Websoft University
November 2019



काठमाण्डौ मंसिर १४  गते । रातो तारा डट कम,१३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनमा मार्च पासमा नेपालको झन्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्नुहुने भएको छ ।

नेपाल ओलम्पिक कमिटि (एनओसी) ले आज प्रेस विज्ञप्ति जारी गर्दै भोलि हुने उद्घाटन सत्रको मार्च पासमा नेपालको झन्डा कमललाई बोक्न दिने निर्णय गरेको जनाएको हो । १३औं साग राष्ट्रिय टिम तयारी समिति र प्राविधिक समितिले यसअघि झन्डा बोक्न कमल सहित क्रिकेटका पूर्व कप्तान पारस खड्का लगायतको नाम सिफारिस गरेको थियो ।

एनओसीले सिफारिस भएको नामबाट कमललाई छनोट गरेको हो । सागको ओलम्पिक फ्लेम ओलम्पियन दीपक बिष्टले बाल्नुहुनेछ । खेलाडीको तर्फबाट सपथ लिनेमा ओलम्पियन आयशा शाक्यलाई छनोट गरिएको छ । रेफ्री एवम् ब्याडमिन्टनका अम्पायर दीपक थापाले निर्णायकको सपत लिनुहुनेछ ।



शिव भट्टराई,मोरङ । रातो तारा डट कम,एउटै परिवार भित्र पनि टाढा हुने अबस्थाबाट जोगाउन तथा परम पुर्खाले गर्दै आएको सामाजिक , सास्कृतिक, घार्मिक कार्य, कुलपुजा, गोठ्पुजा लगायत विभिन्न रितिरिवाज , भाषा संस्कृतिको संरक्षण गरि समाज लाई सकारात्मक बिकासमा योगदान पुर्याउने उदेश्य का साथ स्थापना भएको कौडिन्य  गोत्रीय आचार्य वंश प्रतिस्ठान ले आफ्नो तेस्रो बार्सिक साधारण सभा सम्पन्न गरेको छ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि वार्ड नं ७ का अध्यक्ष चैतन्य प्रसाद सिटौलाले यस्ता प्रतिष्ठानहरु एक जुट भएर अघि बड्दा सामाजिक बिकास हुने बताउदै सबै लाई समेटेर अघि बड्न सुझाव दिँदै सो प्रतिष्ठानको जग्गामा सामुदायिक भवन निर्माण गर्न आगामी आर्थिक बर्ष मा १० लाख बजेट बिनियोजन गरिदिने घोषणा समेत गर्नु भयो।

शनिबार प्रतिस्ठानको आफ्नै प्राङ्गणमा भएको कार्यक्रममा अध्यक्ष रबिन्द्र आचार्यको अध्यक्षता रहेको थियो भने विशिष्ट अतिथिमा प्रतिष्ठानका बंशवली संकलक शालिकराम आचार्यको उपस्थिति रहेको थियो। यस्तै अतिथिहरुमा केदार पोखरेल , बिष्णु घिमिरे, लुबराज आचार्य सहयोगिहरु मा रमेश आचार्य , नबराज आचार्य, लता आचार्य लागायत बुद्धिजीवी एबम सम्पुर्ण आचार्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तवय प्रतिस्ठान कि उपाध्यक्ष तुलसा आचार्यले दिनु भएको थियो।
सस्थाले जेष्ठ सद्स्य कृष्ण प्र आचार्य, मुद्रक सहयोग गर्ने दामोदर आचार्य ,सस्थालाई विशेष योगदान पुर्याउने बाबुराम आचार्य , हेमराज आचार्य, बद्री आचार्य लागायत लाई दोसल्ला ओडाइ सम्मान समेत गरेको थियो।

प्रतिष्ठानले ३ कठ्ठा १६ धुर जग्गा खरिद गरिसकेको छ। सो जग्गामा छिटै कुल पुजा गर्ने मन्डब र सामुदायिक भवन निर्माण हुने छ भनि संस्थाका अध्यक्ष रबिन्द्र आचर्य ले बताउनु भयो भने सो कार्यक्रमको संचालन सचिव मोहन आचार्यले गर्नु भएको थियो।


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङ को सुन्दरहरैचा ७ मा  रहेको श्री पञ्चायन दुग्ध उत्पादक  सहकारी सस्थाले आफ्नो १० औ बार्सिक साधारण सभा सप्पन्न  गरेको छ।

शनिबार शिव पञ्चायन मन्दिर को सभाहलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख शिव प्र ढकालले यो नगर  नै कृषि र दुग्ध जन्य पदार्थमा निर्भर  नगर भएकाले कृषि क्षेत्र मा विभिन्न कार्यक्रम सिर्जना गरि सहयोग गर्न आफू हर कदम तयार रहेको बताउनु भयो।उहाँले कृषि मा किसान लाई विभिन्न अनुदान र सहयोग पनि नगर को तर्फ बाट गरिरहेको जानकारी गराउनु भयो। 

सस्थाका अध्यक्ष देवि प्र सिटैलाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरु कामधेनु दुग्ध बिकास संस्थाका अध्यक्ष बाबुराम खत्री र सुन्दरहरैचा वाड न ७ का वडा अध्यक्ष चैतान्य सिटौला रहनु भएको थियो भने अतिथिहरुमा साना किसान सुन्दरपुर का अध्यक्ष रबिन्द्र आचार्य , घर आगन बचत तथा ऋण सहकारी का प्रतिनिधि शंकर उप्रेती लगायत सहकारी बिज्ञ हरु को उपस्थिति रहेको थियो।

सो कार्यक्रम को सन्चालन सस्था का सचिब ड्न्ड बा खड्का   ले गर्नु भएको थियो।सस्थाले आफ्ना सेयर सदस्य  बाट जेष्ठ नागरिकमा बेद बिनोद पोख्रेल र ईन्द्र माया कार्कीलाई दोसल्ला ओडाइ सम्मान गरेको थियो यसैगरी See मा उत्कृष्ट  अङ्क हासिल गर्ने  केसब  आचर्य  र सौरभ भट्टराई  गरि सस्था ले सबभन्दा बढी दुध बिक्रि गर्ने  टिकाराम लुइँटेल , गुरस्तरिय दूध बिक्रि गर्ने शशिकान्त भट्टराई , नियमित दुध बिक्री गर्ने खेमराज पराजुलीलाई नगद सहित पुरस्कृत गरेको थियो।


विराटनगरर मंसिर १४ गते । रातो तारा डट कम, बाल सुधार गृह बिराटनगरबाट भागी फरार रहेका ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी वर्ष १७ का सांकेतिक नाम ०४-५-D तथा जवर्जस्ती करणी मुद्दाका प्रतिवादी वर्ष १८ को सांकेतिक नाम सम्सेरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।

सम्सेरलाई मिति २०७६ मंसिर १३ गते अं. १९:०० बजेको समयमा जिल्ला मोरङ सुन्दरहरैचा न.पा-७ गोठगाँउबाट तथा ०४-५-D लाई मिति २०७६ मंसिर १४ गते अं. ०७:०० बजेको समयमा जिल्ला झापा, बिर्तामोड न.पा-१ बाट पक्राउ गरीएको हो ।

निज सम्सेर सम्मानित जिल्ला अदालतको मिति २०७६।३।५ गतेको आदेशले  पुर्पक्षको लागि बाल सुधार गृहमा बस्दै आएका थिए भने सांकेतिक नाम ०४-५-D सम्मानित जिल्ला अदालत झापाको आदेशले मिति २०७६ श्रावण १७ गतेदेखि उक्त बाल सुधार गृहमा रहँदै आएका थिए ।

बाल सुधार गृहमा रहेका उल्लेखित प्रतिवादीहरू फरार भएको विषयमा यस कार्यालयबाट प्र.ना.उ राजकुमार खिउजूको संयोजकत्वमा छानवीन समिति गठन भई अनुसन्धान समेत भईरहेको छ ।
निरन्तरको खोजतलासपछी पक्राउ परेका बालकहरूको सम्बन्धमा हाल थप अनुसन्धान भैरहेको  छ ।




विराटनगरर मंसिर १४ गते । रातो तारा डट कम, विराटनगर–५ मा रहेको निहारिका कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई एक दिने कार्यशाला गोष्ठिको आयोजना करेको छ । कलेजमा पहिलो ब्याचको विएचएममा अध्ययनरत विद्यार्थी तथा पढाउँने शिक्षकलाई एक दिने होटेल मेनेजमेन्टको क्षेत्र र अवसर सम्वन्धी कार्यशाला गोष्ठिको आयोजना गरिएको कलेजका क्याम्पस प्रमुख अमित ढकालले जानकारी दिए । कार्यशाला गोष्ठिको सहजिकरण नेपालकै होटेल मेनेजमेन्ट सम्बन्धी विज्ञ रमेश दाहालले गरेको कलेजले जनाएको छ ।



विराटनगर मंसिर १४ गते । रातो तारा डट कम, विराटनगरमा विद्यार्थीको क्षमता अभिवृद्धि गर्नका निमित्त विद्यार्थीहरुलाई विभिन्न तालिमको आयोजना गरिएकोछ । हाउस अफ मिडिया एण्ड इन्टरटेरिमेन्टको आयोजनामा सनिबारदेखि उक्त तालिमको अयोजना गरिएको हो । विद्यार्थीको क्षमता विकास, नेतृत्व विकास साथै मोडलीङ लगायका विषयमा रहेर तालिमको आयोजना गरेको हाउस अफ मिडिया एण्ड इन्टरटेरिमेन्टका प्रबन्धक निर्देशक अर्जुन श्रेष्ठले बताए । उनका अन’सार उक्त तालिम प्रत्येक सनिबार १ महिना सम्म ह’ने बताए । कक्षा ६ देखि १२ सम्म अध्यनरत विद्यार्थीह?लाई दिईने उक्त तालिममा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । सो  तालिममा गत कार्तिक २३ गते सम्पन्न भएको मिस प्रिन्स एण्ड प्रिन्सेसका सहभागिहरुको पनि उपस्थिति रहेको थियो । उक्त प्रतियोगितामा सहभागि भएका विद्यार्थीहरुमा थप उर्जा मिलोस भन्ने उद्देश्य सहित सहभागी गराएको श्रेष्ठको भनाई छ ।




