Websoft University
Articles by "फोटो राजनीति"


विराटनगर । विराटनगरको अरनिको कलेजमा कक्षा ११ का भर्ना हुने नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा दिएका छन् ।

आज (विहिबार)कलेजले विज्ञान विषयमा अध्ययन गर्न १ हजार ५० सिटका लागि २ हजार भन्दा बढी विद्याथीीले परीक्षा दिएका हुन् । कलेजका प्रिन्सिपल राजेश कार्कीले अरनिको कलेज प्रति विश्वास गर्ने अभिभावक र विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्दै हामी प्रति गरेको विश्वासलाई कलेज प्रसाशनले डगमगाउन दिने छैन । कलेजले प्राप्त गरेको उचाईलाई अझै थप उचाइमा पुयाउन कडा मेहनत, परिश्रम र लगनशिलका साथ निरन्तरता दिन चाहन्छौँ ।

अरनिको कलेजमा प्रवेश परीक्षा दिएका विद्यार्थीहरूलाई एसईईको अङ्क र प्रवेश परीक्षामा पाएको अङ्कको आधारमा १० हजारदेखि १ लाख १५ हजारसम्म छुट दिने प्रिन्सिपल कार्कीले बताए । कलेजमा अध्ययन गरेका हाल अमेरिकामा रहेका पूर्व दुई विद्यार्थी दिवस थापा र नीलहरि भण्डारीे कलेजमा कक्षा ११ को विज्ञान संकाय तर्फ अध्ययन गर्न आएका ३ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्र् िदिएका छन् । 

थापाले २ जना र भण्डारीले १ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने छन् । थापाको खर्चमा २ जना गरिब जेहेनदार विद्यार्थी र भण्डारीको खर्चमा सरकारी स्कुलबाट अध्ययन गरेर आएका १ जना विद्यार्थीले निःशुल्क रुपमा अरनिको कलेजमा पढ्न पाउने छन् ।

कलेजमा सुनसरी, मोरङ, सप्तरी, सिरहाका ८५ देखि ९०प्रतिशत र बाँकी १० देखि १५ प्रतिशत अन्य जिल्लाका विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए ।


बिराटनगर |  २०८० मंसिर २८ गते रातको समयमा प्र।१-०२-००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनसरी जिल्ला दुहवी ४ बस्ने बर्ष २८ को सुनिल राजबंशीले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएको र निजलाई नियन्त्रणमा लिने क्रममा अभद्र ब्यवहार समेत गरेको हुँदा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र ब्यवहार कसूरमा दिन ७ (सात) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ ।

मंसिर ५ गते रातको समयमा को १ च ४१५८ नम्बरको एम्बुलेन्स चालक मोरङ जिल्ला रतुवामाई नगरपालिका ५ बस्ने बर्ष २९ को सफल मुर्मु सतारले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाई को २५ प २३६८ नम्बरको स्कुटरलाई ठक्कर दिनुका साथै अन्य मोटरसाईकल र पसलको सटरमा समेत क्षति पुर्‍याएको कसूरमा पक्राउ गरी अभद्र ब्यवहार कसूर अन्तर्गत अनुसन्धान पश्चात जिल्ला प्रशासन कार्यालय मोरङबाट रू १०,०००।(दशहजार) धरौटी माग भएको छ ।

​​एम्बुलेन्स जस्तो संवेदनशील सेवामा समेत मादक पदार्थ एवं लागु पदार्थ सेवन गरी सवारी चलाई विरामी र सडक प्रयोगकर्ताहरूलाई जोखिम पुर्‍याउने प्रवृति देखिएकोले सो लाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले शुन्य सहनशिलताको नीति अख्तियार गर्दै कानूनको दायरामा ल्याउने अभियान संचालन गरेको छ ।      


बिराटनगर, बैशाख ३ गते । मोरङको बेलबारी नगरपालिका-३ स्थितमा रहेको कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवाको शुभारम्भ भएको छ ।

आज बिहान कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको ल्याव परिक्षण सेवामा निमित्त प्रदेश प्रहरी प्रमुख बास्तोलाले ल्यावमा परिक्षण नमुना (
Blood) दिई सेवा शुभारम्भ गर्नु भएको हो ।

प्रदेश प्रहरी अस्पतालको ल्यावबाट CBC, LFT, RFT, Lipid-profile, Urine R/E, Stool R/E, Uric acid, Sodium, Potassium, Serology लगायतका परिक्षण सेवा सुचारु भएको छ । सेवा शुभारम्भ कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक श्याम कुमार महतो, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेल लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


विराटनगर   ।  साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
 

विराटनगर जुट मिल्सको खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई २–० गोलले निराश बनाउँदै सिरहा फाइनलमा पुगेको हो । 
 
जितसँगै सिरहाले शनिबार हुने फाइनलमा धु्रवतारा स्पोर्टिङ्ग क्लब झापासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । सिरहालाई फाइनल पु¥याउन अब्दुला, बिनु आलेमगर र सिद्धान्त लामालेगोलगरेका थिए । 
 
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पहिलोहाफसम्म गोलरहित खेल बराबरी भयो । खेल सुरू भएको १५ औं मिनेटमा सिरहाका अब्दुलाले डिबक्सभित्रको वानटच वल बाहिरियो । गाईघाटका दिपक मगरले २५ यार्डनजिकबाट ३९ औं मिनेटमा गरेको प्रहार बाहिरदा सेमिफाइनबाट घर फर्किनुप¥यो ।

दोस्रो हाफदेखि सिरहाले आक्रमक खेल पस्कियो । ४४ औं मिनेटमा सिरहाका विदेशी खेलाडी अब्दुलाले गोल गरी टिमलाई अग्रता दिलाए । सिद्धान्त लामाले डिबक्सभित्रबाट निकालिदिएको पास अब्दुलाले गोलमा परिणत गरेका थिए ।  
६२ औं मिनेटमा बिनु आलामगरले उत्कृष्ट फिनिसिङ गरे । उनले बल नियन्त्रण गर्ने क्रममै गाईघाट निमछिरिङ्ग शेर्पालाई पन्छाएपछि आकर्षक गोल गरी अग्रता दोब्बर बनाएका  थिए । ६४ औं मिनेटमा अब्दुलाले पाएको तेब्बर गर्ने अवसर भने उपयोग गर्न सकेनन् । उनले सिद्धान्तको क्रसमा गरेको हेडरमा उदयपुरका किपर शेर्पाले  उत्कृष्ट बचाउ गरे ।

खेलको ७४ औं मिनेटमा सिद्धान्त लामाले गोल गरी ३–० ले टिमको जित सुनिश्चत गरे । बिनु आलेमगगरले डिबक्सभित्रबाट निकालिदिएको क्रस पासलाई सिद्धान्तले गोलमा परिणत गरेका थिए । 

खेलको अन्त्यतिर राम्रो प्रदर्शन गरे पनि गाईघाटले गोल गर्न सकेन । दिपक मगरको फ्रिकिकमा ७५ औं मिनेटमा पोस्टनजिक दिपकले  बल छुन सकेको भए सान्तवना गोल फर्काउने थिए । त्यसअघि सिरहाका अब्दुलले अग्रता बढाउने मौका गुमाइसकेका थिए । गाइघाटका दिपक मगरले ७२ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरैबाट हानेको बलमा भने सिराहाका गोलकिपर निश्चल मोक्ताङ्गले राम्रो बचाउ गरेका थिए ।

