Websoft University
January 2022

सुनसरी । रातो तारा डट कम,नेपाली कांग्रेसका युवा नेता, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य तथा चौँधौ महाधिवेशनका निर्वाचित प्रतिनिधि समेत रहेका डा. अबुल हुसैन अन्सारीले सुनसरीको विभिन्न पालिकाहरुमा निःशुल्क औषधी हस्तान्तरण गर्नु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकालाई निःशुल्क सिटामोल हस्तान्तरण गरेका हुन् ।

काठमाण्डौंमा गत बुधबारदेखि अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. को आयोजनामा निःशुल्क औषधी वितरण कार्यक्रमलाई निरन्तरता दिदै गृह जिल्ला सुनसरीमा सो पालिकाहरुलाई पनि निःशुल्क पारासिटामोल ट्याबलेट हस्तान्तरण गरेका हुन् ।

इनरुवा नगरपालिकालाई ७ हजार सिटामोल ट्याबलेट, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका र कोशी गाउँपालिकालाई ३५ सयको परिमाणमा निःशुल्क सिटामोल वितरण गरेको अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. का प्रतिनिधि तथा बरिस्ठ पत्रकार समेत रहेका ताविल अन्सारीले जानकारी दिए ।

निःशुल्क सिटामोल हस्तान्तरण गर्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले कोभिड–१९ महामारीको बेला र देशमा सिटामोल अभाव भएको बेलामा राहत स्वरुप समाज सेवा गर्ने भावनाले सिटामोल उपलब्ध गराएकोमा आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए । अध्यक्ष अन्सारीले भने,’ यो ट्याबलेटले मानवलाई कोरोनाको कहरबाट ठुलो राहत मिल्छ । देशभर अभाव भएको बेला यसरी सहजै निःशुल्क रुपमा उपलब्ध गराएको छ । हरिनगर बासीलाई उपचारमा सहयोग पुग्छ,’ उनले भने ।

निःशुल्क सिटामोल हस्तान्तरण गर्दै भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले कोभिड–१९ महामारीको बेला र सिटामोल अभाव भएको समयमा भोक्राहा नरसिंह गाउँपालिकाको जनताको हकहित र सेवा गर्ने उद्देश्यको साथ सिटामोल उपलब्ध गरिदिएकामा युवा नेता अन्सारीलाई धन्यवाद दिएका थिए ।

यसैगरी निःशुल्क सिटामोल हस्तान्तरण गर्दै कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले अभावको बेला निःशुल्क सिटामोल उपलब्ध गराइएकोमा धन्यवाद दिएका थिए । उनले भने,’ नेपाली कांग्रेसका युवा नेता तथा अयान हेल्थ केयर प्रालिका अध्यक्ष डाक्टर अबुल हुसैन अन्सारी धन्यवादका पात्र हुन् । उनले कोशीमा मात्रै हैन देशभर राम्रो काम गर्नुभएको छ । देशभर सिटामोल अभाव भएको बेलामा देशैभर उपलब्ध गराउदै हुनुहुन्छ । त्यस कारण धन्यवादको पात्रपनि हुन् । उनले थपे,’ यो सिटामोलले अतिनै महत्त्व राख्छ । यदि मुलुक भरमा यो उपलब्ध गराएको सिटामेल खाएर एकजना पनि बाच्छ भने त्यसको रिटर्निङ आउछ । त्यस कारण यस गाउँपालिकालाई ३५ सय सिटामोल उपलब्ध गराउनु भएकोले गाउँपालिकाको तर्फबाट धन्यवाद तथा आभार प्रकट गर्दछु,’ उनले भने ।

यस्तै बराहक्षेत्र नगरपालिकाका लेखा अधिकृत बिरेन्द्र यादवले बराहक्षेत्र नगरबासीलाई सिटामोलको अभाव नहोस् भन्ने उद्देश्यले सिटामोल उपलब्ध गराएकोले यस्तो कार्यको प्रसंशा गर्दै सो हेल्थ केयरका अध्यक्ष तथा युवा नेता अबुल हुसैन अन्सारी तथा उपस्थित सम्पुर्ण प्रतिनिधिलाई धन्यवाद दिएका थिए ।

इनरुवा नगरपालिकाका स्वास्थ्य प्रमुख निखिल पोखरेलले इनरुवा क्षेत्रमा कोभिड–१९ संक्रमण भएका व्यक्तिलाई सिटामोलले उपचारमा सहयोग पुग्ने बताउदै अयान हेल्थ केयर र अनमोल हेल्थ कम्पनीको प्रगतिको कामना गर्दै अन्सारीलाई धन्यवाद व्यक्त गरेका थिए ।

निःशुल्क सिटामोल हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका नेता हाजी इसराईल मन्सुरी, भोक्राहा नरसिंह गाउँपालिका–४ का अध्यक्ष हारुन अन्सारी, अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. का प्रतिनिधि ताविल अन्सारी, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ‘ख’ का सचिब नईम अन्सारी, नेपाली कांग्रेस सुनसरीका युवा नेता आरिफ हुसैन, पत्रकार टोमराज मेहता, अजमल अन्सारीलगायतको नेतृत्वमा हस्तान्तरण गरेको थियो ।

नेता अन्सारी हाल काठमाडौंमा बसोबास गर्दै आएको र जिल्लामा सिटामोलको अभाव रहेको खबर पाएपछि राजनीतिकमा सक्रिय तथा ओैषधी व्यवसायी समेत रहेका सुनसरीको भोक्राहा नरसिंह–४ स्थायी घर भएका अन्सारीले गृह जिल्लाका सो पालिकाहरुलाई २१ हजार ट्याबलेट सिटामोल हस्तान्तरण गरेका हुन् ।

नेता अन्सारीले सुनसरीमा बाकी रहेका इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बर्जु गाउँपालिका, देवानगंज गाउँपालिका, गढी गाउँपालिका लगायतका अन्य पालिकाहरुको लागि पठाउने तयारी भइरहेको बताउदै पठाउन साथ हाम्रा सहकर्मी टिमले सो पालिकाहरुमा पनि हस्तान्तरण गर्ने बताउनुभयो ।

काठमाडौं स्थित औषधी व्यवस्था विभाग अगाडी गत बुधबारदेखि तीन जना डाक्टरको टिम राखेर सर्वसाधारणलाई निःशुल्क सेवा प्रदान गर्दै आएको , इच्छुक सर्वसाधारण जो कोही त्यहाँ गएर सामान्य चेकजाँच गराउन सक्ने र आवश्यकता अनुसार उनीहरुलाई सिटामोल उपलब्ध गराइ रहेको युवा नेता अन्सारीले बताउनुभयो ।

युवा नेता अन्सारीका अनुसार हाललाई पाँचलाख ट्याब्लेट पारासिटामोल वितरण गर्ने योजना रहेको छ । नेता अन्सारीले सर्वसाधारणहरुको चेकजाँच गरि समाजसेवा गर्ने भावनाले निःशुल्क औषधी वितरण गर्ने अभियान सुरु गरेको हो ।

देशमा पारासिटामोल अभाव भएको समाचार विभिन्न मिडियामा आएपछि नेता अन्सारीले निःशुल्क वितरण अभियान स्वरुप देशव्यापी सुरु गरेका छन् । उनले अभाव रहेको अन्य जिल्लामा पठाउने तयारी भइरहेको बताउनुभयो ।


झापा, माघ १७ गते । झापाको मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित मेचीनगर-११ का २३ बर्षीय सेवन उराउ पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुषध नियन्त्रण ब्युरो काँकरभिट्टाबा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका उराउलाई संका लागि चेकजाँच गर्दा निजको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उराउको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धानभईरहेको छ ।


विराटनगर, १७ माघ। रातो तारा डट कम, ब्याडमिन्टनका स्टार प्रिन्स दाहाललाई विराटनगर १२ मा रहेको बन्जरा एग्रोले वार्षिक १० लाख र विदेश जाने आउने २ वटा टिकट दिएर ब्राण्ड एम्बेस्डर बनाएको छ । 

बञ्जरा एग्रो प्रा.लि.को कार्यालयमै सोमबार आयोजित एक कार्यक्रमबीच जुनियर ब्याडमिन्टन वल्र्ड च्याम्पियन प्रिन्स दाहाल र एग्रोको तर्फबाट संचालक संजय चापागाईंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता भएसँगै अब प्रिन्स दाहालले खेल्ने जुनसुकै प्रतियोगितामा लगाउने टिसर्टको अगाडि दाहिनेपट्टिको छातिमा बञ्जरा एग्रोको लोगो हुनेछ । यस्तै बन्जरा एग्रोले उत्पादन गरेका कृषिजन्य वस्तुमा प्रिन्सको फोटो टाँसिने छ । 

सम्झौता गर्ने कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठ, ब्याडमिन्टनका अन्तराष्ट्रिय बरिष्ठ एम्पायर उदय अर्याल, ब्याडमिन्टन खेल नेपालका प्रमुख प्रशिक्षक सुदिप योञ्जन, प्रिन्सका मेनेजर तथा खेतान स्पोर्टस फाउन्डेसनका सिइओ विकास खेतान, अपि स्पोर्टस इभेन्ट म्यानेजमेन्ट कम्पनीका सिइओ कमलेश निरौलालगायतको उपस्थिति थियो । 

