Websoft University

न्वय भएमात्रै वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सकिन्छ - मेयर


विराटनगर  असार १३ | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न सकिने बताउनु भएको छ । 

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रहरीसँगको अन्तरक्रियालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगीका घटनाहरु बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले विदेश जाँदा सीप सिकेर र भरपर्दो अस्पतालमा स्वास्थ्य जाँच गरेर मात्रै जानुपर्नेमा जोड दिनुभयो ।

 “सीप नसिकी जाँदा विदेश गएर पनि काम नपाउने अवस्था छ । अझ यहाँ भरपर्दो अस्पतालमा स्वास्थ्य चेकजाँच नगर्दा विदेशमा पुगेर हृदयघातलगायतका कारण ज्यान गुमाउनुपरेको छ,” उहाँले भन्नुभयो, “आफू जाने मुलुकका बारेमा र कामका बारेमा यहीं राम्ररी बुझेर जाँदा समस्या हुँदैन ।” सीप नसिकी जाँदा नेपाली युवाले विदेशमा दुःख पाउने गरेको उहाँको भनाइ थियो । मेयर कोइरालाले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न स्थानीयसँगै संघीय सरकार बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले वैदेशिक रोजगारीले मुलुकमा रेमिट्यान्स भित्रिए पनि सामाजिक विकृति र परनिर्भरता बढ्दै गएको उल्लेख गर्नुभयो । मेयर कोइरालाले भन्नुभयो, “रेमिट्यान्स त हरेक दिन भित्रिरहेको छ । यसले वैदेशिक मुद्रा संचितिमा योगदान पनि पुगेको छ । तर रेमिट्यान्सको सही सदुपयोग पनि भएको छ । वस्तु आयातमै रेमिट्यान्स खर्च गरिरहेका छौं । हामीले उत्पादनमूलक र रोजगारीमूलक क्षेत्रमा रेमिट्यान्स लगाउन सकेका     छैनौं ।” 

अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले प्रमाण अपुग हुँदा ठगीमा संलग्नलाई कारबाही गर्न समस्या हुने गरेको बताउनुभयो । मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले वैदेशिक रोजगारीमा ठगिएकालई कारबाही गर्ने प्रहरीको क्षेत्राधिकारका बारेमा प्रकाश पार्नु भएको थियो । 

सो अवररमा मोरङक सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, प्रदीप साह, आयोजक संस्था सगरमाथा सामुदायिक विकास केन्द्रका अध्यक्ष केशरकुमार बस्नेत, आप्रवासी स्रोत केन्द्र परामर्श केन्द्रकी मुना कोइराला, सामीका मोरङ कार्यक्रम संयोजक दीपक राउतलगायतले वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । सो क्रममा वैदेशिक रोजगारीका क्रममा ठगिएका युवाहरुले आफ्नो पीडा पोखेका थिए । उनीहरुले आफन्तले नै विदेश पठाउने भनेर पैसा असुलेको दुखेसो पोखेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.