Websoft University
November 2022


विराटनगर, मंसिर १४ गते | विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी लगभग पूरा भएको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको उद्योग संगठन मोरङले जनाएको    छ ।

आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ उद्योग संगठन मोरङले ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गर्न लागेको हो । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ एक्स्पो हुन लागेको हो ।

एक्स्पोको मुख्य आकर्षक आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका बिषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदानप्रदान, नवीतम सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियन, प्रदेश आर्थिक वृद्धि तथा लगानी सवलीकरणका लागि एसियन फउण्डेसन र प्रदेश नागरिक विकास बोर्डसँग सहकार्यमा लगानी सम्मेलन, प्रदेश १ मा लगानीका सम्भावना भएका कुराको प्रदर्शनीको छुट्टै पेभिलियन रहने छ ।

त्यसैगरी, पहिलो पटक एक्स्पोमा रोबटसँग प्रत्यक्ष संवाद गर्ने मौका मिल्ने छ । थ्रीडी भर्चुयल टुरमार्फत प्रदेश १ को प्रख्यात पर्यटकीय क्षेत्र सगरमाथाको बेस क्याप, गुफा पोखरी, पाथीभरा मन्दिरलगायत हेर्न सकिन्छ । यस बाहेक पर्यटकीय गन्तब्यको जानकारी, स्थानीय खाना उत्सव, दैनिक साँगीतिक कार्यक्रम छ भने यस्ता कार्यक्रमहरुमा स्थानीय कला संस्कृति एवं कलाकारहरुलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै कला संस्कृतिको प्रस्तुति हुनेछ । साथै राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको समेत सहभागिता हुन्छ ।

एक्स्पोमा रोजगार दाता र रोजगारको खोजीमा रहेकाहरुबीच प्रत्यक्ष भेटघाटका लागि छुट्टै पेभिलियन रहेको छ । ४ सय १५ वटा स्टल रहेको छ ।एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बंगलादेश,पाकिस्तानलगायतका मुलुकको उत्पादनको प्रदर्शनीरहेको छ । एक्स्पोमा भारत बिहारको सीमावर्ती क्षेत्रबाट समेत गरी करिब ३ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै उद्योग व्यवसाय क्षेत्रको व्यवसायीक विकासमा योगदान पु¥याउन संगठनले २०५३ सालमा कोशी महोत्सवबाट सुरु गरेको हो । २०५६ सालमा पूर्वाञ्चल व्यापार मेला, २०६२ सालमा कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी भएको थियो । प्रदर्शनीको ऐतिहासिकताको निरन्तरता स्वरुप संगठनले समयानुकुल परिमार्जन तथा परिस्कृत गर्दै २०६६ सालदेखि २ वर्षको अन्तरालमा ‘विराट एक्स्पो’ गर्दै आएको छ ।

 

 


विराटनगर ÷नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेका   छन् ।

विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको बताए । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कोइरालाले मुलुकलाई सही बाटोमा अगाडि बढाउन बुद्धिजीवीहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए । “मुलुकको अर्थतन्त्र एकदमै चिन्ताजनक अवस्थामा पुगेको छ । जबसम्म मुलुक आर्थिक रुपमा बलियो हुँदैन तबसम्म देशको विकास हुँदैन,” कोइरालाले भने, “तपाईंहरु बुद्धिजीवीहरुले देशलाई सही बाटोमा अगाडि बढाउनका लागि नेताहरुलाई खबरदारी गर्नुहोस् । कतै मैले पनि गलत गरें भने तत्कालै भन्नुहोला ।”  

नेता कोइरालाले सुशासन, आर्थिक पारशर्शितालाई आफूले प्रमुख एजेण्डा बनाएको समेत सुनाए । सुशासन बिना मुलुकको विकास नहुने दाबी गर्दै कोइरालाले भ्रष्टाचार अन्त्यका लागि सबै दल र नेताले प्रण गर्नुपर्नेमा जोड दिए । नेता कोइरालाले सुशासनका पक्षमा संसदमा सधैं आवाज उठाउनेसमेत प्रतिबद्धता जनाए । मुलुक अब यथास्थितिमा अगाडि बस्न नसक्ने बताउँदै कोइरालाले आर्थिक रुपमा समृद्ध बनाउने स्पष्ट दृष्टिकोण र लक्ष्यका साथ काम गर्नु आवश्यक रहेको औंल्याए । “अब एकले अर्कोलाई दोष दिएर समय खेर फ्याल्नु हुँदैन । कसरी हुन्छ लगानीको वातावरण बनाएर मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउनुपर्छ,” उनले भने ।

भेलामा वरिष्ठ साहित्यकार एवं मानव अधिकार तथा शान्ति समाज मोरङका अध्यक्ष प्राज्ञ दधिराज सुवेदीले प्रदेश–१ ले नेता कोइरालाबाट ठूलो आशा र भरोसा गरेको बताए । कोइरालालाई बुद्धिजीवीहरुले माला र खादा लगाएर बधाईसमेत दिएका थिए ।


गाईघाट १४ मंसिर | उदयपुरको क्षेत्र नं. १ वाट प्रतिनिधि सभा सदस्यमा परराष्ट्र मन्त्री डा . नारायण खड्रका निर्वाचित भएका छन् । सत्ता गठवन्धन वाट उम्मेदवार वनेका कागे्रस केन्द्रिय सदस्य डा . खड्काले नेकपा एमालेकी मञ्जु चौधरी लाई २ हजार ३ सय ८९ मतान्तरले हराउदै चौथो पटक प्रतिनिधि सभा सदस्य वनेका हुन । 

मंगलवार राती घोषित मत परिणाम अनुसार खड्काले ३१ हजार २ सय ७० मत पाउदा उनका प्रतिस्पर्धि चौधरीले २८ हजार ८ सय ९१ मत प्राप्त गरेकी छिन् । डा खड्का अहिले सम्म उदयपुर क्षेत्र नं. १ वाट ३ पटक प्रतिनिधि सभा सदस्य र १ पटक सविधान सभा सदस्यमा निर्वाचित भैसकेका छन् । उदयपुर आएर कागे्रस राजनितिमा सक्रिय डा खड्का पहिलो पटक ०५६ सालको निर्वाचन लडेका थिए ।

 त्यस वेला उनी एमालेका सुरेस कुमार कार्की संग पराजित भएका थिए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा उनले तत्कालीन माओवादीका राजन किराति लाई हराउदै पहिलो पटक संविधान सभा सदस्य वनेका थिए । २०७० र २०७४ सालमा एमालेका उम्मेदवार लाई हराउदै उनी प्रतिनिधि सभा सदस्य वनेका थिए । अघिल्लो निर्वाचनमा अहिलेकै प्रतिद्धन्दी लाई ५४८ मतले उनले हराएका थिए । मञ्जु त्यस वेला एमाले र माओवादी गठवन्धन वाट उम्मेदवार वनेकी थिईन । 

जिल्लामा विकास वादी नेताको छवि वनाएका उनले आफ्नो निर्वाचन क्षेत्रमा धेरै विकास निर्माणका कामहरु गरेका छन् । उनले दर्जनौ विध्यालय भवन , स्वास्थ्य चौकी ,पुलपुलेसा सडक वाटो निर्माण गरेर विकास वादी नेताको पहिचान वनाएका छन् ।

 उनकै सक्रियतामा त्रियुगा नगरपालिका १ जोगिदहमा सगरमाथा विमान स्थल निर्माण को काम तिव्र गतिमा  भैइरहेको छ । जित पछि उनले सक्षिप्त प्रतिक्रिया दिदै जिल्लामा विकास निर्माणको काममा आफ्नो अग्रणि भुमिका रहेकोले मतदाताले आफुलाई विजयी वनाएको वताए । राजनीतिमा सक्रिय रहुन्जेल आफु जनताको काममा लागी परिरहने उनले वताए ।

 


उदयपुर, मंसिर १४ गते । उदयपुरको कटारी नगरपालिका-६ साँगुरी स्थितबाट अवैध लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउपालिका-२ का २७ बर्षिय सरोज राई रहेका छन् । आज बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ति टोलीले संकित अवस्थामा रहेको राईले बोकेको बोरा चेकजाँचको क्रममा ६० किलोग्राम गाँजा बरामद गरेको हो । अवैध लागुऔषध गाँजा बरामद भए संगै पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ । 

 


काठमाडौं  । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई  कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । एमाले अध्यक्ष ओलीले सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएर तामासा गरेको टिप्पणी गरेपछि मेयर शाहले सो कुरा बताएका हुन् ।

ओलीले मंगलबार पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा भनेका थिए–‘सुकुम्वासी बस्तीमा तमासा गरियो । त्यहाँ तमासा गर्ने हाकिमहरूको भनाई पुलिसले हामीलाई मद्दत नै गरेन नत्र हामी जित्थ्यौँ । तिनीहरूलाई पराजित गर्थ्यौँ  हामी । त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ हामी । शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा ।

