Websoft University

कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तारक्रिया कार्यक्रम सम्पन्न


बिराटनगर मंसिर ११ गते । रातो तारा डट कम, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा कृषि व्यवसाय को प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमाअन्तारक्रिया कार्यक्रम गरियो । 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष श्री नरेन्द्रकुमार खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृषि क्षेत्रमा बढी सम्भावना बोकेको प्रदेश नं. १ मा कस्ता किसिमका योजनाहरु आउँदा कृषकको उत्थान हुनुका साथै कृषि व्यवसाय प्रवद्र्धन हुने र कृषिजन्य वस्तु निर्यात गर्न सकिने उल्लेख गर्दै चिया, अदुवा, सुपाडी, माछा, मह लगायतका कृषि वस्तुको उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु गर्ने बताउनु भयो । साथै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले लगानीका संभावित क्षेत्रका विषयमा अध्ययन गरिरहेको र सो अध्ययन प्रतिवेदन तयार गर्ने जानकारी गराउनुभयो ।

त्यसै गरी आर्थिक मामीला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेलले कृषि उपजमा भेल्यु एयाड गर्नुपर्ने तथा सबैले स्वदेशी उत्पादनको खपत गर्नु पर्नेमा जोड दिनुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य श्री अविनाश बोहराले कृषि अनुदानको दुरुपयोग भई रहेको अवस्था देखिएको हुँदा किसान परिचय कार्ड मार्फत अनुदान वितरण गरिनुपर्ने कुरा उल्लेख गर्दै प्रदेश नं. १ मा कृषिको प्रशस्त संभावना रहेको तर यथेष्ट नीति नियमका कारण कृषिजन्य वस्तुहरुको सोचे अनुसार निर्यात हुन नसकिरहेको अवस्थामा यसको प्रवर्धनका लागि सरकारले यसमा आवश्यक सुधार गरी कृषिलाई औद्योगीकरण गर्नु पर्ने र प्रत्येक जिल्लामा शीतगृह निर्माण गरिनु पर्ने कुरामा विशेष जोड दिनु भएको थियो । 
उपस्थित सहभागीहरुले माछामा पोखरी बनाउन मात्र नभएर पहिलो तीन वर्षसम्म कृषिकलाई प्राविधिक तालिम तथा आर्थिक सहयोग दिइनु पर्ने, रुग्ण अवस्थामा रहेको कृषि व्यवसायको विकासको लागी खाली रहेका पहाडी भुभागहरुमा चिया, अलैंची, अदुवा खेतीको बृद्धि गरिनुपर्ने, बजारमा विक्रि नभएका किसानका कृषि उपजहरु सरकारले समर्थन मूल्यमा लिने व्यवस्था हुनुपर्ने, स्वदेशी बीउविजनको संरक्षण र बीउ उत्पादनमा जोड दिनुपर्ने जस्ता प्रतिक्रिया आएका थिए । साथै प्रदेश नं. १, कृषिमा लगानीका संभावित क्षेत्र भएकोले यसमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले सम्भावित निकायमा पहलको लागी अगाडी बढ्न सुझाव दिएका थिए ।
विभिन्न जिल्लाका ६० जना कृषि व्यवसायहरु, जिल्ला÷नगर उद्योग वाणिज्य संघ, विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । समापन मन्तव्यका साथ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का कोषाध्यक्ष श्री रमेश राठीद्वारा कार्यक्रमको समापन गरिएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.