Websoft University
March 2020


काठमाण्डौ चैत १८ गते । रातो तारा डट कम,भक्तपुरका ६२ वटा इँटाभट्टामा काम गर्ने १९ हजार मजदूरलाई घर फर्काइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै भक्तपुरका इँटाभट्टामा हजारौँ मजदूर काममा भन्ने समाचार गत १३ गते राससले सम्प्रेषण गरेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको ताकेतामा इँटा व्यवसायीले कामदारलाई घर फर्काएका हुन् ।

कोभिड–१९ को सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत २५ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ । लकडाउनमा पनि इँटाभट्टामा कामदार रहँदा बजार जाने, दिनभरि पसल सञ्चालन हुने र सधैँ बाक्लो जमघट भएकाले कोरोनामा जोखिममा मजदूर रहेका थिए । भक्तपुरका प्रजिअ होमकला पाण्डेले मजदूर घर फर्कन चाहेपछि व्यवसायीले उनीहरुलाई घर फर्काउने व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले घरजान चाहने मजदूरका लागि ५२ वटा सवारी पास जारी गरेको र त्यही सवारी साधनमा व्यवसायीले उनीहरुलाई घर फर्काएको जानकारी दिनुभयो । बाँकी केही मजदूरलाई पनि व्यवसायीले केही दिनमा फर्काउने जानकारी दिनुुभयो ।

भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाइ ह्याम्बाले विगत १३ दिनदेखि काचो इँटा बनाउने काम बन्द गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भक्तपुरको इँटाभट्टामा काम गर्र्न १९ हजार मजदूरलाई घर पु¥याएका छौँ, इँटा बोक्ने केही मजदूर बाँकी छन् उनीहरुलाई पनि पठाउने व्यवस्था गर्दैछौँ, भारतका केही मजदूर छन्, उनीहरुलाई कसरी पठाउने भनेर छलफल भइरहेको छ, केही भक्तपुरमै भाडामा बस्ने, बच्चा यहीँ पढाउनेहरु बाँकी छन्, उनीहरु यतै बस्छु भनेका छन् ।”

जेठको तेस्रो साता घर फर्कंदा हातभरि पैसा बोकेर खुशी हँुदै फर्कने मजदूर अहिले भने रित्तै हात घर फर्किएका छन् । “विगतका वर्षमा घर फर्कंदा मजदूर सबै हिसाब सकेर हातमा लाखौँ बोकेर खुशी हँुदै जान्थे, यस वर्ष कोरोनाका कारण सिडिओ साहेबले छिटो पठाऊ भन्नुभयो, लकडाउनले बैंक पनि खुलेनन्,” अध्यक्ष ह्याम्बाले भन्नुभयो, “गाउँ फर्कने मजदूरलाई रित्तै हात फर्काउँदा हामीलाई नमज्जा लागेको छ, शुरुमै घर पुगेका मजदूरले गाउँमा भोकै भयौँ पैसा पठाइदेऊ भन्छन्, बैंक नखुल्दा पैसा पनि पठाउन पाएनाँै ।”

लक डाउनले भारतबाट आयात हुने कोइला आउन छाडेको र मजदूर पनि गएपछि इँटाभट्टा बन्द हुन थालेका छन् । मजदूर घर फर्किएपछि खलभरि लाखौँ काँचो इँटा असरल्ल छ, यसलाई चाङ लगाएर व्यवस्थित गरे अर्को साल शुरुमै इँटा पोल्न सकिने भएपछि मजदूर नहँुदा खेतमा इँटा बिग्रिने अवस्थामा पुगेको छ ।

अध्यक्ष ह्याम्बा भन्नुहुन्छ, “हजारौँ रोपनी खेतमा काँचो इँटा छन्, त्यसलाई व्यवस्थापन गरेर जग्गा खाली गरी किसानलाई धान रोप्न दिनुपर्छ, नत्र किसानलाई क्षतिपूर्ति दिनुपर्छ, हामीले एकातिर इँटा उत्पादन कम भएर, अर्कोतर्फ काँचो इँटा बिग्रिएर र फेरि किसानलाई क्षतिपूर्ति दिनुप¥यो भने यो तेहोरो नोक्सान कसरी व्यहोर्नु रु” व्यवसायीको मर्का कसैले नबुझेको गुनासो गर्दै उहाँले हरेक वर्ष काम गर्न आउने मजदूरको चिन्ता व्यवसायीलाई बढी नै हुने बताउनुहुन्छ । रासस


 फायल फोटो , 
बिराटनगर चैत १८ गते । रातो तारा डट कम,सिरहामा आगलागीले चारवटा घर नष्ट भएको छ । लहान नगरपालिका ५ नयाँ बजारमा आज बिहान चारवटा किराना पसलमा आगलागी गीकोे कारणा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । भएको ईलाका प्रहरी कार्यलय लहानले जानकारी दिएको छ । आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरका सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय लहानका अनुसार लहान नगरपालिकाले निर्माण गरी खुद्रा व्यापारीलाई भाडामा सञ्चालन गर्न दिएको टहरोमा बिहान करिब दुई बजेतिर आगलागी भएको थियो । लहान ५ का रामचन्द्र गुप्ताले संन्चालन जयलक्ष्मी किराना, लालबाबु दासको हार्डवेयर, लखन सहनीको उमेश किराना र मनोज गुप्ताको किराना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा पसलमा राखिएको मोटर साईकल समेत जलेर नष्ट भएको छ । आगलागी लहान नगरपालिकाबाट आएको वारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बिहान ४ बजेतिर नियन्त्रणमा लिइएको थियो । 


बिराटनगर चैत १८ गते । रातो तारा डट कम,आज लकडाउनको उलंघन गर्ने १२१ सवारी साधन नियन्त्रणमिति २०७६।१२।१८ गते लकडाउनको उलंघन गरी मोरङ जिल्ला भरी सवारी साधन मोटरसाईकलरस्कुटी-५६, ट्रयाक्टर १, साईकल ५८, सिटीरट्याम्पो ६ गरी जम्मा १२१ वटा सवारी साधन र १ जना मानिस नियन्त्रणमा लिईएको छ । 
साथै क्वारेन्टाईनमा रहेको संख्या १०७ पुरूष, महिला ९ गरी जम्मा ११६ जना  



काठमाण्डौ चैत १८ गते । रातो तारा डट कम,तीन दिनको अवधिमा काठमाडौँ उपत्यकामा मात्र ८७ हजारभन्दा धेरै सिलिण्डर ग्यास वितरण भएको छ । नेपाल आयाल निगमले लकडाउनको पछिल्लो तीन दिनको अवधिमा काठमाडौँ उपत्यकामा मात्र ८७ हजारभन्दा धेरै सिलिण्डर ग्यास वितरण भएको जनाएको हो । निगमले एक विज्ञप्ति जारी गर्दै, चैत १४, १५ र १६ गते गरी तीन दिनमा ८७ हजार ६ सय ३० सिलिण्डर वितरण भएको जनाएको हो । चैत १४ गते ३३ हजार ६ सय ५८, १५ गते १४ हजार १ सय ८ र १६ गते ३९ हजार ८ सय ६४ सिलिण्डर ग्यास वितरण भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायद्धारा जारी विज्ञप्तिमा भनिएको छ । लकडाउनका बखत व्यवसायीहरूले ग्यास लुकाइ उपभोक्ताहरूलाई नदिएको भन्दै हिजोदेखि आधा सिलिण्डर ग्यास मात्र बिक्री वितरण गर्न ग्यास बिक्रेताहरुलाई सरकारले भनिसकेको छ । 



