सी अल स्टेटका सिईओ सुनिल पाठकको उपस्थिति रहेको थियो ।


स्वास्थ्य शिविरमा न्युजिल्यान्डका स्त्रीरोग विशेषज्ञ डा. जेमि, फिजिसियन डा. टेरि लगायत आँखा तथा दन्त रोगमा नेपाली चिकित्सकहरुले सेवा प्रदान गरेका थिए। 

हेल्पिङ हेण्डसले बिगत लामो समयदेखि ग्रामीण क्षेत्रका स्वास्थ्यसेवा बाट बञ्चित सर्बसाधारण नागरिकको लागि निःशुल्क स्वास्थ्य शिविर सेवा आयोजना र बिभिन्न सामाजिक काम गर्दे आएको छ ।


विराटनगर ।  घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो  सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो ।

 जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चत गरेका छन् । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए ।


 विराटनगरले संघर्षपूर्ण जीत हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए । दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दवाव परेको थियो ।

 ५९ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङगनलले गोल गरी टिमलाई अग्रता दिए । बिमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले मैदानतिर बल पालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो । ८७ औं मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले निकालेको क्रस पासलाई बैकल्पिक खेलाडी अभिषेक गुरूङले गोल गरी टिमको लागि विजय गोल गरे । ६१ औं मिनेटमा आफाजको ठाउँमा अभिषेक मैदान प्रवेश गरेका थिए ।

 लगातार पाएको सुन्दर अवसर जावलाखेलका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिदा सेमिफाइनलबाट घर फर्किन बाध्य भयो ।  

 ९ औं मिनेटमा विराटनगर सिटीका बिमल घर्तीमगरले डिबक्स भित्रबाट गरेको प्रहार जावलाखेलका गोलकिपर अनिस देउलाले उत्कृष्ट बचाए । १७ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी  एनकोटोले वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके । उनले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगर सिटीका गोलकिपर बिशाल श्रेष्ठले बिफल पारिदिए । त्यसलगैत एनकोटोले निकालको क्रस पासलाई हिसुबले पेनाल्टी एरियााबाट गरेको प्रहार गोलकिपरले पन्च गरेर मैदानतिर पठाइदिए ।

२७ औ मिनेटमा बिमलले निकालको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी मोसकले गोल गर्नबाट चुके ।

५३ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी फोडीले करिब ३० यार्डदेखि गरेको प्रहार विराटनगरका किपर विष्णुले बिफल पारिदिए । ७० औं मिनेटमा विराटनगरका अभिषेक गुरूङले गरेको कडा प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर गयो ।

 खेलको अत्यतिर ८९ औं मिनेटमा जावलाखेलका कप्तान सिमन्त थापाको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर फाले । त्यसलगैत सुनिल खड्काले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगरका गोलरक्षक विशाल श्रेष्ठले बिफल पारिदिए । खेलको अत्यतिर जावलाखेल समाल्नि नसक्दा थप गोल खाएको थियो । दोस्रो हाफको इन्जुरी समयमा जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए ।

म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

जितपछि विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीहरुको मेहनतको कारणले जित हासिल गरेको बताए । पहिलो हाफसम्म खेलाडीहरुले पाएको सुन्दर अवसर खेर फाल्दा जित निकाल्न दोस्रो हाफ कुर्नुपरेको बताए । उता जावलाखेलको प्रशिक्षक सुनिल कुमार श्रेष्ठले पाएको अवसर खेर फाल्दा हार भएको बताए ।

मंगलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच हुनेछ ।

 

 


धनगढी, चैत १३ गते | मनाङ मस्र्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा सोमबार भएको खेलमा बागमती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।

मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले एक–एक गोल  गरे । यता बागमतीका लागि सृजन गौतमले एक गोल फर्काए ।

खेलको ३७ औं मिनेटमा तिमाथेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । बागमतीले खेलको ४१ औं मिनेटमा बराबरी गोल फर्कायो ।

बागमतीका लागि सृजन गौतमले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल गर्यो ।  

मनाङका लागि खेलको ६६ औं मिनेटमा साइजमोलले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।

जितसँगै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ । अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १५ गते हुनेछ ।

प्रतियोगिता अन्तरगत मंगलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउसो ३ः३० बजे सुरु हुनेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।

 


झापा |  नेकपा एमाले बुद्धशान्ति गाउँकमिटिले केन्द्रीय कमिटीले सुरु गरेको मिसन ग्रासरुट अभियान बुधवारे को शितला मन्दिरको सभाहल मा चैत १३ गते सञ्चालन गरेको छ। जसको अध्यक्षता गाउँकमिटि अध्यक्ष  नेत्र रिजालको प्रमुख सहजकर्तामा केन्द्रीय सदस्य देबेन्द्र दाहाल , अर्का सहजकर्तामा मन्जु भण्डारी र नेकपा एमाले जिल्ला उपाध्यक्ष प्रमे गिरीको पनि उपस्थिति रहेको थियो ।

