Websoft University

´नगरवासीको स्वास्थ्य नै हाम्रो अमूल्य सम्पत्ति`-उपप्रमुख पराजुली


बेलबारी, १३ माघ । रातो तारा डट कम,बेलबारीमा गर्भवती महिलाहरूलाई लक्षित गरेर पौष्टिक आहारयुक्त खाद्य सामग्री वितरण तथा गर्भवती सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको  छ । बेलबारी नगरपालिका वडा नं –२ को आर्थिक सहयोगमा आधारभूत स्वास्थ्य सेवा बेलबारी २को आयोजनामा गर्भवती महिलालाई स्वास्थ्य सम्बन्धी विशेष  परामर्श तथा पोषण खाद्य सामग्री वितरण गरिएको हो ।


बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रममा वडा नं २ का गर्भवती महिलालाई पोषण सामग्री वितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख ढाकाकुमारी पराजुलीले स्वस्थ्य र सचेत नागरिकद्वारा मात्र देश विकासमा योगदान पुग्न सक्ने हुँदा नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा विशेष लगानी गरिरहेको र गरिरहने बताइन् ।                              


कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख पराजुलीले नगरपालिकाले एक दिन एक पटक वितरण गरिएका पोषण सामग्री गर्भवती महिलाहरुका लागि प्रयाप्त नहुने भए पनि सचेतना र परामर्शले अझ सुरक्षित मातृत्वका लागि थप सहयोग पुग्ने भएकाले नगरपालिकाले गर्भवती महिलालाई सम्मान गर्ने र आफ्नो अभिभावकत्व प्रदान गर्ने अभिप्रायले यो कार्यक्रम ल्याइको भन्दै नगरवासीको स्वास्थ्य नै अमूल्य सम्पत्ति रहेको जानकारी गराउँदै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताइन्।

कार्यक्रममा बेलबारी नगरपालिका वडा नं २ का वडाअध्यक्ष घनश्याम गौतमले स्वास्थ्यको महत्त्वको बारेमा बताउँदै स्वास्थ्य नभएसम्म व्यक्ति सुखी हुन नसक्ने पनि बताए । वडाअध्यक्ष गौतमले स्वास्थ्य भएमा मात्र खुसी रहन सकिन्छ भन्ने सन्देश दिनलाई वडाले यो कार्यक्रम ल्याएको पनि बताए ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख मनोज पाठकले कोरोना कारणले समूह समूहमा विभाजन गरेर सेवा प्रदान गरिन लागिएको बताए । गर्भवतीलाई प्रोटिन, अण्डा, चना, आयो नुन आदि पौष्टिक आहारका सामग्री वितरण गरिएको स्वास्थ्य केन्द्रका प्रमुख मनोज पाठक बताउँछन् ।

 कार्यक्रममा उपस्थित गर्भवती महिलाहरूले पनि वडाको यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताएका छन् । साथै उनीहरूले यस्ता कार्यक्रमको निरन्तरताको खाँचोसमेत औँल्याएका छन् ।

उक्त कार्यक्रममा वडा सचिव राजेन्द्र खतिवडा, नगर कार्यपालिका सदस्य खिनमाया थापा, वडा सदस्यहरू कृष्णकुमार लिम्बू, मनु श्रेष्ठ लगायतको सहभागिता रहेको

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.