Websoft University

विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप अभियान सञ्चालन


विराटनगर ÷ विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिइएको थियो । निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले कोशी प्रदेशको मोरङ र सुनसरीमा खोप अभियान सञ्चालन गरिने बताउनुभयो । उहाँले कोशी प्रदेशको मोरङको रतुवामाई नगरपालिका र सुनसरीको बर्जु गाउँपालिका दादुरा–रुवेलाको उच्च जोखिम रहेको बताउनुभयो । हाल रतुवामाईमा ४१ जना र बर्जुमा ३२ जना दादुरा–रुवेलाका बिरामी भेटिएको उहाँको भनाइ थियो । विद्यालय केन्द्रित खोप केन्द्र राखेर अभियानलाई सफल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महानगर क्षेत्रभित्र १८४ खोप केन्द्रमार्फत दादुरा–रुबेलाको खोप लगाइने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । त्यसका लागि एउटा खोप केन्द्रमा दुईजना स्वास्थ्यकर्मी र दुईजना स्वयम्सेवक परिचालन गरिनेछ । कार्यक्रममा महानगरकी उपमेयर शिल्पा निराला कार्कीले सबैको साथ र सहयोगले खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । खोपका विषयमा हरेक व्यक्तिले टोल–टोलमा पुगेर प्रचारप्रसार र सचेतना फैल्याउनुपर्नेमा कार्कीले जोड दिनुभयो । ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत अनिल देवले बताउनुभयो । उहाँले खोप लगाएका १० हजारमध्ये एकजना बालबालिकामा असर देखिन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । सरकारले सन् २०२३ भित्र नेपालबाट दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखेको थियो । तर, त्यो सम्भव नभएपछि आगामी २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतसहित विभिन्न वडाका अध्यक्ष, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी,  डब्लूएचओ विराटनगरकी डा. करिष्मा गुरुङ,लगायतको उपस्थिति रहेको थियो । महानगर क्षेत्रभित्र अझै पनि ४ प्रतिशत बालबालिकाले कुनै खोप नलगाएको भेटिएको तथ्यांक प्रस्तुत गरिएको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.