Websoft University
February 2023


उदयपुर फागुन १५ गते | मोफसलमा विरलै मात्रामा हुने म्यूजिक अवार्ड उदयपुरको गाईघाटमा उपहार एफ.एम ९५.४ मेघाहर्जले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसरमा गरेको छ । उदयपुरमा विगत ५ बर्ष देखि प्रशारणमा रहेको उपाहार एफ.एम ९५.४ मेघाहर्जको पाँचौ बार्षिक उत्सवको अबसरमा म्यूजिक अवार्ड कार्यक्रम शनिवार सम्पन्न भएको छ । सो अबसर पारेर नेपाली सांगीतिक क्षेत्रमा लामो समय देखि योग्दान पु¥याउदै आएका बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान र गायीका कुन्ति मोक्तानलाई नगद ५० हजार सहित लाईफ टाइम अचिभमेण्ट अवार्ड प्रदान गरिएको छ ।

 उपहार एफ.एम संचालक समितिका अध्यक्ष विश्वराज तामाङ, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्मा, लिम्चुङबुङ गाउँपालिका उदयपुरका अध्यक्ष मेजरकुमार राई र वलान विहुल गाउँपालिका सप्तरीका अध्यक्ष खेमचन्द्र यादवले संयुक्त रुपमा दोसल्ला, सम्मानपत्र, चेक तथा अवार्ड सहित सम्मानि गरिएको हो ।


कार्यक्रममा उपहार एफ.एम कला सम्मानबाट बरिष्ट टेलिभिजनकर्मी तथा गायक मनोहरी थापा, शैलेन्द्र खतिवडा, चन्द्र तामाङ, दिनेश लामा र मिथुन ठाकुरलाई सम्मान गरिएको थियो । आदिम स्मृतिक कला सम्मानबाट रंगकर्मी गोपाल कृतिलाई सम्मान गरिएको थियो ।

गाईघाट स्थित रत्ना रिसोर्टमा आयोजित कार्यक्रममा बेष्ट रकपप विधाबाट गायक असोक सिवा, राईजिङ स्टारको उपाधि गोविन्द गुरागाई, बेष्ट मोडल मेल रियाज आचार्य, उत्कृष्ट भिडियो निर्देशनबाट कलाकार प्रदिप चौधरीले अवार्ड प्राप्त गरेका थिए । यसै गरी उत्कृष्ट रचनाकार तर्फ सइनध्वज दनुवार, उत्कृष्ट जुरी अवार्ड नारायण दनुवार, उत्कृष्ट कल्चर गायकको उपाधि गायक शिव थापामगर, उत्कृष्ट आधुनिक तर्फ शसिचन्द्र राई, उत्कृष्ट लोकप गायक तर्फ संदिप मोते, उत्कृष्ट मोर्डन पप गायीका तर्फ सुनिता कार्की, उत्कृष्ट मेलोडि पप गायीका तर्फ अपप्सरा घिमिरे,  उत्कृष्ट लोक गायक तर्फ विनोद दनुवार, उत्कृष्ट मेलोडि पप गायक तर्फ फिरोज बस्नेत, उत्कृष्ट प्लेब्याक गायकको उपाधि टम्पसेर राई, उत्कृष्ट मोडल तर्फ रेखा राई र बेष्ट प्लेब्याक गायीकाको उपाधि पुजा मगरले प्राप्त गरेको कार्यक्रम निर्देशक ताराबिर पाण्डेले जानकारी दिए ।

कार्यक्रममा बरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, गायीका कुन्ति मोक्तान, गायक नन्दु गुरुङ सहित अवार्ड प्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुती राखेका थिए । कार्यक्रममा स्थानिय कलाकारहरुले नृत्य प्रस्तुती समेत गरेका थिए । स्थानिय कलाकर्मीहरुको सम्मानको लागि अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन गर्नका लागि कार्यक्रमको आयोजना गरेको उपहार एफ.एम ९५.४ मेघाहर्जका अध्यक्ष विश्वराज तामाङले जानकारी दिनु भयो ।

कार्यक्रमको टाइटल स्पोन्सरको रुपमा दाजु भाई समुह दोहा कतार सहयोगीका रुपमा उदयपुरका आठ वटै स्थानिय तह तथा विभिन्न क्षेत्रबाट प्रायोजन तथा सह प्रायोजनको रुपमा रहेको थियो ।

 


तेह्रथुम । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत आज प्रदेश १ का बिभिन्न जिल्लाहरुमा बैठक, भेला, लगायत अन्य बिभिन्न गतिबिधी भएका छन् ।

आज तेह्रथुम जिल्लाको सदरमुकाममा नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका इन्चार्च क. राजेन्द कुमार गौतमको प्रमुख अतिथिमा मिशन ग्रासरुट अभियान अन्तर्गत पार्टी सुदृढीकरण तथा बिस्तार अभियान कार्याक्रम सम्पन्न भएको छ ।

 प्रमुख अतिथि गौतमले पार्टीमा देखिएको बिसंगति, बेतिथि, स्थानीय तहमा देखिएको गुटगत राजनैतिक राजनैतिक अन्त्य गर्दै दशौ राष्ट्र्रिय महाधिबेशनले तय गरेको नारालाई सार्थक तुल्याउन यो अभियान कोशे ढुंगा साबित  हुने बताउनु भयो । उहांले टोल कमिटी देखि केन्द्रिय स्तर सम्म पार्टीलाई एक ढिक्का बनाई राख्नको लागि पार्टी प्रति इमान्दार देखाउनु पर्ने जिकीर गर्नु भयो ।

 नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष क. तुलसी न्यौपानेले पार्टी निर्माणमा वडा देखि नै सदस्यहरु अनुशासन भई जनताको आबश्यकतालाई ख्याल राखी उनीहरुको समस्या हल गर्न तर्फ पनि लाग्नु पर्ने बताउनु भयो । पार्टीको तल्लो निकाय देखि नै अनुसाशन कायम गर्न सकियो भने संगठन निर्माण मजबुद हुने र अन्तत पार्टीले स्थानीय निकाय, प्रदेश र संघमा समेत जनताले जिताउने कुरामा हामी ढुक्क हुने सक्ने वाताबरण रहने बताउनु भयो ।

अभियानमा जिल्ला खटिनु भएका नेकपा एमालेका केन्द्रिय सदस्य क.यज्ञराज सुनुवारले भुगोल दरो सखुवाको पिलर जस्तो बनाउनु पर्छ । नेपाली काग्रेसले समाजबादको कुरा खुल्ला बजारमा देखिएको समाजबादको वकालत गर्ने गर्दछ ठुला पुंजिपतिको रक्षा मात्र गर्ने गर्दछ । तर हामी हाम्रो पाटीैले श्रमजिवीको वकालत गर्दै समाजबाद कुरा गर्छौ ।

केन्द्रिय सदस्य क.हरि बहादुर राईले पाटीमा सम्लग्न सबै नेता कार्यकर्ताहरुले पार्टीले लिएको नितिलाई अक्षरस पालना गर्न सकिए हाम्रो पार्टी अरु पाटीै भन्दा अब्बल हुने दाबि गर्नु भयो ।

कार्यक्रम तेह्रथुम जिल्लाका जिल्ला अध्यक्ष तेजमान कन्दङवाको अध्यक्षता सम्पन्न भएको थियो ।  

यसै गरी तेह्रथुम जिल्लाका स्थानीय पालिका अन्तर्गत  लालिगुरासं गाउँपालिका मा फाल्गुन १३ गते र छतर गाउपालिकामा फाल्गुन १४ गते भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय सदस्य बिजय सुब्बाको प्रमुख अतिथिमा सम्पन्न भएको छ भने जिल्लाको म्याङलुगं नगरपालिकामा फाल्गुन १२ गते मिशन ग्रासरुट कार्यक्रमको प्रमुख अतिथि केन्दिय सदस्य यज्ञराज सुनवारको प्रमुख अतिथिमा सम्पन्न भएको छ ।   फोटो सहित पठाएको छु ।  

 

 


ग्रामथान, मोरगं । नेकपा एमालेको मिसन ग्रासरुट अभियान संगठन सुदृढीकरण र बिस्तार  अभियान २०७९ मोरगंको ग्रामथान गाउँपालिकामा सम्पन्नभएको छ ।

गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमको  केन्द्रिय सदस्यबिसाल भट्टराईको प्रमुखअतिथ्यतामा सम्पन्नभएको छ । प्रमुखअतिथिबिसाल भट्टराईले समसामयिक राजनिती र हाम्रो भुमिकाबारे प्रकाशपार्नु भएको थियो भने १ नम्बर प्रदेश कमिटीका सचिबतथासह–अभियान्ताचिन्तन पाठकले संगठन मजबुदबनाउन र पार्टीलाई एक ढिक्का बनाउन यो अभियानले सहजबनाउने र दशौ महाअधिबेशनले पारित गरेको कार्यदिशालाई सबै तल्लो कमिटी देखि उपल्लो कमिटीका सबै सदस्यकमरेडहरुले पालनागर्नुमा पर्ने जोड दिनु भयो ।

