Websoft University

कार्यबाहक मेयर कार्कीद्वारा योगमायाको शालिक अनावरण


विराटनगर ÷ विराटनगर–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक अनावरण गरिएको छ । शालिकको विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले बिहीबार एक समारोहका बीच अनावरण गर्नुभयो । राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथाजस्ता विकृति र विसंगतिविरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्वपूर्ण रहेको कार्यबाहक मेयर कार्कीले बताउनुभयो । 

उहाँले योगमाया नारी जागरणको अभियन्तामात्रै नभएर आदर्शसमेत भएको उल्लेख गर्नुभयो । कार्यक्रममा कार्यबाहक मेयर कार्कीले योगमाया परिकल्पना गरेको समाज अझै निर्माण हुन नसकेको बताउनुभयो । उहाँले अझै पनि समाजमा लैंगिक, जातीयलगायतका विभेदहरु कायमै रहेको चर्चा गर्नुभयो । “योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन सकेको छैन,” कार्कीले भन्नुभयो, “हामी सबै मिलेर उहाँले सोचेको र परिकल्पना गरेको समाज निर्माण गर्नु जरुरी छ ।”

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ कुमार पोखरेल, ३ वासुबहादुर बस्नेत, ११ का तीर्थेन्द्र नेउपाने, प्राध्यापक कविराज न्यौपाने, समाजसेवी सुरेशकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । वि.सं. १९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमायासहित ६८ जना नारी अरुण नदीमा जलसमाधी लिएका थिए ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.