Websoft University

कृषि विकास बैँकद्वारा विद्यालयलाई कम्प्युटर प्रदान


मोहन कुमार राई - आसार १४ गते | संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं ९ स्थित शारदा माध्यमिक विद्यालयलाई एक कार्यक्रमका बीच कम्प्युटर हस्तान्तरण गरिएको छ ।

कृषि विकास बैंक¸ शाखा कार्यालय चैनपुरले शारदा माध्यमिक विद्यालयमा शनिबार आयोजित एक कार्यक्रममा कृषि विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई २ थान कम्प्युटर र १ थान प्रिन्टर मेसिन उपलब्ध गराएको हो । कृषि विकास बैँकका उपमहाप्रवन्धक कार्यक्रमका प्रमुख अतिथि प्रताप सुवेदीले कार्यक्रममा बोल्दै कृषि विकास बैँकले नाफा कमाउने उद्देश्य मात्र नराखी मानव तथा समाजको लोक कल्याणकारी कार्यका खातिर त्यतिकै महत्वका साथ कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु भयो ।

कृषि विकास बैँक कोशी प्रदेश निर्देशक श्री रञ्जन खनालले कार्यक्रममा बोल्दै बैंकले आगामी दिनमा समेत अझबढी लोककल्याणकारी कार्यहरु सञ्चालन गरेर समाज र बैँक बीच सुमधुर सम्बन्ध कायम गरिरहने विश्वास व्यक्त गरे ।

 कार्यक्रममा चैनपुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष शान्तिबहादुर कार्कीले शुभकामना दिने क्रममा कृषि विकास बैंक चैनपुर शाखालाई धन्यवाद दिँदै यस किसिमका कार्यक्रमले विद्यालय र बैंकका बीच सुमधुर सम्बन्ध स्थापित हुने बताए । विद्यालयको तर्फबाट सहायक प्रधानाध्यापक राजकुमार राईले कार्यक्रममा बोल्दै कृषि विकास बैंक चैनपुर शाखालाई धन्यवाद दिँदै आगामी दिनमा समेत विद्यालयलाई बैंकको सहयोग रहिरहने विश्वास व्यक्त गरे । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाखमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैंकका वरिष्ठ शाखा प्रमुख श्री केदार अधिकारी¸ चैनपुर शाखाका शाखा प्रवन्धक सन्तोषजंग कार्की¸ विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लगायत विद्यालयका शिक्षक¸ अभिभावकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको कृषि विकास बैंक चैनपुर शाखाका कर्मचारी सन्तोष सुवेदीले जानकारी दिए ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.