कार्यक्रममाप्रदेश कमिटीका सदस्यकमरेडहरु र जिल्ला कमिटीले खटाएको अभियन्ताहरुको उपस्थिति रहेको थियो भने ग्रामथानगाउँ पार्टी कमिटीका सदस्यहरु पलिकाकाजनप्रतिनिधिहरु , वडा कमिटीका अध्यक्षहरु र पार्टी र जन संगठनका माथिल्लो कमिटीका नेताहरु र जनसङ्गठनका अध्यक्षहरुको ब्यापकसहभागिता रहेको थियो ।

पालिकाअध्यक्षकुमार आचार्यले ग्रामथानको कार्य योजना र कार्यबिभाजनबारेबताउनु भएको छ । कार्यक्रम सन्चालन सत्यनारायण  माझिले गर्नु भएको थियो ।


मनकुमार गदाल - दमक,फागुन १६ गते | रातो तारा डट कम,बैक तथा वित्तीय संस्थाहरुवाट लिइएको ब्याजदर वृद्धिको समस्या समाधान तर्फ उन्मुख नभए जस्तो सुकै आन्दोलन गर्ने दमक उधोग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले बताउनु भएको छ ।

 वाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गरेर ७ दिन भित्र सरकारले बैंंकको ब्याच दर वृद्धिको समस्या समाधान तर्फ वातावरण सिर्जना नगरे जस्तो सुकै आन्दोलन गर्ने अध्यक्ष गुरागाईले बताउनु भएको हो । 

नियमकारी निकाय राष्ट्र बैक र सरकार यस मुद्धामा गम्भीर नभएका कारण ब्यवसाय धरासायी हुन गएको ब्यवसायीहरु पलायनको स्थिति आएको ब्यवसायीका नेता गुरागाई(देवी प्रसाद) ले बताउनु भयो । पत्रकारको जिज्ञासामा आर्थिक मन्दीको यस अवस्थामा सम्वन्धि निकाय सरकारले ध्यान नदिएको कारण ब्यापारीले आत्मादह गर्ने सम्मको अवस्था सिर्जना भएको उहाँले जवाफ दिनु भयो । आफूहरुको आन्दोलन पनि शान्ति पूर्ण हुने गुरागाईले प्रष्ट पार्नु भयो । 

पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठले अहिलेको विषम आर्थिक मन्दीको समयमा आउदो असार महिना सम्म कर्जाको ऋण तिर्ने समय थप गर्नु पर्ने बताउनु भयो । पत्रकारको प्रश्नको उत्तर दिदै उधोग वाणिज्य महासंघ बैक ब्याचदरको मुद्धामा चुकेको ब्यवसायीको मुद्धामा मौन बसेको निर्वतमान अध्यक्ष श्रेष्ठले आरोप लगाउनु भयो ।

घर भेटी मानुभावहरुले आफनो घरको घरभाडामा वृद्धि नगर्न अनुरोध गर्दै स्थानिय सरकारले पनि घर वहाल कर ,ब्यवसाय कर लगायतका अन्य करहरुमा छुट सुविधा उपलब्ध गराउन माग गरेको अध्यक्ष गुरागाई द्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । 

ब्याचदर वृद्धि,आर्थिक मुद्धाहरु केवल ब्यवसायीको मात्र नभएर सर्वसाधारण सबैको भएको हुदा सरोकारवाला सबैले यस आन्दोलनमा साथ दिन वाणिज्य संघको लेखा समिति संयोजक नेत्र चौलागाईले आग्रह गर्नु भयो ।


विराटनगर | विराटनगरको सौन्दर्यकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केवल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरु आफै तारको व्यवस्थापनमा जुटेका छन् । 

गत पुस २८ गते विराटनगरस्थित हिमालय रोडबाट औपचारिक रुपमा तार व्यवस्थापन सुरु गरिएको थियो । तार व्यवस्थापनका लागि मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत राखेको थियो । 

विभिन्न चरणका बैठकको निर्णयअनुसार सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । “हामी कर्मचारीले नेतृत्वको योजना र निर्देशन कार्यान्वयन गर्ने हो,” प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, “सरसफाई, पार्किङ र तार व्यवस्थापनसँगै कानुनविपरीत निर्माण गरिएका संरचना हटाइरहेका छौं ।”

म्याक्स, सुविसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गरिरहेका छन् । चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने गरी कामलाई तीव्रता दिएको कोइरालाले बताए । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा कसैसित पनि सम्झौता नहुने मेयर नागेश कोइरालाले बताउँदै आएका छन् । 

महानगरको अभियानमा साथ दिन विराटनगरवासीलाई मेयर कोइरालाले आग्रहसमेत गरे । महानगरले उज्यालो महानगर अभियान पनि सञ्चालन गरिरहेको छ । जसअन्तर्गत सडकबत्ती जडानसमेत धमाधम भइरहेको छ । आन्तरिक आयलाई बलियो बनाउन महानगरले कर संकलनलाई पनि तीव्रता दिएको छ ।

 


विराटनगर फागुन १६ गते । रातो तारा डट कम,नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगितामा सरस्वती स्कूल र बुढानिलकण्ठ स्कूल विजयी भई सेमिफाइनलमा प्रवेशगरेकोछ ।

पहिलो खेलमा सत्यनारायण स्कूलले मनकामना स्कूललाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सरस्वतीले समुह वि को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मनकामनाले समुह वि मा २ मा पराजित र एक मा पराजित भए पछि प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिब गरेको मनकामनाले निर्धारित २५ ओभरको खेलमा १७ दशमलव ३ बलमा सवै विकेट गुमाई ७२ रनको झिनो स्कोर खडा गरेको थियो । जस्मा मनिष भगतले २० रन बनाउँदा अंकित मल्लीकले ११ रन बनाएका थिए । सरस्वतीका म्यान

अफ द म्याच सुमन यादवले ५ ओभरमा १ मेडन राख्दै १८ रन दिएर ५ विकेट लिँदा शिभनन्दन यादव र रोहन मण्डलले समान २–२ विकेट लिए ।

७३ रनको झिनो लक्ष्य पाएको सरस्वतीले १५ दशमलव ४ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो । जस्मा रोहन मण्डलले अविजित १२ रन जोड्दा जोड्दा सुमन यादवले ११ रनमा अविजिच भए । मनकामनाका राजा मण्डलले ३ विकेट दिए ।

मंगलबारै भएको समुह ए कोे खेलमा बुढानिलकण्ठ स्कलले बाल्मिकी स्कूललाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बुढानिलकण्ठले ३ खेलमा २ मा जित र १ मा पराजित भई समुह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । यता बाल्मिकीले १ मा जित र २ मा पराजित हुँदै प्रतियोगिताबाट बाहिरेको छ । टस जितेर ब्याटिब गरेको बाल्मिकीले निर्धारित २५ ओभरको खेलमा १३ दशमलव १ बलमा सवै विकेट गुमाई ६७ रनको स्कोर खडा गरेको थियो । जस्मा

 सरोज साहले सर्वाधिक १० रन बनाए । बुढानिलकण्ठका इसान अलीले ४ विकेट र जिवन ढकालले ३ विकेट लिए ।

६८ रनको विजयी लक्ष्य पछ्याएको बुढानिलकण्ठले १६ दशमलव ५ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच बुडानिलकण्ठका अर्नभ भट्टराईले अविजित ३८ रनको योगदान दिए । बाल्मिकीका कृष्ण साहले सर्वािक ३ विकेट लिए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए |


काठमाडौं, १६ फागुन । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको हो ।

​मन्त्रीपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोशी अस्पताललाई प्रयोग गरेर कलेज सञ्चालन गर्ने गरी त्रिपक्षीय सम्झौता गरिएको प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले जानकारी दिए । ‘कोशी अस्पताललाई प्रयोगात्मक अभ्यासका लागि प्रयोग गरेर पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउँने गरी सम्झौता भएको छ,’ डा.शर्माले भने, ‘अब चिकित्सा शिक्षा आयोगबाट बाँकी प्रकृया पुरा गरेर मेडिकल कलेज सञ्चालन गर्छौ ।’

​सम्झौता पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् । यसअघि ०७८ माघ २४ गते विराटनगरस्थित कोसी अस्पतालले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति जनाएको थियो । सहमतिको एक वर्षपछि ०७९ माघ २३ गते मन्त्रिपरिषद बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलेको हो । मन्त्रीपरिषद्को स्वीकृतिपछि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता गरेर थप प्रकृया अघि बढाइएको हो ।