 त्यहाँ कुन शत्रु बसेका छन् रु गरिब गुरुवा बसेका छन् । ती कुनै शत्रु त हैनन् । सरकारले सहयोग गरेन, पुलिस समयमा आएको भए ठिक लगाइन्थ्यो के भन्या त्यो । चुप लागेर खोलाको किनारमा छाप्रामा बसेकालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ रु’ जवाफमा शाहले सामाजिक सञ्जालमा चेतावनी दिएका छन्,


विराटनगर ÷ विराटनगर महानगरपालिकाले आयोजना गरेको आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी ६ दिने तालिम सम्पन्न भएको छ । 

तालिममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीका निरीक्षक एवं वारुणयन्त्र सम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिएका थिए । तालिममा आगलागी नियन्त्रणसहित उद्धारका उपायका विषयमा जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महानगरका कार्यबाहक मेयर प्रकाश साहले समापन समारोहलाई सम्बोधन गर्दै तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । उनले तालिममा प्रशिक्षार्थीहरुले अग्नि नियन्त्रणका उपाय, घाइतेको उद्धार, स्वास्थ्य संस्थासम्म कसरी पु¥याउने भन्ने विषयमा जानकारी पाएको बताए । “भरिसक्य आगलागीलगायतका विपदका घटना हुँदै नहोस्,” साहले भने, “यदि भइहालेमा नियन्त्रण र उद्धारमा समस्या नहोस्।तालिममा सिकेको सीपलाईघटना भएमाप्रयोगगर्नुहोस् ।” 

त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडा,  विराटनगर–३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, तालिमका मुख्य प्रशिक्षक किशोरकुमार भट्टराईलगायतले तालिमको महत्व, उद्देश्य र प्रभावकारिताका विषयमा चर्चा गरेका थिए । तालिममा महानगर प्रहरी र वारुणयन्त्रका २० जना कर्मचारी सहभागी भएको नगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए । 

महानगरले आफैंले पहिलोपटक आयोजना गरेको तालिम निकै प्रभावकारी भएको पौडेलको दाबी छ । यसअघि महानगर आफैंले तालिम आयोजना गरेको थिएन । दमकलका कर्मचारीले अग्नि नियन्त्रणको तालिम अरु नै ठाउँमा गएर लिने गरेका  थिए । समापन समारोहमा सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, विपद व्यवस्थापन शाखा प्रमुख अनिता न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

 यसैबीच, समापन अघि आगलागी नियन्त्रण, उद्धार गर्दा अपनाइने विधि प्रदर्शन गरिएको थियो । त्यस्तै ग्यासमा आगलागी भएमा कसरी निभाउने भन्ने विधि पनि सिकाइएको थियो । अग्नि नियन्त्रण र उद्धारको अभ्यास हेर्न पोखरिया उच्च माविसहित विभिन्न विद्यालयका विद्यार्थीसमेत उपस्थिति भएका थिए । 


विराटनगर ÷नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

बिराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए । कोइरालाले भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक र राष्ट्रका धरोहर भएको बताए । “राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्बद्र्धन गर्नु राज्यको दायित्व हो,” कोइरालाले भने, “धर्म र संस्कृतिको संरक्षणमा म संसदमा खरो रुपमा उत्रिनेछु ।”

उनले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने बताए । कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरु अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीलगायतको सहभागिता थियोे ।


शिव भट्टराई, मोरङ | मोरङको सुन्दरहरैंचा वार्ड नं ६ स्थित लाटिझोडा साझेदारी वन व्यवस्थापन समुहको ८ औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ। 

आईतबार बुढी गंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरको प्रमुख आतिथ्यतामा र लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष रुद्र प्रसाद पोख्रेलको अध्यक्ष्यतामा सम्पन्न भएको चुनावी साधारण सभामा अध्यक्षमा यसोन श्रेष्ठ (मिलन) आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । सो वन व्यवस्थापन समूहको आठौँ वार्षिक साधारण सभाबाट उनी निर्वाचित भएका हुन्। गोला प्रथाबाट उपाध्यक्षमा टुनाकुमारी बिक चयन भएकी छिन्।


नवगठित कार्यसमितिको सदस्यमा सन्तोष नेपाल, लालबहादुर बस्नेत, राजेन्द्र धमला, बिष्णुकुमारी चौधरी, बैजु बिश्वास, रमेशकुमार खनाल, अजयकुमार सरदार थारु, लक्ष्मी भट्टराई मिश्र, सुष्मा चौधरी, नारायणी घिमिरे भण्डारी, अमोदकुमार साह, भूषण राई, मीनादेवी विश्वास र सकुन दियाली निर्वाचित भएका छन् ।

लेखा समितिमा छिबमाया संग्रौला, मनोज दाहाल तथा अम्बिका दाहाल निर्वाचित भएका छन् ।साझेदारी वन व्यवस्थानभित्रका साबिक सुन्दरपुर, दुलारी, डंग्राहा, सिसबनी बडहरा, टंकी सिनुवारी, हात्तीमुडा तथा केराबारी गाविसका वडा नम्बर ६ र ७ तथा याङ्गशिला गाविसको वडा नम्बर ९ सो वन व्यवस्थापन समूहको कार्यक्षेत्रभित्र पर्दछ ।


विराटनगर | बजारको सौन्दर्यकरणसहित फुटपाथ नियन्त्रण गर्ने अभियानमा विराटनगर महानगरपालिका आक्रमक रुपमा प्रस्तुत भएको  छ ।

व्यापारीले महानगरमै पुगेर विरोध गर्नुका साथै फुटपाथ नियन्त्रण गर्न पुगेको टोलीलाई अवरोध गर्न थालेपछि महानगर आक्रमक रुपमा प्रस्तुत भएको हो । कार्यबाहक मेयर प्रकाश साहको नेतृत्वमा सोमबार मेनरोड र पुरानो गुद्रीको अनुगमन गरेको छ । व्यापारीहरुले सोमबार महानगरको प्रवेशद्वारमा पुगेर नाराबाजीसमेत गरेका थिए । महानगरले फुटपाथ नियन्त्रण गर्ने क्रममा नालाबाट साढे ६ मिटर छाडेर मात्रै सामान राख्न आग्रह गरेको छ । त्यस्तै सटरभन्दा माथि बाहिर निकालेर बनाएका टिनका संरचनासमेत हटाउन महानगरले दिर्नेशन दिएको छ ।

फुटपाथ नियन्त्रण र सटरभन्दा बाहिर जथाभावी राखेका सामान हटाउन कार्यबाहक मेयर साहको नेतृत्वमा नगर प्रहरी निरीक्षक राजन पौडेल, घरनक्सा शाखाका प्रमुख राकेश ठाकुर, नगर प्रहरी, जनपद प्रहरी मेनरोड र गुद्री बजार पुगेको थियो । महानगरको टोली पुगेपछि कतिपय व्यापारीले हतारहतार सामान भित्र राखेका थिए । पहिलो पटकलाई सम्झाइबुझाइ छाडिएको र अब फेरि पनि सटरभन्दा बाहिर राखे सामान नै जफथ गरिने कार्यबाहक मेयर साहले बताए ।

विराटनगरलाई सुन्दर, हराभरा र व्यवस्थित बनाउन व्यापारीहरुको सहयोग आवश्यक रहेको साहको भनाइ थियो । टोलीले मेनरोड र गुद्री लाइनका दुवैतर्फ राखेका सामान हटाएको थियो । महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्युनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो । सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै माइकिङ समेत गरेको थियो । व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो । व्यापारीले प्रदर्शनका लागि सटरभन्दा बाहिर राखेको सामानलाई समेत हटाउन थालेको छ । जथाभावी सामान झुण्ड्याउँदा सहरको सौन्दर्यतामा समेत ह्रास आएकाले फुटपाथ नियन्त्रण र मापदण्डविपरीत राखेका सामान हटाउन सुरु गरिएको कार्यबाहक मेयर साहले बताए । हेर्न लायक र गर्व गर्न लायक विराटनगर बनाउने लक्ष्यका साथ काम गरिरहेको उनको भनाइ छ ।

अनुगमनका क्रममाकतिपय व्यापारीले आफ्नो पसल अगाडि दैनिक ३ देखि ५ सय रुपैयाँसम्म लिएर तरकारी राख्न दिने गरेको पाइएको थियो । पसल अगाडिको सडक पेटीमा तरकारी राख्दा आवतजावतमा समेत समस्या हुने गरेको छ । तरकारी व्यापारीले आफूले दैनिक ३ सय दिने गरेको बताएका थिए । व्यापारीले समेत दैनिक पाँच सय रुपैयाँ लिने गरेको स्वीकारेका थिए ।

 


विराटनगर | लैंगिक हिंसामा परेकाहरुलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका  छन् ।