कार्यक्रममा बोल्दै राखेपको बोर्ड सदस्य सुवास श्रेष्ठले प्रिन्स दाहाललाई २०२४ हुने ओलम्पिकमा जसरी पनि सहभागी गराउने बताए । उनले अहिलेसम्म प्रिन्सले आफ्नै प्रयासमा इतिहास रचेको भन्दै खेलकुद परिषदको तर्फबाट उनलाई अबका अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउन सबै खालको सहयोग गर्ने बताए । यस्तै ब्याडमिन्टनका अन्तर्राष्ट्रिय उम्पायर अर्यालले कृषि क्षेत्रबाट खेलकुदको क्षेत्रमा भएको यो अत्यन्तै ठूलो सहयोग भन्दै बञ्जरा एग्रोलाई धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै बञ्जरा एग्रोका संचालक संजय चापागाईंले आफूहरुले खेल क्षेत्रमा र त्यसमा पनि ब्याडमिन्टनलाई नै रोज्नुको कारणबारे प्रष्ट पारेका थिए । कार्यक्रमको अवसरमा दाहाल र अर्याललाई बञ्जरा एग्रोले सम्मानसमेत गरेको थियो । 

बञ्जरा एग्रो विराटनगरकै गजेन्द्र शर्मा बञ्जरा तथा चापागाईंको संयुक्त लगानीमा विराटनगरमा स्थापना गरिएको कृषि फार्म हो । गजेन्द्र शर्मा हाल चीनको राजधानी बेइजिङमा बस्छन् । हालसम्म ८ करोडभन्दा बढी लगानी भएको एग्रोले पशुपालन, कृषि, दूध तथा दुग्धजन्य पदार्थको उत्पादनमा जोड दिने जनाएको छ । 

को हुन् प्रिन्स दाहाल ?

नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रच्ने नेपालका पहिलो खेलाडी हुन् दाहाल । विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरियतामा सिंगलतर्फ उनी पहिलो नम्बरमा छन् । ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरियताको शीर्ष स्थानमा पुगेको यो पहिलो हो । 

मान्यता प्राप्त प्रतियोगिताहरूको प्रदर्शनका आधारमा फेडेरेसनले हरेक साता जारी गर्ने विश्व वरीयता यसपल्ट एक वर्षपछि सार्वजनिक गरेको हो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नभएकाले नियमित वरीयता सार्वजनिक गर्न ढिला भएको थियो । अघिल्लो वर्ष प्रिन्स तेस्रो स्थानमा थिए । 

फेडेरेसनले गत पुसमा सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स १० हजार ४ सय अंकका साथ शीर्ष स्थानमा परेका हुन् । कोरोना महामारी सुरु भएयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका प्रिन्सको वरीयता अंक भने सुधार हुन सकेको छैन । 

विश्व ब्याडमिन्टन वा ब्याडमिन्टनको महादेशीय फेडेरेसनबाट मान्यता पाएका च्यालेन्ज कप र इन्टरनेसनल सिरिजमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण हुने गर्छ । पहिलो चरणबाटै बाहिरिएबाहेक हरेक चरणको निश्चित अंकका आधारमा प्रिन्सको १० हजार ४ सय अंक पुगेको हो । 

विश्व वरीयतामा शीर्ष स्थानमा पुगेसँगै प्रिन्सले यसलाई कायम राख्न सकेमा आसन्न जुनियर विश्व च्याम्पियनसिपमा आकर्षणको केन्द्र बन्नेछन् । यो प्रतियोगिता अघिल्लो वर्षको फेब्रुअरीमै आयोजना हुने तालिका भए पनि कोभिडका कारण स्थगित भएको छ ।



विराटनगर, १७ माघ । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण भएको छ । ९७४ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा ७, संखुवासभा र पाँचथरमा ३–३, इलाम र भोजपुरमा २–२, तेहृथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०७, बेलबारीमा १४, उर्लाबारीमा ८, पथरीशनिश्चरेमा ७, कटहरी र सुन्दरहरैचामा ६–६, जहदामा ४, बुढीगंगा र कानेपोखरीमा ३–३, रतुवामाई र मिक्लाजुङमा २–२, ग्रामथान, सुनबर्षी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १७, भद्रपुरमा १५, विर्तामोडमा १२, कनकाईमा ८, अर्जुनधारामा ७, गौरादहमा ६, मेचीनगरमा ५, शिवसताक्षी, हल्दिबारी,  कमल गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, बाहृदशीमा २, कचनकवलमा १, सुनसरीको धरानमा २९, इटहरीमा १६, दुहवीमा ४, बर्जुमा ३, इनरुवा र बराहक्षेत्रमा २–२, भोक्राहानरसिंह, रामधुनी, हरिनगर, गढी, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा २, छथरजोपाटीमा १, उदयपुरको उदयपुरगढी, त्रियुगा, कटारी, बेलका, चौदण्डीगढीमा १–१ र स्थानीय तह नखुलेका २, संखुवासभाको पाँचखपन, मकालु र खाँदबारीमा १–१, पाँचथरको कुम्मायक, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, भोजपुरको हतुवागढीमा २, तेहृथुमको छथर र खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८२ महिला र ४६३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र १ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ७१७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 






सुनसरी, माघ १७ गते । सुनसरीको धरान उप महानगरपालिका-१३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान-१९ का २६ बर्षीय जनम मगर, धरान-३ का २० बर्षीय सारङ खड्गी र २२ बर्षीय राजिव मगर रहेका छन । संघिय प्रहरी इकाई कार्यलय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजहरुबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।


विराटनगर माघ १७ गते । रातो तारा डट कम,उद्योग संगठन मोरङले बाह्रखरी मिडियासंगको सहकार्यमा प्रदेश स्तरिय आर्थिक सम्मेलनको आयोजना गर्ने भएको छ ।  बाह्रखरी मिडियाले हरेक बर्ष आयोजना गर्ने कर्पोरेट गल्फ अन्तरगत सरकार र नीजि क्षेत्रको सहभागितामा आयोजना गर्ने आर्थिक बहस यस बर्ष आगामी फागुन १३ र १४ का दिन पाथवेटु प्रोसपेरिटी प्रोभिन्स वान भन्ने थिममा प्रदेश नं १ स्तरिय आर्थिक सम्मेलनको आयोजनाका लागी उद्योग संगठन मोरङले सहकार्य गरेको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । 

हिजो १६ माघमा धरानमा पत्रकार सम्मेलनको आयोजना गरि गल्फसगै प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासको आगामी मार्गचित्र तयार गर्ने उद्देश्यले सरकार, नीजि क्षेत्र, प्राज्ञिक क्षेत्र एवं मिडिया क्षेत्रको सहभागितामा बिराटनगरमा आर्थिक सम्मेलनको आयोजनाका गर्न लागिएकोे जानकारी गराइएको हो ।  प्रदेशको राजनीतिक संरचना स्थापित भएपश्चात प्रदेश नं १ सरकारले समग्र प्रदेश नं १ को आर्थिक एवं सामाजिक विकासका लागी दिर्घकालिन सोच  “स्वच्छ, सुखी र समुन्नत प्रदेश” र “सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माण गर्ने” समष्टिगत लक्ष्य निर्धारण गरेको सन्दर्भमा यस सम्मेलनले प्रदेश सरकारको दिर्घकालिन सोचको र लक्ष्य प्राप्तीमा सघाउ पुग्ने विश्वास आयोजकको रहेको छ ।  सम्मेलनमा प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासका सम्भावनाहरु के के छन ? यस क्षेत्रको विकासका लागी हालसम्म के कस्ता प्रयासहरु भए ? कुन कुन क्षेत्रमा कस्ता नीति तथा कार्यक्रमहरु कार्यान्वयन गरिए ? र त्यस्ता नीति तथा कार्यक्रमहरुको उपादेयता कस्तोे रह्यो भन्ने बिषयमा बृहत छलफल गर्ने आगामी दिनमा अपनाउनु पर्ने नीति तथा कार्यक्रमहरुका बारेमा ठोस मुद्दा पहिल्याउने अपेक्षा आयोजकको रहेको छ ।  

पूर्व अर्थ सचिव एवं उद्योग संगठनका बिशिष्ठ सल्लाहकार रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने संघिय सरकारका अर्थमन्त्री, प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहने गरि तयारी भइरहेको सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यता रहने छ । प्रदेश नं १ भरिका आर्थिक बिषय बस्तुहरुको उठानका लागी ५ ठाँउमा राउण्ड टेबुल बैठकहरुको आयोजना गरिदैछ । १७ माघबाट धनकुटाबाट शुरु भएको राउण्ड टेबुल, इलाम, बिर्तामोड, गाईघाट र लुक्लामा आयोजना हुने छ । यसरी सबै क्षेत्रबाट प्राप्त सुझावहरुलाई समेत आधार बनाई कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ । प्रदेश नं १ का आर्थिक एजेण्डाहरु स्थापित गराउन सम्मेलन अगाडी १ महिनासम्म बाह्रखरीले रिपोटिङ गर्ने र सम्मेलन पश्चात उद्योग संगठन र  बाह्रखरी मिडियाले बर्ष भरि फलोअपका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । 






