Websoft University
September 2023


विराटनगर । शुक्रबार विराटनगर– ५ स्थित एभरेष्ट स्कुलमा दिउँसो निर्क घुईचो लागेको थियो । जहाँ आफ्ना छोराछोरीको क्षमता हेर्दै अभिभावकहरु मख्ख देखिन्थे ।

छोराछोरीले निर्माण गरेका विज्ञानका आविस्कारको प्रदर्शनी, आफ्ना आविस्कारका विषयमा उनीहरुले राखेको प्रस्तुतीले अभिभावकहरुलाई निकै लोभ्याएको थियो । यस्तै विभिन्न खेलकुद सम्बन्धि आविस्कारमा अभिभावकहरु समेत मनोरञ्जन  लिइरहेको थिए । विद्यालय परिसर भित्र विभिन्न ८३ वटा आयोजना विद्यार्थीले निर्माण गरि शुक्रबार अभिभावक र शिक्षकका माझमा प्रदर्शनी गरेका हुन् । विद्यालयका कक्षा ६ र ७ का ४५० विद्यार्थी प्रदर्शनीमा सहभागि बने ।

 प्रत्येक ५ जनाको एक समूह बनाई विभिन्न विषयका ८३ वटा प्रोजेक्टको प्रदर्शनी भएको हो । आफ्ना छोरीहरुको प्रदर्शनी हेर्न पगेका अभिभावक अमित कुशवाहले यस्तो प्रदर्शनीले विद्यार्थीलाई निकै हौसला प्रदान गर्ने बताए । दुई दिन राती अबेरसम्म बसेर छोरीले निर्माण गरेको आविस्कार हेरेको उनले  यसले भविष्यमा धेरै सघाउ पुग्ने विश्वास ब्यक्त गरे ।

प्रदर्शनीमा सहभागि विद्यार्थीहरु समेत निकै हौसिएका थिए । आफ्नो समूहको प्रदर्शन अरुको भन्दा अब्बल बनाउने प्रतिष्पर्धामा देखिएका विद्यार्थीहरुले यसले धेरै कुरा व्यवहारिक रुपमा सिक्न सहयोग पुगेको बताए । कषा ६ की शिक्षा बस्नेतले कक्षामा सिकेका कुरालाई व्यवहारमा उतार्न सहयोग पुगेको बताइन् । यस्तै अर्की विद्यार्थी श्रेया बरालले यस्तो प्रदर्शनीले थप उत्साह प्रदान गरेको बताइन् ।

विद्यालयका भाईस प्रिन्सिपल टीएन भण्डारीले व्यवहारिक शिक्षामा जोड दिँदै आएको एभरेष्टले यस्ता गतिविधि निरन्तर गर्दै जाने बताए । उनले प्रदर्शनी गर्ने तय भएसँगै हरेक विद्यार्थीले उत्साहपूर्ण सहभागिता जनाएको भन्दै बालबालिकोक्षमता हेरेरअभिभावकहरु समेत उत्साही भएको बताए ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विज्ञानका कुराहरुलाई व्यवहारिक रुपमा उतार्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने बताउनुभयो । उनले कारखानासँगको सहकार्यमा वैज्ञानिक उत्पादनको आधार बनाउँदै लगिने 


विराटनगर, १२असोज । बिभिन्न बिषयमा उच्च शिक्षाका थप कक्षा सञ्चालन गर्र्ने , आर्थिक बर्ष  कोष निर्माण गर्ने र आफनै अप्ताल स्थापना गर्ने विभिन्न प्रस्ताव पारित गर्दै देशकै पहिलो प्राविधिक विश्वविद्यालयले तेस्रो साधारण सभा सम्पन्न गरेको छ ।  

कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्य र विश्वविद्यालयका बोर्डअफ गर्भनरका अध्यक्ष ईश्वर पोखरेलको बिशेष उपस्थिमा बिहिवार विराटनगरमा मनमोहनले विभिन्न महत्वपुण प्रस्ताव पारित गर्दै आफनो तेस्रो पषिद सभा सम्पन्न गरेको हो ।

सभाले हेल्थ केयर एण्ड हस्पिटल म्यानेजमेन्ट तर्फ स्नातोकोत्तरको कोर्ष सञ्चालन गर्ने , बायोमेडिकलतर्फ स्नातक तहको पाठयक्रम निर्माण गरेर पठनपाठन सुरु गराउने, प्राकृतिक चिकित्सा सम्बन्धि स्नातक तहको पाठनपाठन सुरु गराउने , स्नातोकोत्तर तह अन्र्तगत स्ट्रक्चरल ईन्जिनियरिङग कोर्ष सञ्चालन गर्र्र्नेबारे  स्विकृत प्रदान गरेको रजिष्ट्रार डा दिलनाथ फुँयालले बताए ।

रष्ट्रिार फुँयालका अनुसार सभाले स्नातक तहको सूचनाप्रबिधि कोर्ष निर्माण गरि पठनपाठन गराउन र विदेशी विज्ञहरुलाई बोलाएर पठनपाठन गराउनका लागि विश्विद्यालयबाट स्विकृत प्रदान गरेको छ । यसैगरि सभाले आर्थिक बर्ष २०८०।०८१ को बजेट पनि सर्वसम्मतले पारित गरेको छ । विश्वबिद्यालयका प्राध्यापक , शिक्षक र कर्मचारीहरुको सेवाका शर्त र सुबिधा सम्बन्धि नियमावली पारित गर्नुका साथै स्वास्थ्य संकायतर्फ अध्यन गर्ने बिद्यार्थीहरुका लागि चिकित्सा आयोगको नीति अनुसार ७५ प्रतिशत  छात्रबृत्ती उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसैगरि विश्वविद्यालयले आफनै आर्थिक कोष बनाउने अनुमति पनि सभाबाट प्राप्त गरेको छ । आफनै अस्पताल नहुँदा मनमोहनले अझै स्वाथ्यतर्फका कक्षाहरु सञ्चालन गर्न नसकेकालेले आफनै अस्पताल उपलब्ध गराउन प्रदेश सरकारसँग सभाले माग पनि गरेको छ ।

२०७६ सालमा कोशी प्रदेश सरकारले प्रदेश सभाबाट कानुन बनाएर २०७८ देखी पठनपाठन सुरु गरको देशकै पहिलो मनमोहन प्राविधिक विश्वबिद्यालयमा हाल ईन्जिनियरिङ, मेडिकल एण्ड एप्लाईड एण्ड हेल्थ साईन्स र साईन्स एण्ड टेक्नोलोजी लगायत ३ वटा स्कुल स्थापना भएका छन । जसमध्ले हासम्म ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिोनिक्स एण्ड ईलेक्ट्रिोनिक्स र मेडिकलतर्फ विफार्मेसीको कक्षा सञ्चालन भैसकेका छन । चालु शैक्षिक सत्रदेखी नै नेचुरोप्याथी , पब्लिक हेल्थ र हस्पिट म्यानेजमेन्ट सम्बन्धि स्नातक तहको कक्षा पनि सञ्चालन भैरहेको छ ।

संघीयताप्रति संघीय सोच नै बाधक ः उपकुलपति कार्की

सभालाई सम्बोधन गर्दै मनमोहन विश्वबिद्यालयका कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लामो अध्यन र छलफलपछि देशकै पहिलो प्राविधिक विश्वबिद्यालय स्थापना गर्न सफल भएको र हालसम्मको प्रगती पनि सन्तोषजनक रहेको बताए । उनले सिमित बजेट भएपनि मितव्ययिता अपनाएर विश्वबिद्यालय सञ्चालन गर्न प्रदेश सरकार सफल भैरहेको र भविश्यमा अझै प्रभावकारी ढंगले सञ्चालन गर्न प्रतिबद्धता जनाए । उनले मनमोहन प्रदेशको मात्र नभएर देशकै गौरब भएकोले यसले आफनो रणनीति अनुसार अन्तराष्ट्रिय तहमा ख्याती प्राप्त गर्न सफल हुने विश्वास व्यक्त्त गरे । तर उनले संघीयताबारे संघको बुझाई अझै सकारात्मक नभैसकेकोले विश्वविद्यालयले गर्ने आपेक्षाकृत प्रगतीमा बाधा पुगिरहेको बताए । उपकुलपति कार्कीले भने र्,  अझै देशको हिमाल र पहाडमा प्राविधिक शिक्षाको टडकारो खाँचो छ तर संघीयाप्रति संघीय सोच नै बाधक भैरहेकोले आपेक्षाकृत प्रगती हुन सकिरहेको छैन ।’,

