Websoft University

बाढी पीडितलाई प्रदेश सरकारले राहत पठायो


विराटनगर, ७ असार । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र सखुवासभामा बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका आफन्तले  पाउने गरी कोशी प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत रकम पठाएको छ । 

सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियनत्रण कार्यालयको खातामा पुग्ने गरी उक्त राहत रकम बिहीबार कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पठाएको हो । सोमबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रति मृतक एक लाखका दरले मृतकको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो । 

त्यसैगरी बिहीबार नै बाढी पहिरोमा परी क्षतिग्रस्त भएका सखुवासभाका १७ वटा घर पुनः निर्माणका लागि राहातस्वरुप सात लाख ५० हजार रुपियाँ पठाएको छ । जसमा पूर्ण क्षति भएका १३ वटा घर पुनः निर्माणका लागि प्रति घर ५० हजारका दरले र आंशिक क्षति भएका चार वटा घर पुनः निर्माणका लागि ३० हजारका दरले राहत रकम पठाइएको हो । उक्त रकम पनि जिल्ला प्रशासन कार्यालय सखुवासभाले ताकेको कोस तथा लेखा नियन्त्रण कार्यालयको खातामा पठाइएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.