Websoft University
August 2023


बिराटनगर | उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरको सहकार्यमा यस क्षेत्रका घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको बजार प्रवद्र्धन, उद्यमशिलता विकासमा टेवा एवं प्रोत्साहनका साथै स्थानीय आर्थिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ २०८० भाद्र १६ गते देखि प्रत्येक शनिवार मेरो देश, मेरो उत्पादन प्रारम्भ हुन गईरहेको छ ।

 युवा तथा महिलाहरुमा निहित शिपलाई प्रयोग गरी स–साना परिणाममा घरमै वसेर उत्पादन गरेको वस्तूहरुका साथै घरेलु तथा कुटिर उद्योगका उत्पादनहरु बजारको अभाव र पहिचानको अवसरबाट वन्चित भई लोपभईरहेको अवस्थामा त्यस्ता वस्तुलाई लक्ष्ँित वर्गसम्म पु¥याई आयआर्जनको माध्यमबाट स्वरोजगारी अभिवृद्धि गर्ने अभिप्रायले क्बतगचमबथ ःबचपभत को प्रारम्भ गरिएको छ ।

 संगठनको प्राङगणमा गर्न लागिएको यस बजारमा १७ देखि २१ सम्म वटा स्टल रहनेछन भने प्रति स्टल रु. ३००÷– शुल्क तोकिएको छ । बजारमा घरायासी प्रयोजनका सामाग्रिहरु, ताजा तरकारी तथा फलफुल, मह, अचार, हस्तकलाका सामाग्रिहरु, दैनिक खाद्य वस्तुहरु, पहाडी जिल्लाका अर्गेनिक उत्पादनहरु, गार्मेन्ट तथा श्रृगारका सामाग्रि लगायतका वस्तु रहने छन । साप्ताहिक बजारमा विराटनगर लगायत आसपासका घरेलु तथा साना उद्योग, महिला, युवा उद्यमीहरुको सहभागिता रहने छ ।

 आर्थिक एवं औद्यागिक विकास र स्थानीय श्रोत, साधनको प्रयोग गरी बनाईएका वस्तुको ग्रँहक पहिचानका साथै स्वरोजगारलाई वढावा दिईन प्रारम्भ गरिएको साप्ताहिक बजारले विक्रिकर्ता र खदिकर्ताको एकै थलोमा भेटघाटका लागि अवसर प्रदान गर्ने साप्ताहिक बजार आयोजना तथा सफल संचालनमा यहा“हरु सबैको सहयोग र सद्भावको अपेक्षा गर्दछौं ।

 


बिराटनगर  भदौ १२ गते | मंगलबार मोरंग व्यापार संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू र संघका उपाध्यक्ष श्री अनिल कुमार साहज्यूले नेपाली काँग्रेसका वरिष्ठ नेता डा। शेखर कोइरालाज्यूसँग भेट गर्नु भई मुलुकको आर्थिक अवस्थालाई सुदृढ गर्नकालागि आवश्यक पहल गर्ने विषयहरुमा छलफल गर्नु भएको छ । 

संघका अध्यक्ष श्री नवीन रिजालज्यूले हालको देशको आर्थिक अवस्था राम्रो नभएकोले नेपाल सरकार अन्तर्गत सेतो हात्तीका रुपमा रहेका विभिन्न समितिहरुलाई अविलम्ब खारेज गरिनु पर्ने, सरकारी कर्मचारीहरुको नियुक्ती, राजनैतिक नियुक्ती, कर्मचारीले विभिन्न शिर्षकमा लिने गरेको भत्ता, भ्रमण भत्ता, नयाँ सवारी साधन खरिद, अनुत्पादक क्षेत्रमा हुने खर्च लगायतलाई पूर्ण रुपमा राज्यले बन्द एवम् खारेजी गरी विकास खर्च तर्फ ध्यान दिई देशको आर्थिक स्थिति चलायमान बनाउनका लागि कठोर नीति बनाउन संसदमा आवाज उठाइदिन समेत डा। शेखर कोइरालाज्यू समक्ष अनुरोध गर्नुभयो ।

साथै, अध्यक्षज्यूले संघले पटक पटक गरेको पहलको परिणाम स्वरुप नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ ९प्रथम संशोधन० मा गरेको संशोधनले उद्योग व्यवसायीमा केही राहत भएको जानकारी गराउनु भयो । साथै अध्यक्षज्यूले हाल देखिएको व्यापारमा कहाली लाग्दो मन्दीबाट व्यवसायलाई चलायमान बनाउनकालागि बजेटको ४० प्रतिशत विकास खर्चमा प्रयोग गर्नुपर्ने तथा चालु खर्च घटाउनु पर्ने सुझाव दिनुभयो ।

उक्त छलफलमा डा। कोइरालाज्यूले मूलुकको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै अब पनि मूलुकप्रति गम्भीर नभए ठूलो दुर्घटना निम्तिन सक्ने हुँदा मुलुकलाई दुर्घटनाबाट जोगाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नु पर्ने र संघबाट प्राप्त उचित सुझावहरुलाई आफूले संसदमा आवाज उठाउने समेत आश्वासन दिनु भयो । 


विराटनगर भदेो १२ गते | विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा सिम्रिका तिमसिना प्रथम भएकी छन् ।