मनमोहन बिशिष्टकृत रुपले अगाडी बढनुपर्छ ः —अध्यक्ष  ईश्वर पोखरेल

विश्वबिद्यालय बोर्ड अझ गर्भनरका अध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीको शिक्षाको सपपना पुरा गर्न ११ बर्ष अघि स्थापना भएको मनमोहन स्मृति शिक्षालय हाल विश्वबिद्यालयमा स्तरोन्नती भएकोमा आफुलाई गर्व लागेको बताए । उनले प्राविधिक शिक्षालाई  गुणस्तरिय बनाउन पुर्वाधार निर्माण र आर्थिक आत्मनिर्भरतातर्फ विश्वबिद्यालयले चासो दिनुपर्नेमा जोड दिए । अध्यक्ष पोखरेललले भने र्, अझै देशमा शिक्षा र स्वास्थ्य मौलिक हकका रुपमा कार्यान्वयनमा आउन सकेको छैन यसैले मनमोहन बिशिष्टिकृत रुपमा आफनो लक्ष्यमा अगाडी बढनुपर्छ ।,’

मनमोहनमा पानी परिक्षण गर्ने मेघा ल्याव र अर्न टु लर्न र ईचवान टिचवान कार्यक्रम

उपकुलपति डा सुवाषश्री पोखरेलले मनमोहन विश्वबिद्यालयले विद्यार्थीलाई आफै कमाएर पढने अवसर सृजना गराउनका लार्गि अर्न टु लर्न’ र पढिरहेका बिद्यार्थीहरुले तल्लो तहका बिद्यार्थीलाई पढाउने अवसर सृजना गर्र्न ईचवान टिचवान’ कार्यक्रम सुरु गरेको जानकारी गराए । यसैगरि हाल भौतिक सामग्रीको गुणस्तर परिक्षण गर्दै आएको मनमोहनको ईन्जिनियरिङ प्रयोगशाला झै खाद्यतर्फ पानी परिक्षण गर्ने मेघा ल्याव पनि सुरु गर्न लागेको जानकारी गराए ।

उपकुलपति पोखरेलका अनुसार २०७६ मा स्थापना भएर २०७८ देखी पठनपाठन सञ्चालन गर्न थालेको मनमोहनले दश बर्ष भित्र तीन वटा स्कुल अन्तर्गत विभिन्न २७ वटा बिषयमा स्नातकदेखी बिद्यावरिधी सम्मको पठनपाठन गराउने दश बर्ष योजना बनाएको छ । उक्त्त योजना अनुसार दश बर्षपछि मनमोहन प्राविधिक विश्वविद्यालयबाट हरेक बर्ष २ हजार बढी बिद्यार्थी दिक्षित हुनेछन । साथै दश बर्ष भित्र मनमोहन दक्षिण एसियामा चिनिएको अन्तराष्ट्रिय स्तरको विश्वविद्यालयका रुपमा परिचित हुाखेछ ।  


विराटनगर ÷ विराटनगर–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक अनावरण गरिएको छ । शालिकको विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले बिहीबार एक समारोहका बीच अनावरण गर्नुभयो । राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथाजस्ता विकृति र विसंगतिविरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्वपूर्ण रहेको कार्यबाहक मेयर कार्कीले बताउनुभयो । 

उहाँले योगमाया नारी जागरणको अभियन्तामात्रै नभएर आदर्शसमेत भएको उल्लेख गर्नुभयो । कार्यक्रममा कार्यबाहक मेयर कार्कीले योगमाया परिकल्पना गरेको समाज अझै निर्माण हुन नसकेको बताउनुभयो । उहाँले अझै पनि समाजमा लैंगिक, जातीयलगायतका विभेदहरु कायमै रहेको चर्चा गर्नुभयो । “योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन सकेको छैन,” कार्कीले भन्नुभयो, “हामी सबै मिलेर उहाँले सोचेको र परिकल्पना गरेको समाज निर्माण गर्नु जरुरी छ ।”

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ कुमार पोखरेल, ३ वासुबहादुर बस्नेत, ११ का तीर्थेन्द्र नेउपाने, प्राध्यापक कविराज न्यौपाने, समाजसेवी सुरेशकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । वि.सं. १९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमायासहित ६८ जना नारी अरुण नदीमा जलसमाधी लिएका थिए ।

 


बिराटनगर | २०८० असोज ११ गते बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले बिभिन्न निर्णयहरु गर्दै सम्पन्न भएकोछ |

 झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास  बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको  पूर्व स्वीकृति लिन  सिफारिस गर्ने निर्णय भयो ।

उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने निर्णय भयो । 

कृषि आयमा लगाउँदै आएको कर प्रदेश  सञ्चितकोषमा  दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने  निर्णय भयो ।

प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने निर्णय भयो ।

 सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने निर्णय भयो 

२०८० असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागर्ड  समुदायलाई सार्वजनिक विदा दिने निर्णय भयो । 


मोरङ, असोज १० गते । 
मोरङ विराटनगर महानगरपालिका-१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको  २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको हो । लागऔषध गाँजा बरामद भए संगै राजन अधिकारी फाउण्डेसन धरान द्धारा संचालित उक्त नम्वरको एम्वुलेन्स र चालक धरान-११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको 
BR 38AFO336 नम्वरको मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलिले बिराटनगर-१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको छ । लागुऔषध गाँजा सहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।


बिराटनगर, असोज १० गते । कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले गुनासो व्यवस्थापनको लागि QR Code को प्रयोग सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा असोज ९ गते  एक कार्यक्रमको आयोजना विच संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कोशी प्रदेश प्रहरीको QR Code को प्रयोग सम्वन्धि कार्यविधि २०८० सार्वजनिक गर्नु भएको हो । 


QR Code को सार्वजनिक गर्नु हुँदै संगठन प्रमुख कुँवरले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिबृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताउनु भयो । उजुरी पेटीकाको Digital संस्करणको रुपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले QR Code  प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पीरमार्का या कैफियत भएमा सिधै QR Code मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्ने छन । 

जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालनमा ल्याएको QR Code को प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले यसलाई थप परिमार्जन गरी कोशी प्रदेश अन्तरगत रहेका सम्पुर्ण प्रहरी कार्यालयले  प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको हो । 
उक्त QR Code कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश सशस्त्र प्रहरी गण बिराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरुमा आजै कार्यान्वयनमा ल्याएको र ईलाका प्रहरी कार्यालय तथा चौकी स्तर सम्म एक महिना भित्र सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याई सकिनेछ । 

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले QR Code को प्रभावकारीता र कार्यान्वयनको लागि अनुगमन गर्न प्रहरी अधिकृत सहित प्राविधिक टोली खटाएको छ । साथै कोशी प्रदेश प्रहरीको QR Code को प्रयोग  गर्न आम सेवाग्राहीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुरोध गर्दछ ।

कानूनले दिएको अधिकारको पूर्ण प्रयोग गर्दै जनमैत्री सेवा प्रवाह गर्नु पर्ने - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर बिराटनगर, असोज १० गते । संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले असोज ९ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण भ्रमणको क्रममा कानूनले दिएको अधिकारको पूर्ण प्रयोग गर्दै जनमैत्री सेवा प्रवाह गर्न निरन्तररुपमा लागि पर्न सम्पूर्ण  प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।  प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा वहाँले नागरिकको जिउ धनको सुरक्षा प्रदान गर्ने प्रहरीको प्रमुख जिम्वेवारी रहेको बताउदै समाजमा अपराध हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यका लागि सम्पुर्ण प्रहरी कर्मचारीहरुले आपसी भाईचारा, सहयोगी भावना साथ इमान्दारी पुर्वक आ-आफ्नो पदिय दायित्व निर्वाह गर्नु पर्ने बताउनु भयो ।

