Websoft University
June 2023


 काठमाडौं  । टुसाल  मल्टी भेन्यूको आयोजनमा दोश्रो विद्यालय स्तरिय पौडी च्याम्पियनशिप २०२३ शुक्रबार सम्पन्न भएको छ । २५ मिटरको फ्रि स्टाइल पौडी प्रतियोगितामा कुल महिला र पुरुष गरि ३० विद्यालयबाट ९८ प्रतियोगीहरुले सहभागीता जनाएका थिए ।  

टुसाल मल्टि भेन्यूको आफ्नै पौडी पोखरीमा सञ्चलित पौडी प्रतियोगितमा पुरुष जुनियर र सिनियर, महिला जुनियर र सिनियर गरि जम्मा ४ विधामा प्रतियोगिताको आयोजना गरिएको थियो ।  

पुरुष जुनियरमा काठमाडौं वर्ल्ड स्कुलका मायोन श्रेष्ठले १६र७९ सेकेन्डमा पार गरी बिजेयी भएका छन् भने जेम्स स्कुलका रचित बुढाथोकी प्रथम रनर अप र साङकृत्य नेपाल सेकेन्ड रनरअप भएका छन् । पुरुष सिनियरतर्फ काठमाडौं वर्ल्ड स्कुलका कल्किन श्रेष्ठ १४र४८ सेकेन्डमा पार गरी बिजयी भएका छन् भने स्वस्तिश्री गुरुकुल स्कुलका आलज रञ्जित र करियर बिल्डिङ्ग इन्टरनेशनल एकेडेमीका सम्बन्ध श्रेष्ठले क्रमश दोश्रो र तेश्रो स्थान हाशिल गरेका छन् । 

त्यस्तै महिलातर्फ जुनियरमा स्वस्तिश्री गुरुकुल स्कुलकी अजला रञ्जित ९१९र०४ सेकेन्ड० बिजयी भएकी छिन् भने आर्या महर्जनले दोश्रो स्थान र मिल्सबेरी स्कुलकी निकोल तुलाधारले तेश्रो स्थान हाशिल गरेकी छिन् ।  महिला सिनियरतर्फ काठमाडौं वर्ल्ड स्कुलकी अनिया पिया ९१९र३५सेकेन्ड० ले विजयी प्राप्त गरेकी छिन् भने इसानी देवी घोसाली फ्रस्ट रनरअप र सेन्ट जेभियरर्सकी साक्षी राना सेकेन्ड रनरअप भएकी छिन् । 

पौडि प्रतियोगितमा बेस्ट प्लेयरका रुपमा सुरभ श्रेष्ठ र अनाया श्रेष्ठ सम्मानित भएका छन् । 

प्रतियोगितामा बिजेताहरुलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा टुसाल मल्टि भेन्यूका अध्यक्ष बिजय सापकोटा, प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जन, विशिष्ठ अतिथि अशोक रत्न बज्रचार्य ९अध्यक्ष ( नेपाल पौडी संघ, अध्यक्ष ( नेपाल ओलम्पिक कमिटी०, विशेष अतिथिहरु तारकेश्वर नगरपालिका ८ नं। वडाध्यक्ष श्यामकृष्ण सापकोटा र वर्ल्ड अक्वाटिक टेक्निकल अफिसियल विष्णु खड्काको उपस्थिति रहेको थियो 


विराटनगर  असार १५ गते |  २० औं राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ आयोजना गरेको छ ।

पञ्चेबाजासहित महानगरले उल्लाहमय रुपमा धान रोपाइँ गरेको हो । रोपाइँ कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, वडा नम्बर ११ अध्यक्ष तीर्थेन्द्र नेउपाने, १२ का अध्यक्ष हिरालाल कामत, वडा सदस्य कुशेश्वर राजवंशीसहित विभिन्न राजनैतिक दलका स्थानीय नेता, समाजसेवी, टोल संगठनमा आबद्ध व्यक्ति, कृषकलगायतको सहभागिता रहेको थियो ।

 सो अवसरमा नाचगान गर्दै रमाइलोसमेत गरिएको थियो । दिवसका अवसरमा शुभकामना दिँदै मेयर कोइरालाले कृषिलाई आधुनिकीकरण र यान्त्रीकरणतर्फ लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले किसानले सहज रुपमा मल, सिंचाइ र बिउ पाउने अवस्था सिर्जना गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले कृषिलाई यान्त्रीकरण गरेर उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभयो ।

चालीसको दशकसम्म नेपालले खाद्यन्न निर्यात गर्दै आएको बताउँदै उहाँले वार्षिक ६ खर्बभन्दा बढीको आयात गर्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । धान दिवसका अवसरमा महानगरपालिकाले हरेक वर्ष सामूहिक धान रोपाइँ गर्दै आएको छ । गत वर्ष १८ नम्बर वडामा रोपाइँ कार्यक्रम आयोजना गरेको थियो ।


विराटनगर  असार १४ गते | सङ्खट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा दुई महिला फाइनलमा र चार पुरुष सेमिफाइनलमा प्रवेश गरेका छन् ।

खेलकुद विकास बोर्ड कोशी प्रदेश र मोरङ जिल्ला सङ्खट टेनिस संघले आयोजना गरेको खुल्ला राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको बिहीबारको खेलमा महिला तथा पुरुष एकलमा दुई महिला फाइनल र चार खेलाडी सेमिफाइनल पुगेका हुन् । महिला तर्फ लुम्बीनिका ऋषिका चौधरीले लुम्बीनीकै रोशिका पोखरेललाई ४–१ ले, बागमतीका जर्चिया चौधरीले सशस्त्र प्रहरीका भगवती चौधरीलाई ४–२ ले पराजित गरेर फाइनल पुगेका हुन् ।

क्वाटर फाइनलमा भगवतीले कोशी प्रदेशकी याना राजभण्डारीलाई ४ –२ ले पराजित गरेकी थिइन् । जर्जिया कोशीकी श्रेया राईलाई क्वाटर फाइनलमा ४–० को सोझो सेटले हराएर सेमिफाइनल पुगेकी थिइन् । फाइनल पुग्ने रोशिका पोखरेलले लुम्बीनीकै बिमला पन्थीलाई ७–२ ले पराजित गरिन् ।

यस्तै पुरुष एकल तर्फको खेलमा कोशीका युकेश योन्जनले लुम्बीनीका रोशन केसीलाई ४–०, सशस्त्र प्रहरीका कमल भण्डारीले लुम्बीनीका सुरज चौधरीलाई ४–१ ले पराजित गरी सेमिफाइनल पुगेका छन् । यस्तै क्वाटर फाइनलमा बागमतीका ब्रिजेश पाण्डेले बागमतीकै निर्मल स्थापितलाई ८–६ ले र बागमतीका प्रदिप खत्रीले कोशीका मुकुन्द बुढाथोकीलाई ४–० ले पराजित गरेका थिए ।

 


विराटनगर १४ असार | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुर्तीजन्य पदार्थको बिक्रीवितरणका लागि दिइएको अनुमतिपत्र साउन १ गतेदेखि खारेज गर्ने बताउनु भएको छ ।

विराटनगर वडा नम्बर १० को आर्थिक सहयोगमा नेपाल प्रेस इन्स्टिच्यूटले आयोजना गरेको आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सुर्तीजन्य पदार्थको सेवनका कारण स्वास्थ्य र महानगरको सरसफाईमा प्रतिकूल असर परेको बताउँदै नियन्त्रणअभियानमासाथ दिन महानगरवासीसित आग्रह गर्नुभयो । उहाँले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि नयाँ अनुमति नदिने र यसअघि दिइसकेका अनुमतिपत्र पनि नवीकरण नगर्ने प्रस्ट पार्नुभयो ।

 “सुर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सरजस्ता जटिल रोगका बिरामीहरु बढ्दै गएका छन् । सुर्तीजन्य पदार्थबाट प्राप्त हुने करभन्दा सयौं गुणा बढी उपचारका लागि सरकारको बजेट खर्च भइरहेको छ,” मेयर कोइरालाले भन्नुभयो, “त्यसमाथि खोलका कारण र गुट्खा खाएर थुक्दा सहरको सौन्दर्यतामा समेत ह्रास आएको छ ।” महानगरले सुरु गरेको अभियानमा साथ दिन उहाँले महानगरवासीसित आग्रहसमेत गर्नुभयो । महानगरको एक्लो प्रयासले मात्रै विराटनगर बनाउन नसकिने बताउँदै मेयर कोइरालाले हरेक नागरिकले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “एक वर्षअघि नै हामीले टोल फ्रि नम्बर सञ्चालनमा ल्याइसकेका छौं, कतै फोहोर गरेको पाउनु भयो, सुर्तीजन्य पदार्थ बिक्री गरेको पाउनु भयो या अन्य समस्या परेमा टोल फ्रि नम्बरमा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।”

उहाँले पछिल्लो समय विराटनगरको पहिचान गुम्दै गएको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । विराटनगरको नयाँ पहिचान खोजी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मेयर कोइरालाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । विभिन्न तालिमका माध्यमबाट विराटनगरका युवाहरुलाई स्वरोजगार बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । मेयर कोइरालाले रेडियोको महत्व कहिल्यै नघट्ने उल्लेख गर्नुभयो ।

 वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीले चालु आर्थिक वर्ष स्वरोजगारमूलक विभिन्न ६ वटा तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले जुत्ताचप्पल, अचार, उद्घोषण, लोकसेवा तयारी कक्षालगायतका तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । विएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले रेडियोको उपादेयता कहिल्यै नघट्ने दाबी गर्नुभयो । उहाँले सुन्ने माध्यम र तरिकामा परिवर्तन भए पनि रेडियोको महत्व सधैं रहने स्पष्ट पार्नुभयो । 

कार्यक्रममा नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष मोहन भण्डारी, वरिष्ठ पत्रकार यज्ञ शर्मा, प्रेस इन्स्टिच्यूटका प्रदेश संयोजक वीरेन्द्र शर्मालगायतले तालिमको उद्देश्यलगायतका विषयमा केन्द्रित रहेर मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शब्द सरोवर प्रालि विराटनगर–११ ले आयोजना गरेको १५ दिने लोकसेवा तयारी कक्षाको समेत समापन गरिएको थियो । कार्यक्रममा सहभागिताका तर्फबाट कविता पोखरेल, उपेन्द्र काफ्ले, इसु पन्त, भलि सुब्बा, प्रेमकला डाँगीलगायतले तालिमका विषयमा आफ्ना अनुभव सुनाउनु भएको थियो ।

 


प्रकाश न्यौपाने-क्याण्डी (श्रीलंका), असार १४ गते | नेपालका सरकारी अधिकारी र पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीबाट पर्यटन प्याकेज प्रबद्र्धन गर्न आग्रह गरेका छन् ।

श्रीलंकाको क्याण्डीमा नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघको संयुक्त आयोजनामा भएको नेपाल–श्रीलंका सेल्स मिसन कार्यक्रममा बोल्दै उनीहरुले बुद्ध जन्मस्थलबाट टूर प्याकेट सुरु गरेर अन्य बौद्ध स्थलहरु जोड्नु पर्नेमा जोड दिए । श्रीलंकन र भारतीय ट्राभल एजेन्सीहरुले भारतको बोधगया लगायतका बौद्धस्थलबाट टुर प्याकेज बनाएर पर्यटकलाई लुम्बिनी लैजाँदा बसाई अवधि बढ्न सकेको छैन । अब टुर प्याकेज बनाउँदा नेपालको लुम्बिनीलाई केन्द्रमा राखेर बनाइनु पर्ने नेपाली पर्यटन व्यवसायीको जोड छ । यसले पर्यटकको बसाइँ अवधि बढ्ने अपेक्षा उनीहरुको छ ।

सेल्स सिमन कार्यक्रम उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल र विशेष गरेर लुम्बिनीमा श्रीलंकन पर्यटकहरुलाईआमन्त्रण गर्न नेपाली टोली यहाँ आएको बताए । नेपाल र श्रीलंकका पर्यटन व्यवसायीहरुको सहकार्यले एकअर्का देशमा पर्यटन प्रबद्र्धन गर्न सकिने उनको धारणा थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलम्बो उडानका लागि नेपाल बायुसेवा निगम तयारी रहेको बताउँदै श्रीलंकन एयरलाइन्सलाई समेत भैरहवा उडान गर्न आह्वान गरे । उनले बौद्ध सर्किटको प्याकेज बनाउँदा लुम्बिनीलाई पहिलो प्राथमिकता राख्न श्रीलंकन व्यवसायीहरुलाई अनुरोध गरे ।

सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले श्रीलंकन नागरिकलाई बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निमन्त्रणा दिए । उनले बौद्धस्थलको टूर प्याकेट बनाउँदा लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुको तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटीहवा हुँदै बोधगया, सारनाथ, कुशीनगरलाई समेटर बनाउन आग्रह गरे । ‘लुम्बिनी आउन हवाई मार्ग सहज बनेको छ, लुम्बिनीको काखैमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, श्रीलंकाबाट सिधा उडान गर्नुस् र लुम्बिनीबाट बुद्धस्थल भ्रमण सुरु गर्नुस्,’ उनले भने । अध्यक्ष श्रेष्ठले नेपाल पर्यटनका लागि महत्वपूर्णस्थल भएको जनाउँदै धार्मिक, सांस्कृतिक साथै साहसिक र मनोरंजनको पूर्ण प्याकेज नेपालले पस्कने बताए ।

नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपालका पर्यटकीय आकर्षण र विविधताबारे प्रस्तुतीकरण दिँदै विश्वकै घुम्नैपर्ने मुलुकमा नेपाल एक उत्कृष्ट गन्तव्य भएको जनाए । उनले नेपाल र श्रीलंकाको जनस्तरमै सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको र बुद्धिष्ट पर्यटकहरुलाई नेपाल जीवनमा एकपटक पुग्नै पर्ने गन्तव्य रहेको उल्लेख गरे । उनले हिमाल, पहाड र तराईको प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधताले नेपाललाई पर्यटनको जीवित संग्राहलय बनाएको विषयलाई प्रस्तुतीकारुपमा देखाए ।

श्रीलंकन प्रशिद्ध भिक्षु धर्मराथना थेरोले श्रीलंका र नेपाललाई भवगान बुद्ध र बौद्ध पर्यटकीय गन्तव्यले जोडेको उल्लेख गरे । बुद्ध नेपालमा जन्मनु नेपालीहरुका लागि शौभाग्य भएको उल्लेख गर्दै उनले हरेक श्रीलंकनलाई जीवनमा लुम्बिनी र बौद्ध पर्यटकीय गन्तव्यहरुमा भ्रमण गर्न आग्रह गरे । उनले श्रीलंकन नागरिकलाई आफ्नो भ्रमणको सुरुवात गर्दा लुम्बिनीबाट सुरु गर्न आग्रह गराए । श्रीलंकन एयरलाइन्सका प्रबन्धक उपेन्द्र राजापाक्षले आफ्ना अधिकतम नागरिकलाई नेपाल पुर्याउन श्रीलंकन एयरले सहयोग गर्ने बताए । भविष्यमा नेपालका सबै विमानस्थलमा नियमित उडानका लागि पहल गर्ने जनाए ।

सिद्धार्थ होटल संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक किशोर जोशीले नेपालमा अधिकतपर्यटकहरु पठाउन र लुम्बिनी एवं आसपासका बौद्ध गन्तव्यहरुमा घुमाउनउपस्थितश्रीलंकन पर्यटन व्यवसायीलाई आग्रह गरे । उनले बौद्ध पर्यटनको सुरुवात लुम्बिनीबाट हुनुपर्नेमा जोड दिए । यस्तै, श्रीलंकन एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलमा सिधा उडानका लागि आग्रह गरे ।

कार्यक्रममा नेपालका पर्यटन व्यवसायीसहित श्रीलंकन एयरलाइन्सका प्रतिनिधि,त्यहाँकाहोटल, ट्राभल, टुर अपेरेटर गरी ६० बढी सहभागी थिए । त्यहाँ विजनेस टु विजनेस (विटुबी) पनि भएको थियो । नेपाली पर्यटन व्यवसायीले आफ्नो टुर प्याकेजकाबारे जानकारी पनि गराए । श्रीलंकन नागरिकलाई नेपाल भ्रमणको निमन्त्रणा दिन र नेपालका पर्यटकीय स्थलको प्रबद्धर्न गर्ने उद्देश्यले सरकारी अधिकारी र पर्यटन व्यवसायी श्रीलंका पुगेका हुन् । क्याण्डी पछि श्रीलंकाको राजधानी कोलम्बोमा नेपाली टोलीले जुलाई १ तारिखमा भव्य कार्यक्रम गर्दैछन् ।


मोहन कुमार राई - आसार १४ गते | संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं ९ स्थित शारदा माध्यमिक विद्यालयलाई एक कार्यक्रमका बीच कम्प्युटर हस्तान्तरण गरिएको छ ।

कृषि विकास बैंक¸ शाखा कार्यालय चैनपुरले शारदा माध्यमिक विद्यालयमा शनिबार आयोजित एक कार्यक्रममा कृषि विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई २ थान कम्प्युटर र १ थान प्रिन्टर मेसिन उपलब्ध गराएको हो । कृषि विकास बैँकका उपमहाप्रवन्धक कार्यक्रमका प्रमुख अतिथि प्रताप सुवेदीले कार्यक्रममा बोल्दै कृषि विकास बैँकले नाफा कमाउने उद्देश्य मात्र नराखी मानव तथा समाजको लोक कल्याणकारी कार्यका खातिर त्यतिकै महत्वका साथ कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु भयो ।

कृषि विकास बैँक कोशी प्रदेश निर्देशक श्री रञ्जन खनालले कार्यक्रममा बोल्दै बैंकले आगामी दिनमा समेत अझबढी लोककल्याणकारी कार्यहरु सञ्चालन गरेर समाज र बैँक बीच सुमधुर सम्बन्ध कायम गरिरहने विश्वास व्यक्त गरे ।