उदयपुर,मंसिर-१४ गते । रातो तारा डट कम,उदयपुर लिम्चुङबुङ गाँउपालिका-३ सिम्ले बस्ने भरत बहादुर मगरको छोरा १०बर्षीय ओपे भन्ने गणेश बहादुर मगरको भीरबाट लडी मृत्यु भएको छ। हिजो बेलुका ०६ बजे लिम्चुङबुङ बाह्रा जंगलको धारापानी गैरा स्थितको भीर नजिकै बालक मगरको लडी मृत्यु भएको भन्ने स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

घटनाको जनाकारी पाउन साथ ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ। निज नाबालक मानसिक सन्तुलन ठिक नभएको बुझीन आएकोछ। यस सम्बन्धमा अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ।


काठमाडौं । नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि यहि मंसिर २७ गते प्रदर्शन हुने भनिएको यो चलचित्र अब आउँदो माघ ३ गते प्रदर्शन हुने निर्माण कम्पनी ह्याप्पी प्लानेट फिल्मस् प्रा।ली।ले जनाएको छ । ‘१२ सत्ताईस’को प्रचार प्रसारको लागी समय कम भएको र चलचित्रलाई अन्तिम रुप दिन केही प्राबिधिक काम समेत बाँकि रहेकोले प्रदर्शन मितिमा हेरफेर गर्नुपरेको निर्माण कम्पनीले जारी गरेको नोटिसमा उल्लेख छ ।

लाइट कमेडी जनरामा निर्माण भएको यो चलचित्रको केहि दिनअघि सार्वजनिक ट्रेलरमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । चलचित्रमा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाउँन खोजिएको छ । जोन योञ्जनले निर्देशीत चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज , भीस्म जोशि, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र रेणु राना, दिपक खातियोडा, र रुपक थापाले निर्माण गरेका हुन् भने चलचित्रका लागी सहनिर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ । अनिश श्याङदेनले छायांकन गरेको चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन् । चलचित्रको कथा निर्देशक जोनले नै तयार पारेका हुन् ।


झापा । रातो  तारा डट कम,झापा कचनकवल गाउँपालिका ७ बस्ने ५५ बर्षीय काया राय क्षेत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सोही स्थानमा रहेको पाथीभरा सामुदायीक बनको भवन नजिकैमा जंगली हात्ती आई क्षेत्रीलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको भनि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मृत्यु भएका क्षेत्री सोही सामुदायीक बनको भवनमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएकाथिए । घटना सम्बन्धमा कानुनी कारबाहीका लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटि गएको उक्त कार्यालयले जनाएको छ।


 काठमाण्डौ । रातो तारा डट कम,गायिका आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक भएको छ । एल्बमलाई बिहीबार राजधानीमा मह जोडी ९मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य० संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु तथा लोकगायक हरिबहादुर राउत र आमा सावित्री राउतलगायतले एल्बम सार्वजनिक गरे । कार्यक्रममा हास्य कलाकार हरिवंशले आस्थासँग आफूले फिल्म ‘छक्का पन्जा २’ गीत ‘झ्याम्म झ्याम्म।’ मा सहकार्य गर्न पाएको सम्झिँदै आस्थाको स्वर भिन्न रहेको दाबी गरे ।

 ‘कसैको गीत सुनिरहँदा एउटै किसिम लाग्छ किनभने त्यस्तै स्वर अन्य गायकगायिकाको पनि हुन्छ,’ हरिवंशले भने, ‘तर आस्थाको स्वर अन्यमा पाइँदैन । परबाटै यो गीत आस्थाले नै गाएको हो भन्नेमा ढुक्क भइन्छ ।’ त्यस्तै कलाकार मदनकृष्णले कम उमेरमै आस्थाले नेपाली सांगीतिक क्षेत्रमा प्रगति गरेको दाबी गरे । ‘सांगीतिक वातावरणमा जन्मेर, हुर्केर होला, आस्थामा गायकीको नयाँ फ्लेभर पाइन्छ,’ उनले भने । आस्थाका बुबा हरिबहादुर कुनै बेला रेडियो नेपालमा लोकगीत गाउँथे भने आमा सावित्री गीतकार हुन् ।

संगीतकार सुरेश अधिकारीले आस्था जस्तोसुकै फ्लेभरको गीत पनि गाउन सक्ने प्रतिभाशाली गायिका भएको बताए । एल्बममा समेटिएको ‘को छ यहाँ’ बोलको गीतमा आस्थाकी आमा सावित्री राउतको शब्द रहेको छ । बाँकी ७ वटा गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ । धार्मिक, संस्कृति, राष्ट्र भाव र रमाइलो गर्ने मुडका ७ वटा गीत समावेश रहेको राउतले बताइन् । लोक शैलीमा आधारित रहेको ‘नाकैमा फुली।’, गीतमा २०४० सालमा नै माधव केसीको संकलनमा उनका बाबु गायक राउतले गाएको ‘पानी खाने कलधारा कलको।।।’ गीतको अंशलाई समावेश गरिएको छ । 
‘झलझल गर्ने कम्पनी माला।’, ‘राम साइली।’ बोलको गीतलाई पप फ्लेभरमा सुन्न सकिन्छ । त्यस्तै अर्को ‘सिमाना।’, ‘को छ यहाँ।’ गीतहरू राष्ट्रिय भावनाले भरिएका छन् । एल्बममा नै समावेश ‘हवाईजहाजको टिकट।’ गीतमा भावुकता मिसिएको छ भने ‘दसैं आयो तिहार आयो।’ मा पर्व र संस्कृतिलाई समेटिएको छ ।

कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । सान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्काले अभिनय गरेका छन् । हाल टेलिभिजन गायन रियालिटी सो ‘दी भ्वाइस अफ नेपाल’ सिजन २ को एक निर्णायकसमेत रहेकी आस्थाको पहिलो एल्बम ‘आधार’ का गीतहरू ‘खै त मलाई झुम्के बुलाकी’, ‘चौबन्दीमा पटुकी बाँध्य छैन भन्दैमा।

चर्चित गीत छन् । रिमिक्स गीत ‘सालको पात टपरी गाँसेर।’ बाट उनको करिअर सुरु भएको थियो । गायिका राउतले आफू फलभन्दा पनि कर्ममा विश्वास राख्ने भएकाले संख्यात्मकभन्दा गुणात्मक गीत पस्किन सजक रहेको खुलाइन् । दुईरतीन वर्षको अथक प्रयासपछि आएको आफ्ना नयाँ गीतहरूले मुलुकको मौलिक संस्कृति प्रवर्द्धनमा सघाउने उनले विश्वास व्यक्त गरिन् ।



आर पोखरेल,काठमाण्डौ । रातो तारा डट कम,नेपाली सुगम संगीतमा पछिल्लो समयमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका नित्याशिवाको आवाजमा रहेको प्रेम भावहरु समेटिएको “चाकन चुकन माया “ गीतको भिडियो सार्वजनिक भएको छ  । शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरी को संगीतसंयोजन गीतमा रहेको छ । प्रेमकाभावहरुलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतको लिरिकल भिडियो लाई अन्जली थापाले सम्पादन गरेकी हुन ।


  



 विजय थापा ,डिसी । न्यूयोर्क निबासी चर्चित युबा लेखक तथा तथ्यांक वैज्ञानिक राजन थपलियाले बिश्व चर्चित फोर्ब्स मिडिया म्याग्जीन (पत्रिका) मा लेखन सुरु गरेका छन। फोर्ब्स संचारघर (मिडिया )को मध्य पूर्व अन्तर्गत उनको लेखहरु प्रकाशित भएका छन।

हाल सम्म उनको दुई ओटा लेख प्रकाशित भएका छन । भर्खरै पत्रिका (म्याग्जिन)को बिचार खण्ड (सेक्सन)मा कसरी आफ्नो लक्ष्य हासिल गर्नमा बढी केन्द्रित हुने भन्ने बिषय लेख प्रकाशित भएको छ ।

साथै यस अघी उनको एक सफल मालिक हुन चहिने पाँच गुणहरू बिषयमा लेख प्रकाशित भएको थियो। उनका आगामी लेखहरु सबै व्यापार ,नेतृत्व र जीवन शैलीमा आधारित हुने छन।

उनको आगामी लेख बिधुतिय (अनलाईन)बाट पैसा कमाउने पाँच तरीका छिटै प्रकाशित हुँदैछ । अब हरेक हप्ता फोर्ब्समा उनको लेख प्रकाशित हुने कुरा राजनले बताए ।

बिश्वका डलर अर्बपति (बिलिनीयर)को क्लब (अड्डा)को रुपमा चिनिएको बिश्वको शीर्ष स्थानमा ब्यापारिक ब्राण्ड (मार्का )फोर्ब्स म्याग्जीन (पत्रिका)मा अबसर पाउनु सजिलो कुरा होइन।



यहाँ प्रकाशित हरेक लेखहरुले छुट्टै महत्व राख्छन। यस अघी हफिंगटन पोस्टमा उनका सयौ लोकप्रिय लेखहरु प्रकाशित भएका थिए । केही बर्ष अघी उनले आफ्नो किताब शत प्रतिशत जीवन सगरमाथाबाट बिमोचन गरेका थिए भने उनले लेखेका कविता नेपालको कक्षा ६ को अँग्रेजी पाठ्यक्रममा समेत राखिएको छ।