विराटनगर महानगरपालिकाको सहकार्यमा एवीसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट प्रभावितलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एवीसीले प्रभावितहरुलाई जीवन उपयोगी तालिम दिएर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर अन्तरक्रिया गरेको थियो । महानगरका कार्यबाहक मेयर प्रकाश साहले हिंसा प्रभावितहरुको जीविकोपार्जनका लागि प्रभावकारी तालिम दिनुपर्ने बताउनुभयो । सीपमूलक तालिम लिएर पनि हिंसा प्रभावितहरुले आयआर्जन गर्न नसकेको उहाँको भनाइ थियो ।

लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत एवीसीकी अध्यक्ष विष्णु शर्मा पन्तले १५ देखि ४९ वर्ष उमेर समूहका प्रत्यक्ष ५ जनामध्ये १ जनामाथि हिंसा हुने गरेको सुनाउनुभयो । उहाँका अनुसार एवीसीले सञ्चालन गरेको सेफ हाउसबाट २३ जनाले सेवा लिइरहेका छन् । एवीसी नेपालले विराटनगरसहित ओखलढुंगा र उदयपुरका विभिन्न पालिकामा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सञ्चालन गरिरहेको छ । सो अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी टीकाबहादुर कार्की, कानुन व्यवसायी कविता बस्नेत, महानगरको महिला तथा बालबालिकाका शाखाका प्रमुख डिल्ली धिमालले हिंसा प्रभावितलाई तालिम दिँदा उनीहरुको रुची र क्षमतालाई पनि ध्यान दिनु आवश्यक रहेको बताएका थिए ।  एवीसी नेपालकी सेल्टर प्रमुख सिर्जना भण्डारीले परियोजनाअन्तर्गत ५ महिनामा एवीसीले गरेका कामका विषयमा जानकारी गराउनु भएको थियो ।

 

 


काठमाडौं । अष्ट्रिया÷ फिनल्याण्डमा हुने युरोपियन भलिबल टुर्नामेन्टमा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले सहभागिता जनाउने भएको छ ।

हिमालयन स्पोर्टस क्लब फिनल्याण्डको आयोजनामा आगामी जनवरी ८ तारिखमा हुने टुर्नामेन्टमा संघले सहभागिता जनाउने निर्णय गरेको संघका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । संघबाट खेम विश्वकर्माको कप्तानीमा दिलकुमार घमाल, रोहित विश्वकर्मा, प्रेम रसैली, गर टेम्बा शेर्पा, अमृत तिवारी, अञ्जन अधिकारी, राजु विश्वकर्माले सहभागिता जनाउने निश्चित भएको छ ।

त्यसैगरी संघका खेलकुद सल्लाहकारसमेत रहेका आङकाजी शेर्पा, किरण भण्डारी, रावत विजय पल, प्रेम खड्का, हरि घमालले पनि प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष घमालले बताए । टिम म्यानेजरका रुपमा पासाङ शेर्पा रहनेछन् ।

“हामी उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदैछौं,” अध्यक्ष घमालले भने, “उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछौं । यो प्रतियोगिताले युरोपमा रहेका नेपालीहरुलाई भावनात्मक रुपमा जोड्ने मैले महसुस गरेको छु ।”

यसअघि नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले गत वर्ष भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।


काठमाडौं  मसिर ११ २०७९ | रातो तारा डट कम,दोलखा जिल्लाको  १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ ।

आयोगको निर्णय निम्नानुसार रहेको छ -

दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं। ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं। २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं। ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ ९सात० वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएको तथा उल्लेखित केन्द्रहरुको मतदानमा निर्वाचन आयोग ऐन, २०७३  को दफा १० को उपदफा ९१०, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४  को दफा ४६ को उपदफा ९१० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४  को दफा ४६  को उपदफा ९१० बमोजिम अनधिकृत कब्जा भई मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको हुँदा निर्वाचन आयोग ऐन, २०७३  को दफा १०  को उपदफा ९२० बमोजिम वैतेश्वर गाउँपालिका वडा नं। ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं। द्द जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं। ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ (सात) वटा मतदान केन्द्रमा मिति २०७९ -८-४ मा भएको मतदान रद्द गरी उल्लेखित केन्द्रहरुमा पुनस् मतदान गराउने,

(२)  दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं। ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “ख” मा मतदान सञ्चालन गर्ने क्रममा अत्याधिक भिडभाड भै अनियन्त्रित भिडलाई तितरवितर पार्ने क्रममा प्रतिनिधि सभा सदस्यको पहिलो हुने निर्वाचित हुने तर्फको ००७२९०१ देखि ००७३००० सम्मको १०० थान मतपत्रको अधकट्टी हराएको व्यहोरा समेतको प्रतिवेदन सम्बन्धित मतदान अधिकृतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेश भएको अवस्था रहेको हुँदा वैतेश्वर गाउँपालिका वडा नं। ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”  केन्द्रमा मिति २०७९ र०८र०४ मा भएको मतदान रद्द गरी पुनस् मतदान गराउने,

(३)  प्रकरण ९१० र ९२० बमोजिमका मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४  को दफा ५५ को उपदफा ९५० तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४  को दफा ५५ को उपदफा ९५० बमोजिम मिति २०७९ - ८-१५ गतेभित्र पुनस् मतदान सम्पन्न गर्ने गरी सम्बन्धित मतदान केन्द्रमा पुनस् मतदानको सूचना प्रकाशन गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, दोलखालाई लेखी पठाउने,

(द्ध)   प्रकरण ९१० र ९२० बमोजिमका मतदान केन्द्रमा हुने पुनस् निर्वाचनका लागि आवश्यक मतपत्र लगायत मतदान सामग्रीको व्यवस्थापन गर्न सचिवालयलाई निर्देशन दिने,

(छ)   प्रकरण ९१० बमोजिमका पुनस् मतदान गराउनु पर्ने मतदान केन्द्रहरुमा मतदानलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन हाल कायम रहेको अति संवेदनशील मतदान स्थलमा आवश्यक सुरक्षा व्यवस्था गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय दोलखालाई निर्देशन दिइ सुरक्षा व्यवस्था सुनिश्चित गर्ने,

(ट)  मतदान केन्द्रमा कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने धाक, धम्की वा डर त्राश देखाउने वा त्यस्तो कार्य गर्न दुरुत्साहन गर्ने दलका प्रतिनिधि, उम्मेदवार, मतदान प्रतिनिधि वा त्यस्तो कार्य गर्ने जुनसुकै व्यक्तिलाई तत्काल पक्राउ गरी निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  बमोजिम कारवाही गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रहरी कार्यालय दोलखालाई निर्देशन दिने,

(ठ)  वैतेश्वर गाउँपालिका वडा नं, ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं। २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख”, तामाकोशी गाउँपालिका वडा नं। ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” र वैतेश्वर गाउँपालिका वडा नं। ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”  गरी १० (दश) वटा मतदान केन्द्रमा मिति २०७९ -८-४ मा भएको मतपत्र रद्द गरी सुरक्षित साथ राख्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिने,

(ड)   मिति २०७९-८-४ गते भएको निर्वाचनमा दोलखा जिल्लाका वैतेश्वर गाउँपालिका वडा नं। ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं। द्द जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” ,  तामाकोशी गाउँपालिका वडा नं। ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” र वैतेश्वर गाउँपालिका वडा नं। ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग” गरी १० ९दश० वटा मतदान केन्द्रमा जिम्मेवारीमा रहेका राष्ट्रसेवक कर्मचारीहरुको विवरण आयोगको सचिवालयमार्फत सम्बन्धित निकायसँग माग गरी निजहरु उपर आवश्यक कारवाहीका लागि आयोगमा पेश गर्न सचिवालयलाई निर्देशन दिने ।


 


विराटनगर मसिर ११ गते | रातो तारा डट कम, बालविकास केन्द्रहरूलाई व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाकाले निर्देशिका बनाउने भएको छ ।

निर्देशिकाको अभावमा महानगरभित्र सञ्चालित बालविकास केन्द्रहरू व्यवस्थित रुपमा सञ्चालनमा कठिनाइ भएको थियो । महानगरले प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको मस्यौदासमेत तयार पारेको छ । तयार पारेको निर्देशिकाको मस्यौदामाथि सरोकारवालाहरूलाई राखेर छलफलसमेत सुरु गरेको छ । आइतबार मस्यौदाका विषयमा छलफल भएको छ । बालविकास केन्द्र शिक्षाको जग भएकाले व्यवस्थित बनाउनुपर्ने शैक्षिक महाशाखा प्रमुखसमेत रहेका महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडाले बताए ।

बालविकास केन्द्रका बारेमा अभिभावकहरूले पनि जानकारी राख्नु आवश्यक रहेको खतिवडाको भनाइ थियो । “बालविकास केन्द्र पढाउने ठाउँ होइन, यहाँ बालबालिकाहरूलाई विद्यालय जाने वातावरण सिर्जना गर्ने र जीवनोपयोगी सीप सिकाउने हो,” निमित्त प्रमुख प्रशासकीय अधिकृत खतिवडाले भने, “प्रारम्भिक कक्षादेखि ३ कक्षासम्म ध्यान दिने हो भने त्यसभन्दा माथि त बालबालिकाहरू आफैंले सिक्छन् अपग्रेट   हुन्छन् ।” बालविकास केन्द्रको भूमिका नबुझेर कतिपय अभिभावले शिक्षिकाहरूलाई गाली गर्ने गरेको समेत उनले सुनाए ।