पछि परेको गाइघाटले खेलमा फर्किन अनेकौं प्रसास गर्दा ७९ औं मिनेटमा दिपकले गरेको प्रहार बाहिरियो । दिपकले यसअघि बारम्बार पाएको गोल गर्ने अवसर चुकाएका थिए । खेलको म्यान अफ द म्याच सिरहाका बिनु आले मगर घोषित भएका छन् । 


मोहन कुमार राई ÷ फाल्गुण २५ गते | रातो तारा डट कम,संखुवासभा, देशैभर नारी दिवस मनाइरहँदा सबै नारी समानताको हकबाट समेटिन नसकेकोले महिलाको पहुँच विस्तार गर्नु आवश्यक रहेको जनाएका छन् ।

“लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मूल नाराका साथ ११३ औंं अन्तराष्ट्रिय नारी दिवस चैनपुर नगरपालिकाका वडास्तरमा विविध कार्यक्रमका साथ मनाइएको थियो । सिद्धकाली महिला सशक्तिकरण समिति चैनपुर द्वारा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि एवं चैनपुुर नगरपालिका नगर प्रमुख कृष्ण कुमार तामाङले कार्यक्रमको उद्घाटन गर्ने क्रममा नारी दिवस नारा र प्ले कार्डमा मात्र सिमित नरहन निर्देशन दिनुभयो । जसका लागि शिक्षा, स्वास्थ्य, उद्यमसिलतामा अघि बढ्न जरुरी रहेको नगरप्रमुख तामाङले वताउनुभयो  । एउटा स्वस्थ्य नारी शिक्षामा अघि बढ्न सक्छ,। शिक्षित नारी आफ्नो क्षमता विकासमा अघि वढ्दै उद्यमसिल, सामाजिक, राजनैतीक, हरेक क्षेत्रमा अघि बढ्न सक्छ ।

कार्यक्रममा नृत्य प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । विभिन्न १० वटा नृत्यटोली समावेस भएको उक्त प्रतियोगितामा प्रथम तीखिढुंगा ४ नं. टोल, दोस्रो चित्लाङ्ग ९ नं. टोल र तेस्रो माथिल्लो मयम ४ नं.टोल भएको थियो । सफल नृत्य टोलिलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम सञ्चालिका नमिता काफ्लले वताउनुभयो । कार्यक्रममा महिला जनप्रतिनिधहरुलाई प्रसंसित गरिएको थियो । पूर्व कार्यपालिका सदस्य लक्ष्मी माया अधिकारीलाई समेत प्रसंसित गरिएको थियो

कार्यक्रममा चैनपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकाल, चैनपुर आयुर्वेद औषधालयका प्रमुख कविराज निरीक्षक दिनेश प्रसाद राय चैनपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारी सशक्तिकरण समितिका अध्यक्ष  हेम कुमारी चौहान, सदस्य चन्द्रकला गौतम लागयतले शुभकामना मन्तव्य दिएका थिए । 

मन्तव्का क्रममा महिला सशक्तिकरणका विषयमा आवाज उठाएका थिए । नारी दिवस पर्वका रुपमा मनाइए पनि नारी सम्मान र अधिकारका लागि समूह, सार्वजनिक स्थल, कुनै चौर ग्राउण्डमा मात्र सिमित गरिनु हुँदैन ।

 यसको  अन्त्यको लागि नारीले आफ्नो घरबाट नै शुरु गरिनु पर्छ । घरमा गरिने छोरा र छोरी वीच आमाले गरिने व्यवहार, छोरी र बुहारीप्रति हेरिने दृष्टीकोण लगायत शिक्षा,स्वास्थ्य, सामाजिक व्यवहारमा समेत परिवर्तन गर्न सके नारी दिवसले सार्थकता पाउने वताएका थिए । । जिल्ला भर स्थानीय तह चैनपुर, खाँदवारी, मादी, पाँचखपन लगायत १० वटै पालिकामा  विभिन्न कार्यक्रमको आयोजना गरेर बुधबार उत्सवको रुपमा नारी दिवस मनाएका थिए ।

महिलाको क्षमता विकास सँगै महिलामा हुन सक्ने पाठेघर÷स्तन क्यान्स, निसन्तान लागायत जटिल स्वास्थ्य समस्या,  विदेशमा अलपत्र नेपाली श्रमीक महिला, हिंसा पिडित महिला, समान ज्याला निजी क्षेत्रमा समावेश महिलाहरुका लागि राज्य पक्षले समेत ध्यान पु¥याउन जरुरी देखिन्छ ।

सन १९०८ मा अमेरिकाको न्युयोर्क सिटिमा लाखौ महिलाहरुले समान कामको समान ज्याला,राम्रो तलव, महिलालाई मतदान गर्ने अधिकार, निर्णायक तहमा महिलाको भूमिका लगात विभिन्न हक अधिकार सुनिस्चितताको लागि प्रर्दशन गरी शुरु गरिएको त्यसै कार्यलाई निरन्तरता दिँदै हरेक वर्ष मार्च ८ का दिन विश्वव्यापी रुपमा ¥याली, सभा समारोह गरी मनाउँदै आएको हो ।

 

 

 

 

 


विराटनगर | विराटनगरस्थित काली मन्दिरको इतिहास समेटिएको ग्रन्थ विमोचन गरिएको छ ।

काली मन्दिर व्यवस्थापन समितिले आज आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘प्रतिविम्बमा खाली मन्दिर’ नामक ग्रन्थको विमोचन गरे । विमोचित ग्रन्थका विषयमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी र प्राध्यापक तथा समालोचक भूषण ढुंगेलले समीक्षा गरेका थिए । विमोचन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सबै क्षेत्रको समुचित विकासले मात्रै समग्र विराटनगरको विकास हुने धारणा राखे ।

उनले भाषा, साहित्य, धर्म, संस्कृति र कलाको विकासले मात्रै समाजको दिगोको विकास हुने उल्लेख गरे । विराटनगरभित्र रहेका सबै धर्म र समुदायको संरक्षणमा महानगर गम्भीर रहेको मेयर कोइरालाको भनाइ थियो । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा. मीनाक्षी नेपाललगायतले मन्तव्य व्यक्त गरेका थिए । ग्रन्थमा मन्दिर स्थापनादेखि हालसम्मको अवस्था समेटिएको छ ।

 

 


विराटनगर । विराटनगर–२ की कविता कार्कीले घरमा खानका लागि मात्रै बनाउ“दै आएको माछाको अचार स्वादका पारखीहरुका लागि रोजाई बनेको छ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका हरेकजसो अवलोकनकर्तालाई उनले स्थानीय झिंगे माछाबाट बनेको अचार चाख्न आग्रह गर्दै त्यसको स्वादको पनि प्रतिक्रिया लिइरहेकी छन् ।

कविताले यसअघि कहिल्यै यसरी अचार बनाएर बिक्री गरेकी थिइनन् । गृहिणीका रुपमा मात्रै रहेकी उनले माछाको मौलिक स्वादयुक्त अचारलाई प्रवद्र्धन गर्ने थलोका रुपमा एक्स्पोलाई प्रयोग गरिन् । मेहनत गरेर अचार बनाइन् । उनले बनाएको माछाको अचार चाख्ने जोसुकैले पनि मिठो अचार बनेको प्रतिक्रिया दिइरहेका छन् । जसका कारण उनले भविष्यमा यसैलाई उद्यमका रुपमा अगाडि बढाउने योजना समेत बनाइसकेकी छन् ।

