Websoft University

असार १४ गते झापाको दमकमा हुने रोजगार मेलाको तयारी तीव्र भइ रहेकोछ


दमक,असार १२ गते | असार १४ गते झापाको दमकमा हुने रोजगार मेलाको तयारी तीव्र भइ रहेको आयोजक दमक उधोग वाणिज्य संघले जनाएको छ ।

 दमक उधोग वणिज्य संघले आज आफनै सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा वृत्ती परामर्श तथा रोजगार मेलाको तयारीको विषयमा जानकारी दिएको हो । मेलामा तालिम प्रदायक संस्था,पर्यटन,चिया वगान, बैकिङ ,होटल ब्यवसाय लगायतका २१ वटा संस्था कम्पनी,उधोगले स्टल राख्ने वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले जानकारी दिनु भयो । 

मेलामा विधार्थीहरु तथा युवाहरुले वृत्ती परामर्श सेवा तथा जानकारी दिने,सीपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी ,तालिमको जानकारी दिइने,रोजगार सम्वन्धी सुचना दिइनुका साथै रोजगारदातासंग प्रत्यक्ष भेटघाट गराईने,सीप मुलक तालिमको जानकारी दिने ,रोजगारको अवसर प्राप्त गर्न सकिने र स्थानिय उत्पादनहरुको प्रदर्शनी गरिने वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष,प्रर्दशनी तथा महोत्सव ब्यवस्थापन समितिका संयोजक राजु खड्काले जानकारी दिनु भयो । 

दमक नगर पालिकाको आर्थिक सहयोगमा वाणिज्य संघले आयोजना गर्ने परामर्श तथा रोजगार मेला दमक ८ स्थित कस्मिक पार्टीप्यालेसमाहुनेछ । सो मेलामा ५हजार जना सहभागी हुने संघका अध्यक्ष गुरागाईको दावी छ । गत वर्ष आयोजना गरेको रोजगार मेलाको नतिजा के रहयो भन्ने पत्रकारको जिज्ञासाको जवाफ दिदै अध्यक्ष गुरागाईले वािणज्य संघले पुलको रुपमा समन्वय गरेर ४३ जना ब्यक्तिलाई रोजगार प्रदान गर्न सफल भएको बताउनु भयो ।  

प्राविधिक, प्रशासनिक क्षेत्रको ब्यक्ति,श्रमिक वर्ग,उधोग ब्यवसाय क्षेत्रका रोजगारदाताको पनि रोजगार मेलामा प्रतिनिधित्व हुने वाणिज्य संघले आज जारी गरेको विज्ञप्तमा उल्लेख छ । एकातर्फ अध्ययन पछि दक्ष जनशक्ति पलायन हुने र अर्को तर्फ उधोग ब्यवसाय क्षेत्रमा जनशक्तिको अभाव भोग्नु परिरहेको अवस्थामा रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध गराउन वृत्ति परामर्श तथा रोजगार मेलाले मद्धत गर्ने आयोजकको विश्वास रहेको गुरागाईको भनाई रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.