बालविकास केन्द्रहरूमा बालबालिकाहरू सुतेमा अभिभावकले शिक्षिकाहरूलाई गाली गर्ने गरेको उनको भनाइ थियो । “तर, त्यो होइन बालविकास केन्द्र्रमा बालबालिकाहरू पढ्न गएका होइनन् भनेर अभिभावकले बुझ्न जरुरी छ,” उनले भने, “शिक्षालाई पूर्वाधारको पनि पूर्वाधार भनिन्छ, अझ बालविकास केन्द्र त विद्यालय शिक्षामा बालबालिकालाई भर्नादर बढाउने मुख्य उद्देश्य पनि हो ।” महानगरले पहिलोपटक बालविकास सञ्चालनसम्बन्धी निर्देशिका बनाउन लागेको खतिवडाले जानकारी दिए ।

महानगरका प्रवक्ता सन्तोष न्यौपानेले आएका सुझावलाई निर्देशिकामा समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका न्यौपानेले निर्देशिकाले बालविकास केन्द्रहरूलाई व्यवस्थित बनाउन सहयोग पुग्ने बताए । “बालविकास केन्द्रलाई व्यवस्थित बनाउन हामी वडाध्यक्षहरू पनि गम्भीर छौं,” न्यौपानेको भनाइ थियो, “विभिन्न समितिमा छलफलगरेर निर्देशिकालाईकार्यान्वयनकोप्रक्रियामालानेछौं ।”

सेतो गुराँस विराटनगरकी अध्यक्ष सरु केसीले निर्देशिका उत्कृष्ट भएको चर्चा गर्दै शिक्षा शब्द थप्न सुझाव दिइन् । निर्देशिकालाई छोटो र छरितो बनाउनुपर्नेमा समेत उनको जोड थियो । छलफलमा वडा नम्बर १ का अध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक काजी बस्नेत, २ का कुमार पोखरेल, ११ का तीर्थेन्द्र न्यौपाने, १३ का सूर्यलाल यादव, १९ का श्याम घिमिरेसहित कार्यपालिका सदस्यहरू, शिक्षक महासंघका नगर अध्यक्ष वेदप्रसाद खतिवडा, पोखरिया माविका प्रम खेम भट्टराई, जनता आधारभूत विद्यालय दरैयाका प्रअ नरहरि कोइराला, सहयोगी कार्यकर्तालगायतले निर्देशिकाकाविषयमासुझाव दिएका थिए । निर्देशिकाको मस्यौदा शैक्षिक महाशाखाका बालविकास केन्द्र हेर्ने फोकल पर्सन नवराज ढुंगानाले प्रस्तुत गरेका थिए ।

सरोकारवालाहरूसँगको छलफलपछि अब मस्यौदामाथि नगर शिक्षा समितिमा छलफल हुनेछ । त्यसपछि सामाजिक विकास समितिमा पेश हुनेछ । सामाजिक समितिमार्फत कार्यपालिकामा पेश गर्ने प्रक्रिया रहेको छ । कार्यपालिकामा छलफल गरेर सुझावका लागि विधायन समितिमा पठाइनेछ । विधायन समितिले आवश्यक अध्ययन गरी सिफारिससहित निर्णयका लागि पुनः कार्यपालिकामा पठाउनेछ । त्यसपछि कार्यपालिकाले स्वीकृत गरेपछि निर्देशिका कार्यान्वयनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिए ।


विराटनगर |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अमेरिकाको न्यूयोर्क सहरसित भगिनी सम्बन्धको प्रस्ताव गरेका छन् ।

अमेरिकाको न्युयोर्क सहरका मेयरसितको भर्चुअल संवादमा मेयर कोइरालाले भगिनी सम्बन्धको प्रस्ताव गरेका हुन् । कोइरालाले न्युयोर्कका मेयर एरिक एडम्सलाई भ्रमणका लागि आग्रहसमेत गरे । उनले विराटनगर राजनैतिक र औद्योगिक नगरी भएको चर्चा गरे । कोइरालाले विराटनगरको शिक्षा, स्वास्थ्य र भौतिक विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारीसमेत गराए । उनले विराटनगरको सबैभन्दा ठूलो समस्या डुबान भएको बताए । “विराटनगरका लागि डुबान सबैभन्दा ठूलो समस्या हो,” उनले भने, “त्यो समस्या समाधान नगरेसम्म सडक र नाला बनाएर काम छैन । किनभने डुबान भएपछि सडक बिग्रन्छ । नाला पुरिन्छ । टिकाउ विकासका लागि पनि डुबान समस्या समाधान गर्नु आवश्यक छ ।”

उनले त्यसका लागि पूर्वमा रहेको सिंघिया र पश्चिममा रहेको केशलियामा तटबन्ध बनाउन पहल भइरहेको बताए ।

कोइरालासहित नेपालका आधा दर्जन मेयरहरूबीच द्विपक्षीय हित र साझेदारीका विषयमा भर्चुअल संवाद कार्यक्रम भएको थियो । न्युयोर्कमा रहेका अगुवा नेपाली समुदायको प्रयासमा भएको द्विपक्षीय संवादबाट नेपालका नगरहरू र न्युयोर्क सहरसँग भगिनी सम्बन्ध, शैक्षिक र सांस्कृतिक आदानप्रदानका लागि बाटो खुलेको नेपाली समुदायका अगुवाहरूले बताएका छन । न्युयोर्कका मेयर एडम्ससँगको भर्चुअल संवादमा विराटनगरका मेयर कोइराला, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, दोलखाको भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर, उदयपुरको त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत, सिरहाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र लमजुङको सुन्दरबजार नगरका मेयर कृष्णप्रसाद कोइराला सहभागी थिए ।

द्विपक्षीय भर्चुअल संवादमा मेयर एडम्सले नेपालसँग अमेरिका र न्युयोर्क सहरको भावनात्मक सम्बन्ध रहेको बताए । उनले कोरोना महामारीको समयमा न्युयोर्कमा रहेका नेपाली समुदायका अगुवाहरूले महामारी नियन्त्रणमा गरेको योगदान र सहयोगको खुलेर प्रशंसा गरेका थिए । “नेपाल मलाई मनपर्ने देश हो र मैले सन् २०१५ मा भ्रमण गरिसकेको छु,” मेयर एडम्सले भने, “अब फेरि भ्रमण गर्ने इच्छा छ । समय मिलाएर चाँडै नै नेपाल आउनेछु ।”

कार्यक्रमको गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले सहजीकरण गरेका थिए । उनले नेपालका नगरहरू र न्युयोर्कबीच भगिनी सम्बन्ध स्थापना तथा दीर्घकालीन रूपमा एक आपसमा हुनसक्ने व्यापार, सामाजिक, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान लगायतका परियोजनाहरूमा साझेदारीका लागि भर्चुअल माध्यमबाट छलफल प्रारम्भ भएको सुनाए । सोमनाथ घिमिरे विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अन्तर्राष्ट्रिय मामिला सम्बन्ध सल्लाहकार हुन् ।

न्युयोर्कका मेयर ऐरिक एडम्सको प्रमुख अतिथ्यमा चलेको बैठकमा नेपालका नगर प्रमुखहरूले द्विपक्षीय सम्बन्ध र नेपाली नगरहरूको विकास बारे आ–आफ्ना धारणा राखेका थिए । मेयर एडम्सलाई नेपालका ६ जना मेयरहरुले आ–आफ्नो सहरको भ्रमणका लागि निमन्त्रणा दिए भने न्युयोर्क चेम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय परिषद् अध्यक्ष अमित शाहले आफ्नो धारणा राख्दै मेयर एडम्सको परिचय गराउँदै सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा न्युयोर्क सहरको मेयर कार्यालयका डेपुटी कमिसनर आईसाता कामरा, अन्तर्राष्ट्रिय सम्बन्ध कमिसनर एडवार्ड मर्मेलस्टेन, मेयरको कार्यालयका अर्का अन्तर्राष्ट्रिय सम्बन्ध डेपुटी कमिशनार दिलीप चौहानले नेपालका नगरहरूसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यबारे धारणा राखेका थिए । गिरिजा प्रसाद कोइराला (जिपिके) फाउडेसन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले नेपालका नगरहरू र न्युयोर्क सहरबीच भगिनी सम्बन्ध र द्विपक्षीय सहकार्यका लागि ढोका खुलेको प्रतिक्रिया दिए ।


विराटनगर | रातो तारा डट कम,  विराटनगर–९ मा रहेको विराट मोडेल कलेजले भर्ना भएका नयाँ विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण तालिमका साथै स्वागत गरेको छ ।

कलेजले शनिबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण तालिम तथा स्वागत एकै पटक गरेकोे हो । कलेजमा विविएस र विएडमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा पनि अभिमुखिकरण जानकारी दिएको कलेजका अध्यक्ष भवानी शंकर भट्टराईले जानकारी दिए ।

कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरि थम मनोरञ्जन दिलाएका थिए ।

विविएस र विएड मात्र पढाइ हुँदै आएको कलेजमा नयाँ शैक्षिक सत्रमा १ सय ७८ जना विद्यार्थीहरु भर्ना भएका छन् ।

यस कार्यक्रमले नयाँ भर्ना प्रक्रिया थप उत्साह प्रदान गरेको सञ्चालन रोशन राजवंशीले बताए । कार्यक्रममा त्रिविका क्षेत्रिय परिक्षा नियन्त्रक डिल्ली प्रसाई, क्याम्पस प्रमुख सागर श्रेष्ठ, जनपथ माविका प्रअ हरि पराजुली, कलेजका निर्देशक जनक अधिकारी, देवीलाल महतो र रमेश पाण्डेले कलेजको बारेमा विद्यार्थीहरुलाई जानकारी गराए । 


काठमाडौं । रातो तारा डट कम, उनी भन्छन् निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्‍या ली गर्न चाहन्न।

म बिजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा “धन्यवाद सभा” गर्दैछु।एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला।

म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका” लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला।

माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ।म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु।


 दमक ,मंसिर ९ गते | मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको ५ दिन पछि नेकपा एमाले पाटी अध्यक्ष केपी शर्मा ओली आज पूर्वी नेपाल, भारतको सिमानामा पुग्नु भएको छ ।

नेकपा एमाले अध्यक्ष ओली आज झापाको गौरीगञ्ज गाउँपालिका स्थित नेपाल भारतको सिमा नाका पुग्नु भएको हो । झापा निर्वाचन क्षेत्र न. ५ (१)का प्रदेश सभा सदस्य निर्वाचित एमाले स्यायी कमिटी सदस्य हिक्कम कार्की ,झापाकै निर्वाचन क्षेत्र न. ५ (२)का प्रदेश सदस्य निर्वाचित पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य होम बहादुर थापा,एमाले पोलीटब्युरो सदस्य ,एवम् राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतक देवेन्द्र दाहाल साथै एमालेका अन्य नेता लिएर पुग्नु भएको गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपानेले जानकारी दिनु भयो । 

ओलीको साथमा एमाले केन्द्रीय सदस्य गोविन्द्र थापा,रोम ओली, मेनुका काफले ,गिता अधिकारी ,पार्टीको केन्द्रीय अनुशासन आयोगका सदस्य सर्वतलाल राजवंशी र झापा जिल्ला अध्यक्ष दिपक कार्की लगायतका नेता हुनुहुन्थ्यो ।

 निर्वाचन क्षेत्र न. ५ झापावाट प्रतिनिधि सभामा निर्वाचित एमाले अध्यक्ष ओली ,निर्वाचित प्रदेश सभा सदस्यहरु कार्की ,थापा र एमाले नेताहरु सहितको टोली लिएर भारतको किशनगञ्ज जिल्लाको फत्तेपुर गाउँको सिमानामा पर्ने गौरीगञ्ज ६ को देवीगञ्ज , सिमानामा पर्ने वडान ५को जनता चोक ,अन्तावारी र ठेकीटोला लगायतको गाउँका मतदाताहरुसंगै नेपाल तर्फको नाका र सिमाको सुरक्षाको अवलोकन गर्नु भएको थियो । 

त्यस क्षेत्रका क्षेत्रवासी जनताले भन्सार ,नाकाको स्तरन्नति र सडक कालोपत्रे लगायतका समस्या हल गर्न अध्यक्ष ओलीलाई माग गरेको एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र न. ५ झापा संयोजक तुलसी कार्कीले जानकारी दिनु भयो ।


विराटनगर, ९ मंसिर । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सुजाता कोइरालालाई पराजित गरे । पोखरेल र कोइरालाको मतान्तर १२०८ छ ।

पोखरेलले ३३ हजार १ सय ४८ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्धी कांग्रेसकी कोइालाले ३१ हजार ९ सय ४० मत प्राप्त गरेको निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले हाम्रो विराटनगरलाई जानकारी दिए ।

उनका अनुसार सो क्षेत्रमा १ लाख २४ हजार ७ सय २९ मतदाता रहेकोमा ८० हजार ४ सय ३० मत खसेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्बजनिक गर्दै पोखरेल निर्वाचित भएको औपचारिक घोषणा गरेको हो । २०७४ सालमा भएको निर्वाचनमा बाम गठबन्धन हुँदा पोखरेल नेपाली कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएको थिए ।

यसपटक उनले नेपाली कांग्रेसका तत्कालिन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालकी छोरी सुजातालाई पराजित गरेका हुन् । पोखरेल २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए ।

को हुन पोखरेल ?

विद्यार्थी कालदेखिनै राजनीतिमा लागेका पोखरेल केन्द्रीय राजनीतिमासमेत प्रभावपार्ने प्रभावशाली नेता हुन् । एमालेको देशभरीमा सवैभन्दा धेरै पार्टी सदस्य रहेको र प्रदेश १ को राजधानीसमेत रहेको जिल्लाको पार्टी अध्यक्षसमेत भएकाले पोखरेलको राष्ट्रिय राजनीतिमा पनि प्रभाव छ । उनकै नेतृत्वमा मोरङमा सांगठनिकरुपमा एमाले निकै शक्तिशालि छ । मोरङका अन्य क्षेत्रमा प्रभावशाली नेताहरु पराजित भएपनि पोखरेल गठबन्धनलाई हराउँदै निर्वाचित भएका छन् ।

उनी पिता रामचन्द्र पोखरेल र आमा स्वर्गीय यमुनादेविको कोखबाट जेठो सन्तानका रुपमा बिक्रम सम्वत २०२४ साल कात्तिक १५ गते जन्मिएका हुन् । पोखरेल एक भाई र दुई बहिनीका जेठा दाजु हुन् । उनी रतुवामाई नगरपालिका वडा नम्बर ५ स्थित उल्लुघुटुका स्थानीयवासी हुन् ।

२०५७ सालमा अञ्जला कोइरालासँग विवाह गरेका पोखरेलका एक छोरा र एक छोरी छन् । पत्नी अञ्जला कोइराला पेशाले शिक्षिका हुन् भनेर छोरा र छोरी उच्च शिक्षा अध्ययनरत छन् ।

सानैदेखि गाउँको विकासमा लागि परेका पोखरेल २०४० सालमा सुनवर्षी माध्यमिक विद्यालयमा कक्षा–५ मा अध्यनरत छँदै सो विद्यालयमा अनेरास्ववियुको प्रारम्भीक कमिटि अध्यक्ष भएर राजनीतिमा लागेका थिए ।

त्यसपछी इटहरा माविबाट एस. एल. सि उतिर्ण भएका उनी सो विद्यालयमा अध्यनरत हँुदा अखिलको प्रारम्भीक कमिटिको सचिव रहेर काम गरे ।

सानै देखि गाउँको विकासमा चासो राख्ने उनै पोखरेल पछि महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको अखिलको प्रारम्भीक कमिटि अध्यक्ष भएर काम गरेका उनले ०४६ सालको आन्दोलनमा आन्दोलन परिचालन कमिटिको सचिव भएपछी अग्र मोर्चामा रहेर आन्दोलनको कमाण्ड सम्हालेका थिए ।

यस विचमा विद्यार्थीका हक अधिकारका सवालमा आवाज उठाउँदै विद्यार्थी राजनितिमा होमिएका उनी पार्टीका विभिन्न संगठनमा रहेर समेत गाउँको विकास निर्माण र समाज सुधारमा अग्रसर बनिरहे ।

उनै पोखरेल अखिलको जिल्ला कमिटि उपाध्यक्ष, अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य समेत भए भने २०५२ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस विराटनगरको स्ववियू सभापति हुदै स्वतन्त्र विद्यार्थी युनियनको पूर्वाञ्चल काउन्सील प्रमुखसमेत बन्न सफल भए ।

पछी विद्यार्थी राजनीति छाडेर पार्टीको राजनितिमा जिल्ला कार्यालय सचिव भएर काम गरे । पाँच कार्यकाल नेकपा (एमाले) मारङको जिल्ला कमिटि सदस्य भएका उनै पोखरेलले पार्टीको २ कार्यकाल सचिव भएर काम गरेका छन् ।

त्यसपछि माओवादी केन्द्रसँग पार्टी एकता पश्चात बनेको तत्कालिन नेकपा मोरङको अध्यक्ष र सर्बोच्च अदालतको फैसलापछि दुवै पार्टी पूर्वअवस्थामै फर्किएपछि अध्यक्षमा निरन्तरता पाए । त्यसको केही समयपछि २०७८ साल पुस २३ र २४ गते विराटगरमा सम्पन्न एमाले मोरङको नवौँ अधिवेशनबाट उनी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

