Websoft University
January 2026


विराटनगर माघ ९ गते । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आज धुमधामका साथ वैदिक विधिद्वारा सरस्वती पूजा गरिएको छ । 

एभरेष्ट स्कुलका मन्टेश्वरी, सेकेण्डरी र कलेजका ब्लक परिसरमा छुट्टाछुट्टै मुर्ति स्थापना गरि वैदिक विधिद्वारा सरस्वतीको पूजा गरिएको   हो । 

हाम्रा धर्म र संस्कृति सबैको साझा सम्पति रहेको भन्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यादातृ सरस्वतीको पूजा आरधना गर्दा विद्यार्थीहरुमा पनि छुट्टै उर्जा मिल्ने बताए । यस्ता पर्वहरुले धैर्यता, एकाग्रता र उर्जा समेत प्रदान गर्ने भन्दै उनले विद्यालयमा हरेक दिन सरस्वती बन्दना समेत गराउँदै आएको स्मरण गरे । 

विहानै विद्यालय पुगेका विद्यार्थीहरुले पण्डितजीले वाचन गरेका सरवती स्तोत्रमा प्रार्थना गर्दै पूजा गरेका छन् । सरस्वती पूजाका लागि विद्यार्थीसहित अभिभावकहरुको समेत सहभागिता थियो भने शिक्षक कर्मचारीहरुको समेत उपस्थिती थियो । 

विद्यालयका प्राचार्या पुरी र अध्यक्ष विनोद ढकालले मन्टेश्वरी ब्लकमा पूजा गरेपछि आरम्भ भएको सरस्वती पूजा माध्यामिक तह र कलेज परिसरमा भने विद्यार्थीहरुले आफै पूजा गरेका थिए ।


विराटनगर  माघ ८ गते । विराटनगर महानगरपालिकाको आयोजनामा जारी विद्यालयस्तरीय अण्डर–१६ मेयर कप फुटबल प्रतियोगितामा चार विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आदर्श माविको समन्वयमा माघ ६ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत बिहीबार शहीद रङ्गशालामा सम्पन्न क्वाटरफाइनल खेलबाट सेन्ट जोसेफ, डन बसको, जनता नमुना र आदर्श माध्यमिक विद्यालय अन्तिम चारमा पुगेका हुन् ।

क्वाटरफाइनलको पहिलो खेलमा सेन्ट जोसेफ माध्यमिक विद्यालयले मोडर्न एरा माध्यमिक विद्यालयलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय ग¥यो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका सेन्ट जोसेफका अरविन्दराज गिरी ‘खेलको उत्कृष्ट खेलाडी’ घोषित भए ।

दोस्रो क्वाटरफाइनल खेलमा डन बसको माध्यमिक विद्यालयले बुढानीलकण्ठ माध्यमिक विद्यालयलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । डन बस्कोका शुभम कामतले प्रभावशाली खेल प्रस्तुत गर्दै ‘खेलको उत्कृष्ट खेलाडी’को उपाधि हात पारे ।

त्यसैगरी तेस्रो खेलमा जनता नमुना माध्यमिक विद्यालयले सनसाइन माध्यमिक विद्यालयलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश ग¥यो । खेलमा जनता नमुनाका दुर्लभ भुजेल उत्कृष्ट खेलाडी घोषित भए ।

अन्तिम क्वाटरफाइनल खेलमा आदर्श माध्यमिक विद्यालयले बीकेभीएम माध्यमिक विद्यालयमाथि विजय हासिल गर्दै अन्तिम चारको यात्रा तय ग¥यो । उक्त खेलमा आदर्शका योगेश राजवंशी ‘खेलको उत्कृष्ट खेलाडी’ बने ।

विराटनगर महानगरपालिकाले विद्यालयस्तरमै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरेको प्रतियोगिताले विद्यार्थी खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुगेको आयोजकको भनाइ छ । प्रतियोगिता सोचेभन्दा निकै उत्कृष्ट रुपमा सञ्चालन भइरहेको आयोजक समितिका सदस्यसचिव आदर्श माविका प्राचार्य सन्तोष पोखरेलले जानकारी दिए ।