बिराटनगर माघ १७ गते । रातो तारा डट कम, मोरङको ग्रामथान गाउँपालिका १ खुनियाकट्टा र बुढीगङ्गा गाउँपालिका वडा नम्बर ५ का किसानले पालेका कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले बताएका छन । बर्डफ्लु देखिएका स्थानका १ हजार ६ सय ५० लेयर्स कुखुरा, ५० परेवा, ४ हजार २ सय अण्डा, ११ सय ५० के.जी दाना र ४ गोटा अण्डाको क्रेट नष्ट गरिएको छ । बर्डफ्लु रोग नियन्त्रण गर्न सबै किसानले सहयोग गर्न आग्रह प्रयोग शालाले गरेको छ । बर्डफ्लु फैलन नदिन सङ्घ, प्रदेश तथा स्थानीय तहको समन्वयमा विज्ञ टोली परिचालन गरिने बताइएको छ ।



बिराटनगर माघ १७ गते । रातो तारा डट कम,सरकारले सूचीकृत बाहेकका प्रयोगशालामा कोरोनाको आशङ्कामा जाँच भएको नमूनाको नतिजा विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउन सबैलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचीकृत किट प्रयोग गरी परीक्षण गरिएको पाइएकाले यस बारेमा जानकारी नगाउने सङ्घसंस्था, प्रयोगशालाहरु लाई विवरण पठाउन अनुरोध मन्त्रालयले गरेको छ । किटको प्रयोग गर्नेहरूले पनि सरकारलाई परीक्षणको नतिजाको बारेमा जानकारी गराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।  




विराटनगर, । रातो तारा डट कम,प्रदेश नं.१ सरकारको आज माघ १६ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०७७ लाई प्रदेश सभाबाट फिर्ता लिनेसहितका निर्णयहरू गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभएको छ ।

मन्त्री आङ्बोका अनुसार, बैठकले अघिल्लो सरकारको पालामा बजेट बनाउँदा एकमुष्ट रकमहरू साउन मसान्तसम्म सम्बन्धित मन्त्रालयले र असोज मसान्तसम्म आर्थिक मामिला तथा योजना मन्त्रालयबाट विनियोजन गरिसक्ने भन्ने व्यवस्था रहेकोमा सोसम्बन्धी बाधाअड्काउ फुकाउने निर्णय गरेको छ । यो निर्णयपछि सम्बन्धित मन्त्रालयले अनुरोध गरेको अवस्थामा आर्थिक मामिला तथा योजना मन्त्रालयले विनियोजित बजेट प्रदेश मन्त्रालयतगत बजेट सूचना प्रणाली(पीएलएमबीआईएस)मा चढाइ दिने मन्त्री आङ्बोले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयकै प्रस्तावमा नेपाल सरकारले चालू आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको भौतिक पूर्वाधारका सडक, पुल, शहरी विकास, खानेपानी, सिँचाइतर्फका आयोजनामा लाग्ने आठ अर्ब १५ करोड रकम संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रदेश विपद् व्यवस्थापन नीति, २०७८ लाई पारित गर्ने निर्णय गरेको छ । 

प्रदेश राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । उक्त कार्यदलमा विराटनगर, कटहरी, ग्रामथान, बूूढीगंगा, दुहवी, इटहरी र सुन्दरहरैंचा नगरपालिकाहरूका प्रमुखहरू सदस्य रहनुहुने छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव उक्त कार्यदलको सदस्य सचिव रहने मन्त्री आङ्बोले जानकारी दिनुभयो ।

बैठकले प्रदेश १ को नामकरणका सम्बन्धमा संसदभित्रका राजनीतिक दलहरू र आवश्यक सरोकारवालाहरू र जनप्रतिनिधिहरूसँग समन्वय गर्नका निम्ति सरकारका तर्फबाट सामाजिक विकास मन्त्री जयराम यादवलाई समन्वय र सहजीकरणका लागि जिम्मा दिएको छ ।



सुनसरी माघ १६ गते । रातो तारा डट कम, इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सृजना परिषद  गठन गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य,कला र संगीत क्षेत्रका ब्यक्तित्वहरुको भेलाले परिषद गठन गरेको हो । परिषदको सह संयोजकमा मणिराज गुरुङं, टीका आत्रेय,


सचिवमा बद्री भिखारी,सहसचिवमा बासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहनुभएको छ । सदस्यहरुमा रीता ताम्राकार,सुष्मा तिम्सिना,दुर्गा दाहाल,अभिशेख तिम्सिना,सोनु जयन्ती,दिनेश कोइराला,प्रकाश सुब्बा,हेमन्त गौतम र नविन न्यौपाने हुनुहुन्छ ।यसैगरी मोहन तुम्वाहांको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । उपप्रमुख लक्ष्मी गौतमले परिषदले इटहरीको कला,साहित्य र संगीतको विकासकालागि नगरपालिकालाई सुझाव तथा सल्लाह प्रदान गरि इटहरीको साहित्य संगीत र कला क्षेत्रका विकासमा महत्वपूर्ण कार्य गर्ने अपेक्षा गर्नुभयो ।

संयोजक कृष्णविनोद लम्सालले साहित्य र कलाका सम्पूर्ण विधालाई समेटेर

सवैपक्षको हित गर्ने कार्यविधि निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले गरेर इटहरी नगरका भाषा भाषी र

साहित्य कलालाई उन्नति प्रगति तर्फ उन्मुख गराउन परिषद अगाडि बढ्ने

वताउनुभयो ।सो भेलामा सल्लाहकार संयोजक मोहन तुम्माहां ,

साहित्यकार तथा अग्रज पत्रकार कृष्ण अधिकारी, संगीत साधना प्रतिष्ठानका

महासचिव राजु केसी , लोक गायक बालकृष्ण कार्की लगायतका साहित्यकार कलाकारले वोल्नुभयो ।





विराटनगर  माघ १६ गते ।  रातो तारा डट कम,ब्याडमिन्टनका स्टार प्रिन्स दाहाललाई विराटनगरमा स्वागत गरिएको छ । बन्जरा एग्रो प्रा.लि.को ब्राण्ड एम्बेस्डर बन्ने सम्झौतामा हस्ताक्षर गर्न दाहाल विराटनगर आएका हुन् । 


दाहाललाई बन्जरा एग्रोका संचालक संजय चापागाईले विराटनगर विमानस्थलमा स्वागत गरे । दाहालका साथमा उनका मेनेजर विकास खेतानलगायत थिए । लगत्तै दाहाललाई विराटनगरस्थित होटल रत्नाले पनि स्वागत गरेको थियो । दाहाल आज विराटनगरको होटल रत्नामै बस्ने कार्यक्रम छ । भोली १२ बजे बन्जरा एग्रोसँग सम्झौता गर्ने औपचारिक कार्यक्रम सकेर उनी काठमाडौं फर्कने बताइएको छ । 


को हुन् प्रिन्स दाहाल ?

नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रच्ने खेलाडी हुन् । विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगलतर्फ उनी पहिलो नम्बरमा परेका हुन् ।

ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरियताको शीर्ष स्थानमा पुगेको यो पहिलो हो । 

मान्यता प्राप्त प्रतियोगिताहरूको प्रदर्शनका आधारमा फेडेरेसनले हरेक साता जारी गर्ने विश्व वरीयता यसपल्ट एक वर्षपछि सार्वजनिक गरेको हो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नभएकाले नियमित वरीयता सार्वजनिक गर्न ढिला भएको थियो । अघिल्लो वर्ष प्रिन्स तेस्रो स्थानमा थिए । अगाडिका दुई खेलाडी उमेर हदका कारण वरीयताबाट बाहिरिएपछि उनी शीर्ष स्थानमा पुगेका हुन् ।

फेडेरेसनले गत पुसमा सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स १० हजार ४ सय अंकका साथ शीर्ष स्थानमा छन् । कोरोना महामारी सुरु भएयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका प्रिन्सको वरीयता अंक भने सुधार हुन सकेको छैन । विश्व ब्याडमिन्टन वा ब्याडमिन्टनको महादेशीय फेडेरेसनबाट मान्यता पाएका च्यालेन्ज कप र इन्टरनेसनल सिरिजमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण हुने गर्छ । पहिलो चरणबाटै बाहिरिएबाहेक हरेक चरणको निश्चित अंकका आधारमा प्रिन्सको १० हजार ४ सय अंक पुगेको हो । 

विश्व वरीयतामा शीर्ष स्थानमा पुगेसँगै प्रिन्सले यसलाई कायम राख्न सकेमा आसन्न जुनियर विश्व च्याम्पियनसिपमा आकर्षणको केन्द्र बन्नेछन् । यो प्रतियोगिता अघिल्लो वर्षको फेब्रुअरीमै आयोजना हुने तालिका भए पनि कोभिडका कारण स्थगित भएको छ ।

वरीयता प्रवेशपछि प्रिन्सको प्रदर्शन (आधिकारिक)