शान्तिका लागि निःशस्त्रीकरण विषयक कविता प्रतियोगितामा ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै सिम्रिका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा एञ्जल राई द्वितीय र रितेश भट्टराई तृतीय भए । प्रतियोगितामा संस्कृति कर्ण, अनिशाकुमारी मण्डल, आयुशा खातुन र टोपनाथकुमार साहले सान्त्वना स्थान प्राप्त गरे ।  

कवि एवं पत्रकार मीनकुमार नवोदित र क्याम्पसका प्राध्यापक डा. विमलकिशोर श्रीवास्तवको निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको हो । प्रतियोगितामा वाचन गरेका अधिकांश कविताले विश्वशान्ति र मानवताका विषयलाई उठान गरेका थिए । 

प्रतियोगिताका प्रमुख निर्णायकसमेत रहेका नवोदितसहित कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का (ज्ञानु) सञ्चालक सदस्य भूपेन्द्र दाहाल (भूपी), रामचन्द्र अधिकारी, कार्यक्रम संयोजक नविनकुमार राय, विमकिशोर श्रीवास्तवलगायतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका नवोदितले पाठ्यक्रमको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले साहित्य, कला र संगीत कहिल्यै पूर्व नहुने बताए । “राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधी, मुख्यसचिव र सचिव जुनसुकै उच्च पदमा पुगे पनि निश्चित समयपछि पूर्व हुन्छ,” कार्यक्रममा नवोदितले भने, “तर साहित्य अर्थात् सिर्जना यस्तो क्षेत्र हो जुन कहिल्यै पूर्व हुँदैन ।”

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले शिक्षादीपले स्थापनाकालदेखि नै विद्यार्थीको सर्वागिण विकासमा ध्यान दिएको सुनाए । खड्काका अनुसार शिक्षादीपले समय–समयमा कविता, वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफ, खेलकुदसहित विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।

 


बिराटनगर, २०८० भाद्र १० गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सवारी दुर्घटना न्युनिकरण, सडक शुसाशन र सुरक्षा सम्बन्धी, यातायात ब्यबसायीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको छ ।


कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा आज सम्पन्न भएको उक्त कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका बिभिन्न बस तथा ट्रक ब्यबसायीहरुका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।  उक्त कार्यक्रममा उपस्थित महानुभावहरुले सवारी दुर्घटना र ट्राफिक प्रहरीको भुमिका सम्बन्धमा  बिभिन्न किसिमका जिज्ञासा तथा गुनासोहरु राख्नु भएको थियो ।


सहभागीहरुबाट उठेका जिज्ञासा तथा गुनासोहरुलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सवारी दुर्घटना न्युनिकरण तथा सडक शुसाशन सम्बन्धमा ट्राफिक प्रहरी, यातायात ब्यबसायी यातायात कार्यालय, सडक बिभाग लगायत सरोकारवाला अन्य निकायहरुको समेत उत्तिकै भुमिका रहने हुँदा सबै क्षेत्रको प्रभावकारी सहाकार्य र समन्वय हुनु पर्नेमा जोड दिनु भयो । 

यसका साथै सहभागीहरुबाट उठेका जिज्ञासा र गुनासोहरुको सम्बन्धमा आगामी दिनहरुमा कार्ययोजना तयार गरी सबै क्षेत्रसंगको सहकार्यमा थप सुधारका कार्यहरु गरिने बताउनु भयो । उक्त कर्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्था कार्यालय ईटहरीका प्रहरी नायव उपरिक्षक मोहन बिक्रम दाहालले कोशी प्रदेशको हालको ट्राफिक ब्यबस्थापन, सवारी दुर्घटनाको अबस्थामा लगायत बिबिध बिषयमा प्रस्तुतिकरण समेत गर्नु भएको थियो  । उक्त कार्यक्रममा प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।


 बिराटनगर | रातो तारा डट कम, इन्ट्रा अध्यक्ष दिल्ली अधिकारीले गरे दमक र पथरीको शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास इटहरीर दमकको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास गरिएको छ ।

 यी २ शिविरमा अझै करिब ६ हजारको हाराहारीमा भुटानी शरणार्थी छन्, जस्को स्वास्थ्य अवस्थालाई ख्याल गर्दै इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले करिव ३० लाखको लागतमा स्वास्थ्य चौकी निर्माण गर्न लागेको हो । 


विहिवार फाउन्डेसनका संस्थापक अध्यक्ष दिल्ली अधिकारी, नेपाल च्याप्टर अध्यक्ष तथा अभिनेता दिलिप रायमाझी दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, फाउन्डेसनका प्रवन्ध निर्देशक रुद्र बानियाँ, भ्वाइस अफ नेपाल बिजेता किरण गजमेर, कलाकार शंकर बिसि, गायक डम्बर नेपाली, पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले लगायतको उपस्थिति रहेको थियो । इन्ट्रा अध्यक्ष अधिकारीले जमिन खनेर शिलान्यास गरेका थिए । 

शिलान्यास गरिएको स्वास्थ्य चौकी दमक नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाको समन्वयनमा इन्ट्राले लगानी गरेको हो । शिलान्यास गरिएको उक्त स्वस्थ्य चौकीबाट शरणार्थी शिविर भन्दा बाहिरका गाउँ बासिले पनि स्वास्थ्य सुविधा लिन सक्ने बताईएको छ ।


