Websoft University

विराटनगरमा प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता हुने


विराटनगर १२ माघ । विराटनगरमा प्रथम ‘एलाइट’ कप क्रिेकट प्रतियोगिता हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा माघ १४ देखि १७ सम्म एलाइट कप क्रिेकट प्रतियोगिता हुने भएको हो ।

विराटनगर ६ स्थित मेरिलेबन क्रिकेट मैदानमा हुने प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा टिमको सहभागिता रहने कोशी प्रादेशिक क्रिेकट संघका अध्यक्ष सर्वजित पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको हसभागिता रहने आज आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । प्रतियोगिता अन्र्तगत माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापावीच खेल हुने छ । माघ १७ गते  प्रतियोगिताको फाईनल खेल हुने अध्यक्ष पाण्डेले बताउनुभयो ।

एलाईट कप प्रतियोगिताले प्रधानमन्त्री कपको तयारीका लागि राम्रो हुने आयोजकको भनाई छ । आगामी दिनमा क्यानको बार्षिक क्यालेण्डरमा एलाईट कप प्रतियोगितालाई पनि समेट्नका लागि पहल गरिने अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ कोशी प्रदेशको खस्किएको शाखलाई फर्काउनका लागि प्रयास भईरहेको छ । ’

पत्रकार सम्मेलनमा सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले नयाँ अवधारणा सहित एलाईट कपको आयोजना हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले प्रतियोगितालाई दीर्घकालिन सम्म लैजानु पर्नेमा जोड दिनुभयो । मोरङ अध्यक्ष मो. सादबाबुले एलाईट कपका लागि मोरङको तयारी राम्रो रहेको बताउनुभयो । प्रतियोगिता निरन्तर रुपमा सञ्चालन हुन सके खेलाडीका लागि राम्रो हुने उहाँले बताउनुभयो ।

यसैवीच क्रिकेट खेलको प्रवद्र्धनका लागि कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउन्डेनवीच सम्झौता भएको छ । सम्झौताले भुइँतहको क्रिकेट विकासमा सहयोग पुग्ने फाउन्डेनका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । 

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.