Websoft University

नोबेल अस्पतालको लापरबाहीका कारण सुन्दरहरैंचाका बिबेक मृत्यु सँग लड्दै


मोरङ । रातो तसरा डट कम,मोरंग सुन्दरहरैंचा नगरपालिका वडा -२ जोगियारेका बिबेक कार्की मासु खादाँ घाटीमा सानो हड्डी अड्किएका कारण मृत्यु को सैय्यामा छटपटाई रहेको अबस्थामा छन्। १८ बर्षिया बिबेकलाई घाटीमा सानो मासुको हड्डी अड्किए पछी उपचारका लागि नोबेल मेडिकल कलेज बिराटनगर लागिएको थियो। गत चैत्र २४ गते राति ८ :३० बजे भर्ना भएका बिबेक उपचारको क्रममा भोलि पल्ट अर्थात चैत्र २५ गते सल्यक्रिया भयो। उनका बुवा बिष्णुकार्की अनुसार घाटीको हड्डी निकाल्न सफल भए पछी तत्काल बिबेकलाई भेन्टिलेटरमा राखी उपचार राखी अर्को दिन बिरामीको अवस्था सुध्रिदै गएको थियो।

उनलाई चैत्र २७ गते स्वास्थ्य अवस्था सुध्रिएको कारणले आइसियुबाट निकालेर पोस्ट अपरेटिभ वार्डमा राखी उपचार भएर हिडडुल गर्ने र बोल्न सक्ने भएको कुरुवा बसेका हजुरबुवा गंगा कार्कीको भनाई छ। बिबेक घर फर्किन्छ भन्ने आशा परिवारमा थियो। परिवार श्रोतका अनुसार सोहि दिन बेलुका बेलुका ८ बजे देखि ९ बजे बिचमा नोबेल अस्पतालमा ड्युटीमा खटिएका नर्सले ६ थान इन्जेक्सन लगाउने तयारी गर्दा तत्काल ३ थान इन्जेक्सन लगाएको थियो। इजेक्सन लगाएको केहि समयमै बिबेक बेहोस भएको देखेपछि थप इन्जेक्सन नलगाउन आग्रह गर्दा अस्पतालमा कार्यरत नर्सले जबरजस्ती गरि लगाएको आरोप छ।

उनका बुवा बिष्णुले भने -” मेरो छोरालाई तत्काल आबश्यक उपचार गर्नु पर्नेमा सो नगरी अन्य तबरबाट उपचार गरेकोले छोरालाई अस्पतालका चिकित्सक डा मिनाक्षी बस्नेतको टिम मार्फत छोरा कोमामा गएको जानकारी गराए। ”

बिष्णु कार्कीका अनुसार उपचारको क्रममा अस्तपतालका मुटु बिशेषज्ञ डा राजेश नेपालको सल्लाह बमोजिम बिबेकलाई आगामी उपचारका लागि काडमाण्डुको धुम्बराइ स्थित हाम्स हस्पिटल लान सुझाब दिए। त्यसपछि कार्कीले चिकित्सक को सल्लाह बमोजिम छोराको ज्यान जोगाउनका निम्ति एयर एम्बुलेन्स मार्फत हाम्स अस्पतालमा भर्ना गरेको बताए।

बुवा कार्कीले अन्य चिकित्सक संग बुझ्दा बिरामीलाई अक्सिजनको प्रयोग गरी लगाउनु पर्ने सो नगरी लगाएकोले अक्सिजनको मात्रा कम भएकोले बिरामीको स्वास्थ्य बिग्रिएको र अब उप्रान्त बाजुन्जेल सम्म कोमा मा नै रहने जानकारी पाए। नोबेल अस्पतालको चरम लापरबाहीबाट छोराको उपचार नभई अन्यथा भई कोमामा भएको उपचार खर्च आफ्नो आर्थिक हैसियत भन्दा बाहिर रहेकोले ऋण काढेर उपचार भएको जानाकरी दिए।

अस्पतालको लापरबाहीबाट आज छोराको उपचार खर्च धान्न नसक्ने भएकोले बिबेकको उपचारमा लागेको खर्च सहयोग समेत माग गरि नोबेल अस्पतालमा निबेदन पेश गरेको बुवा बिष्णु कार्कीले जनाएको छ। सहयोगको ब्यबस्था नभएमा न्यायको लागि आबश्यक कानुनी उपाचार खोज्ने र सो को जवाफदेहिदा नोबेल अस्पताल हुने बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.