धनकुटा,मंसिर-१३ गते । रातो तारा डट कम,धनकुटा नगरपालिका-१ हिले स्थित कोशी राजमार्गमा ट्याक्टर दुर्घटना हुदा सोहि ट्याक्टरका चालक धनकुटा सिंजाली गाउ बस्ने ४० बर्षीय राजकुमार मगर र सह- चालक सोही स्थान बस्ने २७ बर्षीय दल बहादुर सिंजाली मगरको मृत्यु भएको छ। आज दिउँसो साढे १ बजे सिधुवाबाट हिले तर्फ आउदै गरेको को२ त ८७२१नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टि दुर्घटना हुदा चालक राजकुमारको सोही ट्याक्टरले किचि घटनास्थलमै मृत्यु भएको हो भनि घाईते भएका सहचालक दल बहादुरको उपचारको क्रममा विजयराज हस्पिटल हिलेमा पउने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


 काठमाडौं। रातो तारा डट कम,बहुप्रतिक्षित चलचित्र मखमली मखमली आज मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आएको छ । करिब ६० वटा देशभरका सिनेमाघरमा प्रदर्शन भएको चलचित्र मखमली मखमली पहिलो दिनमानै सुखद ओपनिङ गर्दै हाउसफुल भएको जानकारी निर्मात्री सावित्रा चिलवाल गराइन।

यथार्थपरक कथाबस्तुमा नारि बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुख पिडालाइ समेटिएको चलचित्रमा दुख पिडाखुसि हाँसो,कमेडीयाक्सनले भरिपुर्ण चलचित्र भएको हुँदा सम्पूर्ण दर्शकहरुको माया बटुल्न सफल भएकोछ ।

चलचित्रमा नायक जयकिशन बस्नेतको जोडदार अभिनय रहेको छ भने फरक भूमिकामा मखमली बनेकि नायिका शुभेच्छा थापाको कारुणिक अभिनयले जोसुकैको मन पगाल्न सक्छ । यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउले परिवेशमा देख्न सकिन्छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमाकलाकार सविन बास्तोलाशारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेलपरि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत दमदार अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन्।

बसन्त सापकोटाबाबुल गिरी र सावित्रा चिलुवालको संगीतरामजी लामिछाने र अनिल राईको नृत्य निर्देशनबिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् ।

समग्र नेपालीहरुको भावनालाइ समेट्दै तयार पारिएको सत्य कथामा आधारित चलचित्र भएको हुँदा चलचित्रलाई सम्पूर्ण नेपालीहरुले माया गरि सिनेमाघर सम्म गई हेरिदिनु निर्मात्री चिल्वाल अनुरोध गर्दछिन ।

धनपालथान–उपचुनाव,
विराटनगर । रातो तारा डट कम, मौन अवधिमा पोखरीबाट धमाधम माछा मार्न थालिएपछि मोरङको धनपालथान वडा नम्बर २ मा स्थानीयले माछासहित व्यक्तिलाई प्रहरीको जिम्मा लगाई दिएका छन् । धनपालथान वडा नम्बर २ मा भोलि उपनिर्वाचन हुँदैछ तर केही व्यक्तिले चुनावलाई नै प्रभावित पार्न मतदातालाई माछा वितरण गर्ने योजनासाथ पोखरीबाट माछा झिक्न थालेपछि स्थानीयले पक्राउ गरेको बताइएको छ ।
स्थानीयका अनुसार विहीबार राति पनि केही मानिसले गाउँ पसेर मतदातालाई माछा बाँडेका थिए । धनपालथानको ललियामा नेकपा सम्बद्ध व्यक्तिह?ले माछा मारेर मतदातालाई बाँढ्ने तयारी गरेको सूचना पाएपछि आफूह?ले पक्राउ गरेको कांग्रेस महासमिति सदस्य तथा स्थानीय नेता रामनारायण मण्डलले जानकारी दिए । उनले भने,‘‘पोखरी ठेक्का लिने सत्ताधारी पार्टीका हुन । उनैले माछा झिकेर बाँड्न मानिसह? खटाएका रहेछन ’’ स्थानीयका अनुसार ललियामा रहेको शिवशक्ति माविको माछा पोखरीबाट नेकपा सम्बद्ध कैलाश सिंहले माछा झिक्न अह्राएका थिए ।
आज बिहानैदेखि पाँचजना मानिस खटिएर जाल हालेर माछा मार्न थालेपछि शंका लागेर आफूह?ले प्रहीलाई नै खबर गरेकोस्थानीय धरलाल गन्गाईले बताए । उनले भने,‘‘बिहानभरिमा डेढ क्वीन्टल भन्दा धेरै माछा बोरा र झोलामा राखेर गाउँतिर लिएर जान थालेपछि शंका लागी हामीले खोजिनीति गदा उनीह?ले रंगेलीमा लगेर बिक्री गर्ने भने ।
तर, बुझ्दै जाँदा होइन रहेछ ’’ अर्का स्थानीय दिनेश सरदारले सानो भेन ल्याएर मारेका माछा धमाधम ओसार्न थालेपछि आफूहरु सशंकित भएको सुनाउँदै भने,‘‘भर्खर हालिएका साना भुरा माछासमेत जाल हालेर मार्न थालेपछि हामीलाई शंका लाग्इो । माछा मार्नेले बिक्री गर्न भन्ने बताएपनि मतदातामाझ वितरण गर्न माछा पोखरीबाट झिकिएको भन्ने हामीले बुझ्यौ’’ उनले विहीबार राति पनि केही मानिसले गाउँमा माछा वितरण गरेको भन्ने खबर आएको सुनाए ।
गाउँलेले को२ह ७२०४ नम्बरको भेन पनि नियन्त्रणमा लिएका छन् । शिवशक्ति माविको माछा पोखरी रंगेलीका कैलाश सिंहले वार्षिक रु ४५ हजारमा ठेक्का लिएका छन् । ‘‘तर, अहिले चुनावमा बेला साना माछासमेत जाल हानेर निकाल्नु शंकास्पद नै थियो’’, स्थानीय सुन्दर राजवंशीले भने,‘‘अघिल्लो रात पनि गाउँमा माछा बाँडिएको थियो ’’ मौन अवधिमा मतदातालाई प्रभावित पार्न सत्तापक्षले यो काम गरेको उनले आरोप लगाए ।
यता माछा मार्न आएका जलहार मुस? बहरदारले भने रंगेली बजारमा लगेर बिक्री गर्न आफूह?ले माछा मारेको बताउँदै भने,‘‘पोखरीका ठेक्दारले नै माछा मार्न भन्नु भएको हो ।’’ इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर लेखनाथ दाहाल गाउँमा विवाद भएपछि अवस्था नबिग्रियोस भनेर आफूहले सुरक्षा दिइएको बताए । यस विषयमा थप अनुन्सधान भईरहेको जानकारी दिए ।


बिराटनगर मंसिर १३ गते । रातो तारा डट कम,१५० रूपैया जरिवाना तोकी हालसम्म फरार रहेका विराटनगर ११ बस्ने विकास कुमार ठाकुर,ऐऐ बस्ने श्यामबाबु साह, ऐऐ बस्ने ब्रहमा भन्ने वर्मा नन्द कुमार सहनी, ऐऐ बस्ने दिलिप कुमार सोनार ऐऐ बस्ने पोषण सहनी, ऐऐ बस्ने महेन्द्र सहनीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७६।०८।१२ गते विराटनगर ११ स्थितबाट पक्राउ गरिएको ।

साथै लिखित गाली बेईज्जती मुद्दामा २ हजार रूपैया जरिवाना तोकी हाल सम्म फरार रहेका विराटनगर ०५ बस्ने आशाराम मल्लाह, साईकल चोरी मुद्दामा ३ हजार जरिवाना र १७ दिन कैद सजाय तोकी हाल सम्म फरार रहेका विराटनगर ०५ बस्ने मो. ताहिर र जुवा मुद्दामा रू १ सय जरिवाना तोकी हालसम्म फरार रहेका प्रतिवादी विराटनगर ९ बस्ने लोकमान लोहियालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७६।०८।१२ गते निजहरूकै घरबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मोरङमा बुझाईएकोछ ।

धरान । रातो तारा डट कम नब्बेको दशकको अत्यन्तै चर्चित ब्याण्ड कन्दरा आफ्नो अढाई दशकको सांगीतिक यात्रा पछि अहिले आएर पुन सांगीतिक यात्रामा पुनरागमन हुने क्रममा छन् ।

गत बर्षको धरान , दमक , बिर्तामोड र बुटवल को सफल सांगीतिक टुरपछि हौसिएको लोक पप ब्याण्डको रुपमा परिचित कन्दरा ब्यान्डले आफ्नो अफिसियल युट्युब  च्यानलमा आफ्ना पुराना संगै नया गीतहरु ल्याएर दर्शक - श्रोताहरुको उत्तिकै माया पाइरहेका छन् । 

अहिलेको नया पुस्तामाझ पनि कन्सर्ट , सोसलमिडिया बाट राम्रो प्रतिक्रिया पाइरहेको कन्दरा ब्यान्डले पुराना अत्यन्त चर्चित गीत हरु “तिमी पारी त्यो गाउंमा” र “लेक कि हे माया” कृपा अनप्लग्डको नया श्रंखलामार्फत युट्युबमा  भर्खरै रिलिज गरिएको छ  । ९० को दशक को यो दुई गीत कन्दरा को क्यारियरकै उत्कृस्ट  गीत मानिन्छ ।  

रिलिज को ३/४ दिनमा नै युट्युबमा लाख बढी भ्युअर्स संगै राम्रो प्रतिक्रिया पनि पाइरहेकोमा पहिलो अल्बम निकाल्दा जतिको जोश बढेर आएको कन्दराका मुख्य गायक बिबेक श्रेष्ठ बताउछन् । 