भबिष्यमा नेकपा एमालेलाई कसरी अगाडि बढाउने र आन्तरिक पारस्परिक सम्बन्ध कसरी कायम गर्न सकिन्छ । प्रशिक्षणमा देबेन्द्र दाहालले कम्युनिस्ट निति र व्यवहार राम्रो  हुनु पर्छ र बिचार निमार्ण महाधिवेशनले गर्ने र तलै देखि नै माथि सम्म निति र व्यवहार बराबर हुनु पर्ने कुरा बताए । उनले जनताको बहुदलिय जनबादमा लाग्नु पर्ने र नेपाली जनतालाई विकासको अनुभूति यो देशमा नेकपा एमाले मात्र गराउँछ भन्ने कुरा बताए।


त्यस्तै कार्यलय सचिव नवीन घिमिरेले एमालेको एप्स कसरी चलाउने कसरी प्रयोग गर्ने बारे जानकारी गराए भने प्रेम गिरीले गृहकार्य भन्ने प्रश्न गरेर १५ देखि१६ गते सम्म टोल कमिटी मा कार्यक्रम गर्ने  २३ र २४ जनता समक्ष जाने  २७ र २८ रचनात्मक कार्यक्रम गर्ने समय तालिका तोकिएको थियो भने कार्यक्रमको सञ्चालन नेकपा एमाले बुद्धशान्ति सचिव धरणीधर पोख्रेल चलाएका थिए । त्यस्तै आजै साबिक शान्तिनगरमा पनि मिसन ग्रासरुट कार्यक्रम भएको थियो।

नेकपा एमाले मिसन ग्रास रुट अभियान अन्तर्गत आज साबिक शान्तिनगरका ४ वटा वाडहरुको कार्यकर्ता प्रशिक्षणको अध्यक्षता बुद्धशान्ति गाउँ कमिटी उपाध्यक्ष शम्भु पौडेल गरेका थिएभने प्रमुख अतिथी  झापा जिल्ला इन्र्चार्ज क.अग्नि खरेल ,बिशिस्ट अतिथी संविधान सभासदस्य क.रबिन कोइराला र नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य तथा बुद्धशान्ति ईन्चार्ज टीका पाठकको उपस्थितिमा मिसन ग्रासरुट सञ्चालन भएको थियो ।

त्यस्तै प्रमुख अतिथि  अग्नि खरेलले कम्युनिस्ट पाटीमा सदस्यको भूमिका महत्त्व साथै बिकास क्रमबारे  साथै अनुशासनको बारे प्रशिक्षण दिए भने बिशिस्ट अतिथि रबिन कोइरालाले नेपालमा कसरी कम्युनिस्ट क्रान्ति को सुरुवात र उपलब्धि कसरी प्राप्ति भयो भन्ने बारे प्रशिक्षण गराए काथिए । साबिक शान्तिनगरको कार्यक्रम सहसचिव गुणराज अर्यालले सञ्चालन गरेका थिए। दुबै कार्यक्रममा १ हजार बढी उपस्थित भएका थिए ।

 


बिराटनगर २०७९ चैत्र १३ गते | आज बसेको कोशी प्रदेश सरकारको २५ औं मन्त्रिपरीषद बैठकका निर्णयहरु यस प्रकार छन |

(१) प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापा को निर्देशक पद रिक्त भएको हुँदा अर्को ब्यवस्था नहुन्जेल सम्मका लागि निर्देशकका रुपमा प्रदेश सचिव कृष्ण सापकोटा लाई तोक्ने  

(२)पर्यटन, वन वातावरण मन्त्रालय द्वारा पेश गरिएको देहाय बमोजिमका दुईवटा संसोधन विधेयक लाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने

(क) प्रदेश वातावरण संरक्षण ऐन २०७६

(ख) प्रदेश वन ऐन २०७७

(३) आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदान कार्यविधि संसोधन प्रस्ताव पारित गर्ने,

(४) प्रदेश नामाकरणमा भुमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय, प्रदेश सभामा उपस्थित सम्पुर्ण राजनीतिक दलहरु लाई धन्यवाद ज्ञापन गर्दै कोशी प्रदेशवासी लाई हार्दिक बधाई ज्ञापन गर्ने  

 (५) कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत्र ५, २०७९ मा विराटनगरमा भएको  विरोध कार्यक्रममा सहभाागि भई चैत १० गते श्री पदम लिम्बु ( लाजेहाङ) को दुःखद निधन प्रति गहिरो दुःख व्यक्त गर्दै मृतक पदम लिम्बू प्रति हार्दिक श्रदाञ्जली एवं  परिवार जनमा  गहिरो दुःख एवम हार्दिक समवेदना प्रकट  गर्दछ । तत्काल राहत स्वरुप मृतकका परिवारलाई रु तीन लाख उपलब्ध गराउने र यस सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानवीन समितिलाई सहजीकरण  गर्ने ।

 