 कार्यक्रममा चैनपुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष शान्तिबहादुर कार्कीले शुभकामना दिने क्रममा कृषि विकास बैंक चैनपुर शाखालाई धन्यवाद दिँदै यस किसिमका कार्यक्रमले विद्यालय र बैंकका बीच सुमधुर सम्बन्ध स्थापित हुने बताए । विद्यालयको तर्फबाट सहायक प्रधानाध्यापक राजकुमार राईले कार्यक्रममा बोल्दै कृषि विकास बैंक चैनपुर शाखालाई धन्यवाद दिँदै आगामी दिनमा समेत विद्यालयलाई बैंकको सहयोग रहिरहने विश्वास व्यक्त गरे । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाखमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैंकका वरिष्ठ शाखा प्रमुख श्री केदार अधिकारी¸ चैनपुर शाखाका शाखा प्रवन्धक सन्तोषजंग कार्की¸ विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लगायत विद्यालयका शिक्षक¸ अभिभावकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको कृषि विकास बैंक चैनपुर शाखाका कर्मचारी सन्तोष सुवेदीले जानकारी दिए ।   


दमक असार १४ गते | जापानमा अध्ययन गर्नका  लागि गएका नेपाली विधार्थी वचन लिम्वूको शव झापाको दमक ल्याएको छ । 

अध्ययनको शिलशिलामा ३ महिना अघि जापान पुगेका लिम्वूको शव आज विहान दमक ल्याइएको हो ।दमक ८ बस्ने २० वर्षीय वचन लिम्वू दमककै एक कन्सलटेन्सी मार्फत अध्ययनको लागि जापान गएका थिए ।

 गत असार ८ गते विहान जापानमै प्रेसलोका कारण निधन भए पछि नेपाली राजदुवासको सहयोग, परिवारको पहलमा वचनको शव स्वदेश ल्याएको मृतकका वुवा आर्शिक राम लिम्वूले बताउनु भयो । 

ताप्लेजुङको मेरीङदेन २ स्यायी घर भएका लिम्वूको दमक ८ बस्ने दिदी सुमित्रा लिम्वूले कान्छो भाई वचनको विगत देखि नै शिक्षा दिक्षा पालन पोषण गर्दै आएको उहाँको परिवारले जनाएको छ ।स्व.वचनको आजै कन्काई माई नदीका लिम्वू संस्कार संस्कृति अनुसार दाहसंस्कार गरिने छिमेकी निराजन खनालले जानकारी दिनु भयो ।


विराटनगर  असार १३ | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न सकिने बताउनु भएको छ । 

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रहरीसँगको अन्तरक्रियालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगीका घटनाहरु बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले विदेश जाँदा सीप सिकेर र भरपर्दो अस्पतालमा स्वास्थ्य जाँच गरेर मात्रै जानुपर्नेमा जोड दिनुभयो ।

 “सीप नसिकी जाँदा विदेश गएर पनि काम नपाउने अवस्था छ । अझ यहाँ भरपर्दो अस्पतालमा स्वास्थ्य चेकजाँच नगर्दा विदेशमा पुगेर हृदयघातलगायतका कारण ज्यान गुमाउनुपरेको छ,” उहाँले भन्नुभयो, “आफू जाने मुलुकका बारेमा र कामका बारेमा यहीं राम्ररी बुझेर जाँदा समस्या हुँदैन ।” सीप नसिकी जाँदा नेपाली युवाले विदेशमा दुःख पाउने गरेको उहाँको भनाइ थियो । मेयर कोइरालाले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न स्थानीयसँगै संघीय सरकार बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले वैदेशिक रोजगारीले मुलुकमा रेमिट्यान्स भित्रिए पनि सामाजिक विकृति र परनिर्भरता बढ्दै गएको उल्लेख गर्नुभयो । मेयर कोइरालाले भन्नुभयो, “रेमिट्यान्स त हरेक दिन भित्रिरहेको छ । यसले वैदेशिक मुद्रा संचितिमा योगदान पनि पुगेको छ । तर रेमिट्यान्सको सही सदुपयोग पनि भएको छ । वस्तु आयातमै रेमिट्यान्स खर्च गरिरहेका छौं । हामीले उत्पादनमूलक र रोजगारीमूलक क्षेत्रमा रेमिट्यान्स लगाउन सकेका     छैनौं ।” 

अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले प्रमाण अपुग हुँदा ठगीमा संलग्नलाई कारबाही गर्न समस्या हुने गरेको बताउनुभयो । मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले वैदेशिक रोजगारीमा ठगिएकालई कारबाही गर्ने प्रहरीको क्षेत्राधिकारका बारेमा प्रकाश पार्नु भएको थियो । 

सो अवररमा मोरङक सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, प्रदीप साह, आयोजक संस्था सगरमाथा सामुदायिक विकास केन्द्रका अध्यक्ष केशरकुमार बस्नेत, आप्रवासी स्रोत केन्द्र परामर्श केन्द्रकी मुना कोइराला, सामीका मोरङ कार्यक्रम संयोजक दीपक राउतलगायतले वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । सो क्रममा वैदेशिक रोजगारीका क्रममा ठगिएका युवाहरुले आफ्नो पीडा पोखेका थिए । उनीहरुले आफन्तले नै विदेश पठाउने भनेर पैसा असुलेको दुखेसो पोखेका थिए । 


विराटनगर, १३ असार । कोशी प्रदेश सरकारले चार महिना अघि गठन गरेको प्रशासन सुधार कार्यदलले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई  प्रतिबेदन बुझाएको छ । कार्यदलले बुधबार  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहका बीच उक्त प्रतिवेदन बुझाएको हो । 

कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदन मार्फत दिएका राय सुझावहरुलाई आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत कार्यन्वयनगर्दै लैजाने प्रतिवद्धताव्यक्त गर्नुभयो । उहाँले कार्यदलले दिएका सुझावहरु कार्यन्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवहरुको महत्वपूर्ण भूमिका हुने जानकारी गराँउदै प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यन्वयनमा लैजान पनि  मन्त्री तथा सचिवहरुलाई निर्देशन गर्नुभयो । 

उहाँले सङ्घीयताको महत्वपूर्ण हिस्साको रुपमा प्रदेश सरकार रहेको स्मरण गराउँदै तर प्रदेश सरकारले सकारात्मक काम गर्दा पनि जनस्तरबाट नकारात्मक टिप्णीहरु हुनु दुःखद भएको बताउनुभयो । प्रदेश संरचना प्रति जनस्तरबाट विभिन्न प्रश्नहरु उठिरहेको बेला कार्यदल मार्फत आएका सुझावहरुले त्यसको समाधान दिने विश्वास व्यक्त गर्नुभयो । 

कोशी प्रदेश सरकारले चार महिना अघि २०७९ माघ ६ गते पूर्व सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलका अन्य सदस्यहरुमा पूर्व प्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालका शासकीय सुधार महाशाखाका सचिव रहनु भएको थियो । 

कार्यदलले चार महिना लगाएर तयार पारेको २२८ पेज लामो प्रतिवेदनमा १५२ वटा सुझावहरु रहेका छन् । 

कार्यदलले बुझाएको प्रतिवेदन बुधबारनै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका  प्रमुख सचिव डा दीपक  काफ्लेलाई कार्यन्वयका लागि हस्तान्त्रण गर्नुभएको छ । 







काठमाडौं, १३ असार | 
काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गरेका हुन् । 

समारोहलाई सम्बोधन गर्दै प्रथप उपराष्ट्रपति झाले यस्तो प्रकारका महोत्सबले चलिचत्र क्षेत्रका कलाकार प्राविधिक र निर्माताहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै फेस्टिबलको सफलताको कामना गरे । महोत्सबमा बसेर उनले नेपाली चलचित्र प्रकाश पनि हेरे ।
 
महोत्सको उद्घाटन समारोहमा चलचित्रसँग सम्बन्धित ८ वटा संस्थाका नवगठित कार्यसमितिका पदाधिकारीलाई बधाई पत्र प्रदानसहित आगामी सफल कार्यकालको कामना गरियो । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, चलचित्र पत्रकार संघ नेपाल, चलचित्र नृत्य संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघ र चलचित्र संघका पदाधिकारीलाई बधाई ज्ञापन गरिएको हो । 

सोही समारोहमा नृत्य निर्देशक दिनेश पाख्रिन, सञ्चारकर्मी तथा संगीतकार सुवास प्रधानलाई सम्बन्धित विधामा योगदान पु¥याएबापत सम्मान गरियो । 
महोत्सब आयोजक संस्था पिम नेपालका अध्यक्ष एवम् चलचित्र निर्देशक माधवराज खरेलले कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘नेपालमा सरकारी क्षेत्रका चलचित्र सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सवहरु हुन नसकेको अबस्थामा हामीले यस्ता महोत्सब गरेर सिनेमा उधोगलाई प्रोत्साहन गरेका छौं । महोत्सबमा प्राप्त सिनेमाहरुले बिगतमा झैं यसपटक पनि दर्शकको मन जित्नेमा हामी विश्वस्त छौं ।’

यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष महोन निरौलाले पिम नेपालले महोत्सब तथा विभिन्न अवार्ड मार्फत नेपाली चलचित्र तथा गीत संगीतमा दिएको योगदान प्रसँसनीय छ भने । 
यस्तै महोत्सबका क्रियटिभ डिरेक्टर एवम् सञ्चारकर्मी शान्तिप्रियले उद्घाटन समारोहलाई सम्बोधन गर्दै एक दशक अघि काठमाडौं सर्ट फिल्म फेस्टाबाट सुरु भएको फिल्म महोत्सबलाई अनुसरण गर्दै पिमले पनि आयोजना गर्दै आएको बताए । राज्यले कत्ति पनि सहयोग नगरेको अबस्थामा पनि यस्ता महोत्सबहरु आयोजकले जेनतेन सञ्चालन गर्दै आएको बताए । 

पिम नेपाल फिल्म फेस्टिबलकी आयोजक तथा उद्घाटन समारोहकी सभापति कमला जोशीले महोत्सबमा प्रदर्शन हुने सिनेमाको बारे जानकारी गराईन् । 

यसपटक महोत्सबको उद्घाटन समारोहमा दिनेश राउत निर्देशित तथा प्रदीप खड्का अभिनित चलचित्र प्रकाश प्रदर्शनी गरियो । यस्तै बुधबार नै महोत्सबमा प्रकाशपछि ऐना, नेपाल भाषाको फिल्म उच्च शिक्षा र मैथली भाषाको चलचित्र फु प्रदर्शन गरियो । 
शुक्रबारसम्म चल्ने यो महोत्सबमा यसपटक नेपाली, नेपालभाषा, तामाङ, मैथली, भोजपुरी गरी ढेड दर्जन लामा तथा छोटा चलचित्र र बृत्तचित्र प्रदर्शन हुँदैछन् ।
जसमा बिहिबार चलचित्र डेसान, भोजपुरी चलिचत्र मधेश पुत्र, मैथली चलचित्र अछोप प्रदर्शन गरिने भएको छ । यस्तै शुक्रबार महोत्सबमा चलचित्र बगान लाखेलगायत रिलिज हुने भएको छ । अवार्ड प्रदान गर्दै महोत्सब शक्रुबार सम्पन्न हुने बताईएको छ । 


मोहन कुमार राई | संखुवासभा, गत आषाढ ३ गतेको भिषण वर्षा पछि गएको बाढीपहिरोले जिल्लाको विभिन्न भागमा क्षती पु¥याएका बाढी पिडितहरुलाई प्रदेश सरकाले राहत वितरण गरेको छ ।

वाढी पिडीतहरुलाई राष्ट्रिय विपद् जोखिम न्युनिकरण प्राधिकरणको सहयोगमा अस्थायी आवास व्यवस्थापनका लागि वितरण रङ्गिन जस्ता पाता तथा फेमेली टेन्ट मंगलबार चैनपुर नगरपालिकाको कार्यालय परिसरमा वितरण गरिएको थियो । कोशी प्रदेश सरकारद्धारा बाढीपहिरो पिडीतहरुलाई  प्राप्त राहत सामग्री जिल्ला प्रशासन कार्यालय संखुवासभा मार्फत वितरण गरिएको हो ।

जिल्लाको १९ घर परिवार बाढी पहिरो पिडीतहरुले सो राहत पाएका    हुन । बाढीपहिरो पिडीत चैनपुर नगरपालिका वडा नं. ४ का भैरव बहादुर तामाङ, कालु सिं लिम्बु,हेमकुमार तामाङ, देउमान लिम्बू, पूर्णबहादुर तामाङ, वसन्ति लिम्बू, चैनपुर नगरपालिका वडा नं. ११, कावाखोलाका मन्दर जित राई, सुशासन राई रहेका छन् ।यसै गरी प्रदेशबाट प्राप्त राहत जिल्ला प्रशासन कार्यालय खाँदवारी परिसरबाट पिडीतहरुलाई वितरण गरिएको थियो । राहत प्राप्त गर्ने बाढी पहिरो पिडीतहरुमा पाँचखपन ९ का शुक्रबहादुर तामाङ, सभापोखरी गाउँपालिका ६ का विष्णु लिम्बु, सोमबहादुर लिम्बु,रवि लिम्बु, दिपेश राई,  मकालु गाउपालिका २ का वीरबहादुर राई, पाँचखपन नगरपालिका ८ का सूर्य बहादुर न्यौपाने, अर्जुन कुमार कार्की, धनकुमारी सुवेदी, मकालु गाउँपालिका ५ का धिरज चौधरी रहेका छन् । पूर्ण रुपमा क्षती भएका पिडीतलाई ४० एमएमको ६ फुटे र ७ फुटे ४ वण्डल रङिन जस्ता पाता र फेमेली टेन्ट र आंशिक रुपमा क्षती हुनेपिडीतहरुलाई २ बण्डेल रङिन जस्तापाता वितरण गरिएको हो । 

वाढीपहिरोले घरविहिन भएका परिवारलाई प्रारम्भिक रुपमा राहात उपलब्ध गराइएको हो । आवास पुनः निमार्णममा पुन राहत उपलब्ध हुन सक्ने प्रदेश सभा सदस्य विदुर कुमार लिङ्थेपले वताउनुभयो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले यस अघि नै पिडीत परिवारलाई प्रति परिवार १० हजार र १५ हजारका दरले नगद सहयोग प्रदान गरेको जानकारी दिनुभयो । पिडीत परिवारले पाएको जिन्सी सामग्रीहरु आफुले प्रयोग नगरी अरुलाई दिइएको फेला परे कार्वाही  हुने जिल्ला प्रशासन कार्यालय संखुवासभाले सम्बन्धित पक्षलाई निर्देशन समेत जारी गरेको छ ।

राहत वितरण कार्यक्रममा प्रदेश सभा सदस्य विदुर कुमार लिङ्थेप,प्रजिअ शिव कुमार कार्की, जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, चैनपुर नगरपालिका नगर प्रमुख कृष्णकुमार तामाङ जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

बाढीले चैनपुर ४ स्थित होवखोलामा निर्माणाधिन ६ मेघावाटको सुपरहेवा जलविद्युत आयोजनमा काम गरिरहेका १७ जना मजदुर वेपत्ता पारेको थियो भने १ कोमृत्यु भउको थियो । यसै गरी जिल्लाकै सभापोखरीमा २ र नुनढाकीमा १ वेपत्ता भएको थियो । 

खोला क्षेत्रमा पर्ने गोठ, गाइवस्तु, झोलुगे पुल, मोटरेवल पुल, ४ स्काभेटर, ४ ट्याक्टर, २ मोटरसाइकल, निर्माणाधिन हाइड्रोपावर क्षती भएको जिल्ला विपत व्यवस्थापन समिति  संखुवासभाले जनाएको छ । बाढी पहिरोले जिल्लाको विभिन्न भागमा २१ घर विस्थापित, १२ घर पूर्ण क्षती, २ जनाको मृत्यु भइसको छ । जिल्ला भर बाढीपहिरोले पु¥याएको क्षतीको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।


काठमाण्डौ । काठमाण्डौ स्थित टुसाल मल्टिभेन्यु प्रा.लि.ले आफ्नो स्थापना कालदेखि नै पौडी खेलको प्रर्वद्धन र जागरुकता विकाश गर्ने उदेश्यका साथ विद्यालय स्तरीय पौडि प्रतियोगिता आयोजना गर्दे आएको छ । सोहि अनुसार गत साल २०७९ जेठ २९ गते प्रथम टुशाल मल्टिभेन्यु विद्यालय स्तरीय पौडि प्रतियोगीता सम्पन्न भएको थियो भने यो वर्ष पौडी प्रतियोगिता नियमित बार्षिक कार्यक्रमको रुपमा यहि असार १५ गते आयोजना हुनेछ ।

प्रतियोगिता २५ मिटरको फ्री स्टाइलमा खेलाइनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर ग्रर्लस र सिनियर ब्वाइज, सिनीयर ग्रर्लस गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइनेछ ।

उक्त प्रतियोगीताको टेक्निकल तथा निर्णायकको जिम्मेवारी राष्ट्रिय स्तरका विष्णु खड्का लगायतको ११ जनाको टिमले जिम्मा लिनेछन् ।

प्रतियोगीताका विजयी प्रतियोगीहरुलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरीनेछ ।

 


दमक,असार १२ गते | असार १४ गते झापाको दमकमा हुने रोजगार मेलाको तयारी तीव्र भइ रहेको आयोजक दमक उधोग वाणिज्य संघले जनाएको छ ।

 दमक उधोग वणिज्य संघले आज आफनै सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा वृत्ती परामर्श तथा रोजगार मेलाको तयारीको विषयमा जानकारी दिएको हो । मेलामा तालिम प्रदायक संस्था,पर्यटन,चिया वगान, बैकिङ ,होटल ब्यवसाय लगायतका २१ वटा संस्था कम्पनी,उधोगले स्टल राख्ने वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले जानकारी दिनु भयो । 

मेलामा विधार्थीहरु तथा युवाहरुले वृत्ती परामर्श सेवा तथा जानकारी दिने,सीपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी ,तालिमको जानकारी दिइने,रोजगार सम्वन्धी सुचना दिइनुका साथै रोजगारदातासंग प्रत्यक्ष भेटघाट गराईने,सीप मुलक तालिमको जानकारी दिने ,रोजगारको अवसर प्राप्त गर्न सकिने र स्थानिय उत्पादनहरुको प्रदर्शनी गरिने वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष,प्रर्दशनी तथा महोत्सव ब्यवस्थापन समितिका संयोजक राजु खड्काले जानकारी दिनु भयो । 