नेपाल मा लाइभ  साङ्गितिक प्रस्तुती लाई अर्कै उचाई मा लैजान कृपा अनप्लग्डको बिशेष भूमिका छ ।जसको कारण  यही कार्यक्रम को लागी ब्यान्ड का गायक बिबेक श्रेष्ठ अष्ट्रेलिया बाट नेपाल आई ब्यान्ड सँग प्रतयक्ष् प्रस्तुत भएका थिए। विगत २७ बर्ष देखी कन्दरा नेपाली संगीतमा अनवरत लागि रहेको छ। नेपाली संगीत मा विशुद्ध र सरल शब्द, संगीत र स्वर् को सम्मिश्रन गर्ने कन्दरा ब्यान्ड चाडै नै  देश ब्यापी सांगीतिक टुरको तयारीमा समेत रहेका  छन्। 

कन्दराको   हङकङ पोखरा, तगारोमा रुमाल राखी, चन्चले कान्छी, डांडापारी , बिदेसिएर गईन उनि ,फुल्चोकिको  डाडैमा लगायत का अन्य  गीत हरु पनि अत्यन्तै चर्चित छन।


सुनसरी । रातो तारा डट कम,धरान र जावलाखेल ग्ँ्रुप अफ इण्डष्ट्रिजले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ धरानमा हस्पिटालिटी तथा कस्टमर सर्भिस विषयको  तालिम सम्पन्न गरेको छ । 

धरान स्थित गजुर  होटेलमा र इटहरीको पाथिभरा होटलमा सम्पन्न उक्त  तालिममा धरान र इटहरीको विभिन्न  होटल तथा रेस्टुरेन्टमा कार्यरत कर्मचारीलाई ग्राहकसंग गर्ने व्यवहार, शिस्टाचार स्वागत, सत्कारका तरिका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । 

तालिमले मदिरा बजारलाई व्यवस्थित तथा मर्या्दित बनाउनुका साथै यसले होटलमा कार्यरत कर्मचारीको जीवनस्तर उकास्न र क्षमता अभिवृद्धि तथा सीप विकास गर्न सहयोग गर्ने जावलाखेल ग्ँ्रुपकोे  म्यानेजर बिजय मानन्धरले  बताउनु भयो ।

अठार वर्ष देखि हस्पिटालिटी तथा कस्टमर सर्भिसको अनुभव प्राप्त हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा कार्यरत श्याम श्रेष्ठले धरानमा पचास जना र इटहरीमा सय जना  भन्दा बढि सहभागिहरुलाई तालिम दिएका  थिए ।

कार्यक्रममा विभिन्न होटेल, लज तथा यस सँग सम्बन्धित व्यापार व्यवसायमा संलग्न व्याक्तिहरुलाई तालिम प्रदान गरिएको थियो ।


सत्यलोक यात्री - झापा । रातो तारा डट कम,झापाको मुटु नगरपालिका बिर्तामोड नगरपालिका क्षेत्रमा चार कक्षाको किताबका पाठ लेख्नका लागि पर्याप्त नेपाली भाषा र  व्याकरण जान्ने शिक्षक  (लेखक) हरुको खरेडी परेकै हो त ? 
यो पंक्तिकारको एक छोरा बिर्तामोडस्थित एक निजी विद्यालयमा कक्षा ४ मा पढ्दैछन् । 

बिर्तामोड नगरपालिकाले आचरण शिक्षा सम्बन्धी पुस्तक प्रकाशन गर्दैछ भन्ने सुन्दा खुशीले मन प्रफुल्ल भएको थियो । हाम्रा नानीहरु असल आचरणयुक्त हुने भए भनेर । तर, निःशुल्क रुपमा प्राप्त यस पुस्तकमा बग्रेल्ती त्रुटी नै त्रुटी भेटिएपछि पंक्तिकार स्तब्ध भयो । 
  
पुस्तकको पाठभित्रका त्रुटीहरु ः ‘पाठ १ मै ठूलो त्रुटी छ । शहरमा बसेका दाजुले गाउँमा रहेकी बहिनीलाई चिठी लेखेको पाठको पहिलो प्याराग्राफमा, ‘म यहाँ सञ्चै छु । त्यहाँ बुवा, आमा र तिमी पनि सञ्चै छौ भन्ने आशा गर्दछु । मेरी प्यारी बहिनी पढाइका लागि काठमाडौमा भए पनि म सधैँ बुबा, आमा, तिमी र आप्mनो गाउँलाई सम्झिरहन्छु ।’ लेखिएको छ ।  प्याराग्राफ पढ्दा बहिनी पो शहरमा छिन् भन्ने बुझिन्छ । ‘मेरी प्यारी बहिनी म पढाईका लागि काठमाडौमा भए पनि ... ’ हुनुपर्ने थियो । 

 फेरि यो एकै प्याराग्राफमा एक ठाउँमा बुवा लेखिएको छ भने अर्को ठाउँमा बुबा लेखिएको छ । यो असाध्यै असावधानी भयो नि होइन र ? अब हेदै जाऔँ पछिल्ला पाठहरुमा के कस्ता त्रुटी, गल्तीहरु छन् ? 
  
पाठ २ को शीर्षकको एक शब्द ‘गरौं’लाई चन्द्रविन्दु दिएर ‘गरौँ’ लेखिनु पर्नेथियो । त्यस्तै फूर्वा को उकारलाई ठीक ठाउँमा लेखि ‘पूmर्वा’ हुनुपर्ने थियो । पाठ ३ मा शीर्षक ‘अन् धविश्वास’ छ । बीचमा स्पेश किन ? पाठ ४ मा कतिपय शब्दमा चन्द्रविन्दु छुटेको छ । पुलिसले समाउँछ लेखिएकोछ ।

समाउँछन् लेख्नुपर्ने थियो । पाठ ५ मा राष्ट्र बैंकको जुन भवनको चित्र छ त्यो भवन धेरै पहिलेदेखि काठमाडौको थापाथलीमा देखिन छाडेको हो । शिर्षकमा वित्तीय शब्द लेखिएको छ भने प्याराग्राफमा पेट काटेको ब अर्थात बित्तीय छापिएको छ । पाठ ६ मा केही शब्दमा चन्द्रविन्दु दिइएको
छैन । पाठ ७ मा  विद्यार्थीको नाम मो. अन्सारी लेखिएको छ । नामको मो. लाई पुरै शब्द मोहम्मद लेखिँदा राम्रो हुनेथियो । 
  
पाठ ८ को शब्दार्थ खण्डमा आप्mनो हुनुपर्नेमा आफ्नो भएको छ । हलन्त ठीक ठाउँमा परेको छैन । पाठ ९ मा शब्दहरुमा हलन्त ठीक ठाउँमा परेका छैनन् । पाठ १० को दोस्रो प्याराग्राफको पहिलो लाईनको गरिएको शब्दको साटो गरेको हुनुपर्ने थियो । पाठ ११ मा ‘सरसामान छरेर फोहोर मैला हुन्न म’ छापिएको छ । हुन्नको ठाउँमा ‘गर्दिन’ हुनुपर्ने थियो । पाठ १२ मा सिमी हुनुपर्नेमा सिँवी र कटहर हुनुपर्नेमा कटर छापिएको छ । पाठ १३ मा कतै ट्युबेल शब्द छापिएको छ त कतै ट्युववेल । पाठ १४ मा कतै व्यवस्थापन छापिएको छ कतै व्यबस्थापन ।
   
यसै पाठमा द्यगचथष्लन हुनुपर्नेमा द्यचगथष्लन छापिएकोछ । त्यस्तै ऋयmउयकत या ऋयmउयकतष्लन हुनुपर्नेमा ऋयmउयकष्लन छापिएको छ । पाठ १५ मा ‘प्रतिरक्षात्मक पोषण’ लाई शीर्षक मानिएको छ तर बोल्ड गरिएको छैन । पृष्ठ ४२ मा एकैठाउँमा आवश्यक आवश्यक छापिएको छ । पाठ १६ एकै अनुच्छेदमा मानिसको नाम शिवु र शिबु छापिएको छ । स्वास्थ्य चौकीमा डाक्टर तहका जनशक्ति भएको अर्थमा पाठ लेखिएको छ । स्वास्थ्यचौकीमा डाक्टर हुँदैनन् भन्ने सामान्य कुरा पनि ख्याल गरिएको छैन ।   स्वास्थ्यकर्मी हुनुपर्ने थियो । 
  
पाठ १७ मा पुर्जा शब्दको साटो प्रेस्क्रिप्सन या एचभकअचष्उतष्यल नै लेखिनु ठीक हुन्थ्यो । पाठ १८ मा शारीरिक व्यायामलाई अंग्रेजीमा एजथकष्अब िभ्हभचअष्कभ भनिनु पर्नेमा एजथकष्अब ित्चबष्लष्लन छापिएको छ । पाठ १९ मा धर्म, संस्कृति र स्थानीय लोक बाजा हाम्र्रा संस्कारहरु शीर्षक दिइएको छ तर पाठभरी मानिस जन्मेदेखि मृत्यसम्मको संस्कारबारे लेखिएको छ । अक्षराम्भ हुनुपर्नेमा अक्षरारम्भ भएको छ । खाल्डो हुनुपर्नेमा खाल्टो छापिएको छ । 
  
