Websoft University

सरस्वती माविको नयाँ भवन उद्घाटन सँगै सभा हल बन्ने तयारी


मोहन कुमार राई÷ फाल्गुण १४ गते | रातो तारा डट कम,चैनपुर÷ सरस्वती मावि चैनपुरले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा नवनिर्मित भवन उद्घाटन साथै थप एक कार्यक्रम हल बनाउने तयारी गरेको छ ।

शुक्रवार भएको वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि एवं संविधान सभा सदस्य माननीय वेदमाया भण्डारी तथा १नं. प्रदेश सांसद माननीय विदुर कुमार सुब्बाबाट १ नं. प्रदेश सरकारको लगानीमा निर्मित भवन उद्घाटन भएको थियो ।


यसैगरी राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठद्धारा जंगवीर जोशी स्मृती कक्षको उद्घाटन गरिएको थियो । आफ्ना स्वर्गीय पिता जंगवीर जोशीको पु््न्य स्मृतिमा सो कक्ष निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

यसैगरी आफ्ना स्वर्गीय बुबा भिम प्रसाद र आमा बुद्धलक्ष्मी श्रेष्ठको स्मृतिमा छोरा÷बुहारी एस नारायण श्रेष्ठ एवम् लीला श्रेष्ठद्धारा निर्मित एक कक्षा कोठा समेत उनका परिवारजनबाट उद्घाटन गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयको सभाहल निमार्णका लागि च्वाइस हिउमनिटरियल नेपाल र विद्यालय विच संझौता भएको छ । उक्त सभाहलको लम्बाई २४.५० मिटर र चौडाई ९.४० मिटर हुने संझौतामा उल्लेख गरिएको छ । उक्त संझौता पत्र च्वाइस हिउमनिटरियल नेपालका कन्ट्री डाइरेक्टर प्रतिक शर्मालाई हस्तान्तरण गरिएको थियो । उक्त हल निमार्णको लागि ठेक्का संझोता समेत भइसकेको विद्यालयका पअ गोविन्दमान तामाङले वताउनुभयो ।

पूर्व विद्यार्थी सरद अधिकारीले विद्यालयको भौतिक संरचना निर्माण गर्न १ लाख ५५ हजार सहयोग गर्नुभएको छ । अधिकारी हाल राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव हुनुहुन्छ ।

विद्यालयको प्रअ गोविन्दमान तामाङले विद्यालयको प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदनमा हाल कक्षा बालविकास देखि कक्षा १२ सम्म ९४७ छात्र÷छात्राहरु अध्ययनरत रहेको जनाइएको छ । प्रतिवेदनमा आ.व २०७८÷०७९ को २ करोड ४१ लाख बराबरको आय तथा व्यय विवरण समेत उल्लेख गर्नुभयो । धेरै अभिभावकहरुले छात्रवृत्ती अक्षयकोषको स्थापना सँगै प्रअ आफुले पनि यसै वर्ष छात्रवृत्ती अक्षयकोष स्थापना गरेको प्रअ तामाङले वताउनुभयो ।

गरिव तथा जेहेन्दार १४३ जना छात्र÷छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको विभिन्न प्रतियोगितामा विजयी छात्रछात्राहरुलाई पुरस्कृतगरिएकोथियो । उत्कृष्ट वर्ष शिक्षकको रुमा माध्यमिक १ र आधारभूत तह १ गरी दुई शिक्षक पुरस्कृत भएको थियो । 

पुरस्कृत हुने माध्यमिक तहका शिक्षक देवेन्द्र राउत र आधारभूत तहका शिक्षक खेमकुमारी कटुवाललाई विव्यस अध्यक्ष नलकुमार खत्रीले प्रमाणपत्र र मायाको चिनो चैनपुरे करुवा प्रदान गर्नुभएको थियो । उपस्थिति हाजीरी, विषयगत सिकाइ उपलब्धी पुरस्कृत शिक्षक छनौटको आधाररहेको समेत विव्यसअध्यक्ष खत्रीलेवताउनुभयो ।

खेल मैदानको अभावमा विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप गर्न समस्या भइरहेको प्रअ तामाङले वताउनुभयो । २०२२ सालमा ढुंगामाटोबाट निर्मित पुरानो भवनमा विद्यालयको पठनपाठन लगाय प्रशासनिक कार्य सञ्चालन भइरहेको हुँदा त्यसलाई पक्की भवनमा परिणत गर्न आवश्यक देखिएको समेत प्रअ तामाङले वताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य विदुर कुमार लिंथेप÷ंराजेन्द्र कार्की, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख केशव भट्टराई,  संखुवासभा जिल्ला समन्वय समितिका उप–प्रमुख वविता अधिकारी, चैनपुर नगरपालिका नगर प्रमुख कृष्णकुमार तामाङ, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव कुमार बाबु अधिकारी नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष जीतबहादुर घिमिरे, नेकपा एकिकृत समाजवादीका उमेश कुमार डाँगी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।

 मन्तव्यको क्रममा विद्यालयको पुरानो भवनको ठाउँमा अत्याधुनिक सुविधासम्पन्न पक्की भवन बनाउन र खेलमैदान लगायत भौतिक संरचनाको विकासमा जोड दिएको थियो । शैक्षिक वेरोजगार हटाई प्राविधि र जीवनउपयोगी शिक्षा, रोजगारमूलक शिक्षा प्रदान गरी योग्य नागरिक उत्पादन गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।

यसैगरी कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय, सामाजिक संघ संस्था, राजनीतिक दलका प्रतिनिधि, पूर्व विद्यार्थी, अभिभावकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम सञ्चालक  शिक्षक नवराज राईले वताउनुभयो ।

शुक्रबार सञ्चालित कार्यक्रम निकै लामो समय लिएको थियो । बेलुकी अवेर सम्म सञ्चालन भएको उक्त कार्यक्रमलाई छात्र÷छात्राहरुको नृत्य टोलीले भरपुर मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक भक्तबहादुर विश्वकर्मा, शिक्षक नवराज राई र शिक्षक कुमारजंग तामाङले गर्नुभएको थियो ।

 

 

 

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.