Websoft University

डा. अबुल द्वारा सुनसरीका पालिकाहरुलाई निःशुल्क सिटामोल हस्तान्तरण

सुनसरी । रातो तारा डट कम,नेपाली कांग्रेसका युवा नेता, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य तथा चौँधौ महाधिवेशनका निर्वाचित प्रतिनिधि समेत रहेका डा. अबुल हुसैन अन्सारीले सुनसरीको विभिन्न पालिकाहरुमा निःशुल्क औषधी हस्तान्तरण गर्नु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकालाई निःशुल्क सिटामोल हस्तान्तरण गरेका हुन् ।

काठमाण्डौंमा गत बुधबारदेखि अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. को आयोजनामा निःशुल्क औषधी वितरण कार्यक्रमलाई निरन्तरता दिदै गृह जिल्ला सुनसरीमा सो पालिकाहरुलाई पनि निःशुल्क पारासिटामोल ट्याबलेट हस्तान्तरण गरेका हुन् ।

इनरुवा नगरपालिकालाई ७ हजार सिटामोल ट्याबलेट, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका र कोशी गाउँपालिकालाई ३५ सयको परिमाणमा निःशुल्क सिटामोल वितरण गरेको अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. का प्रतिनिधि तथा बरिस्ठ पत्रकार समेत रहेका ताविल अन्सारीले जानकारी दिए ।

निःशुल्क सिटामोल हस्तान्तरण गर्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले कोभिड–१९ महामारीको बेला र देशमा सिटामोल अभाव भएको बेलामा राहत स्वरुप समाज सेवा गर्ने भावनाले सिटामोल उपलब्ध गराएकोमा आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए । अध्यक्ष अन्सारीले भने,’ यो ट्याबलेटले मानवलाई कोरोनाको कहरबाट ठुलो राहत मिल्छ । देशभर अभाव भएको बेला यसरी सहजै निःशुल्क रुपमा उपलब्ध गराएको छ । हरिनगर बासीलाई उपचारमा सहयोग पुग्छ,’ उनले भने ।

निःशुल्क सिटामोल हस्तान्तरण गर्दै भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले कोभिड–१९ महामारीको बेला र सिटामोल अभाव भएको समयमा भोक्राहा नरसिंह गाउँपालिकाको जनताको हकहित र सेवा गर्ने उद्देश्यको साथ सिटामोल उपलब्ध गरिदिएकामा युवा नेता अन्सारीलाई धन्यवाद दिएका थिए ।

यसैगरी निःशुल्क सिटामोल हस्तान्तरण गर्दै कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले अभावको बेला निःशुल्क सिटामोल उपलब्ध गराइएकोमा धन्यवाद दिएका थिए । उनले भने,’ नेपाली कांग्रेसका युवा नेता तथा अयान हेल्थ केयर प्रालिका अध्यक्ष डाक्टर अबुल हुसैन अन्सारी धन्यवादका पात्र हुन् । उनले कोशीमा मात्रै हैन देशभर राम्रो काम गर्नुभएको छ । देशभर सिटामोल अभाव भएको बेलामा देशैभर उपलब्ध गराउदै हुनुहुन्छ । त्यस कारण धन्यवादको पात्रपनि हुन् । उनले थपे,’ यो सिटामोलले अतिनै महत्त्व राख्छ । यदि मुलुक भरमा यो उपलब्ध गराएको सिटामेल खाएर एकजना पनि बाच्छ भने त्यसको रिटर्निङ आउछ । त्यस कारण यस गाउँपालिकालाई ३५ सय सिटामोल उपलब्ध गराउनु भएकोले गाउँपालिकाको तर्फबाट धन्यवाद तथा आभार प्रकट गर्दछु,’ उनले भने ।

यस्तै बराहक्षेत्र नगरपालिकाका लेखा अधिकृत बिरेन्द्र यादवले बराहक्षेत्र नगरबासीलाई सिटामोलको अभाव नहोस् भन्ने उद्देश्यले सिटामोल उपलब्ध गराएकोले यस्तो कार्यको प्रसंशा गर्दै सो हेल्थ केयरका अध्यक्ष तथा युवा नेता अबुल हुसैन अन्सारी तथा उपस्थित सम्पुर्ण प्रतिनिधिलाई धन्यवाद दिएका थिए ।

इनरुवा नगरपालिकाका स्वास्थ्य प्रमुख निखिल पोखरेलले इनरुवा क्षेत्रमा कोभिड–१९ संक्रमण भएका व्यक्तिलाई सिटामोलले उपचारमा सहयोग पुग्ने बताउदै अयान हेल्थ केयर र अनमोल हेल्थ कम्पनीको प्रगतिको कामना गर्दै अन्सारीलाई धन्यवाद व्यक्त गरेका थिए ।

निःशुल्क सिटामोल हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका नेता हाजी इसराईल मन्सुरी, भोक्राहा नरसिंह गाउँपालिका–४ का अध्यक्ष हारुन अन्सारी, अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. का प्रतिनिधि ताविल अन्सारी, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ‘ख’ का सचिब नईम अन्सारी, नेपाली कांग्रेस सुनसरीका युवा नेता आरिफ हुसैन, पत्रकार टोमराज मेहता, अजमल अन्सारीलगायतको नेतृत्वमा हस्तान्तरण गरेको थियो ।

नेता अन्सारी हाल काठमाडौंमा बसोबास गर्दै आएको र जिल्लामा सिटामोलको अभाव रहेको खबर पाएपछि राजनीतिकमा सक्रिय तथा ओैषधी व्यवसायी समेत रहेका सुनसरीको भोक्राहा नरसिंह–४ स्थायी घर भएका अन्सारीले गृह जिल्लाका सो पालिकाहरुलाई २१ हजार ट्याबलेट सिटामोल हस्तान्तरण गरेका हुन् ।

नेता अन्सारीले सुनसरीमा बाकी रहेका इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बर्जु गाउँपालिका, देवानगंज गाउँपालिका, गढी गाउँपालिका लगायतका अन्य पालिकाहरुको लागि पठाउने तयारी भइरहेको बताउदै पठाउन साथ हाम्रा सहकर्मी टिमले सो पालिकाहरुमा पनि हस्तान्तरण गर्ने बताउनुभयो ।

काठमाडौं स्थित औषधी व्यवस्था विभाग अगाडी गत बुधबारदेखि तीन जना डाक्टरको टिम राखेर सर्वसाधारणलाई निःशुल्क सेवा प्रदान गर्दै आएको , इच्छुक सर्वसाधारण जो कोही त्यहाँ गएर सामान्य चेकजाँच गराउन सक्ने र आवश्यकता अनुसार उनीहरुलाई सिटामोल उपलब्ध गराइ रहेको युवा नेता अन्सारीले बताउनुभयो ।

युवा नेता अन्सारीका अनुसार हाललाई पाँचलाख ट्याब्लेट पारासिटामोल वितरण गर्ने योजना रहेको छ । नेता अन्सारीले सर्वसाधारणहरुको चेकजाँच गरि समाजसेवा गर्ने भावनाले निःशुल्क औषधी वितरण गर्ने अभियान सुरु गरेको हो ।

देशमा पारासिटामोल अभाव भएको समाचार विभिन्न मिडियामा आएपछि नेता अन्सारीले निःशुल्क वितरण अभियान स्वरुप देशव्यापी सुरु गरेका छन् । उनले अभाव रहेको अन्य जिल्लामा पठाउने तयारी भइरहेको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.