२०१९ अप्रिल, योनेक्स रोजा जुनियर इन्टरनेसनल सिरिज–राउन्ड ६४

२०१९ अप्रिल र मे, पेम्बानगुनान जय राय जुनियर ग्रान्ड प्रिम्स–राउन्ड ६४

२०१९ जुलाई, ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप–राउन्ड ३२

२०१९ अगस्टरसेप्टेम्बर,  इन्डिया जुनियर इन्टरनेसनल सिरिज–राउन्ड ३२

२०१९ सेप्टेम्बर, दुबई इन्टरनेसनल सिरिज–स्वर्ण

२०१९ सेप्टेम्बर, अन्नपूर्ण नेपाल इन्टरनेसनल सिरिज–सेमिफाइनल

२०१९ नोभेम्बर, योनेक्स सनराइज नेपाल इन्टरनेसनल च्यालेन्ज–राउन्ड ६४

२०१९ डिसेम्बर, योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिज– क्वार्टरफाइनल

२०२० जनवरी, प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेसनल सिरिज– फाइनल

२०२० फेब्रुअरी र मार्च, डच जुनियर इन्टरनेसनल सिरिज– प्रिक्वार्टरफाइनल

२०२० मार्च, जर्मन जुनियर इन्टरनेसनल सिरिज– क्वार्टरफाइनल



विराटनगर, १६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६२ जनामा कोरोना संक्रमण भएको छ । ६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा  मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा ३, इलाममा २, ताप्लेजुङ, तेहृथुम, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ६३, सुन्दरहरैचामा ८, बेलबारीमा ५, लेटाङ र बुढीगंगामा ४–४, उर्लाबारीमा ३, कानेपोखरी, सुनबर्षी, पथरीशनिश्चरे र रतुवामाईमा २–२, झापाको दमकमा १५, कनकाईमा १०, अर्जुनधारा र भद्रपुरमा ६–६, विर्तामोड र मेचीनगरमा ४–४, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, बा¥हदशीमा २, गौरादह र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २४, भोक्राहानरसिंहमा ४, हरिनगरमा ३, देवानगञ्ज र रामधुनीमा २–२, दुहवी, बर्जु, बराहक्षेत्र, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा ३, कटारीमा १, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको सिदिङ्वा, तेहृथुमको लालिगुराँस, धनकुटाको पाख्रिबास र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३६९ महिला र ३०९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार २ सय रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 






धरान । रातो तारा डट कम, बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।


आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरुको सफलता भएको बताए ।

उनले धरानमा आएर बाह्रखरीले गल्फ आयोजना गर्नु नै गौरवको कुरा भएको जानकारी गराउँदै भने,“उद्योग संगठनसँगै मिलेर जसरी इकोनोमिक समीट आयोजना गरिएको छ । त्यसले यो क्षेत्रकै लागि सहयोग पुग्नेछ । हामी सबैको मेहनतले गर्दा बाह्रखरीले हामीलाई विश्वास गर्नुभयो । उद्योग संगठनमा आर्थिक सम्मेलन गर्नेछौँ । हामीले प्रदेशभरका निजी क्षेत्रका मुद्दा उठान गर्नेछौँ । सोमबारदेखि राउन्ड टेबल आयोजना गर्नेछौँ । त्यसलाई लिपिबद्ध गरेर समीटमा प्रस्तुत गर्नेछौँ । सरकारले गफमात्रै नभएर नीतिमा सहयोग पुग्नेगरी अघि बढ्नेछौँ ।”

पूर्व अर्थसचिव रामेश्वर खनालले बाह्रखरीले यसपल्ट गल्फमात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताए । इकोनोमिक समीटमा कार्यपत्र प्रस्तुतीका सम्बन्धमा उनले जानकारी गराउँदै यस कार्यक्रमले अर्थतन्त्रको रुपान्तरणका लागि सहयोग पुगोस् भन्ने लागेको बताए ।

“आर्थिक गतिविधिमा सीमित व्यक्तिको नियन्त्रणमात्रै रहनुहुँदैन भन्ने लाग्छ,” खनालले भने, “बाह्रखरीले गरेका कार्यक्रमबाट निकालिएका निष्कर्षले नीति निर्माणमा सहयोग पुगोस् भनेर एक वर्ष बाह्रखरीले रिपोर्टिङ गर्ने प्रतिवद्धता पनिजनाएकोछ ।”

उनले अब राजनीतिबाट समृद्धि सम्भव नभएको बताए ।

“अब राजनीतिबाट समृद्धि सम्भव भएन । जसले जहाँ सक्छ त्यहाँ लाभ लिने प्रवृत्ति बढेको छ । यो समस्या निजी क्षेत्रमा पनि छ । धन संग्रह आफूले मात्रै गर्ने प्रवृत्ति देखिएको छ,” उनले भने, “त्यसले समष्टिगतरुपमा विकास हुँदो रहेनछ । अब गर्ने भनेको निजी क्षेत्रले नै हो । अबको समृद्धि युवा उद्यमशिलताबाटै हुने हो । यो उद्यमीको केन्द्र पनि हो । तर अब निष्ठावान पौरखी उद्यमी होस् लुटतन्त्रमा विश्वास नगरोस् । नवीन सोचमा आधारित भएर गर्ने हो भने सफलता प्राप्त गर्न सकिनेछ ।”

त्यसैगरी युवा व्यवसायी तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठले यस क्षेत्र उद्यमीको केन्द्र रहेको बताउँदै यो कार्यक्रम समृद्धिको इन्जिन भएको बताए ।

“यो समृद्धिको इन्जिन हो,” उनले भने, “प्रदेश एक धेरै अघिदेखि नै उद्यमीको लागि राम्रो ठाउँ हो । अहिले आयोजना गर्न लागिएको गल्फसँगै युवा उद्यमीका अभियान लिएर जसरी हिँड्न लागिएको छ । त्यसले ठूलो सहयोग पु¥याउनेछ ।”

व्यवसायी तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरेले बाह्रखरीले सगरमाथाको काखमा गल्फ गर्नु नै ठूलो सफलता भएको बताए ।

उनले धेरैलाई अनौठो लाग्ने काम गरेको भन्दै प्रशंसा व्यक्त गरे । 

“बाह्रखरीले सगरमाथाको काखमा गल्फ आयोजना गर्ने भन्दा हामीलाई अनौठो लागेको थियो । यो कार्यक्रम गर्नु नै ठूलो सफलता हो । एउटा न्युज मिडियाले आफ्नो कामबाहेक खेललाई आधार बनाएर एउटा प्रदेशको समृद्धिमा टेवा पु¥याउनका लागि गरेको सहयोगको जति प्रशंसा गरे पनि पुग्दैन,” उनले भने ।

उनले संकटको समयमा पनि आर्थिक समृद्धिका लागि बाह्रखरीले यस्तो कार्यक्रम गरेको भन्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए ।

उनले धेरै खेलाडीलाई यसअघि सहभागि गराउन नसक्दा दुई दिन आयोजना गरिएको बताए ।  

उनले ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागि गराउन समस्या हुने हुँदा दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको बताए ।

उनले विभिन्न विधामा पुरस्कार दिइने बताए । ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको जानकारी गराउँदै यसको आकर्षक भनेकै गोल्डेन बल पाउँछ । यो संसारमा कहिँ पनि राखेको पाइँदैन । त्यसका लागि बाह्रखरी मिडियालाई धन्यवाद दिन चाहन्छु । यसपल्ट धरानमा खेलाडीहरुले मनोरञ्जन पाउनुहुनेछ भन्ने लागेको छ ।

त्यसैगरी धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले बाह्रखरीले यस्तो राम्रो कार्यक्रम आयोजना गरेर यस क्षेत्रकै गरिमा बढाइदिने काम गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । 

“यो हाम्रो प्रदेशकै लागि राम्रो काम हो । धरान गल्फ क्लबको तर्फबाट स्वागत गर्न चाहन्छु । बाह्रखरी मिडियाले यस क्षेत्रलाई माया गरेर आउनुभएको हुँदा धेरै धेरै धन्यवाद दिन चाहन्छु,” उनले भने, “यो गल्फ कोर्स ब्रिटिशहरुले नै सुरु गरेका थिए । सन् १९९० तिर यहाँ छाडेर पोखरामा सिफ्ट भएकाले त्यसपछि हामीहरुले सञ्चालन गर्दै आएका छौँ ।”

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारितालाई नै बलियो बनाउन यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए  ।

उनले प्रदेश एकको समृद्धिमा जोड दिएर यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै भने, “हामीले प्रदेश एकको समृद्धिमा जोड दिएर यो कार्यक्रम गर्न लागेका हाँै । हामीले गल्फसँगै अन्य कार्यक्रम पनि आयोजना गरेका हौं । इटहरीमा योङ आन्टरप्रिनुअर्ससँग मिलेर कार्यक्रम आयोजना गर्दैछोँ भने विराटनगरमा उद्योग संगठन मोरङसँग मिलेर इकोनोमिक समीट आयोजना गरेका छौँ । हामीले यस प्रदेशका विभिन्न पाँच स्थानमा राउन्ड टेबल आयोजना गरेका छौँ । त्यो रिपोर्टाजपछि हामीले बाह्रखरी मिडियामा समाचार प्रकाशित गर्नेछौँ भने त्यसपछि कार्यक्रममा सहजीकरणका लागि सहज हुनेछ ।” 