​मेडिकल कलेज सञ्चालनका लागि ३ सय बेडको अस्पताल चाहिने प्रावधान छ । तर, पूर्वाञ्चल विश्वविद्यालयसँग हाल सो क्षमताको अस्पताल छैन । सोही कारण चिकित्सा शिक्षा अध्ययनका क्रममा विद्यार्थीले विराटनगरस्थित कोशी अस्पतालमा अभ्यास गर्ने गरी सम्झौता गरिएको हो । विद्यार्थीको पढाई भने गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमै हुनेछ ।

​यता, पूर्वाञ्चल विश्वविद्यालयमै रहेको अस्पतालको क्षमता विकास गर्ने गरी काम पनि भइरहेको छ । प्रतिनिधि सभा सदस्य डा.शर्माले त्यसका लागि निरन्तर पहल गरिरहेका छन् । मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित सांसद शर्माले गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने बिषय चुनावी एजेण्डाकै रुपमा अघि सारेका थिए । सोही अनरुप उनी मेडिकल कलेज सञ्चालन गराउँन दौडधुप गरिरहेका छन् ।


गणेश लम्साल -बिराटनगर, १५ फागुन । रातो तारा डट कम, प्रदेश स्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरु संगठित हुन थालेका छन । उनीहरुले पहिलो संयुक्त्त भेला आयोजना गरि अनुदान आयोगमा आफुहरुलाई समावेश गर्न माग गरेका छन ।

स्थापना भएपनि उद्देश्य र कार्यक्रम अनुसार पर्याप्ट बजेट उपलब्त्र हुन नसकेको र अनुदान आयोगको नीतिमा उपेक्षित हुनु परिरहेको भन्दै प्रदेश स्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको  १४ फागुनमा बाग्मती प्रदेशको राजधानी हेटौडामा सम्पन्न संयुक्त्त भेला अयोाजना गरि विश्वविद्यालय अनुदान आयोगमा आफुहरुलाई समावेश गर्न माग गरेका हुन ।

प्रदेश १ मा मोरङको बुढीगंगा गाउँपालिका हात्तीमुढा स्थित मनमोहन प्राबिधिक विश्वबिद्यालयका उपकुलपति डा सुभाषश्री पोखरेलका अनुसार संघिय सरकारको विश्विद्यालय अनुदान आयोगले अझैसम्म प्रदेशमा स्थापना भएका युनिभर्सिटी र शैक्षिक प्रतिष्ठानहरुलाई आफनो नीति कार्यक्रममा समावेश गरेको छैन । जसले गर्दा प्रदेशमा स्थापना भएका विश्विद्यालय र शैक्षिक प्रतिष्ठानहरुले विभिन्न समस्याहरु झेलिरहनुपरेको छ । ‘यसैले पहिलो पल्ट १४ फागुनमा संयुक्त्त भेला अयोजना गरि समस्या समाधानका लागि प्रदेशका विश्विद्यालय र शैक्षिक प्रतिष्ठानहरुले चार बुँदे घोषणा पत्र जारी गर्नुपरेको हो’ , मनमोहनका उपकुलपति डा पोखरेलले भने ।

उपकुलपति पोखरेलका अनुसार हैटौडामा सम्पन्न प्रदेश स्तरका विश्वविद्यालय र शेैक्षिक प्रतिष्ठानहरुको भेलाले प्राविधिक तथा व्यवसायिक शिक्षा अन्तर्गतका कार्यक्रम सञ्चालन , अनुसन्धान तथा पुर्वाधार विकासका लागि प्रदेश र संघिय सरकारसँग अनुदान उपलब्ध गराउन माग पनि गरेको छ । यसैगरि भेलाले चिकित्सा शिक्षा ऐन २०७७कोा दाफा (१७) को ७ बमोजिम छात्राबृत्ती प्रदान गर्न चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क अनुरुप बजेट उपलब्त्रध गराउन प्रदेश र संघिय सरकारसँग माग गरेको छ ।

भेलामा प्रदेश १को मनमोहन प्राविधिक विश्वद्यिालयका उपकुलपति डा सुभाषश्री पोखरेल , गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवेकोटा , बाग्मती पदेशका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशी र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा विनोदकुमार यादव लगायतको सहभागीता रहेको थियो ।

भेलाले प्रदेशका विश्विद्यालय र शैक्षिक प्रतिष्ठानहरुको स्तरोन्तीका लागि संयुक्त्त रुपमा अनुदान आयोग र संघिय सरकारसँग अन्तक्रिृया गर्ने र थप ज्ञापनपत्रहरु बुझाउने र प्रदेश स्तररिय संयुक्त्त सञ्जाल निर्माण गर्ने निर्णय पनि गरेको छ ।


विराटनगर फागुन १५ गते ।रातो तारा डट कम, नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कूल र पोखरीया स्कूल विजयी भएका छन् ।

 पहिलो खेलमा सत्यनारायण स्कूलले विनायक स्कूललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ए को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । विनायकले तीनमा २ मा हार र एक मा जित हात पारे पछि प्रतियोगिताबाट बाहिरिएको छ । 

 टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई २ सय १६ रनको विहाल स्कोर खडा गरेको थियो । जस्मा साइमन कामतले ४३ रन बनाउँदा दिपक यादवले ३५ रन र सोनू सिंहले ३० रन बनाएका थिए । विनायकका रेहान अलीले ३ विकेट लिँदा प्रवेश पासवान र शिभम पासवाले समान २–२ विकेट लिए ।

 २ सय १७ रनको विशाल लक्ष्य पाएको विनायकले १४ दशमलव १ बलमै सवै विकेट गुमाउँदै ५४ रनमा सिमित भयो । जस्मा प्रल्लाद यादवले १२ रन जोड्दा कृष साहले  पनि १२ रन जोडे । सत्यनारायणका म्यान अफ द म्याच राजा मण्डलले ३ दशमलव १ बलमा किफायती बलिङ गर्दै ७ रन दिएर ५ विकेट दिए । त्यस्तै अमर यादवले २ विकेट लिए ।

 सोमबारै भएको समुह वि कोे खेलमा पोखरीयाले राइजिङ नेपाल स्कूललाई ९० रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरीयाले दुई खेलमा २ मा जित र १ मा पराजित भएको छ भने राइजिङले १ मा जित र २ मा पराजित हुँदै प्रतियोगिताबाट बाहिरेको छ । 

टस जितेर ब्याटिङ गरेको पोखरीयाले निर्धारित २५ ओभरमा ८ विकेट गुमाई १ सय ४४ रनको स्कोर खडा गरेको थियो । जस्मा कृष्ण देवले ३३ बलमा आक्रामक ब्याटिङ गर्दै ४ छक्का र ७ चौका प्रहार गर्दै ६५ रन बनाउँदा अविशेक यादवले २३ रन बनाए । राइजिङका महमद साहिल, राहुल राँय र महमद जावेदले २–२ विकेट दिए ।

 १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको राइजिङले १४ दशमलव १ बलमा सवै विकेट गुमाई ५४ रनमा सिमित भयो । जस्मा महमद शम्शेरले २६ रन जोड्दा बायन अलीले १४ रन जोडे । पोखरीयाका म्यान अफ द म्याच विशाल यादवले ४ ओभरमा १७ रन दिएर ६ विकेट लिँदा प्रेम मण्डलले २ विकेट लिए ।

 लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको   नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए । 


विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ ।

 सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरेका कलेजले लिएका दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत गरेको छ ।

 पुरस्कृत हुनेमा कक्षा ११ र कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थीलाई नगद सहित सम्मान गरेको कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिए । पुरस्कृत हुने विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले गरे ।

 

 

 


विराटनगर । चैत ९ गतेदेखि आयोजना हुने मोफसलकै चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपका लागि अहिले मैदान निर्माण कार्य जारी रहेको छ । विराटनगरको शहीद रंगशालामा रातिको समयमा आयोजना हुने प्रतियोगिताका लागि आयोजक विराट गोल्डकप ट्रस्टले आफ्नै लगानीमा मैदान मर्मतको कामलाई तीव्रता दिएको हो । 

चैतको पहिलो सातासम्म मैदान तयार पार्ने गरि काम तीव्र गतिमा भइरहको गोल्डकप आयोजकका सिईओ सुवाशीस कोइरालाले जानकारी दिए । ‘मैदानमा अहिले नियमितरुपमा ४ सातादेखि काम भइरहेको छ, विगतको तुलनामा अहिले मैदान हरियाली भएको छ भने प्यारापिट मर्मतको काम पनि अन्तिम चरणमा पुगेको छ ।’ सिईओ कोइरालाले बताए ।

नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने र प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै २ करोड ५० लाख खर्च लाग्ने भएकाले स्पोन्सर खोज्नेदेखि  टिकट विक्रीसम्मका योजनाहरु बनाएर अघि बढाएको सिईओ कोइरालाले बताए ।


सुरेन्द्र भण्डारी- झापा, फागुन १४ । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीन दिन थप गरिएको छ ।

उपभोक्ता र अबलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले बताउनुभयो ।  


गत फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा सुप्रशिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य,प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिव कुशल खतिवडाले जानकारी दिनुभयो ।

