Websoft University

मेडिकल उपकरण ल्याउन नेपाल एयरलाइन्सको जहाज आज ग्वाङझाओ जाँदै


काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,नोभेल कोरोना भाइरस (कोभिड १९) बाट बच्न र यसको उपचारमा प्रयोग हुने मेडिकल उपकरण ल्याउनका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीनको ग्वाङझाओ जाँदैछ । ए ३३० वाइडबडी जहाज मध्यान्न साढे १२ बजे काठमाडौँबाट चीनको ग्वाङझाओ प्रस्थान गर्ने भएको हो ।

नेपाल एयरलाइन्सका अपरेशन बिभाग प्रमुख दिपु ज्वार्चनका अनुसार कार्गो उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जहाजलाई उडान अनुमति दिइसकेको छ । यसअघि चीनमा कोरोना सङ्क्रमण फैलिँदै गएपछि वुहान सहरमा बसोबास गर्ने नेपालीलाई पनि नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट उद्धार गरेर स्वदेश ल्याइएको थियो ।

नेपाल एयरलाइन्सको ट्विनअटर विमानले आज लुक्लामा ५ वटा उडान गर्ने भएको छ । लुक्लामा अलपत्र बिदेशी पर्यटकको उद्धार गर्न दुईवटा ट्विनअटर जहाजले उडान भर्न लागेका नेपाल एयरलाइन्सले जनाएको छ । लुक्लाबाट पर्यटक लिन सीता एयरले पनि उडान अनुमति पाएको छ । 

आजै श्री एयरलाइन्सको जहाजले पोखरामा रहेका पर्यटक ल्याउन जानेछ । सुदूर तथा मध्यपश्चिम क्षेत्रमा सङ्कलन भएका कोरोनाका शङ्कास्पद बिरामीको नमूना ल्याउन नेपाल एयरलाइन्सको जहाज आजै नेपालगञ्ज जानेभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.