Websoft University

सामाजिक सुरक्षा कोषमा १७ करोड ४८ लाख रुपैयाँ संकलन


काठमाण्डौ मंसिर १२ गते । रातो तारा डट कम,योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अहिलेसम्ममा १० हजार चार सय सात वटा रोजगारदाता प्रतिष्ठान सूचीकृत भएका छन् । सूचीकृत प्रतिष्ठानले श्रमिकको रकम कोषमा नियमित रूपमा जम्मा गर्न बाँकी छ । केषमा एक लाख १५ हजार एक सय ९८ जना श्रमिक सहभागी भएका छन् । रोजगारदाता र श्रमिकको योगदानबाट कोषमा १७ करोड ४८ लाख रुपैयाँ संकलन भइसकेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्ष मंसिर ११ गतेदेखि कोष सञ्चालनमा ल्याएको हो । कोषमा योगदान गरेका दुई श्रमिकका परिवारले वृद्धावस्था सुरक्षा योजना अन्तरगत आजिवन निवृत्तभरण पाउने थालेका छन् । सडक दुर्घटनामा मृत्यु भएका क्लोजर सिस्टम इन्टरनेसनल मकवानपुरमा कार्यरत इन्जिनियर रूपेन्द्र थापा र कैरोश क्याफे ललितपुरमा कार्यरत प्रकाश तामाङको आश्रित परिवारलाई आजीवन निवृत्तभरण दिने निर्णय भएको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिनुभयो । 

थापाको परिवारले मासिक १७ हजार एक सय रुपैयाँ र तामाङको परिवारले मासिक १० हजार दुई सय रुपैयाँ पेन्सन पाउन थालेका छन् । कोषमा थापाका नाममा १२ हजार रुपैयाँ र तामाङका नाममा आठ हजार रुपैयाँ जम्मा भएको थियो । उनीहरूको परिवारलाई आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत प्रतिपरिवार २५ हजार रुपैयाँ काजकिरिया खर्चसमेत दिइएको छ । कोषका अनुसार आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम निजको आश्रितलाई मासिक पेन्सनका रूपमा प्रदान गर्ने व्यवस्थाछ ।

आधारभूत तलबअनुसार नै यो सुविधा दिइने भएकाले आश्रित परिवारले प्राप्त गर्ने रकम फरक पर्ने जानकारी कार्यकारी निर्देशक ज्ञवालीले बताउनुभयो । औद्योगिक वातावरण बनाउन भन्दै रोजगारदाता, सरकार र ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिमा ल्याइएको सामाजिक सुरक्षा कोषमा सहभागी हुन रोजगारदाता भने अनिच्छुक देखिएको ट्रेड युनियनको दाबी छ । अपेक्षाकृत प्रतिष्ठान सहभागी नभएपछि कोषले रोजगारदातालाई सूचीकृत हुन मंसिर १४ सम्म पुनः समय दिएको छ ।

कोषमा श्रमिकका तर्फबाट न्यूनतम पारिश्रमिकको ११ र रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम जम्मा गर्नुपर्छ । कोषले तत्कालका लागि योगदानकर्ता श्रमिकलाई औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाजस्ता सुविधा उपलब्ध गराउन थालेको छ । कोषले योगदानकर्तालाई एक करोड रुपैयाँसम्मको सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । कोषले योगदानकर्तालाई सामाजिक, शैक्षिक र घर कर्जा दिने प्रस्ताव गरेको छ ।

योगदानकर्ताले प्राप्त गर्ने लाभका लागि वर्षौं पर्खनुपर्ने र बीचमा रकम निकाल्न नपाइने हो कि भन्ने आशंका अन्त्य गर्न कोषले छिट्टै सामाजिक, शैक्षिक र घर कर्जा दिने तयारी गरेको छ । यसबाट कोषप्रति आकर्षण बढ्ने विश्वास कोषको छ । कोषको लगानी नीतिसम्बन्धी कार्यविधि सञ्चालक समितिले पारित गरी स्वीकृतिका लागि श्रम मन्त्रालयमा पनि पठाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.