Websoft University
May 2016


विराटनगर, जेष्ठ १६ गते । विराटनगरबाट एक नयाँ अनलाइन समाचारको शुभारम्भ भएको छ । विराट प्रकाशन प्रालिद्वारा सञ्चालित रातो तारा डट कम ( www.ratotara.com )ले आफ्नो कार्यको शुभारम्भ गरेको हो । विराटनगरमा आज आयोजित एक कार्यक्रमका बीच रातो तारा अनलाइन पत्रिकाको रेड एफएमको स्टुडियोमा सामूहिक रुपमा शुभारम्भ गरिएको हो ।

प्रा.लि.का अध्यक्ष एवं अनलाइनका सम्पादक स्वतन्त्र पत्रकार तेजेन्द्र भण्डारीका अनुसार अनलाइन पोर्टलले समाचार, राजनीति, अर्थ, वाणिज्य, मनोरञ्जन, अन्तर्राष्ट्रिय गतिविधिलाई प्रमुखताका साथ सम्प्रेषण गर्ने बताउनु भएको छ । सो अनलाईन पत्रिकाको कार्यकारी सम्पादकमा गणेश शिवाकोटी रहनुभएको भण्डारीले जनाउनुभयो ।

कार्यक्रममा बी एण्ड बी प्रशारण प्रालिका अध्यक्ष युवराज धाडेवा, निर्देशक हरि प्रसाई, प्रमुख कार्यकारी अधिकृत गणेश शिवाकोटी, वेभसफ्ट युनिभर्सिटीका प्रवन्ध सञ्चालक भवेश मण्डल, विनोद भण्डारी, जनहितका सम्पादक सत्यनारायण शर्मा, शिवम मिश्रलगायतको उपस्थिति रहको थियो ।

वेभसफ्ट युनिवर्सिटी प्रालिको प्रविधि संयोजनमा निर्माण गरिएको वेभसाइटको प्राविधिक सञ्चालनको जिम्मेवारी पनि स्वयं प्रालिले लिएको कार्यक्रममा जनाइएको थियो ।

Bidhya Bhandari
१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुृख दलका नेताहरु र सरकारको कार्यशैलीप्रति असन्तुष्ट बनेकी छिन् । केपी ओली नेतृत्वको सरकार र सत्तारुढ पार्टीको कार्यशैलीप्रति असन्तुष्ट देखिएकी राष्ट्रपति भण्डारीले प्रमुख दलभित्रका असल मानिसहरु मिलेर अन्तरपार्टी सञ्जाल बनाउनुपर्ने लबिङसमेत थालेकी छिन् ।
नेकपा एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी राष्ट्रपति भण्डारीले केही नेताहरुसँग अनौपचारिक भेटघाटसमेत थालेकी छिन् । भण्डारीले चाँडै सर्वदलीय बैठक बोलाएर संविधान कार्यान्वयनमा दलका नेताहरुको ध्यानाकर्षण गराउन लागेको स्रोतले अनलाइनखबरलाई बतायो ।
यसैवीच आज गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति कार्यालयले शुभकामना आदान-प्रदान एवं जलपान कार्यक्रमको आयोजना गरेको छ । शनिबार दिउँसो साढे १ बजे शीतलनिवासमा हुने जलपानमा सहभागी नेताहरुवीच अनौपचारिक कुराकानी हुनु स्वाभाविक भए पनि राष्ट्रपतिले प्रमुख नेतालाई केही दिनभित्र औपचारिकरुपमै शीतलनिवास बोलाउन लागेको स्रोतले जानकारी दियो ।
नेताहरु पेटीस्वार्थमा लागे
स्रोतका अनुसार राष्ट्रपति भण्डारीले देशलाई आर्थिक सम्वृद्धिको बाटोतर्फ अग्रसर गराउनुपर्नेमा नेताहरु आ-आफ्नो पेटी स्वार्थमा लागेर झगडामा रुमलिएको गुनासो पोखेकी छिन् ।
अहिलेको राजनीतिक गतिरोधलाई चिर्न र मुलुकलाई दुर्घटना हुनबाट जोगाउनका लागि कांग्रेस, एमाले र माओवादी लगायतका दलभित्र रहेका इमान्दार नेता-कार्यकर्ताहरुले अन्तरपार्टी सञ्जाल बनाएर अघि बढ्नुपर्ने राष्ट्रपतिको सुझाव छ ।
ओलीसँग असन्तुष्ट
राष्ट्रपति भण्डारीले आफ्ना निकटस्थहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति पनि असन्तोष जनाएकी छिन् । विशेष गरी आफ्नो भारत भ्रमण स्वीकृत नगरेर प्रधानमन्त्री ओलीले गल्ती गरेको राष्ट्रपतिको बुझाइ छ ।
KP Oliसार्वजनिक रुपमा तय भइसकेको भ्रमण वीचमा आएर स्थगन गर्दा छिमेकीसँगको सम्बन्धमा असहजता उत्पन्न हुन पुगेको उनको बुझाइ छ ।
नेकपा एमालेमा कार्यरत रहँदा राष्ट्रपति भण्डारी केपी ओली गुटकी नेतृ मानिन्थिन् । राष्ट्रपति बनेपछि उनले एमालेबाट राजीनामा दिइसकेकी छिन् । तर, राष्ट्रपति बन्नु र एमाले छाड्नुअगावै संविधान निर्माणका बेलामा पनि विद्याको भूमिका केपी ओलीको भन्दा फराकिलो रहेको कांग्रेस र माओवादीका नेताहरुको बुझाइ छ ।
स्रोत भन्छ- संविधान निर्माणपूर्व नै एमाले अध्यक्ष ओली र तत्कालीन उपाध्यक्ष विद्यावीच केही दुरी देखिन थालिसकेको थियो । पार्टीभित्र र बाहिरसमेत केपी ओलीको तुलनामा विद्या निकै सन्तुलितरुपमा प्रस्तुत हुन र राष्ट्रिय सहमतिको पक्षमा उभिन थालेकी थिइन् ।

उदयपुर, जेष्ठ १३ गते  ।  उदयपुरमा सोमबार राति एक चार वर्षिय बालिकालाई बलात्कार गर्ने पक्राउ परेका छन् । त्रियुगा नगरपालिका वडा नं.–२ स्थित संगम टोल वस्ने वर्ष १७ का शौभाग्य आछामे (परियार)ले एक चार वर्षिय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 



बालिका राति करिव साढे आठ बजेको समयमा चार वर्षिय बालिकालाई बलात्कार गरेको सूचनाको आधारमा प्रहरीले परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी ओमबहादुर राना मगरले बताए ।


बलात्कृत बालिका उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा भर्ना रहेको प्रहरीले बताए । पक्राउ परेका परियारलाई आवश्यक अनुसन्धानको लागि अघि बढाइएको डिएसपी मगरले बताए ।

उदयपुर , जेष्ठ १३ गते ।   उदयपुरको बेल्टार–बसाहा नगरपालिकामा आफ्नै भान्जी बलत्कार गर्ने मामा पक्राउ परेका छन् । मामाले आफ्नै भान्जीलाई ६ महिनादेखि पटक पटक बलत्कार गर्दै आएको उजुरीका आधारमा जेष्ठ ८ गते पक्राउ गरेको छ । 


पक्राउ परेका बेव नपा–११ का रोशन भन्ने डन्डु मगरलाई विशेष सुरकीको आधारमा पक्राउ परेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले बताए ।


उनका अनुसार मगर साकेला नाच्न आएको सूचनाको आधारमा पक्राउ गरेको बताए । सिलवालले भने ‘मंसिर महिनामा घरमा आमा नभएको अवस्थामा बाबुले मादक पद्धार्थ सेवन गरि छोरीलाईलाई जवरजस्ती करणी गरेको त्यस पछि मामा घरमा जाँदा मामाले नै जवरजस्ती गर्ने गरेको र पछि छिमेकी दाजु पर्नेले पनि डर देखाएर बलत्कार गर्ने गरेको जाहेरीको आधारमा मामालाई पक्राउ गरेको हुँ ।’

 आरोपी बाबु र छिमेकी दाईलाई पुर्पक्षका लाथि थुनामा रहेका छन भने मामालाई अनुसन्धानका लागि म्याद थप गरिएको छ ।

पाँचथर जेष्ठ १३ गते ।  पाँचथर  जंगलबाट टिपेर ल्याएको च्याऊ पकाएर खाँदा जिल्लाको आङना १ का ५ जना सिकिस्त विरामी परेका छन् । 



विरामी हुनेहरु पदममााया माङलाक उनीका छोरा १६ वर्षिय राम प्रसाद,१३ वर्षिय छोरी कविता,८ वर्षिय छोरी मनुषा र ५ वर्षिय छोरी सोनी रहेका छन् । 


विरामी पर्नेहरु एकै परिवारका रहेका हुन् ।


गत सोमबार पदममाया मालाङकले जंगलबाट जंगली च्याउ ल्याएर बेलुका च्याउ खाएर सुतेका उनीहरु विरामी परेका हुन् ।


 उनीहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पथरी, जेष्ठ १३ गते ।  मोरङको केरौन ४ को चिसाङ खोलाबाट प्रहरीले गाडिएको १० दिन पछि एक व्याक्तिको शव चिहान खनेर निकालेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मोरङको निर्देशनमा इलाका प्रहरीकार्यालय पथरीले केरौन ४ घरभएका बर्ष २९ को अमृत लिम्बूको गाडिएको लास चिहान उत्खनन गरी निकालेको हो ।



पथरी इप्रकाका प्रहरी निरिक्षक रमेश बस्नेतको टोलीले खोलाको डिलमा गाडिएको लासलाई निकाली पोष्टमार्टमको लागी धरान स्थीत विपि कोइराला विज्ञान प्रतिष्ठान घोपा आइतबार नै पठाए । लास सामान्य कुहिएकोले धेरै दुर्गन्ध भएको थियो । लासलाई घर देखि लगभग ३ किलोमिटर पश्चिम चिसाङ खोलामा परम्परा अनुसार गाडिएको थियो । लासको टाँउकोको अगाडि र पछाडी भागमा चोट लागेको भेटिएको प्रहरीले बताएका छन् ।

गाउँमा शंका उपशंका भएपछि आइतबार विहान इलाका प्रहरी कार्यालय पथरीमा मृतर्कका आमा देविमाया लिम्बूले स्थानीयको आग्रहमा किटानी जाहेरी दिएका थिए । उन्ले मृत छोराको लासलाई अनुसन्धान गरी घटनामा संम्लग्न व्याक्तिलाई तत्काल पक्राउ गर्न किटानी जाहेरी दिएकी थिइन् । मृतर्कका आमा देविमाया लिम्बूले घटनामा संम्लग्न केरौन १ को सइकुमार तामाङ सहित ५ जनाको नाममा किटानी जाहेरी दिएको प्रहरी निरिक्षक वस्नेतले बताए ।

किटानी जाहेरी पश्चात प्रहरीले घटनामा सम्लग्न व्याक्तिलाई खोजिकार्य तिव्र बनाएको प्रहरीले बताएका छन् । आमा देविमायाले प्रहरीमा दिएको बयान अनुसार बैशाख ३१ गते राती ८ बजे घर छेउको कानेपोखरी–रंगेली सडक खण्डमा दक्षिणबाट ३ वटा मोटरसाइकलमा आएको सइकुमार तामाङको युवा समुहले बाटोमा भनाभन भएपछि हेल्मेटले कुटपिट गरेको स्थानीयबाट भोलि पल्ट थाहा भएको थियो ।



त्यो दिन राती कति बेला आएर घरमा सुतो थाहा भएन विहान ११ बजे सम्म नउठ्दा गएर ओछ्यानमा हेर्दा मृतु भैसकेको रहेछ । गाऊँका केहि मान्छेले प्रहरीलाई खबर गरी पोष्टमाटम गर्नु पर्छ भनेका थिए भने केहि मानिसले खर्च धेरै लाग्छ प्रहरीलाई नभन्नु आफ्नो रितिरिवाज अनुसार सदगद गर्ने सल्ला दिएर यस्तो गरेको हो ।