काठमाण्डौ चैत १८ गते । रातो तारा डट कम,कोरोना भाइरस अर्थात् कोभिड १९ बाट बच्नको लागि स्वस्थ खानपान र जीवनशैली अपनाउन चिकित्सकहरूले सुझाव दिएकाछन् । आन्तरिक शक्ति अर्थात रोग प्रतिरोधात्मक क्षमता जति बलियो भयो उति नै कोरोना भाइरससँग लड्न सजिलो हुने भएकाले आफूलाई स्वस्थ राख्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका हुन् । सीआईएनसँग कुरा गर्दै जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले आफूलाई स्वस्थ राख्न सन्तुलित खाना र व्यायाममा ध्यान दिनुपर्ने बताउनुभयो । चिकित्सकका अनुसार घरमा नै रहेको साग, पात, गेडागुडी, कोदो, गहँु, फापर जस्ता खानालाई समय मिलाएर खाने, पानी प्रशस्त पिउने तथा आराम गर्ने र आवश्यक व्यायामलाई निरन्तरता दिने हो भने आफूलाइ स्वस्थ राख्न सकिन्छ । घरमा बस्दा आफूलाइ घरभित्रकै काममा व्यस्त राख्ने, सरसफाइमा ध्यान दिने र सन्तुलित आहार खाने गर्दा रोगसँग लड्ने क्षमता बढ्न सक्ने डा. पाण्डेले बताउनुभयो ।






काठमाण्डौ चैत १८ गते । रातो तारा डट कम, सरकारले तत्कालका लागि पर्यटकको उद्दार गर्ने काम स्थगित गरेको छ । सम्बन्धित मुलुकको आग्रहमा केही विदेशी नागरिकलाई काठमाडौँ ल्याइसकिएको र आन्तरिक रूपमा हुने उद्दारको काम अवदेखि स्थगित गरिएको नेपाल पर्यटन बोर्डका निर्देशक लीला बानियाँले जानकारी दिनुभयो । सोलुखुम्बुको लुक्लामा पाँचवटा उडानबाट पर्यटकको उद्धार गरिएको छ । मुलुकको विभिन्न स्थानमा रहेका १३ सय १ जना पर्यटकलाई चार्टर्ड उडानमार्फत् काठमाडौँ ल्याइएको छ । सरकारको समन्वयमा गत बिहिबारबाट पर्यटकको उद्दार सुरु गरिएको थियो । नेपालमा रहेका अमेरिकी नागरिकलाई फिर्ता लैजान भोलि जहाज आउनेभएको छ । अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरी दोहा हुँदै आफ्ना नागरिकलाई वासिंटन डिसीस्थित डल्लास विमानस्थलमा झार्न लागेको हो ।




 युटुवमा सार्वजनिक भए सगँै चर्चाको शिखरमा रहेको छ । मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको गायिका जमुना आचार्यले बताइन । मायालु प्रेमी प्रेमीकाको जिवन भोगाईलाकाठमाडौ चैत १७ गते । रातो तारा डट कम,नेपाली लोकदोहोरी गीत संगीतमा टप्पा गीतको आफनै किसिमको महत्व रहदै आएको छ । 

गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको ”ए कान्छा ” गीतको भिडियोई गीतमा समेटिएको छ । जमुना आचार्यको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जिवन भोगाईलाई गीतमा समेटिएको छ ।बहुमुखी प्रतिभाकी धनी रुपा थापा अधिकारी विगतमा नेपाली मौलिक गीत संगीतमा नृत्य निर्देशक को रुपमा साथै सर्वोकृष्ट महिला गिटारिष्टको रुपमा परिचित हुन । 

उनले आफुमा भएको प्रतिभालाई ए कान्छा गीत मार्फत ब्यक्त गरेको बताइन । प्रतिक बहादुर श्रेष्ठको छायाँकन , दिनेश मुस्कानको सम्पादन तथा रुपा थापा अधिकारीको निर्देशन तथा कोरियाग्राफी भिडियोमा रहेको छ । ”ए कान्छा ” गीतको भिडियोमा रुपा थापा अधिकारी र कमल खनालको अभिनय तथा नृत्य रहेको छ ।


गाइघाट चैत १७ गते । रातो तारा डट कम,उदयपुरको चौदण्डीगडी नगरपालिकाले ७० लाख रुपैयाको कोरोना संक्रमण ब्यबस्थापन कोष स्थापना गरेको छ। कोरोना भाइरस कोभिड १९ संक्रमणको जोखिम न्युनिकरण नियन्त्रण र सर्वसादरणको उपचार खर्च गर्ने गरी शोमबार कोष स्थापना गरेको हो। 

नगरपालिको समपुरक कोषमा रहेको १करोड रुपैया बाट ७० लाख कोरोना संक्रमण ब्याबस्थापन कोषमा रकमान्तर गरीएको नगरप्रमुख खगैन्द्र राइले बताए। उनले कोषको परिचालन सार्वजनिक अनुसार गरिने बताए। नगरमा कोरोना को संम्ध्भावित संक्रमण बाट वचाउनको लागी कोष खडा गरीएको उनले बताए।
   
त्यसैगरी लकडाउनको बेला दैनिक ज्याला मजदुरमा काम गर्ने मजदुर स्रमीक र अती विजन्न परिवारलाइ समेत कोषबाट  राहात उपलब्ध गराइने नगरप्रमुख राइले वताए। हामी वडा कार्यलयवाट भएको सिफारीसको आधारमा त्यस्ता ब्यातmीहरु लाइ राहात  उपलब्ध गराउने छौ,उनले भने अहिलृलाइ यो कोषबाट १५ दिनको लागीमात्र वितरण गर्ने छौ, नगरभित्र सात हजारको संख्यामा दैनिक ज्याला मजदुरी गर्ने श्रमिक र अती विपन्न परीवार रहेको नगरपालीको तथ्याक मा उल्लेख छ। 

नगरपालीकाले नगरभित्र कोरोना संक्रमणको आसास्या गरीएको विरामीको लागी २४ सै घण्टा  एम्बुलेन्सको निशुल्क क्याबस्था गरीएको छ। एम्बुलेन्स चालकले नगरपालीको सिफरीसमा धरान र विराटनगरको लागी ३००,काकडभिताकाृ लागी ६०० र काठमाडौसम्मको लागी १००० रुपैया विषेश भतmा पाउने ब्याबस्था गरीएको छ। 

स्वास्थकर्मीको ब्यातीगत सुरक्षा सामागी्र (पी पी इ) उपलब्ध गराएको मेयर राइले बताए। नगरपालीकाले दुइदिन अगी चिकित्सक र अक्सिजन सहितको सबैवेवा उपलब्ध् रहेको १७ वेड क्षमताको आइसुलृसन कक्ष निमार्ण गरिएको छ भने विभीन्न वडामा ४९ वटा क्वारेनटाइन वेड तयारी अबस्थामा राखीएको छ।


विराटनगर चैत १७ गते । रातो तारा डट कम,चीनको गोन्जाओबाट कोरोना भाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौँ ल्याइएका थियो । नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री आईतवार नेपाल आईपुगेको थियो । 

चीनबाट अनुदान तथा खरिद गरी ल्याइएका मेडिकल सामग्री सात वटै प्रदेशमा वितरण गरिने सरकारको निर्णय भएकोछ  । स्वास्थ्य सामग्री सातवटै प्रदेशमा पठाउने निर्णय भएसंगै नेपाली सेनाको स्काई ट्रक आज स्वास्थ्य सामग्री सहित विराटनगर आईपुगेको छ ।

आज नेपाली सेनाको स्काई ट्रकबाट ल्याईएको स्वास्थ्य सामग्रीमा १ हजार थान पिपिई मात्र रहेको प्रदेश नम्बर १ का समाजिक विकाश मन्त्री जिवन घिमिरेले जानकारी दिए । उनले सरकारले पठाएको थप सामग्री प्राविधिक कारणले हेलिकप्टरबाट आउन सम्भव नभएपछि गाडीबाट आईरहेको बताए । 

उनले सरकारले पठाएको १ हजार थान पिपिई आवश्यक्ताको हिसाबले कम रहेको तर यसले कोरोना उपचारमा खटेका स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान हुने जानकारी दिए । उनले सरकारले पठाएको एक हजार थानबाट काम गर्न थप हौसला प्रदान भएको र काममा सहज हुने विश्वास लिएको बताए । 

उनले प्रदेश १ मा हाल कोशी अस्पताल र बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना संग लड्न पुर्ण रुपमा तयार रहेकोले यो दुईवटामा बढी मात्रामा पिपिई दिईने र विराटनगर स्थित नेशनल ट्रेडिङमा निर्माणाधीन रहेको अस्पताल पनि दुईदिन भित्र संचालना आउने जानकारी दिए । उनले बिपि र कोशीमा १५० थानको हिसाबले पिपिई दिईने र दुईदिन पछि सुरुहुने भएको कोरोना अस्पताललाई २ सय थान दिने बताए । 