दमक नगर पालिकाको आर्थिक सहयोगमा वाणिज्य संघले आयोजना गर्ने परामर्श तथा रोजगार मेला दमक ८ स्थित कस्मिक पार्टीप्यालेसमाहुनेछ । सो मेलामा ५हजार जना सहभागी हुने संघका अध्यक्ष गुरागाईको दावी छ । गत वर्ष आयोजना गरेको रोजगार मेलाको नतिजा के रहयो भन्ने पत्रकारको जिज्ञासाको जवाफ दिदै अध्यक्ष गुरागाईले वािणज्य संघले पुलको रुपमा समन्वय गरेर ४३ जना ब्यक्तिलाई रोजगार प्रदान गर्न सफल भएको बताउनु भयो ।  

प्राविधिक, प्रशासनिक क्षेत्रको ब्यक्ति,श्रमिक वर्ग,उधोग ब्यवसाय क्षेत्रका रोजगारदाताको पनि रोजगार मेलामा प्रतिनिधित्व हुने वाणिज्य संघले आज जारी गरेको विज्ञप्तमा उल्लेख छ । एकातर्फ अध्ययन पछि दक्ष जनशक्ति पलायन हुने र अर्को तर्फ उधोग ब्यवसाय क्षेत्रमा जनशक्तिको अभाव भोग्नु परिरहेको अवस्थामा रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध गराउन वृत्ति परामर्श तथा रोजगार मेलाले मद्धत गर्ने आयोजकको विश्वास रहेको गुरागाईको भनाई रहेको छ ।


काठमाडौं असार १२, । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मुलुकभरका सुकुम्वासीहरुको व्यवस्थापनको काम क्रमबद्धरुपमा भइरहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सांसदले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भूमिहिन दलित, सुकुम्वासी, अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोगबाट कार्य भैरहेको जानकारी दिँदै कमैया, कमलरी लगायतका विषयको सम्वोधनका लागि कार्यविधि तयार गरी स्थानीय तहमार्फत कार्य अगाडी बढाइने बताउनुभयो । यस कार्यकालाई सवै प्रदेश सरकारसँग समेत समन्वयको कार्य बढाउने कार्यक्रम रहेको उहाँको भनाई छ ।

यस्तै मन्त्री चौधरीले सांसद बलराम भण्डारीले सरकारले जग्गा किनवेचमा किन रोक लगाएको भनि गरेको प्रश्नमा सरकारले जग्गा किनबेचमा रोक नलगाएको प्रष्ट पार्नुभएको छ । उहाँले भूमिको दिगो विकास र उपयुक्त व्यवस्थापनका लागि भू–उपयोग नियमावली जारी भएको र त्यसको संसोधनको तयारी भैरहेको समेत जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले सहकारीमा देखिएको विकृति र यसको समाधानमा सरकारका ठोस योजना ल्याएर कार्यान्वयन गर्न नसकेको भन्दै समस्या समाधान कहिले हुन्छ भनि  समेत प्रश्न गरेका थिए । जवाफमा भूमि मन्त्री चौधरीले सहकारी विभाग मार्फत कार्ययोजना तयार गरि आफ्नो कार्य क्षेत्रभित्र पर्ने सहकारीहरुको अनुगमन र निरिक्षण गर्ने कार्य भइरहेकोकाले समाधानको प्रयास भइरहेको जानकारी दिनुभयो  ।

 उहाँले सबै सहकारीहरुलाई अनुगमन तथा  निरिक्षण भैरहेको समेत प्रष्ट पार्नुभयो । समस्याग्रस्त सहकारीको उचित व्यवस्थापनका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय गठन भै कार्य भैरहेको समेत उहाँले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा सहकारी समस्या समाधान कार्यदल गठन भएको र उक्त कार्यदलको प्रतिवेदन प्राप्त भएपछि कार्यदलको सुझाव बमोजिम थप कार्यहरु गर्ने प्रष्ट पार्नुभयो ।

सांसदहरुले मुलुकको सीमा क्षेत्र र सीमाङनकसम्बन्धमा उठाएका प्रश्नको जवाफमा भूमि मन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालय मार्फत कुटनीतिक पहल भैरहेको प्रष्ट्याउनुभयो ।

 


बिराटनगर | जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा न. १ झारसादी स्थित दिपेश धिमालको घरमा नियन्त्रित लागू औषधको खरीद बिक्री भईरहेको
 भन्ने गोप्य सुचनाको आधारमा 

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले TRAMADOL HYDROCHLORIDE -३६६ क्याप्सुल र SPASPAIN-३६६ क्याप्सुल औषधीहरु र नगद रू १९,६००।-(उन्नाईस हजार छसय) सहित निम्न मानिसहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगर मोरङमा बुझाईएको । 

निम्न

जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.१ बस्ने बर्ष २१ को दिपेश धिमाल ।

२) ऐ.ऐ. बस्ने बर्ष २० को मेघराज माझी ।

३) ऐ.ऐ. बस्ने बर्ष २० को धिरेन राई ।

४) जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.५ बस्ने बर्ष २१ को समिर बर्देवा । 

 

    मिति २०८०/०३/१२ गते दिनको अन्जादी १५:०० बजेको समयमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा न.३ थापाचोक स्थित प्रभु तामाङको घरमा नियन्त्रित औषधी बिक्रि बितरण तथा ओसारपसार भईरहेको छ भन्ने गोप्य  सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले निज प्रभु तामाङको घरकोठामा खानतलासीको क्रममा झोलाभित्र लुकाईछिपाई राखेको अबस्थामा नियन्त्रित औषधी TRAMADOL HYDROCHLORIDE-२५४ क्याप्सुल र SPASPAIN-२५२ क्याप्सुल सहित  निम्न मानिसहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको । 

निम्नः-

 जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.३ थापाचोक बस्ने बर्ष १८ को प्रभु तामाङ ।

जिल्ला मोरङ पथरी सनिश्चरे नगरपालिका वडा नं.२ बस्ने बर्ष २० को बिबेक दर्नाल ।


विराटनगर १२ असार । नेपाल पत्रकार महासंघ मोरङले विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सञ्चार क्षेत्रसँगं सम्वन्धित व्यवसायमा बृद्धि गरेको कर संशोधन गर्न माग गरेको छ ।

 असार १० गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रसँग सम्बन्धित पेशा एवं व्यवसायमा लागू गर्न खोजिएको अव्यवहारिक करको दर प्रति नेपाल पत्रकार महासंघ मोरङले महानगरपालिकाका प्रमुख नागेश कोइरालाको ध्यानाकर्षण गराएको हो । महानगर प्रमुख कोइरालालाई बुझाईएको ध्यानाकर्षण पत्रमा भनिएको छ,‘ पछिल्ला समयमा सञ्चार क्षेत्र अत्यन्त संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ ।

 सञ्चार संस्थाहरू बन्द हुने र त्यहाँ कार्यरत श्रमजीवीहरू कामबाट धमाधम निकालिने क्रम बढ्दो छ । यही अवस्थामा कतिपय सञ्चारकर्मीहरूले स्वरोजगारमूलक व्यवसाय सुरु गर्ने प्रयास पनि गर्दै छन् । यस्तो अवस्थामा स्थानीय सरकार हुनुको नाताले त्यस्ता स्वरोजगारमूलक व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो करको दायरामा ल्याउने नाममा तिनबाट ठूलो रकम कर असुल्ने महानगरपालिकाको नीति कुनै पनि आधारमा सञ्चारमैत्री मान्न सकिदैन ।’

 अव्यवहारिक रुपमा गरिएको करको दरले महानगरमा रहेर सञ्चारसँग सम्बन्धित केही पेशा, व्यवासाय गर्छु भन्नेलाई प्रोत्साहन होइन हतोत्साहित गर्छ भन्ने महासंघको ठहर रहेको महानगर प्रमुख कोइरालाई बुझाईएको ध्यानाकर्षणमा उल्लेख छ ।

 अहिलेको परिस्थितिमा सञ्चारसँग सम्बन्धित कुनै पनि स्वरोजगारमूलक  व्यवसायलाई कर छुटको नीति लिई यस प्रकारका पेशा, व्यवसायलाई महानगरपालिले विशेष संरक्षण गर्न उपाध्यक्ष तारा आचार्यले महानगर प्रमुख कोइराला समक्ष आग्रह गर्नुभयो ।

 महानगर प्रमुख कोइरालाले ध्यानाकर्षण पत्र बुझ्दै करको दर संशोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 


काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको हो।

ललितानिवास प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको एआइजी किरण बज्राचार्यले जानकारी दिइन्। ललिता निवास प्रकरणमा गुरूङको लगानिरहेको खुलेकोछ |


बिराटनगर, असार १२ गते । कोशी प्रदेश अन्तरगतका १४ वटै जिल्लाका बिभिन्न स्थानहरुमा बिशेष कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भएको छ । जस अनुसार जिल्ला प्रहरी कार्यालय स्तरबाट  १६ स्थानमा, इलाका प्रहरी कार्यलय स्तरबाट ५६ स्थानमा र प्रहरी चौकी स्तरबाट १ सय २६ स्थान समेत गरी १ सय ९८ स्थानमा  स्थानिय निकाय तथा बिभिन्न संघ संस्थाहरुसंग समन्वय गरी लागुऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो ।