केरौनको सोही स्थानको वरपर पसलमा मदिरा तथा पेय पदार्थको कारणले समय समय यस्तो प्रकारको घटना बढ्दै गएको छ । मृतर्क अमृत पनि स्थानीय एक मदिरा पसलमा मदिरा नशामा घटना घटेको त्यहाँका स्थानीयले बताएका छन् । अहिले घटना घटेको स्थानबाट २ सय मिटर दक्षिण २०६९साल असोज ९ गते राती ८ बजे केरौन ४ को नहर चौकको पसलमा केरौन ४को २४ बर्षीय मुकेश माझीलाई छिमेकी लिला ठकुरी साहीले धारीलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

घटनामा संम्लग्न लिला ठकुरी अहिले सम्म प्रहरीले पक्राउ गर्ने सकेको छैनन् । सोहि घटनामा संम्लग्न अन्य गणेश चौधरी,सतिस वस्नेत ,शंकर चौधरी र दिनेश राजवंशीलाई अदालतले सादा तारिखमा छाडेका थिए । त्यसैगरी घटना स्थल केरौनको नहर चौकदेखि लगभग दुई किलो मिटर दक्षिण केरौन ९ दलेलीमा २०६७ सालमा मदिरा खाएर भनाभन भएको विषयमा सतार(किस्कु) थरीका व्याक्तिलाई घरधनी रमेश थापाको परिवारले हत्या गरेका थिए ।

थापा परिवारका अन्य सदस्य तारिखमा छुटे भने रमेश थापा कारागरमा जेलजिवन विताई रहेका छन् । हत्यामा संलग्न तिन जना उपस्थित मोरङको केरौन ४ को २९ बर्षीय अमृत लिम्बूको हत्यामा संलग्न ३ जना प्रहरी सामु उपस्थित भएका छन । सोमबार हत्यामा संलग्न केरौन १ का ३३ बर्षीय सईकुमार तामाङ, २६ बर्षीय हस्त गुरुङ र बाहुनी ९ राधानाघर भएको २८ बर्षीय राकेश गुरुङ प्रहरी सामु उपस्थित भएका हुने । मृतक लिम्बूको हत्यामा संलग्न ५ जना मध्ये ३ जनालाई प्रहरीले जिल्ला पुर्याइसकेको छ ।

  • पुर्बेली नॆउज बाट 


 बेलबारी , जेष्ठ १३ गते । नगरपालिका भएपछि गाविसको भन्दा बढि सेवा सुबिधा हुन्छ भन्ने सुनेका नगरबासीहरु त्यति बेला औधी खुसी भए जतिबेला मोरङका दर्जनौ गाबिसहरु पनि नगरपालिका घोषित भए । तर नगरपालिका घोषणा भएको २ बर्ष पुग्दा समेत उनीहरुले त्यो आभाष गर्न पाएका छैनन । मोरङका सुन्दरदुलारी, कोशीहरैचा, बेलबारी,लेटाङ भोगटेनी,पथरीशनिश्चरे,उर्लाबारी,रंगेली,लगायतका नगरपालिकाले दोस्रो बार्षिकोत्सब मनाए पनि सेबा सुबिधा भने थप्न पाएका छैनन । दैबिक प्रकोप राहत कोष खडा गरेपनि दैबिक प्रकोप बाट बचाउने खालका रणनिति उनीहरुले बनाउन सकेका छैनन । 

२ बर्षको अबधि हुँदा समेत ती नगरपालिकाले एउटा समेत दमकल किन्न सकेका छैनन । केही दिन अघिमात्र बेलबारी ४ का रमेश कोईरालको घरमा बिद्युत सट भएर आगो लाग्यो । नगरपालिकामा दमकल नहँुदा ईटहरीबाट दमकल बोलाएपनि घरगोठ खरानी भईसक्दा मात्रै दमकल आई पुग्यो ।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस क्षेत्रमा मात्र दैनिकजसो आगलागीका घटनाहरु भईरहेका छन । नगरपालिकामा दमकल नहुदाँ छिमेकी जिल्लादेखी दमकल बोलाउनुपर्ने बाध्यता अझै सम्म पनि हट्न सकेको छैन । झापा तथा सुनसरी जिल्लाबाट दमकल बोलाउन पर्ने बाध्यता अझै पनि उत्तरी मोरङका जनताले भोग्न बाध्य भएका छन । यस क्षेत्रमा आगलागी हुँदा भापाको दमक नगरपालीका तथा सुनसरीको ईटहरी उपमहानगरपालीका देखी दमकल बोलाउनुपर्ने बाध्यता छ । नगरपालिकाको ध्यान अहिले सम्म पनि दमकल किन्नेमा जान सकेको छैन ।

नगरपालिकामा स्वास्थय शिक्षा, खेलकुद खानेपानि,यातायात लगायतका अन्य थुप्रै सेबा सुबिधा हुने गरेपनि करको दायरामात्रै नगरपालिकाहरुले बढाएको स्थानियहरुले गुनासो गर्ने गरेका छन । खानेपानीको हाहाकार उत्तिकै छ । न त शुद्ध खानेपनिको जिम्मा लिएका संस्थाले खानेपानीको समस्या समाधान गर्न सक्छ नत नगरपालिकाले नै । बर्षातको समय सुरु भए सँगै नगरपालिका क्षेत्र भित्रका कच्ची सडक हिलाम्मे हुने गरेका छन । नगरपालिकाहरुले एकिकृत सम्पत्ति कर तिर्नका लागी ताकेता गरे पनि सेवा सुबिधाका लागी भने काम गर्न सकेका छैनन । अधिकांश नगरपालिकमा खानेपानीको समेत उस्तै समस्या छ ।

दमकल खर्चिलो हुने गरेकाले दुई तिनवटा नगरपालिका सँग समन्वय गरेर ल्याउने तयारी भईरहेको र त्यसका लागी मन्त्रालय सँग प्रकृया अघि वढेको बेलबारी नगरपालीकका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले जानकारी दिएका छन ।

काठमाडौँ, जेष्ठ १३ गते । सरकारले राष्ट्रप्रमुख, प्रधानमन्त्रीलगायत पूर्वपदाधिकारीलाई योजना र आवश्यकता पहिचानै नगरी मनलागी सुरक्षाकर्मी बाँडिरहेको छ ।



कानुन अभावमा एउटै पूर्वप्रधानमन्त्रीले ६४ जनासम्म सुरक्षाकर्मी लिइरहेको पाइएको छ ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले गरेको अध्ययनले पूर्वपदाधिकारीको सुरक्षामै राज्यको ठूलो जनशक्ति खर्च भइरहेको देखाएको हो । पूर्व पदाधिकारीले असुरक्षाको कारण देखाउँदै मनपरी सुरक्षाकर्मी लिइरहेको प्रतिवेदनले औंल्याएको छ ।

पूर्वपदाधिकारीलाई कति सुरक्षाकर्मी दिने भन्नेबारे अहिलेसम्म कानुन बनाइएको छैन । मन्त्रिपरिषद निर्णय, मन्त्रालयगत निर्णय र परम्पराका आधारमा राज्यले व्यक्ति हेरेर सेवासुविधा, सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको छ ।

सबैभन्दा धेरै सुरक्षाकर्मी लिनेमा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पहिलो नम्बरमा छन् । उनीसँग २३ प्रहरी र ४१ सशस्त्र प्रहरी गरी ६४ सुरक्षाकर्मी छन् । धेरे सुरक्षाकर्मी लिनेको दोस्रो नम्बरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई छन् । उनले २२ प्रहरी र १३ सशस्त्र गरी ३४ जना सुरक्षाकर्मी राखेका छन् ।

पूर्व सरकार प्रमुखमध्ये मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सबैभन्दा कम सुरक्षाकर्मी लिनेमा पर्छन् । उनीसँग दुई प्रहरी र ८ सशस्त्र गरी १० सुरक्षाकर्मी छन् ।

पूर्वराष्ट्रपति रामवरण यादव र पूर्व उपराष्ट्रपति परमानन्द झाले भने दुई–दुई जना प्रहरीमात्र राखेका छन् ।


काठमाडौँ,जेष्ठ १३ गते । मुलुकका चार सुरक्षा निकायले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविनका नाममा आफ्ना उच्चअधिकृत र अन्य दर्जालाई दोषी देखाइन सकिने भन्दै त्यसको प्रतिरक्षाका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेका छन् ।

नेपाली सेनाको मूख्यालय भद्रकालीमा बुधबार पूर्वरथी तथा उच्च अधिकृतसँगको छलफलका क्रममा यस्तो समिति गठन भएर कार्य प्रारम्भ भएको जानकारी दिइएको थियो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषयमा अध्यावधिक गराउने र अन्य समसामयिक विषयमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको सेनाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

उच्च सुरक्षा स्रोतका अनुसार नेपाली सेनाका कानुन हेर्ने सहायक रथी रत्नबहादुर थापाको नेतृत्वमा समिति गठन गरिएको छ ।

  • ईमेज खबर बाट 











काठमाडौँ,जेष्ठ १३ गते । कांग्रेस नेत्री सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक हुने बताएकी छन् ।

बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले अहिलेको सरकारले राम्रो काम गरेको भन्दै तत्काल सरकार परिवर्तन कसैको पनि हितमा नहुने बताइन् ।

सबै पक्षको सहयोगबाट देशलाई आर्थिक विकासको बाटोमा अघि बढाउनुपर्ने नेत्री कोइरालाको भनाइ थियो । -




  • ईमेज खबर बाट

काठमाडौँ,जेष्ठ १३ गते । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले नेपाललाई ‘ट्रान्जिट’ बनाएर ब्राजिल हुँदै युरोपेली देशहरुमा कोकिन तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहका चारजनालाई पक्राउ गरेको छ ।




पक्राउपर्नेहरुमा भेनेजुयलाकी एमिरिस कारमेन, नाइजेरियाका मोहमद लामिने दोवा, भारतका तोहिद खान र नेपालका दिलबहादुर गुरुङ रहेका छन् ।

यिनीहरुको साथबाट प्रहरीले २ किलो ६ सय ८३ ग्राम कोकिन पनि बरामद गरेको छ । प्रहरीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।

एमिरिस कारमेन पक्राउ परेपछि उनको बयानको आधारमा अरु तीनजना पक्राउ परेका हुन् ।

कारमेनलाई भनेजुयलाकी क्याथ्रिन भन्ने महिलाले ‘माछा मार्न प्रयोग हुने नाइनलको डोरी हो, नेपालमा महंगो मूल्यमा बिक्री हुन्छ’ भनी नाइनलको डोरीमा राखेर कोकिन पठाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

दिलबहादुर गुरुङ नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका अभियुक्त हुन् ।

गुरुङले नेपालबाट लागूऔषध बाहिर पठाउने काममा सक्रिय रहेको विभिन्न घटनाको अनुसन्धानबाट पुष्टि भएको पनि प्रहरीले जनाएको छ ।

  • ईमेज खबर बाट


काठमाडौँ,जेष्ठ १३ गते । महेन्द्रनगरको ४ नम्बर गल्लीस्थित संगम होटलमा गत वैशाख २३ गते भएको हत्याकान्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरले बुधबार पत्रकार सम्मेलन गरी सो हत्याका आरोपी बेतकोट नगरपालिका दैजीका १८ वर्षीय तारासिंह बोहोरालाई सार्वजनिक गरेको हो ।

प्रहरीले बोहोरालाई भारतको चन्डिगडबाट पक्राउ गरी ल्याएको जनाइएको छ ।

बोहोराले होटेलका कामदार कृष्णसिंह विष्ट र भीमबहादुर रोकायाको हत्या आफूले गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले जानकारी दिए ।

उनले सँगै रक्सी सेवन गर्नेक्रममा झगडा भएपछि उनीहरुको हत्या गरेको बताएको पनि प्रहरीले जनाएको छ ।




  • ईमेज खबर बाट


काठमाडौँ,जेष्ठ १३ गते । ट्राफिक जरिवाना रकम बढाइको विरोधमा यातायात व्यवसायीले चक्काजाम गरेका छन् । बस, माइक्रो लगायतका सार्वजनिक गाडी नचलाउँदा बिहानैदेखि यात्रु मर्कामा परेका छन् । यात्रीहरु पैदलनै गन्तव्यतर्फ जाँदै गरेको देखिन्छ ।