मन्त्री घिमिरेले मेचीमा ४६ पिस , मोरङमा ३४ , सुनसरीमा २४ , धनकुटामा १४, तेह्रथुममा १२ , संखुवासभामा २० , भोजपुरमा १८ , सोलुखुम्बुमा १६ , उदयपुरमा १६ , खोटाङमा २० , झापामा ३० , पाचँथरमा १६ , ताप्लेजुङमा १८ , ईलाममा २० , ओखलढुङ्गामा १६ पिस पठाईने जानकारी
दिए । उनले कोरोना उपचारमा खटेका स्वास्थ्कर्मीको उपचारमा सरकारले कुनै कमी हुननदिने बताए । उनले स्वास्थ्यकर्मीको सुरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।

एन–९५ मास्क १ हजार थान , १० हजार थान सर्जिकल मास्क, ४ हजार किलो क्लोरिन ,१० थान थर्मल गन र सेनेटाइजर गाडीवाट आउदै गरेको मन्त्री घिमिरेले जानकारी दिए ।

उनले सुरक्षा उपकरण बिना कोरोनाको उपचारमा संलग्न हुन बाध्य नबनाईने बताए । कोरोनाको उपचारमा खट्ने स्वास्थ्कर्मीलाई प्रदेश र संघिय सरकारले अतिरिक्त भत्ता , बिमालगायत समेतको व्यवस्था गरहेको जानकारी दिए । 

चीनबाट कोरोना उपचारका लागी अब नियमित रुपमा स्वास्थ्य सामग्री आमउने मन्त्री घिमिरेले बताए । 


शिव भट्टराई मोरङ चैत १७ गते । रातो तारा डट कम,मोरङको लेटाङ–९ जाँतेमा लकडाउनको अवस्थामा अत्यावश्यक कामले घरबाहिर निस्किएकाहरुलाई मास्क वितरण गरिएको छ । 

अत्यावश्यक काम परेको अवस्थामा मास्क नलगाइ घरबाहिर निस्कँदा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने कुरालाई मध्यनगर गर्दै दलित उत्थान समन्वय समिति लेटाङ–९ जाँतेले स्थानीय मदन चौकमा मास्क वितरण गरेको हो । दैनिक उपभोग्य सामान खरिद लगायतका काम परेको बेला घरबाहिर निस्कनेहरुलाई मास्क नलगाइ बाहिर नहिंड्न आग्रह गर्दै मास्क वितरण गरिएको समन्वय समितका अध्यक्ष ओमप्रकास विश्वकर्माले जानकारी दिनुभयो । 

सो अवसरमा सर्वसाधाणलाई निस्चित दुरी कायम गरेर भिडभाड नहुने गरि मास्क तिवरण गरिएको थियो । वडाले लक्षित वर्ग अन्तरगत दलिततर्फ छुट्याएको बजेटबाट सर्वसाधरणलाई २ सय थान मास्क वितरण गरिएको र विपन्न परिवारलाई सावन समेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

सो अवसरमा लेटाङ–९ का वाध्यक्ष कृष्णप्रसाद लुइँटेल, नेकपा वडा नम्बर ९ का अध्यक्ष सोमनाथ निरौला, दलित उत्थान समन्वय समिति लेटाङ–९ जाँतेका अध्यक्ष ओमप्रकास विश्वकर्मा, नरेश मंग्राती, अस्थायी प्रहरी चौकी जाँतेका इञ्चार्ज बौद्धराज कार्की लगायतको उपस्थिति रहेको थियो ।


ओखलढुङगा, चैत्र १७ गते । रातो तारा डट कम, ओखलढुङगा सुनकोशी १० कुसादेवी बस्ने महेश्वर बास्तोलाको घरमा  आगलागी हुदा २० लाख बराबरको क्षति भएको छ । 

आज बिहान ७ बजे बास्तोलाको घरमा  बिधुत सट भई आगलागी हुदा घर, घर भित्र रहेको भाडावर्तन, अन्नपात,लत्ताकपडा यसै गरी ३ 

तोला सुन, ७ तोला चाँदी र नगद १ लाख ५० हजार समेत गरी जम्मा २० लाख बराबरको धनमाल जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगा जनाएको छ । 

आगो स्थानीय बाँसीको सहयोगमा नियन्त्रणमा आईसकेको उक्त कार्यालयले जनाएको छ ।



काठमाण्डौ चैत १७ गते । रातो तारा डट कम,रुघाखोकी र ज्वरो आएका बिरामीको उपचारै नगर्ने अस्पताललाई कड कारबाही गर्ने सरकारले चेतावनी दिएको छ । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई कोरोना सङ्क्रमणको आशङ्कामा उपचारै नगरी फर्काइदिने गरेकोमा सरकारले यस्तो पाइए कारबाही गर्ने बताएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यस्ता निजी अस्पतालविरुद्ध कडा कदम चाल्न नपरोस् भन्दै चेतावनी दिनुभएको हो । सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही गर्ने भएको छ । चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो । तर अहिले पनि धेरैले त्यसलाई पलना गरेका छैनन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालययले घरमै बसेर लक्षणका आधारमा आफूलाई कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण भएको नभएको अनुमान गर्न सकिने एप्लिकेशनको विकास गरेको छ । नेपाली सेनाले पनि छुट्टै एप्लिकेशन बनाएको छ । कोभिड १९ रेस्पोन्स एप नेपाल नामक एप सञ्चालनमा ल्याएको छ ।  


काठमाण्डौ चैत १७ गते । रातो तारा डट कम,अछामका चार स्थानीय तहले आफ्नो स्थानीय तहमा जिल्लाबाहिर तथा भारतबाट आएका नागरिकको तङ्थ्याक सङ्कलन गरेका छन् । जिल्लाको मंगलसेन नगरपालिका, बान्निगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका र रामारोशन गाउँपालिकाले सङ्कलन गरेको तथ्याङ्कअनुसार २ हजार १ सय २२ जना हालसालै अछाम पुगेका छन् । चैत १५ गते जिल्ला कमाण्ड समितिको बैठकले सबैलाई तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिएपछि अछामबाहिरका जिल्ला, भारत तथा तेस्रो मुलकबाट आएका नागरिकको लगत लिन थालिएको हो । 


काठमाण्डौ चैत १७ गते । रातो तारा डट कम,वास्थ्य तथा जनसङ्ख्या मन्त्रालययले घरमै बसेर आफूलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएनभएको थाहा पाउने मोबाइल एप्लिकेशन बनाएको छ । मन्त्रालयले कोरोना भाइरसको लक्षण देखिने वित्तिकै स्वास्थ्य संस्था जाँदा सङ्क्रमणको जोेखिम अझ धेरै बढ्ने भएकाले घरमै बसेर आफूलाई कोरोनाको सङ्क्रमण भएनभएको थाहा पाउने एप्लिकेशन तयार पारेको
हो । मन्त्रालयका प्रवक्ता डा.विकास देबकोटाले  यसले नागरिकलाई आफूलाई सङ्क्रमण भएनभएको बारेमा थाहा पाउन सजिलो हुने बताउनुभयो । उपत्यकाबाहिर पनि कोरोना सङ्क्रमित भेटिएकाले सङ्क्रमितको पहिचानका लागि एप्लिकेशन तयार पारिएको मन्त्रालयले जनाएको छ । एप्लिकेशनको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले आज उद्घाटन गर्नुभएको हो ।




काठमाण्डौ चैत १७ गते । रातो तारा डट कम,लकडाउनका कारण देशवासीमा परेको अप्ठ्याराहरुको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नुभएको छ । मनकी बातको सम्बोधन गर्दै मोदीले सबैभन्दा पहिला देशवासीसँग क्षमा माग्न चाहेको बताउनुभयो । मोदीले सम्बोधन गर्दै कति नागरिक आफूसँग रिसाएको पनि बताउँदै यो कोरोना विरुद्धको लडाइ भएको र यसलाई जित्न सबै घरभित्रै रहनु सबैभन्दा उतम उपाय भएको उल्लेख गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । 