पाठ २० मा पच्चीस हुनुपर्नेमा पच्चिस छापिएको छ । डोटेली हुनुपर्नेमा डोटेल भएको छ । पाठ २१ मा संस्कृति हुनुपर्नेमा सकृति शब्द छापिएको छ । बालन हुनु पर्र्नेमा बालुन शब्द छापिएको छ । शब्द र अर्थ खण्डमा भेषभुषा हुनु पर्नेमा वेशभुषा शब्द छापिएको छ । अभ्यास खण्डमा पनि सोही गल्ति दोहोरिएको छ । एउटै शब्द दुई स्वरुपमा छापिएको छ जस्तै सङ्गीत र सङ्गीत । स्थानीय पाठ्यक्रम अनुसार प्रकाशित सो पुस्तकमा कमसेकम झापा जिल्ला भित्रका जातजातिका बाजाहरुबारे पनि पाठ दिइएको भए निकै सान्दर्भिक हुने
थियो ।
  
पाठ २२ दमकको पनि नाम छापिएको छ । दमक र आसपासमा हुने सडक दुर्घटनाबारे बिर्तामोडले उल्लेख गर्न मिल्ला तर दमकले चित्त दुखाउला । दमक सहित बढी दुर्घटना हुने थप ठाउँको नाम पनि दिइएको भए वेश हुन्थ्यो । पाठ २३ मा ट्राफिक संकेतको परिभाषा र आवश्यकताबारे पनि लेखिएको भए वेश हुनेथियो । पाठ २४ मा एक ठाउँमा मोवाईल र अर्को ठाउँमा मोबाईल लेखिएको    छ । सञ्चार प्रविधिका माध्यममा टेलिभिजन उल्लेख  गरिएको छैन । पाठ २५ मा ढुङ्गा हुनुपर्नेमा ढुङ्गी छापिएको छ । छौ हुनुपर्नेमा छौँ भएको छ । यसै पाठको अभ्यास खण्डमा ठीक वाक्यमा () र बेठीक वाक्यमा ( ) चिह्न लगाऊ छापिएको छ । बेठीक वाक्यमा () हुनुपर्ने थियो । पाठ २६ मा पाठको शीर्षकमै त्रुटी छ । न्यूनीकरण हुनुपर्नेमा ‘न् यूनीकरण’ भएको छ । बिर्तामोड हुनुपर्नेमा विर्तामोड भएको छ । त्यस्तै दुई शब्दबीच स्पेश दिइएको छैन । बीच हुनुपर्नेमा बिच लेखिएको छ । कहीँ बन लेखिएको छ कहीँ वन लेखिएको छ । 

पाठ २७ मा विद्यालयमा किन राम्रो वातावरण हुनुपर्ने र राम्रो वातावरणले विद्यार्थीमा कस्तो राम्रो परिणाम दिन्छ भन्ने व्याख्या छैन । यस्ता कमजोरी अरु पाठमा पनि छन् । परिणाम बताइँदा विद्यार्थीमा सकारात्मक असर पर्छ । यसै पाठको दोस्रो प्याराग्राफमा मीना कक्षा ४ मा पढ्छिन् । उनी जिज्ञासु छन् लेखिएको छ । उनी जिज्ञासु छिन् हुनुपर्ने हो । 
   
मीना र सिमा, एउटा नाम किन दीर्घ र अर्को किन ह्रस्य ? सिमसार, झोलुङ्गे पुल भनेको के हो ? पाठमा परिभाषा नै नदिइ तिनको अर्थ सोधिएको छ ? जामुनखाडीको विज्ञापन भयो कि ? बरु कन्काईमाई समग्र धार्मिक क्षेत्रको बारेमा बताउँदै अन्य आयाम जोड्दै सिकाउँदा बढी सान्दर्भिक हुनेथियो । यसै पाठमा त्यहीँ हुनुपर्नेमा चन्द्रविन्दु बेगरको त्यही शब्द छापिएको छ । 
  
पृष्ठ ७४ मा भ्mयाल हुनुपर्नेमा झयाल शब्द छापिएको छ । पृष्ठ ७५ मा झारलाई निर्जीव वस्तु भनिएको छ । बीच शब्दलाई बिच लेखिएको छ । फुलबारी नभएर पूmलबारी हुुनुपर्ने हो । पृष्ठ ७६ मा तिमी आपूm पढ्ने कक्षा कोठालाई राम्रो वातावरणको गर्न के के   गर्दछौ ? लेखिएको छ ।                 
वातावरणयुक्त बनाउन लेखिएको भए वेश हुन्थ्यो । 
यसै पृष्ठमा समग्री लेखिएको छ, सामग्री हुनु पर्ने हो । अरु त अरु, प्रकाशकको भनाईमा नै त्रुटी छन् । धरातीलय शब्द नयाँ हो कि के हो ?’ बिर्तामोड नगरपालिकाका उच्च जनप्रतिनिधिहरु र  कर्मचारीहरुलाई पुस्तक सिर्जनाको प्रेरणा भनिएको छ । 
  
गल्ति नै गल्तिले भरिएको किताब लेख्न कस्तो प्रेरणा दिएका हुन् ? र, दर्जनले किताब लेखन तथा सम्पादनको जिम्मेवारी लिएका जनाइएको छ । ‘धेरै   बिरालाले मुसा मार्दैनन्’ नेपाली उखान यहाँ चरितार्थ भएको छ । तर, सँगै उल्लेख गरिएको छ, ‘पाठ्यक्रमका उद्देश्य साध्य र पाठ्यपुस्तक साधन हुने हुँदा साध्य प्राप्तिका लागि साधन परिमार्जन गर्न सकिने अवस्था सधैँ  रहिरहन्छ । 
   
यो पहिलो प्रयास भएको हुँदा यसमा प्रशस्त कमी कमजोरीहरु रहेका हुनसक्छन् । प्रबुद्ध शिक्षक मित्रहरु, विद्वतवर्ग तथा सम्पूर्ण सरोकारवालाहरुसँग सकारात्मक सुझावको अपेक्षा गरिन्छ । भेटिएका कमी कमजोरी हटाउने परिमार्जनको प्रक्रियालाई आगामी संस्करणहरुमा निरन्तरता दिने बचनबद्धतासहित यो पाठ्यपुस्तक बिर्तामोड नगरपालिकाको तर्पmबाट सम्पूर्ण विद्यार्थी वर्गमा समर्पण  गरिन्छ ।’ 
  
केही सीमित कमिकमजोरीलाई मानवीय त्रुटी मान्न सकिन्छ तर किताबै भरी पाठै पिच्छे बग्रेल्ती त्रुटी त हुनु नपर्ने हो । यो पुस्तक विद्यार्थीका लागि लेखिएको हो । स्मारिका या प्रतिवेदन त होइन     नि । पहिलो प्रकाशन, संस्करण भएकाले नीतिगत, संरचनागत, पाठ्यक्रम आदि कमजोरी हुन सक्छ तर वाक्य गठन, हिज्जे र पु्रफ जस्ता त्रुटी जताततै हुनु लाजमर्दो कुरा भएन र ? पछिल्ला संस्करणहरुमा सुधार्दै लान अबश्य सकिएला तर यही पहिलो संस्करणले विद्यार्थी, शिक्षकगण तथा अभिभावकहरुमा पर्ने भ्रमको असरको जिम्मेवारी   नगरपालिकाले लिने कि नलिने ? 
  
प्रकाशकको भनाईमा, ‘स्थानीय विषयका रुपमा आचरण सचेतना शिक्षाको पाठ्यपुस्तक तयार गरी शैक्षिक सत्र २०७६ देखि कक्षा ३ र ४ मा लागु गरी क्रमश ः कक्षा ८ सम्म पु¥याउने योजना बनाए अनुरुप यो पाठ्यपुस्तक तयार पारिएको हो ।’ उल्लेख गरिएको छ । तसर्थः कक्षा ३ को पुस्तकमा पनि प्रसस्तै त्रुटीहरु होलान् । 
   
यस्ता त्रुटीपूर्ण पुस्तकले कस्तो ज्ञान देलान् ? माथिल्ला कक्षाका लागि प्रकाशन गरिने यस्तै प्रकृतिको पुस्तकमा पनि त्रुटीहरु हुनेहुन् कि ? प्रकाशक तथा सरोकारवाला अत्यन्त सचेत बन्न जरुरी देखिएको छ । 
  
त्रुटीले झापालीकै शीर निहुरिने देखिन्छ । नेपाली भाषा बिगारेको दोष लाग्छ सक्छ । बिर्तामोड झापाकै केन्द्र, मुटुहो । बिर्तामोड सदैव उत्कृष्ट र मानक हुनुपर्छ भन्ने आम अपेक्षालाई पनि आत्मसात गर्नु  जरुरी छ ।यो एक सामान्य अभिभावक (पाठक) को सामान्य प्रतिक्रिया मात्र हो । विषय विद्, विज्ञहरुलाई यो पुस्तक चिरफार या शल्यक्रिया गर्न दिइयो भने अझ धेरैधेरै त्रुटीहरु फेला पार्लान् र सुधार गर्न ठूलो सहयोग पुग्ला ।
तपाईको सञ्चार माध्यममा प्रकाशनका लागि लेखकको अनुरोधमा मेल गरेको हो । 


मोरङ, मंसिर-१२ गते । रातो तारा डट कम, मोरङ बेलबारी नगरपालिका-२ स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट ७० बर्षीय बल बहादुर लिम्बुको मृत्यु भएको छ। आज बिहान ०८ बजे पूर्ब तर्फ जादै गरेको ना ६ ख ३७२७ नम्बरको ट्रकले पैदल यात्री तेह्रथुम बसन्तपुर नगरपालिका ४ बस्ने बल बहादुर लिम्बुलाई ठक्कर दिदा सक्त घाईते भएका लिम्बुको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। ठक्कर दिने ट्रक र चालक बारा निजगढ नगरपालिका ९ बस्ने २५ वर्षीय रमेश बर्तौला ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन ।