गणेश लम्साल-राटनगर चैत १३ गते । रातो तारा डट कम, रोग लागेर जिवभरि कमाएको धनरासी खर्र्चेर उपचार गराउनु भन्दा रोग नै लाग्न नदिनका लागि मनमोहन प्राविधिक विश्वविद्यालयले प्राकृतिक योग तथा चिकित्सा शिक्षाको पढाई सुरु गराउने तयारी थालेको छ ।

कोसी प्रदेश सरकारले स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाकोपढाई सुरु गराउने तयारीथालेको हो ।


विश्वभरि प्राकृतिक स्वास्थ्यको बढदो मागलाई ख्याल गर्दै दक्ष जनशक्त्ति उत्पादन गरेर रोजगारमा आत्मनिर्भर बनाउन  देशमै पहिलो पल्ट पहिले स्नातक र त्यसपछि मास्टर्स तहमा  योग तथा प्राकृतिक चिकित्साको पढाई सुरु गराउन लागेको मनमोहनका उपकुलपति डा सुभाषश्री पोखरेलले बताए ।

नेपालमै प्राकृतिक स्वास्थ्य शिक्षाको पढाई सुरु गराउन  लागि नेपाल र भारतका विज्ञहरुबाट  धमाधम  पाठयक्रम निर्माण भैरहेकोउपकुलपति डा सुभाषश्रीले जानकारी दिए । उनका अनुसार पाठयक्रम निर्माणपछि तुरुन्तै अनुमति प्राप्त गरेर प्राकृतिक स्वास्थ्यबारे पहिले स्नातक र त्यसपछि क्रमश मास्टर्स तहको कक्षा सञ्चालन गर्ने तयारी भैसेकेको छ । ‘प्राकृतिक चिकित्सामा विश्वभर विश्वास बढदो रहेको तर सोही अनुसार दक्ष जनशक्त्तिको चरम अभाव भएकोले देशमै पहिलोपल्ट उच्च शिक्षाको पढाई मनमोहनले सुरु गर्न लागेको हा’ै, उपकुलपति पोखरेलले भने ।

मनमोहन विश्विद्यालयका कुलपति तथा कोसी प्रदेसका मुख्यमन्त्री हिक्मत कार्कीले  मनमोहनले निर्माण गर्न लागेको प्राकृतिक स्वास्थ्य शिक्षा नीति  अत्यन्तै समयसापेक्ष रहेकोले आफुले पनि चाँडो पाठयक्रम निर्माण गरेर कक्षा सञ्चालन गराउन निर्देशन दिइसकेको बताउँछन । 

उनले रोग लागेर उपचारका लागि अस्पताल गएर जिवनभरि कष्टले कमाएको धन खर्च गर्नुभन्दा रोग लाग्ने अवस्था नै आउन नदिनु उत्तम उपाय भएकोले प्राकृतिक स्वास्थयबारे विश्विद्यालय तहमा पठनपाठन ह्नु अति नै आवश्यक भएको बताए । कुलपति तथा  मुख्यमन्त्री कार्कीले भने , ‘शौचालय , खानेपानी र वतावरण अनि अहारविहार स्वास्थ्य बनाउने उपाय मात्र हामीले अवलम्बन गरयौ भने धेरै रोगहरुबाट बच्न सक्छौ यसैले प्राकृतिक स्वास्थ्य शिक्षा अति नै सान्र्दभिक र आवश्यक छ ।’,

कोसी प्रदेशका पुर्व समाजिक विकास मन्त्री जिवन घिमिरेले आफुहरुले प्रदेशका सबै बिद्यालयमा योग शिक्षा लागू गर्न खोजेपनि दक्ष जनशक्त्तिको अभावले गर्दा संभव नभएको बताए । उनका अनुसार उच्च शिक्षा पढेका प्राकृतिक चिकित्साका दक्ष जनशक्त्ति उत्पादन गर्न सकेमा नेपालमा मात्र नभै विश्वबजारमा पनि खपत गर्न सकिने दाबी गरे ।

प्राकृतिक स्वास्थ्य विज्ञ डा जनक बस्नेतले दक्ष जनशक्त्ति नहुँदा नेपालमा खुलेका प्राकृतिक अस्पतालहरुले दक्ष जनशक्त्तिको चरम अभाव झेल्नुपरिरहेको बताए । उनका अनुसार हाल नेपालमा खुलेका नेचुरोप्याथी अस्पतालहरुले भारतबाट चिकित्सक र अन्य जनशक्त्तिहरु ल्याउन बाध्य भैरहनु परेको छ ।

 अर्कोतिर प्राकृतिक स्वास्थ्य शिक्षा पढन चाहनेहरुले भारत जान बाध्य भैरहनुपरेको छ । काठमाण्डौमा प्राकृतिक अस्पताल समेत सञ्चालन गरिरहेका डा बस्नेतका अनुसार  भारतमा ४० भन्दा बढि शिक्षालयमा प्राकृतिक स्वास्थ्यबारे उच्च शिक्षा तहको पढाई भैरहेपनि नेपालमा विश्विद्यालयमा तहमा अझैसम्म पठनपाठन सुरु हुन सकेको छैन । उनले प्राकृतिक स्वास्थ्य शिक्षाका लागि उत्पादन भएका जनशक्त्तिलाई बजार अभाव नभएको र माग पनि उच्च भएकोले रोजगारको चिन्ता नभएको दाबी गरे । 