मोरङ चैत  १६ गते । रातो तारा डट कम,पिएलहो ल्यब्रीकेट द्धारा ७० बेडको क्वारेन्टाइन निर्माण विराटचोक, माेरङ/ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले सुन्दरहरैंचामा विपत्ती आइलाग्यो भने नागरिकलाई उपचारमा सहयोग होस् भनि आइतबार पूर्वाञ्चल ल्युव आयल प्रालि (पीएलओ) ७० वटा बेड भएको क्वारेन्टाइन निर्माण गरेको छ ।

वडा नम्बर ८ मा रहेको दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टग्राम कर्भडहल मा ७० बेडको क्यारेन्टाइन निर्माण गरी नगरप्रमुुख शिवप्रसाद ढकाललाई पीएलोका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले चामी हस्तान्तरण गरेको छन् । 

चावी हस्तान्तरण गरीए पछि आवस्यक परेको खण्डमा  यसलाई नगरपालिकाले संचालन गर्ने छ  । 
नगरपालिका भित्र महामारीबाट बिपत्ती  आएमा अस्पतालमा बेडको अभाव सृजना भइहाले यहाबाट सबै सेवा संचालन गर्न मिल्ने गरी निर्माण गरीएको समेत निर्देशक दुलालले बताए । 

विश्वमा भहामारीले भयावह अवस्था लिने देखिएकाले होम क्वारेन्टाइनमा बस्न समेत उनले आग्रह गरे । 
यसैगरी आफ्ना कर्मचारीलाई निशुल्क माक्स ग्लोब र सेनिटाइजर वितरण गरेका छन् । 

यसैक्रममा उनले वडा नम्बर ८ मा रहेका केहि परिवारलाई माक्स वितरण गरेका छन् । माक्स किन्न जान नपाएकालाई गाउँमा गइ माक्स वितरण गरेका हुन् । यसैक्रममा उनले कोरोनाका विषयमा सचेतना गराएका छन ।

पीएलओले यस अघि सुन्दरहरैंचाका विभन्न स्थानमा सेनिडाइजर सहित हात धुने धारा जडान गरेको थियो ।


श्याम राई-उदयपुर-गाईघाट चैत १६ गते । रातो तारा डट कम,
उदयपुरको रौतामाई गाउपालिकाले १० लाख रुपैँयाको कोरोना प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ ।

कोभिड १९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै गाउँपालीकाले आईतबार कोष खडा गरेको गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत खम्बराज राईले बताए ।

कोषमा जम्मा गरिएको रकमबाट कोरोनाको माहामारी पुर्व  तयारी गरिनुको साथै भविष्यमा आउने अन्य प्रकृति प्रकोपसँग जुध्न सहयोग गरिने अधिकृत राईले बताए ।

कोषमा पालीकाको विपद व्यवस्थापन कार्यक्रमबाट ५ लाख, जनप्रतिनिधिहरुको ५ दिनको सुविधा, कर्मचारीहरुको १ दिनको सुविधा गरी १० लाख रुपैँयाको कोष स्थापना गरिएको हो ।

कोरोना भाईरस विरुद्ध उच्च सतर्कता अपनाउँदै स्वास्थ्यचौकी मुर्कुचीमा ३ वेडको क्वारेन्टाईन स्थापना गरिएको र त्यसलाई थप गर्दै लैजाने गाउँपालीकाको योजना छ । गाउँपालीकाको सवै स्वास्थ्य चौकीहरुमा हेल्थ डेस्क स्थापना गरिएको र आउजाउ हुने नाकाहरुमा पनि हेल्थ डेस्क राखिएको अधिकृत राईले बताए ।

त्यसैगरि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी हरुको व्यक्तिगत सुरक्षाको लागी पीपीई उपलब्ध गराईएको राईले बताए । “स्वास्थ्यकर्मी कार्यलयमा जुनसुकै समयमा उपचार तथा परामर्ष सेवा पु्याउने गरी व्यवस्थित गराएको छौँ ।” 

अधिकृत राईले भने । गाउँपालीका भित्र संचालित ४ वटै एम्बुलेन्स सेवालाई २४ सै घण्टा तयारी अवस्थामा राखेका
छौँ । कोरोना भाईरस संक्रमित वा संकास्पद मानिस भेटिएमा एम्बुलेन्स निसुल्क सेवाको लागी व्यवस्था गरेको गाउँपालीकाका अध्यक्ष गजेन्द्र खड्काले बताए ।





शिव भट्टराई,मोरङ चैत १६ गते । रातो तारा डट कम,विश्व भरी आतङ्कको रूपले फैलिएको कोरोना भाइरसका कारण सरकारले अहिले केही दिनका लागि देशैभरी लकडाउन गरेको छ।यसै क्रममा कोरोना भाइरस नियन्त्रण र रोकथाममा सुन्दरहरैचामा डिउटीमा रहेका सुरक्षाकर्मीहरुलाई  सुन्दरहरैचा ४ का युवा व्यवसायी चन्द्र कोइराला र रमेश भट्टराई द्वारा मिनरल वाटर र खाजा सामाग्री वितरण गरिएको छ।

कठिन परिस्थितिमा पनि अहोरात्र खटेर जनताको सेवामा लागि परेकाले हौसला साथै आत्मबल बढाउन सो कार्य गरेको व्यवसायी रमेश भट्टराईले बताए।उनले अहिलेको महामारीको अवस्थामा प्रहरीले गरेको काम प्रसंशनीय भएको बताउदै यस्तो कार्यमा सबैले सकेको सहयोग गर्न आग्रह गर्दै आफूले पनि लकडाउन भरी प्रहरीका लागि खाजा साथै पानि वितरण कार्य जारी राख्ने बताए।


बिराटनगर, चैत्र १६ गते । रातो तारा डट कम,प्रहरी चौकी प्राप्चा ओखलढुङगामा कार्यरत प्रहरी हवल्दार नविन कुमार ढकाल र इलाका प्रहरी कार्यालय कटारी उदयपुरमा कार्यरत प्रहरी जवान  सन्तोष भुजेल फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् ।

विभागिय मुल्य-मान्यता,आदेश-निर्देशनको पालना गरी व्यवसायिकलगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ व्यक्ति अपहरण, अवैध हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरु तथा कर्तव्य ज्यान जस्तो जघन्य आपराधको घटना घटाई फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न अहम भुमिका निर्वाह गरी  अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय  कार्य गरेकोले प्रहरी चौकी प्राप्चा ओखलढुङ्गामा कार्यरत प्रहरी हवल्दार नविन कुमार ढकाल र इलाका प्रहरी कार्यालय कटारी उदयपुरमा कार्यरत प्रहरी जवान सन्तोष भुजेललाई निजहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७६ साल फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।   

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । 

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।


बिराटनगर चैत १६ गते । रातो तारा डट कम,प्रहरीलाई खाजा सहयोग बिराटनगर १६ चैत जीवन बिकास समाजले कोराना भाइस नियन्त्रण र रोकथाममा फिल्ड्मा खटिने प्रहरीलाई मिनरल वाटर र खाजा सामाग्री प्रदान गरेको छ।

मोरङ,सुनसरी र झापाका करिब ३ हजार ६ सय प्रहरीलाई बितरण गरेको हो।कठिन परिस्थितिमा पनि काम गरेकाले दैनिक २ बोतल पानी सहित बिस्कुट ,चाउचाउ तीन दिनलाइ पुग्ने सामग्री पुग्ने गरि प्रदान गरिएको जीवन बिकास समाज लघु बित्तका डेपुटी सियोदामोदर रेग्मीले जानकारी दिनुभयो।

कठिन परिस्थितिमा प्रहरीले गरेको काम प्रससनिय  भएको बताउदै यस्तो कार्यमा सबैले सकेको सहयोग गर्नुपर्ने बताउनु भया।


मोरङ, चैत्र १६ गते । रातो तारा डट कम,मोरङको वेलवारी नगरपालिका(३ पुर्व पश्चिम लोकमार्गबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेलवारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको छथरजोरपाटी गाउँपालिका(६ का २३  बर्षीय मोहन खड्का र लालीगुराँस गाउँपालिका(३ तेह्रथुमका ५६ बर्षीय रमेश कार्कीलाई शुक्रवार राती साँढे ८ बजे लागुऔषध सहित पक्राउ गरेको हो । को २४ प ३२८७ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई ९ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।