विभिन्न तहको पार्टी नेतृत्व र जिम्मवारीमा रहेका कुशलतापूर्वक भूमिका निर्वाह गरेको उनै पोखरेल २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचित संविधानसभा सदस्यसमेत हुन् ।

उक्त निर्वाचनमा साविकको क्षेत्र नं. १ तथा हालको क्षेत्र नं. २ मा नेपाली कांग्रेसका नेता तथा पूर्व शिक्षा मन्त्री आमोदप्रसाद उपाध्यायलाइ अत्याधिक मत अन्तरले हराउँदै उनी निर्वाचीत भएका थिए ।

निर्वाचन जितेपनि संविधानसभाको बैठक बाहेक अन्य समयमा गाउँका जनताका माग संविधानमा संबोधनमा लागि गाउँमै पुगेर सुझाव संकलन गरिरहन्थे । अर्को अर्थमा उनी प्राय गाउँकै जनता सँग विकास निर्माण सँगै सुखदुखमा सँधै घुलमिल भइरहन्थे ।

संविधानसभाले संविधान निर्माण गरेपश्चात रुपान्तरित संसाद भएपछी उनले धेरै बजेट सो क्षेत्रमा खन्याउन सफल भएर अझ उनको लोकप्रीयता चुलियो । उक्त बजेटबाट अहिले प्रयाप्त मात्रामा सो क्षेत्रमा विकासको पूर्वाधार तयार भएको स्थानिय बताउँछन् ।

संविधानसभाको सदस्य हुँदा संविधान निर्माणको जिम्मा जनताले सूम्पिएकाले सो बमोजिमको दायीत्व उनले पुरा गरेरै छाडे । संविधानसभामा र त्यसपछि रुपान्तरित संसदमा सवैभन्दा बढी किसान, मधेशी, महिला, दलित, मुस्लीम, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवालमा आवाज उठाउने मात्र नभई आफ्नो क्षेत्रका समस्या र जनताका मागहरु खरोरुपमा प्रस्तुत गरे ।

संविधानसभा सदस्य हुँदा पनि सो क्षेत्रको चौतर्फी विकासका लागि धेरै काम गर्दासमेत सस्तो लोकप्रीयताका लागि उनी कहिल्यै प्रचारमुखि बनेनन् । राजनीतिक ‘स्टन्ट’ र प्रचारमुखि भन्दा पनि जनताको प्रतिनिधिका रुपमा कामप्रती विश्वास पोखरेल गर्छन् ।

सो क्षेत्रमा निकै लोकप्रीय भएपनि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी कांग्रेस नेता मिनेन्द्र रिजालसँग प्राविधिक कारणले पराजित भएका थिए । निर्वाचनमा प्राविधिक कारणले पराजित भएपनि उनी आफ्नो समाज भन्दा पर रहेनन् । उनी पार्टी संगठनका काम र स्थानीय जनसरोकारका विषयमा जहिल्यै अघि सर्दै आएका छन् । उनी निरन्तर सो क्षेत्रका गतिविधिमा सकृय सहभागिता जनाउँदै आएका छन् ।

चुनाव जितेर गाउँ नफर्किने नेताका अगाडी चुनाव हारेर पनि उनी सो क्षेत्रको चौतर्फी विकासमा लागि पर्दै आएका छन् । त्यति मात्र होइन जनताका हरेक सुखदुखको साथी पोखरेल बन्दै आएका छन् ।

सोही क्षेत्रका स्थानीयवासी रहेका पोखरेल जनतासँग सँधै घुलमिल हुने, जनताकोबिचमै रहने र उक्त क्षेत्रको विकास निर्माण तथा सामाजिक कार्यहरुमा अग्रसर हुदै आएकाले पोखरेल यसपटकको निर्वाचनमा पाँच दलिय सत्ता गठबन्धनलाई पराजित गर्दै विजयी भएका हुन् ।

स्वष्ट र प्रखर वक्ता रहेका उनी कहिल्यै विवादमा नमुछिएका नेता हुन् । बौद्धिक, सरल र बैचारिक नेताको पहिचान बनाएका पोखरेल विपक्षी पार्टीका नेता कार्यकर्ताले समेत मन पराउने गरेका छन् । उनले विपक्षी दलका नेता कार्यकर्ताहरुको समेत सहानुभूती पाउँदै आएका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पोखरेलले अब आफु आफ्नो समाज बलियो बनाउन र समाज परिवर्तनको अभियानमका लाग्ने लागि पर्ने बताएका छन् ।


गाईघाट ९ मंसिर  | उदयपुरको प्रदेस सभा निर्वाचन क्षेत्र नं. १ को (ख) वाट सत्ता गठवन्धनका साझा उम्मेदवार काग्रेस जिल्ला सभापति एंवम भौतिक पुर्वधार मंत्री हिमाल कार्की विजयी भएका छन् । प्रतिष्पर्धी नेकपा एमालेका इश्वर मणी राउत लाई २१६ मत अन्तरले हराउदै उनी दोस्रो पटक यस क्षेत्र वाट निर्वाचित भएका हुन् । 

कार्कीले १४ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । निर्वाचनमा पराजित राउतले १४ हजार ७ सय ६३ मत पाएका छन् । सदमुकाम गाईघाट चुहाडेका ५६ वर्षिय कार्कीले २०७४ सालको प्रदेस सभा निर्वाचनमा तत्कालिन वाम गठवन्धनका राम वहादुर थापा मगर लाई भारी मतले हराएर पहिलो पटक प्रदेस सभा सदस्यमा निर्वाचित भएका थिए ।

 



विराटनगर मसिर ९ गते | रातो तारा डट कम, विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिका आक्रमक रुपमा प्रस्तुत भएको छ ।

महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । महानगरले विराटनगरको मेनरोडबाट अभियानको सुरु गरेको हो । महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्युनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो । सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गरेको थियो ।


व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो । पसलको सटरभन्दा बाहिर नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको थियो । पसलबाहिर राखेका किरानाका सामान, टेलिभिजन, फ्रिज, माला, प्लाष्टिकका कुर्सीलगायतका सामान हटाएको छ । अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै छाड्ने गरेको महानगरले जनाएको छ । “विराटनगरलाई साँच्चिकै महानगरजस्तो बनाउन कुनै कसर बाँकी राख्दैनौं,” मेयर नागेश कोइरालाले भने, “हामीले दुई–दुईपटक सार्वजनिक रुपमै सूचना प्रकाशित गरेका थियौं । विराटनगरलाई सुन्दर बनाउनु व्यापारीहरुको पनि कर्तव्य हो । उहाँहरुलाई महानगरले जारी गरेको सूचना कार्यान्वयन गर्न सहयोगका लागि आग्रह गर्दछु ।”

यात्रुलाई हिंड्न सहज होस् र बजारको सौन्दर्यतामा वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाउन सुरु गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । महानगरले फुटपाथ खाली गरेर बजारको सौन्दर्यकरण बढाउने अभियान सकारात्मक भएको भन्दै व्यापारीहरुले खुसी व्यस्त गरेका छन् । उनीहरुले तर महानगरले सबैलाई नियम बराबरी लगाउनुपर्नेमा जोड दिएका छन् । व्यापारीले सामान हटाउनका लागि केही दिन समय दिन पनि महानगरसित आग्रह गरेका छन् । “महानगरको यो अभियान एकदमै राम्रो छ, तर कसैका सामान हटाउने र कसैका नहटाउने गर्नु हुँदैन । नियम सबैलाई समान हुनुपर्छ,” स्थानीय व्यापारी शंकर साहले भने, “सामान हटाउन केही दिनसमय पनि दिनुपर्छ ।”

नगर प्रहरी निरीक्षक पौडेलकाअनुसार पहिलोपटकका लागि महानगर प्रहरी आफैंले सामान भित्र राख्न सघाउने र फेरि पनि अनुगमनमा जाँदा बाहिर राखेको पाइए नियन्त्रण गरिनेछ । महानगरले दुईपटक सार्वजनिक रुपमै सूचना प्रकाशित गरेको र माइकिङ गरेर हटाउन आग्रह गर्दा पनि अटेर गरेका कारण हटाउन सुरु गरिएको पौडेलले बताए । नगर प्रहरीले नियन्त्रणमा लिएका सामान वीरेन्द्रसभा गृह छेउमा रहेको इको पार्कमा लगेर राख्ने गरेको छ । नियन्त्रणमा लिएका सामान व्यापारीहरुले जरिवाना तिरेर लिएर जाने गरेका छन् । महानगरको अभियानमा साथ दिने खुद्रा व्यापार संघका अध्यक्ष संजयकुमारसिंह मण्डलले बताए । उनले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।


विराटनगर÷ विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सुरु भएको छ ।

तालिमको बिहीबार विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे । आगलागी हुँदा नियन्त्रण कसरी गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइने महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए । तालिममा महानगर प्रहरी र वारुण यन्त्रका २० जना कर्मचारी सहभागी छन् । उनीहरुलाई काठमाडौं महानगरपालिकाका नगर प्रहरीका निरीक्षक एवं वारुणयन्त्र सम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिनेछन् ।