 वहाँले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिँदो परिवेश तथा चुनौतीलाई सामना गर्दै आफ्नो जिम्मेवारी र उत्तरदायित्व प्रति कटिबद्ध भई निष्पक्ष रूपमा नागरिक सेवामा लाग्नु पर्ने, आफुमा निहित सिप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरीय रूपमा सम्पादन गर्दा नै संगठनको श्रीवृद्धि हुने हुँदा सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने बताउनु भयो ।  साथै वहाँले चोरी पैठारी लगायत अन्य अपराधिक गतिविधिलाई नियन्त्रण गर्न थप क्रियाशील हुनु पर्ने तथा भिड नियन्त्रणमा संवेदनशील भई बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्न समेत निर्देशन दिनु भयो ।

 उक्त कार्यक्रममा संगठन प्रमुख  कुँवरलाई प्रदेश प्रहरी प्रमुख बास्तोलाले TOKEN OF GRATITUDE ले सम्मान गर्नु भएको थियो । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका वहाँलाई कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोला तथा प्रहरी अधिकृत सहितको प्रहरी टोलीले स्वागत गरेको थियो । 

वहाँले कार्यालय, सम्पुर्ण शाखाहरुका साथै भिडियो स्टुडियो रुम, परिचालन कक्ष तथा सिसि टिभि मनिटरिङरुमको समेत निरीक्षण भ्रमण गर्नु भएको थियो । यसका साथै वहाँले जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीको समेत निरीक्षण भ्रमण गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरी परिसरमा बृक्षारोपन समेत गर्नु भएको थियो ।


गणेश लम्साल- बिराटनगर |  ९ असोज, दक्ष फर्मासिस्टहरु गुणस्तरिय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफनो लाईसेन्स भाडामा लगाउन नहुने विज्ञ शिक्षक , अध्यनरत बिद्यार्थीहरुले गुनासो गरेका छन ।

मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाईड हेल्थ साईन्स स्कुल अन्र्तगत स्नातक तहमा बीफार्मेसी अध्यन गरिरहेका बिद्यार्थी र विज्ञ शिक्षकहरुले विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा लाइसेन्स भाडामा लगाएर औषधी बेचबिखन गर्दा सिँगो पेशा बदनाम भैरहेको गुनासो गरेका हुन । उनीहरुले देशमा दक्ष फर्मासिस्टहरुको माग उच्च भएकोले उच्च तहको शिक्षामा सबैको पहुँच हुनुपर्नेमा बताएका छन ।

फार्मासिस्ट तथा मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी विभाग प्रमुख शाहीविजय रिजालले विना दक्षता र ज्ञान नभएकाहरुले गर्दा फर्मेसी पेशा बदनाम भैहरकोले अनुगनमन गरि बिकृती नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।उनले फार्मेसीको लाइसेन्स भाडामा लगाउनुभनेको चिकित्सकले नपढेकोलाई लाइसेन्स भाडामा लगाएर उपचार गराई विरामीको ज्यान लिनुसरह हो भने । विभागिय प्रमुख रिजाललले पढेलेखेका दक्ष औषधी विज्ञहरुले पर्दा पछाडीको हिरो बनेर काम गर्नुपर्नेमा जोड दिए ।

रजिष्ट्रार डा दिलनाथ फुँयालले मनमोहन विश्वविद्यालयको फार्मेसी ल्यावलाई आफैले औषधी परिक्षण गर्नसक्ने मेघा ल्यावमा स्तरोन्नती गर्न लागेको बताए । उनले देशमा दक्ष फार्मासिस्टहरुको अभावलाई ख्याल गरेर मनमोहनले बीफार्मेसीको पठनपाठन सुरु गरेको र चाँडै व्याचलर अफ नेचुरोपेथी, पब्लिक हेल्थ र केमिकल टेक्नोलोजी बिषयमा पनि स्नातक तहको पठनपाठन गर्न लागेको जानकारी गराए । मनमोहनमा अध्यनगरिरहेका बीफार्मेसीका विद्यार्थीहरु दक्ष फर्मासिस्ट बनेर सेवा दिन सक्षम हुने रजिष्ट्रार फुँयालले विश्वास व्यक्त्त गरे ।

विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले दक्ष फर्मासिस्टहरु विना समग्र स्वास्थ्य प्रणाली भरपर्दो हुन नसक्ने भएकोले फार्मेसी पेशाको विकृती नियन्त्रण गर्न सरकारले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए । निमित्त परीक्षा नियन्त्रक भीम काफलेले विश्वविद्यालयको परीक्षा प्रणालीलाई गुणस्तरिय बनाउदै समयमै परीक्षाफल प्रकाशित गर्न आफुहरु निरन्त लागिपरिहने बताए ।

हरेक बर्षको २५ सेप्टेम्बरका  दिनलाई विश्व फर्मासिस्ट दिवसका रुपमा मनाउने गरिन्छ । मनमोहनमा बी फार्मेसीमा अध्यनरत बिद्यार्थीहरुले कविता र बकृत्वकला प्रस्तुत गरेर सोमवार २५ औ विश्वफर्मासिस्ट दिवस मनाएका थिए । उनीहरुले आगामी दिनमा अझै प्रभावकारी रुपले दिवस मनाउने प्रतिबद्धता पनि जनाए ।


विराटनगर ÷ विराटनगर–१० स्थित अरनिको आवासीय माविले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा सुवास साहले प्रथम स्थान हासिल गरेका छन् ।

तीन दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै ‘अरबको खजुर’ शीर्षकको कविता वाचन गरेर साहले प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै ‘युवा बनौं कि नबनौं’ कविता वाचन गरे अनुक्रम काफ्ले द्वितीय, ‘नफर्किने बाल्यकाल’ कविता वाचन गरेर करुणा चौधरी तृतीय र ‘मलाई म नै रहन देऊ न’ शीर्षकको कविता वाचन गरेर प्राप्ति अधिकारीले सान्त्वना स्थान हासिल गरे ।

त्यस्तै अंग्रेजी भाषातर्फको कविता वाचन गर्ने मुनाकिरण सापकोटा प्रथम, इशान लोहनी द्वितीय र रामकृष्ण मेहता तृतीय भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार भरत गुरागाईं बर्बरिकको निर्णायक समितिले प्रतिस्पर्धीहरुमध्येबाट पुरस्कृतको नाम घोषणा गरेको थियो । पुरस्कृतहरुलाई निर्णायकद्वय नवोदित र बर्बरिकसहित विद्यालयका सञ्चालक भरतराज दाहाल, विलाश लुइँटेल, योगेश राजभण्डारीलगायतले शिल्ड, प्रमाणपत्र र  पुरस्कार प्रदान गर्नुभएको थियो ।

विज्ञान संकायको ११ र १२ कक्षामा अध्ययनरत १ हजार ९ सय विद्यार्थीमध्येबाट कविता वाचन गर्न इच्छुक विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिता गराइएको कार्यक्रम संयोजक विमल भट्टराईले जानकारी दिनुभयो । विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुलाई पाठ्यक्रम पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउने उद्देश्यले विद्यालयले बेलाबेला कविता, हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकलालगायतका प्रतियोगिताहरु सञ्चालन गर्दै आएको उहाँको भनाइ थियो ।


बिराटनगर, २०८०  असोज ०७ गते । कोशी प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १४० औ समुहको आधारभुत तालिममा सहभागी २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।

२०७९ साल कार्तिक २० गते देखि संचालित २ सय ३४ कार्यदिनको प्रहरी जवान १४० औ समुहको आधारभूत तालिम पश्चात आज प्रशिक्षार्थीहरूलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा कोशी प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । प्रहरी जवान १४० औ समुहको आधारभुत तालिममा सहभागी ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन ।  


दिक्षान्त समारोहमा तालिम केन्द्रका सह(समादेशक प्रहरी नायव उपरीक्षक रबिन बिष्टले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन र प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराउनु भयो । दिक्षान्त समारोहमा सहभागी प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले शब्दमा सफत ग्रहण गराउनु भएको थियो ।

प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा बिभिन्न बिधामा उत्कृष्ट हुने  प्रशिक्षार्थी प्रहरी जवानहरुहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नु भएको थियो । दिक्षान्त समारोहका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेश गर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजन तथा आफन्तहरुमा आभार प्रकट गर्नु भएको छ । साथै वहाँले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका  साथ नागरिकको सेवामा दत्तचित्त भई लागि पर्न दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन समेत दिनु भएको छ ।

