Websoft University

विश्वकप फुटबल हाजिरी जवाफ प्रतियोगिता सुचारु


मुना न्यौपाने - काठमाडौँ । तेस्रो अन्तरविद्यालयस्तरीय विश्वकप फुटबल हाजिरी जवाफ प्रतियोगिता मङ्सिर २६ गते सोमबारबाट सुचारु भएको छ । एन।के।सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालय९इपिएस०द्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हैलले गर्नुभयो । सो अवसरमा नेपालका फुटबल पदाधिकारी र खेलाडीहरूको पनि उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २० वटा विद्यालयले सहभागि रहने र पाँच समूहमा विभाजित हुनेछन् । समूह ‘ए’मा  विद्या संस्कार माध्यमिक विद्यालय, सैनिक आवासीय महाविद्यालय, पाठशाला नेपाल फाउन्डेसन, स्ट्याण्डर्ड को–एड स्कुल, समूह ‘बी’मा  एभरेष्ट स्कुल, माउन्ट भ्यु इङ्लिस स्कुल, निर्भाना एकेडेमी, भ्याली भ्यु इङ्लिस स्कुल, समूह ‘सी’मा  आइडल मोडल स्कुल, ज्ञान निकेतन स्कुल, भानुभक्त मेमोरियल स्कुल, पुष्पसदन बोर्डिङ स्कुल, समूह ‘डी’मा ब्राइट फ्युचर स्कुल, अक्सिडेन्टल स्कुल, ग्यालेक्सी पब्लिक स्कुल समूह ‘ई’मा काठमाडौँ ग्लोबल स्कुल, बेबिलोन नेशनल स्कुल, मल्पी सिटी स्कुल र ह्वाइट फिल्ड सेकेन्डरी स्कुलको सहभागिता रहेको छ ।  

प्रतियोगितामा विश्वकप फुटबलको इतिहास, सामान्य ज्ञान, समसामयिक, फुटबल खेल र खेलाडीसँग सम्बन्धित श्रव्य÷दृश्य, विश्वकप फुटबल २०२२ लगायत विषयसँग केन्द्रित भएर प्रतियोगिता इपिएस स्कुल परिसरमा सञ्चालन भैरहेको छ । 

विश्वकप फुटबल खेल र सोसँग सम्बन्धित विषयमा जानकारी गराउने र विद्यार्थी र विद्यालयका बिचमा आपसी सहकार्य र भाइचाराको सम्बन्ध अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इपिएसकी प्रिन्सिपल प्रमिला सिंहले बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा क्याप्टेन अनिलमान श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । समूह चरणको प्रतियोगिता सकिएपछि क्वाटर फाइनल, सेमिफाइनल र फाइनल चरणको प्रतियोगिता हुनेछ । मङ्सिर २६, २७ र २८ गते ९सोमबार, मंगलबार र बुधबार० समूह चरण र क्वाटर फाइनलका प्रतियोगिता सम्पन्न हुनेछ । पुस १ गते शुक्रबार सेमीफाइनलको कार्यक्रम हुने र आगामी पुस ४ गते सोमबार फाइनल प्रतियोगिता हुनेछ । प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय हुने समूहलाई विश्वकपअङ्कित टर्फी, मेडलसहित प्रमाणपत्र प्रदान गरिनुका साथै सर्वोकृष्ट हुने १ जनालाई बुद्ध एयरलाइन्सबाट माउन्टेण्ड फ्लाइङ टिकट प्रदान गर्ने कार्यक्रम संयोजक अनुप मुखियाले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.