तालिममा आगलागी भएको स्थानमा जाँदा र आगलागी नियन्त्रण गर्दा अपनाउनुपर्ने सावधानीलगायत सैद्धान्तिक र व्यवहारिक रुपमै जानकारी गराइनेछ । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले संविधानले नै स्थानीय सरकारलाई नगर प्रहरी राख्ने अधिकार दिएको बताए । उनले मेयरलाई दिएको २२ वटा अधिकारमध्ये नगर प्रहरी पहिलो नम्बरमा रहेको जानकारी दिए । “हिजो सिंहदरबारमा भएका सबै अधिकार अहिले स्थानीय तहमा आएको छ,” कोइरालाले भने, “स्थानीय सरकारलाई सफल बनाउन नगर प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ ।”  

तालिम उद्घाटन समारोहमा महानगरका शैक्षिक महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेल, स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, सरसफाई व्यवस्थापन शाखा प्रमुख पुनम दाहाल, विपद व्यवस्थापन शाखा प्रमुख अनिता न्यौपानेलगायतको सहभागिता रहेको थियो । तालिम पुष्पलालचोकस्थित वारुणयन्त्र कार्यालय परिसरमा हुनेछ । बिहान ८ देखि साँझ सवा ५ बजेसम्म ६ कार्यदिन तालिम सञ्चालन हुने महानगर प्रहरीका निरीक्षक पौडेलले जानकारी दिए ।


बिराटनगर मंसिर ८ गते | रातो तारा डट कम,रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । रहँदा स्वतन्त्र पार्टीले काठमाडौंका १० मध्ये तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो ।काठमाडौं–२ मा उपाध्यक्ष सोविता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

गौतम १५ हजार २२९ मतसहित विजयी भएकी हुन् । उनले एमालेका मणिराम फुयाललाई हराइन । फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याउँदा पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी ओनसरी घर्तीमगर ९ हजार ४४९ मतसहित चौथो स्थानमा रहिन् ।

काठमाडौं ७ मा पनि एमाले नै निकटतम प्रतिस्पर्धी बनेको छ । पराजुली ८ हजार ७४३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत मात्र पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मतमा चित्त बुझाइन् ।।

काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाए ।

पाँच क्षेत्रमा लिड गर्दै स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी मतगणना जारी भएका पाँच निर्वाचन क्षेत्रमा लिड गरिरहेको हो । सुनसरी-२ मा लालविक्रम थापा, काठमाडौं-६ मा शिशिर खनाल, चिवतन-१ मा हरि ढकाल र २ मा रवी लामिछाने तथा ललितपुर-३ मा तोसिमा कार्कीले लिड गरिरहेका हुन् । ७ असार ०७९ मा मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी मुलुककै कान्छो दल हो ।


बिराटनगर मसिर ७ गते | रातो तारा डट कम, डा. सेखर कोइरालाको हालको ठेगाना  विराटनगर महानगरपालिका ७, मोरङ

जन्मस्थान - विराटनगर ७, कोइराला निवास

जन्ममिति - २००७ साल भदौ ९ गते÷मोरङ

बुवा - केशव प्रसाद कोइराला ÷ नोना कोइराला

पत्नी - श्रीमती पुनम कोइराला÷एक छोरी

छोरी - नेहा कोइराला (ज्वाइ - रहिस भट्ट, काठमाडौं)

शैक्षिक योग्यता - एम.डी., अल इण्डिया मेडिल साइन्स इन्ष्टिच्युट (एमस), भारत

निर्वाचन प्रणाली - प्रत्यक्ष (मोरङ–६)

राजनीतिक आबद्धता - कांग्रेसको भातृ संगठन नेविसंघको स्थापनाकाल २०२७ मा महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीतिमा आबद्ध । २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा पार्टीको ११ औं, १२ औं र १३ औं महाधिवेशनसम्म केन्द्रीय सदस्य । १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवास“ग पराजित भएपछि हाल संस्थापनइत्तर समूहका नेता ।

 पार्टी सदस्यता प्राप्त मिति - २०२७ साल

संसदीय यात्रा - २०६४ को संविधानसभा सदस्य निर्वाचन भएर २०६५ मा भएको उपनिर्वाचनमा मोरङबाट निर्वाचित । दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा मोरङ ६ बाट पुनः निर्वाचित । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ ६ मा पराजित

 राजनीति अघिका पेसा - चिकित्सक

राजनीतिक घटनाक्रम - मुलुकको प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा शाहीकालमा प्रहरी पहरा गण काठमाडौंमा ३ महिना थुनुवामा बसेको ।

 थप विवरण:-

विद्यार्थी राजनीतिकालदेखि राजनीतिमा रहेका कोइराला १२ बुँदे विस्तृत शान्ति सम्झौताका सूत्रधारक हुन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सहयोगीको भूमिका निर्वाह गरेका उनले अन्तरिम संविधान निर्माणमा रचनात्मक भूमिका निर्वाह गरेका थिए । 

संविधान निर्माणमा राज्यको हरेक निकायमा मधेसी, मुस्लिम, महिला, दलित र आदिवासी जनजातिको समावेशीताको व्यवस्था राख्न कांग्रेसको ह्विप नमानी संविधानसभामा संशोधन प्रस्ताव दर्ता गराएका थिए । उनले राज्यबाट संविधानसभा सदस्य पदक प्राप्त गरेका छन् ।

 


गाईघाट ७ मंसिर| | रातो तारा डट कम,उदयपुर क्षेत्र नं.  २ को प्रदेस सभा सदस्य १ मा गठवन्धन उम्मेदवार नेकपा   (माओवादी केन्द्र ) का नारायण वहादुर मगर विजयी भएका छन् । नेकपा  (एमाले ) का उम्मेदवार देवराज राई लाई ३५ मत ले हराउदै मगर दोस्रो कार्यकालको लागी निर्वाचित भएका छन् । मगर २०७४ सालको प्रदेस सभा सदस्यमा सोही क्षेत्र वाट  काग्रेस उम्मेदवार लाई हराउदै निर्वाचित भएका थिए । मगरले  ८ हजार १ सय ५ मत प्राप्त गर्दा राई ले ८ हजार ७० मत ल्याएका छन् । मंगोल राष्ट्रिय अर्गनाइजेसनका नर वहादुर थापा मगरले ८ सय ७३ मत ल्याएका छन् ।



विराटनगर | रातो तारा डट कम, विराटनगर महानगर नगर कार्यपालिकाको प्रवक्तामा कार्यपालिका सदस्य सन्तोष न्यौपाने तोकिएका छन् ।

विराटनगर वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका न्यौपानेलाई कात्तिक २९ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार मेयर नागेश कोइरालाले प्रवक्तामा मनोनित गरेका हुन् ।

कार्यपालिकाले सम्पादन गरेका कार्य तथा निर्णयहरू सार्वजनिक जानकारीमा ल्याउने प्रयोजनार्थ नगर कार्यपालिका कार्यसम्पादन नियमावली–२०७५ को नियम १७ मा भएको व्यवस्थाबमोजिम प्रवक्ता तोक्ने अधिकार मेयरलाई दिइएको छ । सोही व्यवस्थाअनुसार मेयर कोइरालाले वडाध्यक्ष न्यौपानेलाई महानगरको प्रवक्ता तोकेका हुन् । प्रवक्ताको जिम्मेवारी इमान्दारिता र कुशलतापूर्वक पूरा गर्ने न्यौपानेले बताए ।


काठमाडौं । रातो तारा डट कम,निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द भएको छ । निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द गरिएको हो ।


श्याम राई÷उदयपुर  गाईघाट, ६ मंसिर | उदयपुरको क्षेत्र न.२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का अम्बर बहादुर रायामाझी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी गठबन्धन उम्मेदबार नेकपा समाजवादीका जगनाथ खतीवडालाई २३५८ मतले हराउँदै रायमाझी विजयी भएका हुन् । रायामाझीले १५ हजार २ सय ५१ मत ल्याउदा खतीवडाले १२ हजार ८ सय ९३ मत प्राप्त गरेका थिए । तेश्रो स्थानमा रहेका नेपाली कांग्रेसबाट विद्रोहीगरि स्वतन्त्र उम्मेदबार बनेका कांग्रेस क्षेत्रिय सभापति राम कु्मार राईले १० हजार ३ सय ७९ प्राप्त गरे ।

४ गाउँपालिका र १ नगरपालिका सहित ५ स्थानीय तह रहेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतको आधारमा गठबन्धन बलियो स्थीतीमा देखिएको यो क्षेत्रमा नेपाली कांग्रेसका राम कुमार राईले बागी उठेर गठबन्धनको धेरै मत काटेको कारण रायमाझीले जित हासिल गरेको हो ।

 

 



काठमाडौं । रातो तारा डट कम,मंसिर ४ गते एकै साथ देशभर सम्पन्न भएको निर्वाचनको यतिबेला देशका विभिन्न ठाउँमा मतगणना भईरहेको   छ । १ सय ७ निर्वाचन क्षेत्रको मतगणना हुदा प्रतिनिधिसभामा नेपाली कांग्रेसले १ सिट जितेको छ भने एमालेले १ सिट जितेको छ । 