‘पहिले घरपरिवारभित्रै खानका लागि बनाइन्थ्यो, हाम्रो परिवारमा सानैबाट यो अचार बन्दै आएको थियो, पाहुनाहरुले स्वाद पनि मन पराउनु हुन्थ्यो’ उनले भनिन्, ‘मैले माछाको अचार व्यवसायिक रुपमा यहि एक्स्पोबाट सुरु गरेको हो, सवैबाट प्रतिक्रिया राम्रो आइरहेको छ, पा“च सय प्याकेट जति बिक्री पनि गरिसकेको छु ।’

आफ्नो स्टल अवलोकनमा पुग्नेहरुलाई उनले पहिले अचारको स्वाद चखाउ“छिन् । अनि स्वादबारे प्रतिक्रिया लिंदै भान्सामा यस्तो अचारको महत्वबारे बुझाउने प्रयास पनि गरिरहेकी हुन्छिन् ।

अचार बनाउन प्रयोग गरिएको माछा विराटनगरकै हाट बजारहरुमा चौधरी समुदायका दिदीबहिनीहरुबाट किन्ने गरेको उनले बताइन् । अचारलाई आफ्नै भान्जीको नामबाट ‘सीया अचार’ को नामबाट ब्राण्ड दिएको जानकारी दिइन् ।

उनले एक्स्पो अवलोकनकर्ताहरुले अचार चाखेर राम्रो प्रतिक्रिया दिएकोले एक्स्पोपछि यसैलाई ब्राण्डिङ गरेर उद्योगका रुपमा अघि बढाउने घोषणा गरिन् ।

एक्स्पोमा करीव चार सय स्टलहरु रहेका छन् । ठुला ब्राण्डदेखि साना, लघु तथा कृषि उद्यमीहरुका स्टलहरु पनि रहेका छन् । विशेष गरी साना उद्यमीहरुलाई प्रवद्र्धन गर्न एक्पो निकै महत्वपूर्ण अवसर बनेको नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ का उपाध्यक्ष कृष्णकुमार अग्रवालले बताए ।

साना तथा महिला उद्यमीहरुलाई एक्स्पोमा सहभागी हुन स्थानीय तहहरुले प्रवद्र्धकको भूमिका निर्वाह गरिदिएर ठुलो सहयोग पु¥याएको उनले सुनाए । परिसंघले विराटनगर–२ शंकरपुर मार्गमा पहिलो पटक आयोजना गरेको एक्स्पो ऐतिहाँसिक रुपमा सफल बन्न लागेको पनि उपाध्यक्ष अग्रवालले जानकारी दिए ।


विराटनगर माघ ९ गते। हिसान स्पोट्र्स मिटको ११ औं संस्करण औपचारिक उद्घाटन मंगलबारदेखि सुरु हुने भए पनि फुटबल खेलहरु सोमबारदेखि शुरु भएको छ  ।

सोमबार भएको खेलमा विकेभिएम, कोशी क्याम्पस र अर्किड  कलेज  विजयी भएको छ । पहिलो खेलमा विकेभिएमले कोवास कलेजलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । विकेभिएमका म्यान अफ द म्याच सविन चौधरीले ह्याट्रिकसहित ३ गोल, प्रशिल कार्कीले २ गोल र निश्चल थारुले १ गोल गरे ।

दोस्रो खेलमा कोशी क्याम्सवले सगरमाथा कलेजलाई ३–१ को गोल अन्तरले पराजिथ गरेको छ । कोशीका म्यान अफ द म्याच विरबहादुर लिम्बु, प्रदिप तामाङ र गौरभ धिमालले १–१ गोल गरे भने सगरमाथाका आयुस तामाङले गोल फर्काए ।

तेस्रो खेलमा अर्किड कलेजले मेरिल्याण्ड कलेजलाई २–० क गोल अन्तरले पराजित गरेको छ । अर्किडका जुनियर सावाले १ गोल गरे भने अर्को गोल मेरिल्याण्डको निशानत राँयले आत्माघाती गोल गरे । खेलको म्यान अफ द म्याच अर्किडका जुनियर सावा घोषित भए ।

खेलकुदको माध्यमबाट अनुशासन कायम राख्दै, स्वास्थ र सार्वभौमिकताको रक्षा गर्न सक्ने देशभक्त नागरिक उत्पादन, लागुपदार्थको कुलतबाट युवाहरुलाई जोगाउँदै राष्ट्रिय स्तरका खेलाडी तयार गर्न उद्देश्यका साथ स्पोट्र्स मिट गर्न लागेको बताउँदै, हिसान मोरङका अध्यक्ष ढकालले भने, ‘०६५ सालदेखि निरन्तर रुपमा खेलकुदका कार्यक्रम आयोजना गर्दै आए पनि कोरोना महामारीका कारण स्थगित गर्नु प¥यो । यस स्पोट्र्स मिटमा फुटबल (छात्र), क्रिकेट (छात्र), बास्केटबल (छात्र), भलिबल (छात्र÷छात्रा), टेबलटेनिस सिंगल र डब्लस (छात्र÷छात्रा), एथलेक्टिस का खेलहरु हुने छन् । प्रतियोगितामा विभिन्न खेलमा २८ वटा कलेजहरुका १ हजार ७ सय बढी विद्यार्थीहरुले सभागिता जनाउने भएका छन् ।


विराटनगर माघ ६ गते । रातो तारा डट कम, १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ ।

विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि प्रतियोगिता सुरू भएको हो ।

 उद्घाटनको दिन तीन वटा खेल सम्पन्न भएको छ । तीन खेल सम्पन्न हुँदा रंगेलीको बालदेवदुत विद्या मन्दिर, विराटनगरको बुढानिलकण्ड र सुन्दरहरैचा नगरपालिकाको पूर्वाञ्चल एकाडेमीले सुरूवाती अग्रता लिएको छ । शुक्रबार सम्पन्न भएको छात्रतर्फको सटपुटको फाइनलमा रंगेलीको बालदेवदुत विद्या मन्दिरका सुदिप कार्कीले स्वर्ण पदक जितेका छन् । विराटनगरको कोशी विद्या मन्दिरका युनिक मेहताले रजत र बेलबारीको माउन्ट एभरेष्ट सेकेण्डरीका प्रशान्त न्यौपानेले कास्य पदक जितेका छन् । यो प्रतियोगिताको छात्रातर्फको फाइनल शनिबार हुनेछ ।

यस्तै छात्रातर्फको लङजमको फाइनलमा  विराटनगरको बुढानिलकण्ड स्कुलकी रोश्नी विश्वासले स्वर्ण, धनपालाथान गाउँपालिकाको जिवन विकास स्कुलकी रेग्मी शर्माले रजक र सुन्दरहरैचाको बालप्रतिका स्कुलकी पवित्रा भूजेलले कास्य पदक जितेकी छिन् । छात्रा तर्फको खेल हुन बाँकी छ ।

 यसैगरी छात्रातर्फको ज्याबलिङ थ्रोको सम्पन्न फाइनल खेलमा सुन्दरहरैचाको पूर्वाञ्चल एकाडेमीका कृष्पा कार्कीले स्वर्ण, सुन्दरहरैचाको बालप्रतिभा स्कुलकी रेबिका श्रेष्ठले रजत र ग्रामथान गाउँपालिकाको जनक मेमोरियाल स्कुलकी अन्जु माझीले कास्य पदक जितेकी छिन् । छात्रतर्फको फाइनल शनिबार हुनेछ ।

 बास्केटबलको फाइनलमा बिकेभिएम र सगरमाथा

प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत भएको बास्केटबल प्रतियोगिताको फाइलनमा विराटनगरको सगरमाथा स्कुल र बिकेभिए पुगेको छ ।