उनले योग तथा प्राकृतिक शिक्षाबारे पाठयक्रम निर्माण गर्न लागेकोमा मनमोहनलाई धन्यबाद पनि दिए । उनका अनुसार प्राकृतिक स्वास्थ्य चिकित्साले मानिसहरुलाई बढदो मानसिक समस्याबाट जोगाउन र आत्महत्या गर्नुपर्ने बाध्यताबाट जोगाउन पनि सहयोग गर्दछ । डा बस्नेतले भने ,  ‘ अवको युग नेचुरल युग हो यसैले चाँडै पाठयक्रम निर्माण गरेर पढाई सुरु गर्न सके मनमोहन देशकै पहिलो प्राकृतिक चिकित्साको पठनपाठन गराउने पहिलो विश्वविद्यालय हुनेछ ।’

डाक्टर बस्नेतका अनुसार प्राकृतिक चिकित्साभित्र योग र उपचार मात्र नभएर विभिन्न नौ वटा दर्शनहरु पर्दछन । प्राकृतिक चिकित्सा औषधि रहित उपचार गर्ने विकल्प रहित शिक्षा हो । प्राकृतिक स्वास्थ्य शिक्षाका लागि स्नातक तहमा पाँच बर्षे पाठयक्रम आवश्यक पर्दछ ।

मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालय कोसी प्रदेश सरकारले स्थापना गरेको हो । यो विश्वबिद्यालयमा हाल ईन्जिनियरिङतर्फ स्नातक तहको शैक्षिक सत्र सुरु भैसकेको छ । यसैगरि पारामेडिकलतर्फ विभिन्न बिषयमा स्नातक र स्नातोकोत्तरमा पठनपाठन गराउनका लागि पाठयक्रम निर्माण भैसकेको छ । साथै  आगामी सत्रदेखी फार्मेसीतर्फ भर्ना आवेदन खुलाउने तयारी भैसकेको छ ।

 

 

 


विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा   हराउँदै भारत  सेमिफाइनल यात्रा तय गरेको हो ।

 निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।

 टाइब्रेकरमा भारतको तर्फबाट चाल्स, रफि, कप्तान अर्सद, क्यामदिन गोल गरेका थिए । संकटाको अनिष महर्जनको प्रहार भारतका गोलकिपर शानफिरले उत्कृष्ट बचाउदै गर्दै खेल जिताए ।

संकटाको तर्फबाट जुनियर, कुलदिप कार्की, सुरज जिंग ठकुरी, चन्दन दास र दिपक घिसिङ्गले गोल गरेका थिए ।

 भारतको जितसँगै विराट गोल्डकपको सेमिफाइनलको समिकरण पूरा भएको छ । भारतले अब फाइनल प्रवेशका लागि चैत १४ गते साविक बिजेता एपीएफसँग खेल्नेछ भने घरेलु टिम विराटनगर सिटीले सोमबार जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

पुर्वबिजेता संकटा माथि भारतको संघर्षपूर्ण जीत हासिल गरेको छ ।

संकटा र भारतको केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमकोगोलरहितखेल बराबरी भयो ।

 संकटाले  २०६९ सालमा दोस्रो संस्करणको विराट गोल्डकपको उपाधि हात पारेको थियो । पूर्व विजेता संकटाले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरन बाध्य भयो ।

 खेलको २२ औं मिनेटमा फ्रिकिकमा भारतका हयाङग्रीले गोल गर्न चुके । अकमल स्याङ्गलाई  संकटाका रोशन परीले खुट्टामा हानेर फाउल गरेपछि भारतले फ्रिकिक पायो । फ्रिकिमा भारतका आश्वीनले डिबकस भित्र निकालेको पास हयाङग्रीलेगरेको हेडिङ्ग बारनजिकैबाट बाहिरियो ।

 २७ मिनेटमा संकटाका सुरज जंग ठकुरीको ३० यार्डदेखिको प्रहार भुटानको गोल किपर सनफिरले उत्कृष्ट बचाए । त्यसलगतै  संकटाका कप्तान रभी सिलवालकोे उत्कृष्ट अवसर गुमाए । डिबक्स भित्रको बलमा उनको प्रहार निकै फितलो देखियो । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरिंदा संकटाले गोल गर्ने अवसर गुमायो । ४१ औं मिनेटमा संकटाका विदेशी खेलाडी जुनियरले निकालेको क्रस पास डिबक्स भित्र सुनिल श्रेष्ठले बिललाई किलियर गर्न नसक्दा पहिलो हाफमा संकटाको अग्रता लिने अवसर खेर गयो ।