ओखलढुंगा,मंसिर १२ गते । रातो तारा डट कम,ओखलढुंगा चिसंखुगढि गाँउपालिका ८ जुकेपानी बस्ने ४८ बर्षीया अन्जु राईको भीरबाट लडेर मृत्यु भएको छ। आज राती के कुन समयमा रुम्जाटारबाट घर तर्फ आउने क्रममा चिसंखुगढि ७ धनमुडा स्थितमा रहेको भीरबाट अन्दाजी २० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको भनि ११ बजे स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।


श्याम राइ गाइघाट मंसीर १२ गते । रातो तारा डट कम,प्रहरीले उदयपुरको रामपुरबाट कटुवा पेस्तोल सहीत बुधबार राती एक युवक लाइ पक्राउ गरेको छ । बेलका नगरपालीका ३ सातपत्रेबाट राती स्थानिय १९वर्षीय मनोज खड्कालाइ एक राउण्ड गोली सहित पेस्तोल पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस्पी बीर बहादुर बुढा मगरले बताए । सातपत्रे देखी रामपुर जादै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरको सहचालकलाइ कुटपीट गरी पेस्तोल तेर्साएर मार्ने धम्की दिएको खड्का विरुद्ध उजुरी परेपछी राती नै उनलाइ पक्राउ गरीएको एस्पी मगरले बताए । खड्का सगै अर्का एक जना पनी सगै रहेकोले ती युवाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।


मोरङ मंसिर १२ गते । रातो तारा डट कम, कानेपोखरी गापा वडा नं. ६ नर्सरी डाडा स्थितमा प्रहरी चौकी रमाईलो बाट प्रसनि सुमन श्रेष्ठको कमाण्डमा खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा ऐ..ऐ ५ बस्ने बर्ष २३ को सिमन मगरको साथबाट नाईट्रोभेट नामक ट्याब्लेट ८ पिस, स्पाजमोल नामक ट्याब्लेट १७ पिस र पृजोल नामक ट्याब्लेट ५ पिस फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।

फायल फोटो,
मोरङ मंसिर १२ गते । रातो तारा डट कम,जहदा गापा ४ रामचोक स्थित बिराटनगर रंगेली सडक खण्डमा पुर्ब बाट पश्चिम तर्फ धानपराल लोड गरी जादै गरेको को. २ त ४०८३ नम्बरको ट्याक्टरको पछाडी पट्टी धानपरालमा अचानक आगलागी भएको भन्ने खवर प्राप्त हुन साथ सिप्रचौ पोखरियाबाट प्रनानिको कमाण्डमा टोली खटी गई स्थानियबासीको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रण गरिएको छ,। उक्त आगलागीबाट अन्दाजी ८० के.जी. (२ मन) बराबरको धानपराल जली क्षति भएको मानिस तथा ट्याक्टर क्षति नभएको प्रहरीले जानकारी गराएकोछ ।


काठमाण्डौ मंसिर १२ गते । रातो तारा डट कम,१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले आज दोस्रो खेल भारतसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा बंगलादेशलाई हराएर सेमिफाईनल नजिक पुगेको नेपाली महिला टिमको लागि आजको खेल निकै महत्वपूर्ण मानिएकोछ । भारतलाई हराउँदै नेपालले महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य राखेको
छ । 


काठमाण्डौ मंसिर १२ गते । रातो तारा डट कम,यही मंसिर १४ गते (पर्सि) हुने उपनिर्वाचनका लागि गएरातिदेखि मौन अवधी सुरु भएको छ । यो अवधिमा कुनै पनि राजनीतिक दलले प्रचारप्रसार र एकअर्काविरुद्ध आरोपप्रत्यारोप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा एकसय एक दलले भाग लिंदैछन् । 

प्रतिनिधी सभाको एक, प्रदेशसभाको तीन र स्थानीय तहका गरी ३७ जिल्लाको ५२ स्थानमा पर्सि उप निर्वाचन हुँदैछ । प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य ९५ र स्थानीय तहमा ७८ उम्मेद्वारले चुनावमा भाग लिएका छन् । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी खटिइसकेका छन् । 

उपनिर्वाचन हुने ३७ जिल्लाका दुईसय ४७ मतदानस्थल तथा पाँच सय ३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मी आवश्यक मतदान सामग्रीसहित मतदान केन्द्रमा पुगेका छन् । 




काठमाण्डौ मंसिर १२ गते । रातो तारा डट कम,योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अहिलेसम्ममा १० हजार चार सय सात वटा रोजगारदाता प्रतिष्ठान सूचीकृत भएका छन् । सूचीकृत प्रतिष्ठानले श्रमिकको रकम कोषमा नियमित रूपमा जम्मा गर्न बाँकी छ । केषमा एक लाख १५ हजार एक सय ९८ जना श्रमिक सहभागी भएका छन् । रोजगारदाता र श्रमिकको योगदानबाट कोषमा १७ करोड ४८ लाख रुपैयाँ संकलन भइसकेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्ष मंसिर ११ गतेदेखि कोष सञ्चालनमा ल्याएको हो । कोषमा योगदान गरेका दुई श्रमिकका परिवारले वृद्धावस्था सुरक्षा योजना अन्तरगत आजिवन निवृत्तभरण पाउने थालेका छन् । सडक दुर्घटनामा मृत्यु भएका क्लोजर सिस्टम इन्टरनेसनल मकवानपुरमा कार्यरत इन्जिनियर रूपेन्द्र थापा र कैरोश क्याफे ललितपुरमा कार्यरत प्रकाश तामाङको आश्रित परिवारलाई आजीवन निवृत्तभरण दिने निर्णय भएको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिनुभयो । 

थापाको परिवारले मासिक १७ हजार एक सय रुपैयाँ र तामाङको परिवारले मासिक १० हजार दुई सय रुपैयाँ पेन्सन पाउन थालेका छन् । कोषमा थापाका नाममा १२ हजार रुपैयाँ र तामाङका नाममा आठ हजार रुपैयाँ जम्मा भएको थियो । उनीहरूको परिवारलाई आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत प्रतिपरिवार २५ हजार रुपैयाँ काजकिरिया खर्चसमेत दिइएको छ । कोषका अनुसार आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम निजको आश्रितलाई मासिक पेन्सनका रूपमा प्रदान गर्ने व्यवस्थाछ ।

आधारभूत तलबअनुसार नै यो सुविधा दिइने भएकाले आश्रित परिवारले प्राप्त गर्ने रकम फरक पर्ने जानकारी कार्यकारी निर्देशक ज्ञवालीले बताउनुभयो । औद्योगिक वातावरण बनाउन भन्दै रोजगारदाता, सरकार र ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिमा ल्याइएको सामाजिक सुरक्षा कोषमा सहभागी हुन रोजगारदाता भने अनिच्छुक देखिएको ट्रेड युनियनको दाबी छ । अपेक्षाकृत प्रतिष्ठान सहभागी नभएपछि कोषले रोजगारदातालाई सूचीकृत हुन मंसिर १४ सम्म पुनः समय दिएको छ ।

कोषमा श्रमिकका तर्फबाट न्यूनतम पारिश्रमिकको ११ र रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम जम्मा गर्नुपर्छ । कोषले तत्कालका लागि योगदानकर्ता श्रमिकलाई औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाजस्ता सुविधा उपलब्ध गराउन थालेको छ । कोषले योगदानकर्तालाई एक करोड रुपैयाँसम्मको सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । कोषले योगदानकर्तालाई सामाजिक, शैक्षिक र घर कर्जा दिने प्रस्ताव गरेको छ ।

योगदानकर्ताले प्राप्त गर्ने लाभका लागि वर्षौं पर्खनुपर्ने र बीचमा रकम निकाल्न नपाइने हो कि भन्ने आशंका अन्त्य गर्न कोषले छिट्टै सामाजिक, शैक्षिक र घर कर्जा दिने तयारी गरेको छ । यसबाट कोषप्रति आकर्षण बढ्ने विश्वास कोषको छ । कोषको लगानी नीतिसम्बन्धी कार्यविधि सञ्चालक समितिले पारित गरी स्वीकृतिका लागि श्रम मन्त्रालयमा पनि पठाइएको छ ।




काठमाण्डौ मंसिर १२ गते । रातो तारा डट कम,शनिबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोछ । निर्वाचनज आयोगका अनुसार उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको छ । यस्तै मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत कर्मचारी खटिइसकेका छन् ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरू सहित साँझसम्म मतदान केन्द्रमा पुगिसक्ने छन् । यसैबीच, उप निर्वाचनका लागि आज रातिदेखि मौन अवधी सुरु हुँदैछ ।

उपनिर्वाचनमा १ सय १ दलले भाग लिंदैछन् । प्रतिनिधी सभाको एक, प्रदेशसभाको तीन र स्थानीय तहका गरी ३७ जिल्लाको ५२ स्थानमा १४ मंसिरमा उप निर्वाचन हुँदैछ । प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य ९५ र स्थानीय तहमा ७८ उम्मेद्वारले चुनावमा भाग लिएका छन् ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या चार लाख ५४ हजार १ सय १४ छ । मतदानका लागि दुई सय ४७ मतदान स्थल र पाँच सय ३७ मतदान केन्द्र तोकिएको छ ।

विराटनगर मंसिर ११ गते । रातो तारा डट कम,प्रदेस न १ मा एकवर्षमा १५ हजार ७ सय ३५ जना श्रमिक सामाजिक सुुरक्षाकोषमा दर्ता भएका छन । प्रदेस न १ मा १० हजार ४ सय ७७ उधोगतथा संघसंस्थामा १ लाख १५ हजार ६ सय श्रमिक रहेका छन ।

