Websoft University

यातायात व्यवसायीद्वारा चक्काजाम


काठमाडौँ,जेष्ठ १३ गते । ट्राफिक जरिवाना रकम बढाइको विरोधमा यातायात व्यवसायीले चक्काजाम गरेका छन् । बस, माइक्रो लगायतका सार्वजनिक गाडी नचलाउँदा बिहानैदेखि यात्रु मर्कामा परेका छन् । यात्रीहरु पैदलनै गन्तव्यतर्फ जाँदै गरेको देखिन्छ ।

लेन पालना नगर्ने, जथाभावी पार्किङ गर्ने जस्ता ट्राफिक नियम उल्लंघनका घटनामा जेठ १ गतेदेखि कम्तिमा पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना लिन सकिने नियम लागू भएपछि यातायात व्यवसायी विरोधमा उत्रिएका हुन् । व्यवासयीले ट्राफिक जरिवाना शुल्क बढाइएको विरोधमा बिहीबार देशभरी नै सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् । सरकारले सरोकारवालासँग छलफल नै नगरी ऐन संशोधन गरेर नयाँ नियम लागू गरेको आरोप लगाउँदै व्यवसायीहरुले नयाँ नियमले आफूहरुको व्यासाय नै धरापमा परेको जनाएका छन् । ट्राफिक जरिवाना बढाउनु भन्दा पनि नियम उल्लंघन हुने वातावरण नै बन्न नदिन लाग्नु पर्ने उनीहरुको भनाई छ ।

व्यवसायीको बन्दका कारण काठामाडौं उपत्यकामा बिहानैदेखि भाडाका गाडी चलेका छैनन् । फाट्टफुट्ट ट्याक्सी देखिए पनि अन्य कुनै पनि भाडाका सवारी साधन सडकमा देखिएका छैनन् । काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने लामो दूरीका गाडी पनि चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

यता, गृह मन्त्रालयले भने गाडी नचलाए कारबाही गर्ने चेतावनी दिएको छ । यातायात व्यवसायी तथा मजदुरले बन्द आह्वान गरेपछि देशभर सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै गृह मन्त्रालयले नियम अनुसार गाडी नचालाए कारबाही गर्ने चेतावनी दिएको छ ।


  • ईमेज खबर बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.