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारको सहभागितामा कार्यक्रम गर्न लागिएको बताउँदै यस कार्यक्रम सफलताका लागि पत्रकारहरुको सहयोग आवश्यक रहेको बताए ।

“यो कार्यक्रमपछि बाह्रखरीले विश्वसनीयता प्राप्त गर्नेछ भन्ने विश्वास लिएका छौँ,” उनले भने, “पत्रकारिकता बलियो बनाउनका लागि पनि हामीले यो कार्यक्रम आयोजनागरेका हौँ । हामीलाई कार्यक्रम सफल बनाउन सहयोग गर्ने विज्ञापनदाताहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।”

कार्यक्रमको सञ्चालन बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले गरेका थिए । 






सुनसरी, २०७८ माघ १६ गते । सुनसरीको दुहबी नगरपालिका ५ दुहबी स्थितबाट लागुऔषध सहीत ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका-३ का २८ बर्षीय सूर्य घिमिर, २३ बर्षीय नवराज लिम्बु र ईटहरी १७ का २० बर्षीय बिमल के.सी. रहेका छन । हिजो बेलुका ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले कोशी राजमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको सार्वजनिक बस चेकिङ गर्ने क्रममा उनिहरुलाई लागुऔषध Spasmo Proxyvon ३२ ट्याब्लेट र Nitrogen ५० ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।


सामना भट्टराई,मोरङ। रातो तारा डट कम,मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -४ मा रहेको गोकर्ण रिसोर्टमा गछिया जेसीजको ८ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर भोलेश्वर दुलालको प्रमुख अतिथ्यतामा शनिबार पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम भएको हो।


गछिया जेसिज वर्ष २०२२ का लागि निर्वाचित मदन दाहालको अध्यक्ष लगाएतको टिमले सपथ तथा पदभार ग्रहण गरेका हुन् । वर्ष २०२१ का अध्यक्ष रबिन सिटौलाले २०२२ का अध्यक्ष मदन दाहाललाई पद हस्तान्तरण गर्नुभयो ।


जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर भोलेश्वर दुलालले सफल बन्नका लागि पहिला सपना देख्नुपर्ने र देखिएको सपना पूरा गर्न जरुरी रहेको बताउनु भयो। सामाजिक र ब्यबसायिक क्षेत्रमा सबैको प्रिय र नजिकमा रहेर काम गर्ने दुलालले सार्वजनिक शौचालय निर्माणको महान अभियानका लागि अब गोठगाउँ, गछिया र बलियामा निर्माण गर्ने बताउनुभयो । दुलालले गछिया जेसिजको हरेक कार्यमा आफु सकारात्मक रहने र सदैब सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। 

निबर्तमान अध्यक्ष रबिन सिटौलाले आफ्नो कार्यकालमा कोभीडका कारण अझै धेरै काम गर्न बाँकी रहेको बताउदै जेसीजका गतिविधिहरु जेसीजभित्र मात्रै नभएर आम युवाहरुलाई सरिक बनाउनुपर्ने खालका हुनुपर्नेमा जोड दिनुभयो।

आगामी कार्यकाल बर्ष २०२२ का लागि उपाध्यक्षमा पप्पु साह, सुमिना कटुवाल,संयोग ढकाल, निश्चल घिमिरे , निराजन धमला, अनिल सिग्देल, कानुनी सल्लाहाकार प्रदिप बिष्ट, कोषाध्यक्ष शान्तिराम श्रेष्ठ, महासचिब पुष्पा ढुंगेल, सचिब रोहित लिम्बू र जनसम्पर्क अधिकारीमा भूपेन्द्र चौलागाई चयन भएका छन्।उक्त कार्यक्रममा  गछिया जेसिजको स्थापनाकाल देखि हाल सम्म पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गोर्खा टेलिभिजन तथा रातो तारा डटकमका पत्रकार शिव भट्टराई भोजपुरे र गछिया जेसिजलाई स्वास्थ्य क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरे बापत बाबुराम आचार्यलाई सम्मान समेत गरिएको थियो।

त्यस्तै कार्यक्रममा दुर्गा प्रसाद घिमिरे संस्थापक रहेको दयानिधि देवका नवप्रवेशी पुरस्कार निरज धमलालाई प्रदान गरियो। नेत्र प्रसाद दुलाल संस्थापक रहेको बिमला देबी दुलाल स्मृति पुरस्कार निश्चल घिमिरे, लक्ष्मी न्यापाने संस्थापक रहेको दुर्गा न्यौपाने स्मृति पुरस्कार मदन दाहाल, बोधराज रिजाल ससंस्थापक रहेको नारायण प्रसाद स्मृति पुरस्कार सुरेश अधिकारी र अमिस ढकाल संस्थापक रहेको कृष्ण आशा सम्मान पुरस्कार रबिन सिटौलालाई प्रदान गरीएको थियो।साथै उक्त पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय उपाध्यक्षहरु कुमार सिंह सावा, सुनिल तिमल्सिना, दिपेन्द्र निरौला, राजिब प्रसाई लगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रममा बर्ष २०२१ का गछिया जेसिजका महासचिब रोशन खानाले कार्यक्रम संचालन गर्नुभयो।


गाईघाट १६ माघ । रातो तारा डट कम,त्रियुगा नगरपालिकाको रुपनीमा ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ । घर नजिकै खेत जोतेर फर्कने क्रममा शनिवार दिउसो स १ त ४२३९ नम्वरको टयाक्टर आफै पल्टदा गाडीका धनी सत्य नारायण चौधरीका १० बर्षिय छोरा निषेत गम्भीर रुपमा घाईते  भएकोमा राती ९ बजे उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि बेद प्रसाद गौतमले बताए । टयाक्टर दुर्घटनामा परी चालक सत्य नारायण र उनका १२ बर्षिय निमिष गम्भीर रुपमा घाईते भएकाछन् । उनीहरु दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भैरहेकोछ । 


 


विराटनगर, २०७८ माघ १६ गते । झापा र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु र २ जना घाईते भएका छन् । हिजो दिउसो सँवा १२ बजे झापा कन्काई नगरपालिका ७ कप्तानलुङ स्थितमा आफ्नै घर अगाडी पार्किङ गरि राखेको मे १ त ७५४९ नम्बरको ट्याक्टर बालकृष्ण दुलाले आफैले स्टार्ट गरी अगाडी बढाउने क्रममा ट्याक्टर मुनि खेलि रहेकी उनकै २ बर्षीया छोरी आरोषि दुलाललाई किचि गम्भिर घाईते भएकी थिईन । घाईते बालिकाकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो दिउसो पौने १ बजे मृत्यु भएको थियो । ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा रहेको छ । यसै गरी हिजो बेलुका ८ बजे उदयपुर त्रियुगा नगरपालिका १ रुपनी स्थितमा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टी उदुर्घटना हुँदा सवार ३ जना घाईते भएका थिए । घाईते मध्ये त्रियुगा नगरपालिका १ का १० बर्षीय नितेष चौधरी बेलुका पौने ९ बजे जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको थियो । घाईते मृतककै बुबा ४० बर्षीय सत्य नारायण चौधरी र उनकै अर्का छोरा १२ बर्षीय निमिष चौधरीको सोही अस्पतालमानै उपचार भईरहेको छ । उनिहरुको खेत जोतेर घर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम, सरकारले बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन आजदेखि आगामी विहीवारसम्मका लागि विद्यालय खुलाउने भएको छ । सरकारले विद्यालय बन्द हुँदा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन समस्या भएकाले आजदेखि बिहीवारसम्मका लागि विद्यालय खोल्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालयमै खोप अभियान सुरु गर्न र बालबालिकालाई कोरोनाको जोखिमबाट बचाउनका लागि विद्यालय खोल्ने निर्णय निर्णय भएको जनाएको छ ।   कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि गत पुस २५ गते सीसीएमसीले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।  



काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम,कोरीयाली भाषा पास गरेर बसेकाहरू मध्य चालु आर्थिक वर्षमा अहिले सम्म ७ सय ६८ जनालाई कोरीया पठाईएको छ । भाषा परीक्षा उत्तीर्ण गरि रोजगारदातासँग सम्झौता गरिसकेका तथा भाषा परीक्षा मात्रै उत्तीर्ण गरेर बसेका १० हजार कामदार मध्य ७ सय ६८ जनालाई मात्रै कोरिया पठाईएको हो । कोरोना भाइरस महामारीका कारण भाषा परीक्षा पास गरेर सम्झौता समेत भईसकेका कामदार पनि कोरिया जान नपाएको र कोरोना कम हुने वित्तिकै प्रकृया अगाढी बढाईने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले बताउनु भएको छ । 

 