विराटनगर ÷ विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिइएको थियो । निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले कोशी प्रदेशको मोरङ र सुनसरीमा खोप अभियान सञ्चालन गरिने बताउनुभयो । उहाँले कोशी प्रदेशको मोरङको रतुवामाई नगरपालिका र सुनसरीको बर्जु गाउँपालिका दादुरा–रुवेलाको उच्च जोखिम रहेको बताउनुभयो । हाल रतुवामाईमा ४१ जना र बर्जुमा ३२ जना दादुरा–रुवेलाका बिरामी भेटिएको उहाँको भनाइ थियो । विद्यालय केन्द्रित खोप केन्द्र राखेर अभियानलाई सफल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महानगर क्षेत्रभित्र १८४ खोप केन्द्रमार्फत दादुरा–रुबेलाको खोप लगाइने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । त्यसका लागि एउटा खोप केन्द्रमा दुईजना स्वास्थ्यकर्मी र दुईजना स्वयम्सेवक परिचालन गरिनेछ । कार्यक्रममा महानगरकी उपमेयर शिल्पा निराला कार्कीले सबैको साथ र सहयोगले खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । खोपका विषयमा हरेक व्यक्तिले टोल–टोलमा पुगेर प्रचारप्रसार र सचेतना फैल्याउनुपर्नेमा कार्कीले जोड दिनुभयो । ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत अनिल देवले बताउनुभयो । उहाँले खोप लगाएका १० हजारमध्ये एकजना बालबालिकामा असर देखिन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । सरकारले सन् २०२३ भित्र नेपालबाट दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखेको थियो । तर, त्यो सम्भव नभएपछि आगामी २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतसहित विभिन्न वडाका अध्यक्ष, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी,  डब्लूएचओ विराटनगरकी डा. करिष्मा गुरुङ,लगायतको उपस्थिति रहेको थियो । महानगर क्षेत्रभित्र अझै पनि ४ प्रतिशत बालबालिकाले कुनै खोप नलगाएको भेटिएको तथ्यांक प्रस्तुत गरिएको थियो ।

 


विराटनगर ६ भदेो | विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुस्त बनाउने विराटनगर महानगरपालिकाको अभियानलाई सफल बनाउन बैंकर्सहरुले प्रतिबद्धता जनाएका छन् ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा बैंकर्सहरुसित भएको छलफलमा विराटनगरभित्र सञ्चालित सबै बैंकका प्रमुखहरुले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापन अभियान सकारात्मक भएकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । 

उनीहरुले तत्कालका लागि बैंकमा आउने सेवाग्राहीलाई महानगरले व्यवस्था गरेको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्न अनुरोध गर्ने बताए । एनएमवी बैंकका प्रदेश प्रमुखसमेत रहनुभएका नेपाल बैंकर्स एसोसिएन कोशी प्रदेशका अध्यक्ष सन्तोषकुमार बुढाथोकीले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापनको अभियान अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिनुभयो । 

उहाँले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा बैंकहरुका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । बैंकमा आउने सेवाग्राहीलाई तत्कालका लागि पायक पर्ने पार्किङस्थलमा सवारी साधन राख्न लगाउने उहाँको भनाइ थियो । अबदेखि बैंकको कार्यालय सर्दा पार्किङस्थल भएको ठाउँमा मात्रै सर्नुपर्ने उहाँको धारणा थियो ।

त्यस्तै हिमालयन बैंकका प्रदेश प्रमुख अमृत मल्लले तत्कालका लागि बैंकहरुले आफ्नै पार्किङस्थल बनाउन समस्या रहेको बताउनुभयो । उहाँले बैंक छेउछाउ खाली जमिन भए त्यसलाई बैंकहरुले भाडामा लिएर भए पनि पार्किङस्थल बनाउन सक्ने उल्लेख गर्नुभयो । छलफलमा एनआईसी एसिया बैंकका प्रमुख हीरा पौडेल, गरिमा विकास बैंकका प्रमुख सुजित रेग्मी, माछापुच्छे बैंकका उत्सव पराजुलीलगायतले महानगरको अभियानलाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । महानगरले यसअघि पनि छलफल राखेको थियो । बैंकमा आउने सेवाग्राहीका सवारीका लागि पार्किङको व्यवस्थापन गर्न बैंकहरुलाई महानगरले पत्रचारसमेत गरेको थियो ।

बैंकहरुले पार्किङको व्यवस्थापन नगरेपछि महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा छलफल राखिएको हो । भदौ अन्त्यसम्ममा पार्किङ समस्या समाधानको विकल्पसहित पुनः छलफल गरेर टुंगो लगाउने छलफलमा सहमति भएको थियो । मेयर कोइरालाले विराटनगर महानगरमात्रै नभएर प्रदेशको राजधानी पनि भएकाले व्यवस्थित बनाउनु जरुरी रहेको औंल्याउनुभयो । 

सबैको साथ र सहयोगले मात्रै विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउन सकिने धारणा राख्नुभयो । महानगर प्रहरीका राजन पौडेलले महानगरले व्यवस्था गरेको पार्किङस्थलको बारेमा जानकारी दिनुभएको थियो । छलफलमा महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतमसहित महानगर क्षेत्रभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।