कार्यक्रम अनुसार सुनसरीको धरान पानवारी स्थित आसरा सुधार केन्द्र पानवारीले “ लागू औषध दुरुपयोग बिरुद्धको ऐक्यबद्धताः व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता”  भन्ने नाराका साथ कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं आसरा सुधार केन्द्र पानवारी धरान शाखाका प्रमुख संरक्षक प्रहरी नायव महानिरीक्षक राजेश नाथ बास्तोलाको प्रमुख आतिथ्यतामा बिभिन्न कार्यक्रमको आयोजना गरेको थियो । सोही अवसरमा केन्द्रमा उपचाररत  सदस्यहरुले  आन्तरिक खेल प्रतियोगिता, गित, नृत्य, कविता र नाटक समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा  प्रमुख अतिथि बास्तोलाले आसरा सुधार केन्द्रले समाजमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै लागूऔषध कारोवार तथा सेवन दण्डनिय अपराध भएकोले  यस को दुरुपयोग नगर्न  र कुलतमा नलाग्न  तथा केन्द्रमा उपचाररत सदस्यहरुले सकारात्मक सोच लिएमा अब्बल नागरिक बनेर देशलाई ठुलो योगदान पुर्‍याउन सक्ने बताउनुभयो । वहाँले खेल प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कृत गर्नुका  साथै उपचाररत सदस्यहरुले प्रदर्शन गरेको कलाको  उच्च सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय, धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज कुमार यादव, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक  राजन अधिकारी,  कोशी प्रदेश प्रहरी श्रीमती संघ की अध्यक्ष एवं आसरा सुधार केन्द्र, पानवारी धरान शाखाको संरक्षक श्रीमती अजिता देवकोटा बास्तोला, संचालक समिति सदस्य शिला बज्राचार्य, सिनियिर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


बिराटनगर, २०८० असार ११ गते । लागुऔषध दुरुपयोग ओसारपसार  विरुद्ध आन्तर्राष्ट्रिय दिवस २६ जुन २०२३ को अवसरमा सचेतना मुलक कार्यक्रम संचालन गरिएको छ । “लागुऔषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता  व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता” भन्ने मुल नाराको साथ कोशी प्रदेश प्रहरी कार्यालय लगायत जिल्ला प्रहरी कार्यालयहरुले बिभिन्न संघ संस्थासंगको समन्वयमा लागुऔषध सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु संचालन गरेका हुन् । 

मोरङको बिराटनगर महानगरपालिका(३ स्थित पोखरिया माध्यामिक विद्यालयको सभाहलमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको प्रमुख अतिथ्यता तथा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख राजेशनाथ बास्तोलाको विशिष्ट अतिथ्यतामा संचालन भएको कार्यक्रममा  लागूऔषध दुरुपयोग ओसारपसार विरुद्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी पर्चा पम्पलेट वितरण तथा लागूऔषध सम्बन्धी जनचेतनामुलक भिडियोहरु प्रदर्शन गरिएको थियो । 

उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवाकेन्द्र तिनपैनीका अध्यक्ष मिना जोशी, अन्य सुरक्षा निकायका प्रतिनिधीहरु, स्थानिय तहका जनप्रतिनिधीहरु, संघ संस्थाका प्रतिनिधीहरु, विद्यालयका विद्यार्थीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।  अन्तराष्ट्रिय लागुऔषध दिवशको अवसरमा कोशी प्रदेश अन्तरगत रहेका सबै जिल्ला प्रहरी कार्यालयहरुले आ(आफ्नो जिल्लामा लागुऔषध सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु संचालन गरेका छन् । 


काठमाडौं महानगरपालिकाले २५अर्व ५४ करोड ७८ लाख छुट्याएकोछ | काठमाडौं महानगरले बजेटअनुसार बिकास र सुधार युद्वस्तरमा गरिदै छभने अरूको बजेट सुस्त हुनेगरेकोछ | भरतपुर महानगरपालिकाले ६ अर्व ५० करोड ५ लाख, भरतपुर महानगरपालिकाले ६ अर्व ३१ करोड ७९ लाख,पोखरा महानगरपालिकाले ७ अर्व १५ करोड १५लाख र बिराटनगर ३अर्व २८ करोड ५० लाख छुटाएको छ ||


विराटनगर, १० असार । मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ७३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको  छ । आठौँ नगरसभामा उपप्रमुख भूमा पराजुलीले ७३ करोड २८ लाख ४३ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।

उपप्रमुख पराजुलीले चालु तर्फ ४९ करोड ९६ लाख २६ हजार ३ सय २०रुपैयाँ र पूँजीगततर्फ २३ करोड ३२ लाख १६ हजार ६ सय ८० रुपैयाँ विनियोजन गरिएको बताइन् ।

जस अन्तगर्त नेपाल सरकार समानिकरणमा १४ करोड ६४ लाख, नेपाल सरकार राजश्व बाँडफाँड अन्तर्गत ११ करोड ७३ लाख ४७ हजार, प्रदेश समानिकरणमा ९३ लाख ७२ हजार, प्रदेश राजश्व वाँडफाँडमा ७८ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

त्यसैगरी आन्तरिक राजश्वमा २ करोड ७५ लाख आम्दानी हुने अनुमान गरिएको  छ । त्यस्तै मालपोत तर्फ (स्थानीय राजश्व बाँडफाँड) ४ करोड, नेपाल सरकार शसर्त अनुदानमा ३१ करोड ३ लाख, नेपाल सरकार समपुरक अनुदानमा २ करोड २५ लाख, नेपाल सरकार विषेश अनुदान ७२ लाख र प्रदेश सरकार शसर्त अनुदानमा ४ करोड ४३ लाख २४ हजार रुपैयाँ बजेट विनियोजन भएको नगर प्रमुख एवम् नगरसभा अध्यक्ष दिलिप अग्रवालले जानकारी दिए ।

उनका अनुसार सोही बजेट अन्तर्गत क्षेत्रगत रुपमा आर्थिक विकासमा ३ करोड ६७ लाख, सामाजिक विकासतर्फ २७ करोड ५० लाख २१ हजार ७ सय ४८, पूर्वाधार विकासमा २० करोड ३९ लाख ३५ हजार ९ सय ३२,  शुसासन तथा अन्तरसम्वन्धीत क्षेत्रतर्फ ६३ लाख २८ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ २१ करोड ७ लाख ८३ हजार ३ सय २० रुपैयाँ विनियोजन भएको छ ।

नगर प्रमुख अग्रवालले पूँजिगत तर्फ शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण र कृषि क्षेत्रलाई विषेश प्रथामिकतामा राखिएको जानकारी दिए ।

नगरसभामा प्रस्तुत बजेट सर्वसम्मत पारित भएको छ । नगरपालिकाले भौतिक पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेको योजना अधिकृत कृष्ण भट्टराईले जानकारी दिए । ‘नयाँ योजना होइनन् । पुरानै बहुवर्षिय तथा क्रमागत योजनालाई प्रथामिकतामा राखि बजेट विनियोजन भएको छ ।’ योजना अधिकृत भट्टराईले भने,‘माथिबाटै बजेट चालु आ.व. २०८९÷०८० मा १४ करोड बजेट कटौती हुँदा आगामी वर्षको बजेटमा असर परेको छ ।’

चालू आर्थिक वर्षका लागि नगरपालिकाले ८५ करोड बजेट विनियोजन गरेको थियो । आइतबार सम्पन्न नगरसभा नगरप्रमुख अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ । 


विराटनगर, असार १० | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्युतीय उपकरण जन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभएको छ । आज नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा क्लोभेरलिफ इन्जिनियरिङले विराटनगरमा आयोजना गरेको ‘इ वेष्ट म्यानेजमेन्ट’ कार्यशालाको उद्घाटन गर्दै कोइरालाले विद्युतीय सामाग्रीजन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभयो ।  

​उहाँले विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय रहेको धारणा राख्नुभयो  । विद्युतीय, मेडिकल जन्य फोहोर व्यवस्थापन महानगरका लागि चुनौतिपूर्ण रहेको कोइरालाको भनाई छ । विद्युतीय फोहोरहरूलाई अन्य ठोस फोहोरका रुपमा व्यवस्थापन गरिंदै आएको र यसरी गरिने फोहोर व्यवस्थापनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले बताउनुभयो  । उहाँका अनुसार इलेक्ट्रिकल र इलेक्ट्रोनिक सामानहरूमा हुने विभिन्न खालका एसिडहरूले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन् । यस्ता एसिड र केमिकलहरू भएका उपकरणको उचित व्यवस्थापन नगरे मानिसलाईक्यान्सरको जोखिममापार्ने उहाँकोभनाई छ । विद्युतीय फोहोर व्यवस्थापनका लागि आयातकर्ता, विक्रेता , प्रयोगकर्ता देखि सरकारसमेतजिम्मेवार बन्नुपर्ने उहाँको सुझाव छ । ‘इ वेष्ट म्यानेजमेन्ट’का लागि छुट्टै ऐन निर्माणको आबश्यकता ठानेर नेपाल दूर सञ्चार प्राधिकरणले सुझाव संकलनसमेतथालेकोअर्याललेबताउनुभयो ।​

​महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्रमुख बाबुराम तिम्सिनाले इलेक्ट्रोनिक सामाग्रीको प्रयोग पछिको व्यवस्थापन जटिल बन्दै गएको बताउनुभयो । महेन्द्र मोरङ क्याम्पसमा पनि यस्ता सामाग्रीहरू धेरै प्रयोग हुने गरेको तर त्यस्ता सामाग्रीको व्यवस्थापनका लागि नेपालमा आबश्यक पूर्वाधार नहुँदा पुराना धातुहरू सरह कवाडीलाई बिक्रि गर्ने गरिएको उहाँले बताउनुभयो । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले इ वेष्ट म्यानेजमेन्टका लागि आबश्यक पूर्वाधार तयार गर्न जरुरी रहेको बताउनुभयो  । उहाँले पुराना विद्युतीय सामाग्री संकलन गरेर पुनः प्रयोगका लागि रिसाइकल गर्ने विषयमा उद्योग संगठन मोरङ सरकारसँग साझेदारी गर्न तयार रहेको धारणा राख्नुभयो ।

​कवाडी व्यवसायी महासंघ मोरङका अध्यक्ष नुर मियाँले पुराना विद्युतीय सामाग्री संकलन गरेर रिसाइकलका लागि भारत पठाउने गरिएको बताउनुभयो । नेपालमा पुराना विद्युतीय सामाग्रीको रिसाइलक गर्ने पूर्वाधार नभएका कारण कवाडीका रुपमा भारत निकासी गरिंदै आएको मियाँले जानकारी दिनुभयो ।  कार्यक्रममा कम्प्युटर एशोसिएसन मोरङका सचिव अजित चापागाई, मोवाइल बितरण संघ मोरङका अध्यक्ष हरिप्रसाद उप्रेति विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले अवस्था भयावह हुनु भन्दा पहिलै सबैको संयुक्त प्रयासमा विद्युतीय फोहोरको व्यवस्थापनको काम थाल्नु जरुरी रहेको धारणा राखे ।

 


दमक असार १० झापाको दमक ,गौरादह,मेचीनगर नगर पालिका र कमल गाउँपालिका लगायतले आर्थिक वर्ष ०८०÷०८१ को निति तथा वजेट ल्याएका छन् । असार १० गते भित्र मुलुक भरका पालिकाले वजेट विनियोजन गर्नु पर्ने वाध्यकारी नियम अनुसार पालिकाहरुले आर्थिक वर्ष ०८०÷०८१ को वजेट ल्याएका हुन् । झापाको दमक नगरपालिकाले पनि आज आयोजना गरेको नगर सभामा १ अर्व ८४ करोड १२ लाख ३९ हजारको आर्थिक वर्ष ०८०÷०८१को लागि वजेट प्रस्ताव गरेको छ ।

दमक नगरपालिकाको १३ औं नगर सभामा आर्थिक वर्ष ०८०÷०८१को१ अर्व ८४ करोड १२ लाख ३९ हजारको बजेट प्रस्ताव गरिएको हो । जस मध्ये चालु खर्चका तर्फ १अर्व १ करोड९४ लाख ९७ हजार र पुँजीगत तर्फ ८२ करोड १७ लाख ४२ हजार रकम विनियोजन गरिएको बजेट तर्जुमा समिति संयोजक तथा नगर उपप्रमुख रेगिना भटराई प्रसाईले नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै जानकारी दिनु भयो ।

 नगरवासीको घरवाट उत्पादन हुने फोहोर मैलालाई वर्गीकरण गरी फोहोर संकलनलाई थप प्रभावकारी बनाउदै त्यसको दायरा बनाउन नेक्स्ट इरा कम्पनी दमकसंग सहकार्य गरेर निरन्तरता दिने नीति कार्यक्रम प्रस्तुत गरेको छ । स्वच्छ ,सफा,उज्यालो शहर बनाउन सडक बत्ती जडान,मर्मतका लागि वडा सरकार र सम्वन्धि टोल बिकास संस्थासंग सहकार्य गर्ने नगर उपप्रमुख भटराईले प्रस्तुत निति कार्यक्रममा उल्लेख छ ।

नगर प्रमुख राम थापाको अध्यक्षतामा भएको नगर सभामा शिक्षा स्वास्थ्य,पूर्वाधार,सहकारी,पर्यटन,कृषि, युवा तथा खेलकुद लगायतका क्षेत्रलाई प्राथमिकता दिएर आर्थिक वर्ष०८०÷०८१ को वजेट प्रस्तुत गरेको नगरपालिकाको प्रवक्ता तथ दमक ८का वडा अध्यक्ष दिपेश दाहाल( धर्म प्रसाद)ले जानकारी दिएका छन् । नगरसभाको बैठक असार २० गते बस्ने तय भएको बुझीएको छ ।


संखुवासभा, असार ९ गते । संखुवासभामा परेको अविरल बर्षाको कारण बाढी पहिरो आई बेपत्ता भएकाहरुको खोजी कार्यको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरिएको छ । असार २ गते राती आएको बाढी पहिरोमा परी बेपत्ता भएका २१ जना मानिसहरुको उद्दार तथा खोज तलास कार्यमा

खटिएका सुरक्षा कर्मीहरुद्वारा उनिहरुको अवस्था हाल सम्म फेला पार्न नसकेकोले तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी खोजी कार्यलाई तिब्रता दिएको हो । जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र  नेपाल प्रहरीको २ वटा तालिम प्राप्त कुकुर सहितको टोलीले बेपत्ता भएका मानिसहरूको तिब्ररुपमा खोजतलास गरिरहेको छ ।

चैनपुर नगरपालिका(४ स्थित हेवा खोलामा आएको बाढी पहिरोले १७ जना, चैनपुर नगरपालिका(१ स्थित पिलुवा खोलामा १ जना, पाँचखपन नगरपालिका(९ स्थित अपरहेवा खोलामा १ जना र सभापोखरी गाउँपालिका(३ स्थितमा पहिरोले पुरी २ जना बेपत्ता भएका छन ।


सुनसरी | सुनसरी ईटहरी उमनपा वडा नं। २० तरहरा स्थित उत्तर दक्षिण कोशी लोकमार्गको सडक खण्डमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले शकाष्पद सवारी साधनहरु चेकजाँच गर्ने क्रममा धरानबाट ईटहरी तर्फ आउदै गरेको को २ ह १०७ नं। को अटोलाई रोकाई चेकजाँच गर्ने क्रममा उक्त अटोको पछाडीको सिटमा जिल्ला सुनसरी धरान उमनपा वडा नं। ३ बस्ने पेम्बा भोटेको छोरी बर्ष ४२ की छजुङ्ग  भोटेलाई बसेको अवस्थामा फेला पारेको र निज छजुङ्ग भोटे बसेको सिट पछाडीको भागमा रातो रङको स्याउको कार्टुन भित्र लुकाई छिपाई राखेको अवस्थामा ८ किलो २५० ग्राम (आठ किलो दुई सय पचास ग्राम) दुर्लभ बनस्पती यार्सागुम्बा फेला परेको हुँदा निज अटो चालक जिल्ला सुनसरी धरान १९ बस्ने पुष्पराज राई र दुर्लभ बनस्पती यार्सागुम्बा ओसार पसारमा गर्ने निज छजुङ्ग भोटे तथा निजहरुले दुर्लभ बनस्पती यार्सागुम्बा ओसार पसार गर्न प्रयोग गरेको को २ ह १०७ नं। को अटो सहित बरामद भएको ८ किलो २५० ग्राम ९आठ किलो दुई सय पचास ग्राम० दुर्लभ बनस्पती यार्सागुम्बा आवश्यक कारवाहीको लागि तरहरा सव डिभिजन वन कार्यालय तरहरा सुनसरीमा बुझाएको छ |


बिराटनगर, ८ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार  निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने बताउनु भएको छ । प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेश समृद्धिका नवीन आधार’ सम्बन्धी कार्यशाला गोष्ठिमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । 

उहाँले कोशी प्रदेशको प्रथम आवधिक योजना सकिन लागेको र दोस्रो आवधिक योजना निर्माणको समय आइसकेकाले प्रदेश समृद्धिका आधारहरु तय आवश्यक भएको बताउनुभयो । प्रदेशले बनाउने योजनाहरु प्रदेशकै तथ्याँङ्कमा आधारित हुनुपर्ने भएकाले प्रदेशको वास्ताविक तथ्याँङ्क सङ्कलन गर्ने कुरामा हाम्रो ध्यान पुग्नुपर्ने उहाँको भनाइ छ ।  

‘प्रदेशमा बजेट निर्माण र  बजेट निर्माणपछि प्रथामिकताहरु तया गर्ने सन्दर्भमा  हामी पहिलेनै चुकेका छौ, त्यसको कारणले अझै केही वर्ष केही क्षेत्रहरुमा असन्तुलन हुने अवस्था रहन्छ ’– मुख्यमन्त्री कार्कीले भन्नुभयो । प्रदेशको  संरचनागत कुरामा ध्यान दिदाँ अन्य क्षेत्रका कामहरु छुटेको प्रस्ट पार्दै यस पटकको बजेट निर्माणसँगै  केही सुधार गर्ने प्रयास गरिएको उहाँले स्मरण गराउनुभयो । 