लेन पालना नगर्ने, जथाभावी पार्किङ गर्ने जस्ता ट्राफिक नियम उल्लंघनका घटनामा जेठ १ गतेदेखि कम्तिमा पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना लिन सकिने नियम लागू भएपछि यातायात व्यवसायी विरोधमा उत्रिएका हुन् । व्यवासयीले ट्राफिक जरिवाना शुल्क बढाइएको विरोधमा बिहीबार देशभरी नै सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् । सरकारले सरोकारवालासँग छलफल नै नगरी ऐन संशोधन गरेर नयाँ नियम लागू गरेको आरोप लगाउँदै व्यवसायीहरुले नयाँ नियमले आफूहरुको व्यासाय नै धरापमा परेको जनाएका छन् । ट्राफिक जरिवाना बढाउनु भन्दा पनि नियम उल्लंघन हुने वातावरण नै बन्न नदिन लाग्नु पर्ने उनीहरुको भनाई छ ।

व्यवसायीको बन्दका कारण काठामाडौं उपत्यकामा बिहानैदेखि भाडाका गाडी चलेका छैनन् । फाट्टफुट्ट ट्याक्सी देखिए पनि अन्य कुनै पनि भाडाका सवारी साधन सडकमा देखिएका छैनन् । काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने लामो दूरीका गाडी पनि चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

यता, गृह मन्त्रालयले भने गाडी नचलाए कारबाही गर्ने चेतावनी दिएको छ । यातायात व्यवसायी तथा मजदुरले बन्द आह्वान गरेपछि देशभर सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै गृह मन्त्रालयले नियम अनुसार गाडी नचालाए कारबाही गर्ने चेतावनी दिएको छ ।


  • ईमेज खबर बाट

काठमाडौँ, जेष्ठ १३ गते ।  सामुदायिक विद्यालयमा आठ महिना अघिसम्मका अस्थायी नियुक्ति पाएका शिक्षकले स्थायीका लागि प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।



व्यवस्थापिका संसद अन्र्तगतको महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिको बुधबारको बैठकले संविधान जारी भएको अघिल्लो दिन असोज २ गतेसम्म अस्थायी भएका शिक्षकले आन्तरिक प्रतिस्पर्धा गर्न पाउने व्यवस्था पारित गरेको छ । सरकारले ०६९ पुस १९ सम्म अस्थायी शिक्षकले प्रतिस्पर्धा वा सुविधा रोज्नु पर्ने प्रस्ताव राखेको थियो । समितिबाट पारित भएको विधेयक संसदको बहुमतबाट पारित भएपछि लागू हुनेछ ।

अस्थायी शिक्षकले प्रतिस्पर्धा नरोजी अवकास चाहेमा पाँचदेखि दश वर्षसम्म सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको आधा महिनाको तलब, दशदेखि पन्" वर्षसम्म सेवा गरेको शिक्षकलाई एक बर्षमा एक महिनाको तलब, पन्" वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई एक बर्षमा डेढ महिनाको तलब बराबरको रकम दिने सरकारले राखेको प्रस्तावलाई समितिले पनि पारित गरेको हो ।

प्रतिस्पर्धामा छनौट हुन नसकेका अस्थायी शिक्षक प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशित भएको मितिबाट स्वतः अवकास भएको मानिने छ ।

राहत शिक्षकलाई पनि एक पटकको लागि प्रतिस्पर्धा गर्न उमेर हद नलाग्ने व्यवस्था गरेको समितिका सदस्य कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले बताए । अस्थायी शिक्षक प्रतिस्पर्धामा असफल भए जागिरबाट बाहिरिनु पर्ने हुन्छ भने राहत शिक्षक असफल भएपनि जागिरमा र्फकन पाउनेछन् ।

समितिमा सदस्य एमालेका राजेन्द्र पाण्डे, डा. बंशीधर मिश्र, श्रीमाया थकाली र सिन्धु जलेसाले असहमति जनाएपनि पारित भएको हो । 'समितिले संसोधित ऐन पारित गरेको छ,'समितिकी सभापति रञ्जुकुमारी झाले भनिन,'धेरै बिषय छुटेपनि महत्वपूर्ण कुरा संसोधन गरिएको छ । भोली -बिहीबार) संसदमा पेश गर्छौ ।'

ऐनमा कम्पनी अन्र्तगत दर्ता भएर निजी विद्यालय संचालन हुन नपाउने व्यवस्था गरिएको छ । अब सार्वजनिक र शैक्षिक गुठीबाट मात्रै विद्यालय खोल्न पाउने व्यवस्था भएको हो ।
विधेयकमा सहकारी अन्र्तगत पनि शैक्षिक संस्था खोल्न पाउनु पर्ने जिकिर गर्दैं एमाले सभासद् पाण्डे, मिश्र, थकाली र जलेसाले असहमति जनाएका थिए । समितिको बुधबारको बैठकले विधेयकको २२ बुँदामा संशोधन सहित पारित गरेको छ ।

समितिका सदस्य बदि्रप्रसाद पाण्डेका अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष हुन स्नातकोत्तर तह उतिर्ण गरी कम्तीमा १२ बर्षे अनुभव वा परीक्षामा काम गरेको हुनु पर्ने प्रावधान राखेको छ । यसअघि सरकारले पेश गरेको प्रस्तावमा योग्यता र अनुभव तोकेको थिएन । बोर्डको अध्यक्ष सिफारिस समितिमा समितिमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र शिक्षा सचिव रहने व्यवस्था हटाएर दुई जना शिक्षाविद् र एक महिला रहने व्यवस्था गरेको पाण्डेले बताए ।

'परीक्षा बोर्डमा महिलाको प्रतिनिधित्व बढाएको छ,'उनले भने । प्रारम्भिक बाल कक्षालाई पनि विद्यालय शिक्षामै समाहित गर्ने भएको छ । अब आधारभूत तहमा बालकक्षादेखि आठसम्म हुने भएको छ ।




  • कान्तिपुर समाचार बाट

काठमाडौँ, जेष्ठ १३ गते ।  आन्दोलनरत मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफूहरुलाई वार्ताका लागि औपचारिकरुपमा नबोलाएको दावी गरेका छन् । 



आफ्नो पार्टीले आज रुपन्देहीको भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘वार्ताका लागि टेण्डर आव्हान गरेर कसैलाई आउन र कसैलाई सर्वदलीय बैठकमा आउन भन्दै बोलाएर सरकारले आफ्नो गैरजिम्मेवारी उजागर गर्‍यो ।’

उनले सरकारसँग मोर्चाले ३६ पटक वार्ता गरेको भएपनि सरकार लचक नभएकाले समस्या जस्ताको तस्तै रहेको पनि बताए । ‘सफल वार्ताका लागि सरकारले मोर्चासँग विगतमा गरेका सहमतिको कार्यान्वयन, संविधान पुर्नलेखनको प्रतिबद्धता र पक्रउ गरिएका मोर्चाका कार्यकर्ताको रिहाई गर्नेमा विश्वस्त बनाउन सक्नुपर्छ,’ यादवले भने ।

आफू सत्तामा भएकै बेलामा स्थानीय निकायको निर्वाचन गरेर स्थानीय निकाय कब्जा गर्ने मनस्थिति सरकारमा सहभागि मुख्य दलको देखिएको भन्दै उनले भने, ‘यसले मुलुकलाई अझ धरापमा पार्नेछ ।’

मुलुक संघीयतामा गइसकेकाले अबको निर्वाचन प्रादेशिक संरचनाअनुसार हुनुपर्ने पनि उनले बताए । ‘अब संघीय संरचना अनुसार हुन्छ । अब स्थानीय निकायको निर्वाचन केन्द्रीय सरकारले गराउन सक्दैन,’ उनले भने ।

राजनीतिक मुद्दाको छिनोफानो नगरिकन चुनाव गराइएमा द्वन्द्वको समाधान नहुने पनि उनले बताए । सरकारले करिब ३ सय मोर्चा कार्यकर्तालाई विभिन्न मुद्दा लगाएर धरपकड गरेको दावी पनि उनले गरे ।

जेठ १५ मा मधेशी गठबन्धनको राजधानी केन्द्रित आन्दोलन सकिने र त्यसपछि थप आन्दोलनको घोषणा गरिने भन्दै उनले आइरहेको वर्षालाई ध्यानमा राखेर आन्दोलनका कार्यक्रम बनाउने पनि बताए ।




  • कान्तिपुर समाचार बाट 


काठमाडौँ, जेष्ठ १३ गते ।  नेकपा माओवादी केन्द्रका हेडक्वाटर सदस्य देव गुरुङ्गले छिनछिनमा सरकार परिवर्तन गर्दा मुलुक अस्थिरतातर्फ धकेलिने भन्दै अहिले यही सरकारलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।




‘राष्ट्रिय सहमति भयो भनेमात्रै सरकार परिवर्तन हुने हो । अहिलेको स्थिति हेर्दा सरकार परिवर्तनको सम्भावना छैन,’ काठमाडौंमा बुधबार भएको साक्षात्कारमा गुरुङले भने, ‘काग्रेस संसदीय अभ्यासमा रहेकोले सहमतिको सरकार बन्न सक्ने अवस्था छैन । 

त्यसैले अहिले सरकार परिवर्तनको मुद्दा सान्दर्भिक छैन ।’

गुरुङले अहिले माओवादी केन्द्र भित्र सरकार परिवर्तनको विषयमा कुनै छलफल समेत नभएको स्पष्ट पारे । 

उनले मधेसीसहित आदीवासी जनजातिको माग आधारभूतरुपमा ठिकै भएकोले त्यसलाई म्ंबोधन गर्नु पर्ने भन्दै राज्य पक्षले सहमतिको लागि लचकता अपनाउनु पर्ने धारणा राखे ।




  • कान्तिपुर समाचार बाट

काठमाडौँ, जेष्ठ १३ गते   ।   प्रमुख प्रतिपक्ष कांग्रेसले अन्तरिम अवधिका लागि स्थानीय निकायको निर्वाचन गर्न संभव हुने या नहुने भन्ने बिषयमा पार्टीको दृष्टिकोण बनाउन छलफल थालेको छ । सरकारले आगामी मंसीरमा चुनाव गर्ने घोषणा गरीरहेका बेला प्रतिपक्ष कांग्रेसले यस बिषयमा पार्टीको दृष्टिकोण ल्याउन आन्तरिक छलफलमा जुटेको हो । 



सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा बुधबार भएको छलफलमा अधिकांश कांग्रेस नेताहरुको मत स्थानीय निकायको पुर्नसंरचनापछि निर्वाचन गराउन उपयुक्त हुने थियो । बैठकमा सहभागी कांग्रेसका एक नेताले स्थानीय निकायको पुर्नसंरचनाका लागि आयोग गठन भईसकेको अवस्थामा अन्तरिम अवधिका लागि मंसीरमा स्थानीय निकायको निर्वाचन गर्नुको औचित्व नहुने निष्कर्ष बैठकमा निकालिएको बताए ।

बैठकपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने बिषयमा प्रारम्भिक छलफल भएको बताए । केन्द्रीय सदस्य प्रकाशशरण महतले प्रारम्भिक छलफल भएकाले पार्टीको ठोस धारणा अर्को बैठकपछि आउने बताए । 'अहिलेकै अवस्थामा मंसीरमा स्थानीय निकायको निर्वाचन गर्न संभव छ कि छैन ? निर्वाचनका लागि संवैधानिक अडन के छन ? जस्ता बिषयमा छलफल भएको हो' महतले कान्तिपुरसँग भने,'कांग्रेस शिद्धान्तहः निर्वाचनको पक्षमा छ ।

तर, स्थानीय निकायको पुर्नसंरचना नगरी निर्वाचनमा जान सकिने अवस्था छ कि छैन भन्ने बिषयमा औपचारिक दृष्टिकोण अर्को बैठकपछि हामी ल्याउने छौ ।' बैठकमा सभापति शेरवहादुर देउवा, बरिष्ठ नेता पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, महेश आचार्य, बालकृष्ण खाँण र डा. प्रकाशरण महत सहभागि थिए ।