दिक्षान्त समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले धन्यवाद ज्ञापन गर्नुहुदै समाज गतिशील रहेको र हाम्रा प्रयास पनि गतिशील नै हुनुपर्ने बताउँदै प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न गरेको र अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरुकै रहेको हुँदा समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्ने बिश्वास ब्यक्त गर्दै दिक्षित भई जाने प्रहरी जवानहरुलाई कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिनु भएको थियो । दिक्षान्त समारोहमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, दिक्षित हुने प्रशिक्षार्थी प्रहरी जवानहरुका अभिभावक तथा आफन्तहरु, संचारकर्मीहरु, पुर्व प्रहरी कर्मचारीहरु तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


विराटनगर ÷ छैठौं अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस तथा अन्तर्राष्ट्रिय बहिरा सप्ताह–२०२३ को अवसरमा विराटनगरमा जनचेतनामूलक ¥याली निकालिएको छ ।

स्थानीय जनआन्दोलनचोकबाट शनिबार जनचेतनामूलक ¥याली निकालिएको थियो । राष्ट्रिय बहिरा महासंघ नेपाल कोशी प्रदेश समिति, कोशी बहिरा संघ मोरङको आयोजना तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाको सहयोगमा ¥याली निकालिएको हो । ¥यालीको विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले शुभारम्भ गर्नुभएको थियो ।

 कार्यक्रममा बोल्दै कार्यबाहक मेयर कार्कीले सांकेतिक भाषाको प्रयोगमा जोड दिनुभयो । उहाँले पछिल्लो समय बोल्ने र नबोल्ने सबैले सांकेतिक भाषा सिक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उपप्रमुख कार्कीले सांकेतिक भाषा शब्दावलीमा आवश्यकताअनुसारको नयाँ शब्दहरु थप्दै लैजानुपर्ने विषयमा समेत जोड दिनुभयो ।

सो अवसरमा बोल्दै राष्ट्रिय बहिरा महासंघ कोशी प्रदेश अध्यक्ष सीताराम ओझाले विश्वभरि असोज १ गतेदेखि सांकेतिक भाषा दिवस साताव्यापीरुपमा मनाउने प्रचलन रहे पनि आर्थिक अवस्थाकै कारण नेपालमा त्यो सम्भव नभइरहेको गुनासो गर्नुभयो । जनचेतनामुलक ¥यालीले जलजलामोड हुँदै विराटनगरका विभिन्न भागको परिक्रमा गरेर ट्राफिक चोकमा पुगेर समापन भएको थियो ।


विराटनगर ÷ साहित्यकार गणेश बज्राचार्यद्वारा लिखित ओक्लाहोमाको सेरोफेरो यात्रा संस्मरण संग्रहको विमोचन गरिएको छ ।

धरणीधर पुरस्कार प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाका अध्यक्ष कृष्णराज कोइराला, साहित्यकार मधु पोखरेल, देवी पन्थी, रामबाबु दाहाललगायतले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।

विमोचित पुस्तकका विषयमा समालोचक हरिप्रसाद बराल र दिनेश श्रेष्ठले समीक्षा गर्नु भएको थियो । अमेरिका भ्रमणका क्रममा देखे भोगेका विषयलाई पुस्तकमा उठान गरिएको समीक्षाहरुले बताउनु भएको थियो । अमेरिकाका विषयमा जान्न चाहनेहरुका लागि पुस्तक अत्यन्तै उपयुक्त र पठनीय भएको उहाँहरुको भनाइ थियो ।

 प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ विवश पोखरेल, गंगा सुवेदी, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष सुरेश श्रेष्ठ, कवि एवं पत्रकार मीनकुमार नवोदित, आयोजक संस्थाका सचिव खगेन्द्र संग्रौलालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । १२६ पुष्ठको पुस्तकमा अमेरिका भ्रमणका क्रममा ३६ वटा शीर्षकमा लेखिएका बेग्लाबेग्लै स्वादका संस्मरण समेटिएको छ ।

 

 


विराटनगर ÷ विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ ।

महानगरले वडा नम्बर १९ स्थित वैजनाथपुर अस्पतालमा शुक्रबारदेखि एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन ल्याएको हो । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेको उपस्थितिमा बालस्वास्थ्य शिविर सुरु गरिएको हो । पोषण स्थिति सुधार गर्दै बालबालिकाहरूमा बिरामीदर र मृत्युदर कमी ल्याउने उद्देश्यका साथ महानगरले बालस्वास्थ्य शिविर सुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो ।

शिविरमा बाल रोग विशेषज्ञ, पोषण विशेषज्ञ, स्वास्थ्य परामर्शदाता, स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारीलगायतले सेवा दिनेछन् । “यो विशेष प्रकारको शिविर हो । जसमा बिरामी जाँच गर्नुका साथै ५ वर्षभन्दा मुनिका बालबालिकामा पोषणको लेखाजोखा गरी औषधिसहित पोषण सामग्री वितरण गरिन्छ,” कार्यबाहक मेयर कार्कीले बताउनुभयो ।

पोषण स्थिति पत्ता लगाउनका लागि पाखुराको जाँचका साथै उचाइ र तौलसमेत जाँच गरी पोषणको लेखाजोखा गरिन्छ । कुपोषण भएका बालबालिकाहरूलाई बालरोग विशेषज्ञ तथा पोषण विज्ञको सल्लाहअनुसार ३ महिनासम्म पोषण सामग्रीसमेत प्रदान गरिनेछ । पोषण सामग्रीमा चना, दाल, दूध, केरा, अण्डा, चामलसमेत वितरण गरिने अलीले बताउनुभयो ।

शिविरमा आउने सबै बालबालिकाहरूलाई सरसफाई प्रवद्र्धन गर्नका लागि दुईवटा हात धुने साबुनसमेत प्रदान गरिनेछ । बिरामी पत्ता लागेका बालबालिकाहरूलाई निःशुल्क औषधि प्रदान गर्नुका साथै रेफर गर्नुपरेको अवस्थामा अस्पतालहरूसँग समन्वय गरी निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ । १९ वटा वडाबाट सुरु भएको यो शिविर महानगरका सबै वडामा सञ्चालन गरिने स्वास्थ्य महाशाखा प्रमुख अलीले जानकारी दिनुभयो ।

 


मोहन कुमार राई ÷ असोज ५ शिक्षा विधेक सच्याउन माग गर्दै शिकहरु  काठमाण्डौ केन्द्रीत आन्दोलन बुधबारबाट निरन्तर चलिरहेको बेला संखुवासभाको चैनपुरमा पनि सामुदायीक विद्यालयका शिक्षकहरु  आन्दोलनमा उत्रीएका छन् ।

शिक्षक आन्दोलन परिचलन समिति चैनपुरको आयोजनमा शुक्रवार चैनपुर नगरपालिका स्थित रहेका सामुदायीक विद्यालयका शिक्षकहरुले विभिन्न भनाइहरु लेखिएको प्लेकार्ड र नाराजुलुस सहित बालमन्दिर आधारभूत विद्यालयबाट चैनपुर बजर, जीरोप्वाइन हुँदै नगरपालिका परिक्रमा गरी जिल्ला अदालत अगाडी कोणसभामापरिणतभएको थियो । 

कोणसभामा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सचिव सूर्यबहादुर दाहलले सरकारकै कारण शिक्षकलाई आन्दोलनमा जान बाध्य वनाएको वताउनुहुँदै शिक्षा ऐन २०२८ को भन्दा पनि अंकुश लगाउनेखालको भएको वताउनुभयो । यसै गरी नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्व जिल्ला अध्यक्ष गोविन्दमान तामाङले यो आन्दोलनले विद्यार्थी भाइबहिनीहरुको पठनपाठनमा पुग्न गएको क्षती विदाको समयमा पुरा गर्ने गरी पालिका स्थतरका कार्यक्रमहरु, वर्तमान विद्येकको बारेमा अभिभावक जनता, सर्वसाधरणलाई समेत अवगत गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्नु परेको वताउनुभयो ।  

वाल शिक्षका मनमाया राई , विद्यालय कर्मचारी टंक दर्जी, राहत शिक्षकहरुको तर्फबाट गोपाल गोले, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका मिलन तामाङ, नेपाल शिक्षक संघ पूर्व जिल्ल अध्यक्ष चहक भण्डारी,  शिक्षक आन्दोलन परिचालन समिति चैनपुर नगर सचिव गुणराज श्रेष्ठ लगायतले शिक्षा विधेकको वारेमा बोल्नुभएको कार्यक्रम सञ्चालक संचालक एव शिक्षक आन्दोलन परिचालन समिति सचिवालय सदस्य टेकबहादुर श्रेष्ठले वताउनुभयो ।