आयोजक समितिका अनुसार फागुन १६ गते जी–बव र रचना रिमाल, १७ गते दिपक बज्रचार्य तथा १८ गते प्रमोद खरेल र गिरिस खतिवडाको प्रस्तुति रहने छ ।

महोत्सवको समयअवधि थपका लागि जिल्ला प्रशासन कार्यालय झापा र बिर्तामोड नगरपालिकासंग समन्वय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो ।

 

 

 


काठमाडौं, १४ फागुन ।  माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलले आफ्नो २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ । व्यावहारिक, सैद्धान्तिक र वैज्ञानिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ २०५५ सालमा स्थापना भएको माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलको अभिभावक दिवस सम्पन्न भएको हो ।

टोखा - ५, श्रीटोल बसुन्धरामा रहेको विद्यालयले प्रिन्सिपल तथा प्रोफेसर गणेश श्रेष्ठ, टोखा -५का पूर्व वडाध्यक्ष,  विभिन्न विद्यालयका प्रिन्सिपल, बुद्धिजिवी, शिक्षा प्रेमी तथा अभिभावकको उपस्थितिमा शनिबार विद्यालय प्रांगणमै अभिभावक दिवस सम्पन्न गरेको छ।

सो अवसरमा साना साना नानी बाबुहरुले चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा उठाउँदै देशभक्ती गीत गाउँदा अभिभावकहरु चाखपूर्ण स्टेजतिर हेरिरहेका थिए ।  जब कार्यक्रममा राष्ट्रिय भावनाले ओतप्रोत गीत गुञ्जियो तब अभिभावकको ताली बजिरहँदा स्टेजमा अभिनय गरिरहेका बालबालिकाहरुले चन्द्र र सूर्य बोकेर छाती फुलाइरहेका थिए । चन्द्र र सूर्य अंकित झण्डा बोक्दा उनीहरु गर्व महसुस गरेको बुझ्न सक्न्थ्यिो । 

कार्यक्रममा बोल्दै माउन्ट ग्लोरीका प्रिन्सिपल गणेश श्रेष्ठले बिद्यालयले वैज्ञानिक शिक्षा पद्धतीलाई आत्मसाथ गर्नु आजको आवश्यकता भएको  बताए  । उनले भने, 'विद्यार्थी र अविभावकको रुचि, परिवर्तित समयको मागअनुसार बदलिँदो समयसँगै वैज्ञानिक र व्यबहारिक शिक्षा पद्धतीअनुसार स्कुल अघि बढ्ने कुरामा हामी प्रतिवद्ध छौँ ।'

कार्यक्रमकै अवसरमा  सिगिङ सुपरस्टारको सिनियरतर्फ  ८ मा अध्ययनरत छात्रा सारा राईले उपाधि जितिन् भने  जुनियर तर्फ कक्षा ४ का श्रेयान्स पुडासैनी प्रथम भए । सारा यही सिजनको भ्वाइस अफ किड्समा ब्लान्ड अडिसन पार गरेकी प्रतियोगी हुन् । भ्वाइसको मञ्चमा साराको प्रस्तुतीको चर्चा भएको थियो ।


सुनसरी, फाल्गुन १४ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बराहक्षेत्र-१ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान-४ का २८ बर्षीय विश्वराज राई र धरान-१३ का२३ बर्षीय रतिसश्रेष्ठ रहेका छन । 

अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ धरान-११ का सुरज तामाङको घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको प्रदेश १-०२-०४०प २८१८ नम्बरको मोटरसाईकलको नम्वर प्लेटलाई को. ३८ प ८०६५ लेखि चलाई रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।


सुनसरी, फाल्गुन १४ गते । सुनसरीको रामधुनी नगरपालिका-४ स्थितबाट भन्सार छली गरी अवैधरुपमा नेपाल भित्राएको कपडाहरु प्रहरीले बरामद गरेको छ । 


हिजो दिउसो इलाका प्रहरी कार्यालय पकली र प्रहरी चौकी सिंघियाबाट खटिएको प्रहरी टोलीले रामधुनी-४ स्थित भित्रि सडक खण्डमा अबैध रुपमा भन्सार छलि गरी सडक छेउमा राखेको अवस्थामा ७ सय ८४ पिस कुर्था सुरुवालको कपडाहरु बरामद गरेको हो । 

बरामद गरिएका करिव ४ लाख ३४ हजार मुल्य बराबरका कपडाहरु आवश्यक कारवाहीको लागि सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 


मोरङ । रातो तारा डट कम,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको खादा माला नलगाउने अभियानलाई समर्थन गर्दै भोजपुर हिले भन्ज्याङ्गको आमा समुहले १० हजार सहयोग गर्नुभएको छ ।

खादा मालामा ठूलो खर्च भइरहेको भन्दै मन्त्री किरातीले खादा मालाको रकम दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई छात्रबृत्तिका लागि अक्षयकोष खडा गर्ने अभियानमा हुनुहुन्छ ।

 मन्त्रीमा नियुक्ति भएपछि किरातीले खादा मालाको वापतको रकम सहयोग पेटिकामा हाल्ने ब्यवस्था मिलाउनुभएको छ । मन्त्री किरातीको अभियान सार्थक बनाउन ताप्लेजुङ्गको श्रीजंगा गाउँपालिकाले पनि काठमाण्डौमा आयोजित एक कार्यक्रमबाट खादा माला नलगाउने घोषणा गरेको छ ।

 नेताहरुलाई हजार केजीसम्मको माला लगाई दिएर संस्कृतिमा बिकृति मात्र भित्रिएको छैन समय, शक्ति र सम्पतिसम्म खेर गई रहेको छ मन्त्री किराती भन्नुहुन्छ । 


गणेश लम्धसाल- धनकुटा, १४ फागुन | रातो तारा डट कम,धनकुटाको उत्तरपानी स्थित बहुप्राविधिक शिक्षालयमा शैक्षिक कार्यक्रमहरु थप गर्न विज्ञहरुले सुझाव दिएका छन ।

धनकुटा नगरपालिका १० उत्तरपानीमा २०४० सालदेखी सञ्चालन भैरहेको बहुप्राविधिक विश्वविद्यालयलाई कृषीमा मात्र सिमित नराखी शैक्षिक कार्यक्रमहरु थप गरेर साँच्चैको बहुप्राबिकि विश्वविद्यालय बनाउन विज्ञहरुले सुझाव दिएका हुन ।

हाल उत्तरपानीमा कृषी र पशुुपालन सम्बन्धी प्रिडिप्लोमा सम्बन्धी कार्यक्रम मात्र सञ्चालन भैरहेको छ । तर स्तरबृद्धि गरेर  शैक्षिक कार्यक्रम थप गरेमा उत्तरपानी साँच्चैको बहुप्राविधिक शिक्षालय हुने बिज्ञहरुको सुझाव छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा शुभाषश्री पोखरेलले सिभिल ईन्जिनियरिंड र आँखा सम्बन्धि स्नातक तहको कार्यक्रम थप गरेमा उत्तरपानी कृषीको मात्र नभएर साँच्चैको समय र भुगोल सुहाउँदो बहुप्राविधिक शिक्षालय हुने बताए । 

शिक्षालयको अनु्गमनपछि उपकुलपति पोखरेललले सुझाव दिए । कृषीमा मात्र सिमिति नभएर स्नातक तहका विविध कार्यक्रम थप गरेमा स्थानिय तहमै दक्ष  जनशक्त्ति तयार हुने र उनीहरुले आफनै क्षेत्रमा योगदान दिने अवसर प्राप्त हुने उपकुलपति पोखरेलले बताए ।  उनले भने ‘अब कृषीको सिमिति कार्यक्रमले मात्र पुग्दैन सिभिल र अन्य कार्यक्रम थप गर्न चाहने भए उत्तरुपानी शिक्षालयलाई हामी सहयोग गर्न तयार     छौ ।,

उपकुलपति पोखरेलले देशमा गफ गर्ने हैन गरिखाने जनशक्त्तिको खाँचो रहेकोले देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भएको बताए । उनले गरिखाने जनशक्त्ति उत्पादन गर्नका लागि कृषी क्षेत्रमा पनि उत्तरपानी शिक्षालयलाई मनमोहन आंगिक क्याम्पस बनाउन सहयोग गर्ने सुनाए ।

उत्तरपानीमा २०४० सालमा स्थापना भएको बहुप्राविधिक शिक्षालयले हालसम्म कृषी सम्बन्धि बिद्यालय स्तरको जनशक्त्ति मात्रै उत्पादन गर्दै आइरहेको छ ।

सिटिभिटी दिवसमा हर्षबढाई-

उत्तरपानी बहुप्राधिक शिक्षालयले सिटीभिटी दिवसको अवसरमा हर्षबढाई) कार्यक्रम सम्पन्न गरेको छ । धनकुटा नपा १० हिलेको उत्तरपानीमा रहेको शिक्षालयमा सिटीभिटी दिवसको अवसरमा हर्षउल्लास कार्यक्रम आयोजना गरिएको थियो ।