मधेसको माग सम्वोधन नहुँदा सम्म स्थानीय निकायको निर्वाचन हुन कठिनाई हुने बताउँदै कांग्रेसले सस्तो लोकपि्रयताका लागि सरकारले स्थानीय निकायको अन्तरिम निर्वाचनको कुरा गरेको बताउँदै आएको छ । 'निर्वाचन सम्वन्धी पार्टीको औपचारिक दृष्टिकोण बनाएर कांग्रेसले सरकार र अन्यराजनीतिक दलहरुसँग पनि परामर्श गर्छ' महतले भने ।







  • कान्तिपुर समाचार बाट 

काठमाडौँ, जेष्ठ १३ गते  ।  एमालेको माधव नेपाल समूहले पार्टी ठिक ढंगले अघि नबढेको निष्कर्ष निकाल्दै देशव्यापी बहस चलाउने भएको छ । मदन भण्डारी अध्ययन केन्द्रको आयोजनामा राजधानीमा दुई दिन चलेको कार्यशालाले पार्टी अध्यक्ष केपी ओलीको कार्यशैली ठिक नभएको निष्कर्ष निकाल्दै अब मुलुकभरका कार्यकार्ता समक्ष सन्देश प्रवाहित गर्दै पार्टीलाई सही दिशामा ल्याउन अन्तरक्रियाको जरुरी ठानेको हो ।



तीन महिना भित्र सुरुमा सात प्रदेशमा र त्यसपछि प्रत्येक जिल्ला जिल्लामा कार्यक्रम आयोजना गरिने केन्द्रका अध्यक्ष समेत रहेका एमाले सचिव योगश भट्टराईले जानकारी दिए । संविधानको कार्यान्वयन र पार्टी शक्तिलाई एकताबद्ध बनाउनका लागि यस्तो कार्यक्रम आयोजना गर्नुपरेको उनले राजधानीको कार्यशाला समापनका क्रममा बताए । 'यो कार्यक्रम सिंगो नेपालको रुपान्तरण, संधिवान कार्यान्वयन र पाटीर्एको शक्तिलाई अझ एकताबद्ध बनाउनकै लागि हो' भट्टराईले भने । उनले मदन भण्डारी अध्ययन केन्द्रलाई जिल्ला जिल्लामा विस्तार गर्ने पनि जानकारी थिए । एमालेमात्र अध्यक्ष केपी ओली समूहले मदन भण्डारी फाउण्डेसनलाई गुटबन्दी गर्ने थलो बनाएको भन्दै नेपाल समुहले डेढ बर्ष अघि मदन भण्डारी अध्ययन केन्द्रको नाममा छुट्टै संस्था बनाएको थियो । त्यही संस्था मार्फत् अहिले नेपाल समूहका कार्यक्रम हुने गरेका छन् ।
दुई दिन चलेको भेलामा नेपाल समूह जिल्ला देखि केन्द्र सम्मका नेताहरु सहभागी थिए । तीन वटा कार्यपत्र पेश भएको भेलाका सहभागीहरुले पार्टी सञ्चालनको कार्यशैलीका कारण संविधानको कार्यान्वयन र आर्थिक समाजिक रुपान्तरणको दिशामा अघि बढ्न समस्या पर्ने सुझाव राखेका थिए ।

दुई दिने कार्यशालाको उद्घाटनमा मंगलबार अध्यक्ष ओलीप्रति निकै कडा टिप्पणी गरेका नेता नेपालले बुधबारको समापनमा भेलाले तरंग पैदा गरेको बताए । 'उद्घाटन समारोहमा बोलेका कुराले कतै कतै 'इलेक्टि्रक सक' -विद्युतीय तरंग) पैदा भएको छ' नेता नेपालले भने,'कुनै कुनै विरामीलाई उपचारका लागि 'इलेक्टि्रक सक' आवश्यक छ । राजनीतिमा पनि यस्तो आवश्यक पर्छ र राम्राे होस् भन्नका लागि नै 'इलेक्टि्रक सक' दिएको हो ।' उनले एमाले भन्दा भरपर्दो शक्ति अरु नरहेकाले यसलाई मजबुत बनाएर लैजान जरुरी रहेको बताए । देशर्ला माया गर्ने सबै पार्टी र नेताहरु एकताबद्ध भएर जानुपर्ने उनले बताए । मंगलबार उद्घाटन समारोहमा नेता नेपालले पार्टीको असन्तुष्टीले विस्फोटको रुप लिन सक्ने चेतावनी दिएका थिए ।

आयोजक संस्थाका प्रमुख समेत रहेका नेता भ्टटराईले ओली समूहतफै इंगित गर्दै आफूहरुका कार्यक्रबाट उत्तेजित नहुन र अनावश्यक शक्ति प्रयोग नगर्न चेतावनी दिए । 'यस्ता कार्यक्रमबाट उत्तेजित नहुन आग्रह छ, बालुवाटार र सिंहदरवारमा प्राप्त पद कसैका स्थायी होइनन्' भट्टराईले भने,'बालुवाटार सिंहदरबारको शक्ति पार्टी काममा प्रयोग नहोस् ।' सिंगो पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेकाले पार्टी भित्र आफुहरुले न्याय र समानता खोजिरहेको भट्टराईको टिप्पणी थियो । कार्यशैलीगत कमजोरी रहे पनि संविधानको कार्यान्वयन सहित यो सरकारको निरन्तरताको पक्षमा आफुहरु दृढताका साथ उभिने भट्टराईले बताए । 'गत बैशाख २२ गते सरकारबाट विदाई हुने क्षण आउने लगोको थियो, त्यो बेला बालुवाटारका अनुहारहरु हेर्न लायक थिए, पार्टीको स्थायी समितिको बैठक बस्यो त्यहा आन्तरिक मतभिन्नता छोडेर भए पनि सरकार बचाउनुपर्छ भन्नेमा हामी नै थियौ, निकटहरु त कहाँ थिए कहाँ' नेता भट्टराईले भने,'माधव नेपाल, जेएन खनाल, बामदेव गौतम लगायतका नेताहरु जसजसले जति सक्छौ सरकार जोगाउनुपर्न भनेर लागियो ।'
दुई दिने भेलाले ६ बुँदे प्रस्ताव पनि पारित गरेको छ । संविधानको कार्यान्वयन नेपालको लोकतान्त्रिक-गणतान्त्रिक भविष्यको लागि पूर्वशर्त भएकाले सबै नेपाली नागरिकहरुको एकताबद्ध प्रयत्नले मात्रै संविधानको कार्यान्वयनको सुनिश्चिता हुने भेलाले ठहर गरेको छ । सबै राजनीतिक पार्टीहरु एकताबद्ध भएर यो संविधानलाई कार्यान्वयनमा राष्ट्रिय सहमति कायम गर्नेपर्ने भेलाको जोड छ । आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट समस्यासमाधा गर्न पनि भेलाले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

नेपाली जनताको पहलबाट संविधान सभाले निमर्ाण गरेको संविधानलाई विनासर्त सम्मान गर्न भारत सरकारको पनि ध्यानाकर्षण गराएको छ ।




  • कान्तिपुर समाचार बाट

काठमाडौँ, जेष्ठ १२ गते । एमालेमा केपी ओली र माधव नेपाल समूहबीचको तीव्र मनमुटाव फेरि सतहमा आएको छ । संगठनात्मक कार्यशैलीलाई लिएर दुई पक्षबीच झगडा चुलिएको हो ।




झन्डै एक महिनाअघि राजधानीको एक पार्टी प्यालेसमा मदन भण्डारी फाउन्डेसनको आयोजनामा एमालेको केपी ओली समूहले आफूनिकटको भेला गरेको थियो ।

ओली समूहको उक्त भेलाप्रति तीव्र असन्तुष्टि जनाएको नेपाल समूहले मंगलबार राजधानीकै एक पार्टी प्यालेसमा मदन भण्डारी अध्ययन केन्द्रको आयोजनामा त्यस्तै भेला गर्‍यो । बुधबारसम्म चल्ने भेलामा यसअघि ओली समूहले गरेजस्तै जिल्ला–जिल्लाका झन्डै ३ सय अगुवा प्रतिनिधि सहभागी थिए ।

‘संविधानको कार्यान्वयन : राष्ट्र र पार्टी निर्माण’ राष्ट्रिय कार्यशाला नाम दिइएको भेलामा महाधिवेशन ताका मौन बसेका वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी थिए ।

उद्घाटन सत्रमा वरिष्ठ नेता खनाल र नेता नेपालले अध्यक्षको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै यही शैलीलेपार्टी अघि बढ्न नसक्ने बताए । पार्टीभित्रको असन्तुष्टिले जुनसुकै बेला विस्फोटको रूप लिन सक्ने अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई चेतावनी दिए ।

‘पार्टीमा गम्भीर अविश्वासमात्र होइन, अनुचित काम भइरहेका छन्,’ नेता नेपालले भने, ‘पार्टीभित्र ठूलो असन्तुष्टि छ, कुन बेला विस्फोट हुन्छ थाहा छैन ।’

अध्यक्ष ओली र उनको समूहले एकलौटी ढंगले पार्टीको काम गरिरहेको र सरकार सञ्चालनमा पनि मनलाग्दी गरिरहेको आरोप नेपाल समूहको छ । नेता नेपालले गुटबन्दीका लागि पार्टीका सदस्यहरूको नाम नै फेरबदल गरिदिनेसम्मको गम्भीर कार्य संगठन विभागबाट भइरहेको भन्दै आपत्ति जनाए ।

‘संगठन विभागबाट पार्टी सदस्यको नाम नै फेरबदल भएको छ, पार्टी सदस्यता आफूखुसी मनलाग्दी बाँड्ने गरिएको छ,’ नेता नेपालले भने, ‘कमसेकम मुख्य नेताहरूबीच त छलफल हुनुपर्छ त्यो पनि छैन, ‘टोटल्ली बाइपास’ गर्न खोजिएको छ ।’

उनले कार्यकर्ताहरूलाई विभिन्न आश्वासन र धम्कीसमेत दिएर अघि बढ्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाए । ‘जनवर्गीय संगठन र जिल्लाहरूमा समेत पैसाको चलखेल भइरहेको छ,’ नेपालले भने, ‘सरकारको चरम दुरुपयोग भएको छ ।’

नेपाल समूहमा मात्र आबद्ध नेता, सांसद र प्रतिनिधि रहेको कार्यक्रममा नेपालले महाधिवेशनमा भोट नदिएको नाममा कार्यकर्तालाई फरक व्यवहार गर्ने गरिएको दाबी गरे । ‘वार्निड बेल बजेको छ,’ नेनेपालले चेतावनी दिँदै भने, ‘के हुन सक्छ, ध्यान दिएर अघि बढ्नुहोस् ।’

खनालले पनि ओलीको कार्यशैलीप्रति आपत्ति जनाउँदै नवौं महाधिवेशनपछि अहिलेसम्म ‘बैठक भन्न लायक’ पार्टीका कुनै पनि बैठक नबसेको आरोप लगाए ।

‘केन्द्रीय समिति औपचारिक रूपमा मात्र बस्छ, त्यहाँ छलफल हुन पाउँदैन, एउटै गतिलो निर्णय भएको छैन, भएका निर्णय पनि कहाँ हुन्छन् थाहा हुँदैन,’ नेता खनालले भने, ‘पार्टीको नेतृत्व भनेको सिंगो केन्द्रीय समिति हो, कुनै एउटा व्यक्तिमात्र होइन, कमिटी प्रणाली साह्रै कमजोर बनाइएको छ ।’

उनले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने बताए । त्यो नभए राष्ट्रिय मुद्दाहरूमा एकताबद्ध हुने वातावरण तयार गर्न पार्टीले सक्नुपर्ने धारणा राखे । उपमहासचिव घनश्याम भुसालले ‘कम्युनिस्ट आन्दोलन : अबको बाटो (नेकपा एमालेका सन्दर्भमा एक छलफल) नामक कार्यपत्र पेस गरेका थिए ।

कार्यपत्र पेस गर्ने क्रममा पार्टी पद्धतिमा विकृत बन्दै गएको र वैचारिक सैद्धान्तिक रूपमा कमजोर बन्दै गएको टिप्पणी गरे ।