काठमाडौँ, ४ असोज । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अहिले सत्तामा रहेकाहरूले नै विमानस्थल कब्जा गरेर सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । आफ्नै दल सरकारमा सामेल रहेका बेला कांग्रेस सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेर सत्तामा रहेका विशिष्ट व्यक्तिहरूले नै तस्करी गरिरहेको आरोप लगाएका हुन् ।

इन्टरनेशनल इन्टिलिजेन्स एजेन्सीहरूको रिपोर्ट अनुसार नेपालको बाटो हुँदै अवैधानिक रुपमा ठूलो मात्रामा सुन भारतीय बजारमा गइरहेको भन्दै सांसद शर्माले राज्य सत्ताको संलग्नता विना यस्तो तस्करी सम्भव नभएको जिकिर गरे । ‘एयरपोर्ट क्याप्चर गरेर लुइँलुइँ सुन तस्करी गर्नेहरू चै यो देशको राज्य संयन्त्रमा बसेका छन्, अनि अरबौं ट्याक्स बुझाएर व्यवसाय गर्ने हामीलाई चै माफिया भन्छन्,’ स्वास्थ्य व्यवसायीसमेत रहेका सांसद शर्माले काठमाडौंमा सञ्चारकर्मीसँगको कुराकानीमा भने ‘इन्टरनेशनल इन्टिलिजेन्स एजेन्सीहरूको रिपोर्ट अनुसार प्रचण्ड प्रधानमन्त्री भएपछि ४ सय टन सुन नेपालको बाटो हुदै इलिगल रुपमा भारतीय बजारमा गएको छ, यो देशको गभर्मेन्टमा भएका, राज्य सत्तामा रहेका टप मान्छेहरूको संलग्नताबिना यो कुरा सम्भव नै छैन ।’

सरकारका विशिष्ट व्यक्तिहरू र उनीहरूका परिवारका सदस्यहरूको संलग्नता र संरक्षणबिना सुन तस्करी सम्भव नभएको उनको आरोप छ । ‘अहिले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालको नाम सुन तस्करीमा आइरहेको छ, प्रचण्ड जी ले आफ्नै छोरीबाट अनुसन्धान गर्न सक्नुहुन्छ ? उनले प्रश्न गरे । आफूले आजसम्म एक रुपैयाँ पनि घुस नखाएको दावी गर्दै सांसद शर्माले घुस खाने, तस्करी गर्ने तथा अनैतिक काम गर्नेहरूको विरोध गर्न नछोड्ने उल्लेख गरेका छन् ।


काठमाडौं | बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई चाँडै...’ को भिडियो रिलिज गरेका छन् । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । 

यो आधुनिक गीतलाई प्रमोद खरेलले गायका हुन् । जसमा टिका भण्डारीको संगीत रहेको छ । अमेरिकामै बस्दै आएका गीतकार ईश्वर प्रवासीले यो गीत लेखेका हुन् । 

निर्देशक सुमन दाहालले यो गीतको छायाँकन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन र लुइभिल शहर आसपासमा गरेका हुन् । त्यहाँका निकै सुन्दर दृष्य यो गीतको भिडियोमा समेटिएको छ । गीत जस्तै भिडियो पनि आकर्षण बनेको छ । अमेरिकामा रहेर पनि चलचित्र तथा म्युजिक भिडियो निर्देशनलाई सुमनले निरन्तता दिँदै आएका छन् ।

प्रेम भावको रोमाञ्चक यो गीतको भिडियोमा मोडलद्धय भुवन लोहनी र निश्मा चापागाईंले अभिनय रहेको छ । भिडियोमा उनीहरुको जोडी जमेको छ । सुमनको निर्देशनमा भुवनको यो तेश्रो र  निश्माको यो दोश्रो भिडियो हो । यस अघि भुवनले सुमनकै निर्देशनमा हेर्दा हेर्दै...र यो जीवन मिठो...गीतको भिडियोमा अभिनय गरिसकेका थिए । निश्माले यस अघि सुमनकै निर्देशनमा तिमीसँग छुट्टीएर...गीतको भिडियोमा अभिनय गरिसकेकी छिन् ।

तिमीलाई चाँडै गीतको भिडियोमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको रँग संयोजन, राम ढकालको पोष्टर डिजाईन रहेको छ । गीतको भिडियोलाई पवन गौतमले छायाँकन गरेका हुन् ।


विराटनगर । विराटनगर हाटखोलामा अवस्थित ग्रेडेड स्कुलले  ग्रेडेड गायन प्रतियोगिता– २०८० आयोजना गरेको छ ।

विशिबार विद्यालय परिसरमा आयोजित गायन प्रतियोगितामा कक्षा १ देखि कक्षा १० सम्मका ३२ विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीहरुलाइ कक्षा १–५ र कक्षा ६–१० को दुई समुहमा विभाजन गरिएको थियो ।

कक्षा १–५ बाट प्रसिस्का बराल प्रथम, जिया भगत दोश्रो , सिम्रन सुवेदी  तेश्रो  तथा कक्षा ६–१० बाट प्रश्रय विष्ट प्रथम, कृतिका यादव दोस्रो र सुवाश्ना श्रेष्ठ तेस्रो भएका थिए ।

निर्णायकमण्डलमा गायक तथा संगीतकार प्रवलदिप विश्वास रहेका  थिए । विजेताहरुलाई विद्यालयका प्राचार्य प्रेमलाल सिंह सुवाल आकर्षक पुरस्कार  र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य पनि प्रस्तुत गरेका थिए ।   समय समयमा विद्यालयले विभिन्न आतिरिक्त कृयाकलाप गर्दै आएको प्राचार्य सुवालले जानकारी दिए ।


जयकृष्ण यादव । इनरुवा-इनरुवा, असोज ९ गते । हर्सोल्लासका साथ सुनसरीको विभिन्न स्थानीय तहमा संविधान दिवस मनाएको छ । दिवशको अवसरमा जिल्ला सदरमुकाम इनरुवामा बुधबार विहान शहिदगेटदेखी अस्पतालसम्म प्रभातफेरी, शहिदहरुको सालिकमा माल्यार्पण सहित महानन्द पार्कमा झण्डोत्तोलन गरिएको छ । त्यसैगरी जिल्ला अस्पताल सुनसरीमा विरामीलाई फलफुल वितरण गरि दिवश मनाइएको प्रमुखजिल्लाअधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

प्रजिअ पाण्डेका अनुसार दिवशको अवसरमा तीन दिने कार्यक्रम अन्तरगत मुख्य दिन बुधबार सयौंको संख्यामा सरोकारबालाहरुको बीचमा विभिन्न कार्यक्रम गरिएको छ । संविधान दिवश मुल समारोह समिति, जिल्ला प्रशासन कार्यालय सुनसरी, दुहवी, रामधुनी र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा इनरुवा नगरपालिका बसचौक शहिद गेटमा मलात्यापर्ण, महानन्द पार्कमा झण्डोतन र जिल्ला अस्पताल सुनसरीमा फलफुल वितरण कार्यक्रम गरिएको छ ।


झापा । मुलुकमा आर्थिक संकटकाबीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको देशकै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६ औं स्टोर पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याउन लागेको छ ।

स्टोर झापा जिल्लाको व्यपारिक शहर बिर्तामोडको भगवान चोकमा असोज ४ गतेबाट संचालनमा आउने भएको हो । बिर्तामोडमा सञ्चालनमा आउने यो स्टोर १५ कठ्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्कवायर फुट सपिङ्ग स्पेस सहित सञ्चलनमा आउन लगेको हो ।


२ अर्ब बढी लागानीमा सन्चलनमा आउने यो स्टोर कोशी प्रदेसको चौथो तथा झापा जिल्लाको पहिलो हो । यस अघि कोशी प्रदेसको धरान, बिराटनगर तथा इटहरीमा स्टोर सञ्चलनमा आइसेको छ । स्वदेशी तथा बिदेशी ब्राण्ड का उच्च गुणस्तरका सामानहरु पाईने यस सुपर स्टोरमा झापा जिल्ला सहित आसपसका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सिमावर्ति शहरबाट समेत ग्राहकहरु किनमेलकालागि आउने विस्वास भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको रहेको छ ।

नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्य सहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउँछन ।

देशमा व्याप्त आर्थिक मन्दीका कारण ब्यपार ब्यवसायमा निरासा छाएको बेला भाट्भटेनीको सञ्चालनले पूर्बी नेपालको आर्थिक बिकासमा थप टेवा पुग्ने देखिन्छ । भाट्भटेनीको स्थापनाले बिर्तामोड लगएत पूर्बी नेपालकै आर्थिक तथा प्रयटकिय गतिबिधि समेत बढ्ने देखिन्छ ।

उपभोक्ता लाई बजार मूल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामाग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामनको मूल्य र गुणस्तरमा ग्राहक ठगीन नपर्ने हुँदा भाट्भटेनि यस क्षेत्रका उपभोक्ताको शपिङका लागि पहिलो रोजाई बन्ने क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बतए ।

भाटभटेनि व्यवसाय मात्र नभै रोजगारी आभियान पनि रहेकोहुदाँ हाल सम्म करीव दश हजार बढीले प्रतक्ष रोजगारी प्राप्त गरेको र यो स्टोरमा पनि यस क्षेत्रका करिब तीन सय स्थानीयले रोजगर प्रप्त गरेको अध्यक्ष गुरुङ बताउँछन ।

आसोज ४ गते बिहीबारबाट संचालनमा आउने सुपर स्टोरको लागि सम्पुर्ण तयारी सकिएको भाटभटेनीले जनाएको छ । उद्घाटनका आवसरमा आम ग्राहकलाइ प्रत्येक सामानको खरिदमा १० प्रतिशत तथा ईलेक्ट्रोनिक्समा २० प्रतिशत सम्म छुटको ब्यवस्था पनि रहेको स्टोरका चिफ अपरेसन म्यानेजर पानु पौडेलले बताए ।

यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किडजान तथा स्केट पार्क लगयतका सुबिधाहरु रहने भट्भटेनीले जनाईएकोे छ । बिर्तामोडमा २६औ स्टोर संचालनमा आएपश्चात झपाको दमकमा समेत आगामी बैशाख सम्ममा २७औ स्टोर संचालनमा आउने भाटभटेनीले जनाएको छ ।


बिराटनगर | जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट मिति २०७९।०९।२३ गते देखि २०८०।०५।२९ गते मानव स्वास्थ्य र पर्यावरणमा समेत प्रतिकुल असर गर्ने मुङ्ग्री (मागुर) प्रजाति सहित भारतका विभिन्न क्षेत्रहरूबाट चोरी ल्याउने क्रममा मृत अवस्थाका समेत माछा फेला पारी कुल १७७७ केजी माछा बरामद गरी नष्ट गरिएको छ |


विराटनगर । खनिज ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगरमा युवाहरुले आयोजनामा विराटनगर जलबायु जनमार्च गरेका छन् ।

शनिबार राती विराटनगरको हिमालय रोडदेखि विराटनगर महानगरपालिका  सम्म जलवायु मार्च गरिएको हो । युवाहरूले खनिज इन्धनको अन्त्यको माग गरिएका प्लेकार्डहरू बोकेका थिए ।

नवीकरणीय उर्जाको आवश्यकता रहेको भन्दै उनीहरूले जलबायु जनमार्चको आयोजना गरेर सरकारको ध्यानाकर्षण समेत गराएका हुन् । खनिज इन्धनमा भन्दा नवीकरणीय उर्जामा सरकारले जोड दिनुपर्ने उनीहरूको माग थियो । यो मार्च सेप्टेम्बर १५ देखि १७ सम्मा विश्व भरी ७ सय भन्दा बदी शहरमा एकै पटक खनिज इन्धनको युग अन्त्य गर्न हजारौं मानिस सडक मा उत्रिएका छन् ।

सन् २०२३ को सेप्टेम्बरमा हुन गईरहेको संयुक्त राष्ट्रसंघको महासभा र संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गरेको जलवायु महत्वाकांक्ष शिखर सम्मेलनले खनिज इन्धनको प्रयोग अन्त्य गर्न र नवीकरणीय उर्जामा १००५ वित्तको द्रूत, न्यायसंगत परिचालन गर्न विश्वलाई बलियो सन्देश पठाउन महत्वपूर्ण अवसर प्रदान गर्नेछ । सोही अवसरको सदुपयोग गर्दै सन् २०२३ को सेप्टेम्बर १५ देखि १७ तारिखसम्म नेपाललगायत विश्वका विभिन्न देश तथा सहरहरुमा खनिज इन्धनको प्रयोग र लगानीको अन्त्यका लागि विश्वव्यापी परिचालन हुँदैछ ।

एसै सन्दर्भमा नेपालका प्रधानमन्त्री प्ष्पकमल दाहाल जलबायु जनमार्च सम्मेलनमा सहभागी हुन न्यूवोर्क प्रस्थान गरेका छन् ।


विराटनगर - विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ ।


मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले शनिबार नाटक मञ्चनसँगै कविता प्रतियोगिता सम्पन्न गरेको हो । झोराहाट नाट्यघरमा आयोजित कार्यक्रममा मोबाइल प्रयोगले विद्यार्थीमा पारेको असरका विषयमा ‘आधा सत्य’ नाटक मञ्चन गरिएको थियो । 

सोही अवसरमा आयोजित कविता प्रतियोगितामा अभिनव दाहाल, जिज्ञासा काफ्ले, रोजन पाण्डे र सम्भवी कोइराला उत्कृष्ट घोषित भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र गोविन्द निरौलाको निर्णायक समितिले पुरस्कृत विद्यार्थीहरुको नाम घोषणा गरेको थियो । २ देखि ५ र ६ देखि ९ कक्षा गरी दुई समूहमा विभाजित गरेर नेपाली र अंग्रेजी भाषामा २४ जना विद्यार्थीले आ–आफ्ना कविता प्रस्तुत गरेका थिए । विभिन्न दुई चरण पार गरेर अन्तिम फाइनलका लागि २४ जना विद्यार्थी छनौट भएका थिए । २४ जनाबाट उत्कृष्ट चारजना छनौट गरिएको हो ।

त्यसैगरी हिज्जे प्रतियोगितातर्फ प्रियान्सु यादव, रिदिशा थापा, सेसिका काफ्ले र प्रकृति अधिकारी पुरस्कृत भएका छन् । साहित्यकारसमेत रहनुभएका नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितातर्फ विजयी हुने रिदम घिमिरे, आवास खड्का, विज्ञान पौडेल र सजक अधिकारीलाई पुरस्कृत गरिएको थियो । 

सबै पुरस्कृतहरुलाई प्रमुख अतिथि नवोदित, विद्यालय सञ्चालक समितिका अध्यक्ष गोविन्द निरौला, प्रिन्सिपल इन्द्र राईलगायतले ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको थियो । त्यसैगरी कार्यक्रम संयोजकहरु उमा कार्की, आस्मा उपाध्यक्ष, रक्षा गौतम, गीता अग्रवाल, पुरुषोत्तम आचार्यलगायतलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो । विद्यार्थीलाई पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन विद्यालयले विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको प्रिन्सिपल राईले बताउनुभयो ।


धरान: धरानको संगीत क्षेत्र तथा संगीतकर्मीहरुको हक-हित तथा उत्थानको लागि १० बर्ष अगाडी खोलिएको एकमात्र संस्था धरान संगीत प्रतिष्ठानको धरान २ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा रहेको नयाँ कार्यालयको  उद्घाटन गरिएको छ ।

शुक्रबार आयोजित कार्यक्रम मा धरान उप-महानगरपालिकाका मेयर तथा  धरान संगीत प्रतिष्ठानका संरक्षक  हर्क साम्पाङले रिबन काटेर प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका थिए । प्रतिष्ठानले नयाँ भवन निर्माण नगरेसम्मका लागि उपमहानगर पालिकाले उपलब्ध गराएको प्रतिष्ठान चाडै उपयुक्त जग्गा खोजेर नयाँ भवन बनाएर सर्ने प्रतिष्ठानका अध्यक्ष रमेश राईले बताए । जग्गा भेटिएमा प्रतिष्ठानको भवनसँगै वरिष्ठ गायक दिप श्रेष्ठ ट्रष्ट समेत  सञ्चालन गर्ने योजना रहेको अध्यक्ष राईले बताए ।