मोहन कुमार राई-सङ्खुवासभा, भाद्र ६गते | सङ्खुवासभा जिल्ला अदालतले गत वर्ष भन्दा यो वर्ष बढी मुद्दा फैसला गर्न सफल भएको जिल्ला अदालत सङ्खुवासभाले आज आयोजित वार्षिक कार्ययोजनाले तय गरेको कार्यक्रम अन्तरगत नागरिक समाजसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सङ्खुवासभा जिल्ला अदालतमा परेका विभिन्न प्रकृतिका मुद्दा र अदालतले पु¥याएको सेवा प्रवाहको वारेमा मंगलबार अन्तरक्रिया कार्यक्रम मार्फत आ.व. २०७९÷०८० मा जम्मा अदालतमा परेका विभिन्न प्रकृतिका मुद्दा ६ सय ७७ थान मुद्दा मध्ये ५ सय ३९ थान मुद्दा फछ्र्याैट गर्न जिल्ला अदालत सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ०७८÷०७९ को आर्थिक वर्षको असार मसान्तसम्म १ सय ३८ थान मुद्दा फैसला हुन बाँकी रहेको सङ्खुवासभा जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो ।

जिल्ला न्यायाधिश टेकनाथ गौतमले वार्षिक कार्ययोजनामा उल्लेख भए वमोजिम ८० प्रतिशत माथि मुद्दा फैसला गर्न जिल्ला अदालत सङ्खुवासभा सफल भएको बताउँदै जिल्ला अदालतमा परेका हरेक प्रकृतिका मुद्दाको फैसला गर्दा कानुनी प्रमाण र दसीका आधारमा न्यायको सिद्धान्तलाई टेकेर मुद्दा फैसला हुने गरेको बताउँदै नागरिक समाजहरुका वीच मंगलबार सङ्खुवासभा जिल्ला अदालत चैनपुरमा आयोजित नागरिक समाज संचारकर्मी सहितको उपस्थितिमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको बताउनु भयो ।  

अदालतमा फौजदारी प्रकृतिका मुद्दा भन्दा देवानी प्रकृतिका मुद्दा बढी परेको जिल्ला अदालत चैनपुरले जनाएको छ । सङ्खुवासभा जिल्ला अदालतमा दर्ता भएका कतिपय मुद्दा मेलमिलाप केन्द्रबाट मिलाउने गरिएको बताउँदै मिल्नै नसक्ने प्रकृतिका मुद्दा मात्र अदालतमा आइपुग्ने गरेको न्यायाधिश गौतमले बताउनु भयो । मुलुकमा संघीयता कार्यान्वयन भएसँगै पालिका स्तरबाट न्यायिक समितिले समेत मुद्दा हेर्ने गरेको हुँदा मुद्दाको फैसला प्रकृति अनुगमनको क्रममा जिल्ला अदालत सङ्खुवासभाले भोटखोला र सिलिचोङ बाहेक सबै पालिकामा न्यायिक समितिले गरेका कार्यको अनुगमन गरेको समेत न्यायाधिश गौतमले बताउनु भयो । कुनै पनि कसुरमा अदालतमा परेका मुद्दा सुनुवाई हुँदा प्रमाणका आधारमा मुद्दा फैसला हुने हुँदा दोषी कोही नउम्कने र निर्दोष कोही नपर्ने न्यायको सिद्धान्त अनुसार मुद्दा फैसला हुने गरेको न्यायाधिश गौतमले बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा समाज स्पर्श समितिका अध्यक्ष लवकुमार श्रेष्ठ, पूर्व वानेश्वर गा.वि.स. अध्यक्ष वीरेन्द्र केसी, पूर्व चैनपुर गा.वि.स. सचिव जगतबहादुर कटुवाल, नागरिक समाजका अगुवाहरु भीमबहादुर कडेल, टीकाराम शाही, सुमित्रा श्रेष्ठ, भीमबहादुर न्यौपाने, रमेश कर्माचार्य सहित चैनपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष शिखर शर्मा, वडा नं ८ का वडा अध्यक्ष देवराज राई, वडा नं ७ का का.वा. वडा अध्यक्ष मेखबहादुर विक लगायत मेलमिलापकर्ता मनमाया तामाङले अन्तरक्रियामा भाग लिदै अदालतले पु¥याउने न्यायिक सेवा प्रवाहमा चुस्त दुरुस्त गर्न सुझाव दिदै जिल्ला अदालतले गरेका हरेक फैसला कानुनी प्रमाणको आधारमा दोषी कोही नउम्कने र निर्दोष कोही नफस्ने नीतिका साथ फैसला हुँदै आएकोमा अदालतको न्यायिक सेवा सम्बन्धी कार्यको सहभागीहरुले प्रशंसा गरेका थिए ।


विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई शैक्षिक हब बनाउनुपर्नेमा जोड दिएका छन् ।