काठमाडौँ, जेष्ठ १२ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले मंगलवार राति साढे ३ किलो अवैध सुनसहित भारतीय मुलका सिंगापुरीयन नागरिक मारुगाइयन सेल्भमलाई पक्राउ गरेको छ ।



मालिन्दो एयरको ओडी ८०४ फ्लाइटबाट राति ८:३० मा आएका सेल्भमको साथमा रहेका एम्प्लिफायर र माइक्रोवेभमा ३७ पिस सुन लुकाएको अवस्थामा बरामद भएको हो ।

'भन्सारका साथीहरुले शंका लागि मार्क गरेपछि हामीले बाहिर निस्केपछि खोलेर जाँच गर्दा सोनीको म्याक्स एम्प्लिफायर र माइक्रोवेभ भित्र सुन भेटाएका हौं,' विमानस्थल भन्सारका प्रमुख भन्सार अधिकृत तुलसी चौलागाईंले भने ।

अधिकृत चौलागाईंका अनुसार ई५५५८४२एच नम्बरको सिंगापुरको रहादानीवहाक सेल्भमलाई अहिले भन्सारको हिरासतमा राखिएको छ ।

'विदेशबाट आउने नेपालीलाई ५० ग्राम काँचाे सुन ल्याउन पनि छु्ट हुन्छ,' उनले भने, 'तर विदेशीलाई भने सो परिमाणकाे गरगहना मात्र ल्याउन छुट छ । बढी परिमाणको सुन, त्यो पनि लुकाइ छिपाइ ल्याउनु गैर कानुनी हो ।'

विराटनगर, जेष्ठ १२ गते । आज सहमहामन्त्रीकौ रुपमा राप्रपा नेपालका नेता प्रहलाद प्रसाद साह विराटनगर आउँदै हुनुहुन्छ ।




आज दिउसो १ बजे विराटनगर एयरपोर्टमा नेता साहको स्वागतका साथै पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरिएको छ । नेता साह लामो समयदेखि नेपाली राजनीतिमा सकृय हुुनुहुन्छ ।


 संवैधानिक राजतन्त्र र हिन्दू धर्म स्थापनाकालागि लागिपर्ने बताउनु भएको नेता साहले राप्रपा नेपालमा पुन प्रवेश गर्न कुनै पूर्वसर्त नराखिएको स्पष्ट पार्नुभयो ।


मोरंग, जेष्ठ १२ गते । मोरङको बेलबारी ४ लालभित्तिमा ७० बर्षिय एक बृद्धको पानिमा डुबेर मृत्यू भएको छ ।



 स्थानीय पुर्ण बहादुर गु  मृत अबस्थामा फेला परेका थिए । शारिरिक रुपले अशक्त गुरुङलाई बिहान ६ बजे घर नजिकैको पैनीमा स्थानियले मृत अबस्थामा भेटेका थिए ।


केही समय देखी प्यारालाईसले थला परेका लिम्बूको पोष्टमार्टमका लागी प्राथमिक स्वास्थय केन्द्र मंगलबारे पठाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

धरान,  जेष्ठ १२ गते ।    भारीमात्रामा लागू औषधसहित एक कारोबारीलाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सुराकीको आधारमा प्रहरीले धरान ११ मंगलवबारे चौकबाट जेष्ठ ८ गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा महेन्द्रनगर २ चकरघट्टीका २३ बर्षीय पुरुषोत्तम  मेहता रहेका छन् ।




प्रक्राउ परेका मेहेताका साथबाट १० एमएलको ७१ बोतल कोरेक्स, नाइट्रोशन ट्याब्लेट १ सय गोटी, स्पास्मोप्रोक्सिभन १ सय ६८क्याप्सुल समेत बरामद गरेको छ भने लागू औषध विक्री वितरणका लागि प्रयोग गर्ने गरेको को ११ प ४७७४ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । पटक पटक प्रक्राउ पर्दै छुट्दै गर्ने गरेका मेहता यस अगाडि पनि लागू औषधमै जेल परेका थिए । उनी एक महिना अगाडिमात्र सुनसरी जिल्ला अदालतको आदेशबमोजिम धरौटीमा रिहा भएका थिए ।

उनलाई लागू औषध कारोबार ऐन अन्तर्गत कारबाही अगाडि बढाइने डिएसपी खतिवडाले जानकारी दिनुभयो ।




 उदयपुर, जेष्ठ १२ गते । उदयपुरमा सोमबार राति एक चार वर्षिय बालिकालाई बलात्कार गर्ने पक्राउ परेका छन् ।



 त्रियुगा नगरपालिका वडा नं.–२ स्थित संगम टोल वस्ने वर्ष १७ का शौभाग्य आछामे (परियार)ले एक चार वर्षिय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।


 बालिका राति करिव साढे आठ बजेको समयमा चार वर्षिय बालिकालाई बलात्कार गरेको सूचनाको आधारमा प्रहरीले परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी ओमबहादुर राना मगरले बताए ।


बलात्कृत बालिका उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा भर्ना रहेको प्रहरीले बताए । पक्राउ परेका परियारलाई आवश्यक अनुसन्धानको लागि अघि बढाइएको डिएसपी मगरले बताए ।

बेलबारी, जेष्ठ १२ गते । मोरङ बेलबारी–९ स्थित बेतना सिमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चल्न थालेपछि त्यस क्षेत्रमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । 





 राजमार्गको छेउमै जोडिएका कारण निजी सवारी साधन लिएर पूर्वतिर जाने र पूर्वबाट आउने आन्तरिक पर्यटकले एकपटक डुङ्गा चढ्ने गरेका छन् । आन्तरिक पर्यटक बेतनाको अवलोकनका लागि आउने गरेको बेतना सिमसार संरक्षण समितिका अध्यक्ष इरान राईले बताउनुभयो ।



बेतौनामा पोखरीको ढुङ्गामा सयर गर्दै रम्नुको आनन्दै बैग्लै भएको राईले बताउनुभयो । “सीमसार क्षेत्रमा पाइने मयुरपङ्खी जातको कछुवा, लोपोन्मुख पानीहाँस, जलकौवा, सरस, चिललगायतका जीवजन्तुले पर्यटकको ध्यान खिचेको छ ।” उहाँले भन्नु भयो । बेतनामा विभिन्न छ प्रजातिको कछुवा बसोबास छ । विशेष चाडपर्व, नयाँ वर्ष र पिकनिकको समयमा बेतनामा दैनिक एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको समितिले जनाएको छ ।

बेतौना सिमसारमा ध्वाँसे चितुवा

मोरङको बेलबारीमा रहेको बेतौना सिमसार क्षेत्रमा पर्यटकले लोपोन्मुख ध्वाँसे चितुवा पनि हेर्न पाउने भएका छन् । बेतौना सिमसार संरक्षण समितिका अध्यक्ष राईका अनुसार जिल्ला वन कार्यालय मोरङमार्फत संरक्षणका लागि बेतौना सिमसार क्षेत्रमा ल्याइएपछि बेतना सिमसार क्षेत्रमा पर्यटकले हेर्न पाउने भएका हुन् । तेह्रथुमको म्याग्लुङ नगरपालिकामा जङ्गलबाट सहर पसेको चितुवालाई जिल्ला वन कार्यालय तेह्रथुमले जङ्गलमा छोड्ने तयारी गरिएको सो चितुवालाई जिल्ला वन कार्यालय मोरङमार्फत संरक्षणका लागि बेतना सामुदायिक वन उपभोक्ता समूहमा ल्याइएको हो ।
सो क्षेत्रमा अजिङ्गर, कछुवा, विभिन्न जातका माछा, चरा, जङ्गली जनावर, संरक्षण गर्न राखिएको छ । रासस

झापा,, जेष्ठ १२ गते ।  चालू आर्थिक वर्षमा झापामा १८३ जनाले आत्महत्या गरेका छन् ।



 जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ११० जना पुरुष र ७३ जना महिलाले आत्महत्या गरेका छन् ।


 जसमा सवैभन्दा बढी १५१ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता हरि शर्माले जानकारी दिनुभयो ।

 उहाँका अनुसार विष शेवनबाट २८,आगो लगाई २ , घाँटी रेटी १ र खुकुरीले काटेर १ जनाले आत्महत्या गरेका छन् । -

मोरङ, जेष्ठ १२ गते ।   सुगम जिल्लाका रुपमा परिचित मोरङ जिल्लाको सदरमुकाम बिराटनगर बाहिर उत्तर पुर्वी क्षेत्रमा सुबिधा सम्पन्न अस्पताल अझै सम्म खुल्न नसक्दा बिरामीहरु मर्कामा पर्ने गरेका छन । सुनसरीको ईटहरी देखि पुर्ब लागेपछि झापाको दमक नपुगे सम्म सुबिधा सम्पन्न अस्पतालमा बिरामीको उपचार गराउन पाईदैँन । सुबिधा सम्पन्न अस्पताल नखुलेपछि पुर्बोत्तर मोरङ तथा सुनसरीको इटहरीका बिरामीले धरानको घोपा तथा बिराटनगरका अन्य अस्पतालमा लानुपर्ने बाध्यता रहेको छ । यो क्षेत्रमा मात्र करिब २ लाख बढी मानिसहरुको बसोबास रहेको छ ।



सुनसरीको ईटहरीलाई प्रदेश नम्बर १ को राजधानीका रुपमा चर्चा गरिएपनि सुबिधा सम्पन्न अस्पताल अझै खुल्न सकेका छैनन । सुन्दरदुलारी, कोशिहरैचा, बेलबारी, पथरी, उर्लाबारीमा केहि साना खालका अस्पताल भएपनि सामान्य उपचार मात्रै हुने गरेको छ । बिराटनगर तथा घोपा क्याम्प धरानबाट साप्ताहिक रुपमा डक्टरहरुले आएर स्थानिय मेडिकलको सहयोगमा उपचार गराउने गरेका छन ।

स्वास्थय चेकजाँच गर्ने सामान्य उपकरण मात्रै भएका मेडिकलमा तिनै उपकरणको भरमा उपचार गर्ने गरेका छन । बेलबारीमा मात्र आधादर्जन भन्दा बढि मेडिकल भएपनि सबै मेडिकलमा सामान्य मात्रै उपचार हुने गरेको छ । संसदीय दलको चुनाबमा प्रायजसो सबै पार्टीको घोषणापत्रमा बेलबारीमा एउटा सुबिधायुत्त अस्पताल खोल्ने निर्णय गरेपनि अहिले सम्म कुनै अत्तोपत्तो छैन ।

बेलबारीमा भएको उपस्वास्थय चौकिमा समेत निशुल्क बितरण गर्ने औषधि भनेको समयमा उपलब्ध हुदैँन । घोषणापत्रमा मात्रै सिमित देखिएको अस्पतालमा निजि क्षेत्रको समेत कुनै आकर्षण देखिएको छैन । सुबिधा सम्पन्न अस्पताल नहुदाँ दैनिक जसो २ सय बढी बिरामी यस क्षेत्रबाट मात्र बिराटनगरका अस्पतालमा जाने गरेका छन । गर्मी बढसगैँ बाबालिका लगायत अन्उ उमेर समुहका ब्यत्तिहरु समेत बिरामी हुने गरेपनि स्थानीय स्तरमा सुबिधायुत्त अस्पताल नहुँदा र बिशेषज्ञ डाक्टरको अभाबमा दैनिक एम्बुलेन्स नै बोलाएर अस्पताल लानुपर्ने बाध्यता रहेको छ ।।

काठमाडौँ, जेष्ठ १२ गते । श्रीमान तथा सासु ससुराले मानसिक यातना दिए पछि घर छाडेर हिँडेकी एक महिलाले आफनै दुई नाबालिका छोरीको हत्या गरेकी छन् ।बाराको कलैया नगरपालिकाको बरेवाका विजय साह कानुकी श्रीमती २२ वर्षीया सविता देवीले आफना छोरीहरु चार बर्षीया काजल र अढाइ बर्षीया अनिताको हत्या गरेकी हुन्।



वीरगन्ज उपमहानरपालिका वडा नम्बर ८ भेडियाहीमा अवस्थित शम्सानघाट नजिक रहेको सिंगहा नदिको पानीमा मङगलबार साँझ दुवै छोरीलाई चोबलेर सविता देवीले हत्या गरेकी हुन् ।छोरीहरुको हत्या गरेपछि सबिताले पनि आत्महत्याको प्रयास गरेकी थिइन् । तर, गाँउलेले देखेपछि उनलाई आत्महत्या गध्र्नबाट रोकेका थिए ।