 हर्ष उल्लास कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालय प्रदेश १ का उपकुलपति डा सुभाष पोखरेल धनकुटाकी सिडिओ लिलाकुमारी केसी , सिटिभिटी प्रदेश १ का निर्दैशक नवराज कोइराला , उत्तरुपानी शिक्षालयका प्रम्ख शंकरदेव कोइराला लगायत स्थानिय जनप्रतिनिधि र अभिभावकहरुको सहभागीता थियो । 

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न लोकनृत्य र गीत प्रस्ुतत गरेका थिए । साथै विभिन्न खेलमा बिजयी खेलाडी, र्इृमान्दाार शिक्षक र कर्मचारीलाई प्रमाणपत्र सहित सम्मान पनि गरिएको थियो ।


मोहन कुमार राई÷ फाल्गुण १४ गते | रातो तारा डट कम,चैनपुर÷ सरस्वती मावि चैनपुरले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा नवनिर्मित भवन उद्घाटन साथै थप एक कार्यक्रम हल बनाउने तयारी गरेको छ ।

शुक्रवार भएको वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि एवं संविधान सभा सदस्य माननीय वेदमाया भण्डारी तथा १नं. प्रदेश सांसद माननीय विदुर कुमार सुब्बाबाट १ नं. प्रदेश सरकारको लगानीमा निर्मित भवन उद्घाटन भएको थियो ।


यसैगरी राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठद्धारा जंगवीर जोशी स्मृती कक्षको उद्घाटन गरिएको थियो । आफ्ना स्वर्गीय पिता जंगवीर जोशीको पु््न्य स्मृतिमा सो कक्ष निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

यसैगरी आफ्ना स्वर्गीय बुबा भिम प्रसाद र आमा बुद्धलक्ष्मी श्रेष्ठको स्मृतिमा छोरा÷बुहारी एस नारायण श्रेष्ठ एवम् लीला श्रेष्ठद्धारा निर्मित एक कक्षा कोठा समेत उनका परिवारजनबाट उद्घाटन गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयको सभाहल निमार्णका लागि च्वाइस हिउमनिटरियल नेपाल र विद्यालय विच संझौता भएको छ । उक्त सभाहलको लम्बाई २४.५० मिटर र चौडाई ९.४० मिटर हुने संझौतामा उल्लेख गरिएको छ । उक्त संझौता पत्र च्वाइस हिउमनिटरियल नेपालका कन्ट्री डाइरेक्टर प्रतिक शर्मालाई हस्तान्तरण गरिएको थियो । उक्त हल निमार्णको लागि ठेक्का संझोता समेत भइसकेको विद्यालयका पअ गोविन्दमान तामाङले वताउनुभयो ।

पूर्व विद्यार्थी सरद अधिकारीले विद्यालयको भौतिक संरचना निर्माण गर्न १ लाख ५५ हजार सहयोग गर्नुभएको छ । अधिकारी हाल राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव हुनुहुन्छ ।

विद्यालयको प्रअ गोविन्दमान तामाङले विद्यालयको प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदनमा हाल कक्षा बालविकास देखि कक्षा १२ सम्म ९४७ छात्र÷छात्राहरु अध्ययनरत रहेको जनाइएको छ । प्रतिवेदनमा आ.व २०७८÷०७९ को २ करोड ४१ लाख बराबरको आय तथा व्यय विवरण समेत उल्लेख गर्नुभयो । धेरै अभिभावकहरुले छात्रवृत्ती अक्षयकोषको स्थापना सँगै प्रअ आफुले पनि यसै वर्ष छात्रवृत्ती अक्षयकोष स्थापना गरेको प्रअ तामाङले वताउनुभयो ।

गरिव तथा जेहेन्दार १४३ जना छात्र÷छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको विभिन्न प्रतियोगितामा विजयी छात्रछात्राहरुलाई पुरस्कृतगरिएकोथियो । उत्कृष्ट वर्ष शिक्षकको रुमा माध्यमिक १ र आधारभूत तह १ गरी दुई शिक्षक पुरस्कृत भएको थियो । 

पुरस्कृत हुने माध्यमिक तहका शिक्षक देवेन्द्र राउत र आधारभूत तहका शिक्षक खेमकुमारी कटुवाललाई विव्यस अध्यक्ष नलकुमार खत्रीले प्रमाणपत्र र मायाको चिनो चैनपुरे करुवा प्रदान गर्नुभएको थियो । उपस्थिति हाजीरी, विषयगत सिकाइ उपलब्धी पुरस्कृत शिक्षक छनौटको आधाररहेको समेत विव्यसअध्यक्ष खत्रीलेवताउनुभयो ।

खेल मैदानको अभावमा विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप गर्न समस्या भइरहेको प्रअ तामाङले वताउनुभयो । २०२२ सालमा ढुंगामाटोबाट निर्मित पुरानो भवनमा विद्यालयको पठनपाठन लगाय प्रशासनिक कार्य सञ्चालन भइरहेको हुँदा त्यसलाई पक्की भवनमा परिणत गर्न आवश्यक देखिएको समेत प्रअ तामाङले वताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य विदुर कुमार लिंथेप÷ंराजेन्द्र कार्की, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख केशव भट्टराई,  संखुवासभा जिल्ला समन्वय समितिका उप–प्रमुख वविता अधिकारी, चैनपुर नगरपालिका नगर प्रमुख कृष्णकुमार तामाङ, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव कुमार बाबु अधिकारी नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष जीतबहादुर घिमिरे, नेकपा एकिकृत समाजवादीका उमेश कुमार डाँगी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।

 मन्तव्यको क्रममा विद्यालयको पुरानो भवनको ठाउँमा अत्याधुनिक सुविधासम्पन्न पक्की भवन बनाउन र खेलमैदान लगायत भौतिक संरचनाको विकासमा जोड दिएको थियो । शैक्षिक वेरोजगार हटाई प्राविधि र जीवनउपयोगी शिक्षा, रोजगारमूलक शिक्षा प्रदान गरी योग्य नागरिक उत्पादन गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।

यसैगरी कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय, सामाजिक संघ संस्था, राजनीतिक दलका प्रतिनिधि, पूर्व विद्यार्थी, अभिभावकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम सञ्चालक  शिक्षक नवराज राईले वताउनुभयो ।

शुक्रबार सञ्चालित कार्यक्रम निकै लामो समय लिएको थियो । बेलुकी अवेर सम्म सञ्चालन भएको उक्त कार्यक्रमलाई छात्र÷छात्राहरुको नृत्य टोलीले भरपुर मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक भक्तबहादुर विश्वकर्मा, शिक्षक नवराज राई र शिक्षक कुमारजंग तामाङले गर्नुभएको थियो ।

 

 

 

 

 

 


बिर्तामोड, फागुन १४ ।रातो तारा डट कम, मुलुकमा देखिएको चरम आर्थिकमन्दीका बीचमा पनि उद्यमशीलताको विकास गर्ने उद्देश्यले झापाका दुई युवाले मेटल इन्डष्ट्री सञ्चालन गर्दै एक सय जना युवालाई रोजगारी दिने तयारी गरेका छन् ।

बिर्तामोड नगरपालिका १ मा नमस्ते मेटल एण्ड इन्जिनियरिङ् वक्र्स कम्पनी प्रा.लि. सञ्चालन गर्दै एक सय युवालाई रोजगारी दिने तयारी थालिएको हो ।


बाह्रदशी गाउँपालिका – ३ का नवीन भण्डारी र गौरादह नगरपालिका निवासी चेतनाथ निरौलाले मेटल इन्डष्ट्री सञ्चालनमा ल्याउनु भएको हो । झण्डै साढे तीन कारोड रुपैयाँ लगानी गर्दै सञ्चालनमा ल्याइएको मेटल इन्डष्ट्रीमा शुरुवाती चरणमा २० जना युवालाई रोगजारी प्रदान गरिएको र इन्डष्ट्री पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी थालिएको सञ्चालक भण्डारीले बताउनुभयो । मेटल इन्डष्ट्री पूर्ण रुपमा सञ्चालनमा आएसंगै एक सय जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरिने भण्डारीले बताउनुभयो ।

व्यवस्थापकीय तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव बटुल्नु भएका भण्डारी प्राध्यापन पेशामा सम्लग्न हुनुहुन्छ । विगत ११ वर्षदेखि प्राध्यापन पेशा अंगाल्नु भएका उहाँ नमस्ते मेटल एण्ड इन्जिनियरिङ् वक्र्स कम्पनी प्रा.लि.को प्रवन्ध निर्देशकको भूमिकामा रहनु भएको छ ।