विराटनगरस्थित सगरमाथा कलेजले उत्कृष्ट विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय विराटनगर शैक्षिक हब बन्दै गएको उल्लेख गर्नुभयो । “शिक्षा र स्वास्थ्यको सेवा लिनका लागि अब विराटनगरभन्दा बाहिर गइरहनुपर्दैन,” मेयर कोइरालाले भन्नुभयो, “देशभरिकै उत्कृष्ट अंक ल्याउने विद्यालय र कलेज यहीं छन्, हामीसित दुई–दुईवटा मेडिकल कलेज छन् । तर पनि हाम्रा विद्यार्थीहरु काठमाडौं र विदेश पढ्न गइरहेका छन् ।” उहाँले गत आर्थिक वर्ष अध्ययनकै लागि १ खर्ब ४२ अर्ब रुपैयाँ विदेशिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । हरेक वर्ष विदेश जाने विद्यार्थीको संख्या बढ्नै गएको उहाँको भनाइ थियो ।

कोइरालाले घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिनु आवश्यक रहेको औंल्याउनुभयो । “विद्यालय तहदेखि नै व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति देश विदेशमा श्रममा बिक्न सक्छन् । हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेका छन् । त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारी पाउने गरेका छन्,” मेयर कोइरालाले थप्नुभयो, “गत आर्थिक वर्ष ७ लाख ७५ हजारभन्दा बढी युवा विदेशिए । चाहे अध्ययनका लागि होस् चाहे रोजगारीका लागि होस् तर युवा जनशक्ति विदेशिनु देशका लागि दुर्भाग्य हो ।”

कार्यक्रममा कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने अनुभव तिम्सिना, चन्द्रशेखर कामत, प्रिया कटवाललगायत विद्यार्थी सम्मान गरिएको थियो । उनीहरुलाई मेयर कोइराला, वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, कलेजका प्राचार्य त्रिलोचन गौतमलगायतले सम्मान गर्नुभएको थियो ।


मोहन कुुमार राई -संखुवासभा,२९ औ तामाङ भाषा प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ कोशी प्रदेश समितिद्धारा तेक्वन्दो खेलाडी वीर बहादुर तामाङ सम्मानित हुनु भएको छ ।

संखुवासभा जिल्लाको चैनपुर नगरपालिका स्थित कोक्सामा भएको प्रदेश स्तरीय तामाङ पत्रकार संघ १ नं.प्रदेश समितिद्धारा आयोजित एक कार्यक्रमका वीच खेलाडी तामाङ सम्मानित भएका हुन । भोजपुर जिल्ला, षढानन्द नगरपालिका वडा नं ४ निवासी खेलाडी तामाङ लामो समय देखि आईटीएफ तेक्वान्दो खेलमा आवद्ध हुँदै तामाङ जातीको भाषा धर्म, संस्कृतिको जर्गेना गर्न  तथा तामाङ जातीको हकअधिकारको लागि जातीय संगठन तामाङ घेदुङसंघमा सक्रियसहभागी हुँदैआउनुभएकोछ ।


खेलाडी तामाङले सातौं  र नौं र्औ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक, सातौ दक्षिण एशियाली च्याम्पियनसीप प्रतियोगितामा नेपालको लागि कास्य पदक हासिल गर्न सफल तामाङ सम्मानित भएको कार्यक्रम सञ्चालक मकर तामाङले वताउनुभयो ।

रेडियो नेपालमा २०५१ सालमा रमिता बल तामाङल पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण गरिएको जानगकारी दिनुहुँदै २०६१ सालबाट संस्थागत रुपमा तमाङ पत्रकार संघ अघि बढ्दै आएको तामाङपत्रकार संघ प्रदेश समिति अध्यक्ष  मोहन तामाङले वताउनुभयो । कार्यक्रममा तामाङ भाषा संस्कृतिको जानकारी गराउनु हुँदै बम्बो, ताम्वा र लामा ३ वटा पाटो  तामाङ जातीको महत्वपूर्ण पाटो रहेको प्रदेश अध्ष्क्ष तामाङले वताउनुभयो । तीन वटै पाटाहरुको आ–आफ्नै कार्य, महत्व र भूमिका रहेने समेत वताउनुभयो ।

चैनपुर नगरपालिका नगर प्रमुख कृष्ण कुमार तामाङले तामाङको रितीरिवाज सस्कृती नबुझि दिएको भगवती पाण्डेको अभिव्यक्ति  गलत रहेको वताउनु हुँदै तामाङ जातीको भाषा, भेषभुसा, संस्कृतिको जर्गेना गर्न सिङ्गो तामाङ समुदाय लाग्न जरुरी हरको वताउनुभयो ।

 यसै गरी चैनपर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष धनबहादुर तामाङले तामाङ समुदायको भाषा सस्कृती लगातको क्षेत्रमा कलम चलाउन तामाङजातीकै सञ्चारकर्मीको आवश्यकता पर्ने हुँदा तामाङ जातीको सहभागिता हुने गरी  पत्रकारीता तालिमको आयोजना गरिनु पर्नेमा जोड दिनुभयो । 

यसै गरी र्काक्रममा तामाङ पत्रकार संघ केन्द्रीय सदस्य एवं प्रदेश इन्चार्ज मानवी मोक्तान, नेपाल तामाङ घेदुङ्ग जिल्ला समन्वय समिति अध्यक्ष  एवं कार्यक्रम व्यवस्थापक काजी तामाङ, लामा घेदुङ जिल्ला अध्यक्ष ज्ञान बहादुर तामाङ, सरस्वती मावि चैनपुरका पधानध्यापक गोविन्दमान तामाङ लगायतले कार्यक्रममा शुभकामना मन्तव्य दिनुभएको थियो ।