 बजेट निर्माण गर्ने बेलामा केन्द्र देखि स्थानीय स्तरसम्मको सरकारबाट अपहेलित कला, साहित्य र संगीत क्षेत्र रहेको बताउंदै मेयर हर्क  साम्पाङले पनि प्रतिष्ठानको आफ्नै स्वामित्वको भवन बनाउनुपर्ने र यसको लागि आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने बताए । प्रतिष्ठानको लागि खुल्ला स्थान रहेको भवनको आवश्यकता रहेको उनले बताए।  त्यस्तै प्रतिष्ठानको संस्थापक तथा सल्लाहकार  अजय राईले  गीत, संगीतमा लाग्न चाहनेहरु र यस क्षेत्रमा लागेका श्रस्टाहरुको लागि आफुहरुले जन्माएको प्रतिष्ठान जन्माएको प्रतिष्ठानको आफ्नै भवन निर्माणको लागि जग्गा व्यवस्थापन हुन सकेमा भवन बनाउन आवश्यक  आर्थिक सहयोग उठाउन तयार रहेको बताए । त्यस्तै चाँडै नै क्यानाडा जान लागेका चर्चित गायक एपी शेर्पाको विदाई पनि गरिएको थियो |

 उनलाई मेयर साम्पाङले प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान संगै नेपाली ढाकाटोपी  लगाईदिएका थिए भने गीतकार मीना सिंगकले सिलाम साक्ला प्रदान गरेकी थिइन् ।त्यस्तै सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए।     पारिवारिक पिआरमा क्यानाडा जान लागेका गायक एपी  शेर्पा  केही बर्षको लागि क्यानाडा जान लागेको र भबिस्यमा  नेपाल नै फर्कने बताउंदै यदि  प्रतिष्ठानको भवन निर्माण हुने भएमा आफ्नो तर्फबाट रु १ लाख सहयोग गर्ने र अन्य सहयोग उठाउन पनि सहयोग गर्ने बताए । उनले "गरौ संकल्प "बोलको आफ्नो रास्ट्रिय गीत समेत गाएर सुनाएका थिए।  
असारमा  विश्व संगीत दिवसको अवसरमा आयोजित कार्यक्रमको हिसाब समेत सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो उक्त सम्मान तथा सांगीतिक  कार्यक्रममा ४ लाख ७५ हजार ८ सय आम्दानी भएको र ५ लाख ३५ हजार ८ सय ३० रुपैया खर्च भएको प्रतिष्ठानले जानकारी दिएको छ ।  विभिन्न दाताहरु तथा संस्थाहरुबाट केहि रकम उठ्न बाँकी रहेको र नयाँ कार्यलय भवन व्यवस्थापनको लागि बिजुली, रंगरोगन, फर्निचर लगायतमा १ लाख ८ हजार ५५ खर्च भएको  जनाईएको छ।  कार्यक्रममा धरान संगीत प्रतिष्ठानका सल्लाहकार तथा एसपी भिम दाहाल र डा.खालिद हुसैन हक पनि अतिथिको रुपमा रहेका थिए भने धरानका संगीतकर्मीहरुको उपस्थिति रहेको थियो।


बिराटनगर  २०८० भाद्र २९ गते, शुक्रबार मोरंग व्यापार संघको महिला उद्यम समितिले महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारी मोरङको बुढीगंगा १ स्थित महिला जागृति तथा वृद्धा आश्रमका एकल तथा वृद्ध महिलाहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको थियो । 

संघकी महिला उद्यम समिति सदस्य श्रीमती श्रृति शर्माज्यूको संयोजकत्वमा आयोजित सो कार्यक्रममा संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू, संघको महिला उद्यम समिति संयोजक श्रीमती बन्दना जैनज्यू, सचिव श्रीमती साधना झाज्यू, सदस्यहरु श्रीमती नम्रता रिजालज्यू, श्रीमती अपर्णा सारडाज्यू, श्रीमती सुनिता अग्रवालज्यू, श्रीमती जिना श्रेष्ठज्यू लगायतको उपस्थितिमा हर्षोल्लासका साथ सो कार्यक्रम सम्पन्न गरिएको थियो ।


विराटनगर ÷ विराटनगरमा बसेर लामो समयदेखि  साहित्य साधना गरिरहेका चर्चित छन्द कवि हरि कट्टेल मोती पुरस्कारबाट झापामा पुरस्कृत भएका छन् ।

उक्त सम्मान तथा पुरस्कार १५८ औँ मोती जयन्तीका अवरसरमा त्रिफला पुस्तकालय केन्द्रीय  कार्यालय झापाले  एक  समारोहका बीच प्रदान गरेको हो ।

नगद राशीसहित सम्मानपत्र रहेको  रहेको उक्त पुरस्कार  संस्थाका अध्यक्ष प्रेमप्रकाश फलाहरी,  कार्यक्रमका प्रमुख अतिथि ज्ञानबहादुर क्षेत्री र विशिष्ट अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए भने कट्टेललाई  प्राज्ञ  गंगा सुवेदीलगायतले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

समारोहमा नेपाल र भारतका विशिष्ट साहित्यकारहरूको व्यापक उपस्थिति थियो ।

कट्टेल चर्चित छन्द कवि हुन् भने कविता, गजल, मुक्तक र समालोचनाका क्षेत्रमा समेत स्थापित साहित्यकार हुन् ।


विराटनगर÷ विराटनगर–७ स्थित ग्रेडेड सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा सरस्वती हेम्ब्रम प्रथम भएकी छन् ।

५९ औं राष्ट्रिय बालदिवसका अवसरमा आयोजित प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै सरस्वती प्रथम भएकी हुन् । ‘सामाजिक सञ्जालको प्रयोग बरदान कि अभिशाप’ विषयमा आफ्नो तर्क प्रस्तुत गरेर प्रशान्त कामत द्वितीय र कृतिश्री थापा तृतीय भइन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र पत्रकार पदमकुमार सरदारको निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । कक्षा ८ देखि १० सम्मको समूहमा भएको प्रतियोगितामा १७ जना विद्यार्थीले भाग लिएका थिए ।

त्यस्तै कक्षा ५ देखि ७ सम्मको समूहमा भएको प्रतियोगितामा नविशा तिवारी प्रथम, थनिशा पोखरेल द्वितीय र उज्ज्वल यादव तृतीय भए । सो समूहमा भएको प्रतियोगितामा १६ जना प्रतियोगी सहभागी भएका थिए । विजयी विद्यार्थीलाई ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए । उहाँका अनुसार विद्यालयले वक्तृत्वकला, वादविवाद, कविता प्रतियोगिता, हाजिरीजवाफलगायतका प्रतियोगिता आयोजना गर्दै आएको छ ।

 


विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको प्रतिस्पर्धी क्षमता र गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विराटनगरस्थित गोग्राहा माविले आयोजना गरेको सम्मान, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले अध्ययन र अतिरिक्त क्रियाकलापको प्रतिस्पर्धी क्षमता वृद्धिसँगैगुणस्तरमा समेतसुधार ल्याउन आवश्यकरहेको उल्लेख गर्नुभयो । उहाँले राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि प्रतिफल अझै प्राप्त हुन नसकेको जिकिर गर्नुभयो ।

उहाँले विद्यार्थीमा व्यवहारिक, सीपमूलक र नैतिक शिक्षाको जरुरी रहेको बताउनुभयो । सामुदायिक विद्यालयहरुबीच नै गुणस्तरमा प्रतिस्पर्धा हुनुपर्नेमा उहाँको भनाइ थियो । पछिल्लो समय केही सामुदायिक विद्यालयको गुणस्तर वृद्धि भएकै कारण अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको बताउँदै उहाँले भन्नुभयो, “सबै सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउनुपर्छ । अनि मात्रै हामीले उत्पादन गरेका जनशक्ति विश्वको श्रमबजारमा सहजै बिक्री हुन सक्छन् । त्यसका लागि विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा दिनुपर्छ ।” मेयर कोइरालाले सामुदायिक र निजी विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर समान हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मेयर कोइरालाले विद्यालयबाट अवकाश प्राप्त गरी विदाई भएका शिक्षकहरु विष्णु भुजेल, श्याम गजुरेल, शंकरप्रसाद दाहाल र डिल्लीप्रसाद कोइरालालाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