बिराटनगर माघ १६ गते । रातो तारा डट कम, मोरङको कटहरी गाउपालिका वडा नम्बर  ४ रहेको बिपिन काबराको छोरा बिभेक काबराले हेर्दै आएको साबुन तथा  ट्वाइलेट पेपर उत्पादन फ्याक्ट्रिको कच्चापदार्थ थुपारेको ठाउमा  राति १०.३० बजेतिर बिजुली सटभएर हो वा अन्य कारणबाट आगलागी हुदा करिब २ करोडको बराबरको क्षति भएको  अनुमान गरिएको छ। 

समयमै खबर पाउनेबित्तिकै बिराटनगर महानगरपालिकाको २ वटा दमकल पुगेर आगो नियन्त्रणमा लिएका थिए। समयमै  दमकल पुगेकाले  प्रज्वलनशील केमिकल र चाउचाउ चाउचाउ फ्याक्ट्रि पनि सोही कम्पाउण्डमा रहेकाले अरूक्षति हुनबाट जोगिएको त्यहा प्रत्येक्षदर्सिले रातो तारा डट कम,लाइ जानकारी गराएका छन। आगलागी भएको ठाउ नजिक 
पार्किङमा राखिएका २ इसकारपियो र १ कार पनि जलेर नष्ट भएका छन।


झापा, १५ माघ । रातो तारा डट कम, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले झापाको विर्तामोड–१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा.शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मुल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गरेका हुन् ।

विर्तामोडमा शनिवार एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले समाजका अध्यक्ष नविन विमलीलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । चावी हस्तान्तरण गर्दै प्रवन्धक दाहालले डा.सुनिल शर्माले यसअघि गरेको घोषणा बमोजिम सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरिएको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य ओम सरावगी, सहयोगी समाजका अध्यक्ष एवं नेपाली कांग्रेस झापाका सचिव विमली, विर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग लगायतले एम्बुलेन्स प्रदान गरेर सहयोग पुर्याएको भन्दै नोबेल अस्पतालका सञ्चालक डा.शर्माको सेवा भावको प्रशंसा गरे ।

२०७६ असोज ६ गते नेपाली कांग्रेस क्षेत्र नं.३ ले कांग्रेसको राष्ट्रिय जागरण अभियानका क्रममा झापाको विर्तामोड–१० स्थित सैनिक बजारमा आयोजना गरेको कार्यक्रममा डा.शर्माले सो क्षेत्रलाई निःशुल्क एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनरुप एम्बुलेन्स प्रदान गरिएको हो । यो एम्बुलेन्सले अब सो क्षेत्रका विरामीहरुलाई सहुलियत दरमा सेवा प्रदान गर्ने बताइएको छ ।

डा.शर्माले झापामा प्रदान गरेको यो दोस्रो एम्बुलेन्स हो । यसअघि उनले बुद्धशान्ति गाउँपालिका–३ स्थित महिला सामुदायिक अस्पताललाई पनि एम्बुलेन्स दिएका थिए । समाजसेवाका क्षेत्रमा बेग्लै पहिचान बनाएका डा.शर्माले यसअघि पूर्वी पहाडी जिल्ला पाँचथर र कर्णालीको विकट जिल्ला कालिकोटमा पनि एम्बुलेन्स प्रदान गरेका छन् ।

उनले मोरङको पथरीशनिश्चरे, इटहरा, सुन्दरहरैंचा लगायत क्षेत्रमा पनि निःशुल्क एम्बुलेन्स दिएका छन् । जसका कारण ग्रामिण क्षेत्रका विरामीहरुलाई उपचारका लागि समयमै अस्पताल पुग्न निकै सहज भएको छ ।



काठमाडौ  । रातो तारा डट कम,निर्देशक विश्वमणि घिमिरेको निर्देशनमा ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ । विसं १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धृलीगढीमा भएको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’ को आलेखमा निर्देशक घिमिरेले पटकथा सम्बाद तयार गरेका छन् ।  उक्त चलचित्रका लागि चलचित्र बिकास बोर्डबाट प्रतिलिपी अधिकार र  छायांकन इजाजत प्रमाणपत्र प्राप्त भएको घिमिरेले बताए ।चलचित्र सास इन्टरटेन्मेन्ट सिनेमा प्रालीको व्यानरमा निर्माण हुनेछ ।

सास अधिकारीले निर्माण गर्ने चलचित्रको छायांकन सिन्धुली, काभ्रे र काठमाडौमा हुने जनाइएको छ । निर्देशक घिमिरेले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान गरेर चलचित्रको मस्यौदा तयार पारेको र त्यसलाई निर्माता अधिकारीले निर्माण गर्न लागेको जानकारी दिए ।  युद्धको कथालाई सिन्धुलीगढीमार्फत बाचन गरी बीरताको गाथा सन्सारलाइ सुनाउन पाउँदा गर्ववान्वित भएको र जिवन्त कार्य गर्न पाउँदा सारै हर्सित भएको अधिकारीले बताए । उनले चलचित्रलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले सहयोग गर्ने बताएका छन् । चलचित्रको पोष्ट प्रोडक्सनको काम भारतको मुम्बईमा हुनेछ ।

निर्माता अधिकारीले चलचित्रलाई हिन्दी र अंग्रेजी भाषामा स्वराङ्कन गरिने जानकारी दिए । चलचित्रका लागि मुख्य कलाकारमा मनोज भेटवाल, डिरेक्टर फ फोटोग्राफी हेडमा युवराज राई र बाँकी कलाकार अडिशनको प्रक्रियाबाट छनोट कार्य भइरहेको बताइएको छ । बिदेश ब्यवस्थापनमा शुक्र राइ र भारतिय ब्यवस्थापनमा उपहार लामिछने रहेका छन भने यूरोप अमेरिकामा निर्माता स्वयम्ले जिम्मेवारी लिएको चलचित्रको निर्माण टिमले कोरोना महामारीको अवस्था हेरेर फागुनको दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारी गरेको छ । निर्माता अधिकारी लामो समय युरोप र अमेरिकाको बसाईपछि स्वदेशमै केही गर्ने उद्देश्यका साथ नेपाल फर्केका हुन् । उनी यही चलचित्रबाट निर्माताको रुपमा डेब्यु गर्दैछन् ।

 


विराटनगर, १५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५–५,  उदयपुर, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ६५, बुढीगंगामा ५, सुन्दरहरैचामा ३, ग्रामथानमा २, पथरीशनिश्चरे, रंगेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा ३, दुहवी र बराहक्षेत्रमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, झापाको कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, संखुवासभा, पाँचथर र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०२ महिला र ५०० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ६५७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



काठमाण्डौ माघ १५ गते । रातो तारा डट कम, आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मस्र्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने छ । २० औं संस्करणको आहा रारा गोल्डकप पोखरा रङ्गशालामा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ । आजको खेलमा मनाङ र एपीएफ दुबै उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् । ६ पटक उपाधि जितिसकेको मनाङ ७ औं पटक उपाधि आफ्नो पक्षमा पार्ने योजनामा हुनेछ भने एपीएफ पहिलो पटक उपाधि चुमेर इतिहास बनाउने दाउमा रहेको देखिन्छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने जनाएको छ । 



काठमाण्डौ माघ १५ गते । रातो तारा डट कम, आजबाट सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली, हिजोको जिल्ला प्रशासन कार्यालय काठमाण्डौको आदेशबाट आजै देखि हटेको छ ।

सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटेपनि ट्याक्सी र निजी सवारी (दुई पाङ्ग्रेसहित) मा भने जोरबिजोर प्रणाली यथावत रादिएको सुचनामा उल्लेख गरिएकोछ । जोरबिजोर प्रणालीले सार्वजनिक सवारीमा भिड बढेकोले जनगुनासो व्यापक भए पछि, भिडले झनै सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारको आलोचना हुन थाले पछि यो कदम चालिएको हो ।  

विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्ने माघ मसान्तसम्म मिति तोकेर प्रशासनको आदेशमा गरेको छ । यद्यपि प्राविधिक तथा भाषा परीक्षाहरु भने स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने उल्लेख छ । पार्टी प्यालेस, डान्स बार, रेष्टुरेन्ट, जिम र फिल्म हलमा यसअघिकै निर्णय अनुसार प्रतिबन्ध लगाइएको जनाएको छ ।,   




काठमाण्डौ माघ १५ गते । रातो तारा डट कम, नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनबारे सत्तारुढ गठबन्धनले अघि सारेको विकल्प कानुन संसोधन गरेर निर्वाचन पर सार्ने चुनावी प्रक्रीय अगि पछि पार्ने कुरा संविधानसम्मत नभएको बताउनुभएको छ । हिजो नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचनबारे स्थानीय तह निर्वाचन ऐनले गरेको व्यवस्था संशोधन गर्नु संविधानसम्मत नहुने बताउनुभयो । संविधानसम्मत नहुने कुरालाई काँग्रेसले बोक्नुपर्ने कुनै कारण नरहेको उहाँको भनाइ छ । उहाँले गठबन्धनका नेताहरूले पनि संविधानमा बाझिनेगरी कुनै काम नगर्नेमा विश्वास व्यक्त गर्नुभयो । 