सिंगहा नदिको छेउमा रहेको सिसौंको हाँगा काट्न गएका भेडियाहीका साबीर भेडिहरले सबै भन्दा पहिले सबिताले दुई बालिकालाई नदिको पानीमा चोबलेको देखेका थिए । एक महिलाले दुई नाबालिकालाई पानीमा चोबलेको देखेपछि उनले अन्य गाँउलेहरुलाई गुहार लगाएका थिए ।साबीर र गाँउलेहरुले नदिबाट निकाल्दा दुवै बालिकाको मृत्यु भइसकेको थियो ।

म बन्चरो लिएर सिसौको हाँगा काट्न आएको थिए, साबीरले भने, ‘नदिको पानीमा रातो सारी लगाएकी महिलाले पानीमा बच्चालाई डुबाएको जस्तो देखेपछि चिच्याएर अरुहरुलाइ बेलाएँ, तर बाहिर निकाल्दा दुवै बच्चाको प्राण गइसकेको रहेछ ।’बच्चाको हत्या गरेपछि ती महिलाले आफुले पनि पानीमा डुबेर आत्म हत्या गर्ने प्रयास गरेको प्रत्यक्षदर्शी साबीरले बताए ।

बच्चाहरुलाई पानीमा चोबलेर मारेपछि ती महिलाले पनि पानीमै डुबेर आत्महत्याको प्रयास गरेकी थिइन् , उनले भने, ‘तर नदिमा तीन चार फिट मात्र पानी भएकाले उनको प्रयास सफल भएन, अनि हामीले पनि उनलाई तत्कालै नदिबाट बाहिर निकाली हाल्यौ ।गाँउलेले खबर गरेपछि तत्कालै घटनास्थलमा प्रहरी पुग्दा मृतक दुवै नाबालिकाको शव नजिकै सबीता देवीले टाउको बजारेर रुदै गरेको अवस्थामा भेटिएको प्रहरी चौकी बसपार्कका प्रहरी नायब निरीक्षक जयराम यादवले बताए ।

सबिता देवीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ । मृतक दुवै बालिकाको शव पोष्टर्मामका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।घरमा श्रीमान् र सासु ससुराले मानसीक यातना दिएपछि झगडा गरेर सोमबार सविता आफना दुई छोरीलाई लिएर वीरगन्ज १५ मुर्लीमा अवस्थित दिदीको घरमा आएकी थिइन् ।

कलैयाको बरेवामा रहेको घर फर्कनका लागि भन्दै मङगलवार मध्यान्ह १२ बजे तिर दिदीको घरबाट निस्किएकी उनले भेडियाहीमा रहेको सिंगहा नदीमा लगेर दुवै छोरीको पानीमा चोबलेर हत्या गरेकी हुन् । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा सविता देवीले घरपरिवारबाट मानसिक यातना दिएका कारण छोरीको हत्या गरेको बताएकी छन् ।

नदीको छेउमा पुगेपछि दुवै छोरीलाई तिमिहरु घर जाऊ म यही बस्छु भने, तर उनिहरुले मलाई छाडेर जान मानेन्, प्रहरी हिरासतमा रहेकी सविताले भनिन्, ‘घर जान नमानेपछि रिस उठ्यो । अनि दुवैलाई पानीमा डुबाएर मारिदिएँ, अहिले पछुतो लागेको छ ।’

घरमा श्रीमान र सासु ससुराले छोरीकै कारण विभिन्न बहाना बनाएर अनावश्यक रुपमा मानसिक यातना दिदै आएकाले आफूले घर छाडेर हिँडेको उनले बताइन् ।

पर्साका प्रहरी उपरीक्षक श्रेष्ठले भने घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । ‘घटना पछि महिला मानसिक रुपले विक्षप्त अवस्थामा पुगेकी छन्’, उनले भने , ‘अहिले उनि कुरा गर्न सक्ने अवस्थामा छैनन्, पछि अवस्था ठिक भएपछि हामी उनिसँग सोधपुछ गर्छौ ।’ अन्नपुर्ण पाेस्ट बाट ।

काठमाडौँ, जेष्ठ १२ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त मधेसी मोर्चाको माग संविधान पुनर्लेखन नभई संशोधन भएको बताउनुभएको छ ।रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानमा जुन जुन धारामा गल्ती छ त्यसलाई सच्याएर संशोधन गरिनुपर्ने बताउनुभयो ।





अध्यक्ष महतोले भन्नुभयो, “हामीले संविधान पुनर्लेखनको कुरा गरेर फेरि अर्को संविधानसभा जन्माउने कुरा गरेका होइनौँ, गल्ती धारा सच्याएर संशोधन गर्न भनेका हौँ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको वार्ता आह्वान सकारात्मक भन्दै उहाँले मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, सहिद परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, झुट्ठा मुद्दा फिर्ता, धरपकड बन्द र आफूहरुले पेस गरेको ११ बुँदे मागमा सरकारले आफ्नो धारणा सार्वजनिक गरे वार्ता गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले ३६ पटक सरकारसँग वार्ता ग¥यौँ तर कुनै उपलब्धि भएन, सरकार वार्ताबाट समस्या समाधान गर्न जिम्मेवार छैन, हामी बार्ताबाटै समस्या समाधानको पक्षमा छौँ ।

'काठमाडौँ, जेष्ठ १२ गते । हामी ठगियौं सर ।'

बैशाख २६ दिउसो २ भारतीय नागरिक पिल्पिलाउंदै महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख विश्वमणि पोखरेलको कार्यकक्षमा पुगे । 
'के भयो ? '
पोखरेलको प्रश्नसंगै पकेटबाट भारतीय रुपैंया निकाल्दै दुबैले भने, 'घर जान पैसा साटेको सर, डुबियो ।'
काठमाडौंमा साइकलमा तरकारी र फलफुलको व्यापार गर्दै आएका दुबै भारतीय नागरिकले शिक्षण अस्पताल महाराजगञ्ज अगाडि २ जना नेपालीसंग नेपाली रुपैंया साटेर भारतीय रुपैंया लिएका थिए । केही खस्रो देखेपछी उनीहरु सहायता खोज्दै प्रहरी कार्यालय पुगेका थिए । 
पोखरेलले उनीहरुको साथमा रहेको ३२ हजार ५ सय भारतीय रुपैंयाको नोट छांमे, केही बाक्लो लाग्यो । कुराकानीकैक्रममा जसले नेपाली रुपैंया लिएर उनीहरुले अरु पैसा चाहिए भन्नु भनेर गएको खुलेपछी प्रहरीले उनीहरुलाई फोन गर्न लगाएर ३ लाख भारु मगाए । 

सोही दिन बेलुका भारु बोकेर भारतीय नागरिकसंग साट्न आएका २ जनालाई सादा पोशाकमा रहेका बृत्तका प्रहरी टोलीले नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका ब्यक्ति थिए दोलखाकी मिरा जिरेल र कपनका सुमन मल्ल । 

यी दुबैको पक्राउपछी अनुसन्धानमा अन्तरदेशिय अपराध अनुसन्धानको जिम्मेवारी पाएको प्रहरीको विशेष ब्युरो जोडियो । काठमाडौं परिसर र ब्युरोको टोलीले मल्ल र जिरेलसंग जोडिएको जालो पच्छ्याउंदै जाली नोटको कारोवारमा संलग्न पाकिस्तानी, भारतीय र नेपाली गरी ७ जना पक्राउ परे । 
'मल्ल र जिरेलको पक्राउपछी अन्य नाम समेत खुल्यो ’ डिएसपी पोखरेलले भने, 'पोलिएको नाम पच्छ्याउंदै जांदा भारतीय र पाकिस्तानी नागरिकसम्म पक्राउ परे ।’
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी प्रतापसिंह थापाका अनुसार जाली भारुको कारोवारमा संलग्न रहेको भन्दै सोही दिन धुम्बाराहीका तारणीप्रसाद ठाकुर, २९ गते सिराहाबाट बैजनाथ गुप्ता र काठमाडौंमा विजय शर्मा, ३० गते सनद प्रधान र जेठ ५ मा अमृतमान श्रेष्ठ पक्राउ परे । 
पक्राउ परेकामध्ये गुप्ता भारत विहारका हुन् अन्य सबै नेपाली । प्रहरी विवरण अनुसार उनीहरुको साथबाट २८ लाख ८८ हजार भारु फेला पर्यो जो सबै नक्कली थिए । 

अनुसन्धानमा जाली भारु लिएर पाकिस्तानी नागरिक दोहाहुंदै काठमाडौं आउनेक्रमा रहेको सुराकपछी विशेष ब्युरोले जेठ ८ मा त्रिभुवन विमानस्थलको गोल्डेन गेटमा समा नाजलाई पक्राउ गर्यो । उनको साथबाट ३६ लाख भारुसंगै १९ हजार ५ सय अमेरिकी डलर समेत फेला पर्यो । विशेष ब्युरोका डिआइजी बमबहादुर भण्डारीका अनुसार यी दुबै नक्कली हुन् ।
प्रहरी विवरण अनुसार समा यसअगाडि मार्च ६ मा ४० लाख, २६ मार्चमा ३० लाख जाली भारुसहित नेपाल आएर पाकिस्तान फर्किएकी थिइन् । उनी यस अगाडि पाकिस्तानी नागरिक साजिद अलीसंगै आएकी थिइन् । अली भने अहिले फरार छन् ।
३० हजार सक्कलीमा १ लाख नक्कली
भारत बिहारका बैजनाथ भारतहुंदै नेपालमा हेरोइन भित्र्याउने कारोवारी रहेको प्रहरीको भनाइ छ । कारोवारकाक्रममा उनी २०५२ मा पक्राउ परेसंगै अभियोग पुष्टी भयो र १५ वर्षका लागी जेलमा पुगेका उनी २०६७ मा कारागारमुक्तहुंदा जाली भारुको सदस्य भइसकेका थिए । कारागारमुक्त भएसंगै उनी नेपाली नागरिकको समुह बनाएर पाकिस्तानहुंदै जाली भारु नेपाल भित्र्याउन सक्रिय भए । 
काठमाडौं परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार केन्द्रीय कारागारमा रहंदा उनको भेट जाली भारुको कारोवारीको अभियोगमा पक्राउ परेका अब्दुल बहावसंग भएको थियो । अब्दुल २०६५ मा जाली भारु सहित पक्राउ परेका थिए । 

बैजनाथ कारागारमुक्त भएको २ वर्षपछी बहाव पनि मुक्त भए । उनी पाकिस्तान फर्किएर जाली भारु कारोबारमा कहलिएका हाजी तलादसंग बैजनाथको सम्पर्क गराइदिए । 

प्रहरीका अनुसार काठमाडौंको धुम्बाराही बस्ने सप्तरीका तारणी र कालोपुलका विजयलाई बैजनाथले मुख्य सहयोगी बनाए । तारणीले आफ्नो घरमा काम गर्ने जिरेल र मल्लमार्फत जाली भारु बजारमा पठाउन लगाए । विजयले कालोपुलका अमृतमानलाई सहयोगी बनाए । कारोवारवापतको रकम पाकिस्तान पठाउन उनलाई सनदले सघाउंथे ।

प्रहरी अनुसन्धानमा खुले अनुसार बैजनाथले पाकिस्तानबाट ३० हजार सक्कली भारु दिएर एक लाख नक्कली भारु भित्र्याउने गरेका थिए । उनले तारणी र अमृतमान ५० हजार सक्कली भारु लिएर सहयोगीलाई १ लाख नक्कली भारु दिन्थे । उनीहरुले सहयोगीमार्फत सो रकम बजार मुल्य अनुसार नै बजारमा फैलाउंथे ।
'हाजीसंगको सम्पर्कपछी उनले पाकिस्तानबाट नेपालमा जाली भारु पठाउने र उनले भारु लिएर सहयोगी मार्फत बजारमा पठाउने गरेको अनुसन्धानमा खुलेको छ’, एसएसपी थापाले भने ' उनीहरुको मुख्य टार्गेट नेपालमा काम गर्ने भारतीय नागरिकनै देखिन्छ ।’
अमेरिकी डलर पनि जाली
भारतीय बजारलाई लक्षित गरेर पाकिस्तानहुंदै नेपालमा जाली भारु भित्रिने गरेका छन् । आपराधिक समुहले नेपाली रुपैंया समेत नक्कली बनाएर बजारमा चलाउने प्रयास गर्ने गरेका छन् । २०६६ यता १६ लाख बढी जाली नेपाली रुपैंया फेला परे पनि ती फोटोकपी भएकाले सहजै पक्राउ पर्ने गरेका छन् ।