त्यसमध्ये हाल सम्म १५ हजार ७ सय ३५ श्रामिकले मात्र सामाजिक सुरक्षा कोषमा  रकम जम्मा गर्ने गरेका छन । सामाजिक सुरक्षा कोषले विराटनगरमा  आज आयोजना गरेको कार्यक्रमा कोषकी उप निर्देशक जमुुना नेपालले कोषमा जम्मा भएको रकम श्रमिकको हितकालागी भएकाले निर्धक भएर कोषमा सहभागि हुुन  उधोगी तथा श्रमिकहरुलाई आग्रह गर्नुुभयो । प्रदेस १ मा रहेको उधोग तथा संघ संस्थामध्ये अहिले सम्म १७ सय ६ वटामात्र दर्तामा छन ।

मंसिर १४ गते समाजिक सुुरक्षाकोषको म्याद सकिदै छ । एकवर्ष अघि स्थापना भएको सो काषमा मुुलुुक भरिमा १ लाख १५ हजार ६ सय ६ जना श्रामिकले १८ करोड १३ लाख २ हजार ७ सय रकम जम्मा गरेको उप निर्देशक नेपालको भनाई छ ।  कार्यक्रमा वोल्दै सामाजिक विकास मंत्रालयका सचिव विरवहादुुर राइले जनतालाई परिवर्तनको अनुुभुुतिहुुने गरि काम गर्नुुपर्नेमा जोड दिनुुभयो ।

कार्यक्रमा उधोग संगठन मोरङका उपाध्यक्ष राकेश सुुुराना मोरङ व्यापारसंघका उपाध्यक्ष विकास वेगवानी तथा ट्रेड युुनियन कर्मी किशोर धमलाले कोषको प्रभाकारीतमा जोड दिनुुभयो ।


बिराटनगर मंसिर ११ गते । रातो तारा डट कम, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा कृषि व्यवसाय को प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमाअन्तारक्रिया कार्यक्रम गरियो । 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष श्री नरेन्द्रकुमार खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृषि क्षेत्रमा बढी सम्भावना बोकेको प्रदेश नं. १ मा कस्ता किसिमका योजनाहरु आउँदा कृषकको उत्थान हुनुका साथै कृषि व्यवसाय प्रवद्र्धन हुने र कृषिजन्य वस्तु निर्यात गर्न सकिने उल्लेख गर्दै चिया, अदुवा, सुपाडी, माछा, मह लगायतका कृषि वस्तुको उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु गर्ने बताउनु भयो । साथै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले लगानीका संभावित क्षेत्रका विषयमा अध्ययन गरिरहेको र सो अध्ययन प्रतिवेदन तयार गर्ने जानकारी गराउनुभयो ।

त्यसै गरी आर्थिक मामीला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेलले कृषि उपजमा भेल्यु एयाड गर्नुपर्ने तथा सबैले स्वदेशी उत्पादनको खपत गर्नु पर्नेमा जोड दिनुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य श्री अविनाश बोहराले कृषि अनुदानको दुरुपयोग भई रहेको अवस्था देखिएको हुँदा किसान परिचय कार्ड मार्फत अनुदान वितरण गरिनुपर्ने कुरा उल्लेख गर्दै प्रदेश नं. १ मा कृषिको प्रशस्त संभावना रहेको तर यथेष्ट नीति नियमका कारण कृषिजन्य वस्तुहरुको सोचे अनुसार निर्यात हुन नसकिरहेको अवस्थामा यसको प्रवर्धनका लागि सरकारले यसमा आवश्यक सुधार गरी कृषिलाई औद्योगीकरण गर्नु पर्ने र प्रत्येक जिल्लामा शीतगृह निर्माण गरिनु पर्ने कुरामा विशेष जोड दिनु भएको थियो । 
उपस्थित सहभागीहरुले माछामा पोखरी बनाउन मात्र नभएर पहिलो तीन वर्षसम्म कृषिकलाई प्राविधिक तालिम तथा आर्थिक सहयोग दिइनु पर्ने, रुग्ण अवस्थामा रहेको कृषि व्यवसायको विकासको लागी खाली रहेका पहाडी भुभागहरुमा चिया, अलैंची, अदुवा खेतीको बृद्धि गरिनुपर्ने, बजारमा विक्रि नभएका किसानका कृषि उपजहरु सरकारले समर्थन मूल्यमा लिने व्यवस्था हुनुपर्ने, स्वदेशी बीउविजनको संरक्षण र बीउ उत्पादनमा जोड दिनुपर्ने जस्ता प्रतिक्रिया आएका थिए । साथै प्रदेश नं. १, कृषिमा लगानीका संभावित क्षेत्र भएकोले यसमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले सम्भावित निकायमा पहलको लागी अगाडी बढ्न सुझाव दिएका थिए ।
विभिन्न जिल्लाका ६० जना कृषि व्यवसायहरु, जिल्ला÷नगर उद्योग वाणिज्य संघ, विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । समापन मन्तव्यका साथ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का कोषाध्यक्ष श्री रमेश राठीद्वारा कार्यक्रमको समापन गरिएको थियो । 

  
काठमाण्डौ मंसिर ११ गते । रातो तारा डट कम,अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलका लागि छुटेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउसो लु २ ख २१४८ नम्बरको बस सन्धिखर्कबाट बुटवल तर्फ जाँदै गर्दा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा दुर्घटनामा परेको हो । बस सडकबाट करिब तीन सय मिटर तल खसेकोले उद्धार कठिनाइ भइरहको प्रहरीले जनाएको छ । घुम्तीबाट खसेर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने थाहा नभएको प्रहरीले बताएको छ ।


फायल फोटो,
श्याम राई गाइघाट मंसीर ११ गते । रातो तारा डट कम,उदयपुर र खोटाङ्गको फोक्सीन्टार स्थित सुनकोसीमा पक्की पुल निमार्णमा ढिलाइ हुदा सरकारले वर्षेनी बेलीव्रीज जडानमा लाखौ रुपैया अनावश्यक रुपमा खर्च गर्दै आएको छ । बेलिव्रीज जडान गरीने स्थल देखी झन्डै २० मिटर दक्षिण तर्फ पक्की पुल निर्माणको लागि गत चैत २० गते म्याद सकिदा ठेकेदारले २५ प्रतिशतमात्र काम गरेको छ ।

उक्त पुलको ठेक्का२०७१ सालमा लागेको थियो । गोरा पार्वती÷बाहजी जेभी निर्माण कम्पनीले १ करोड ६० लाख रुपैयामा ठेक्का संझौता गरेर समयमा काम शुरु नगर्दा पुल निर्माणको काम अलपत्र परेको हो । निर्धारीत समयमा सुनकोशीमा पुल नवन्दा गाइघाट दिक्तेल सडक योजनाकार्यलयले बर्षेनी बेिलव्रीज लगाउन ठेक्का लगाउदै आएको छ ।

सडक कार्यालयले अहिले सम्म ६ पटक बेलिव्रीज ठेक्का मार्फत लगाइ सकेको छ । यो वर्ष पनिा उक्त कार्यालयले झण्डै ६० लाख रुपैयामा बेलिव्रीज लगाउन ठेक्का लगाएको छ ।केही दिन अघि प्रतिस्पर्धा बाट रेग्मी सुगम अदित्य निमार्ण सेवाले काम लिएर बेलीव्रीज जडानको काम शु? गरेको योजना प्रमुख पशुपती ज्ञवालीले बताए । उनले साता भित्रै वेलीव्रीज जडानको काम सक्ने गरी धमाधम काम भैरहेको बताए ।


पक्की पुल बनेको भए बर्षेनी बेलिव्रीज जडानमा लाखौ रुपैया खर्च गरी राख्नु पर्ने थिएन । उनले भने । तर दुइ जिल्लामा सिधा यातायात सेवाको लागी बेलीव्रीज लगाउनु परेको बताए । पुल नबन्दा सडक कार्यलयले वर्षनी सुनकोसीमा वेलीव्रीज जडान गर्दै आएकोछ । कोशीमा हिउदमा पानी कम हुने हुदा त्यस वेला बेलीव्रीज जडान गरीने र वर्षामा निकाल्नु पर्ने बाध्यता छ । वर्षाको वेला कोशीको भेलले बेलीव्रीज वगाउने हुदा हरेक वर्ष वैशाख ÷जेष्ठमा निकाल्ने गरीन्छ ।

यसरी वर्षेनी जडान गर्दै निकाक्ल्दै गर्दा सरकार लाइ ठूलो आर्थिक् भार पर्नेक गरेको सडकका प्राविधिकहरु बताउछन् । ‘एक पटक जडान गरी निकाक्ल्नु पर्दा वर्षेनी करोड रुपैया खर्च हुन्छ सडकका डिइ ज्ञवालीले भने । ‘अहिले सम्म पाच पटक बेलीव्रीज जडान भैसकेको छ । यो पटक जडान हुदा ६ पटक हुन्छ उनले भने । अव कति वर्ष सम्म बेलीव्रीज जडान गर्दै खोल्नु पर्ने हो ?’ उनले भने । ‘पुल निर्माणको कामले अझै गती लिएके छैन । काम गरी सिक्ने म्याद समेत सकीक्एके छ ।

अव वर्षेनी कोसीमा वेलीव्रीज लगाउनुको कुनै विकल्प छैन ।’ डिइ ज्ञवालीले भने । निर्धारित समयमा सुनकोसीमा पुल नबन्दा वर्षेनी करोड खर्च गरेर बेलीव्रीज लगाउनु पर्ने बाध्यता रहेको उनले बताए । अहिले कोसीमा बेलीव्रीज नहुदा ८ महिनादेखी खोटाङ्ग सग उदयपुरको सीधा यातायात सेवा अव?द्ध बनेको छ । दूवै जिल्लामा सीधा यातायात सेवा संचालन नहुदा यात्रुहरु मारमा पर्दै आइरहेका छन् भने ढुवानी असहजताले खोटाङ्गमा दैनिक उपभोग्य सामग्रीहरुको मूल्य पनि आकासीएको छ ।