मेटल इन्डष्ट्रीमा १८ वर्षको अनुभव बटुल्नु भएका अर्का सञ्चालक चेतनाथ निरौला आफैंमा इन्जिनियर हुनुहुन्छ । उहाँले कम्पनीको उत्पादन र बजारीकरण गर्ने जिम्वेवारी सम्हाल्दै इन्डष्ट्री सञ्चालनमा ल्याउनु भएको हो । नेपालमा चलेका बीग मार्ट, गार्डेन मार्ट, सुपर मार्केट र हाइपरमार्केट, स्कूल तथा कलेजका आधुनिक मोडलमा डेक्स बेञ्च समेत उत्पादन गराउने उद्देश्यले मेटल इन्डष्ट्री सञ्चालनमा ल्याइएको निरौलाको भनाई छ ।

इन्डष्ट्रीले डिपाटमेन्ट स्टोरका ¥याक,हस्पिटल बेड तथा इक्वीपमेन्ट,मेटल चेयर, लकर,मेटल प्यालेट, फलामको फर्निचरका डाई  लगायतका सामग्री उत्पादन गर्ने बताइएको छ । त्यस्तै इलेक्ट्रोस्टाटिक पाउडर कोटिङ , सीएण्डसी प्लाज्मा कटिङ सर्भिस, स्पट वेल्डिङ, मेटलसिट कटिङ बेण्डिङ सेवा समेत उपलब्ध गराइने बताइएको छ ।

मेटल इन्डष्ट्री प्रदेश कै पहिलो भएको र यसले गुणस्तरीय सेवा प्रवाह गर्न कुनै कसर बाँकी नराख्ने इन्डष्ट्री सञ्चालक भण्डारीले बताउनुभयो । फलामको उपयोगिता सम्वन्धि नेपाली समाजमा रहेको धारणालाई थप व्यापक बनाउन यो उद्योगले भूमिका निर्वाह गर्ने भण्डारीको भनाई छ ।

नेपालमा यस खाले इन्डष्ट्री सिमित संख्यामा रहेको र प्रदेश १ मा एउटा पनि इन्डष्ट्री नभएका कारण आफूहरुले पूर्वको बजारलाई विश्लेषण गर्दै युवालाई समेत रोजगारी दिने उद्देश्यले इन्डष्ट्रीमा लगानी गरेको भण्डारीले बताउनुभयो ।

आर्थिक मन्दीका बीच पनि चलेका बीग मार्ट, गार्डेन मार्ट, सहकारी पसल, सुपर मार्केट, हाइपर मार्केटले यस खाले सामग्री भारत सहित चीनबाट आयात गर्ने गरेको र त्यसलाई रोक्नउद्योगले भूमिकानिर्वाह गर्ने बताइन्छ ।

आफ्नै ठाउँमा उद्योग सञ्चालन गर्दा स्थानीयले रोगजारी समेत पाउने र साम्रग्री खरिदका लागि विदेशिने मुद्रा नेपालमा नै सञ्चित हुने भण्डारीको भनाई छ ।

नेपालमा यस खले सामग्रीको माग उच्च रहेपनि उद्योग नहुँदा भरत र चीनको भर पर्नु परेको तर गुणस्तरीय सामग्रीको आपूर्ति समेत न्यून हुने गरेको भण्डारीको भनाई छ । उद्योगले उत्पादन गर्ने अधिकांश साम्रग्री  फलमका हुने र लामो समय टिक्ने भएकाले उपभोक्ताको मन छोटो समयमा जित्न सकिने भण्डारीले बताउनुभयो । उद्योगले उत्पादन गरेका सबै सामग्री वहु उपयोगी हुने र आवश्यकता अनुसारका डिजाइन दिइने भएकाले सबै प्रकारका व्यवसाय तथा घरायसी रुपमा बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।  

मेटल इन्डष्ट्रीको बजार नेपाल भर रहेको र  सम्भाव्यता अध्ययन गरेर आफ्नै ठाउँमा कम्पनी स्थापना गरेको कम्पनीका सञ्चालक भण्डारीको भनाई छ ।

सम्पनीले उत्पादन गर्ने सामग्री - डिपाटमेन्ट स्टोरका ¥याक,हस्पिटल बेड तथा इक्वीपमेन्ट,मेटल चेयर, लकर,मेटल प्यालेट, फलामको फर्नचरका डाई आदि ।

कम्पनीबाट प्रदान गरिने सेवा - इलेक्ट्रोस्टाटिक पाउडर कोटिङ , सीएण्डसी प्लाज्मा कटिङ सर्भिस, स्पट वेल्डिङ, मेटलसिट कटिङ बेण्डिङ, स्कूलका डेक्स बेञ्च  आदि ।

कम्पनीमा प्रयोग गरिने उपकरण -  अत्याधुनिक सियरिङ मेसिन , बेण्डिङ मेसिन, विभिन्न पावरक पावर प्रेस, स्पटबेल्डिङ,सिएमसी प्लाज्मा कटर, इलेक्ट्रोस्टाटिक पाउडर प्लान्ट, डिजिटल लेथ आदि ।

कम्पनीले उत्पादन गरेका सामग्रीका विशेषताहरु

डिपाटमेन्ट स्टोरका ¥याक - कम्पनीले उत्पादन गरेका  डिपाटमेन्ट स्टोरका ¥याक  सबै लक सिस्टमका हुन्छन् । जोसुकैले खोल्न र फिटिङ गर्न तुरुन्तै सक्ने बताइएको छ । ¥याकको सेल्फ घटाउन बढाउन सकिने तथा  आवश्यकता अनुसार साईज र कलर कष्टमाइज गर्न सकिने बताइएको छ ।  लाइफटाइम ग्यारेन्टी सहितको पाउडर कोटिङ,सामान्य किराना पसलदेखि ठूला ÷ठूला सपिङ मलका लागि समेत सेवा प्रवाह गरिने बताइएको छ ।  

डिपाटमेन्ट स्टोरको सेटअप सर्भिस  तथा उपकरणहरु समेत उपलब्ध गराइने बताइएको छ ।  भारतका सुप्रसिद हाइपर मार्केटमा काम गरेका दक्ष अनुभवी प्रविधिक कर्मचारीको सेवा उपलब्ध गराउने बताइनछ । जस्तोसुकै चेन स्टोरहरुको उत्कृष्ट डाटा उत्पादन गर्ने सफ्ट्वेर समेत उपलब्ध गराउने र नेपाल भरि होम डेलिभरि तगथा  सेटअप सर्भिस समेत उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।  प्रदेशकै एक मात्र फलामको¥याक उत्पादन गर्ने कारखाना भएकाले उच्च गुणस्तरीय सामग्री प्रदान गरिने बताइएको छ ।

हस्पिटल बेड तथा इक्वीपमेन्ट - हस्पिटलका लागि आवश्यक पर्ने इमरजेन्सी बेड,लेवर बेड, वार्ड बेड, ट्रली , वेडसाइड लकर सहित ३८ प्रकारका हस्पिटल इक्वीपमेन्टहरु उपलब्ध हुने बताइएको छ । सबै सामग्रीमा लाइफटाइम ग्यारेन्टी सहितको पाउडर कोटिङको व्यवस्था सहितका हुने सञ्चालकको दावी छ ।

मेटल चेयर - लाइफटाइम ग्यारेन्टी सहितको पाउडर कोटिङसहितको व्यवस्था सहितका व्याङ्क्वेट चेयर,अफिस मिटिङ चेयर, डाइनिङ चेयर  लगायतका फलामका कुर्सीहरु  तयार गरिने बताइएको छ ।

स्कूलका डेक्स बेन्च - प्ले ग्रुपदेखि कलेजसम्मका आधुनिक सुविधा सहितका डेक्स बेन्च । जाइका र यूनिसेफले मान्यता दिएका डिजाइनमा समेत उपलब्ध हुने बताइएको छ ।  

होस्टेल बेड - सिङ्गल तथा मल्टिपल फ्लोरका होस्टेल बेडहरु तयार गरिने बताइएको छ ।

लकर  संघ संस्थाका कर्मचारी, ग्रहक तथा आगन्तुकहरुका सामग्री लक गरेर सुरक्षित राख्न मिल्ने व्यवस्था सहितका लकरहरु । अडर अनुसारको साइज तथा मोडलमा तयार गरिने  बताइएको छ ।  

मेटल प्यालेट - हेबी वेटका सामग्री राख्न मिल्ने फलमका प्यालेट, पिर्का, ट्रली, बास्केट लगायतका डिजायनका प्यालेटहरु । अडर अनुसारको साइज तथा मोडलमा तयार गरिने बताइएको छ ।  

फलामको फर्निचरका डाई तथा लेथको काम ः फलामका फर्निचरहरु उत्पादन गर्न आवश्यक पर्ने उपकरणहरु (डाई) अडर अनुसार  निर्माण गरिन्छ । यो संगै लेथमा गरिने सबै प्रकारका कामका सेवाहरु उपलब्ध हुने बताइएको छ ।  