 


बिराटनगर | मोरङ विराटनगर महानगरपालिका वडा नं।-११ बसपार्क स्थित पैदल टाउकोमा बोकी ल्याउँदै गरेको अवैध कपडा (कुर्था सुरुवाल, सर्ट, लेगिज, भेष्ट - अ।मुल्य रू, १,६३,७५०। र किराना सामानहरु अ,मुल्य रु।४४,२००, - बराबरको गरी जम्मा २,०७,९५० (दुई लाख सात हजार नौ सय पचास) बराबरको सामान वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ उक्त सामान सोही स्थानमा छाडी मानिस फरार रहेको  । उक्त सामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाउने कार्य भई रहेको छ |


विराटनगर - विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालयस्तरदेखि नै व्यवहारिक र सीपमूलक शिक्षा नदिएकै कारण बेरोजगारी समस्या बढ्दै गएको बताउनु भएको छ ।

प्याब्सन मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सैद्धान्तिक  र व्यवहारिक शिक्षालाई सँगसँगै अगाडि बढाएमात्रै उत्पादित जनशक्तिले रोजगारी प्राप्त गर्ने दाबी गर्नुभयो । उहाँले चारवटा विषयमा डिग्री हासिल गरे पनि सीप छैन भने रोजगारी पाउने अवस्था नरहेको प्रस्ट पार्नुभयो । “अंग्रेजी, नेपाली, वाणिज्य, राजनैतिक सबै विषयमा डिग्रीको सटिर्फिकेट छ तर उसमा सीप छैन भने सटिर्फिकेटका आधारमा जागिर पाउने अवस्था छैन अहिले,” उहाँले थप्नुभयो, “डिग्री आफ्नै ठाउँमा छ तर त्यो भन्दा महत्वपूर्ण व्यवहारिक र सीपमूलक शिक्षा आजको आवश्यकता हो । नेपालमा मात्रै होइन विदेश जाँदा पनि राम्रो सीप सिकेर गएको छ भने राम्रै पैसा कमाउने अवस्था छ नत्र भने सामान्य काम मात्रै पाइन्छ र त्यसबापत प्राप्त हुने पैसा पनि कमै हुन्छ ।”

घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्नेको आग्रह थियो । विद्यालय तहदेखि नै व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति देश–विदेशको श्रमबजारमा बिक्न सक्ने मेयरको भनाइ थियो । हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेको बताउँदै त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारीपाउनेगरेको उहाँले सुनाउनुभयो ।

त्यस्तै अध्ययनका लागि विदेश जानु नपर्ने गरी विराटनगरमा गुणस्तरीय शैक्षिक संस्थाहरु खुलेको बताउँदै मेयर कोइरालाले भन्नुभयो, “तर अझै पनि विदेश जाने प्रवृत्ति रोकिएको छैन । झनै बढेर गएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा अध्ययनकै लागि नेपालीले १ खर्ब ४२ अर्ब रुपैयाँ विदेश पठाएका छन् । जसले गर्दा नेपाली मुद्रा विदेशिएको छ ।”

निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले विद्यार्थीको प्रतिस्पर्धी क्षमता बढाउन विभिन्न अतिरिक्त क्रियाकलाप गर्ने गरेको भन्दै उहाँले प्रशंसासमेत गर्नुभयो । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने महानगरको जारी अभियानलाई साथ दिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रयमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, कोशी प्रदेश अध्यक्ष टीकाराम ढकाल, मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, सचिव जगत बस्नेत, अभिभावक संघ कोशी प्रदेश अध्यक्ष देवी पन्थीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा मोरङका ४० वटा विद्यालयको सहभागिता रहेको कार्यक्रममा संयोजक भक्तराज सुब्बाले जानकारी दिनुभयो ।


धरान। मंगलबार धरानस्थित हाङ्गकोक सारंग कोरियन रेस्टुरेन्टमा  मिस धरानआईकन को दोस्रो संस्करणको पहिलो अडिसन सम्पन्न भएको छ।


अनलाइन फर्म तथा धरानका बिभिन्न कलेज एक्टिभेशन पश्चात भएको पहिलो अडिसनमा ११ जना प्रतियोगीहरुले भाग लिएका थिए।  

धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा मिस धरान आईकन २०२३ हुन लागेको हो । कम्तीमा एसईई उतिर्ण धरानका युवतीहरु भाग लिन पाउने  मिस धरान आईकन २०२३ को पहिलो अडिसनमा निर्णायकहरु कोरियोग्राफर प्रोजिता लामा, मिस धरानआईकन  फर्स्ट रनर अप प्रेजिना राई र सेकेन्ड रनर अप श्वेता बिस्वकर्मा पोख्रेल रहेका थिए।  

यस्तै मिस धरान आइकन को अफिसियल फेसबुक पेजमा रहेको अनलाइन फर्म जततउकस्ररकजयचतगच।िबतरनजपल्त्   मार्फत  आवेदनहरू दिन सकिने आयोजक हरिहाङ्ग तिगेलाले बताए ।

यही हफ्ता अन्य अडिसन गरी छानिएका प्रतियोगीहरुलाई २० दिनको प्रशिक्षण दिईनेछ।  मिस धरान आइकन २०२३ को कोरियोग्राफी मिस तामांग २०१९ प्रदेश १ बिजेता तथा मिस टुरिज्म क्विन वर्ल्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल बिजेता प्रोजिता लामाले गर्नेछिन्।

छानिएका प्रतियोगीहरुलाई व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ।   मिस धरान आइकन २०२३ बिजेता , फर्स्ट रनर अप, सेकेन्ड रनर अप संगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब ( टाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। बिजेताले पचास हजार , फर्स्ट रनर अपले तीस हजार र सेकेन्ड रनर अपले बीस हजार लगायतका बिभिन्न पुरस्कार पाउनेछ भने ट्रेनीङ्ग खर्च पाँच हजार  मात्र राखिएको ब्ल्याक पिग इन्टरटेनमेन्टका हरिहांग तिगेलाले बताए।  

मिस धरान आइकनको पहिलो संस्करणको बिजेता आसमाया राई , फर्स्ट रनर अप प्रेजिना राई र सेकेन्ड रनर अप श्वेता बिस्वकर्मा पोख्रेल भएका थिए।  मिस धरान आइकन२०२३ को ग्रान्ड फिनाले आगामी असोज २६ गते शुक्रबार धरानमा हुनेछ।  


विराटनगर ÷ नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै महानगरका मेयर नागेश कोइरालाले तीजलाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको रमाइलोका लागि महानगरले कार्यक्रम आयोजना गरेको बताउनुभयो । मेयर कोइरालाले महानगरका जनप्रतिनिधि र कर्मचारी एउटै परिवार भएकाले जनताको सेवामा इमान्दारीपूर्वक लाग्नु जरुरी रहेको उल्लेख गर्नुभयो । जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै विराटनगर बनाउन सकिने उहाँको भनाइ थियो । “हामी जनप्रतिनिधि एक्लैले महानगर बनाउन सकिँदैन,” उहाँले भन्नुभयो, “हामीले नीति नियम बनाउने हो त्यसको कार्यान्वयन गर्ने र जनतालाई प्रत्यक्ष सेवा दिने त तपाईंहरु हो । त्यसैले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य, एकता र समन्वय भए मात्रै जनताले सहज रुपमा सेवा प्राप्त गर्नुका साथै विराटनगरको विकास हुन्छ ।”

त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले महानगरले महिला कर्मचारीहरुको अभिभावकत्व ग्रहण गरेर दर खाने कार्यक्रम आयोजना गरेको प्रस्ट पार्नुभयो । उहाँले वर्ष दिनभरिका सबै पीडालाई भुलेर रमाइलो गर्न आग्रह पनि गर्नुभयो । कार्यक्रममा कानुन शाखाकी प्रमुख शारदा थपलिया, सामाजिक शाखाकी प्रमुख अनिता कोइरालालगायतले कार्यक्रमका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा दर खाएर एकआपसमा शुभकामना आदानप्रदान गर्नुका साथै तीजका विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.