Websoft University

नेपालका सरकारी अधिकारी र पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीबाट पर्यटन प्याकेज प्रबद्र्धन गर्न आग्रह


प्रकाश न्यौपाने-क्याण्डी (श्रीलंका), असार १४ गते | नेपालका सरकारी अधिकारी र पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीबाट पर्यटन प्याकेज प्रबद्र्धन गर्न आग्रह गरेका छन् ।

श्रीलंकाको क्याण्डीमा नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघको संयुक्त आयोजनामा भएको नेपाल–श्रीलंका सेल्स मिसन कार्यक्रममा बोल्दै उनीहरुले बुद्ध जन्मस्थलबाट टूर प्याकेट सुरु गरेर अन्य बौद्ध स्थलहरु जोड्नु पर्नेमा जोड दिए । श्रीलंकन र भारतीय ट्राभल एजेन्सीहरुले भारतको बोधगया लगायतका बौद्धस्थलबाट टुर प्याकेज बनाएर पर्यटकलाई लुम्बिनी लैजाँदा बसाई अवधि बढ्न सकेको छैन । अब टुर प्याकेज बनाउँदा नेपालको लुम्बिनीलाई केन्द्रमा राखेर बनाइनु पर्ने नेपाली पर्यटन व्यवसायीको जोड छ । यसले पर्यटकको बसाइँ अवधि बढ्ने अपेक्षा उनीहरुको छ ।

सेल्स सिमन कार्यक्रम उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल र विशेष गरेर लुम्बिनीमा श्रीलंकन पर्यटकहरुलाईआमन्त्रण गर्न नेपाली टोली यहाँ आएको बताए । नेपाल र श्रीलंकका पर्यटन व्यवसायीहरुको सहकार्यले एकअर्का देशमा पर्यटन प्रबद्र्धन गर्न सकिने उनको धारणा थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलम्बो उडानका लागि नेपाल बायुसेवा निगम तयारी रहेको बताउँदै श्रीलंकन एयरलाइन्सलाई समेत भैरहवा उडान गर्न आह्वान गरे । उनले बौद्ध सर्किटको प्याकेज बनाउँदा लुम्बिनीलाई पहिलो प्राथमिकता राख्न श्रीलंकन व्यवसायीहरुलाई अनुरोध गरे ।

सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले श्रीलंकन नागरिकलाई बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निमन्त्रणा दिए । उनले बौद्धस्थलको टूर प्याकेट बनाउँदा लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तुको तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटीहवा हुँदै बोधगया, सारनाथ, कुशीनगरलाई समेटर बनाउन आग्रह गरे । ‘लुम्बिनी आउन हवाई मार्ग सहज बनेको छ, लुम्बिनीको काखैमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, श्रीलंकाबाट सिधा उडान गर्नुस् र लुम्बिनीबाट बुद्धस्थल भ्रमण सुरु गर्नुस्,’ उनले भने । अध्यक्ष श्रेष्ठले नेपाल पर्यटनका लागि महत्वपूर्णस्थल भएको जनाउँदै धार्मिक, सांस्कृतिक साथै साहसिक र मनोरंजनको पूर्ण प्याकेज नेपालले पस्कने बताए ।

नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपालका पर्यटकीय आकर्षण र विविधताबारे प्रस्तुतीकरण दिँदै विश्वकै घुम्नैपर्ने मुलुकमा नेपाल एक उत्कृष्ट गन्तव्य भएको जनाए । उनले नेपाल र श्रीलंकाको जनस्तरमै सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको र बुद्धिष्ट पर्यटकहरुलाई नेपाल जीवनमा एकपटक पुग्नै पर्ने गन्तव्य रहेको उल्लेख गरे । उनले हिमाल, पहाड र तराईको प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधताले नेपाललाई पर्यटनको जीवित संग्राहलय बनाएको विषयलाई प्रस्तुतीकारुपमा देखाए ।

श्रीलंकन प्रशिद्ध भिक्षु धर्मराथना थेरोले श्रीलंका र नेपाललाई भवगान बुद्ध र बौद्ध पर्यटकीय गन्तव्यले जोडेको उल्लेख गरे । बुद्ध नेपालमा जन्मनु नेपालीहरुका लागि शौभाग्य भएको उल्लेख गर्दै उनले हरेक श्रीलंकनलाई जीवनमा लुम्बिनी र बौद्ध पर्यटकीय गन्तव्यहरुमा भ्रमण गर्न आग्रह गरे । उनले श्रीलंकन नागरिकलाई आफ्नो भ्रमणको सुरुवात गर्दा लुम्बिनीबाट सुरु गर्न आग्रह गराए । श्रीलंकन एयरलाइन्सका प्रबन्धक उपेन्द्र राजापाक्षले आफ्ना अधिकतम नागरिकलाई नेपाल पुर्याउन श्रीलंकन एयरले सहयोग गर्ने बताए । भविष्यमा नेपालका सबै विमानस्थलमा नियमित उडानका लागि पहल गर्ने जनाए ।

सिद्धार्थ होटल संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक किशोर जोशीले नेपालमा अधिकतपर्यटकहरु पठाउन र लुम्बिनी एवं आसपासका बौद्ध गन्तव्यहरुमा घुमाउनउपस्थितश्रीलंकन पर्यटन व्यवसायीलाई आग्रह गरे । उनले बौद्ध पर्यटनको सुरुवात लुम्बिनीबाट हुनुपर्नेमा जोड दिए । यस्तै, श्रीलंकन एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलमा सिधा उडानका लागि आग्रह गरे ।

कार्यक्रममा नेपालका पर्यटन व्यवसायीसहित श्रीलंकन एयरलाइन्सका प्रतिनिधि,त्यहाँकाहोटल, ट्राभल, टुर अपेरेटर गरी ६० बढी सहभागी थिए । त्यहाँ विजनेस टु विजनेस (विटुबी) पनि भएको थियो । नेपाली पर्यटन व्यवसायीले आफ्नो टुर प्याकेजकाबारे जानकारी पनि गराए । श्रीलंकन नागरिकलाई नेपाल भ्रमणको निमन्त्रणा दिन र नेपालका पर्यटकीय स्थलको प्रबद्धर्न गर्ने उद्देश्यले सरकारी अधिकारी र पर्यटन व्यवसायी श्रीलंका पुगेका हुन् । क्याण्डी पछि श्रीलंकाको राजधानी कोलम्बोमा नेपाली टोलीले जुलाई १ तारिखमा भव्य कार्यक्रम गर्दैछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.