Websoft University

बाढी पिडितलाई प्रदेश सरकारको सहयोग


मोहन कुमार राई | संखुवासभा, गत आषाढ ३ गतेको भिषण वर्षा पछि गएको बाढीपहिरोले जिल्लाको विभिन्न भागमा क्षती पु¥याएका बाढी पिडितहरुलाई प्रदेश सरकाले राहत वितरण गरेको छ ।

वाढी पिडीतहरुलाई राष्ट्रिय विपद् जोखिम न्युनिकरण प्राधिकरणको सहयोगमा अस्थायी आवास व्यवस्थापनका लागि वितरण रङ्गिन जस्ता पाता तथा फेमेली टेन्ट मंगलबार चैनपुर नगरपालिकाको कार्यालय परिसरमा वितरण गरिएको थियो । कोशी प्रदेश सरकारद्धारा बाढीपहिरो पिडीतहरुलाई  प्राप्त राहत सामग्री जिल्ला प्रशासन कार्यालय संखुवासभा मार्फत वितरण गरिएको हो ।

जिल्लाको १९ घर परिवार बाढी पहिरो पिडीतहरुले सो राहत पाएका    हुन । बाढीपहिरो पिडीत चैनपुर नगरपालिका वडा नं. ४ का भैरव बहादुर तामाङ, कालु सिं लिम्बु,हेमकुमार तामाङ, देउमान लिम्बू, पूर्णबहादुर तामाङ, वसन्ति लिम्बू, चैनपुर नगरपालिका वडा नं. ११, कावाखोलाका मन्दर जित राई, सुशासन राई रहेका छन् ।यसै गरी प्रदेशबाट प्राप्त राहत जिल्ला प्रशासन कार्यालय खाँदवारी परिसरबाट पिडीतहरुलाई वितरण गरिएको थियो । राहत प्राप्त गर्ने बाढी पहिरो पिडीतहरुमा पाँचखपन ९ का शुक्रबहादुर तामाङ, सभापोखरी गाउँपालिका ६ का विष्णु लिम्बु, सोमबहादुर लिम्बु,रवि लिम्बु, दिपेश राई,  मकालु गाउपालिका २ का वीरबहादुर राई, पाँचखपन नगरपालिका ८ का सूर्य बहादुर न्यौपाने, अर्जुन कुमार कार्की, धनकुमारी सुवेदी, मकालु गाउँपालिका ५ का धिरज चौधरी रहेका छन् । पूर्ण रुपमा क्षती भएका पिडीतलाई ४० एमएमको ६ फुटे र ७ फुटे ४ वण्डल रङिन जस्ता पाता र फेमेली टेन्ट र आंशिक रुपमा क्षती हुनेपिडीतहरुलाई २ बण्डेल रङिन जस्तापाता वितरण गरिएको हो । 

वाढीपहिरोले घरविहिन भएका परिवारलाई प्रारम्भिक रुपमा राहात उपलब्ध गराइएको हो । आवास पुनः निमार्णममा पुन राहत उपलब्ध हुन सक्ने प्रदेश सभा सदस्य विदुर कुमार लिङ्थेपले वताउनुभयो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले यस अघि नै पिडीत परिवारलाई प्रति परिवार १० हजार र १५ हजारका दरले नगद सहयोग प्रदान गरेको जानकारी दिनुभयो । पिडीत परिवारले पाएको जिन्सी सामग्रीहरु आफुले प्रयोग नगरी अरुलाई दिइएको फेला परे कार्वाही  हुने जिल्ला प्रशासन कार्यालय संखुवासभाले सम्बन्धित पक्षलाई निर्देशन समेत जारी गरेको छ ।

राहत वितरण कार्यक्रममा प्रदेश सभा सदस्य विदुर कुमार लिङ्थेप,प्रजिअ शिव कुमार कार्की, जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, चैनपुर नगरपालिका नगर प्रमुख कृष्णकुमार तामाङ जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

बाढीले चैनपुर ४ स्थित होवखोलामा निर्माणाधिन ६ मेघावाटको सुपरहेवा जलविद्युत आयोजनमा काम गरिरहेका १७ जना मजदुर वेपत्ता पारेको थियो भने १ कोमृत्यु भउको थियो । यसै गरी जिल्लाकै सभापोखरीमा २ र नुनढाकीमा १ वेपत्ता भएको थियो । 

खोला क्षेत्रमा पर्ने गोठ, गाइवस्तु, झोलुगे पुल, मोटरेवल पुल, ४ स्काभेटर, ४ ट्याक्टर, २ मोटरसाइकल, निर्माणाधिन हाइड्रोपावर क्षती भएको जिल्ला विपत व्यवस्थापन समिति  संखुवासभाले जनाएको छ । बाढी पहिरोले जिल्लाको विभिन्न भागमा २१ घर विस्थापित, १२ घर पूर्ण क्षती, २ जनाको मृत्यु भइसको छ । जिल्ला भर बाढीपहिरोले पु¥याएको क्षतीको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.