बेलाबखत चिनिया युआनसंगै अमेरिकी डलर समेत फेला परे पनि यी प्रेसमा नछपाई फोटोकपी गरिएकाले सहजै पहिचान हुने गरेका थिए । बैजनाथ समुहको पक्राउपछि भने नेपाली बजारमा सक्कली बराबर गुणस्तर रहेको प्रेसमा छापिएको जाली अमेरिकी डलर समेत भित्रिएको खुलेको छ ।

प्रहरीका अनुसार समासंग फेला परेको जाली अमेरिकी डलर नेपालमा फेला परेको जाली डलरको परिमाणमा सबैभन्दा धेरै हो । यस अगाडि फोटोकपी गरिएको डलर फेला पर्ने गरेको थियो । 
डिआइजी भन्डारीका अनुसार जाली भारु नेपालमा काम गर्ने भारतीय मार्फत भारत पठाउने योजना अनुसार नेपाल भित्रिएको देखिए पनि जाली अमेरिकी डलर नेपाली बजार लक्षित हो । 

सोही समुहले यस अगाडि पनि जाली अमेरिकी डलर नेपाल भित्र्याएर परिक्षणका रुपमा बजारमा पठाएको र सो सहजै चलेपछी उनीहरुले थप रकम मगाएका थिए । उनले नेपाली बजारमा जाली भारुसंगै अमेरिकी डलर समेत छरिएको बताए पनि परिमाण भने खुलाउन चाहेनन् । 

'जाली भारतीय रुपैंया मगाउनेले नमुनाको रुपमा केही अमेरिकी डलर नेपाल भित्र्याएर बजारमा परिक्षण गरेको देखियो', भन्डारीले भने 'बजारमा जाली अमेरिकी डलर सहजै स्विकार्य भएको देखेपछी ठुलो परिमाण मगाएको देखिन्छ ।'

  • कान्तिपुर पोस्ट बाट 


काठमाडौँ, जेष्ठ १२ गते । नेपालले पनि समर्थन जनाएको ‘वान वेल्ट वान रोड’ एसिया परियोजनालाई चीनले एकतर्फी रुपमा अगाडि बढाएको भन्दै भारतले कडा रुपमा असन्तुष्टि व्यक्त गरेको छ । 



भारतिय राष्ट्रपति प्रवण मुखर्जीले ‘यस्तो क्षेत्रीय परियोजना सर्वस्वीकार्य अन्तर्राष्ट्रिय मान्यता र अभ्यासद्धारा निर्देशित हुनुपर्ने तथा सबै सम्वन्धीत पक्षहरुको चासो प्रतिविम्बित हुनुपर्ने’ बताएका छन् । आफ्नो चीन भ्रमणको पूर्वसन्ध्यामा चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वालाई दिएको अन्तवार्तामा भारतीय राष्टपति मुखर्जीले ‘यस परियोजनासँग सम्वन्धित सवै मुलुकहरुसँग परामर्श आवश्यकता’ रहेको बताएका छन् । इकोनोमिक टाइम्स पत्रिकाको मंगलबार संस्करणले राष्टपति मुखर्जीले व्यक्त गरेको सांकेतिक असन्तुष्टीलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

‘कनेक्टीभिटी हाम्रो राष्ट्रिय विकासको महत्वपूर्ण पाटो हो । भारतले अरु मुलुकहरुसँग सहकार्य गर्दै धेरै परियोजना अगाडी वढाएको छ,’ मुखर्जीले भनेका छन् । उनले परियोजनालाई अगाडि वढाउन सवै एसियाली मुलुकहरुको विचमा परामर्शको आवश्यकता औल्याएका छन् । मुखर्जीले मंगलबारदेखि चीनको भम्रण सुरु गदै छन् । 

यो परियोजनालाई ‘चीनले आफ्नो आर्थिक बलबुताका भरमा एकतर्फी रुपमा अगाडि वढाउन चाहेको’ भारतले बुझेको छ । यस्तो परियोजनाले सम्वन्धित मुलुकको राष्टिय स्वार्थमा पार्न सक्ने असरका सम्वन्धमा चीनले ध्यान नदिएको वताउँदै आएको छ । ‘धनी मुलुक चीनले सडक र सामुद्रीक सम्पर्क (कनेक्टीभिटी)लाई अन्य सम्वन्धीत मुलुकसँग परामर्श नगरी एकतर्फी रुपमा अगाडी वढाएको भारतको बुझाई रहेको छ,’ समाचारमा उल्लेख छ । 

उता चिनियाँ अधिकारीहरुले भने भारत चीनले नेतृत्व लिएको यो परियोजनामा सहभागी हुनुपर्ने बताईरहेका छन् । चीनको आधिकारिक समाचार एजेन्सीले केही दिन अगाडि मात्र काठमाडौमा यस परियोजनाको वारेमा केही नेपाली तथा चिनियाँ अधिकारीहरुसँग छलफलको आयोजना गरेको थियो । कतिपयले नेपाल र भारतमा चीनको यो परियोजनालाई एसियाली मुलुकहरुमा आफ्नो प्रभाव बढाउने रणनीतिक औजारको रुपमा उपयोग गरेको बताएका छन् । 

मार्चको अन्तिम साता प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको समयमा नेपालले चीनले नेतृत्व लिएको यो परियोजनालाई समर्थन गरेको थियो । भ्रमणपश्चात जारी भएको विज्ञप्तिमा ‘वान वेल्ट वान रोड’ परियोजनाको खाकाभित्र रही दुई देशले विकासका परियोजनाहरुलाई अगाडि वढाउने कुरा उल्लेख गरिएको छ । यो परियोजनालाई चिनियाँ राष्टपतिले सन् २०१३ मा अगाडि बढाएका हुन् ।
  • कान्तिपुर पोस्ट बाट 

काठमाडौँ, जेष्ठ १२ गते। सरकारले चालु आर्थिक वर्षमा ७ खर्ब खर्च गर्ने तर आर्थिक वृद्धिदर भने ०.७७ प्रतिशत हुने दुई विरोधाभासपूर्ण तथ्यांक चौधौ योजनाको आधारपत्रमा छ ।


आधारपत्रअनुसार आर्थिक वर्ष २०७२/७३ मा ७ खर्ब १ अर्ब खर्च हुने संशोधित अनुमान छ, जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३१ प्रतिशत हो । यस वर्ष जीडीपीको आकार २२ खर्ब ४८ अर्ब रुपैयाँ छ ।

जीडीपीको तुलनामा यति धेरै खर्च सरकारले गर्दा यसैबाट मात्र पनि करिब २ प्रतिशत वृद्धि हुनुपर्ने पूर्वअर्थ सचिव रामेश्वर खनालले बताए । ‘जीडीपीको ३१ प्रतिशत खर्च त अहिलेसम्म भएको छैन,’ उनले कान्तिपुरसँग भने, ‘न्यूनतम हिसाब हेर्दा पनि यति खर्च हुँदा २ प्रतिशत वृद्धिदर त सरकारी खर्चबाटै पनि हुनुपर्ने हो ।’

साधारण खर्चलाई हटाई दिँदा पनि २ प्रतिशत वृद्धि हुनुपर्ने उनको तर्क छ । खनालका अनुसार अर्थतन्त्रमा ४९ अर्ब खर्च हुँदा जीडीपीमा १० अर्बको योगदान हुन्छ ।
अर्थविद्हरूका अनुसार नाकाबन्दीका कारण आर्थिक गतिविधि न्यून भएकाले वृद्धिदरको प्रक्षेपण यथार्थ नजिक छ । हुनै नसक्ने खर्च देखाउनु भनेको वर्षको बजेट बढाउने आधार तयार पार्नु हो । ‘बजेटको आकार बढाउने आधार तयार गर्न खर्चको अनुमान बढाइएको हुनुपर्छ,’ उनले भने ।
सोही आधारपत्रलाई मान्ने हो भने सरकारले चालु आर्थिक वर्षको बजेटको आकार १० खर्ब ७० अर्बसम्म लान सक्छ । किनभने आर्थिक वर्ष २०७२/७३ कै मूल्यमा आगामी आर्थिक वर्षको बजेट ९ खर्ब ७८ अर्ब हुने उल्लेख छ ।
आधारपत्रकै मुद्रा स्फीतिदर ९.५ प्रतिशतसँग मिलाउने हो भने आगामी वर्षको बजेटको आकार १० खर्ब ७० अर्ब हुन सक्ने देखिएको हो ।
यस वर्ष ७ खर्ब १ अर्बको खर्च देखाउँदा १० खर्ब ७० अर्बको बजेट वास्तविक खर्चको ५२ प्रतिशत बढी हुन्छ । विज्ञहरूका अनुसार यस वर्ष बजेटको ७५ प्रतिशतभन्दा बढी खर्च हुने सम्भावना छैन । त्यसअनुसार वास्तविक खर्च ६ खर्ब १५ अर्बको हाराहारीमा हुन्छ ।
अर्कोतर्फ हेर्दा ०.७७ प्रतिशत मात्रै वृद्धि हुने हो भने सरकारी खर्च सवा ६ खर्बभन्दा बढी नजाने खनालको भनाइ छ । यतिमात्रै खर्च देखाउँदा ७४ प्रतिशत बढाएको देखिने र त्यसमा अर्थविद्हरूले प्रश्न उठाउने देखेर खर्चको अनुमान बढी देखाइएको स्रोतको भनाइ छ ।
‘पुँजीगत खर्च न्यून र चालु बढी भएर सरकारी खर्च धेरै हुँदा पनि वृद्धिदर कम देखिएको हुन सक्छ,’ योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्माले भने, ‘तर चालुभित्र पनि केही रकम विकास लक्षित हुने भएकाले यति धेरै खर्च हुँदा पनि थोरै मात्र वृद्धिदर देखिनुले बजेटको आकार बढाउन यस वर्षको अनुमानित खर्च बढी देखाएको आशंका भने गर्न सकिन्छ ।’
आर्थिक वर्ष सकिन ५४ दिन बाँकी हुँदा पुँजीगत खर्च २३ प्रतिशतमात्रै छ । यस वर्षको पुँजीगत २ खर्ब ८ अर्ब विनियोजन भएको छ । चौधौ योजनाअनुसार एक खर्ब ६० अर्ब मात्रै खर्च गर्ने हो भने पनि अब हरेक दिन २ अर्ब खर्चिनुपर्नेछ ।
चालु खर्चअन्तर्गत कर्मचारीको तलब, मसलन्द र अन्य सामान्य खाले खर्च बढी समावेश भएका हुन्छन् । तलब मसलन्द आदिमा हुने खर्चले पनि आर्थिक गतिविधि बढाएकै हुन्छन् । चालुमा फेरि केही विकास निर्माण लक्षित खर्च पनि हुन्छन् ।
भूकम्पपछिको पुनर्निर्माणको सुस्तता र अन्य विकास आयोजनामा देखिएको अन्योलले सही तरिकाबाट पुँजीगत खर्च गर्न असम्भव छ । खर्च गर्ने नै हो भने काम कमसल हुने र भ्रष्टाचार बढ्ने विज्ञहरूको भनाइ छ । यसले पनि तथ्यांक तलमाथि गरेर बजेट बढाउन खोजेको संकेत गरेको छ ।
कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, कार्यकर्तालाई वितरण गर्न युवा स्वरोजगार जस्ता कोषहरूको निर्माण, सांसदहरूलाई सिधै दिइने रकम, उद्यमशीलता विकास भन्दै रकम वितरण गर्ने, गाउँ–गाउँमा चुनावलाई प्रभावित पार्न साना र टुक्रे आयोजनामा ठूलो रकम विनियोजन गर्ने तयारी सरकारको छ ।
यसबाहेक काठमाडौं–तराई जोड्ने द्रुत मार्ग, ठूला र जलाशययुक्त आयोजनामा पनि बढी रकम विनियोजन गर्ने तयारी छ ।
सरकारको खर्च गर्ने क्षमतामा सुधार नभई ठूलो रकम विनियोजन गर्दा मुलुकलाई दोहारो बेफाइदा हुने विज्ञहरूको भनाइ छ । खुद्रे कार्यक्रममा रकम खर्च हुँदा पैसाको प्रभाव बजारमा बढेर त्यसको भाउ घटदै जानेछ । पैसाको भाउ घट्नु भनेको सामानको भाउ बढ्नु हो ।
अर्कोतर्फ संरचनात्मक सुधार नभएकाले ठूला आयोजनामा खर्च नभई विकास प्रभावित भएर सर्वसाधारणको राज्यप्रतिको विश्वास गुम्दै जानेछ ।
‘हामीकहाँ सरकार लामो समय नटिक्ने परम्परा छ र यस पटक त निर्वाचन पनि घोषणा भएको छ,’ स्रोतले भन्यो, ‘त्यसैले खर्च गर्नुपर्ने दायित्व आफ्नो नहुने भएकाले पपुलिस्ट कार्यक्रममा ठूलो रकम विनियोजन गरेर मतदातालाई भ्रममा पार्न सकिने भएरै आकार बढाउने प्रचलन मौलाएको हो ।’
पूर्वउपाध्यक्ष शर्माले पनि जथाभावी बजेटको आकार बढाउन नहुने बताए ।
‘टुक्रे आयोजनामा रकम राखियो भने आगामी वर्षहरूमा पनि हटाउन सकिँदैन,’ उनले भने, ‘यसले एकातर्फ दीर्घकालीन दायित्व बढदै जान्छ भने अर्कोतर्फ अर्थतन्त्रमा जटिलता थप्दै लानेछ ।’