उहाँले प्रदेश केही क्षेत्ररु अवस्था खस्किएको दृष्टान्त प्रस्तु गर्दै औद्योगिक उत्पादन, निर्माण सामग्रीको उत्पादन र राजस्व सङ्कलनमा गिरावट आएको  बताउनभयो । 

कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पर्यटन क्षेत्रको प्रचुर संभावना रहेको कोशी प्रदेशलाई पर्यटनको एक नं गन्तव्य बनाउन सकिने बताउनुभयो । 

खानेपानी, सिचाँइ तथा उर्जा मन्त्री तिलकुमार मेन्यङवोले वर्तमान संविधानले समाजबादको गन्तव्य तय गरेकाले प्रदेश समृद्धिका आधारहरु पनि सोही अनुरुप निर्माण गरिनुपर्ने बताउनुभयो । 

त्यस्तै उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले प्रदेश भित्रको प्राकृतिक स्रोतसाधनको रुपमा रहेको जल र जङ्गलको भरपुर प्रयोग गर्न सकेमात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने बताउनुभयो । 

प्रदेश योजना आयोगका उपाध्यक्ष  डिल्लीराम उप्रेतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, उपसभामुख सिर्जना दनुवार, प्रदेश सभा सदस्य गणेश उप्रेती लगायतका व्यक्तिहरुले प्रदेश समृद्धका आधारहरुको बारेमा बोल्नु भएको थियो । कार्यक्रममा अर्थशास्त्री प्रा डा शिव अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 



विराटनगर  | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राज्यले गर्ने धेरै कामहरु गैरसरकारी संघसंस्थाहरुले गरिरहेको बताउनु भएको छ ।

३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले राज्य संयन्त्र नपुगेको ठाउँमा पुगेर गैरसरकारी संस्थाहरुले काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले अभिभावकविहीन बालबालिकाको संरक्षणसहित असल नागरिक बनाउन एसओएसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले पवित्र उद्देश्य राखेर काम गरिरहेका संस्थाहरुलाई तीनै तहको सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले एसओएसलाई महानगरका तर्फबाट गर्ने सबै किसिमको सहयोग गर्न तयार रहेको प्रस्ट पार्नुभयो । कार्यक्रममा उहाँले एसओएस युवालयमा लामो समयदेखि कार्य गर्दै आएका कर्मचारी रमेशमान ब्रजाचार्य, रोशन मण्डल, गोपी कोइराला र चनकबहादुर न्यौपानेलाई सम्मान गर्नुभयो । त्यस्तै दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत फुटबल, भलिबल, दौड, फुटसल, कबड्डी, व्याडमिन्टनलगायतका प्रतियोगिताका विजयीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

नेपालमा सन् १९७२ मा स्थापित एसओएसअन्तर्गत विराटनगरस्थित युवालयको संरक्षणमा रहेका ३३७ जना पुनस्थापित भइसकेको युवालयकी प्रमुख प्रनिता बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार हाल ११९ जना हाल एसओएस युवालयको संरक्षणमा छन् । कार्यक्रममा वडा नम्बर १३ अध्यक्ष सूर्यलाल यादव, युवालयकी अनुशा गिरी, अर्जुन अर्याल, एसओएस बालग्राम इटहरीका प्रमुख देवचन्द्र चौधरीलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत र नृत्य प्रस्तुत गरेका थिए ।

 


बिराटनगर, असार ७ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले वन पैदावर हानि नोक्सानी मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं ५ निसाने  बस्ने ३२ बर्षीय प्रदिप खत्री रहेका छन् । उनको वन पैदावर हानि नोक्सानी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८/०५/१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद भई लगत नं. ११५८ मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो । उनलाई प्रहरी टोलीले आज गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरि सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराएकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।


विराटनगर, ७ असार । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र सखुवासभामा बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका आफन्तले  पाउने गरी कोशी प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत रकम पठाएको छ । 

सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियनत्रण कार्यालयको खातामा पुग्ने गरी उक्त राहत रकम बिहीबार कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पठाएको हो । सोमबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रति मृतक एक लाखका दरले मृतकको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो । 

त्यसैगरी बिहीबार नै बाढी पहिरोमा परी क्षतिग्रस्त भएका सखुवासभाका १७ वटा घर पुनः निर्माणका लागि राहातस्वरुप सात लाख ५० हजार रुपियाँ पठाएको छ । जसमा पूर्ण क्षति भएका १३ वटा घर पुनः निर्माणका लागि प्रति घर ५० हजारका दरले र आंशिक क्षति भएका चार वटा घर पुनः निर्माणका लागि ३० हजारका दरले राहत रकम पठाइएको हो । उक्त रकम पनि जिल्ला प्रशासन कार्यालय सखुवासभाले ताकेको कोस तथा लेखा नियन्त्रण कार्यालयको खातामा पठाइएको हो । 


मोरङ, २०८० असार ७ गते । मोरङको रंगेली नगरपालिका(९ फर्साडागी स्थितमा टिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो दिउँसो १२ बजे ना।१ क ७२१८ नम्बरको टिपरले बाटो क्रस गर्दै गरेकी स्थानीय ७० बर्षीया मुस्नी राजवंशीलाई ठक्कर दिदा घाईते भएकी उनको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न चालक सर्लाही लालबन्दीका ३५ बर्षीय दिनेश अधिकारी र टिपर नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।


बिराटनगर | विराटनगर महानगरपालिका वडा नं।७ स्थित सार्वजनिक सडकबाट मे १० प २४३७ नम्बरको पल्सर मोटरसाईकल चोरीमा संलग्न जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।१० जतुवा टोल बस्ने बर्ष २९ को अजय साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरीको मोटरसाईकल सहित नियन्त्रणमा लिई अनुसन्धान 

पश्चात मिति २०८०।०३।०५ गते सम्मानित मोरङ जिल्ला अदालत पेश गरेकोमा सम्मानित अदालतबाट रू ६०,०००।(साठी हजार) धरौटी माग भएकोमा उक्त धरौटी राख्न नसकी कारागार चलान भएको । २० मिति २०८०।०२।१२ गते अन्दाजी १९स्२५ बजेको समयमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(७ स्थित शिव प्रसाद भट्टराईको घर 

अगाडी विजुलीको पोलमा बाँधी राखेको २५ किलोको खसी चोरीमा सम्लग्न जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं।(१ बस्ने बर्ष ३० को मो। तस्लिम लाई प्रहरी चौकी कटहरी मोरङबाट खटिएको प्रहरी टोलीले खसी सहित नियन्त्रणमा लिई अनुसन्धान पश्चात मिति २०८०।०३।०५ गते सम्मानित मोरङ जिल्ला अदालत पेश गरिएकोमा सम्मानित मोरङ जिल्ला अदालतबाट रू १५,०००।(९पन्ध्र हजार) धरौटी माग भएकोमा उक्त धरौटी रकम राख्न नसकी कारागार चलान भएको ।




बिराटनगर |  फेक्ट नेपालको आयोजनामा ओठ तथा  तालु ( मुख भित्र  जिब्रो भन्दा माथी )चिरिएका  बिरामीहरुका लागि निशुल्क बोलिको तालिम बिराटनगरको रामजानकी सेवा सदनमा  सम्पन्न भएको छ  । 


एक हप्ता सम्म चलेको बोलिको तालिममा बिरामीहरुले खाने बस्ने सुबिधा सहित सेवा प्राप्त गरेको फेक्ट नेपालका स्पिच थेरापिस्ट शिव कुमारी राइले जानकारी दिनु भयो । 


साथै शिविरमा आएका बिरामीहरुका लागि  डाक्टर चादनी यादब द्वारा दातको जाँच , डाक्टर सन्जिब कुमार ठाकुरद्वारा नाक कान घाटीको जाँच , पहिला गरेको अप्रेसनको अवस्थाको  बारेमा जाँच समेत डाक्टर शंकरमान राइको नेतृत्वमा  गरिएको हो । 

बोलिको तालिममा शिवकला राई को नेतृत्वमा , हिमाल सरि राई , निलम श्रेष्ठ , लिला राना , पुस्पा गाह , सम्झना दुरा , सबिना चौधरी , रेनुका श्रेष्ठ , लगायत को टोलिले शिविर संचालन गरेको हो  । 

बिगत २२ बर्ष देखि ओठ तथा तालु (मुख भित्र जिब्रो भन्दा माथी) चिरिएका मानिसहरुको अप्रेशन पश्चात् बोली राम्रो बनाउनका लागि हरेक ३ महिनामा हप्ता दिन सम्म शिविर संचालन गरेर तथा हाम्रो अस्पताल बिराटनगरमा हरेक दिन बोलिको तालिम दिइने गरिएको  हिमाल सरि राइले बताउनु भयो ।

तालिमको कोशी प्रदेश स्वास्थ निर्देशक ज्ञान बहादुर बस्नेतले   अनुगमन गर्नु भएको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.