बिराटनगर २०८२ माघ ७ गत | उद्योग व्यवसाय, श्रम बजार तथा सीप विकासबीचको अन्तरसम्बन्धलाई थप मजबुत वनाई दक्ष जनशक्ति विकासमा सहयोग पु¥याउन उद्योग संगठन मोरङको आयोजना तथा सुन्दरहरैचा उद्योग वाणिज्य संघको समन्वयमा पूर्व सिकाईको मान्यतामा आधारित सीप परीक्ष्ँण तथा नया पेशा पहिचान सम्वन्धी परामर्श कार्यशाला माघ ०६ गते विराटचोकमा सम्पन्न भएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै धेरै जनशक्तिसंग वर्षौंदेखि काम गरेर प्राप्त गरेको व्यवहारिक सीप भएपनि औपचारिक प्रमाणपत्र नभई रोजगारीका अवसर गुमाइरहेको वताए । उनले सीप परीक्षण तथा पूर्व सिकाइको मान्यता प्रणालीमार्फत यस्ता जनशक्तिलाई औपचारिक मान्यता प्रदान गर्ने साथै उद्योग व्यवसायले व्यवहारिक सीपयुक्त दक्ष जनशक्ति सहजै प्राप्त गर्नसक्ने वातावरण निर्माण हुने धारण राखे ।

कार्यक्रममा सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले वर्तमान युग व्यवहारिक सीप र क्षमताको भएतापनि उद्योगहरूले चाहेजस्तो जनशक्ति प्राप्त गर्न नसकिरहेको उल्लेख गरे । उनले रोजगारी खोज्ने व्यक्तिको सीप र उद्योगले खोजिरहेको सीपबीचको खाडल घटाउन सीपको मूल्याङ्कन तथा प्रमाणिकरण प्रणालीलाई प्रभावकारी बनाउदै उद्योगकोआवश्यकताअनुसारको श्रमशक्ति विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सिटीईभिटी कोशी प्रदेशका उपनिर्देशक दुर्गा प्रसाद ओझाले सीप परीक्षण तथा प्रमाणिकरण प्रणालीले अनुभवी तर अप्रमाणित श्रमिकहरूलाई योग्यताको औपचारिक प्रमाणपत्र प्रदान गर्ने बताउदै यसले श्रमिकको आत्मविश्वास बढाउनुका साथै उद्योगहरूलाई दक्ष जनशक्ति व्यवस्थापनमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

त्यसैगरी कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख लक्ष्मी न्यौपानेले उद्योगमैत्री, व्यवहारिक र नतिजामुखी सीप विकास कार्यक्रमहरू सञ्चालनको आवश्यकता औल्याउदै उहाले स्थानीय तहमा रोजगारी सिर्जना तथा दिगो औद्योगिक विकासका लागि सरोकारवाला सबैबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरीन ।

कार्यक्रमका सहजकर्ता रामप्रसाद सापकोटाले यसप्रकारको कार्यक्रमले प्रतिस्पर्धी र सक्षम औद्योगिक वातावरण निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । अर्का सहजकर्ता अजिप चापागाईले पूर्व सिकाइको मान्यता प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै श्रम बजारको माग अनुसार सीप विकास गर्नु आजको आवश्यकता रहेको औल्याए ।

विभिन्न पेशामा आवद्ध पेशाकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा पूर्व सिकाई मान्यतामा आधारित सीप परिक्ष्ँणका लागि आवेदन फारम आगामी माघ १२ गते खुल्ने र उक्त आवेदन फारम सिटीईभिटी, एनएसटिबी, र सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको वेवसाईटमा उपलब्ध हुने उद्योग संगठन मोरङले जनाएको   छ ।


विराटनगर माघ ४ गते । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग आइतबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोटिङ क्लव र विराट क्रिकेट एकेडेमि विजयी भएका छन्         ।