एभरेष्ट स्कुलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा बिकेभिएमले एभरेष्ट स्कुललाई ३७ – ८ स्कोरले हराउँदै बिकेभीएम स्कुल फाइनलमा पुगेको हो । सोही दिन भएको दोस्रो खेलमा सगरमाथा स्कुलले सिद्धार्थ स्कुललाई ४२–२ स्कोरले हराउँदै सगरमाथा स्कुल फाइनलमा पुगेको छ । बास्केटबलको फाइनल शनिबार हुनेछ ।

 फुटबलमा चार स्कुल सेमिमा

प्याब्सन स्पोर्ट्स मिट अन्र्गत भएको फुटबलमा चार वटा स्कुल विजयी भइ सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको जुटमिलको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा बेलबारीको शिक्षा सन्देश स्कुलले रंगेलीको मिनी ब्याण्ड स्कुललाई १–० गोलले हराउँदै शिक्षा सन्देश सेमिफाइनलमा पुगेको हो । जितको लागि शिक्षा सन्देशका निर्णायक गोल आशिष मगरले गरे ।

 सोही दिन भएको दोस्रो खेलमा सुन्दरहरैचाको ब्राइट फियुचर स्कुलले बालमिकी स्कुललाई ४ – २ गोलले हराउँदै ब्राइटफियुचर सेमिमा पुगेको छ ।

तेस्रो खेलमा सिद्धार्थ स्कुल बिजयी भयो । सिद्धार्थले मोरङ मोडल स्कुललाई ट्राइब्रेकरमा ४ – २ गोलले हराउँदै सिद्धार्थ सेमिमा पुगेको हो ।

चौथो खेलमा बेलबारीको शिक्षा सदन स्कुल सेमिमा पुगेको छ । शिक्षा सदनले सप्तकोशी स्कुललाई ३–२ गोलले हराउँदै शिक्षा सदन सेमिमा पुगेको हो ।

 माघ ८ गतेसम्म संचालन हुने प्याब्सन स्पोर्ट्स मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू रहेको छ ।

 स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका २२० वटा प्याब्सनमा आवद्ध विद्यार्थीहरूले भाग लिएका छन् । स्कुल तहदेखि खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको अध्यक्ष सुब्बाले बताइन् ।

 खेलकुदको विकास प्रदेश सरकार लागिपर्छ ः मुख्यमन्त्री कार्की

प्रदेश १ का मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले योजनाबद्ध तरिकाले खेलकुद क्षेत्रको विकासमा प्रदेश १ सरकार लागि परेको बताएका छन् । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले खेलकुद महत्पूर्ण क्षेत्र भएकोले यसको विकासमा सरकार लागि पर्ने बताए । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले निजी क्षेत्रसँग सहकाय गरी खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार लागि पर्ने बताए । कार्यक्रममा प्याब्सनका प्रमुख सल्लाहकार तथा निर्वतमान अध्यक्ष टिकारम पुरीले विद्यालयस्तरदेखि खेलकुद क्षेत्रको विकास निजी क्षेत्र लागि परेको बताए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले तीन तहको सरकारले खेलकुद क्षेत्रको विकासमा लागिपर्नुपर्ने बताए ।

 


 


विराटनगर, १६ पुस गते | नेकपा माओवादी केन्द्र कानेपोखरीको अध्यक्षमा दुर्गाबहादुर कार्की सर्वसम्मत चयन भएका छन् ।

गत वर्ष सम्पन्न गाउँ सम्मेलनबाट निर्वाचित मनोजकुमार राजवंशी स्थानीय निर्वाचन पछि वैदेशिक रोजगारीमा गएपछि उक्त पद खाली थियो । गाउँपालिकाको शनिबार बसेको पूर्ण बैठकले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अध्यक्षका आकांक्षी कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हरि मैनालीले नै कार्कीलाई प्रस्ताव गरेपछि उनी सर्वसम्मत भएका हुन् । कार्की रमाइलो क्याम्पसका अध्यक्ष तथा कानेपोखरी साहित्य समाजका अध्यक्ष पनि हुन् । यसअघि उनी रमाइलो क्याम्पसको स्ववियु निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए ।

माओवादी पार्टी तेस्रो अवस्थामा रहेको र आगामी दिनमा एमाले र काँग्रेस जस्ता राजनीतिक दलसँग प्रतिस्पर्धी बनाउने आफ्नो लक्ष्य रहेको कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकाको उपाध्यक्षमा भने यसअघि नै निर्वाचित मैनालीसहित नविन राई र बद्री पोखरेल रहेका छन् । सचिवमा रोशन खत्री, सहसचिवमा हिमाल थेगिम र जनक ढकाल तथा कोषाध्यक्षमा रत्नीमाया धिमाल रहेका छन् । माओवादीको विधानमा पालिकामा ५५ जनाको गाउँ पालिका कमिटी रहने व्यवस्था छ । २ वर्षसम्मको कार्यकाल रहने पालिका समितिको सम्मेलन अबको एक वर्षपछि हुनेछ । पालिकाको पूर्ण बैठकमा संविधानसभा सदस्य तथा माओवादी मोरङका सहइन्चार्ज लालबहादुर सुस्लिङ मगर (सविन), माओवादी जिल्ला संयोजक विजय विश्वासलगायतको उपस्थिति        थियो ।


विराटनगर, पुस ३ गते | रातो तारा डट कम,विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा व्यवसायको स्वास्थ्य परीक्षण गरिने भएको छ । पुस ६ गतेसम्म आयोजना हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो ।

एक्स्पोमा राखिएको स्टार्टअप पेभेलियनमा व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो । व्ययवसाय नफष्टाएको, पर्याप्त लाभ लिन नसकेको, व्यवसायिक योजना नभएर व्यवसाय सञ्चालनमा समस्या भए उक्त स्टलमा गई आफ्नो व्यवसायको स्वास्थ्य परीक्षण गर्न सकिने लगानी अनुसन्धानकर्ता सौजन्य तिम्सिनाले बताए ।


उनले मानिसको स्वास्थ्य जस्तै व्यवसायको पनि स्वास्थ्य परीक्षण समय–समयमा गरिरहनु पर्ने भएकाले एक्स्पोमा पहिलो पटक व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको स्पष्ट पारे । तिम्सिनाले व्यवसाय नचल्नुमा कुन कारण हो भन्ने पत्ता लगाएर त्यसलाई सुधार गर्न विशेषज्ञहरूले सल्लाह दिनेछन् । 


यसरी सल्लाह दिएपछि व्यापार राम्ररी चले नचलेको विषयमा पुनः ६ महिनापछि फ्लोअप पनि गरिने उनले बताए । जिनेश हेल्थ चेक अप स्टलमा नयाँ तथा पुराना व्यवसायीहरूले व्यवसायका विषयमा जानकारीहरू लिने गरेको तिम्सीनाले जानकारी दिए ।

एक्स्पोमा अवलोकनकर्ताको भीड दिनहँ बढ्दो रहेको छ । एक्स्पोमा आउनेले व्यवसाय सम्बन्धीको जानकारी लिनुका साथै उपभोग्य वस्तु खरिद गर्ने गरेको छन् । एक्स्पोमा सजाइएको फूलबारीमा फोटो खिच्ने र टिकटक बनाउनेको पनि उस्तै भीड रहेको देखिन्छ ।


एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । त्यसैगरी, प्रदेशको पर्यटन क्षेत्रमा लगानी सम्भावनाका बहुआयामिक पक्ष, पर्यटन प्रवद्र्धन के गर्ने के नगर्ने, पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका, बदलिँदो राजनीति र खस्कँदो अर्थतन्त्रमा युवा नेतृत्वको भूमिका विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुतिका साथै छलफल गरिएको थियो ।


