Websoft University

भेटघाट


बिराटनगर  भदौ १२ गते | मंगलबार मोरंग व्यापार संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यू र संघका उपाध्यक्ष श्री अनिल कुमार साहज्यूले नेपाली काँग्रेसका वरिष्ठ नेता डा। शेखर कोइरालाज्यूसँग भेट गर्नु भई मुलुकको आर्थिक अवस्थालाई सुदृढ गर्नकालागि आवश्यक पहल गर्ने विषयहरुमा छलफल गर्नु भएको छ । 

संघका अध्यक्ष श्री नवीन रिजालज्यूले हालको देशको आर्थिक अवस्था राम्रो नभएकोले नेपाल सरकार अन्तर्गत सेतो हात्तीका रुपमा रहेका विभिन्न समितिहरुलाई अविलम्ब खारेज गरिनु पर्ने, सरकारी कर्मचारीहरुको नियुक्ती, राजनैतिक नियुक्ती, कर्मचारीले विभिन्न शिर्षकमा लिने गरेको भत्ता, भ्रमण भत्ता, नयाँ सवारी साधन खरिद, अनुत्पादक क्षेत्रमा हुने खर्च लगायतलाई पूर्ण रुपमा राज्यले बन्द एवम् खारेजी गरी विकास खर्च तर्फ ध्यान दिई देशको आर्थिक स्थिति चलायमान बनाउनका लागि कठोर नीति बनाउन संसदमा आवाज उठाइदिन समेत डा। शेखर कोइरालाज्यू समक्ष अनुरोध गर्नुभयो ।

साथै, अध्यक्षज्यूले संघले पटक पटक गरेको पहलको परिणाम स्वरुप नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ ९प्रथम संशोधन० मा गरेको संशोधनले उद्योग व्यवसायीमा केही राहत भएको जानकारी गराउनु भयो । साथै अध्यक्षज्यूले हाल देखिएको व्यापारमा कहाली लाग्दो मन्दीबाट व्यवसायलाई चलायमान बनाउनकालागि बजेटको ४० प्रतिशत विकास खर्चमा प्रयोग गर्नुपर्ने तथा चालु खर्च घटाउनु पर्ने सुझाव दिनुभयो ।

उक्त छलफलमा डा। कोइरालाज्यूले मूलुकको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै अब पनि मूलुकप्रति गम्भीर नभए ठूलो दुर्घटना निम्तिन सक्ने हुँदा मुलुकलाई दुर्घटनाबाट जोगाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नु पर्ने र संघबाट प्राप्त उचित सुझावहरुलाई आफूले संसदमा आवाज उठाउने समेत आश्वासन दिनु भयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.