Websoft University

उपनिर्वाचन – आज देखि मौन अवधी सुरु


काठमाण्डौ मंसिर १२ गते । रातो तारा डट कम,यही मंसिर १४ गते (पर्सि) हुने उपनिर्वाचनका लागि गएरातिदेखि मौन अवधी सुरु भएको छ । यो अवधिमा कुनै पनि राजनीतिक दलले प्रचारप्रसार र एकअर्काविरुद्ध आरोपप्रत्यारोप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा एकसय एक दलले भाग लिंदैछन् । 

प्रतिनिधी सभाको एक, प्रदेशसभाको तीन र स्थानीय तहका गरी ३७ जिल्लाको ५२ स्थानमा पर्सि उप निर्वाचन हुँदैछ । प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य ९५ र स्थानीय तहमा ७८ उम्मेद्वारले चुनावमा भाग लिएका छन् । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी खटिइसकेका छन् । 

उपनिर्वाचन हुने ३७ जिल्लाका दुईसय ४७ मतदानस्थल तथा पाँच सय ३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मी आवश्यक मतदान सामग्रीसहित मतदान केन्द्रमा पुगेका छन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.