विराटनगर, १४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७६, सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा ६–६, भोजपुरमा २, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा १३५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ८–८, बुढीगंगामा ५, बेलबारी र उर्लाबारीमा ४–४, केराबारीमा ३, रतुवामाई र कटहरीमा २–२, कानेपोखरी, ग्रामथान, सुनबर्षी, जहदा र धनपालथानमा १–१, सुनसरीको धरानमा ३७, इटहरीमा ३२, इनरुवामा ५, रामधुनी र दुहवीमा ३–३, देवानगञ्ज र स्थानीय तह नखुलेका २–२, गढी, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१,  झापाको विर्तामोड र दमकमा १३–१३, कनकाईमा ११, भद्रपुरमा ८, अर्जुनधारामा ५, गौरादह र शिवसताक्षीमा ४–४, कमल गाउँपालिकामा ३, बुद्धशान्ति र बाहृदशीमा २–२, मेचीनगरमा १, उदयपुरको कटारीमा ७, बेलकामा ३, त्रियुगा र स्थानीय तह नखुलेका २–२, चौदण्डीगढीमा १, इलामको इलाम नगरपालिकामा २, माई, मांसेबुङ, सुर्योदय र माई जोगमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फक्ताङलुङ, संखुवासभाको मादी र खोटाङको दिप्रुङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५१ महिला र १७८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ४१६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



मोरङ, २०७८ माघ १४ गते । मोरङ बिराटनगर महानगरपालिका १५ स्थित  एक नम्बर ढाटबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने ३० बर्षीय ज्ञानु धिमाल रहेका छन् । आज बिहान साढे ९ बजे लागौषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्रटभेट २२५ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका धिमालको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।


श्याम राई-उदयपुर  गाईघाट, १४ माघ । रातो तारा डट कम, नाला खन्ने क्रममा माटोको ढिस्को खसेर शख्त घाईते भएका त्रियुगा नगरपालिका–१० बोक्सेका ५६ वर्षिया झर्क वहादुर सार्कीको बिहीबार राती मृत्यु भएको छ ।

दैनिक ज्यालादारी मजदुरीमा काम गर्ने सर्की बोक्से बजारमा नाला खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्को लागेर विहीबार दिउँसो गम्भिर घाइते भएका थिए । जिल्ला अस्पतालमा उदयपुरमा सामान्य उपचारपछि कोशी अंचल अस्पतालमा लगेकोमा उपचारको क्रममा राती ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी वेद प्रसाद गौतमले बताए ।

                                              




                                              























































काठमाण्डौ माघ १४ गते । रातो तारा डट कम, आज दिउँसो ३ बजे नेपाली कांग्रेसको बैठक भएको छ । बैठक भर्चुअल माध्यमबाट बस्नेछ । सभापति शेरबहादुर देउवा निकट नेताहरूका अनुसार १४ औँ महाधिवेशनको समिक्षा,कार्यसम्पादन समिति गठन,सहयोगी नेताहरुलाई समितिमा ल्याउने तयारी र स्थानीय तथा सङ्घीय चुनावका बारेमा पनि छलफल हुने छ । 


काठमाण्डौ माघ १४ गते । रातो तारा डट कम, न्याय सेवा आयोगले आज बैठक बोलाएको छ । कानुन, न्याय तथा अदालतका विषयमा छलफल गर्नुपर्ने भए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलन चर्किएपछि न्याय सेवाको बैठक आज सम्म प्रभावित हुँदै आएको छ । बैठक दिउँसो २ बजे बस्ने भएकोछ ।   आयोगमा प्रधानन्यायाधीश जबरा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य हुनुहुन्छ । 





काठमाण्डौ माघ १४ गते । रातो तारा डट कम, नेपालमा कोरोनाविरुद्धको खोप थालिएको एक वर्ष आज पुगेको छ । खोप अभियान सुुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप नेपाली नागरिकले लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार हालसम्म एक करोड ६४ लाख ५८ हजार ४ सय ७५ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने एक करोड ३७ लाख ३४ हजार ३९० जनाले पूर्ण मात्रा खोप लगाएका छन् । दुई लाख ८२ हजार ७ सय २४ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् । मन्त्रालयले लक्षित जनसङ्ख्याको ८२ दशमलव ६ प्रतिशतले एक मात्रा र ६८ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका जानकारी दिएको छ । अहिले नेपालमा १२ वर्षदेखि माथिको उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने कार्य चलिरहेको छ ।   




बेलबारी, १३ माघ । रातो तारा डट कम,बेलबारीमा गर्भवती महिलाहरूलाई लक्षित गरेर पौष्टिक आहारयुक्त खाद्य सामग्री वितरण तथा गर्भवती सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको  छ । बेलबारी नगरपालिका वडा नं –२ को आर्थिक सहयोगमा आधारभूत स्वास्थ्य सेवा बेलबारी २को आयोजनामा गर्भवती महिलालाई स्वास्थ्य सम्बन्धी विशेष  परामर्श तथा पोषण खाद्य सामग्री वितरण गरिएको हो ।


बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रममा वडा नं २ का गर्भवती महिलालाई पोषण सामग्री वितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख ढाकाकुमारी पराजुलीले स्वस्थ्य र सचेत नागरिकद्वारा मात्र देश विकासमा योगदान पुग्न सक्ने हुँदा नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा विशेष लगानी गरिरहेको र गरिरहने बताइन् ।                              


कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख पराजुलीले नगरपालिकाले एक दिन एक पटक वितरण गरिएका पोषण सामग्री गर्भवती महिलाहरुका लागि प्रयाप्त नहुने भए पनि सचेतना र परामर्शले अझ सुरक्षित मातृत्वका लागि थप सहयोग पुग्ने भएकाले नगरपालिकाले गर्भवती महिलालाई सम्मान गर्ने र आफ्नो अभिभावकत्व प्रदान गर्ने अभिप्रायले यो कार्यक्रम ल्याइको भन्दै नगरवासीको स्वास्थ्य नै अमूल्य सम्पत्ति रहेको जानकारी गराउँदै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताइन्।

कार्यक्रममा बेलबारी नगरपालिका वडा नं २ का वडाअध्यक्ष घनश्याम गौतमले स्वास्थ्यको महत्त्वको बारेमा बताउँदै स्वास्थ्य नभएसम्म व्यक्ति सुखी हुन नसक्ने पनि बताए । वडाअध्यक्ष गौतमले स्वास्थ्य भएमा मात्र खुसी रहन सकिन्छ भन्ने सन्देश दिनलाई वडाले यो कार्यक्रम ल्याएको पनि बताए ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख मनोज पाठकले कोरोना कारणले समूह समूहमा विभाजन गरेर सेवा प्रदान गरिन लागिएको बताए । गर्भवतीलाई प्रोटिन, अण्डा, चना, आयो नुन आदि पौष्टिक आहारका सामग्री वितरण गरिएको स्वास्थ्य केन्द्रका प्रमुख मनोज पाठक बताउँछन् ।

 कार्यक्रममा उपस्थित गर्भवती महिलाहरूले पनि वडाको यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताएका छन् । साथै उनीहरूले यस्ता कार्यक्रमको निरन्तरताको खाँचोसमेत औँल्याएका छन् ।

उक्त कार्यक्रममा वडा सचिव राजेन्द्र खतिवडा, नगर कार्यपालिका सदस्य खिनमाया थापा, वडा सदस्यहरू कृष्णकुमार लिम्बू, मनु श्रेष्ठ लगायतको सहभागिता रहेको

 


बिराटनगर २०७८ माघ १३ गते ।  रातो तारा डट कम,बिहीबार, मोरंग व्यापार संघको ३३औं कार्यकारिणी समितिको पदाधिकारी निर्वाचन एवं कार्यसमिति गठन कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।


३२औं कार्यसमितिका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा संघमा आयोजित सो पदाधिकारी निर्वाचनबाट संघको ३३औं का।का। समितिको अध्यक्ष पदमा श्री नवीन रिजालज्यू निर्विरोध निर्वाचित हुनु भएको छ भने वरिष्ठ उपाध्यक्षमा श्री अनुपम राठीज्यू, उपाध्यक्ष ९वाणिज्य०मा श्री अनिल कुमार साहज्यू, उपाध्यक्ष ९उद्योग०मा श्री विकाश कुमार बेगवानीज्यू, महासचिवमा श्री अनिल सारडाज्यू, सचिवमा श्री संजय श्रेष्ठज्यू, कोषाध्यक्षमा श्री राजेश अग्रवालज्यू र प्रवक्तामा श्री विनित सिंघानियांज्यू समेत निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै, कार्यसमिति सदस्य पदमा क्रमशः श्री आशिष जाजूज्यू, श्री दिपेश सुवेदीज्यू, श्री अमित सारडाज्यू, श्री पवन राठीज्यू, श्री देवाशिष गोल्छाज्यू, श्री मनिष मारुज्यू, श्री श्याम राठीज्यू र श्री सुशिल सुरानाज्यू रहनु भएको छ। त्यस्तै, संघको नियमावलीको व्यवस्था अनुरुप ३३औं कार्यसमितिले सम्बद्ध ९वस्तुगत० क्षेत्रबाट श्री अरविन्द अग्रवालज्यू र श्री गोपाल अग्रवालज्यूलाई र संघका शाखाहरुबाट श्री चन्द्र बहादुर भट्टराईज्यूलाई मनोनित गरेको छ । त्यसै गरी नवनिर्वाचित अध्यक्ष श्री नवीन रिजालज्यूले श्री अमित राठीज्यू र श्री विवेक अग्रवालज्यूलाई का।का। सदस्यको रुपमा मनोनित गर्नु भएको छ भने संघको महिला उद्यम समितिको अध्यक्ष एवं ३३औं कार्यसमितिको आमन्त्रित सदस्यको रुपमा श्रीमती बन्दना जैनज्यूलाई र युवा उद्यमी समितिको अध्यक्ष एवं ३३औं कार्यसमितिको आमन्त्रित सदस्यको रुपमा श्री ओम प्रकाश शर्माज्यूलाई नियुक्त गर्नु भएको छ ।