  • कान्तिपुर पोस्ट बाट 

काठमाडौँ, जेष्ठ १२ गते । सत्तारूढ र प्रमुख विपक्षी दल आन्दोलनरत संघीय गठबन्धनसँग विगतमा टुटेकै विन्दुबाट छलफल अघि बढाउन तयार भएका छन् । उनीहरूले आन्दोलनरत दलहरूलाई वार्ता र छलफलमा बस्न संयुक्त आहवान पनि गरेका छन् । 

प्रधानमन्त्री केपी ओलीले मंगलबारका लागि बोलाएको छलफलमा आन्दोलनरत गठबन्धन अनुपस्थित रहे पनि सत्तारूढ र प्रमुख विपक्षी कांग्रेसबीच सिंहदरबारमा छलफल भयो । प्रदेशको सीमांकन पुनरावलोकन गर्न समिति बनाउनेबारे यसअघि सैद्धान्तिक सहमति भएको थियो । तर आन्दोलनरत मधेसी दलहरूले तराईमा दुई प्रदेश हुने गरी समितिको कार्यादेश सुुरुमै तोक्नुपर्ने अडान राखेका थिए । मधेसी दलको उक्त अडान मान्न नसक्ने जवाफ अन्य प्रमुख दलहरूले दिएपछि दुई पक्षको संवाद टुटेको थियो । अब त्यही विन्दुबाट छलफल अघि बढाउने दलहरूले बताएका छन् ।
‘वार्ताबाट समस्या समाधान गर्ने वस्तुनिष्ट आधार तयार गर्नुपर्छ र त्यसका लागि औपचारिक र अनौपचारिक दुवै तबरबाट छलफल अघि बढाउने कुरा भएको छ,’ बैठकपछि प्रमुख प्रतिपक्षी कांग्रेस नेता महेश आचार्यले भने, ‘यसअघि मोर्चासँग वार्ता गर्दा सीमांकन पुनरावलोकनका लागि बनाउने समितिको क्षेत्राधिकारबारे कुरा मिलेको थिएन, त्यसमा टेकेर छलफल गर्नुपर्छ बरु के शब्द पदावली राख्दा हुन्छ त्यो प्रयोग गरेर जाऔं भन्ने कुरा पनि भएको छ ।’ संविधान कार्यान्वयनका लागि संविधानको स्वीकार्यताको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने आवश्यकता भएकाले त्यसका लागि प्रमुख प्रतिपक्षी कांग्रेसले पनि छलफल र वार्ताको वातावरण बनाउन अधिकतम पहल गर्ने नेता आचार्यले जनाए ।
सीमांकन पुनरावलोकन समितिको कार्यादेशको कुरा नमिल्दा नमिल्दै पनि सरकार गत फागुन ६ गते उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोकत्वमा ९ जना रहने गरी समिति घोषणा गरेको थियो । उक्त समितिमा मधेसीलगायत अन्य दलका प्रतिनिधि नपठाएपछि तीन महिनाको कार्याविधि त्यत्तिकै सकिएको थियो । यसबीचमा आन्दोलनरत दलहरूले थापा नेतृत्वको समितिमा बस्न नसकिने अनौपचारिक जानकारी दिएका थिए । त्यसैले आवश्यक पर्दा सीमांकन पुनरावलोकनका लागि थापाको विकल्पमा अन्य व्यक्तिको नेतृत्वमा समिति बनाउनसमेत सत्तारूढ र विपक्षी दलहरू तयार देखिएका छन् ।
‘माननीय कमल थापाजी आफैंले मेरो कारणले वार्तामा अवरोध हुन्छ भने म बाधक बन्दिनँ भन्नुभएको छ, उहाँको दलका नेताहरूले पनि आज (मंगलबार) को बैठकमा त्यो कुरा भन्नुभयो,’ उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भने, ‘तर व्यक्तिगत आग्रह/पूर्वाग्रह राख्ने भन्दा पनि उहाँ सरकारको उपप्रधानमन्त्रीको हैसियतमा संयोजक बन्नु भएको हो, त्यसलाई पनि ख्याल गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ ।’
तराईको आन्दोलन स्थगन गरी संघीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ । राजधानी केन्द्रित आन्दोलनकै बीचमा मधेसी मोर्चाका नेताहरूले प्रधानमन्त्री ओलीसँग अनौपचारिक छलफल गरेका थिए । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगको गत बिहीबारको कुराकानी केही सकारात्मक बनेपछि प्रधानमन्त्री ओलीले सोमबार साँझ मधेसी मोर्चालाई सम्बोधन गर्दै पत्र पठाएका थिए । पत्रमा मधेसी मोर्चाले उठाउँदै आएका सरोकारलाई प्रधानमन्त्रीले स्पष्ट पार्ने प्रयास गरेका थिए । उनले मोर्चाका नेता ठाकुरकै सहमतिमा मंगलबारका लागि बैठक बोलाएका थिए । तर बैठक सुरु हुनु केहीअघि नेता ठाकुरले आफूहरू आउने नसक्ने जानकारी प्रधानमन्त्री ओलीलाई गराए ।
‘उहाँसँगकै छलफलबाट समय निर्धारण गरिएको थियो तर उहाँहरूले आन्तरिक छलफल गर्नुपर्ने भयो भन्दै खबर पठाउनुभयो,’ कानुनमन्त्री अग्नि खरेलले भने, ‘उहाँहरू आज छलफलमा नआए पनि यसकै कारण फेरि कुराकानी नै नहुने भन्ने अवस्था छैन, सकारात्मक रूपमा छलफल हुने अपेक्षा गरेका छौं ।’ उपप्रधानमन्त्री गच्छदारले केही दिनभित्रै प्रधानमन्त्रीले फेरि आन्दोलनरत दलहरूसँग छलफलको समय तय गर्ने जानकारी दिए ।
विपक्षीसहितको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकार वार्ता र संवादबाटै समस्याको राजनीतिक समाधान खोज्ने पक्षमा दृढ रहेको बताएका थिए । उनले राष्ट्रिय समस्या समाधान गर्न खोजेर यो विषयलाई राजनीति गर्ने खेल बनाउन नहुने भन्दै सबै दलहरू जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने धारणा राखेका थिए । अहिलेसम्म सरकारले गरेका प्रयास र आन्दोलनरत दलहरूले राखेका मागहरू औपचारिक रूपमा सार्वजनिक गर्ने बैठकमा सहभागी सत्तारूढ दल माओवादी केन्द्रका नेता रामबहादुर थापाले जनाए ।
प्रमुख विपक्षी कांग्रेसले आन्दोलनरत दलहरूका मागलाई लिएर प्रधानमन्त्री र मन्त्रीहरूले अनावश्यक सार्वजनिक टिप्पणी  गर्न नहुने भन्दै सचेत गराएका थिए । प्रधानमन्त्री र मन्त्रीहरूका टिप्पणीले पनि सहमतिको माहोल बनाउन समस्या खडा गर्ने भन्दै यसमा सचेत भएर अघि बढ्न सुझाव दिएको कांग्रेस नेता आचार्यले जनाए । 

  • कान्तिपुर पोस्ट बाट 

कान्स, जेष्ठ ११ गते ।कान्स फिल्म फेस्टिभलमा बलिउडको उपस्थिति ऐश्वर्या रायले नै सुरुवात गराएकी थिइन् । विश्व सुन्दरीसमेत भइसकेकी ऐशको कान्समा हुने रेड कार्पेट क्याटवाकमा निकै चर्चा हुँदै आएको थियो । खासगरी उनको फेसन र सुन्दरताको संयोजनलाई लिएर मिडियाले तारिफ गरेर थाक्दैनथे । तर यसपालि त्यस्तो भएन ।



रेड कार्पेटमा पर्पल लिपिस्टिक लगाएर पुगेकी ऐश यसपटक भने विवादित बनिन् । कतिपयले पर्पल लिपिस्टिक लगाउनुलाई ऐशको बहादुरी भन्दै बचाउ गर्नमा लागे भने अधिकांशले उनको फेसन सेन्सप्रति औंला उठ्याए । सम्भवत ऐशमाथि फेसनबारे उठेको विवाद यसपटकको सर्वाधिक चर्को मानिएको छ । सामाजिक सन्जालमा ऐशको पर्पल लिपिस्टिकलाई लिएर व्यंग्य गर्नेदेखि आलोचना गर्नेको संख्या बढ्दो छ ।

शुक्रबार मात्रै आफ्नो फिल्म ‘सरबजित’ को प्रमोसनमा उपस्थित भएकी ऐशले पर्पल लिपिस्टिक काण्डबारेमा मुख खोलेकी छन् । उनले भनिन्, ‘म जुन कम्पनीको ब्रान्ड एम्बेसडर छु, त्यसैले नै मेरो ड्रेसदेखि लिएर मेकअपसम्म तय गर्छ । यसमा मेरो कुनै राय वा धारणा हुँदैन ।’ ऐशले यसो भन्दै पर्पल लिपिस्टिक लगाउने आफ्नो योजना नरहेको पनि जिकिर गरिन् । ऐशले लगातार १५ वर्षदेखि कान्सको रेड कार्पेटमा आफ्नो सौन्दर्य प्रदर्शन गर्दै आएकी छन् । यसपटकको कमेन्ट्सबारेमा ऐशले खुलेर आफ्नो धारणा पनि पोखिन् ।

‘मैले पहिल्यै मेकअप आर्टिस्ट शार्लोटलाई लिपिस्टिक लगाउनुअघि हाँसोमा भनेकी थिएँ, ‘कतै म पिकासोजस्ती त देखिन्नँ नि ? तिमीलाई ठीक लागिरहेको छ नि ?’
ऐशले भने आफूलाई पनि पर्पल लिपिस्टिक मन परेको जिकिर गर्दै थपिन्, ‘शार्लोट एकदमै दक्ष मेकअप आर्टिस्ट हुन् । उनले पहिले पनि मलाई सुन्दर बनाउँदै आएका थिए ।’
कान्सको पहिलो दिन पनि शार्लोटकै डिजाइनमा सुनौलो पोसाकमा देखिएकी ऐशले नीलो आइस्याडो लगाएकी थिइन्, जसको धेरै प्रशंसा पनि भएको थियो ।




MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.