Websoft University

प्रशासन सुधार कार्यदलले प्रतिवेदन बुझायो


विराटनगर, १३ असार । कोशी प्रदेश सरकारले चार महिना अघि गठन गरेको प्रशासन सुधार कार्यदलले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई  प्रतिबेदन बुझाएको छ । कार्यदलले बुधबार  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहका बीच उक्त प्रतिवेदन बुझाएको हो । 

कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदन मार्फत दिएका राय सुझावहरुलाई आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत कार्यन्वयनगर्दै लैजाने प्रतिवद्धताव्यक्त गर्नुभयो । उहाँले कार्यदलले दिएका सुझावहरु कार्यन्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवहरुको महत्वपूर्ण भूमिका हुने जानकारी गराँउदै प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यन्वयनमा लैजान पनि  मन्त्री तथा सचिवहरुलाई निर्देशन गर्नुभयो । 

उहाँले सङ्घीयताको महत्वपूर्ण हिस्साको रुपमा प्रदेश सरकार रहेको स्मरण गराउँदै तर प्रदेश सरकारले सकारात्मक काम गर्दा पनि जनस्तरबाट नकारात्मक टिप्णीहरु हुनु दुःखद भएको बताउनुभयो । प्रदेश संरचना प्रति जनस्तरबाट विभिन्न प्रश्नहरु उठिरहेको बेला कार्यदल मार्फत आएका सुझावहरुले त्यसको समाधान दिने विश्वास व्यक्त गर्नुभयो । 

कोशी प्रदेश सरकारले चार महिना अघि २०७९ माघ ६ गते पूर्व सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलका अन्य सदस्यहरुमा पूर्व प्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालका शासकीय सुधार महाशाखाका सचिव रहनु भएको थियो । 

कार्यदलले चार महिना लगाएर तयार पारेको २२८ पेज लामो प्रतिवेदनमा १५२ वटा सुझावहरु रहेका छन् । 

कार्यदलले बुझाएको प्रतिवेदन बुधबारनै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका  प्रमुख सचिव डा दीपक  काफ्लेलाई कार्यन्वयका लागि हस्तान्त्रण गर्नुभएको छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.