 खेलको ४२ औँ मिनेटमा भारतका अकमल स्याङले संकाटाको रक्षापंक्तिलाई बिट गर्दै अघि बढाएको बललाई फिनिसिङ दिन सकेनन् ।  ४४ औं मिनेटमा संकटाका जुनियरले वान भर्सेस वनको स्थित चुके । उनको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।

 पहिलो हाफमा केही दवावमा देखिएको भारतले दोस्रो हाफमा भने सम्हालिएर खेल प्रदर्शन ग¥यो । संकटाविरुद्ध लगातार अवसर बनाएको भारतको फिनिसिङ पक्ष भने कमजोर देखियो । खेलको ५६ औं मिनेटमा भारतका सिबिल सिकेले आकर्षक अवसर खेर फाले । गोललाइन छेउको बलमा उनको प्रयास फितलो बन्न पुग्यो । ५९ औं मिनेटमा संकटाका गणेश हमालले पनाल्टी एरियाबाट गरेको कडा प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । ८४ औं मिनेटमा भारतका पाउलले डिबक्स भित्रबाट गरेको कडा प्रहार संकटाका गोलकिपर विष्णु कुमार केसीले बिफल पारिदिए । थप गरिएको अतिरिक्त समयको १० औं मिनेटमा भारतको एपुलले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार गोलकिपरले पन्च गरेर बललाई मैदानमा फर्काए ।  अतिरिक्त समयको २८ औं मिनेटमा संकटाका सुरज जंग ठकुरीले निकालिदिएको लामो पास विदेशी खेलाडी निलसनले डिफेन्टरलाई कटाएर गरेको प्रहार पोसमाथिबाट बाहिरयो ।

खेलको म्यान अफ द म्याच भारतको गोलकिपर  महोमद सनफिर घोषित भए । उनले नगद ११ हजार पाए ।

 


धनगढी, चैत १२ गते | रातो तारा डट कम,,थ्री स्टार क्लव छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो ।

थ्री स्टारका लागि खेलको ५९ औं मिनेटमा दिपेश गुरुङले गोल गर्दै जित दिलाएका हुन् ।

खेलको एसपीए ‘म्यान अफ दी म्याच’ दिपेश गुरुङ घोषित भएका छन् ।

जितसँगै थ्री स्टारले सोझै सेमिफाइनलमा स्थान बनाएको छ । थ्री स्टारले अब सेमिफाइनलमा सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । खेल चैत १६ गते हुनेछ ।

प्रतियोगिता अन्तरगत सोमबार मनाङ मस्र्याङ्दीले बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउसो ३ः३० बजे सुरु हुनेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।

 


विराटनगर । मैथिल सञ्चारकर्मी संघले संस्कृति सम्वद्र्धन र समाज विकासकोे क्षेत्रमा योगदान पु¥याएका पाँच जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।

 विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मी संघले नगद पुरस्कारसहित उनीहरुलाई सम्मान गरेको हो । मैथिल संस्कृति र पहिचानको विकासमा बहुआयामिक योगदान पु¥याएको बिषयको कदर गर्दैै उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा साहित्यकार धिरेन्द्र प्रेमर्षि, गायक रामा मण्डल, सहिद दिनदयाल मण्डलको परिवार, लेखिका कुमारी श्रेया र पत्रकार ब्रम्हदेव यादव रहेका छन्् । उनीहरुलाई राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र मैथिल सञ्चारकर्मी संघका अध्यक्ष नवीन कर्णसहित पुरस्कारका संस्थापकहरुले सम्मान गरेका छन् ।

 साहित्यकार प्रेमर्षिलाई २१ हजार १११ रुपैयाँको नगद पुरस्कारसहित ‘इन्द्र मिथिला गौरव सम्मान–२०७९’ प्रदान गरिएको छ । गायक रामा मण्डललाई ११ हजार १११ रुपैयाँ राशीको भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चद्वारा स्थापित ‘उज्जवल नक्षत्र मिथिला गौरव सम्मान’ प्रदान गरिएको छ । सञ्चारकर्मी संघले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका मोरङको जहदा गाउँपालिका वडा नं. ६ का दीनदयाल मण्डलको परिवारलाई समेत सम्मान गरेको छ । सहिद मण्डलको परिवारलाई भने संघले ७ हजार १५१ रुपैयाँ राशीको ‘रघुनाथ प्रसाद गुप्ता स्वतन्त्रता सेनानी स्मृति पुरस्कार’ प्रदान गरेको छ ।

 यस्तै, पत्रकार ब्रम्हदेव यादव र लेखिका कुमारी श्रेयालाई पनि मैथिल सञ्चारकर्मी संघले सम्मान गरेको छ । यादव र श्रेयालाई जनही ५ हजार १५१ रुपैयाँ नगदसहित ‘रामपरीदेवी पत्रकारिता पुरस्कार’ र ‘कौशल्या मुसहरु स्मृति पुरस्कार’ ले सम्मान गरिएको छ । पत्रकार यादवलाई पछिल्लो दुई दशकदेखि पत्रकारिता क्षेत्रको माध्यमबाट मैथिल संस्कृतिको विकासमा योगदान पु¥याउँदै आएको बिषयको कदर गर्दै सम्मान गरिएको सञ्चारकर्मी संघले जनाएको छ । संघका अनुसार श्रेयालाई भने मैथिली तथा नेपाली भाषाको लेखन क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएको बिषयको कदर गर्दै सम्मान गरिएको छ ।