एमाले नेता योगेश भट्टराईले अर्थतन्त्र सुधार्न गठबन्धन सरकार असफल भएको बताएका छन् । विराटनगरमा आयोजित ‘बदलिँदो राजनीति र खस्कँदो अर्थतन्त्रमा युवा नेतृत्वको भूमिका’ विषयक अन्तक्र्रियामा नेता भट्टराईले अर्थतन्त्र सुधार्न गठबन्धनको सरकार असफल भएको बताएका हुन् ।


उनले अर्थतन्त्र सुधार्न गठबन्धन सरकारको विकल्प खोज्ने बेला आएको बताए । ‘अर्थतन्त्र सुधार्न गठबन्धन सरकार असफल भइसक्यो‘ उनले भने‘ अर्थतन्त्र सुधार्ने हो भने सत्तारुढ गठबन्धन सरकारको विकल्प खोज्नुपर्छ ।’ भट्टराईले राजनीतिक व्यवस्थामा देश बाटो लिइसकेको भए पनि आर्थिक हिसाबले अझै लय समाउन नसकेको बताए । उनले अबको एजेण्डा आर्थिक सामाजिक मुद्दा नै भए पनि निर्वाचनमा दलहरूले आर्थिक एजेण्डालाई स्पष्ट रुपमा उठाउन नसकेको टिप्पणी गरे । भट्टराईले यति बेला नेपालमा व्यापार गरेर कमाउने अवस्था नरहेको बताए । ‘१५ प्रतिशत ब्याजमा ऋण लिएर व्यापारीले कमाउ नै सक्दैनन्’ उनले भने ‘कमाउनु परे ठग्नै पर्ने अवस्था रहेको छ ।’

अन्तक्र्रियामा नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक वेथिति अन्त्य नगरी शुसासन र आर्थिक समृद्धि नआउने स्पष्ट पारे । पौडेलले  राजनीतिक वेथिति अन्त्य गर्न युवाहरूले हस्तक्षप गर्नुपर्ने बताए । ‘राजनीतिक वेथिति अन्त्य नगरी आर्थिक समृद्धि आउँदैन,’ उनले भने, ‘राजनीतिक वेथिति अन्त्य गर्न युवाहरूले हस्तक्षप गर्नुपर्छ ।’ पौडेलले संसारकै दुई वटा ठूला बजार छिमेकमा रहे पनि नेपालले आफ्ना उत्पादन बेचेर लाभ लिन नसकिरहेको बताए । बोलेर मात्रै आर्थिक समृद्धि नआउने भएकाले राजनीतिक दलहरूले के गर्ने ? कसरी गर्ने ? भन्ने  स्पष्ट एजेण्डा ल्याउनुपर्ने बताए । पौडेलले राजनीतिलाई आर्थिक विकाससँग जोडेर अघि बढ्नुपर्ने बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले सरकारको साथ र सहयोग पाए नीजि क्षेत्र काम गर्न सक्षम रहेको बताए । प्याकुरेलले राजनीतिक लुछाचुडीमा नलागि काममा ध्यान दिन युवा नेताहरूलाई आग्रह गरे । प्याकुरेलले नेपालमा धेरै वर्षदेखि  संभाव्यता अध्ययन भइरहेका कारण अब, संभाव्यता अध्ययन नभई ठोस  काममा लाग्न युवा नेताहरूलाई आग्रह गरे । प्याकुरेलले ब्याजदर बढेको, राजस्व संकलन घटेको, विदेशी मुद्राको संचिती घटेको, बजार माग २८ प्रतिशत बढीले घटेकाले अर्थतन्त्र सहज अवस्थामा नरहेको बताए ।

सोमबार अनुसन्धान र प्रविधि शून्य लगानी खेती–प्रणाली, अन्न भण्डारणको वैज्ञानिक पद्दती, खाद्य प्रशोधन ः परम्परागत प्रविधि नयाँ अवसर, प्रशोधित खाद्यको गुणस्तर, मासु प्रशोधनको प्रविधि र उद्योग, नेपालमा अलँची ड्रायर प्रविधिको रुपान्तरण विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुतिका साथै छलफल हुनेछ ।

दैनिक साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । सोमबार गायिका अस्मिता अधिकारीको प्रस्तुति रहने छ । महानगरको विभिन्न स्थानबाट एक्स्पो आउन जानका लागि सटल बसको व्यवस्था गरिएको छ ।


विराटनगर मसिर २७ गते | रातो तारा डट कम विराटनगर महानगरपालिकाले स्थानीयस्तरमै पुगेर जनताका समस्या बुझ््नुका साथै कर संकलन अभियान सुरु गरेको छ ।

आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिन अभियान सञ्चालन गरिएको महानगरको भनाइ छ । अभियानको मंगलबार महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गरे ।

चालु आर्थिक वर्षमा ८७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको विराटनगर महानगरपालिकाले कर संकलन अभियान सुरु गरेको हो । विराटनगर–४ स्थित ढाटबाट महानगरका मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास गरे÷नगरेको र फोहोरको सदस्य बने÷नबनेको हेरिने राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । 

पहिलो चरणमा वडा नम्बर १, ३, ४, ५ र १० मा अभियान सञ्चालन हुनेछ । महानगरले सोचेजस्तो कर संकलन नभएका कारण अभियान सञ्चालन गर्नुपरेको मेयर कोइरालाले बताए । सबैको साथ र सहयोगले कर अभियान प्रभावकारी हुने उनको भनाइ थियो । “महानगरको अहिलेको जुन आन्तरिक आम्दानी छ त्यसबाट विराटनगरवासीको इच्छा र चाहना परिपूर्ति गर्न असम्भव छ,” उनले भने, “आन्तरिक राजस्व अभिवृद्धि गरी विकास निर्माणलाई तीव्रता दिन अभियान सञ्चालन गरेका हौं । यो अभियानलाई साथ दिन सम्पूर्ण महानगरवासीलाई आग्रह गर्दछु ।” उनले जनताबाट संकलित राजस्व एक पैसा पनि तल–माथि हुन नदिने प्रस्ट्याए । सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रमुखताका साथ लिएर अगाडि बढेको उनले बताए ।

कर संकलन नभएसम्म जनताको अपेक्षाअनुसार विकास निर्माण हुन नसकेको मेयर कोइरालाले बताए । उठ्नुपर्ने कर नउठेका कारण महानगरका तर्फबाट जनतालाई दिइनुपर्ने सेवा सुविधा दिन नसकेको उनले उल्लेख गरे । “बैंकिङ कारोबारका लागि मात्रै व्यवसायीहरू करको दायरामा आएको पाइयो,” उनले थपे, “अब सबैलाई करको दायरामा आउँछौं । खाली हामी कर मात्रै संकलन गर्दैनौं उठेको करलाई विकास निर्माणमा लगाउँछौं ।” मेयर कोइरालाले उठेको करलाई जनताकै सेवामा खर्च गर्ने प्रतिबद्धता पनि जनाए ।