 


मोहन कुमार राई  श्रावण २८ गते |संखुवासभा, संघिय शिक्षा ए्ेनको मस्यौदा विरुद्ध नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्धारा घोषित चरणवद्ध आन्दोलनको पहिलो दिन आज देशभरका ७५३ वटै पालिकामा धर्ना दिने कार्यक्रम तय भए वमोजिम संखुवासभाका १० वटै पालिकामा धर्ना कार्यक्रमका साथ ज्ञापन पत्र पेशगर्दै शिक्षकहरु ध्र्नामा वसेका छन् ।

राज्यले शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरु, विद्यालय कर्मचारी, वालशिक्षिका लगायतका पेशाकर्मीहरुलाई उपेक्षा गरेको भन्दै पटक पटक शिक्षाकर्मीहरु आन्दोलनमा होमिए पछि नेपाल शिक्षक महासंघ र नेपाल सरकार संग भएका पेशागत हकहितका सम्झौता बमोजिम शिक्षा ऐनको मस्यौदामा नसमेटिएको भन्दै शिक्षकका पेशागत सँगठनका शिक्षक पेशाकर्मीहरुले शिक्षकहरुको पेशागत हकहितको पक्षमा ऐनमा समेटन ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्रमा निजामती कर्मचारीहरुको दाँजोमा शिक्षकलाई विभेद गरिएको भन्दै निजामती कर्मचारी सरहको सबै प्रकारका सेवासुविधा उपलब्ध गराउन भनिएको छ । अस्थायी, करार , राहत शिक्षकहरुलाई दर्वन्दीमा आन्तरीक प्रतिस्पधाका माध्यमबाट स्थयी गरिनु पर्ने ज्ञापन पत्रमा उल्लखे गरिएको छ । विद्यालय कर्मचारीहरु– कार्यालय सहयोगि, बालशिक्षिका विद्यालय सहायक लगायत शिक्षकहरुको न्युनतम वेतन उपलब्ध गराई पेशागत सुनिश्चितता गर्न समेत शिक्षा ऐनमा समेटन आग्रह गरिएको छ ।

आइतबार  संखुवासभाको चैनपुर नगरपालिकामा शिक्षक महासंघका केन्द्रीय सचिव सूर्य बहादुर दाहालले शिक्षकका हक हितमा शिक्षा ऐन नआई नेपाली शिक्षकले आफनो पेशागत सुनिश्चितताको लागि जस्तो सुकै आन्दोलन गर्न पनि पछि नहटने वताउदै नेपाल शिक्षक कार्यक्रमलाई सफल वनाउन नेपाली शिक्षकहरुलाई आग्रह गर्नु भयो ।

आजै  खाँदवारी नगरपालिका को धर्ना तथा घेराउ कार्यक्रममा शिक्षक महासंघका जिल्ला अध्यक्ष शेरबहादुर पुरी लगायत शिक्षक नेताहरुले नगर प्रमुख महेश थपलिया मार्फत  ज्ञापन पत्र बुझाए । यसै गरी संखुवासभाको सिलिचुङ्ग गाउपालिका, ताम्कु, पाचखपन नगरपालिका वना, धर्मदेवी नगरपालिका मुढेबजार, मादी नगरपालिका मादीओखरबोटे ,खाँदवारी नगरपालिका खाँदवारी , सभापोखरी गाउँपालका बाह्रविसे, मकालु गाउँपालकाको कार्यालय नुम, भोटखोला गाउँपालिको कार्यालय हटिया लगायत जिल्लाको सबै पालिकाहरुमा शिक्षक नेताहरुको आफ्नो उपस्थितिमा धर्नाकासाथ ज्ञापन पत्र दिने कार्य सम्पन्न गरिएको नेपाल शिक्षक संघका उपाध्यक्ष खगेश्वर घिमिरेले वताए । यसै गरी घोषित कार्यक्रम अनुसार श्रावण ३० गते शिक्षा विकास तथा समन्वय इकाई कार्यलय धर्ना, घेराउ तथा ज्ञापन पत्र वुझाउने ।

श्रावण ३२ गते प्रदेको सामाजिक विकास मन्त्रालयमा धर्ना, घेराउ तथा ज्ञापन पत्र बुझाउने कार्यक्रमको आयोना गरिएको नेपाल शिक्षक संघ कोशि प्रदेश उपमहासचिव पदम बहादुर  अधिकारीले वताए ।

 


विराटनगर÷ विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ ।

डेंगुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले जथाभावी शुल्क लिने गरेको व्यापक गुनासो आएपछि महानगरले सरोकारवालाहरुको बैठक राखेको हो । सरोकावालाहरुबीचको छलफलपछि विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले डेंगुको किटबाट परीक्षण गर्दा अधिकतम् ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा बसेको बैठकले डेंगुको किटबाट परीक्षण गर्दा तत्कालका लागि ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने गरी शुल्क निर्धारण गरिएको अलीले बताउनुभयो ।