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस ३७ ठाउँमा अग्रस्थानमा रहेको छ भने नेकपा एमाले २६ स्थानमा अगाडी रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी र नेकपा एकिकृत समाजवाद पार्टी समान ८ ठाउँमा अगाडी रहेका छन् । 

त्यस्तै ५ ठाउँमा राप्रपा अगाडी हुदा जनमत पार्टी १ ठाउँमा अगाडी रहेको छ भने अन्य पार्टी १४ स्थानमा अगाडी रहेको पाइएको छ । हेनुृहोस पछिल्लो मतपरिणाम अनुसार देशका चर्चित क्षेत्र र उमेद्वार कसको मत कति आएको छ कसले निर्वाचन जित्ने सम्भावना छ । तलको भिडियोमा हेर्नुहोस ।


काठमाडौं | रातो तारा डट कम, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका दक्षिण कोरियाको निर्वाचन आयोगका आयुक्त ९स्टयाण्डिङ कमिस्नर० प्बलन क्भयलन दबभ ले आज सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा कोरियाली प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गर्नुभयो ।



काठमाडौं । रातो तारा डट कम, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ आज केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबै क्षेत्र र समुदायप्रति निर्वाचन आयोग हार्दिक आभार व्यक्त गर्दछ ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको छ । यो निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो । केही जिल्लाका मतदान केन्द्रमा विविध कारणवश केही समय मतदान कार्य रोकिएकोमा राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिहरूसँगको छलफलपछि पुनः सुचारू भएको थियो । सो क्रममा राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन प्रतिनिधिको संयमता र सौहार्दताका लागि आयोग धन्यवाद व्यक्त गर्दछ ।

नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नं। ४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँ पालिका वडा नं। ६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौर लगायत अन्य ८ स्थानसमेत गरी कूल १५ मतदान स्थलमा मतदान स्थगन भएको छ । स्थगन भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिनभित्र पुनः मतदान गराउने निर्णय गर्न उपयुक्त प्रबन्ध मिलाइनेछ ।

निर्वाचनको सिलसिलामा निर्वाचन सामग्रीको प्रयोगमा बाधा पुर्‍याउने, मतपत्रको दुरुपयोग गर्ने, मतदानको प्रक्रिया उल्लंघन गर्ने, मतेपटिकामा अन्य वस्तु खसाल्ने, पटक पटक मतदान गर्न खोज्ने, मतपत्र नष्ट गर्ने, मतदान स्थल कब्जा गर्ने लगायतका कार्यमा संलग्न जोसुकैलाई ९निर्वाचन कसुर तथा सजय० ऐन २०७३ बमोजिम तत्काल कारवाही प्रारम्भ गर्न निर्देशन दिइएको छ ।

मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्को मतपेटिकामा खसेको भन्ने गुनासो आएको छ । मतपेटिकामा रहेका ती सबै मतपत्रलाई मतगणनाका समयमा जनताको अभिमत खेर जान नदिने गरी राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिको छलफलका आधारमा जुन तहका लागि खसेको मत हो सोही तहतर्फ गणना गर्ने गरी प्रबन्ध मिलाइएको छ । मतगणनाका सन्दर्भमा उत्पन्न हुन सक्ने विवाद वा अस्पष्टतालाई स्थानीयरूपमै छलफल गरी समाधान गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई जिम्मेवार तुल्याइनेछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट सोधनी भएका विषयमा आयोगले तत्काल तत्काल सम्बोाधन गर्नेछ ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको भइरहेको छ । मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना शुरू गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ संकलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको छ । जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम ७ वटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मौसमले साथ दिएमा भोलि अपरान्ह ४ बजे भित्र सदरमुकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ढुवानी गर्ने योजना छ ।

अन्त्यमा, मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एक जना सर्वसाधारण नागरिकको मृत्यु भएको तथा अन्य केही स्थानमा केही नागरिकको घाइते भएको घटनाप्रति आयोग दुःख व्यक्त गर्दछ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य उपचारको आवश्यक व्यवस्था गर्नआयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।


विराटनगर मसिर ४ गते | रातो तारा डट कम,विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मतदान गर्नु भएको छ । विराटनगर–९ ठाकुरवाडी रोडस्थित सरस्वती मावि मतदान केन्द्रबाट मतदान गर्नु भएको हो । 

मतदानपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै जनताले चाहेको प्रतिनिधि छान्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले विराटनगरका सबै मतदान केन्द्रमा उत्साहजनक सहभागिता पाएको जानकारी दिनुभयो । निर्वाचनले लोकतन्त्र र संघीयतालाई बलियो बनाउने दाबी गर्नुभयो । 

उहाँले विगतका कमीकमजोरीलाई सच्याएर संघीयतालाई संस्थागत गर्दै जनताका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले राजनैतिक क्रान्ति पूरा भइसकेकाले सबैले मुलुकको आर्थिक समृद्धि र विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।


विराटनगर मसिर ४ गते | रातो तारा डट कम, नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र नम्बर ६ का लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर–७ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।

मतदानपछि उहाँले आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुभयो । दण्डहीनताको अन्त्य गर्दै सुशासन र मुलुकको आर्थिक समृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाइ थियो । आफू निर्वाचित भएर गएपछि दण्डहीनता अन्त्य र सुशासनका पक्षमा संसदमा सधैं आवाज उठाउने चर्चा गर्नुभयो । “मुलुकमा अहिले दण्डहीनता मौलाउँदै गएको छ । जनताले सुशासनको प्रत्याभूति गर्न छाडेका छन्,” कोइरालाले भने, “दण्डहीनताको अन्त्य गरी सुशासनमात्रै कायम गर्न सकियो भने मुलुकको विकास समृद्धि हुन्छ ।”

यो निर्वाचनले संघीयता र लोकतन्त्रलाई थप बलियो बनाएको उहाँले बताउनुभयो । कोइरालाले निर्वाचनपछि नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने दाबीसमेत गर्नुभयो । “यो निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ,” उहाँले थप्नुभयो, “त्यसपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्छ ।” निर्वाचनको परिणामपछि मात्रै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लाग्ने कोइरालाले प्रस्ट पार्नुभयो ।


बिराटनगर | मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले आफूले चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको केविन निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याउने बताएका छन् ।
आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले विपन्न नागरिकको उपचारका लागि ५० शैया सहितका २५ ओटा केविन सञ्चालन गर्ने उद्घोष गरेका हुन् ।

२०७४ को आम निर्वाचनमा यसै क्षेत्रबाट झिनो मतले पराजित भएका डा.शर्माले आफूले चुनाव हारेर पनि जनताको सेवा जारी राखेकोमा चुनाव जितेपछि आफूमाथि जनताको अपेक्षा बढ्ने भएकाले जनअपेक्षाको सम्बोधनका लागि ५० शैयाको केविन पाँच वर्षसम्म निःशुल्क सञ्चालन गर्न लागेको स्पष्ट पारे ।
२०७४ को चुनाव जितेर सांसद हुँदै मन्त्रीसम्म बनेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले कोरोनाकालमा एक अर्ब २४ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर संसदीय समितिले गरेको भन्दै त्यस्ता उम्मेदवारलाई अब जनताले मत दिन नहुने डा.शर्माले बताए । कोरोनाकालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका ढकालले अनुदानमा आएको कोरोना परीक्षण किट प्रयोग गरी कोरोना परीक्षण गर्दा पाँच हजार पाँच सय रुपैयाँ शुल्क असुली गरेको र परीक्षणको अनुमतिसमेत आफूअनुकूल हुने अस्पतालहरुलाई मात्र दिएको भन्दै डा.शर्माले प्रजातन्त्रमा विश्वास गर्ने जनताले त्यस्ता उम्मेदवारलाई मतपत्रबाट कडा जवाफ दिने विश्वास व्यक्त गरे ।
जनताको स्वास्थ्य उपचारको जिम्मा सरकारको भएको बताउँदै डा.शर्माले सरकारी कोषबाट तत्काल सम्भव नभए निजी स्रोतबाट सेवा प्रवाह गरेर भएपनि पैसा नभएकै कारणले कसैको ज्यान जाने अवस्था आउन नदिने उल्लेख गरे । जुनसुकै राजनीतिक आस्था बोकेको व्यक्ति भएपनि समस्यामा परेको अवस्थामा आफूले तत्काल सहयोग गर्ने प्रतिबद्धतासमेत डा.शर्माले व्यक्त गरे ।
डा.शर्माको मुख्य प्रतिस्पर्धीका रुपमा यस पटक पनि एमालेका तर्फबाट पूर्वमन्त्री ढकाल नै मैदानमा रहेका छन् । उता, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने नेपाली चलचित्र अभिनेत्री रेखा थापालाई यसै क्षेत्रबाट उठाएको छ 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.