Websoft University

मोरंग व्यापार संघको ३३औं कार्यसमिति गठन - अध्यक्षमा श्री नवीन रिजाल सहित पदाधिकारीहरु निर्विरोध निर्वाचित

 


बिराटनगर २०७८ माघ १३ गते ।  रातो तारा डट कम,बिहीबार, मोरंग व्यापार संघको ३३औं कार्यकारिणी समितिको पदाधिकारी निर्वाचन एवं कार्यसमिति गठन कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।


३२औं कार्यसमितिका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा संघमा आयोजित सो पदाधिकारी निर्वाचनबाट संघको ३३औं का।का। समितिको अध्यक्ष पदमा श्री नवीन रिजालज्यू निर्विरोध निर्वाचित हुनु भएको छ भने वरिष्ठ उपाध्यक्षमा श्री अनुपम राठीज्यू, उपाध्यक्ष ९वाणिज्य०मा श्री अनिल कुमार साहज्यू, उपाध्यक्ष ९उद्योग०मा श्री विकाश कुमार बेगवानीज्यू, महासचिवमा श्री अनिल सारडाज्यू, सचिवमा श्री संजय श्रेष्ठज्यू, कोषाध्यक्षमा श्री राजेश अग्रवालज्यू र प्रवक्तामा श्री विनित सिंघानियांज्यू समेत निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै, कार्यसमिति सदस्य पदमा क्रमशः श्री आशिष जाजूज्यू, श्री दिपेश सुवेदीज्यू, श्री अमित सारडाज्यू, श्री पवन राठीज्यू, श्री देवाशिष गोल्छाज्यू, श्री मनिष मारुज्यू, श्री श्याम राठीज्यू र श्री सुशिल सुरानाज्यू रहनु भएको छ। त्यस्तै, संघको नियमावलीको व्यवस्था अनुरुप ३३औं कार्यसमितिले सम्बद्ध ९वस्तुगत० क्षेत्रबाट श्री अरविन्द अग्रवालज्यू र श्री गोपाल अग्रवालज्यूलाई र संघका शाखाहरुबाट श्री चन्द्र बहादुर भट्टराईज्यूलाई मनोनित गरेको छ । त्यसै गरी नवनिर्वाचित अध्यक्ष श्री नवीन रिजालज्यूले श्री अमित राठीज्यू र श्री विवेक अग्रवालज्यूलाई का।का। सदस्यको रुपमा मनोनित गर्नु भएको छ भने संघको महिला उद्यम समितिको अध्यक्ष एवं ३३औं कार्यसमितिको आमन्त्रित सदस्यको रुपमा श्रीमती बन्दना जैनज्यूलाई र युवा उद्यमी समितिको अध्यक्ष एवं ३३औं कार्यसमितिको आमन्त्रित सदस्यको रुपमा श्री ओम प्रकाश शर्माज्यूलाई नियुक्त गर्नु भएको छ ।

संघको ३३औं कार्यकारिणी समितिको गठन पश्चात् अध्यक्ष श्री नवीन रिजालज्यू सहित नवनिर्वाचित पदाधिकारीज्यूहरुले आ–आफ्नो पदभार ग्रहण गर्नु भई पूर्व अध्यक्षज्यूहरु र सञ्चारकर्मीहरु समक्ष आफ्नो कार्यसमितिका भावी योजनाहरु प्रस्तुत गर्नु भएको थियो जस अन्तरगत अध्यक्ष श्री रिजालज्यूले आफ्नो कार्यकालमा सरकार समक्ष विकास निर्माणका कार्यहरुलाई त्रैमासिक रुपमा खर्च गर्ने नीतिका लागि पहल गर्ने, मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि पहल गर्ने, तिव्र औद्योगिकरणका लागि जोड दिँदै तरलता अभाव, अस्थिर व्याजदर, चर्को विद्युत महशुल, ढुवानी खर्च आदि न्यूनिकरण गर्न पहल गर्ने तथा अस्वभाविक नीतिहरुको निराकरणका लागि पहल÷पैरवी गर्ने बताउनु भएको थियो ।

त्यस्तै अध्यक्ष श्री रिजालज्यूले संघद्वारा संचालित ‘मेरो देश, मेरै उत्पादन’ अभियान अन्तर्गत व्यापार घाटा न्यूनिकरण तथा रोजगारी अभिवृद्धि सम्बन्धी कार्य योजना अघि बढाउने, विराटनगर नाका जोड्ने भारतको मीरगंज पुलका समस्याहरु यथाशिघ्र निराकरण गर्न जोडदार पहल गर्नुका साथै प्रदेशस्तरीय प्रदर्शन स्थल निर्माण कार्य थालनी गर्न पहल गरिने बताउनु भएको थियो । त्यस्तै, औद्योगिक क्षेत्रको स्थापनाका लागि संघबाट समन्वयात्मक भूमिका निर्वाह हुने, क्षेत्रीय विमानस्थल निर्माणका लागि पहल गरिने, प्रदेश नं। १मा धार्मिक, मेडिकल एवं खेलकुद पर्यटन तथा कृषि क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकारसँग पहल गरिने, ऐतिहासिक विराटनगर शहरमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन सिसिटिभीको समुचित व्यवस्थापन तथा शहरको सौन्दर्यीकरण एवं ग्रिन कन्सेप्टका लागि पहल गर्ने, स्थानीय बजार प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु संचालन तथा स्टार्टअप प्रवद्र्धनार्थ कार्यहरु गर्ने अध्यक्ष श्री रिजालज्यूले बताउनु भएको थियो ।

त्यसै गरी, सीमा क्षेत्र सहित अन्तर्राष्ट्रिय उद्योग वाणिज्य संघहरुसँग समन्वय गर्नुका साथै कोभिड खोपको सहज उपलब्धता एवम् निरन्तरताका लागि पहल गर्ने, संघका शाखाहरुको सुदृढिकरण गर्दै क्रियाशिल बनाउने, संचार माध्यमसँग सहकार्य गरी औद्योगिक प्रवद्र्धन तथा नीतिगत सुधारका लागि विशेष कार्यक्रमहरु ल्याउने, केन्द्रीय एवं प्रदेश सरकारका सम्बन्धित मन्त्रालयका मन्त्री तथा उच्च पदाधिकारीसँग मासिक रुपमा भेटवार्ता गरी समसामयिक समस्याहरुको तत्कालिक एवं दीर्घकालिन समाधानको बाटो खोज्ने आदि कार्य गर्ने बताउनु हुँदै अध्यक्ष श्री रिजालज्यूले मुलुककै पहिलो उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यको रुपमा स्थापित मोरंग व्यापार संघले विगतमा प्राप्त गरेका गरिमा र उचाईलाई आगामी दिनमा अझ उच्च बनाउन आफ्नो ३३औं कार्यसमितिले संघको परिधि अग्रजहरुको मार्ग निर्देशनलाई अनुशरण गर्दै तदारुकताका साथ अघि बढ्ने बताउनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.