Websoft University

विराटनगर महानगरद्वारा जनताका समस्या बुझ्ने र कर संकलन अयिभान सञ्चालन-जनताबाट उठेको करको एक पैसा तल–माथि हुन नदिने मेयरको प्रतिबद्धता


विराटनगर मसिर २७ गते | रातो तारा डट कम विराटनगर महानगरपालिकाले स्थानीयस्तरमै पुगेर जनताका समस्या बुझ््नुका साथै कर संकलन अभियान सुरु गरेको छ ।

आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिन अभियान सञ्चालन गरिएको महानगरको भनाइ छ । अभियानको मंगलबार महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गरे ।

चालु आर्थिक वर्षमा ८७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको विराटनगर महानगरपालिकाले कर संकलन अभियान सुरु गरेको हो । विराटनगर–४ स्थित ढाटबाट महानगरका मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास गरे÷नगरेको र फोहोरको सदस्य बने÷नबनेको हेरिने राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । 

पहिलो चरणमा वडा नम्बर १, ३, ४, ५ र १० मा अभियान सञ्चालन हुनेछ । महानगरले सोचेजस्तो कर संकलन नभएका कारण अभियान सञ्चालन गर्नुपरेको मेयर कोइरालाले बताए । सबैको साथ र सहयोगले कर अभियान प्रभावकारी हुने उनको भनाइ थियो । “महानगरको अहिलेको जुन आन्तरिक आम्दानी छ त्यसबाट विराटनगरवासीको इच्छा र चाहना परिपूर्ति गर्न असम्भव छ,” उनले भने, “आन्तरिक राजस्व अभिवृद्धि गरी विकास निर्माणलाई तीव्रता दिन अभियान सञ्चालन गरेका हौं । यो अभियानलाई साथ दिन सम्पूर्ण महानगरवासीलाई आग्रह गर्दछु ।” उनले जनताबाट संकलित राजस्व एक पैसा पनि तल–माथि हुन नदिने प्रस्ट्याए । सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रमुखताका साथ लिएर अगाडि बढेको उनले बताए ।

कर संकलन नभएसम्म जनताको अपेक्षाअनुसार विकास निर्माण हुन नसकेको मेयर कोइरालाले बताए । उठ्नुपर्ने कर नउठेका कारण महानगरका तर्फबाट जनतालाई दिइनुपर्ने सेवा सुविधा दिन नसकेको उनले उल्लेख गरे । “बैंकिङ कारोबारका लागि मात्रै व्यवसायीहरू करको दायरामा आएको पाइयो,” उनले थपे, “अब सबैलाई करको दायरामा आउँछौं । खाली हामी कर मात्रै संकलन गर्दैनौं उठेको करलाई विकास निर्माणमा लगाउँछौं ।” मेयर कोइरालाले उठेको करलाई जनताकै सेवामा खर्च गर्ने प्रतिबद्धता पनि जनाए ।

उपमेयर कार्कीले अभियानअन्तर्गत जनताका समस्या पनि बुझ्ने जानकारी दिइन् । उनले खानेपानी, सरसफाई, विद्युतलगायतका समस्या बुझ्ने र सम्भव भएसम्म तत्काल सम्बोधन गर्ने बताइन् । “यो अभियान कर संकलन गर्ने मात्रै होइन जनताका समस्या पनि बुझ्ने अभियान हो,” उपमेयर कार्कीले भनिन्, “आजै पनि विद्युतको समस्या टिपाउनु भएको थियो हामीले तत्कालै सम्बोधन ग¥यौं ।” अभियानको पहिलो दिन मंगलबार ढाट आसपास सञ्चालित किराना पसलसहित विभिन्न व्यवसायको अनुगमन गरिएको थियो । सो क्रममा महानगरका कर्मचारीहरूले सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास गरे÷नगरेको, फोहोरको सदस्य बने÷नबनेको हेरेका थिए । दर्ता र नवीकरण नगरेका पसल र व्यवसाय सञ्चालकलाई १५ दिनभित्र दर्ता गर्ने गरी पत्र दिइएको थियो । अभियानकै एउटै उद्देश्य राजस्व अभिवृद्धि गर्नु रहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । अभियान महानगरका सबै वडामा सञ्चालन गरिने उनले जानकारी दिए । पहिलो दिन व्यवसायीबाट राम्रो प्रतिक्रिया आएको राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । उनले भने, “व्यापारी र व्यवसायीबाट राम्रो रेस्पोन्स आएको छ । दर्ता र नवीकरण नगरेका व्यवसायीहरूले दुई–चार दिनमै गर्ने कमिटमेन्ट गर्नु भएको छ ।”  

अभियानअन्तर्गत सरसफाई, फोहोरको व्यवस्थापन, बिजुलीबत्ती, खानेपानीलगायतका समस्याका विषयमा समेत जानकारी लिइनेछ । महानगरको अभियान अत्यन्तै सकारात्मक भएको व्यवसायीहरूले बताएका थिए । महानगरको अभियानमा आफूहरूको साथ रहने व्यवसायी रञ्जित रोकाले बताए । “जनप्रतिनिधिहरूको अहिले नै कमेन्ट गर्ने समय भएको छैन,” रोकाले भने, “उहाँहरू जितेर गएको पनि धेरै भएको छैन । तर उहाँहरूले सुरुवात राम्रो गर्नु भएको छ । राम्रो कामका लागि व्यवसायीको सधैं साथ रहन्छ ।” गत आर्थिक वर्ष ४९ करोड ७८ लाख आन्तरिक राजस्व संकलन गरेको महानगरले चालु आर्थिक वर्षमा ८७ करोड संकलन गर्ने लक्ष्य राखेको छ  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.