पहिलो खेलमा डाइनामकि क्रिकेट एकेडमिलाई सिद्धार्थले ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै २ अंकका साथ समुह वि को शिर्ष स्थानमा रहेको छ ।  यहि समुहमा २ खेल खेलेको कटहरीले १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ दोस्रो, डाइनामिकले पनि  १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो र लायन क्रिकेट एकेडेमि खेलेको १ खेलमा पराजित हुँदै लिगको पुछारमा रहेको छ ।

टस हाररे ब्याटिङको निम्तो पाएको सिद्धार्थले निर्धारित १८ ओभरमा ८ विकेट गुमाई १ सस ३७ रनको योगफल तयार पारेको थियो । सिद्धार्थकालागि अटल साहले रिटायर हर्ट हुनु पूर्व ४४ रन बनाएका थिए । अटलबाहेक फिर्दोस अन्सारीले ४० रन र  रविन मण्डलले २९ रनको योगदान दिए । डाइनामिकका एसएस झाले ३ विकेट लिँदा विवेक झाले २ विकेट लिए ।

जवाफमा १ सय ३८ रनको लक्ष्य पछ्याएको डाइनामिकले १५ ओभरमा सवै विकेट गुमाई ६४ रनमा सिमित हुन पुग्यो । डाइनामिकका सुभाष राँयले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरा अंकलाई छुन सकेनन् । सिद्धार्थका फिर्दोस अन्सारीले ३ विकेट लिँदा दुर्गेस मल्लिकले २ विकेट तथा दिेपेश कँडेल र निरज मुखियाले १–१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच सिद्धार्थका फिर्दोस अन्सारी घोषित भए ।

सुमुह ए अन्तरगत भएको पहिलो खेलमा विराट क्रिकेट एकेडमिले इलाइट क्रिकेट क्लवलाई ५१ रनको स्कोरले पराजित गर्दै २ अंक जोडेको छ ।

टस जितेर ब्याटिङ गरेको विराटले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सस ४१ रनको योगफल तयार पारेको थियो । विराटकालागि विशाल ढकालले अविजित ६० रनको योगदान दिँदा दिपक पासवानले १९ रन र लव कामतले १५ रनको योगदान दिए । इलाइटका  सोनु सिंहले २  विकेट लिँदा हरेराम सिंह र राजु विश्वकर्माले २–२ विकेट लिए ।

जवाफमा १ सय ४२ रनको लक्ष्य पछ्याएको इलाइटले १८ दशमलव २ बलमा सवै विकेट गुमाई ९० रनमा सिमित हुन पुग्यो । इलाइटका चतुरानन्द मेहताले १८ रन बनाउँदा सागर मल्लिकले पनि १८ रन बनाए । विराटका महबुब इराकीले ३ विकेट लिँदा श्रवण यादवले पनि ३ विकेट लिए । त्यस्तै दिपक पासवानले २ विकेट आत पारे  ।  खेलको प्लेयर अफ द म्याच विराट विशाल ढकाल घोषित भए ।

सोमबारको पहिलो खेल सिद्धार्थ स्पोर्टिङ क्लव र कटहरी क्रिकेट एकेडेमि तथा दोस्रो खेल विराट क्रिकेट एकेडेमि र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विच प्रतिस्पर्धा हुने छ ।


विराटनगर  माघ  ३ गते । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शनिबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी शुरुवातटट गरेको छ । ।

डाइनामकिले कटहरी क्रिकेट क्लब एकेडेमीलाई ३ विकेटले पराजित गरेको छ । 

टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस १८ रनको सामान्य योगफल तयार पारेको थियो । कटहरीकालागि प्रसिद्ध मण्डलले ३५ रन बनाउँदा आइसटेन रिजालले २४ रनको योगदान दिए । डाइनामकिका विवेक झाले २ विकेट लिँदा विकाश कामत एसएस झा र सुवास राँयले १–१ विकेट लिए ।

जवाफमा १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको डाइनामीकले १९ ओभरमा ७ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । डाइनामीकका रवि राँयले अविजित २९ रन जोड्दा रोशन कामतले २२ रन जोडे । कटहरीका अभय कामतले ३ विकेट लिँदा सुमित यादव र रणधिर कामतले १–१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच डाइनामीकका विवेक झा घोषित भए ।


विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी  स्कुलमा आजदेखि वार्षिक स्पोर्ट्स मीट सुरु भएको छ । सप्ताहाब्यापी कार्यक्रमको आज पहिलो दिन नर्सरी देखिकक्षा तीनसम्मका विभिन्न स्पर्धाहरुभएको थियो ।

विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार कक्षा नर्सरीका लागि ‘ब्यालेन्स रेस’, ‘स्वीट रेस’ र ‘म्यूजिकल चेयर’ का स्पर्धा हुनेछन् ।

यस्तै एलकेजीका विद्यार्थीहरुको ‘स्वीटर रेस’ र ‘वेट पौरिङ’ का स्पर्धा हुन्छन् । भने यू केजीका विद्यार्थीहरुको बेलुन फुटाउने, ‘रेडि टु स्कुल’ ‘म्यूजिकल चेयर’ र ५० मिटर दौडका स्पर्धा हुनेछन् ।

कक्षा एक का विद्यार्थीहरुको बोतल भर्ने स्पर्धा, ‘म्यूजिकल चेयर’, ‘म्याथ रेस’, सियोमा धागो छिराउने स्पर्धा र ५० मिटर दौड हुने छ ।

यस्तै कक्षा दुई र तीनका विद्यार्थीहरुको ५० मिटर र १०० मिटर दौड तथा ‘म्याथ रेस’ र ‘मार्वल एण्ड स्पून रेस’ का स्पर्धा हुने डंगोलले बताइन । स्पोर्टस् मीट अन्तर्गत कक्षा ४ र ५ का विद्यार्थीहरुको १०० मिटर, २०० मिटर दौड, ‘म्याथ रेस’ ‘मार्वल एण्ड स्पून रेस’ हुने विद्यालयले जनाएको छ ।

कक्षा ६ र ७ का विद्यार्थीहरुको लङजम्प, १०० मिटर, २०० मिटरको दौड हुनेछ । यस्तै ६ र ७ का विद्यार्थीहरुको १०० गुणा ४ रिले समेत हुनेछ ।

कक्षा ८ र ९ का विद्यार्थीहरुको लङजम्प, ज्याभ्लिन थ्रो, सटपुट, भलिबल, दौडका विभिन्न स्पर्धा, ट्रिपलजम्प हुनेछन् । प्रतियोगिता अन्तर्गतका कतिपय विधामा छात्र तथा छात्राहरुको छुट्टाछुट्टै स्पर्धाहरु हुने अतिरिक्त कृयाकलाप इन्चार्ज डंगोलले बताइन । उनका अनुसार ७ गतेसम्म सञ्चालन हुने स्पोर्टस् मीटका विजेता खेलाडीहरुलाई विद्यालयको वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गरिने छ ।


काठमाडौं, पुस  ३० गते । विदेशमा बस्ने मधेशीहरुको छाता संगठन मधेसी एकता समाजको यूएई शाखाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ ।

यूएईको फुजैराहस्थित मसाफी क्षेत्रमा आइतबार आयोजित कार्यक्रममा समाजको यूएई शाखाले नयाँ कार्यसमिति गठन गरेको हो ।

समाजको यूएई शाखाका निवर्तमान अध्यक्ष रोशन देवले अध्यक्षता गर्नुभएको कार्यक्रममा समाजका अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. रविन्द्र कुमार यादव प्रमुख अतिथि हुनुहुन्थ्यो ।

नयाँ कार्यसमितिमा शैलेन्द्र कुमार राय अध्यक्ष, अफरोज हुसैन, मनीष कर्ण, धर्मेन्द्र मण्डल र सन्दीप यादव उपाध्यक्ष, रामपुकार यादव र रामअयोध्या साह सहअध्यक्ष, कृष्णकुमार साह महासचिव, अभिमन्यु यादव कोषाध्यक्ष, विक्रम साह युवा संयोजक र भोला पासवान सांस्कृतिक संयोजकमा चयन हुनुभएको छ ।