उपमेयर कार्कीले अभियानअन्तर्गत जनताका समस्या पनि बुझ्ने जानकारी दिइन् । उनले खानेपानी, सरसफाई, विद्युतलगायतका समस्या बुझ्ने र सम्भव भएसम्म तत्काल सम्बोधन गर्ने बताइन् । “यो अभियान कर संकलन गर्ने मात्रै होइन जनताका समस्या पनि बुझ्ने अभियान हो,” उपमेयर कार्कीले भनिन्, “आजै पनि विद्युतको समस्या टिपाउनु भएको थियो हामीले तत्कालै सम्बोधन ग¥यौं ।” अभियानको पहिलो दिन मंगलबार ढाट आसपास सञ्चालित किराना पसलसहित विभिन्न व्यवसायको अनुगमन गरिएको थियो । सो क्रममा महानगरका कर्मचारीहरूले सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास गरे÷नगरेको, फोहोरको सदस्य बने÷नबनेको हेरेका थिए । दर्ता र नवीकरण नगरेका पसल र व्यवसाय सञ्चालकलाई १५ दिनभित्र दर्ता गर्ने गरी पत्र दिइएको थियो । अभियानकै एउटै उद्देश्य राजस्व अभिवृद्धि गर्नु रहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । अभियान महानगरका सबै वडामा सञ्चालन गरिने उनले जानकारी दिए । पहिलो दिन व्यवसायीबाट राम्रो प्रतिक्रिया आएको राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । उनले भने, “व्यापारी र व्यवसायीबाट राम्रो रेस्पोन्स आएको छ । दर्ता र नवीकरण नगरेका व्यवसायीहरूले दुई–चार दिनमै गर्ने कमिटमेन्ट गर्नु भएको छ ।”  

अभियानअन्तर्गत सरसफाई, फोहोरको व्यवस्थापन, बिजुलीबत्ती, खानेपानीलगायतका समस्याका विषयमा समेत जानकारी लिइनेछ । महानगरको अभियान अत्यन्तै सकारात्मक भएको व्यवसायीहरूले बताएका थिए । महानगरको अभियानमा आफूहरूको साथ रहने व्यवसायी रञ्जित रोकाले बताए । “जनप्रतिनिधिहरूको अहिले नै कमेन्ट गर्ने समय भएको छैन,” रोकाले भने, “उहाँहरू जितेर गएको पनि धेरै भएको छैन । तर उहाँहरूले सुरुवात राम्रो गर्नु भएको छ । राम्रो कामका लागि व्यवसायीको सधैं साथ रहन्छ ।” गत आर्थिक वर्ष ४९ करोड ७८ लाख आन्तरिक राजस्व संकलन गरेको महानगरले चालु आर्थिक वर्षमा ८७ करोड संकलन गर्ने लक्ष्य राखेको छ  


मुना न्यौपाने - काठमाडौँ । तेस्रो अन्तरविद्यालयस्तरीय विश्वकप फुटबल हाजिरी जवाफ प्रतियोगिता मङ्सिर २६ गते सोमबारबाट सुचारु भएको छ । एन।के।सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालय९इपिएस०द्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हैलले गर्नुभयो । सो अवसरमा नेपालका फुटबल पदाधिकारी र खेलाडीहरूको पनि उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २० वटा विद्यालयले सहभागि रहने र पाँच समूहमा विभाजित हुनेछन् । समूह ‘ए’मा  विद्या संस्कार माध्यमिक विद्यालय, सैनिक आवासीय महाविद्यालय, पाठशाला नेपाल फाउन्डेसन, स्ट्याण्डर्ड को–एड स्कुल, समूह ‘बी’मा  एभरेष्ट स्कुल, माउन्ट भ्यु इङ्लिस स्कुल, निर्भाना एकेडेमी, भ्याली भ्यु इङ्लिस स्कुल, समूह ‘सी’मा  आइडल मोडल स्कुल, ज्ञान निकेतन स्कुल, भानुभक्त मेमोरियल स्कुल, पुष्पसदन बोर्डिङ स्कुल, समूह ‘डी’मा ब्राइट फ्युचर स्कुल, अक्सिडेन्टल स्कुल, ग्यालेक्सी पब्लिक स्कुल समूह ‘ई’मा काठमाडौँ ग्लोबल स्कुल, बेबिलोन नेशनल स्कुल, मल्पी सिटी स्कुल र ह्वाइट फिल्ड सेकेन्डरी स्कुलको सहभागिता रहेको छ ।  

प्रतियोगितामा विश्वकप फुटबलको इतिहास, सामान्य ज्ञान, समसामयिक, फुटबल खेल र खेलाडीसँग सम्बन्धित श्रव्य÷दृश्य, विश्वकप फुटबल २०२२ लगायत विषयसँग केन्द्रित भएर प्रतियोगिता इपिएस स्कुल परिसरमा सञ्चालन भैरहेको छ । 

विश्वकप फुटबल खेल र सोसँग सम्बन्धित विषयमा जानकारी गराउने र विद्यार्थी र विद्यालयका बिचमा आपसी सहकार्य र भाइचाराको सम्बन्ध अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इपिएसकी प्रिन्सिपल प्रमिला सिंहले बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा क्याप्टेन अनिलमान श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । समूह चरणको प्रतियोगिता सकिएपछि क्वाटर फाइनल, सेमिफाइनल र फाइनल चरणको प्रतियोगिता हुनेछ । मङ्सिर २६, २७ र २८ गते ९सोमबार, मंगलबार र बुधबार० समूह चरण र क्वाटर फाइनलका प्रतियोगिता सम्पन्न हुनेछ । पुस १ गते शुक्रबार सेमीफाइनलको कार्यक्रम हुने र आगामी पुस ४ गते सोमबार फाइनल प्रतियोगिता हुनेछ । प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय हुने समूहलाई विश्वकपअङ्कित टर्फी, मेडलसहित प्रमाणपत्र प्रदान गरिनुका साथै सर्वोकृष्ट हुने १ जनालाई बुद्ध एयरलाइन्सबाट माउन्टेण्ड फ्लाइङ टिकट प्रदान गर्ने कार्यक्रम संयोजक अनुप मुखियाले जानकारी दिनुभयो । 



विराटनगर मसिर २६ गते | रातो तारा डट कम, विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीवी)को सहयोगमा वर्षातको पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ । 

महानगरलाई वैज्ञानिक रुपमै डुबानबाट मुक्त गर्न एडीवीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको मेयर नागेश कोइरालाले जानकारी दिए । मेयर कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेको छ । आरयूडीपी प्रोजेक्टअन्तर्गतको स्मेक डिएमले वर्षातको पानी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको मेयर कोइरालाले बताए ।

 विराटनगरमा जम्ने पानीलाई कसरी सिंघिया र केसलिया खोलामा लगेर व्यवस्थापन गर्न सकिन्छ भनेर एडीवीका कन्सलट्यानहरूबाट अध्ययनको सुरुवात गरिएको उनको भनाइ छ । त्यस्तै पुराना पैनीहरू घोगा, बस्ता, धुदुवा, च्याङबारी, मर्लीखोलालगायतको पानीलाई पनि मूलखोलामा पु¥याएर वर्षाको पानीलाई व्यवस्थापन गर्ने महानगरको योजना छ । 

“विराटनगरको उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्मको भाग हेरिरहेको छौं,” मेयर कोइरालाले भने, “एडीवीबाट आएका साथीहरूसँग म आफैं हिंडिरहेको छु । उहाँहरूले अध्ययन गरेपछि एक–दुई हप्ताभित्रैमा प्रतिवेदन तयार पार्नुहुनेछ र त्यसपछिको प्रक्रियामा अगाडि बढ्नेछौं ।” मेयर कोइरालाले वैज्ञानिक ढंगले व्यवस्थापन नगरेसम्म महानगरको डुबान समस्या समाधान नहुने बताए । उनले प्राविधिक टोलीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न आग्रह गरिएको सुनाए ।