 कार्यक्रममा बोल्दै सञ्चारकर्मी संघका अध्यक्ष नवीन कर्णले मैथिली भाषा संस्कृतिको विकास र सम्र्वद्धनमा योगदान पुु¥याउँदै आएका व्यक्तिहरुलाई सम्मान गर्न पाउनु गौैरवको बिषय भएको बताए । मैथिल सञ्चारकर्मीहरुलाई संगठित गर्ने उद्देश्यका साथ स्थापित संस्था आज यो अवस्थासम्म आईपुग्दा आफुलाई निकै गर्व महशुस भएको उनले जिकिर गरे । ‘हामीले २ वर्षअघि मैथिल सञ्चारकर्मीहरुलाई संगठित गर्ने उद्देश्यका साथ यो संस्था स्थापना गरेका थियौं । तर, आज आएर यसको उद्देश्य र कार्यक्षेत्र फराकिलो भएको छ,’ उनले भने, ‘सञ्चारकर्मीहरुको आवाज बुलन्द बनाउनुका साथै समाजप्रतिको केही उत्तरदायित्वपनि हामीले निर्वाह गर्नुुपर्ने भएको छ । यसका लागि हामी सक्षम छौं । यो हाम्रो लागि सौभाग्यको कुरा हो ।’

 कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले पठनपाठनको अभावमा मैथिल संस्कृतिको विकास हुन नसकिरहेको बताए । उनले घरमा समेत मैथिल भाषा प्रयोग नहुनुले मैथिल संस्कृति लोप हुँदै गएको जिकिर गरे । ‘हामी मैथिली लेखपढ गर्दैनौं । मैथिली बोल्न लजाउँछौं । कुराकानी पनि अन्य भाषामै गर्छौं । हाम्रो पहिचानको मुख्य बाधक यही नै हो,’ उनले भने, ‘मैथिल संस्कृतिको विकास लागि सर्वप्रथम त मातृभाषाको अधिकतम प्रयोगमा ध्यान पु¥याउनुपर्छ ।’

 राससले मैथिलीमा पनि बुलेटिन निकाल्ने तयारी गरिरहेको अध्यक्ष झाले बताए । त्यसका लागि हाल आवश्यक गृहकार्य भईरहेको उनले जानकारी दिए । कार्यक्रममा भने रासस अध्यक्ष झासहित प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल, जिल्ला समन्वय समिति मोरङकी उपाध्यक्ष उषा झा, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेल र मैथिल समाजसेवी लगायतको सहभागिता रहेको थियो ।


विराटनगर ÷ मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो । ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि मेयर कोइराला आफैं उपस्थित भएर पार्किङ गरेका सवारी हटाउन  लगाए । महानगर प्रहरीसहित पुगेका मेयर कोइरालाले सडक र फुटपाथमा पार्किङ गरेका सवारीलाई तत्काल हटाउन निर्देशन दिए । सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैंले हटाएको थियो । कारबाहीमा परेका सवारी साधनलाई ट्राफिक प्रहरीले कार्यालय अगाडिको सडक र फुटपाथमा वर्षौंदेखि राख्दै आएको थियो । महानगरले मुख्य बजार क्षेत्रलाई पार्किङ निषेध गरेकाले ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा पार्किङ गर्दा गलत सन्देश जाने भन्दै ट्राफिक प्रमुख सुनिलकुमार श्रेष्ठलाई मेयर कोइरालाले अबदेखि पार्किङ नगर्न आग्रह गरे । नियम कानुन सबैलाई बराबर लाग्ने भन्दै मेयर कोइरालाले विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा आफूहरु लागेको सुनाए । “ट्राफिकका इन्स्पेक्टर साब पनि यहीं हुनुहुन्छ । मैले उहाँलाई सडकमा सवारी नराख्न आग्रह गरिसकेको छु । अबदेखि यहाँ सर्वसाधारणले सवारी पार्किङ भएको देख्नु हुनेछैन,” मेयर कोइरालाले भने, “ट्राफिक प्रहरी कार्यालय अगाडिलाई नो पार्किङ किन नगरेको भनेर धेरैले गुनासो गर्नुभयो । कतिले त ‘सानालाई ऐन ठूलालाई चैन हो कि के हो मेयर साब’ भन्नुभयो । विराटनगरमा नियम कानुन सबैलाई बराबरी लाग्छ ।”