काठमाडौ चैत १६ गते । पोखरा महानगरपालिका वडा नं. ५ धारपानी मार्ग पोखरामा महिलाहरुले घर मै माक्स तथा पिपिइ निर्माणको काम थालेका छन् । वडा कार्यालयको सहयोगमा संचलित हाम्रो रचनात्मक गार्मेन्ट उद्योगमा काम गर्ने महिला दिदि बहिनीहरुले अहिले घर मै माक्स तथा पिपिइ निर्माणको काम गरिरहेको बताएका छन् । उनिहरुले अहिलेसम्म ५० हजारको हाराहारीमा माक्स उत्पादन गरेको  त्यसलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा पठाईएको जनप्रतिनिधि समेत रहेकी गार्मेन्टकी संयोजक अन्जु केसीले जानकारी दिनु भयो।



काठमाण्डौ चैत १६ गते । रातो तारा डट कम,प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित सङ्क्रमितलाई लक्षित गरेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना गरिएको छ । कोरोना भाइरसको आशङ्का गरिएका बिरामीकोे स्वाब परीक्षण आजदेखि धरानमै हुनेछ । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीवकुमार शर्माले प्रयोगशालाबाट दैनिक १२ जनाको स्वाब परीक्षण गरिने जानकारी दिनुभयो । ल्याबको क्षमता भने अधिकतम उपयोग गर्दा दिनमा ३० वटासम्म परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ । यसअघि कोरोना सङ्क्रमणको परीक्षण काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र हुँदै आएको थियो । धरानमै परीक्षण हुने भएपछि स्वाब सङ्कलन गरी काठमाडौँ पठाउनुपर्ने बाध्यता हट्नेछ । 


काठमाण्डौ चैत १६ गते । रातो तारा डट कम, कोरोना भाइरसको सङ्क्रमण रोक्न र उपचार गर्न चीनबाट पठाइएको आवश्यक स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ । आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज आज बिहान काठमाडौँ आइपुगेको हो । हिजो मध्यान्ह् चीन गएको जहाज आज बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरूले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक (पीपीई) लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौँ आएको हो । यी सामग्रीलाई आजैदेखि प्रदेश तथा स्थानीय तहसम्म पु¥याउन सरकारले सुरु गर्ने जनाएकोछ । 


काठमाण्डौ चैत्र १६ गते । रातो तारा डट कम,अछाम जिल्लामा नोभेल कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण, रोकथाम, उपचार तथा व्यवस्थापनका लागि गठन गरिएको समन्वय समितीले क्वारेन्टाईन व्यवस्थापन कार्यलाई जोड् दिने निर्णय गरेको छ । यसलाई प्रभावकारी बनाउनका लागि जिल्लामा छुट् भएका सुरक्षा निकायका स्थानीयस्तरका प्रमुुख सदस्य रहने गरि थप गर्ने लगायतका निर्णय भएको छ । अछामका प्रमुुख जिल्ला अधिकारी एँव कमाण्ड पोष्ट समितिका अध्यक्ष पुण्य बिक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले सफा, सुरक्षित, स्वच्छ, खाना र पानीको व्यवस्था, बस्नको लागि कम्तीमा ४ फिटको दुरि भएको हुुनुपर्ने, स्वास्थ्य परीक्षण, शौचालय र नुहाउने व्यवस्था गर्ने लगायतका निर्णय गरेको हो ।  अनलाइन सन्चारमाध्यम र सञ्चारमाध्यामबाट आम नागरिकलाई सचेत गराउने र सञ्चारमाध्यामसँग आवश्यक समन्वय र सहकार्य सबै स्थानिय तहले गर्ने निर्णय पनि गरिएको छ । 


काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेहरुको सङ्ख्या नौ सय नाघेको छ । भारतमा १५ नयाँ सङ्क्रमित फेला परेका छन् । यसअघि हिजो १ सय ६० नयाँ सङ्क्रमित देखिएका थिए । भारतको सबैभन्दा प्रभावित राज्य केरलामा १ सय ७६ सङक्रमित फेला परेका छन् भने महाराष्ट्रमा सङ्क्रमितको सङ्ख्या १ सय ६२ पुगेको छ । अहिलेसम्म भारतको २७ राज्यमा कोभिड–१९ को प्रकोप फैलिइसकेको छ । नेपालसँगको सीमानाका जोडिएका राज्यहरुमध्ये बिहारमा अहिलेसम्म नौ जनामा भाइरसको सङ्क्रमण देखिएको छ भने उत्तर प्रदेशमा ४९ जनामा सङ्क्रमण देखिएको छ ।


शिव भट्टराई,मोरङ चैत १५ गते । रातो तारा डट कम,विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले गरेको लक डाउनमा हुने खाने हरुलाई त केही असर नपर्ला तर सोही लक डाउन ले बिहान काम गरेर बेलुकाको छाक टार्ने मजदुरहरु खाद्यान्नको अभावका कारण ज्यान पनि जान सक्ने स्थितिमा पुग्ने सम्भावना हुन्छ।

यसै क्रममा सुन्दर हरैचा नगरपालिका वार्ड नं ६ का जनप्रतिनिधि डम्बर थापाको नेतृत्वमा परिवर्तन राष्ट्रिय सञ्जालका अध्यक्ष जय प्रकास रायमाझी , युवा संघ नेपाल मोरङका सदस्य प्रविन घिमिरे त्यसैगरी युवा अभियन्ता असिम जंग किरातीकाे सहयोगमा शनिबार सुन्दर हरैचा वार्ड नं ६ को सुकुम्बासी बस्तीमा १० बोरा र वार्ड नं ४ को खोला टोलीमा २० बोरा चामल वितरण गरिएको छ।

यस्तो संकटको अवस्थामा पनि सुन्दर हरैचा का युवाहरु समाज सेवामा जुटी उदाहरणीय कार्य गरेकोमा जनप्रतिनिधि डम्बर थापाले खुसी व्यक्त गरेका छन्।


काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम लकडाउनको उलंघन गरी मोरङ जिल्ला भरी  सवारी साधन मोटरसाईकलरस्कुटी(६१, ट्रयाक्टर ३, ट्रक(२ गरी जम्मा ६६ वटा सवारी साधन नियन्त्रणमा लिईएको छ ।


शिव भट्टराई,मोरङ चैत  १५ गते । रातो तारा डट कम,कोरोना भाइरस संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा दैनिक उपभोग्य सामानहरुको अभाव नहोस भनेर मोरगंको सुन्दरदुलारी उद्योग वाणिज्य संघले सक्रियता वढाएको छ । 

सुन्दरहरैचा नगरपालिका क्षेत्रमा रहेका उद्योगी व्यवसायीहरुसंग रहेको मौज्दात उपभोग्यवस्तुहरुका विषयमा जानकारी हासिल गर्दै आगामी दिनमा समेत दैनिक उपभोग्यवस्तुहरुको अभाव हुन नदिन सुन्दरदुलारी उद्योग वाणिज्य संघले सक्रियता वढाएको हो । 

उद्योग वाणिज्य संघले सुन्दरहरैंचाका गोठगाउँ , सलकपुर , वाँसवारी , गछिया लगायतका ठाउँमा दैनिक उपभोग्यवस्तुहरु विक्री वितरण गर्दै आएका व्यापारीहरुसंग हालको मौज्दातका विषयमा जानकारी लिदै आगामी केही दिन सम्मलाई पुग्ने अवस्था रहेको व्यापारीहरुले जानकारी दिएको अध्यक्ष किशोर कार्कीले वताए । 

उनले त्यस  पछि पनि अहिलेकै अवस्थामा वस्नु परेको खण्डमा दैनिक उपभोग्य सामानहरुको ठुला व्यवसायी तथा धान कुटाउने मिलहरुसंग समन्वय गरी उद्योग वाणिज्य संघले ढुवानी गरी विक्री वितरणका लागि सहज वनाउने यो अवस्थामा कुनै पनी कालो बजारी गरेको नपाइएको अध्यक्ष कार्कीले जानकारी दिए । 