स्मेक डिएमका टिम लिडर डा. शेख जाबेद मोहम्मदसहितको प्राविधिक टोलीले सम्बन्धित वडामा पुगेर पानीको निकासका विषयमा सूक्ष्म अध्ययन गरेको छ ।टोलीले अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पार्नेछ । आफूले चुनावकै बेला विराटनगरलाई डुबानमुक्त बनाउने वाचा गरेअनुसार नै काम सुरु गरेको मेयर कोइरालाको भनाइ छ । 

“म मात्रै होइन विराटनगरलाई डुबानमुक्त बनाउन उपमेयर र वडाध्यक्षहरू तथा सबै कार्यपालिका सदस्यहरूको गम्भीर हुनुहुन्छ,” मेयर कोइरालाले भने, “वर्षाको पानीबाट हुने डुबानको व्यवस्थापन गर्न सकियो भने हाम्रो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।”

प्राविधिकसहितको टोलीले विराटनगर वडा नम्बर ३, १५, १७, १८ र १९ मा पुगेर स्थलगत अध्ययन गरेको छ । प्राविधिक टोलीले खोला र पैनीको वर्षातको समयमा हुने अवस्थाबारे स्थानीसितसमेत कुराकानी गरेको थियो । महानगरका डुबान समस्या भएका अन्य वडाको पनि अध्ययन गर्नेछ । अध्ययन टोलीलाई सम्बन्धित वडाका अध्यक्षले समेत डुबानका बारे जानकारी गराएका थिए ।

 वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरे, १५ का प्रकाश साह, १८ का जितेन्द्रकुमार साहले वर्षातको पानीका कारण हुने समस्या राखेका थिए । उनीहरूले वडामा बढी डुबान हुने स्थानमै पु¥याएर टोलीलाई अवलोकन गराएका थिए । टोलीमा महानगरका इन्जिनियरहरू पनि सहभागी थिए । अझै केही दिन विराटनगरका अध्ययन वडामा पुगेर अध्ययन गर्ने टोलीमा सहभागी नवराज भण्डारीले जानकारी दिए ।

 


 


शिव भट्टराई, मोरङ | मोरङको सुन्दरहरैंचा वार्ड नं ६ स्थित लाटिझोडा साझेदारी वन व्यवस्थापन समुहको ८ औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ। 

आईतबार बुढी गंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरको प्रमुख आतिथ्यतामा र लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष रुद्र प्रसाद पोख्रेलको अध्यक्ष्यतामा सम्पन्न भएको चुनावी साधारण सभामा अध्यक्षमा यसोन श्रेष्ठ (मिलन) आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । सो वन व्यवस्थापन समूहको आठौँ वार्षिक साधारण सभाबाट उनी निर्वाचित भएका हुन्। गोला प्रथाबाट उपाध्यक्षमा टुनाकुमारी बिक चयन भएकी छिन्।


नवगठित कार्यसमितिको सदस्यमा सन्तोष नेपाल, लालबहादुर बस्नेत, राजेन्द्र धमला, बिष्णुकुमारी चौधरी, बैजु बिश्वास, रमेशकुमार खनाल, अजयकुमार सरदार थारु, लक्ष्मी भट्टराई मिश्र, सुष्मा चौधरी, नारायणी घिमिरे भण्डारी, अमोदकुमार साह, भूषण राई, मीनादेवी विश्वास र सकुन दियाली निर्वाचित भएका छन् ।

लेखा समितिमा छिबमाया संग्रौला, मनोज दाहाल तथा अम्बिका दाहाल निर्वाचित भएका छन् ।साझेदारी वन व्यवस्थानभित्रका साबिक सुन्दरपुर, दुलारी, डंग्राहा, सिसबनी बडहरा, टंकी सिनुवारी, हात्तीमुडा तथा केराबारी गाविसका वडा नम्बर ६ र ७ तथा याङ्गशिला गाविसको वडा नम्बर ९ सो वन व्यवस्थापन समूहको कार्यक्षेत्रभित्र पर्दछ ।


विराटनगर÷ विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सुरु भएको छ ।

तालिमको बिहीबार विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे । आगलागी हुँदा नियन्त्रण कसरी गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइने महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए । तालिममा महानगर प्रहरी र वारुण यन्त्रका २० जना कर्मचारी सहभागी छन् । उनीहरुलाई काठमाडौं महानगरपालिकाका नगर प्रहरीका निरीक्षक एवं वारुणयन्त्र सम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिनेछन् ।

तालिममा आगलागी भएको स्थानमा जाँदा र आगलागी नियन्त्रण गर्दा अपनाउनुपर्ने सावधानीलगायत सैद्धान्तिक र व्यवहारिक रुपमै जानकारी गराइनेछ । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले संविधानले नै स्थानीय सरकारलाई नगर प्रहरी राख्ने अधिकार दिएको बताए । उनले मेयरलाई दिएको २२ वटा अधिकारमध्ये नगर प्रहरी पहिलो नम्बरमा रहेको जानकारी दिए । “हिजो सिंहदरबारमा भएका सबै अधिकार अहिले स्थानीय तहमा आएको छ,” कोइरालाले भने, “स्थानीय सरकारलाई सफल बनाउन नगर प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ ।”  

तालिम उद्घाटन समारोहमा महानगरका शैक्षिक महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेल, स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, सरसफाई व्यवस्थापन शाखा प्रमुख पुनम दाहाल, विपद व्यवस्थापन शाखा प्रमुख अनिता न्यौपानेलगायतको सहभागिता रहेको थियो । तालिम पुष्पलालचोकस्थित वारुणयन्त्र कार्यालय परिसरमा हुनेछ । बिहान ८ देखि साँझ सवा ५ बजेसम्म ६ कार्यदिन तालिम सञ्चालन हुने महानगर प्रहरीका निरीक्षक पौडेलले जानकारी दिए ।


विराटनगर  कातिक १६ गते | रातो तारा डट कम, विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ  ।

विराटनगर वडा नम्बर ६ स्थित रामपुरमा आयोजित शिविरको महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गर्नुभयो । गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा महानगरले विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने मेयर कोइरालाले बताउनुभयो । आँखा संवेदनशील अंग भएकाले बेलैमा उपचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महानगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउँदै मेयर कोइरालाले हरेक वडामा शिविर सञ्चालन गर्ने प्रस्ट पार्नुभयो ।


आज बुधबार सञ्चालन गरिएको शिविरमा १ सय ४० जनाले आँखा जाँच गराएका थिए । त्यसमध्ये ३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएकाले अस्पतालमा बोलाइएको गोल्छा आँखा अस्पतालका प्रमुख प्रशासक विन्देश्वर महतोले बताउनुभयो । यसअघि विराटनगर वडा नम्बर १ मा शिविर सञ्चालन भइसकेको छ । वडा नम्बर १ को शिविरमा आएका मध्ये ५३ जनाको शल्यक्रिया भइसकेको  महतोले जानकारी दिनुभयो । शिविरमा गोल्छा आँखा अस्पतालका चिकित्सक राजेश यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखाको जाँच गरेको थियो ।

 s


विराटनगर कातिक १२ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा छठ पर्वको तयारीका विषयमा जानकारी लिन विभिन्न नहर र खोलाको अनुगमन गरिएको छ ।