उदयपुर,मंसिर-११ गते । रातो तारा डट कम,उदयपुर त्रियुगा नगरपालिका-६ स्थितबाट २१ बर्षीय राम कुमार सदा लागुऔषध गाँजा सहित पक्राउ परेका छन । आज दिउसो साढे १ बजे प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटिएको प्रहरी टोलीले कटारीबाट गाईघाट तर्फ आउदै गरेको ना ४ ख ५८२४ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार कटारी-५ बस्ने राम कुमार सदालाई २०० ग्राम लागुऔषध गाँजा सहित  नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।


काठमाण्डौ मंसिर ११ गते । रातो तारा डट कम,पाँचखालमा म्याद गुज्रेका ८ हजार ५ सय केजी (१ सय ७० बोरा) मैदा नष्ट गरिएको छ । पाँचखाल नगरपालिका वडा नम्बर ४ तामाघाट समाजकल्याण चोकमा रहेको राजाराम श्रेष्ठले सञ्चालन गर्दै आएको माँ पलाञ्चोक भगवती धन्द्रे भिमसेन बेकरी उद्योगमा रहेको म्याद गुज्रेका उक्त परिमाणको मैदा हिजो खाल्डो खनेर पुरिएको हो । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हुँमागाईको नेतृत्वमा रहेको टोली सहित घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय काभ्रे, पाँचखाल नगरपालिका प्रतिनिधि र पाँखाल उद्योग वाणिज्य संघको संयुक्त टोलीले गत कात्तिक ६ गते गरिएको बजार अनुगमनको क्रममा उद्योगको गोदाममा म्याद नाघेको मैदा प्रयोग गरेको पाईएपछि शिल गरिएकोथियो । उत्पादन भएको मितिले ४५ दिन भित्रमा प्रयोग गर्नुपर्नेमा बेकरी उद्योगमा दूई महिना भन्दा बढी समय नाघेको १ सय ७० बोरा मैदा भेटिएको थियो ।



काठमाण्डौ मंसिर ११ गते । रातो तारा डट कम,विवाहपञ्ची महोत्सव सरु भएको छ । मंसिर १६ गतेसम्म चल्ने विवाहपञ्चमीको पहिलोदिन आज फुलबारी लिला मनाइँदै छ । बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाई नगर घुमाउने र स्वागत गर्ने गरिन्छ । आज अपराहन्न ४ बजे राम र लक्ष्मणलाई जानकी मन्दिर प्राङ्गणबाट नगरदर्शन प्रारम्भ गरि नगर परिक्रमा गराउने कार्यक्रम रहेको जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले बताउनुभयो । नगर दर्शन पुनः जानकी मन्दिर पुगेर समापन हुने उहाँले जानकारी दिनुभयो । मंसिर १२ गते धनुष यज्ञ, मंसिर १३ गते तिल्कोत्सव, मंसिर १४ गते राम र जानकीको मटकोर र १५ गते विवाहपञ्चमीको मुल दिन रहेको छ । यस्तै मंसिर १६ गते रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने सह महन्त बैष्णवले बताउनुभएको छ । त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सप्तहव्यापी रुपमा धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । 








  
काठमाण्डौ मंसिर ११ गते । रातो तारा डट कम,नारायणहिटी दरवार संग्रहालयको संचालन–व्यवस्थापन अब विकास समिति मार्फत हुने भएको छ । सरकारले नारायणहिटी दरवार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समिति (गठन) आदेश २०७६ जारी गर्दै यस्तो प्रावधान ल्याएको हो ।  विकास समितिको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले गर्ने भएका छन् । समितिमा अर्थ र गृह मन्त्रालयका सहसचिव सदस्यका रुपमा तोकिएका छन् । पुरातत्व विभागका महानिर्देशकसमेत सदस्य रहने गरी संगठन संरचना बनाइएको छ । सदस्य सचिवको जिम्मेवारी भने कार्यकारी निर्देशकले निर्वाह गर्ने छन् । कार्यकारी निर्देशक सरकारले नियुक्त गर्ने छ । निर्देशकको कार्याकाल ४ वर्ष रहने गरी गठन आदेश जारी भएको छ । नारायणहिटी दरवार र गणतन्त्र स्मारक दुबै संरचनालाई अब एउटै विकास समितिले व्यवस्थापन गर्ने छ । 




काठमाण्डौ मंसिर १० गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीको एपेडिक्सको शल्यक्रिया गरिएको छ । पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली आज विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुग्नुभएको थियो । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि शल्यक्रिया गरिएको हो । अहिले सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट) मा रहनुभएका प्रधानमन्त्री ओली चिकित्सकहरुको निरन्तर निगरानीमा रहनुभएको छ । उहाँको अवस्था स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशन प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले विज्ञप्ति निकालेर जानकारी गराउनुभएको छ । उहाँको त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको थियो । 


झापा । रातो तारा डट कम,एसियाकै नमूना अत्याधुनिक फन पार्क बन्दै झापाको दमकमा झापा जिल्लामा दक्षिण एसियाकै सबैभन्दा अत्याधुनिक फन पार्क बन्ने भएको छ । यो फन पार्क विश्व चर्चित डिज्ने पार्क जस्तो हुनेछ ।  दमक नगरपालिकामा १६ अर्ब रुपैयाँ लागतमा पार्क बनाइन लागेको जानकारी पार्कका लगानीकर्ता मध्येका एक अजेयराज सुमार्गीले दिनुभएको हो ।

चर्चित् उद्योगी तथा व्यवसायी सुमार्गीका अनुसार दमकको वडा नम्बर ८ बालुवाटारमा १२२ बिगाहा क्षेत्रफलमा फन पार्क बन्नेछ ।   पार्क निर्माण गर्ने समूहमा व्यवसायी सुमार्गीका साथै दमकका स्थानीय प्रतिष्ठित नेताहरु हुनुहुन्छ । दमकका अग्रज नेताहरु गगन पुरी, प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव इन्द्र भण्डारी, नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल, प्रदेशका कानुन मन्त्री हिक्मत कार्की, नेकपाका युवा नेता गणेश बस्नेत लगायतको लगानीमा पार्क बन्न लागेको हो ।

 नेताहरुले भने पार्कमा रकम लगानी नगरेर आफ्नो तथा आफन्तको नाममा रहेको जग्गा दिएर लगानी गर्न लाग्नुभएको हो ।    ‘यो पार्क अढाई वर्षमा बनिसक्नेछ’– व्यवसायी सुमार्गीले भन्नुभयो । उहाँका अनुसार पार्क निर्माणमा प्रदेश सरकारले पनि निश्चित प्रतिशत रकम लगानी गर्नेछ ।

 पिपिपी मोडलमा सरकारी र निजी लगानीमा बन्न लागेको यो पहिलो फन पार्क हो । यो पार्क निर्माणले नेपालमा पिपिपी मोडलको सफल र उदाहरणीय काम हुने सुमार्गीले बताउनुभयो ।  ‘विश्व चर्चित् डिज्नेल्याण्डकै स्वरुपमा यो पार्क बन्नेछ । पार्क अवलोकनका लाग...


काठमाण्डौ मंसिर १० गते । रातो तारा डट कम,नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत २६ खेलको मस्कट तयार भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले कृष्णसारको आकृतिमा २६ खेलको मस्कट तयार गरेको हो । मंसिर १५ देखि २४ सम्म हुने सागमा २७ खेल राखिएपनि अन्तिम समयमा प्याराग्लाइडिङ झिकिएको थियो । सहभागी राष्ट्र नपुग्दा प्याराग्लाइडिङ सागमा समावेश नगरिएकोहो । सागमा तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, कराँते र गल्फ समावेश गरिएको छ ।


काठमाण्डौ मंसिर १० गते । रातो तारा डट कम,उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालयको कामलाई युद्धकै मोर्चाको रुपमा लिएको बताउनुभएकोछ । पाँचौं उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले उद्योगीका समस्या गम्भीरतापूर्वक लिने र अध्ययन गर्ने भन्दै अहिले बोल्ने बेला भन्दा पनि गरेर देखाउने समय भएको बताउनुभयो । मन्त्री भट्टले उद्योगीले आफ्नो समस्या लिएर मन्त्रालय धाउनु नपर्ने भन्दै समस्या बुझ्न आफैं जाने उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रको सफलताको लागि आफूले सबैखालको पहल गर्ने बताउनुभएको छ । राज्यमन्त्रीको रुपमा आफू असफल भए समग्र निजी क्षेत्र असफल हुने भन्दै उहाँले स्थापना भएका कुनै पनि नेपाली उद्योगमा ताला लाग्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।









काठमाण्डौ मंसिर १० गते । रातो तारा डट कम,उपप्रधान, कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले हिजोबाट पदभार सम्हाल्नुभएकोछ । कानुन मन्त्रालयमा पदबहाली गर्दै मन्त्री यादवले संविधान संशोधन, कानुन निर्माण र विधिसँग सरोकार राख्ने ठाउँमा आफू आइपुगेको बताउनुभयो । 

मन्त्रालय हेरफेर गर्ने अधिकार प्रधानमन्त्री केपी ओलीलाई रहेको बताउँदै, उहाँले आफूसँग सत्तारुढ दल नेकपाका दुई जना अध्यक्षले गरेको सहमति कार्यान्वयनको चरणमा पुगेको उल्लेख गर्नुभयो । बुधबार प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिमण्डल पुनर्गठनप्रति असन्तुष्ट समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका यादवले पार्टीले तत्कालै सरकार छाडि हाल्ने विषयमा निर्णय नगरेको पनि प्रस्ट पार्नुभयो ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका यादव अब कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुनेछ ।



MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.