लकडाउनको कारण प्रभावित वनेका  दैनिक ज्यालादारी गरेर खाँदै आएका गरिव तथा विपन्न परिवारका मानिसहरुलाई पुरै अभावको अवस्था आएमा  सुन्दरहरैचा नगरपालिकासँग समन्वय गरी खाद्यान्न उपलब्ध गराउने  व्यवस्था मिलाउने र यो लकडाउनको अवधी भरको घर भाडामा छुट लगायतका लागी पनी सम्बन्धीत निकाय तथा नेपाल उद्योग वाणिव्य महासंघ संग पहल गर्ने  अध्यक्ष कार्कीले जानकारी दिए ।


काठमाडौ चैत १५ गते । रातो तारा डट कम,बाँके-काठमाण्डौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । 
क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौंबाट नेपाल एयर लायन्सको वाई १२ ट्विन अट्टर जहाज आएको नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।
अवतरण गर्ने क्रममा धावनमार्ग भन्दा अलिकति अगाडि गयो, तर, जहाज रोकिइसकेका कारण कुनै दुर्घटना भएन’ उनले भने । धावनमार्गबाट विमान चिप्लिए पनि चालकदलका तीनजना सदस्य र यात्रुका रुपमा पुगेका दुईजना चिकित्सक सुरक्षित रहेको नेपालगञ्ज विमानस्थल कार्यालयले जानकारी दिएको छ ।


काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७६ चैत १६ गते आफ्नो स्थापनाको ६५ औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आमनेपाली सञ्चारकर्मीका साथै लोकतन्त्र, नागरिक अधिकारका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ । यसमा हाम्रा अग्रजहरूको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ केन्द्रीय समिति गर्व गर्दछ । आगामी दिनमा जस्तोसुकै प्रतिकूल अवस्थामा पनि हाम्रो संघर्षपूर्ण इतिहास र अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ दृढतापूर्वक लागिरहने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु ।

यतिवेला नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम छ । सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीबीच गुज्रिरहेको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत अभ्यास सुरु भएसँगै केन्द्र, प्रदेश र स्थानीय तहमा निर्वाचनमार्फत् जनप्रतिनिधिहरूले सरकार सञ्चालन गरेको दुई वर्षभन्दा बढी समय बितिसकेको छ ।

यसबीचमा सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारवाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्ने आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ । यसैगरी राष्ट्रिय सम्वृद्धि र विकासका पक्षमा नेपाली मिडिया जगत् र आमसञ्चारकर्मीको योगदानप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता हो । संघ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री सञ्चार नीति, कानून र संरचना निर्माणका लागि महासंघले पहल र खवरदारी गर्दै आएको स्मरण गराउन चाहन्छु । नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति

अनुरुप सरोकार पक्षसँगको छलफल र सहमतिमा सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि नेपाल सरकार र सम्वन्धित निकायलाई महासंघले पटकपटक आग्रह गर्दै आए पनि हाम्रा सरोकारहरुको उचित सुनुवाई हुन सकेको छैन । प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखेर सरकारले संसद्मा प्रस्तुत गरेका कतिपय कानूनमा आंशिक सुधार भए पनि हाम्रा सरोकारहरुको पर्याप्त सम्बोधन हुन सकेको छैन । जसका कारण सञ्चार क्षेत्रमा अझै पनि संघीयता कार्यान्वयन हुन सकेको छैन र संक्रमणकै अवस्था कायम 
छ । यस अवसरमा म पुनः महासंघसहित सरोकार पक्षसँग पर्याप्त छलफल र सहमतिमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी सञ्चारसम्बन्धी कानून अघि बढाउन आग्रह गर्दछु ।

महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चार माध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरण, विज्ञापन परिषद्जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुर्नसंरचना, समानुपातिक विज्ञापन वितरण प्रणालीको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूमा म पुनः ध्यानाकर्षण गराउँदछु ।

पछिल्ला दिनहरूमा प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मकरूपमा केही कमी आए पनि प्रवृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ । श्रमजीवी पत्रकारहरूका समस्या ज्यू का त्यू छन् । यस अवस्थामा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापना एवम् सञ्चार क्षेत्रका समस्या समाधानका लागि यस क्षेत्रमा आवद्ध सवैको साझा सरोकार हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउदछु । महासंघ यी सबै समस्या समाधानका लागि सञ्चार क्षेत्रका विभिन्न संघ, संस्था र व्यक्तित्वहरुसँग बृहद एकता र साझेदारीका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

नेपाल पत्रकार महासंघ नेपालकै पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था हो । अहिले महासंघ मातहत १० प्रदेश समिति, ७६ जिल्ला शाखा, ४२ प्रतिष्ठान शाखा, ११ बैदेशिक शाखा र १२ एशोसिएट संस्था आवद्ध
छन् । मुलुकका संघ संस्थामध्ये सबैभन्दा बढी समावेशी र सबैभन्दा पहिले संघीय ढाँचामा जाने संस्था बनेकोमा हामी गर्व गर्दछौ । महासंघले स्थापनादेखि नै निरन्तररुपमा

 लोकतान्त्रिक विधि र प्रक्रियावाट नेतृत्व चयन गर्नुका साथै नियमितरुपमा आफ्ना अधिवेशन र साधारणसभा गर्दै आएको छ । यस वर्ष महासंघको अधिवेशन सम्पन्न गर्नुका साथै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् केन्द्र, प्रदेश र शाखाहरुको नेतृत्व चयन गर्नुपर्ने दायित्व पनि हाम्रा सामु छ । यी जिम्मेवारी पूरा गर्न आम सदस्य साथीहरु र शुभेच्छुकहरु विगतमा झै साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दछु ।

स्थापना दिवसको पूर्वसन्ध्यामा म नेपाल पत्रकार महासंघलाई शुभकामना तथा शुभेच्छा प्रकट गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै स्थापना दिवसको यस दिनले हामीलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरणा दिने अपेक्षा गर्दछु । 

साथै, यसपटक विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको सक्रमणका कारण नेपालमा स्थापना दिवसका अवसरमा खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था रहेन । यस्तो अवस्थामा सम्पूर्ण सञ्चारकर्मी साथीहरुलाई कोरोनाको संक्रमण नियन्त्रणमा सघाउ पु¥याउने गरी सचेतनामूलक सामग्री प्रवाह गर्न आग्रह गर्दछु । आफू सुरक्षित रही सत्य, तथ्य र सन्देशमूलक सामग्री प्रवाह गर्ने आफ्नो दायित्वप्रति सबै पत्रकार सजग रहेको महासंघको विश्वास छ ।

महासंघ स्थापना दिवसको यस अवसरमा विभिन्न संचार माध्यमहरुमार्फत् महासंघको औचित्य, योगदान र अग्रजहरुको भूमिका एवम् नेपाली सञ्चार क्षेत्रका तमाम मुद्दाहरुबारे चर्चा, परिचर्चा र बहस अघि बढाउन म महासंघमा आवद्ध साथीहरुमा आग्रह गर्दछु । स्थापना दिवसका अवसरमा गत वर्षहरुमा महासंघका पूर्वसभापति तथा अध्यक्ष, उपसभापति, उपाध्यक्ष र महासचिवलाई सम्मान गरिएको छ । 

यस वर्ष पूर्वसचिव र कोषाध्यक्षहरुलाई सम्मानको कार्यक्रम केही समय पछि गरिने जानकारी गराउँदै महासंघको संस्थागत विकास र सहकार्यका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापक, पत्रकारिता सम्वद्ध संघसंस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील संघसंगठनको नेतृत्व तथा सदस्यहरूलाई हार्दिक आभार व्यक्त गर्दछु ।
गोविन्द आचार्य
अध्यक्ष




काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,नेपाली लोकदोहोरी गीत संगीतमा टप्पा गीतको आफनै किसिमको महत्व रहदै आएको छ  । गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको  ”ए कान्छा ”  गीतको भिडियो युटुवमा सार्वजनिक भए सगँै चर्चाको शिखरमा रहेको छ  । मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको गायिका जमुना आचार्यले बताइन  । मायालु प्रेमी प्रेमीकाको जिवन भोगाईलाई गीतमा समेटिएको छ  । जमुना आचार्यको शब्द तथा लय सिर्जना गीतमा रहेको छ  । धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जिवन भोगाईलाई गीतमा समेटिएको छ  । प्रतिक बहादुर श्रेष्ठको छायाँकन , दिनेश मुस्कानको स


काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,नोभेल कोरोना भाइरस (कोभिड १९) बाट बच्न र यसको उपचारमा प्रयोग हुने मेडिकल उपकरण ल्याउनका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीनको ग्वाङझाओ जाँदैछ । ए ३३० वाइडबडी जहाज मध्यान्न साढे १२ बजे काठमाडौँबाट चीनको ग्वाङझाओ प्रस्थान गर्ने भएको हो ।

नेपाल एयरलाइन्सका अपरेशन बिभाग प्रमुख दिपु ज्वार्चनका अनुसार कार्गो उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जहाजलाई उडान अनुमति दिइसकेको छ । यसअघि चीनमा कोरोना सङ्क्रमण फैलिँदै गएपछि वुहान सहरमा बसोबास गर्ने नेपालीलाई पनि नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट उद्धार गरेर स्वदेश ल्याइएको थियो ।

नेपाल एयरलाइन्सको ट्विनअटर विमानले आज लुक्लामा ५ वटा उडान गर्ने भएको छ । लुक्लामा अलपत्र बिदेशी पर्यटकको उद्धार गर्न दुईवटा ट्विनअटर जहाजले उडान भर्न लागेका नेपाल एयरलाइन्सले जनाएको छ । लुक्लाबाट पर्यटक लिन सीता एयरले पनि उडान अनुमति पाएको छ । 

आजै श्री एयरलाइन्सको जहाजले पोखरामा रहेका पर्यटक ल्याउन जानेछ । सुदूर तथा मध्यपश्चिम क्षेत्रमा सङ्कलन भएका कोरोनाका शङ्कास्पद बिरामीको नमूना ल्याउन नेपाल एयरलाइन्सको जहाज आजै नेपालगञ्ज जानेभएको छ । 



काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,जजारकोटबाट २० बर्ष अघि पोखरा आएका सम्भुनाथ योगीले आफ्नै कारखानामा व्यक्तिगत शुरक्षा सामाग्री (पिपिई) बनाएका छन् । पोखराको बिरौटा स्थित कर्णाली गार्मेन्ट उद्योगमा उनले पिपिई बनाएका हुन् । उनले मितेरी मातृशिशु अस्पतालको अर्डरमा उनले ५० थान पिपिई र सयौंको संख्यामा माक्स बनाईरहको छन् । बिशेषत झोला र ज्याकेटको मात्र उत्पादन गर्दै आएको कर्णाली गार्मेन्ट उद्योगले अहिले देशमा देखिएको संकटलाई मध्यनजर गर्दै पिपिई र माक्स उत्पादनमा जोड दिएको योगी बताउँछन् । उनले सरकारले सहयोग गरेको खण्डमा आफूले जति पनि उत्पादन गर्न सक्ने बताए ।


काठमाडौ । रातो तारा डट कम,विश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा हिजोबाट किटनासक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ ।

बिहीबार महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरेको महानगरले हिजो देखि  जिरोकिमीदेखि हल्लनचोक, लेकसाइडहुँदै सहिदचोक सम्मको सडकमा किटनासक औषधी छर्केको हो ।

महानगरले लेकसाइड क्षेत्रमा किटनासक औषधी छर्न दमकल प्रयोग गरिएको थियो । त्यसैगरी हरिचोक,सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट, शिक्षा कार्यालयचोक लगायतका ठाउँमा किटनासक औषधी छरिएको स्वास्थ्य महाशाखाका सिनियर अहेब हरिलाल आचार्यले जानकारी दिए ।

विशेष गरी पोखराका भीडभाड हुने स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा किटनासक औषधी छरिएको महानगरपालिकाले जनाएको छ । बिहीबार पोखराको चिप्लेढुंगा क्षेत्रमा पनि औषधी छरेको थियो ।

महानगरका प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौताराहरु लगायत सडकका असिलो र घाम नलाग्ने ठाउँहरुमा किटनासक औषधी छरिने बताए । मेयर जिसीले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीलाई अनुरोध समेत गरेका छन् ।

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन महानगरले थालेको कोरोना रोकथाम अभियान अन्तर्गत बिहीबार किटनासक औषधी छर्कने कामको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले संयुक्तरुपमा गरेका थिए ।



काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,कोरोना भाइरसको औषधी घरको मुल ढोकामा खन्दा भेटिने भनेर अफवाह फैलाउने व्यक्तिको प्रहरीले खोजी सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशमा सबैको घरको मूख्य दैलोको दाँयाँपट्टी कालो कोईला जस्तो बस्तु भेटिने बस्तुलाई तिलकको रुपमा निधारमा लगाएपछि कोरोना भाइरस ठीक हुने भनेर गरिएको हल्ला एकाएक सुदूरपश्चिम प्रदेशभरि फैलिएको थियो । हल्ला पत्याएर अधिकांशले दैलोको दाँयाँपट्टी खनेका थिए । कारोनाको संन्त्रास भएको बेला यस्तो गलत प्रचार गर्ने ब्यक्तीको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलिपसिं देउवाले बताउनुभयो । 




काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,माघ १५ गतेदेखि बन्द चीनतर्फका रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका हिजोबाट खुला भएका छन् । सामान ल्याउन मिल्नेगरी नाका खुला गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिनुभयो । सामान ओसारपसारमा संलग्न चालक, कामदार तथा कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण जाँच गरेर मात्रै आवतजावत गर्न दिने पनि उहाँले बताउनुभयो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधबार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो । चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर रोकिएको दुई महिनाभन्दा बढी भयो । 



काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,कोभिड १९ को सम्भावित जोखिम कम गर्न सरकारले घोषणा गरेको लकडाउन पूर्ण रूपमा कार्यान्वयनमा नआएको भन्दै प्रहरीले जाँचमा कडाइ गरेको छ । लकडाउन घोषणा भएको कुरालाई पनि ख्यालनै नगरी भित्री सडकहरुमा अत्यावश्यकबाहेकका मानिसको आवतजावत नरोकिएपछि प्रहरीले कडाइ गर्ने नीति लिएकोछ । गत मङ्गलबारदेखि एक हप्ताका लागि लकडाउनको घोषणा गरे पनि प्रहरीले सुरुवाती दिनमा सडकमा निस्कनेहरूलाई सम्झाइबुझाई गर्ने गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले लकडाउन अवज्ञा गर्नेविरुद्ध कडा कारबाही सुरु गरेको सीआईएनलाई जानकारी दिनुभयो । विशेष टोली नै परिचालन गरी मुख्य सडक तथा भित्री गल्लीमा समेत निस्केकालाई तत्काल पक्राउ गर्न आदेश दिइएको उहाँले बताउनुभयो । परिसरमातहतका १४ वटै वृत्तको टोली परिचालन गरिएको र हेटक्वार्टरबाटसमेत थप मद्दत मागिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 



काठमाण्डौ चैत १४ गते । रातो तारा डट कम,कोरोना भाइरस सङ्क्रमणबाट बच्न सरकारले लागु गरेको लकडाउनको समयमा नागरिकलाई सहज रुपमा खाद्य पदार्थ परिपूर्ति गराउन बाराको निजगढ नगरपालिकाले नगर भित्रका खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीका व्यवसायीहरुलाई निर्देशन दिएको छ । मेयर सुरेशकुमार खनालको आह्वानमा सुरक्षाकर्मी र खाद्यान्न व्यवसायीहरुबीच आज सम्पन्न बैठकले दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्ति तथा बिक्रीको व्यवस्था मिलाउन आपूर्ति तथा बिक्रि व्यवस्थापन समिति गठन गरेको छ । वडा नम्बर ८ का वडा अध्यक्ष तथा बारा उध्योग वाणिज्य संघ निजगढ शाखाका पूर्व अध्यक्ष टेकबहादुर लामाको संयोजकत्वमा आपूर्ति तथा बिक्री व्यवस्थापन समिति गठन गरिएको मेयर खनालले जानकारी दिनुभयो 


शिव भट्टराई,मोरङ चैत  १४ गते । रातो तारा डट कम,सशस्त्र प्रहरी बल हाइवे सुरक्षा पोष्ट सलकपुरले लकडाउनमा कडाइ गरेको छ । कोरोनाको संक्रमणबाट बच्न देशभर लकडाउन भएपनि कतिपय ठाउँमा मनिसहरुले लकडाउन उल्लंघन गरिरहेको बेला मोरङको सुन्दरहरैंचा क्षेत्रमा कडा चेकजाँच गर्न थालिएको छ । 