उपकरण -  भारतको पञ्जाबस्थित लुधियानाबाट आयात गरिएका अत्याधुनिक सेयरिङ, वेण्डिङ तथा पावर प्रेस मेसिनहरुबाट सेवा प्रदान गरिने बताइएको छ ।


विराटनगर फागुन १३ गते । रातो तारा डट कम, नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा शनिबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा विजयी हुँदै सरस्वती स्कूल र सत्यनारायण स्कूल सेमिफाइनल नजिक पुगेका छन् ।

 पहिलो खेलमा सरस्वतीले राइजिङ नेपाल स्कूललाई १ रनको कठिन जित निकाल्दै सेमिफाइनल नजिक पुगेको हो । सरस्वतीले लगातार दुई खेलमा जित निकाल्दै समुह वि को शिर्ष स्थानमा पुगेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २२ ओभरमा ९ विकेट गुमाई १ सय ८ रन बनायो । जस्मा म्यान अफ द म्याच रामनारायण यादवले २७ रन बनाउँदा शाहिद शेखले २५ रन बनाए । राइजिङका महमद जावेद र महमद साहिलले समान २–२ विकेट लिए ।

 १ सय ९ रनको लक्ष्य पाएको राइजिङले २० आभेरमा सवै विकेट गुमाउँदै १ सय ७ रन बनायो । जस्मा महमद आलमले ३५ रन जोड्दा महमद सेफ अलिले १५ रन जोडे । सरस्वतीका रामनारायण यादवले २ विकेठ लिँदा रोहन मण्डल र सुमन यादवले पनि २–२ विकेट लिए ।

 शुत्रबारै भएको दोस्रो खेलमा सत्यनारायण स्कूलले राइजिङ नेपाल स्कूललाई १ सय १० रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको हो । सत्यनारायणले लगातार दुई खेलमा जित निकाल्दै समुह ए को शिर्ष स्थानमा पुगेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई १ सय ५२ रनको विशाल योगफल बनायो । जस्मा दिपक यादवले २९ रन बनाउँदा सोनु सिंह २७ रनमा अविजित रहे । बाल्मिकीका प्रकेश शर्मा र सुरेन पासवानले २–२ विकेट लिए ।

 १ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको बाल्मिकीले १२ ओभरमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो । बाल्मिकीका कुनै पनि खेलाडिले दोहोरो अंकलाई छुन सकेनन् । सत्यनारायणका म्यान अफ द म्याच कृष्ण यादव र अमर यादवले समान ३–३ विकेट लिए ।

 लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको   नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।


बिराटनगर | रातो तारा डट कम,  कोशी टप्पु बन्य जन्तु आरक्ष छेउमा रहेको सप्तकोसी होमस्टेका संचालकहरुलाई विरानगर-१४ स्थित एस्पायर कलेजमा बि.पि.एच. ( ब्याचरल ईन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले  प्रशिक्षण प्रदान गरेका छन्। 


होम स्टे कस्तो हुनुपर्छ? होम स्टेमा पाहुनालाई कसरी स्वागत गर्ने ? होम स्टे लाई सफा कसरी राख्ने , शान्त तथा मनोरम बाताबरण कसरी बनाउने ? होम स्टेमा आइ सके पछि पाहुना खुसी भएर फेरि फेरि पनि आउने बाताबरण कसरी बनाउने भन्ने बिषयमा बिद्यार्थीहरुले प्रशिक्षण दिएका हुन्। १२ बटा होम स्टे सॅंन्चालनमा रहेको उक्त पर्यटकिय क्षेत्र सुनसरीको प्रकासपुरमा अवस्थित छ । 

यसरी प्रशिक्षण दिने बिद्यार्थीहरुमा होटल म्यानेजमेन्टमा अध्यनरत सुलभ निरौला , लिजा खतिवडा , समीर लावती र लिया खवास रहेका थिए । 

कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर शुभम भट्टराईका अनुसार बिद्यार्थीहरु लाई समय समयमा यस्ता कार्यक्रमहरुमा सहभागी गराउने गरेको र पढाइ सगै सिकाइलाई समेत एस्पायरले विशेष ध्यान दिने भएकाले यस्ता कार्यक्रमहरुलाइ कलेजले प्राथमिकतामा राखेको बताउनु भयो । 

एस्पायर कलेजका प्रीन्सिपल सि. एम. बस्नेतको नेतृत्वमा गएको टोलिले होम स्टे संचालकहरुलाई सहजीकरण गरेको र उक्त प्रशिक्षण लाभदायक रहेको स्थानीयले बताएको बस्नेतले जानकारी दिनु भयो ।
कार्यक्रममा काठमाण्डौं विश्वविद्यालय स्कुल अफ मेनेजमेण्टमा एम.वि.ए. अध्ययनरत विद्यार्थीहरू निसान्त तिमल्सिना, आदित्य आचार्य, जेसिका राजलावत, अस्मिता सुवेदी र संगिता भुर्तेलले होम स्टे कसरी व्यस्थापन गर्ने, लेखा कसरी राख्ने तथा बजारीकरण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण गराए । उक्त कार्यक्रमबाट २५ जना भन्दा बढी व्यावसायीहरू लाभान्वित भएका छन् ।


विराटनगर १२ फागुन ।रातो तारा डट कम, दूर सञ्चार सम्बन्धी कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाको बारेमा विराटनगरमा एक दिने कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ । दुरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा आधृत इंकले आयोजना गरेको कार्यक्रममा नेपाल दूरसञ्चार सेवाको गुणस्तर कमजोर रहेको विज्ञहरूले बताएका छन् । 

विराटनगरमा दूर सञ्चार सम्बन्धी कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाको बारेमा आयोजित कार्यक्रममा विज्ञहरूले दूरसञ्चारसम्बन्धी निकै समस्या र चुनौतीहरू रहेको बताए । अहिले पनि नीति, नियम र कानुनले एक तहबाट अर्काे तहमा तथ्याङ्क लिन समस्या रहेको उनीहरूले बताएका छन् । नेपाल दूरसञ्चारसम्बन्धी कानुनका विज्ञ सन्तोष सिग्देलले नागरिकका सबै तथ्याङ्क र सूचनाहरू असुरक्षित रहेको बताउनुभयो ।


 दूरसञ्चारसम्बन्धी विषय टेलिफोन मात्र नभई इन्टरनेटसँग जोडिएकोले इन्टरनेटमार्फत रहेका सूचनाहरू असुरक्षित रहेको उहाँको भनाइ छ । डिजिटल सचेतना, गोपनीयता, सही र गलत सूचना, डाटा प्रोटेक्सन, बालबालिकालाई अनलाइन प्रोटेक्सन, साइबर क्राइम र गुणस्तरीय सेवालाई ध्यान दिनु पर्ने सिग्देलले बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले नेपालमा कानुन प्रभावमा पारेर वा मागको आधारमा आउने भएको बताए । 


उहाँले नेपालमा सामाजिक सुरक्षा र इन्टरनेट टेक्नोलोजीको ट्रर्यापमा पर्ने अवस्था रहेको बताउनुभयो । उहाँका अनुसार एचआईएमएसको नाममा वार्षिक २० करोड युरोमा तिर्नु पर्ने अवस्था तथ्यांकमा देखिएको छ, यस्ता धेरैवटा एप्सहरू बिसौँ करोड डलर तिरेर प्रयोग भइरहेको छ, हाम्रो तथ्याङ्क अर्काेले राखेको छ । दूर सञ्चार सम्बन्धी कानुन निर्माणको लागि पनि समस्या रहेको बताइएको छ । 

लामो समयदेखि कानुन निर्माण प्रक्रियामा गए पनि अझै पूर्णता पाउन नसकेको नेपाल दूर सञ्चार प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्तले जानकारी दिनुभयो । उपभोक्ता र सेवा प्रदायक बिचको समस्याको बारेमा उजुरीहरू कम पर्ने गरेकोले पनि उजुरी र गुनासा प्राधिकरण गएको अवस्थामा नियमन र कारबाही हुने गरेको बताउनुभयो ।

प्राधिकरणले विद्यमान कानुनको आधारमा नियमन, अनुगमन र कारबाहीको प्रक्रिया अघि बढाइएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख उषा झा, पथरी शनिश्चरे नगरपालिकाका उपप्रमुख देवीमाया काफ्ले, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, उच्च अदालत बार एसोसिएसनका उपाध्यक्ष अनिल खड्का, आयोजक आधृत इंकका अध्यक्ष रञ्जन कोइराला लगायतले बोल्नु भएको थियो । 


 


दमक,फागनु १२ गते | सार्वजानिक चासोको सूचना माग्न पाउने अधिकारको ग्यारेन्टी संविधानले गरेको हुदा सूचना पाउनु पर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

 प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज गौरीगञ्जमा आयोजना गरेको एक दिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रमको समापनमा बोल्ने वक्ताहरुले नेपालको संविधान २०७२को धारा २७ले सुचनाको हकको ब्यवस्था ग्यारेन्टी गरेको हुदा सर्वसाधारणले सूचना पाउनु पर्नेमा जोड्दिएका हुन् ।


