Websoft University

उदयपुरको क्षेत्र न.२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का अम्बर बहादुर रायामाझी विजयी भएका छन्


श्याम राई÷उदयपुर  गाईघाट, ६ मंसिर | उदयपुरको क्षेत्र न.२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का अम्बर बहादुर रायामाझी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी गठबन्धन उम्मेदबार नेकपा समाजवादीका जगनाथ खतीवडालाई २३५८ मतले हराउँदै रायमाझी विजयी भएका हुन् । रायामाझीले १५ हजार २ सय ५१ मत ल्याउदा खतीवडाले १२ हजार ८ सय ९३ मत प्राप्त गरेका थिए । तेश्रो स्थानमा रहेका नेपाली कांग्रेसबाट विद्रोहीगरि स्वतन्त्र उम्मेदबार बनेका कांग्रेस क्षेत्रिय सभापति राम कु्मार राईले १० हजार ३ सय ७९ प्राप्त गरे ।

४ गाउँपालिका र १ नगरपालिका सहित ५ स्थानीय तह रहेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतको आधारमा गठबन्धन बलियो स्थीतीमा देखिएको यो क्षेत्रमा नेपाली कांग्रेसका राम कुमार राईले बागी उठेर गठबन्धनको धेरै मत काटेको कारण रायमाझीले जित हासिल गरेको हो ।

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.