मेयर कोइरालाको नेतृत्वमा शनिबार बिहान उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले छठका लागि महानगरले गरेको सरसफाई, घाटको तयारीलगायतको अनुगमन गरेको हो । टोलीले विराटनगरको रानी नहर, शुक्रबारे नहर, पिचरा नहर, केसलिया नहरसहित सिंघिया खोलाको अनुगमन गरेको थियो । सो क्रममा रानी नहरमा बगाएर ल्याएको फोहोर तत्काल हटाउन मेयर कोइरालाले विभागीय कर्मचारीलाई निर्देशन दिनु भएको थियो ।

अनुगमनका क्रममा स्थानीयले महानगरको पहलमा समयमै नहर र खोलाको सरसफाई गरिएका कारण छठ पूजा गर्न सहज भएको बताएका थिए । उनीहरुले हरेक वर्ष यसरी नै सफाई गरिदिन आग्रहसमेत गरेका थिए । स्थानीयले महानगरले छठलाई उच्च महत्व दिएर नहर र खोलाको सरसफाई गरेकोमा धन्यवादसमेत दिएका थिए । मेयर कोइरालाले महानगरले छठ पर्वलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भयो ।  

 

 


मोरङ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन्।

मोरङको सुन्दरहरैचा बेलेपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन्।

‘नेताहरु पटकपटक आउँछन्, कान पाक्ने गरी, कान दुख्ने गरी, दिमाग हल्लिने गरी कुराहरु सुनाउँछन्। सपना देखाउँछन्,’ रेखाले भनिन्, ‘अनि त्यो सपना उधारो हुन्छ। अनि त्यो कुराहरु केही पनि पुग्दैन्। म सपना सुनाउन आएको होइन, तपाईंहरुको समस्या सुन्न आएको हो। मैले यहाँको समस्याहरु सबै बुझेको छु।’

आफू नेता बन्न होइन, नेता बनाउन आएको रेखाले बताइन्। ‘अब तपाईंहरु मत दिने हातहरु महान नेताहरु हो, अब कस्तो व्यक्ति चुन्ने, कस्तो  व्यक्तिलाई यो ठाउँको सेवक बनाउने तपाईंहरुको हातमा छ। हिजो जे-जे भयो भयो हिजो आश गरेर जसलाई मत दियौं दियौं, अब समय परिर्वनशील छ। तपाईंहरुको अगाडि विकल्पको रुपमा प्रस्तुत हुन आएकी छु’, रेखाले आफ्नो उम्मेदवारीबारे प्रष्ट पारिन्।

थापाले स्थानीयसँग त्यहाँका समस्याहरु सुनेकी थिइन्। त्यस क्रममा बोल्दै एक स्थानीय महिलाले धेरै वटा पार्टीको नेताहरु आएपनि केही सुधार नभएको बताइन्।

‘बाटो उस्तै पिच भए हुन्थियो। यहाँ सिंहदेवी मन्दिर छ। बाटो पिच भए हामीलाई त्यहाँ जान सहज हुने थियो। आज उहाँ (रेखा) एउटा नारी भएर हिम्मतका साथ हाम्रो घरदैलोमा आउनुभएको छ’, उनले भनिन्, ‘के का लागि भन्दा उहाँ यो ठाउँको विकास गरौं भनेर नै हो। यहाँको समस्या हटाउन नै हो।’

‘हामीले जतिलाई भोट दियौं दियौं केही भएन उहाँ जस्तो हिम्मतवालीलाई भोट दियौं भने हाम्रो ठाउँ र देशको विकास हुन्छ भन्ने मलाई लाग्दछ,’ उनले भनिन्, ‘हिजो नेताहरु आउँथे, आफ्नो एकोहोरो कुरा राख्थे। भेटसम्म हुन पाउँदैन थियो। आज रेखा बहिनीसँग माया साट्न पाएका छौँ, हाम्रो समस्या राख्न पाएका छौँ। फोटो खिचेका छौँ, उहाँप्रति हामीमा यो ठाउँको लागि केही गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ।’

रेखाले हिजोको नेताहरुले केही गरेनन् भनेर गुनासो गर्नुभन्दा अब सहि उम्मेदवार छान्ने बेला आएको बताइन्। ‘अब पहिले जस्तो गल्ती गर्नुहुन्न, हिजो जसलाई जिताउनुभयो, उसले काम गरेको छैन भने फेरि पनि उसैलाई जिताएर किन गुनासोको जिन्दगी बाँच्ने आगामी ५ वर्षसम्म? रेखाको प्रश्न छ।


धरान।रातो तारा डट कम, दशैँ - तिहारको बिचको समय पारी आयोजना गरिएको  चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२  गत असोज २९ गते शनिबार धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ। 

उक्त कन्सर्टमा अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसंगै  धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो,गायिका सुनिता थेगिम ,गायक शुक्रराज लिम्बु,  धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र  भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुको समेत प्रस्तुति दिएकी थिईन ।


गायिका मेलीना राईले  कम्मरमाथि पटुकी, कुटुमा कुटु , शिरैमा शिरबन्दी, असारे महिना, एक कान दुई कान मैदान , माया बिरानी , तिमीले बाटो फेर्यो हरे,नाच फिरिरी,कसरी–कसरी ,रातो टिका निधारमा जस्ता आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरंजन दिंदै कन्सर्टलाई समापन गरेका थिए  । उनको नृत्य संगै गीत प्रस्तुतिमा दर्शकहरुले  उत्तिकै आनन्द लिएको देखिन्थ्यो    त्यस्तै डिल्ली फोम्बोले  तिम्रो लागि, माईली, तिम्रो सुन्दरता  ,म माया लाउँदिन,आउछु म भनेर , कलिलो तामालाई लगायतका गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई आफ्नो भरपुर प्रतिभा प्रदर्शन गरेका थिए।   उनलाई धरानको लोकप्रिय तपस्वी ब्याण्डले साथ् दिएका थिए । त्यसैगरी सुनिता थेगीमले  बिनायो कंगकंग लोकगीत संगै बाबरी चलचित्रको हिट गीत चुलबुल चुलबुल तिम्रो बानी,आँखामा आउने सपनी र तिम्रो मुटु पनि लगायतका गीतहरु प्रस्तुत गरेका थिए भने

अहिले चलिरहेको लोकप्रिय रियालिटी शो भोइस अफ नेपाल–४ कि चर्चित प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुले ू आजभोली तिमीले हिडनेबाटो मोडयौ र हिउँदोको घाम जसतै लगायतका गीत गाएर दर्शकलाई मननोरञ्जन प्रदान गरेकी थिईन । गायक शुक्रराज लिम्बुले समेत आफ्नो चर्चित गीत तिम्रो कसम , मान्छे लगायतका गीतहरु प्रस्तुत गरेका थिए।  सम्पूर्ण कलाकारहरुलाई बिशेष अतिथि समाजसेवी तथा व्यवसायी त्रिभुवन लुङ्गफुङ्गवाले मायाको चिनो प्रदान गरेका थिए । 

एसपी इभेन्ट्स एंड इन्टरटेनमेन्टको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन सम्पन्न भएको उक्त कन्सर्टको मुख्य प्रायोजक बर्डवाइजर बियरसाथै सह ( प्रायोजक रुस्लान भोड्का ,रेड्ब्लु इनर्जी ड्रिंक, डिभाईन वाइन,होटल नवयुग,महेन्द्र एक्वा र बिशेष सहयोग एनएच डीडी स्टुडियो हंगकंग र केन्द्र मोशन पिक्चर्सको रहेको थियो।   सुन्दर साउण्ड सर्भिसको साउण्ड तथा लाइटले भब्यरुपमा सम्पन्न कार्यक्रम संचालन गोबिन राजभण्डारी र ईक्सा मादेनले  गरेका थिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.