बैठकमा महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, ३ का अध्यक्ष वासुबहादुर बस्नेत, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह, निजी अस्पतालहरुको संस्था अफिनका अध्यक्ष डा. शंकर अधिकारी, कोशी अस्पतालका मेसु चन्द्रकान्त झा, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रकाश कार्की, उपभोक्ता जागरण अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, मोरङ सचिव स्वयम्भूनाथ कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, मेलानका केन्द्रीय उपाध्यक्ष प्रयाग पन्त, मेलानका प्रदेश सचिव जीतेन्द्र झा, मेलानका मोरङ अध्यक्ष दिनेश राउत, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङ होम, न्यूरो अस्पताललगायत विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख र प्रतिनिधिको उपस्थितिमा शुल्क निर्धारण गरेको   हो ।  

विराटनगरस्थित न्यू मोरङ डाइगोनोष्टिक सेन्टरसहितका केही स्वास्थ्य संस्थाहरुले डेंगु परीक्षण गर्दा १८ सय रुपैयाँ लिएको भन्दै महानगरमा गुनासो आएको थियो । गुनासो सम्बोधन गर्ने उद्देश्यले सबै स्वास्थ्य संस्थाको शुल्कमा एकरुपता कायम गर्न सरोकारवाला सहमत भएका छन् । डेंगुको महामारी फैलिएको समयमा जनताले राहत पाउने गरी सेवा दिन मेयर कोइरालाले आग्रह गर्नुभयो । “यस्तो असहज अवस्थामा धेरै कमाउनेभन्दा कसरी हुन्छ जनतालाई सेवा दिनुपर्छ,” मेयर कोइरालाले भन्नुभयो, “जनताको सेवा प्रदान गर्ने यो एउटा सुनौलो अवसर पनि हो । यस्तो परिस्थितिमा कसैले जनताको अहितमा हुनेगरी काम गरेमा कारबाहीका लागि कडा कदम चालिनेछ । आज निर्धारण भएको शुल्क लक्ष्मणरेखा होइन, पछि फेरि बसेर संशोधन गर्न सकिन्छ ।”

महानगरले गरेको समन्वयकारी भूमिकाप्रति धन्यवाद दिँदै अफिनका अध्यक्ष डा. शंकर अधिकारीले बैठकको अक्षरशः निर्णय कार्यान्वयन गर्न सबै स्वास्थ्य संस्थाहरुलाई आग्रह गर्नुभयो । महानगरअन्तर्गतको रानी अस्पताल र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।


काठमाडौं |
 स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरको २०औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ। बरिष्ठ  सौन्दर्यबिद रुस्का श्रेष्ठ बैधले स्कुल अफ व्युटीसियनको स्थापनाको २० औं बार्षिकोत्सव एक भब्य समारोह बीच मनाएकी हुन्। उनको ट्रेनीङ सेन्टर, ब्युटिपार्लर काठमाडौंको नक्साल र काभ्रेको बनेपामा रहेको छ ।

 प्रमुख अतिथि प्रतिनिधि सभाको उपसभामुख माननीयइन्दिरा राना मगर को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिसेष अतिथिमा बरिष्ठ  ब्युटिसियनहरु  राज्यश्री श्रेष्ठकमला श्रेष्ठ अभिनेता प्रशान्त ताम्राकारपूर्व मिस नेपाल उषा खड्कीमाल्भिका सुब्बाश्रीषा श्रेष्ठनायक सलिनमान बानियाँअञ्जिल मास्केइभाना मानन्धरबरिष्ठ  ब्युटिसियन सिता न्यौपानेलक्ष्मी महतराजभाई सुवाल लगायत रहेका थिए। स्कुल अफ व्युटीसियन’ आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टर बाट व्युटिसियन प्रशिक्षण लिएका व्युटिसियन विधार्थीहरुलाई उक्त कार्यक्रममा सम्बन्धित कोर्ष उतिर्ण गरेको प्रमाणपत्र प्रदान गरिएको थियो।

 

बार्षिकोत्सव समारोहमा बोल्दै रुस्का श्रेष्ठ बैद्यले २० बर्ष अगाडि स्थापना गरेको यो स्कुल अफ ब्युटिसियनले प्रशिक्षण र ब्यूटी सेवा दुबै क्षेत्रमा योगदान दिँदै आएको बताईन् । हजारौ नारीहरुलाई सौन्दर्य सिप सिकाएर रोजगार सहित आत्मानिर्भर बनाउँदा पाउँदा खुसी लागेको भनाई उनले सो कार्यक्रममा राखिन् । २० बर्षको अबधिमा आफुले काठमाडौं र बनेपामा गरि करिब ११ हजार भन्दा बढी व्युटिसियनहरुलाई प्रशिक्षण दिएर यो पेशामा ल्याएको पनि बताईन् ।

 

बार्षिकोत्सव समारोह लेक्मी फेसन सो को समेत आयोजना गरिएको थियो भनेकार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक लि र स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरले ब्यबसायिक साझेदारीमा हस्ताक्षर समेत गरिएको थियो।  

 

विभिन्न सांस्कृतिक कार्यक्रमसम्मान कार्यक्रमको साथमा केक काटेर मनाईएको सो कार्यक्रममा उधमी महिलाव्युटिसियन सहित समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरु तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।