विराटनगरवासीले बजारलाई पार्किङ निषेध गरे पनि ट्राफिक कार्यालय  अगाडि गर्न नसकेको भन्दै धेरै नै गुनासो गरेका कारण आफैं उपस्थित भएर सवारी साधन हटाएको उनको भनाइ थियो । जनगुनासोलाई सम्बोधन गर्दै अबदेखि ट्राफिक कार्यालय अगाडिको सडकलाई पनि पार्किङ निषेध गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । उनले भने, “मेयर साबको उपस्थितिमा ट्राफिक कार्यालय अगाडिको सडक र फुटपाथलाई आजैदेखि नो पार्किङ घोषणा गरिएको छ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठले ठाउँ अभावका कारण विगतदेखि नै राख्दै आए पनि अबदेखि व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । श्रेष्ठले अबदेखि वैकल्पिक ठाउँमा पार्किङ गरिने बताए ।“कार्यालयभित्र पार्किङ गर्न स्थान थोरै छ,” प्रमुख श्रेष्ठले भने, “अबदेखि वैकल्पिक स्थान खोजेर त्यहीं पार्किङ गर्नेछौं ।” ट्राफिक व्यवस्थापन गर्ने निकायकै कार्यालय अगाडिको सडकमा अव्यवस्थित पार्किङ गर्नु लाजमर्दो भएको स्थानीयको भनाइ छ । मेयर कोइराला आफैं उपस्थित भएर ट्राफिक प्रहरी कार्यालय अगाडि वर्षौंदेखि गर्दै आएको सवारी पार्किङ हटाउनु  सकारात्मक भएको स्थानीय तीर्थराज घिमिरेले प्रतिक्रिया दिए । “पार्किङ व्यवस्थापनमा महानगरपालिकाले अत्यन्तै उदाहरणीय कार्य गरेको छ ।यसमा मेयर साब धन्यवादको पात्र बन्नु भएको छ,” उनले भने, “करोडौं खर्च गरेर पार्किङका लागि सडक बनाएको होइन । यसमा जनताले पनि बुझ्नु जरुरी छ ।” घिमिरेकै जस्तै स्थानीय युवराज बस्नेत र बुधन पासवानले पनि प्रतिक्रिया दिए । उनीहरुले भने, “ट्राफिक प्रहरीले सडक नै ढाक्ने गरी सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको थियो । अब चाहिं हिंड्नसहज हुने भयो ।” विराटनगरलाई सफा,सुन्दर, उज्यालो,व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले पछिल्लो समय पार्किङ व्यवस्थापनलाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।

 


विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक ¥याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक ¥याली निकालेको हो ।

 न्यूरो हस्पिटलदेखि सुरू भएको ¥यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो । ¥यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलमा कार्यरत कर्मचारी, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

 छारे रोग बारे घर– घर, टोल टोलमा कुरा गरौ, छारे रोग सरुवा रोग होइन्, समयमै उपचार गरे छारे रोग ठिक हुन्छ, लगायतका प्लेकार्डसहित सचेतना ¥यालीमा सहभागि रहेका थिए  ।

 विश्व छारे रोग दिवसको अवसरमा न्यूरो हस्पिटलले एक हप्ता दिनसम्म निःशुल्क ओपीडि सेवा सुरु गरेको छ । चैत १२ देखि १७ गतेसम्म छारे रोग सम्बन्धि उपचार सेवाको लागि हस्पिटलले ओपीडि सेवा निःशुल्क राखेको छ । स्वास्थ्य जाँच गरिएका विरामीहरुको लागि औषधी पनि वितरण गरिने हस्पिटलले जनाएको छ ।

 न्युरो हस्पिटलले प्रत्येक वर्ष विश्व छारे रोग दिवसमा सचेतना मुलक कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । समयमै उपचार गरौं, छारे रोगबाट बचौं भन्ने मुख्य नाराको साथ यो दिवसमा न्यूरोले सचेतना मुलक कर्यक्रम गर्दै आएको छ । यस बाहेक पनि स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसहरुमा सामाजिक कार्यसँगै सचेतना अभियानमा न्यूरो हस्पिटल अग्रसर भएर  लागी पर्दै अभियान सुरू गर्ने गरेको छ । २२ वर्षदेखि निरन्तर न्यूरो हिस्पटलले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रभाह गरेको कारणले यो अस्पताल विरामीहरूको लागि रोजाइको पहिलो गन्तब्य बन्ने गरेको       छ ।

 


विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

 विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटानलाई २–१ गोलले हराउँदै एसपीएफ अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।


 जितको लागि एपीएफको तर्फबाट सविन थापा र अरमान्द्र वेडमले  गोल गरेका थिए ।फुटानको तर्फबाट सान्तवना गोल फोफोनाइब्रहीम फर्काए ।

जितसँगै एपीएफले आइतबार अन्तिम क्वाटरफाइनल भारतको लुका सकर र ए डिभिजन टिम संकटा क्बल बीचको बिजेता टिमसँग खेल्नेछ ।