कार्यक्रममा यूएईमा बसोबास गर्दैआएका मधेसी समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा समाजको यूएई शाखाका पूर्व अध्यक्ष धर्मेन्द्र गोहीवर, अन्तर्राष्ट्रिय सल्लाहकार तन्मिर आलम, शहनवाज अख्तर, फैसल हुसैन, लाल सिंह, जिवछ साह, सुनील पुर्बे, अमित शर्मा, तथा समाजको बिजनेस काउन्सिलका अध्यक्ष कवीन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा नयाँ वर्ष २०२६ को अवसरमा बनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो । बनभोजमा मधेशी समुदायका विभिन्न खाद्य परिकारसहितको सामूहिक भोजन तथा आपसी भेटघाटसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो ।


विराटनगर पुस २९ गते । बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (BMCTH) को सभागृहमा दुई दिनसम्म सञ्चालित 'बिराट सर्जिकल अपडेट्स २०२६' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पोस्ट ग्रेजुएट एमएस (जनरल सर्जरी) रेजिडेन्टहरूका लागि आयोजित यो Exam Oriented Crash Course काठमाडौं बाहिर पहिलो पटक सञ्चालन भएको हो।

बहुविषयक शैक्षिक शल्यचिकित्सा कार्यक्रमको रूपमा आयोजित 'बिराट सर्जिकल अपडेट्स २०२६' को मुख्य उद्देश्य शल्यचिकित्सा सम्बन्धी नवीनतम ज्ञान, सीप र प्रगतिहरू साझा गर्नु रहेको थियो।

उक्त कार्यक्रममा जनरल सर्जरी, जीआई सर्जरी, युरोलोजी, न्युरोसर्जरी र प्लास्टिक सर्जरी लगायत विभिन्न विभागहरूको सहभागिता रहेको थियो। आधुनिक शल्यचिकित्सामा टोलीगत दृष्टिकोणको महत्त्व झल्काउँदै एनेस्थेसिया र रेडियोलोजी विभागले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा देशभरका प्रतिष्ठित चिकित्सा शिक्षण संस्थाहरूबाट शिक्षक-चिकित्सकहरूको सहभागिता रहेको थियो। जसमा IOM (Institute of Medicine) TU, TUTH (Tribhuvan University Teaching Hospital), KIST मेडिकल कलेज, KUMS (Kathmandu University Medical School), COMS (College of Medical Sciences) चितवन, UCMS (Universal College of Medical Sciences) भैरहवा, Manipal मेडिकल कलेज पोखरा, MIHS (Madhesh Institute of Health Sciences) जनकपुर, BPKIHS (बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान), नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र BMCTH (बिराट मेडिकल कलेज टिचिङ हस्पिटल) का प्रतिष्ठित शिक्षक-चिकित्सकहरू सामेल थिए।

कार्यक्रमका संयोजक एवं वरिष्ठ सर्जन प्रोफेसर डा. रोहित प्रसाद यादवका अनुसार, कार्यक्रममा ७० जना जुनियर रेजिडेन्ट र ३३ जना प्राध्यापक सर्जनहरूको सहभागिता रहेको थियो।

प्रोफेसर डा. यादवले यो गहन दुई दिने तालिमको उद्देश्य स्पष्ट गर्दै भन्नुभयो, "आगामी पीजी परीक्षाका लागि आवश्यक अवधारणा, प्रक्रियाहरू र अद्यावधिक दिशानिर्देशहरूको केन्द्रित र उच्च-उत्पादक समीक्षा प्रदान गरी शल्यचिकित्सा परीक्षाको तयारीलाई सुव्यवस्थित बनाउनु यसको मुख्य लक्ष्य हो।"

कार्यक्रममा सहभागी हुनेहरूका लागि खाने बस्ने व्यवस्था निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। प्रोफेसर डा. यादवले आगामी दिनहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरू पनि आयोजना गर्ने योजना रहेको बताउनुभयो।


विराटनगर पुस २८ गते । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन भएका छन् । आइतबार विराटनगरमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट कटवाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यसैगरी उपाध्यक्षमा माधव काफ्ले र सुस्मिता रेग्मी, सचिवमा जिवन निरौला, सह–सचिवमा आभाष कोइराला, विनीता खत्री, कोषाध्यक्षमा नगेन्द्र खड्का, सह–कोषाध्यक्षमा रामचन्द्र मेहता चयन भएका छन् ।
 