विराटनगर ÷ धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारीलाई तीव्र पारेको छ ।

डेंगु रोकथाम र नियन्त्रणका उपायका विषयमा महानगरले आज सफाई शाखाका कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । यसअघि महानगरले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । सफाई कर्मचारीहरुलाई डेंगु रोगको स्रोत, रोकथाम र नियन्त्रणका उपायका विषयमा स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी गराउनुभएको थियो । सरफाई गर्ने क्रममा टायर, बाल्टिन, ड्रमलगायतमा पानी जमेको पाइए तत्काल हटाउनुपर्ने उहाँले बताउनुभयो ।

डेंगु नियन्त्रण औषधि छर्केर भन्दा घरभित्र र घर वरिपरि पानी जम्न नदिएर नियन्त्रण गर्न सकिने उहाँको भनाइ थियो । फ्रिज, कुलर, गमला, टायरलगायतमा लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे उत्पादन हुने भएकाले सरसफाईबाटै डेंगु नियन्त्रण र रोकथाम गर्न सकिने हैदरले स्पष्ट पार्नुभयो । अभिमुखीकरण कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आफ्नो घर वरिपरिमात्रै सफा गरेर डेंगुको संक्रमणबाट बच्न नसकिने बताउनुभयो । उहाँले छरछिमेकीको घरमा पानी जमेको पाइएमा त्यसबाट समेत डेंगु फैलिने दाबी गर्नुभयो । यदि छिमेकीको घरमा पानी जमेको देखेमा हटाउन लगाउनुपर्नेमा जोड दिनुभयो । “आफ्नो घर सरसफाई गरेर मात्रै हुँदैन,” पराजुलीले भन्नुभयो, “छरछिमेकीको घरमा जमेको पानीबाट समेत डेंगु सर्न सक्छ ।”

शुक्रबार महानगरले १९ वटै वडामा बिहान ७ देखि ९ बजेसम्म डेंगु सार्ने लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्दैछ । अभियानमा सरिक हुन सरसफाई कर्मचारीहरुलाई उहाँले आग्रह गर्नुभयो । अभिमुखीकरण कार्यक्रममा सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, मेयर नागेश कोइरालाका स्वकीय सचिव डिकप्रसाद घिमिरे, उपमेयर शिल्पा निराला कार्कीका स्वकीय सचिव निश्चल मायालु, सफाई शाखाका किरण न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

यसअघि बिहीबार कार्यबाहक मेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सबै वडाका जनप्रतिनिधि, वडासचिव, स्वास्थ्यकर्मीलगायतका लागि महानगरले एकदिने अभिमुखीकरण सञ्चालन गरेको थियो ।


पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बिरामीको चाप घटाउने गरेर काम गर्ने दिर्नेशन दिएकी छन् । 

जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिर्फर गर्ने र गण्डकी प्रदेश भन्दा बाहिरका अस्पतलमा रिर्फर गर्दा बिरामीलाइ समस्या हुने भन्दै सकेसम्म धेरै रोगको उपचार गण्डकी प्रदेशमा गर्न निर्देशन दिएकी हुन । आयुर्वेद औषाधालयलाई संग संगै विकास गरेर काम गर्ने योजना सुनाइन । 

गण्डकी प्रदेशका बिरामीलाई जस्तोसुकै रोगलाइ पनि गण्डकी प्रदेश भित्र नै उपचार गर्ने वातावरण बनाउने योजना मन्त्री सिंखडाले सुनाइन । 

स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागी कुनैपनि कसरत बाँकी नराख्ने, प्रदेशबाट नै सकेसम्म धेरै सेवा निशुल्क दिने योजना, एनजीओ संग सहकार्या गर्ने कार्यक्रम मन्त्रीलाइ सोधेर मात्र अघि बढ्नुपर्ने लगायतका निर्देशन दिइन । 


गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य सुबास अधिकारीले गण्डकी प्रदेश सरकारले सुरु गरेको परिवारिक स्वास्थ्य प्रोफाइल योजना तिव्र रुपमा अघि बढाउनुपर्ने जानकारी दिए । 

जनताको स्वास्थ्य उपचारको लागी कम खर्च हुने योजन अघि बढाउनु अनुरोध गरे । स्वास्थ्को क्षेत्रमा कुनैपनि योजना हाल्ने बेलामा योजना माथी अनुसंधान हुनुपर्ने बताए । 

संक्रमण तथा सरुवा रोग अस्पतालका निर्देशक बिकास गौचनले संक्रमण तथा सरुवा रोग अस्पतालले अहिलेसम्म उल्लेखनिय काम गरेको बताए । अहिले पनि गण्डकी अस्पतालमा अन्य अस्पतालमा नपाइने तर संक्रमण रोग तथा कोभिड १९ विरुद्धको खोप निरन्तर दिएको बताए । 

५० शैयाको अस्पतालमा विभिन्न सरुवा रोग, आँखाको प्रथामिक उपचार र इमजेन्सी सेवा २४ घण्टा नै सुचारु गरेको सुनाए । 

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश क्षेयरोग उपचार केन्द्र, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रलय आपुर्ति व्यवस्थापन केन्द्र लगायतका संस्थाले समिक्षामा प्रगति विवरण र आगामी वर्षको योजना पनि सुनाएका थिए । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.