 खेल सुरू भएको तेस्रो मिनेटमा एपीएफका सविन थापाले गोल गरी टिमलाई अग्रता दिए । सविन थापाले ३० यार्डदेखि निकालिदिएको पास युवराज खड्काले हेडमार्फत गोलमा परिणत गरे । एपीएफको अग्रता खेल सुरु भएको आधा घण्टा पनि टिक्न नपाउँदै ३३ औं मिनेटमा भुटानका फोफोना इब्रहीम गोल गरी खेल १–१ बराबरीमा ल्याए । कप्तान स्याङगे दोर्जीले निकालेको पास फोफोनाले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुम्यो ।

पहिलो हाफसम्म १÷१ गोलको बराबरी भयो । दोस्रो हाफदेखि एपीएफले आक्रमक खेल पस्कियो । इन्जुरी समयमा पेनाल्टी एरियामा भुटानका खेलाडी कान्टे मुसाको हेन्ड भएपछि एपीएफले पेनाल्टी पाएको थियो । पेनाल्टीमा एपीएफका अरमान्द्र वेडमलले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । हेन्ड गर्ने भुटानका कान्टे मुसालाई रफ्री श्याम दनुवारले रेड कार्ड दिएपछि मैदान बाहिरिए । निर्णायक खोल गर्ने एपीएफका अरमान्द्र बेडम म्यान अफ द म्याच घोषित भए ।

 

खेलअवधिभर दुवै टिमले थुपै्र गोल गर्ने सुन्दर अवसर खेर फेलेका थिए ।

 ७ औ मिनेटमा युवराजको  कडा प्रहार पोसमा लागेर फर्कियो । त्यसलगैत बुद्धीमान राईको प्रहार पोसमाथिबाट बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । १० औं मिनेटमा एपीएफका अरमान बेदमले पेनाल्टी एरियाबाट गरेको हेड बाहिरयो ।

१३ औ मिनेटमा एलीहोसा एलियुले कर्नरबाट आएको बल डिबक्स भित्रबाट गरेको हेड पोसमाथिबाट गएर बाहिरियो । १९ औ मिनेटमा एपीएफका बुद्धीमान राईका कडा प्रहार भुटानका गोलपिकर हरी गुरूङले उत्कृष्ट बचाए ।

२४ मिनेटमा एपीएफका बुद्धमान राईले निकालेको क्रस पास अरमन बेढुमले गरेको प्रहार पोसमा लागेर बाहिरयो । २८ औं मिनेटमा एपीएफका हरी कार्कीले निकालिदिएको लामो क्रस पासलाई अरमन्दले डिबक्स भित्र बल नियन्त्रण गर्न नसक्दा थप अग्रता लिन चुेक ।

 ४२ औं मिनेटमा  मिनेटमा एपीएफका सरनसिंह बस्नेतले वन भर्सेस वनको अवसर गुमाएका थिए । युवराज खड्काको क्रसमा सरनसिंह सम्हालिन नसक्दा भुटानका गोलरक्षक गुरूङ्गले उत्कृष्ट बचाउ गरेका थिए । त्यसलगतै किपरसमेत बीट भइसकेको अवस्थामा बिकु तामाङ्गको प्रहार विफल भयो । ४७ औं मिनेटमा बिपन श्रेष्ठको क्रसमा बिकु तामाङ्ग डिबक्स भित्रबाट गरेको सशक्त प्रहार भुटनाका गोलरक्षकले विफल पारेका थिए ।

 खेलको ५६ औं मिनेटमा एपीएफका बिपीन श्रेष्ठ ३० यार्डदेखि गरेको प्रहार बाहिरियो । खेलको ५८ औं मिनेटमा एपीएफका बुद्धीमान राईले निकालेको पास डिबक्स भित्रबाट युवराज खड्काले किलियर गर्न नसक्दा थप गोल गर्ने अवसर खेर गयो ।

८४ औं मिनेटमा युवराज खड्काले डिफेन्डरलाई क्रस गरेर निकालेको बल अर्मन्दले पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिसा नलिदा गोलको अवसर चुकेको थियो ।

 दोस्रो हाफदेखि भुटानले पाएको आधा दर्जन बढी अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरन  बाध्य भयो । खेलको ८५ औं मिनेटमा भुटानका  फोफोनाले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै भुटानका साहिदले डिबक्स एरियादेखि गरेको वानटच बल एपीएफका गोल रक्षक नगरकोटीले उत्कृकष्ट बचाउँदा गरिददा गोल हुनबाट चुक्यो ।

 जितपछि प्रतिक्रिया दिदै सशस्त्र प्रहरीका  प्रशिक्षक रतनराज महर्जनले खेलाडीहरुको मेहनतको कारणले पाहुना टिमललाई हराएको बताए । ‘जित निकाल्न संघर्षपूर्ण र¥यो,’ उनले भने, ‘आएको अवसर निर्धारित समयमै सदुपयोग गर्न नसक्दा अतिरिक्त समय कुर्नुप¥यो ।’

यता भुटानका प्रशिक्षक डिर्जेले नयाँ खेलाडी र नयाँ ठाउँ भएको कारणले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार भएको बताए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.