 गौरीगञ्ज गाउँपालिकाको सहयोगमा प्रेस चौतारी नेपाल झापाले गौरीगञ्ज भित्रका सरकारी,वोडिङ विधालयको मावि र गौरीगञ्ज बहुमुखी क्याम्पसका विधार्थीहरु सहभागी गराई आयोजना गरेको समापन कार्यक्रमका प्रमुख अतिथि गौरीगञ्ज गा.पा.को३नम्वर वडाका वडा अध्यक्ष श्रवण गिरीले कुनै पनि कार्यालयले गरेका गतिविधि,सार्वजानिक विषयको जानकारी पाउनु नागरिकको अधिकार भएको हुदा मागेको सूचना दिनु पर्ने बताउनु भयो ।

 लिखित रुपमा कसैले सूचना माग गर्दा सम्वन्धि कार्यालयको सूचना अधिकारीले सूचना उपलब्ध नगराए संविधानले ब्यवस्था गरेको नियम बमोजिम पनि कारवार्ही हुने वडाअध्यक्ष गिरीले बताउनु भयो । सर्वसाधारणले मागको सूचना आफनो वडा कार्यालयले पनि उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । 

प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको समापन कार्यक्रमका अतिथि नेकपा एमाले गौरीगञ्ज गाउँ कमिटी अध्यक्ष गोविन्द्र कुवँरले आम सरोकारको विषयको सूचना सबैले पाउनु पर्ने बताउनु भयो । एमाले गौरीगञ्ज गाउँ कमिटीको विषयको सूचना माग भएमा उपलब्ध गराउने पनि कुवँरले ऐक्यावद्धता ब्यक्त गर्नु भयो । 

गौरीगञ्ज उधोग वाणिज्य संघका अध्यक्ष मखना महतोले हरेक ब्यक्तिले सूचना पाउनु पर्ने बताउदै नदिए सोको खवरदारी गर्न साथ दिने भन्दै सहभागीहरुलाई मोवाइल नम्वर टिपाउनु भएको थियो । कार्यक्रममा सहभागीहरु मध्येवाट छात्र मनिष अधिकारी र छात्रा शुभेच्छा तिम्सिनाले यहाँ सिकेको सूचनाको हकका कुरालाई समाजमा ब्यवहारमा लागु गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । सूचनाको हक सम्वन्धि कार्यक्रमको प्रशिक्षण संगठनका झापा उपाध्यक्ष तथा सुचना अभियन्ता प्रदिप परियारले गर्नु भएको थियो । 

कार्यक्रममा सूचनाको हक ,यसको आवश्यकता किन,सूचना माग गर्न सकिने विषयहरु,सुचनाको हकको प्रयोग र सूचनाको महत्व आदि विषयमा एक क्याम्पस सहित ११ विधालयका विधार्थीलाई प्रशिक्षण दिइएको कार्यक्रमका सहयोगी महेन्द्र रिजालले जानकारी दिनु भयो ।


गाईघाट १२ फागुन | मानसिक संतुलन विग्रीएको एक व्यक्तीले विहिवार धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । उदयपुरको वेलका नगपालिका १ भचुवा का २६ वर्षिय विनोद खत्रीले २३ वर्षिया श्रीमती युनिका पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । दिउसो संगै घास काट्न गएका खत्रीले वेलका नपा . ६ स्थीत वावुङला सामुदायिक वनमा श्रीमती लाई हत्या गरी साझ पख आफै इलाका प्रहरी कार्यालय रामपुर पुगेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी डिएसपि राकेश कुमार पोदारले वताए । हत्या के कारण ले गरे भन्ने वारे केही खुल्ननसकेको उनलेवताए । वेलका वडा नं. ९ का वडा अध्यक्ष पदम वहादुर खड्काले खत्रीको  मानसिक संतुलन विग्रीएको वताए । “हत्या गर्नु पर्ने कुनै कारण देखिएको छैन , केही समय देखि उनको मानसिक संतुलन विग्रीएकोले सोही कारण वाट श्रीमती को हत्या गरेको हुनपर्छ । ”उनले भने । उनले उनिहरु सधै जसो संगै  घास काट्न जंगल जाने गरेको वताए । उनीहरुको २ वर्षे एक छोरा समेत रहेकाछन् । प्रहरीले हत्या काण्डको अनुसन्धान सुरु गरेको जनाएको छ ।

 


झापा | रातो तारा डट कम, झापा कन्काई न।पा।वडा नं।३ घर भई हाल जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।वडा नं।६ मा डेरा गरी वस्ने वर्ष २४ को राजिव अधिकारीको डेरा कोठामा लागू औषधको कारोवार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय,

इटहरीबाट खटिएको प्रहरी टोलीले लागू औषधको कारोवारमा संलग्न  राजिव अधिकारी,निजको श्रीमती वर्ष २९ की प्रमिला घिमिरे र देश भारत बिहार राज्य सुपौल जिल्ला भिमनगर ग्राम पञ्चायत वडा नं।१२ बिरपुर वस्ने हरिशंकर प्रसाद गुप्ताको छोरा वर्ष २६ को विनोद कुमार गुप्तालाई फेला पारी निजहरुको शरीर तथा निजहरु वसेको कोठा समेत खान तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३३ ग्राम ७९० मिलिग्राम (तेत्तीस ग्राम सात सय नब्बे मिलिग्राम) सहित पक्राउ परेका छन | 

साम्सुङ कम्पनीका विभिन्न रंगका स्क्रिन टच मोवायल थान ७, रेडमी कम्पनीको स्क्रिन टच मोवायल थान २,ईनफिनिक्स कम्पनीको स्क्रिन टच मोवायल थान १,प्भथ उबम वाला कलर्स मोवायल थान १,इद्य(त्भ्ी मोवायल थान १,नोकिया मोवायल थान १,पावर बैंक थान २,हाते घडी थान ४,तौल गर्ने डिजिटल मेसिन थान १,विभिन्न दरका नेपाली रु।१,०५,१३०।, विभिन्न दरका भारतीय रु।२२,७९०।,कैची थान १,पोलिथिन झोला थान २० फेला पारी रितपूर्वक वरामद गरी मिति २०७९,र११,र११ गते लागू औषध सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ दिन को म्याद थप भई अनुसन्धान भईरहेको छ |


 दमक | रातो तारा डट कम,मेला महोत्सवको लहर चलिरहेको वेला झापाको दमकमा पनि दमक फुड फेस्टिवल शुरु भएको छ ।

झापाको विर्तामोड,कमल र मोरङ्गको उर्लावारी लगायतका स्थानमा मेला महोत्सव भइरहेको वेला दमकमा पनि साँगीतिक कार्यक्रम सहितको फुड फेस्टिवलको शुभारम्भ भएको हो ।

 होटल ब्यवसायी संघ दमकले आजवाट शुरु गरेको फुड फेस्टिवल फागुन १९गत सम्म चल्ने छ । दमक नगर पालिकाको नगर प्रमुख राम थापाले एक कार्यक्रमका बीच फुड फेस्टिवलकोे उद्घाटन गर्नु भएको छ । उद्घाटनपछि बोल्दै नगर प्रमुख थापाले स्थानिय क्षेत्रको पर्यटन प्रर्वद्धन यसका समस्याको पहिचानको लागि नगरपालिकाले सहकार्य गर्ने बताउनु भयो । होटल ब्यवसायीका मुद्धा र त्यसको प्राथमिकता, सहयोग गर्ने थापाले प्रतिवद्धता ब्यक्त गर्नु भयो । 

संघका अध्यक्ष योगराज दंगालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पर्यटन बोर्डका सदस्य कृष्ण शाहले रैथाने जातीका परिकारको प्रर्वद्धन गर्नु पर्ने बताउनु भयो । होटल ब्यवसायीका मागलाई संस्थागत गर्न र पर्यटन प्रवद्र्धनका लागि पर्यटन वोर्डले आवश्यक सहयोग गर्ने शाहले बताउनु भयो । 

कार्यक्रममा होटल ब्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष रविन गौतम, होटलकै १ न. प्रदेश समिति अध्यक्ष राजन दंगाल लगायतले पर्यटन र फुड फेस्टिवलको विषयमा बोल्नु भएको कार्यक्रम संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिनु भयो । होटल ब्यवसायी संघले आयोजना गरेको दमक फुड फेस्टिवलको स्टलहरुमा नेवारी,धिमाल,लगायतका जातीका जातीय परिकारहरु पाइने संघका सदस्य गणेश अधिकारीले जानकारी दिनुभयो । 

यसै गरी वालवच्चाले खेलाउने रोलिङ कार,नाउँ,जम्पीङ,बेलुन,मिकीमस,खेल तमसा र बेलुन आदि फुड फेस्टिवलमा रहेको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.