संघको ३३औं कार्यकारिणी समितिको गठन पश्चात् अध्यक्ष श्री नवीन रिजालज्यू सहित नवनिर्वाचित पदाधिकारीज्यूहरुले आ–आफ्नो पदभार ग्रहण गर्नु भई पूर्व अध्यक्षज्यूहरु र सञ्चारकर्मीहरु समक्ष आफ्नो कार्यसमितिका भावी योजनाहरु प्रस्तुत गर्नु भएको थियो जस अन्तरगत अध्यक्ष श्री रिजालज्यूले आफ्नो कार्यकालमा सरकार समक्ष विकास निर्माणका कार्यहरुलाई त्रैमासिक रुपमा खर्च गर्ने नीतिका लागि पहल गर्ने, मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि पहल गर्ने, तिव्र औद्योगिकरणका लागि जोड दिँदै तरलता अभाव, अस्थिर व्याजदर, चर्को विद्युत महशुल, ढुवानी खर्च आदि न्यूनिकरण गर्न पहल गर्ने तथा अस्वभाविक नीतिहरुको निराकरणका लागि पहल÷पैरवी गर्ने बताउनु भएको थियो ।

त्यस्तै अध्यक्ष श्री रिजालज्यूले संघद्वारा संचालित ‘मेरो देश, मेरै उत्पादन’ अभियान अन्तर्गत व्यापार घाटा न्यूनिकरण तथा रोजगारी अभिवृद्धि सम्बन्धी कार्य योजना अघि बढाउने, विराटनगर नाका जोड्ने भारतको मीरगंज पुलका समस्याहरु यथाशिघ्र निराकरण गर्न जोडदार पहल गर्नुका साथै प्रदेशस्तरीय प्रदर्शन स्थल निर्माण कार्य थालनी गर्न पहल गरिने बताउनु भएको थियो । त्यस्तै, औद्योगिक क्षेत्रको स्थापनाका लागि संघबाट समन्वयात्मक भूमिका निर्वाह हुने, क्षेत्रीय विमानस्थल निर्माणका लागि पहल गरिने, प्रदेश नं। १मा धार्मिक, मेडिकल एवं खेलकुद पर्यटन तथा कृषि क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकारसँग पहल गरिने, ऐतिहासिक विराटनगर शहरमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन सिसिटिभीको समुचित व्यवस्थापन तथा शहरको सौन्दर्यीकरण एवं ग्रिन कन्सेप्टका लागि पहल गर्ने, स्थानीय बजार प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु संचालन तथा स्टार्टअप प्रवद्र्धनार्थ कार्यहरु गर्ने अध्यक्ष श्री रिजालज्यूले बताउनु भएको थियो ।

त्यसै गरी, सीमा क्षेत्र सहित अन्तर्राष्ट्रिय उद्योग वाणिज्य संघहरुसँग समन्वय गर्नुका साथै कोभिड खोपको सहज उपलब्धता एवम् निरन्तरताका लागि पहल गर्ने, संघका शाखाहरुको सुदृढिकरण गर्दै क्रियाशिल बनाउने, संचार माध्यमसँग सहकार्य गरी औद्योगिक प्रवद्र्धन तथा नीतिगत सुधारका लागि विशेष कार्यक्रमहरु ल्याउने, केन्द्रीय एवं प्रदेश सरकारका सम्बन्धित मन्त्रालयका मन्त्री तथा उच्च पदाधिकारीसँग मासिक रुपमा भेटवार्ता गरी समसामयिक समस्याहरुको तत्कालिक एवं दीर्घकालिन समाधानको बाटो खोज्ने आदि कार्य गर्ने बताउनु हुँदै अध्यक्ष श्री रिजालज्यूले मुलुककै पहिलो उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यको रुपमा स्थापित मोरंग व्यापार संघले विगतमा प्राप्त गरेका गरिमा र उचाईलाई आगामी दिनमा अझ उच्च बनाउन आफ्नो ३३औं कार्यसमितिले संघको परिधि अग्रजहरुको मार्ग निर्देशनलाई अनुशरण गर्दै तदारुकताका साथ अघि बढ्ने बताउनु भएको थियो ।

 

मोरङ, २०७८ माघ १३ गते । मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलिया स्थितमा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जवरजस्ती करणी गरेको अभियोगमा सोही होटल संचालक सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया चौकका होटल संचालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ बर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् । उनिहरुले गत ७ गते  बेलुका साढे ५ बजे महिला ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा पुर्याई जबरजस्ती करणी गरेको खुल्न आएको छ । गत ८ गते सो घटनाको जानकारी पाएको ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठ नियन्त्रणमा लिएको थियो । तत्काल सो घटना घटाई फरार रहेका राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई  भने गत ११ गते ईलाम सुर्योदय नगरपालिका १२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा १ नं प्रदेश प्रहरी कार्यालय RIT  र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका तिनै जना उपर जबरजस्ती करणी मुद्दामा कानुनि कारबाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।


कपिलवस्तु । रातो तारा डट कम, कपिलवस्तुमा बढिरहेको शितलहर र चिसोले अति बिपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाईमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितीको सहकार्यमा ४०० थान ब्लाङकेट बोकेर  कपिलवस्तु प्रहरी २४८ जना अती विपन्न परिवारको साहारा बन्दै बस्तिमा पुगेको छ। माघ महिनामा समेत चिसो कम नभएपछि १२ र १३ गते प्रहरी र प्रशासनका पदाधिकारी न्यानो कम्मल लिएर बस्तिमा पुगेका हुन्।


कपिलवस्तुमा न पा(०२ स्थित तौलेश्वरनाथ महादेवको मन्दिर बाहिरको सार्वजनिक शैचालयमा सोनामति बाँसखोर विगत ४ वर्षदेखि गुजारा गर्दै आउनुभएको छ। ५५ बर्षमा गरिबीसँगै परिवारको साहारा गुमाएकी सोनामतिले सार्वजिनक शौचालय भित्र ओछ्यान लगाएको देख्दा जो कसैको मन अमिलो हुन्छ। चिसो भुईँमा लगाएको विस्ताराले घरिघरि आफैलाई चिसो बिझ्ने उहाँ  बताउनुहुन्छ। चिसोमा यस्तै बस्ने बानि परिसक्यो। उहाँ भन्नुहुन्छ।

 


कपिलवस्तु न।पा ३ तिलौराकोट स्थित बाटै छेउमा टहरामा बिताईरहनुभएका धादिङका ६० वर्षे चन्द्रे तामाङ केहि बर्षदेखि बाटै छेउको फुसले बारेको टहरोमाजीवन गुजारीरहनुभएकोछ। उहाँको दैनिक जीवनयापन देखिरहेका कपिलवस्तु वासीले प्रहरी र प्रशासनको यो कामले आम नागरिकको सुरक्षा निकाय र प्रशासन प्रतिको हेराई र प्रशासकको नागरिकलाई हेर्ने दृष्टिकोण समयसँगै बद्लिएको महसुस गरिएको बताए।

 


कपिलवस्तुको विभिन्न क्षेत्रमा दैनिक जीवन यापनमा जाडोले कठ्याङग्रिएका नागरिकलाई प्रहरीले देखिरहेको थियो तर मानविय सहयोग समेत गर्न नपाएको अवस्थामा प्रहरीले आफ्नो दैनिक ड्युटिका क्रममा देखेका नागरिकलाई आफ्नै सिफारिसमा  कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्याएपछि प्रशासन कार्यालयले खरिद गरि प्रहरीकै हातबाट वितरण गराएको हो।


जिल्लाको  लवनि, खुनुवा, जहदी, ओदारी, महाराजगञ्ज लगायतको क्षेत्रमा प्रमुख जिल्ला अधिाकारी चक्रपाणी पाण्डे, प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की, सञ्चारकर्मी समेत भई वितरण गरेपनि जिल्लाका अन्य कृष्णनगर, पत्थरदेहिया, कोपवा, चन्द्रौटा, भिल्मी, पिपरा, गणेशपुर लगायतका स्थानमा सम्बन्धित क्षेत्रका प्रहरी कार्यालय प्रमुख नै गई नाम टिपिएका विपन्न परिवारलाई ब्लाङकेट वितरण गरिएको हो।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.