मानिसहरु अत्यावश्यक काम बाहेक समेत घर बाहिर निस्कन थालेकाले संक्रमण फैलिने डर बढेको भन्दै सशस्त्र प्रहरी बल हाइवे सुरक्षा पोष्ट सलकपुरले आफ्नो क्षेत्र भित्रका विभन्न ठाउँमा टोली परिचालन गरि चेकजाँचमा कडाइ गरेको हो ।

सुरक्षा पोष्ट सलकपुरले राजमार्गमा कुद्ने सवारी साधानलाई रोकेर चेकजाँच गरि अत्यावश्यक काम बाहेक नहिंड्न भनेर सम्झाउने समेत गरेको पोष्टका इञ्चार्ज विदुर भट्टराईले जानकारी दिनभुयो । चेकजाँच बढाएसँगै अघिल्लो दिनको तुलनामा बाहिर निस्कीएर हिंड्ने मानिसहरुको संख्यामा कमि आएको उहाँले बताउनुभयो ।

साथै खाद्यान्न सामान खरिद गर्ने क्रममा समेत किराना पसलहरुमा अनावश्यक भिडभाड नगरि दिन आग्रह गर्नुका साथै २ मिटरको दुरी कायम गरेर मात्र विक्रि वितरण गर्न सुझाव दिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच सशस्त्र प्रहरी बल हाइवे सुरक्षा पोष्ट सलकपुरले सुन्दरहरैंचा–४ स्थित दुलारी चौकमा भेला भएर क्यारेम बोर्ड खेलिरहेको एक समुहलाई लखेटेको छ । लकडाउनको समयमा १२,१५ जना भेला भएर क्यारेमवोर्ड खेलिरहेको पाइएकाले क्यारेमबोर्ड नियन्त्रणमा लिएर उनीहरुलाई लखेटिएको भट्टराईले जानकारी दिनुभयो ।

उहाँले नगर क्षेत्रमा लकडाउन उल्लंघनका घटना भए तत्काल खबर गर्न समेत सबैलाई आग्रह गर्नु भएको छ ।


शिव भट्टराई,मोरङ चैत १४ गते । रातो तारा डट कम,जाँते, मोरङको लेटाङ नगरपालिका ९ नम्बर वडा कार्यालयले कोरानो भाइरस नियन्त्रणका साथै लकडाउनको अवस्थामा आउन सक्ने समस्या समाधानका लागि १८ सदस्यीय सर्बदलिय समन्वय समिति गठन गरेको छ । 

शुक्रबार वडा कार्यालयमा बसेको सर्वदलीय बैठकले वडाध्यक्ष कृष्णप्रसाद लुईटेलको संयोजकत्वमा समन्वय समिति गठन गरेको हो । समितिले कोरोना भाइरसको संक्रमण भएका मुलुकबाट वडामा आएकाहरुको पहिचान, निगरानी र आवश्यक परे क्वारेन्टाइनमा पठाउने, कसैलाई कोरोना भाईरस सम्बन्धि लक्षण देखा परेमा तत्काल उद्घार गर्ने, लकडाउनको अवस्थामा विपन्न परिवारमा खाद्यान्नको समस्या भएर तत्कल समाधान गर्ने तथा वडा क्षेत्रमा लकडाउनको अवस्थामा देखापर्ने समस्या समाधानका लागि सहजिकरण गर्ने वडाध्यक्ष कृष्ण लुईटेलले जानकारी दिनुभयो । 

वडामा रहेका ७ वटा टोलबाट १÷१ जना, वडाका जनप्रतिनिधि, पार्टी प्रतिनिधि, शिक्षक र प्रहरीबाट गरि १८ जनाको समन्वय समिति गठन गरिएको र हरेक टोलका प्रतिनिधिले टोलको अवस्था बारे जानकारी गराउने गरि व्यवस्था गरिएको समिति सदस्य तथा नेकपाका प्रतिनिधि सोमनाथ निरौलाले जानकारी दिनुभयो । कुनै समस्या परेमा वडाको सम्पर्क नम्बर ९८५२०७५३०९ र अस्थाई प्रहरी चौकी जाँतेको सम्पर्क नम्बर ९८५२०८७००० मा तत्काल खबर गर्न समेत समन्वय समितिले आग्रह गरेको छ । 

यसैबीच अस्थायी प्रहरी चौकी जाँतेका इञ्चार्ज बौद्धराज कार्कीले १५ दिन यता वडामा कोरोना भाइरस संक्रमण भएको मुलुकबाट कोहिपनि नआएको र संक्रमणको लक्षण भएका कुनै पनि ब्यक्ती फेला नपरेको जानकारी दिनुभयो । यसअघि लेटाङ नगरपालिकामा कोरोनाको संक्रमण फैलिन नदिन  प्रबेश नाकामा चेकजाँच गर्ने गरिएको थियो । जसका कराण पनि हालसम्म नगरभरी कसैमा पनि संक्रमणको आशंका गर्नुपर्ने अवस्था नआएको नगर प्रमुख शंकर राईले जानकारी दिनुभयो । 

चिनको वाहुङ शहरबाट माहामारी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाईरस) अहिले विश्वभर फैलिएको छ । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमित व्यक्ति ३ जना फेला परेकामा १ जना उपचार पश्चात घर फर्किसकेका छन् भने अन्य २ जनाको उपचार भइरहेको छ  ।



फियल फोटो,
काठमाण्डौ चैत १४ गते । रातो तारा डट कम,लालीगुराँस नगरपालिका केन्द्र बसन्तपुरबाट ३ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर क्वारेनटाईनमा राखिएको छ । भारतको पश्चिम वंगालबाट कांकडभिट्टा नाका हुदै तेह्रथुमको बसन्तपुर आईपुगेका उनीहरु मध्ये एक जनालाई रुघा खोकीसहित उच्च ज्वरो देखा परेपछि नियन्त्रणमा लिएर क्वारेनटाईनमा राखीएको लालीगुराँस नगरपालिका स्वास्थ्य शाखाले जनाएकोछ । 



काठमाण्डौ चैत १४ गते । रातो तारा डट कम,अब खान पकाउने एलपी ग्यासको सिलिण्डर आधा मात्र वितरण गरिने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगलाई निर्देशन दिएको छ । मागअनुसार ग्यास पु¥याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर मात्रै ग्यास बेच्ने निर्णयमा निगम पुगेको हो । आयल निगमले गयराति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले सीआइएनसँग बताउनुभयो । सुरुमा ग्यास आपूर्ति भएको तर उपभोत्ताले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले लकडाउन सुरु भइसकेपछि भने आधा सिलिण्डर गर्ने नीति लिएको छ । हाल एक सिलिन्डरमा १४ दशमलव दुइ किलोग्राम ग्यास हुन्छ । तर अब सिलिन्डरमा सात दशमलव एक किलो ग्राम मात्रै ग्यास हुनेछ ।



काठमाण्डौ चैत १४ गते । रातो तारा डट कम,कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले आग्रह गरेकोछ । कोरोना सङ्क्रमित विरामीसँग पहिलो पटक स्वास्थ्यकर्मीले नै भेट गर्नुपर्ने भएकाले उनीहरूलाई आवश्यक सुरक्षात्मक उपकरण दिनुपर्ने एमनेस्टीले भनेको हो । अफगानिस्तान, बंगलादेश, भारत, नेपाल र पाकिस्तानका स्वास्थ्यकर्मीले आफूहरुका लागि सुरक्षा प्रदान गर्ने उपकरणको अभाव भएको भन्दै चिन्ता व्यक्त गरिरहेको एमनेस्टीले विज्ञप्तीमा उल्लेख गरेको छ । एमनेस्टीले दैनिक रुपमा कमाएर खाने वर्गका लागि प्याकेज ल्याउन सुझाव दिएको छ । सडकमा बिभिन्न सामग्रीका विक्रेता, सरसफाइ कामदार, चालक, निर्माणकर्मी, सफा गर्ने, चिया रोप्ने कामदार, भरियालगायत लकडाउनका कारण समस्यामा परेको उसको भनाइ छ । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.