यस्तै मिडिया संयोजकमा मोहन ढकाल चयन भएका छन् । सदस्यहरूमा आशिका कटवाल, अजय मण्डल, स्वस्तीका मल्ल, एलिसा गुरुङ, अर्चना थापा, आकृती फुयल र एलिजा ठाकुर चयन   भए । यसैगरी सविता बाँस्तोला, सुवास शाह, हिमाल पोख्रेल, श्रीजेस कट्टेल, लकेश दंगाल, सन्दिप बराल, सन्तोष मेहता, नमुना आचार्य, आमोस राई र एलिसा गुरुङ पनि सदस्यमा चयन भएका छन् । 

मञ्चको सल्लाहकारमा भेषराज पोख्रेल, प्रम सुवाल, इन्द्र राई, रोहितजंग थपलिया र अर्जुन बस्नेत चयन भएका छन् । उनीहरूलाई प्राज्ञ विवस पोख्रेल, प्राज्ञ गंगा सुवेदी, मंचका संरक्षक मीनकुमार नवोदित लगायतले निर्वाचित भएको परिचय पत्र प्रदान गरेका थिए । कार्यक्रमका वक्ताहरूले मञ्चले गर्दै आएका गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा थप काम गर्न सुझाव दिएका थिए । कार्यक्रममा प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेम सुवाल, हिसान मोरङका सल्लाहकार दिनेश दाहाल, वरिष्ठ उपाध्यक्ष टिएन तिम्सिना, मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपाने, साहित्यकार लगायतको उपस्थित थियो । 

 


धरानपुस २७ गते ।इलाका प्रहरी कार्यालय धरान सुनसरीले धरान उप-महानगरपालिका-१६ स्थितबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित २ जनालाई   पक्राउ गरेको छ । पुस २७ गते बिहान खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१६ स्थितमा को १८ प ४२५६ नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा चालक कोशी गाउँपालिका-१ का २३ वर्षिय रोशन झाँ र १८ वर्षिय जय प्रकाश यादवको साथबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल फेला पारी नियन्त्रणमा लिएको हो । 

प्रतिबन्धित औषधी सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।


संखुवासभा, पुस २४ गते । संखुवासभाको सिलिङचोङ गाउँपालिका(४ स्थितमा रहेको प्रहरी चौकी माङ्तेवा संखुवासभाको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन भएको छ । पुस २४ गते आयोजित कार्यक्रमका विच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा चौकीको भवन समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको हो । भवन समुद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथि घिमिरेले हिमाली तथा पहाडी दुर्गम बस्तीमा बसोवास गर्ने नागरिकहरुको सुरक्षामा अहोरात्र खटिदै आएको प्रहरीको दैनिकि नव निर्मित भवनबाट थप सहज हुने बताउँदै नयाँ भवन प्राप्त भए संगै आगामि दिनहरुमा प्रहरीद्वारा प्रदान गरिने सेवाका साथै अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा समेत थप प्रभावकारी हुने उपस्थित सम्पुर्णमा विश्वास दिलाउनु भयो । साथै वहाँले प्रहरी चौकीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई कर्तव्यनिष्ठ, अनुशासित, इमानदार र सेवाभावका साथ नागरिकको मनोभावनालाई उच्च सम्मान गर्दै प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरेले भवन निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्दै निस्शुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गा दाता दम्पति देउ लक्ष्मी राई र पुर्ण कुमार राईलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

समुद्‍घाटन कार्यक्रममा संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, सिलिङ्चोङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङ, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली, स्थानीय जनप्रतिनिधिहरु, संचारकर्मी, स्थानिय बासी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

८ कोठा भएको अढाई तले उक्त भवन १ करोड ७७ लाख ६७ हजार ४ सय ९६  रुपैयाको लगतमा नेपाल सरकारको नियमित बजेटमा निर्माण कार्य सम्पन्न भएको हो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.